Category Archives: नेपाल समाचार

बलिउडकी ती सुपरस्टार, जो असफल प्रेमले विक्षिप्त भएर संसार त्यागिन्


७० को दशकमै परवीन बाबीले सिनेमाको पर्दामा त्यो सबैकुरा गर्दै थिइन्, जुन समाजमा महिलाहरूको रुढीवादी छविलाई तोड्ने खालको थियो ।

अवस्था आज पनि बद्लिएको छैन । महिलाहरूले आफ्नो इच्छा पूरा गर्न र अत्मनिर्भर बन्नका लागि संघर्ष गरिरहेकै छन् । समाज र परिवारको परिबन्धबाट उम्किएर स्वच्छन्द ढंगले जीवन यापन गर्नु उनीहरूका लागि चुनौती छ ।

सिनेमाको पर्दामा सही, परवीन बाबीले महिलाको त्यस्तो छवि निर्माण गरिन् जो एक्लै काम गर्न सक्ने र अत्यन्त आत्मविश्वासले भरिपूर्ण छिन् । जस्तो ‘दीवार’ फिल्मको दृश्यको कुरा गरौं । अमिताभ बच्चन बियर बारमा एक्लै बसेका हुन्छन् । उनलाई एक्लै देखेर परवीन बाबी त्यहाँ पुग्छिन् । र, कुनै परिचय नगरी कुराकानी सुरु गर्छिन् ।

उनका फिल्ममा यस्तै दृश्य भरमार छन् । परवीन यस्तो भूमिकामामा देखिन्थिन्, जो कामकाजी छिन्, आत्मनिर्भर छिन् र विवाहअघि आफ्नो पुरुष मित्रसँग शारीरिक सम्बन्ध राख्न पनि हिचकिचाउँदिनन् ।

यस्तो गरिरहँदा पनि उनलाई कतै कुनै दाग लागेन । त्यसो त न उनलाई दागको चिन्ता थियो, न त समाजको ।

parveen babi 2nd

भूमिका सानो होस् वा ठूलो, उनी त्यसमा आफ्नो प्रभावशाली छाप छाड्न सफल थिइन् । त्यसैले त सक्रिय फिल्मी करियरको तीन दशक लामो अन्तरालपछि पनि उनको भूमिकाहरू मान्छेको स्मरणमा ताजा रह्यो ।

४ अप्रिल, १९४९ मा सौराष्ट्रको जुनागढमा मध्यमवर्गीय मुस्लिम परिवारमा जन्मेकी परवीन बाबीले अहमदाबादको सेन्ट जेभियर्स कलेजबाट अंग्रेजी साहित्यमा बीए गरेकी थिइन् र मोडलिङमा करियर खोजिरहेकी थिइन् ।

यता बीआर इशारा नयाँ अभिनेत्रीको खोजीमा थिए । एकदिन उनको नजर परवीन बाबीमाथि पर्‍यो, जो त्यतिबेला चुरोटको सर्को तानिरहेकी थिइन् । इशाराले तुरुन्तै निर्णय गरे कि उनको अभिनेत्री भेटिइन् ।

टाइम म्यागजिनको कभर गर्ल

परवीन बाबीलाई पहिलो सफलता १९७४ मा अमिताभ बच्चनसँग फिल्म मजबूरमा प्राप्त भयो । त्यसपछि रिसे युवक (एंग्री यंग म्यान) सँग परवीन बाबीले दीवार, अमर अकबर एन्थनी, शान र कालिया जस्ता धेरै सफल फिल्महरू गरिन् । १९७६ मा परवीन बाबी यति धेरै सफल भइसकेकी थिइन् कि, त्यस वर्ष प्रतिष्ठित पत्रिका टाइमले उनलाई आफ्नो कभरमा छाप्यो ।

टाइमको कभरमा स्थान पाउने पहिलो बलिउड कलाकार परवीन बाबी थिइन् ।अर्को महत्वपूर्ण कुरा त के पनि भने, परवीन बाबीको भूमिकाहरू त्यस्ता फिल्महरूमा सानो हुन्थ्यो जसमा नायकलाई केन्द्रमा राखिएको छ । जबकि उनको अनुहार र भावभंगीको जादू यस्तो थियो कि साना भूमिकाहरू पनि उनलाई चर्चामा ल्याउन पर्याप्त भए ।

उनले सिनेमामा पाइला राख्दै गर्दा राम्रा केटीहरूले सलवार सुट र साडी लगाउने चलन थियो । त्यहीबेला पश्चिमी शैलीमा हुर्केकी परवीन बाबीलाई फिल्म निर्देशक बीआर इशाराले पहिलो पटक १९७३ मा क्रिकेटर सलीम दुर्रानीसँग फिल्म ‘चरित्र’ मा अवसर दिए । फिल्म त फ्लप भयो, तर परवीन बाबीको जादू चल्न थाल्यो ।

फिल्मी करियर र व्यक्तिगत जीवनको बक्ररेखा

फिल्मी करियरमा जति सफलता उनले पाइन्, त्यति सफलता उनको व्यक्तिगत जीवनमा प्राप्त भएन । फिल्मी करियर उत्कर्षमा रहँदा उनको प्रेम डेनीसँग भयो । तर यो प्रेम धेरै अगाडि बढेन । डेनीले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा बताएका थिए कि, परवीन बाबी र उनको प्रेम सम्बन्ध तीन–चार वर्षको थियो । त्यसपछि दुवैको बाटो अलग भयो ।

डेनीपछि परवीन बाबीको प्रेम कबीर बेदीसँग भयो । दुवैले १९७६ मा बुलेट फिल्ममा सँगै काम गरे र करिब तीन वर्षसम्म दुवै एक-अर्काको प्रेममा डुबे । कबीर बेदीको प्रेमको खातिर परवीन बाबीले आफ्नो चम्किलो करियर पनि छोडिन् । त्यस समयमा कबीर बेदीलाई एक इटालियन टिभी सिरियलमा मुख्य भूमिका प्राप्त भएको थियो र परवीन बाबी उनको साथमा युरोप सरेर गइन् ।

तर दुवैको बीचमा सबै कुरा ठीक भएन, त्यसैले परवीन बाबी बलिउड फर्किइन् । जब उनी फर्किइन्, तब पनि उद्योगले उनलाई हार्दिकतासाथ स्वागत गर्‍यो ।

यही फिर्तीको समयमा प्रीतीश नन्दीको सुझावमा परवीन बाबीले द इलस्ट्रेटेड वीकली अफ इन्डियामा आफ्नो एक संस्मरण लेखिन्, ‘मेरो करियर यो भन्दा राम्रो कहिल्यै भएको थिएन । म नम्बर एकको दौडमा छु । मुम्बईमा यस्तो कुनै फिल्म बनिरहेको छैन, जसमा परवीन बाबी नहोस् । मानिसहरू मेरो यो सफल फिर्तीबाट चकित छन् । धेरैले यो मेरो भाग्य बताउँछन्, तर म तपाईंलाई भन्न चाहन्छु कि यहाँ भाग्यको कुनै कुरा छैन, यो पसिना र आँसु हो, जुन टुटेको मन र कठिन मेहनतसँग आएको हो । यद्यपि यो समयमा मैले यो बुझें कि शो बिजनेसमा रहनको आफ्नै संघर्ष छ, यसका आफ्नै दबाब र चुनौतीहरू छन् । म यसमा यति धेरै डुबिसकेकी छु कि अब मलाई यो सहनै पर्छ ।’

दुःखान्त प्रेम, मानसिक रोग र बलिउडसँगको बिछोड

कबीर बेदीसँगको ब्रेकअपलाई आफ्नो जीवनको टर्निङ प्वाइन्ट बताउने परवीन बाबी त्यसपछि महेश भट्टको प्रेममा परिन् । दुवैको प्रेम १९७७ को अन्त्यमा सुरु भएको थियो, त्यतिबेला महेश भट्ट पनि कबीर बेदी जस्तै विवाहित थिए । तर उनले आफ्नी पत्नी र छोरी पूजा भट्टलाई छोडेर परवीन बाबीसँग बस्न थाले ।

यो त्यो समय थियो जब परवीन शीर्ष स्टार थिइन् र महेश भट्ट एक असफल फिल्म निर्माता । परवीन बाबीसँगको सम्बन्धमा आधारित भएर नै महेश भट्टले अर्थ फिल्म बनाए । यो फिल्मबाट जहाँ महेश भट्टको करियर उभियो, त्यहाँ परवीन बाबी यस्तो अवस्थामा पुगिन् जहाँ उनको मानसिक सन्तुलन डगमगाउन थाल्यो ।

महेश भट्टसँगको प्रेमको समयमा नै परवीन बाबीलाई मानसिक रोग सुरु भयो, जसलाई महेश भट्टले आफ्ना धेरै अन्तर्वार्ताहरूमा प्यारानोइड स्किजोफ्रेनिया भनेका छन् ।

यद्यपि परवीन बाबीले आफूलाई कहिल्यै यो रोगको चपेटमा परेको बताइनन् । उनले के कुरा मात्र स्वीकार गरिन् कि अनुवांशिक मानसिक रोगले उनलाई समातेको थियो ।

महेश भट्टकै कारण परवीन बाबी आध्यात्मिक गुरु यूजी कृष्णमूर्तिको सम्पर्कमा आइन् र उनकै सुझावमा १९८३ मा परवीन बाबीले बलिउड छोडिन् । केही समय उनी बैंगलोरमा बसिन्, त्यसपछि अमेरिका गइन्।

यो त्यही समय थियो जब परवीन बाबी आफ्नो करियरलाई गम्भीरतापूर्वक लिइरहेकी थिइन् र अमिताभ बच्चनको छाँयाबाट बाहिर निस्केर केही फरक गर्ने प्रयास पनि गरिरहेकी थिइन् ।

यसको झलक जितेंद्रसँगको उनको फिल्म अर्पणमा पनि देखियो, जसमा पश्चिमी शैलीभन्दा फरक साडीमा सजिएकी परवीन देखिइन् । त्यति मात्र होइन, ऋषिकेश मुखर्जीको फिल्म रंग बिरंगी र इस्माइल श्रॉफको दिल आखिर दिल है जस्ता फिल्महरूमा उनले काम गर्न थालेकी थिइन् । तर यी सबैमा अचानक ब्रेक लाग्यो ।

अमेरिकामा पनि उनको मानसिक रोगको प्रभावशाली उपचार भएन । आफ्नो रोगको समयमा उनले अमिताभ बच्चनसहित विश्वका नामी व्यक्तिहरूबाट आफ्नो ज्यानलाई खतरा भएको बताइन् । सन् १९८९ मा परवीन बाबी भारत फर्किइन् र २००५ सम्म मुम्बईमा बसिन् । यद्यपि बलिउडको चमक धमकबाट टाढा ।

अमिताभसँग दुश्मनी

डेनीले फिल्मफेयर म्यागजिनमा भनेका थिए, ‘एक अन्तर्वार्तामा अमित जीले भनेका थिए कि म उनको राम्रो साथी हुँ । परवीनले त्यो अन्तर्वार्ता पढिन्, त्यसपछि जब म एक दिन उनको घर पुगें, उनले घरको ढोका पनि खोलिनन् ।’

अमिताभ बच्चनप्रति उनको शंका अन्तिम समयसम्म रह्यो । उनको मृत्युको एक वर्षअघि शेखर सुमनलाई दिएको एक टिभी अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मर्लिन ब्रान्डो, एल्विस प्रिस्ले, लरेन्स ओलिभर र माइकल ज्याक्सन हुँदाहुँदै अमिताभ बच्चनलाई शताब्दीको स्टार चुनिएको छ, यो भन्दा ठूलो मजाक अरू के हुन सक्छ ।’

त्यही अन्तर्वार्तामा उनले अमिताभलाई भारतको दशौं सुन्दर पुरुष चुनिएको कुरालाई पनि मजाक भन्दै देवानंद, फिरोज खान, शम्मी कपूर, शशि कपूर, यहाँसम्म कि राजकपूर वा ऋषि कपूर धेरै सुन्दर थिए भनेकी थिइन् ।

त्यति मात्र होइन, शशि कपूरका छोरा करण कपूर र संजय गान्धीलाई पनि परवीन बाबीले अमिताभभन्दा धेरै सुन्दर भनेकी थिइन् ।

यद्यपि अमिताभले कहिल्यै परवीन बाबीलाई लिएर सार्वजनिक रूपमा केही टिप्पणी गरेनन् ।

२००५ मा परवीन बाबीको निधनपछि अमिताभले यसो भनेका थिए, ‘परवीन आफ्नै शर्तमा बाँच्ने कलाकार थिइन्, जसको हिन्दी सिनेमामा गहिरो प्रभाव रहनेछ ।’

जे भएपनि मानसिक रोग र सनकको हदसम्म आफ्नै शर्तमा बाँच्ने स्वभावका बावजुद परवीन बाबी आफ्नो जीवनको अन्तिम दिनसम्म आत्मनिर्भर रहिन्, कसैको आडभरोसमा बाँचिनन् ।

तर यो पनि सत्य हो कि जसको घरअगाडि निर्माताहरूको लाइन लाग्थ्यो, त्यही परवीन बाबीलाई अन्तिम दिनहरूमा सबैले बिर्सिए ।

लगभग एक दशक लामो स्टारडम र करिब ५० फिल्महरूले उनको जीवनको खालीपनलाई भर्न सकेनन्, यही एक्लोपनले उनलाई अन्तिम समयसम्म सताइरह्यो ।

वास्तवमा परवीन बाबीको कथा, सानो शहरबाट आएर बलिउडमा छाउने त्यस युवतीको कथा हो, जसले पूर्ण संसार प्राप्त गर्न सकिनन् ।

बीबीसीबाट





Source link

जेनी र समृद्धि क्वार्टरफाइनलमा | Nagarik News


जेनी खड्का र समृद्धि महर्जनले सोमबार ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा समृद्धिले श्रेया भट्टराईलाई ६–३, ०–६ र ६–४ को सेटमा हराउँदा जेनीले यी ओयाङबाट वाक ओभर पाएकी हुन्। 

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कर्मिस्था नुगाह श्रेष्ठले प्रशंसा मोक्तानलाई ७–६ र ६–१, आइसा डोल्कर गुरुङले म्यान्डी जियाङलाई ६–० र ६–१ तथा स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६–२ र ७–५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। 

पुरुष सिंगल्समा आरभसम्राट हाडाले मनोज महर्जनलाई ६–० र ६–०, सन्देश अधिकारीले इरफान उद्दिनलाई ६–० र ६–० तथा दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ६–२ ले हराए। प्रणव खनालले विपुलविभोर अधिकारीबाट वाकओभर पाए। भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा नवीन श्रेष्ठ, गगन महर्जन, भीमबहादुर थापा, कुशल पाण्डे, रामबहादुर नेपाली, ब्रविमविक्रम थापा, कृष्णदेव उप्रेती र दावा सोनमले सफलता पाए। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको ६५ वर्षमाथि पुरुष सिंगल्समा वाल्टर स्मित, पवित्रजंग रायमाझी र ज्ञानेन्द्रमान ताम्राकारले जित निकाले। ५५ वर्षमाथि पुरुष सिंगल्समा ताई ह्वान हुर र उत्तम बोगटीले जित हात पारे। भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा शिव सेढाईं र राजु क्षेत्री, प्रेम थापा र रमेश रोक्का, उत्तम बोगटी र सञ्जय झा, राम राणा र सागर केसी तथा मनोजबहादुर शाह र सञ्जीव श्रेष्ठको जोडीले आआफ्ना प्रतिद्वन्द्वीलाई हराए।

६५ वर्षमाथि पुरुष डबल्सतर्फ ज्ञानेन्द्र ताम्राकार र सहदेव ढुंगाना तथा मनोज राणा र धीर गुरुङको जोडीले दोस्रो चरणमा स्थान बनाएका छन्। यसै विधामा विदुर विष्ट र भिक्टर राणा तथा फादर म्याथ्यु र प्रेम थापाको जोडीले वाकओभर पाए। भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठ, रोहित सुनुवार र इब्राहिम मुस्लिम, कमलबहादुर भण्डारी र सुमित मैनाली तथा मानबहादुर कटुवाल र हिमाल शाहको जोडी विजयी भए।

प्रकाशित: १६ वैशाख २०८२ ०७:४५ मंगलबार





Source link

बागमतीका मन्त्रालयलाई गाउँपालिकाको जति बजेट – Online Khabar


१६ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ बजेट निर्माणको तयारीमा जुटेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले गत ४ वैशाखमा मन्त्रालयहरुलाई बजेट सिलिङ पठाएको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०८१/८२ का लागि ११ प्रतिशतले सिलिङ घटाएको मन्त्रालयले आगामी आर्थिक वर्षमा करिब २ प्रतिशतले बजेट सिलिङ बढाएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५५ अर्ब सिलिङ तोकिएको हो ।

आर्थिक मामिला मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालयमध्ये आधालाई अर्ब माथिको र आधालाई करोडमा बजेट सिलिङ पठाएको छ ।

सबैभन्दा धेरै बजेट सिलिङ पाउनेमा भौतिक मन्त्रालय छ । भौतिकले १४ अर्ब पाउँदा खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयले ५ अर्ब र स्वास्थ्य मन्त्रालयले ३ अर्बको सिलिङ प्राप्त गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ५१ करोड, वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब २५ करोड, सामाजिक विकास मन्त्रालयलाई १ अर्ब ८५ करोड, संस्कृति तथा पर्यटन मन्त्रालयलाई १ अर्ब ४८ करोडको सिलिङ पठाइएको छ ।

बाँकी मन्त्रालयलाई करोडमा बजेट सिलिङ पठाइएको हो । पूर्वाधार विकास, नागरिकको रोजगार, श्रम र उद्योगसँग जोडिएका मन्त्रालयको सिलिङ गाउँपालिका जतिकै छ । करोडमा सिलिङ पाउने ७ वटा मन्त्रालयमध्ये ५ वटा विकासे अड्डा हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रशासनिक र नीतिगत तथा आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट निर्माण र त्यसको व्यवस्थापकीय जिम्मेवारी भएका मन्त्रालय हुन् ।

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालादेखि हेटौंडामा केन्द्रीय खेदकुद प्रतिष्ठान (गौरिटार रंगशाला) निर्माणमा अर्बौं लगानीको दायित्व बोकेको युवा तथा खेलकुद मन्त्राललाई ६१ करोड मात्रै बजेट सिलिङ तोकिएको छ ।

घरेलु तथा साना उद्योगको स्थापना र प्रवर्द्धन, उपभोक्ताको क्षेत्रमा काम गर्नुपर्ने उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले पनि ६१ करोडकै सिलिङ पाएको छ ।

प्रदेश सरकारको ढुकुटी भर्न सबैभन्दा धेरै राजश्व जम्मा गरिदिने, आगामी वर्षभित्र यातायात क्षेत्रलाई डिजिटलमैत्री बनाउने योजना बोकेको श्रम रोजगार तथा यातायात मन्त्रालयलाई ७१ करोडको बजेट सिलिङ तोकिएको आर्थिक मामिला मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

सुरक्षा, सञ्चार र विपद् हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४४ करोड र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा २१ करोड रुपैयाँको बजेट सिलिङ तोकिएको छ ।

आर्थिक मामिला मन्त्रालय आफैंले ३७ करोडको सिलिङ राखेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ३५ करोड रुपैयाँको सिलिङ पठाइएको मन्त्रालय स्रोतले जानकारी दियो ।

करोडमा सिलिङ पाउने ७ वटामध्ये मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला र आन्तरिक मामिला तथा कानुन बाहेकका मन्त्रालय यसअघि पटक–पटक सरकार परिवर्तनमा बहुमत जुटाउन वा सांसदलाई चित्त बुझाउन दलीय भागबण्डामा फुटाइएका मन्त्रालय हुन् ।

पछिल्लो पटक गत २७ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको थियो ।

बागमती प्रदेश प्रदेश स्थापनाको ७ वर्षमा मन्त्रालयहरुको संख्या दोब्बर पुगेको छ । बजेट सिलिङलाई हेर्दा बागमतीमा यति धेरै मन्त्रालय आवश्यक नरहेको पुष्टि हुने मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख यम सिलवाल बताउँछन् ।

कामै नभएका मन्त्रालय खोलेपछि बजेट थोरै विनियोजन गर्नुपर्ने अवस्था आएको र त्यसबाट उपलब्धि हुने नदेखिएको उनले बताए । ‘न्यून बजेट छुट्याएर गरिने खर्चले उपलब्धि देखिँदैन,’ सिलवालले भने, ‘यसले नागरिकले व्यवस्थाप्रति देखाएको आक्रोशलाई बढावा दिएको छ । राजनीतिक नेतृत्व सुध्रिनुपर्छ ।’

मन्त्रीहरुको असन्तुष्टि

Kundan Raj kafle
आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले । उनीसँग अरु मन्त्री असन्तुष्ट छन् ।

कांग्रेसका कुन्दनराज काफ्लेले नेतृत्व गरेको आर्थिक मामिला मन्त्रालयले पठाएको बजेट सिलिङलाई लिएर कांग्रेसकै मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले यो बजेट सिलिङबाट काम गर्न कठिनाइ हुने बताए । गत असोजको बाढीपहिरोले निम्त्याएको संकटलाई बुझेर बजेट तयार गर्नुपर्नेमा आर्थिक मामिलाले उचित ढंगले सिलिङ तय नगरेको उनको भनाइ छ ।

‘विपद्मा बढी प्रभावित जिल्ला बागमतीमा छन् । यस वर्ष बजेटको समस्याले धेरै कठिनाइ भयो । तर पनि यस्तो बजेट सिलिङ आउँछ । सुरक्षा, सञ्चार क्षेत्र हेर्नुपर्ने मन्त्रालयले यति बजेटबाट कसरी काम गर्नसक्छ ?’ उनले भने, ‘यति धेरै काम भएका मन्त्रालयलाई गाउँपालिका जतिको बजेट दिएर हुन्छ ?’

युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले पनि बजेट सिलिङ परिवर्तन हुनुपर्ने बताए । महर्जनले आगामी आर्थिक वर्षमा खेल क्षेत्रको बजेट घटाएकोमा असन्तुष्टि पोखेका हुन् ।

यसले खेलकुद क्षेत्रको विकासलाई नै अवरोध गर्ने बताउँदै उनले भने, ‘यति धेरै पूर्वाधार निर्माण र खेलकुद गतिविधि गर्नुपर्नेछ । यसरी खेलकुद क्षेत्रको विकास सम्भव हुँदैन ।’

प्रदेशको आफ्नै स्रोतमा भएन सुधार

बागमती प्रदेश सरकारको आफ्नै स्रोतबाट संकलित राजश्वमा उल्लेख्य सुधार हुन सकेको छैन । प्रदेश सरकारको बजेटमा संकुचन आइरहेको देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० मा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट कार्यान्वयन गरेको सरकारले २०८०/८१ मा ८ अर्ब घटाएर ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेट खर्च हुन नसक्दा दायित्व सर्नु, संघीय सरकारबाट पनि अनुदान घटेर आउनु र आर्थिक मन्दीका कारण बजेट खुम्चिएको थियो ।

त्यति बेला बजेट ल्याएका आर्थिक मामिलामन्त्री बहादुर सिं लामा हाल मुख्यमन्त्री छन् । आर्थिक वर्ष २०८१/८२ मा जगन्नाथ थपलियाले ६४ अर्ब ५४ करोडको बजेट ल्याएका थिए । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६५ देखि ६६ अर्ब हाराहारीको हुने अनुमान छ ।

२०८० चैतमसान्तसम्म २ अर्ब ६७ करोड ४७ लाख उठाएको सरकारले २०८१ चैतसम्म २ अर्ब ७३ करोड ६६ लाख संकलन गरेर ९ महिनामा ६ करोड १६ लाख मात्रै सुधार गर्न सकेको छ । बाँडफाँटबाट प्राप्त हुने राजश्वबाट प्रदेश सरकारले गत वर्षको तुलनामा २ अर्ब ३४ करोड ८१ लाख बढी प्राप्त गर्न सकेको मन्त्रालयले जानकारी दिएको छ । विगतको तुलनामा संघीय अनुदान १४ करोड ५ लाखले बढेको छ ।

बेरुजु तथा गत वर्षको नगद मौज्दातबाट ५३ करोड ५७ लाख घटेको छ । दुई वर्षको ९ महिनाको तुलनामा प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७ दशमलव ७४ प्रतिशत अर्थात २ अर्ब १ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ ।

९ महिनामा बजेट खर्च ३२ प्रतिशत

प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९ महिनाको अवधिमा साढे ३२ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । ६४ करोड अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेट कार्यान्वयन गरिरहेको सरकारले यो अवधिमा २० अर्ब ९८ करोड १४ लाख ६६ हजार खर्च गर्न सकेको हो ।

आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा सरकारले ६७ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था छ । बितेको ९ महिनामा प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो । यस अवधिमा ३७ अर्ब १४ करोड बजेट रहेको पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत अर्थात १० अर्ब ४९ करोड ७ लाख ११ हजार खर्च गरेको छ ।

२५ अर्ब ८९ करोड बजेट रहेको चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट अर्थात १० अर्ब ४९ करोड ७ लाख ५५ हजार खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव श्रीकृष्ण आचार्यले जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेट खर्च गत वर्षको भन्दा २ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म सरकारले ३४ दशमलव ४२ प्रतिशत अर्थात २१ अर्ब ५८ करोड ३४ लाख ६४ हजार ७४ रुपैयाँ मात्रै खर्च गर्न सकेको थियो ।

कर्मचारी तथा पदाधिकारीको तलब, भत्ता तथा कार्यालय सञ्चालनजस्ता खर्च अर्थात् चालूखर्च धेरै भए पनि विकास बजेट अर्थात् पुँजीगत खर्चको अवस्था निराशाजनक छ ।





Source link

नारायणगढ-बुटवल सडक : दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने


नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि यही वैशाख १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो।

नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने भएको हो।  

‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्ने गरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ,’ उनले भने, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ।’

यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ। अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए।

नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ। रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ। रासस

प्रकाशित: १६ वैशाख २०८२ ०७:५० मंगलबार





Source link

पालुङ्गो, चमसुर र मेथी सागको भाउ उच्च (१०८ तरकारीको मूल्यसूची)


१६ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

 गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ३४, आलु रातो (भारतीय) प्रतिकिलो ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ४०, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ रहेको छ ।

बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ३०, मूला रातो प्रतिकिलो ४५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १२०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो २००, तितो करेला प्रतिकिलो ७०, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ९०, परबर (तराई) प्रतिकिलो ९०, चिचिण्डो प्रतिकिलो ५०, घिरौला प्रतिकिलो ३०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ५०, रायो साग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो १५०, चमसुरको साग १५०, तोरीको साग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो १५०, प्याज हरियो प्रतिकिलो १००, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २२०, च्याउ (डल्ले) प्रतिकिलो ३२०, कुरिलो प्रतिकिलो ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो ५०, ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १००, कोइरालो प्रतिकिलो ३००, रातो बन्दा प्रतिकिलो ६५, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोभी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो २५०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो ३००, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, भारतीय सुन्तला १४०, तरबुजा हरियो प्रतिकिलो ५०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ८५, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ ।

रुख कटहर प्रतिकिलो १००, निबुवा प्रतिकेजी ५०, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो ८०, उखु प्रतिगोटा ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो २५०, किबी प्रतिकिलो ४५०, आभोकाडो प्रतिकिलो ६५० तथा अमला प्रतिकिलो १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १३०, खुर्सानी सुकेको प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ४५०, भेडे खुर्सानी प्रतिकिलो ८०, लसुन हरियो प्रतिकिलो ८०, हरियो धनिया प्रतिकिलो २५० रुपैयाँ रहेको छ । ्

लसुन सुकेको चाइनिज प्रतिकिलो ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो ३०० ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०,ख टमाटर प्रतिकिलो १६०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ८०० तोकेको छ ।

कृषि उपज वैशाख १५, २०८२ वैशाख १६, २०८२ फरक %
गोलभेडा ठूलो(भारतीय) (केजी) रू ५५.०० रू ५५.००  ०.००%
गोलभेडा सानो(लोकल) (के.जी.) रू २२.६७ रू २२.३३  १.५०%
गोलभेडा सानो(तराई) (के जी) रू ३७.०० रू २४.००  ३५.१४%
आलु रातो (के.जी.) रू ३२.६७ रू ३३.००  १.०१%
आलु रातो(भारतीय) (के जी) रू ३१.०० रू ३१.००  ०.००%
प्याज सुकेको (भारतीय) (के.जी.) रू ३७.०० रू ३७.००  ०.००%
गाजर(लोकल) (के.जी.) रू ३५.०० रू ३५.००  ०.००%
गाजर(तराई) (केजी) रू २०.०० रू २०.००  ०.००%
बन्दा(लोकल) (के.जी.) रू १२.३३ रू १२.३३  ०.००%
बन्दा(नरिवल) (केजी) रू १७.६७ रू १७.६७  ०.००%
काउली स्थानिय (के.जी.) रू २७.५० रू २५.००  ९.०९%
मूला रातो (के.जी.) रू ४०.०० रू ४०.००  ०.००%
मूला सेतो(लोकल) (के.जी.) रू १७.६७ रू १७.६७  ०.००%
सेतो मूला(हाइब्रीड) (केजी) रू २७.५० रू २७.५०  ०.००%
भन्टा लाम्चो (के.जी.) रू ३७.५० रू २५.००  ३३.३३%
भन्टा डल्लो (के.जी.) रू ३७.५० रू ४५.००  २०.००%
बोडी(तने) (के.जी.) रू ७०.०० रू ७५.००  ७.१४%
मटरकोशा (के.जी.) रू १०२.०० रू ११०.००  ७.८४%
घिउ सिमी(लोकल) (के.जी.) रू ७५.०० रू ८५.००  १३.३३%
घिउ सिमी(हाइब्रीड) (केजी) रू ७५.०० रू ८५.००  १३.३३%
टाटे सिमी (के.जी.) रू ८५.०० रू ८५.००  ०.००%
भटमासकोशा (के.जी.) रू १६५.०० रू १७५.००  ६.०६%
तितो करेला (के.जी.) रू ३५.०० रू ५३.७५  ५३.५७%
लौका (के.जी.) रू १४.२५ रू १५.००  ५.२६%
परवर(लोकल) (के.जी.) रू ६५.०० रू ८५.००  ३०.७७%
परवर(तराई) (केजी) रू ६५.०० रू ८५.००  ३०.७७%
चिचिण्डो (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
घिरौला (के.जी.) रू ३०.०० रू २५.००  १६.६७%
झिगूनी (के.जी.) रू ६५.०० रू ७५.००  १५.३८%
फर्सी पाकेको (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
फर्सी हरियो(लाम्चो) (के.जी.) रू २५.०० रू ३५.००  ४०.००%
हरियो फर्सी(डल्लो) (केजी) रू २५.०० रू २२.५०  १०.००%
भिण्डी (के.जी.) रू ६०.०० रू ५५.००  ८.३३%
सखरखण्ड (के.जी.) रू ५५.०० रू ५५.००  ०.००%
बरेला (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
पिंडालू (के.जी.) रू ८५.०० रू ८५.००  ०.००%
स्कूस (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
रायो साग (के.जी.) रू ७५.०० रू ७०.००  ६.६७%
पालूगो साग (के.जी.) रू ८५.०० रू १४०.००  ६४.७१%
चमसूरको साग (के.जी.) रू ८५.०० रू १४०.००  ६४.७१%
तोरीको साग (के.जी.) रू २७.५० रू २८.३३  ३.०२%
मेथीको साग (के.जी.) रू १००.०० रू १४०.००  ४०.००%
प्याज हरियो (के.जी.) रू ५३.०० रू ८०.००  ५०.९४%
बकूला (के.जी.) रू ४७.६७ रू ४७.६७  ०.००%
तरुल (के.जी.) रू ९५.०० रू ९५.००  ०.००%
च्याउ(कन्य) (के.जी.) रू २१०.०० रू २१०.००  ०.००%
च्याउ(डल्ले) (के जी) रू ३००.०० रू ३००.००  ०.००%
कुरीलो (के.जी.) रू ४५०.०० रू ४५०.००  ०.००%
न्यूरो (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
ब्रोकाउली (के.जी.) रू ५५.०० रू ७५.००  ३६.३६%
चुकुन्दर (के.जी.) रू ५५.०० रू ५५.००  ०.००%
सजिवन (के.जी.) रू ९०.०० रू ९०.००  ०.००%
कोइरालो (के.जी.) रू २७७.५० रू २७८.००  ०.१८%
रातो बन्दा (के.जी.) रू ५६.६७ रू ५६.६७  ०.००%
जिरीको साग (के.जी.) रू ६०.०० रू ६०.००  ०.००%
ग्याठ कोबी (के.जी.) रू ५५.०० रू ५५.००  ०.००%
सेलरी (के.जी.) रू १५२.०० रू १५२.००  ०.००%
पार्सले (के.जी.) रू २७५.०० रू २७७.५०  ०.९१%
सौफको साग (के.जी.) रू ७५.०० रू १४०.००  ८६.६७%
पुदीना (के.जी.) रू २२७.५० रू २३०.००  १.१०%
गान्टे मूला (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
इमली (के.जी.) रू १६५.०० रू १६५.००  ०.००%
तामा (के.जी.) रू ९५.०० रू ९५.००  ०.००%
तोफु (के.जी.) रू ११५.०० रू १२०.००  ४.३५%
गुन्दुक (के.जी.) रू ३२७.५० रू ३२६.६७  ०.२५%
स्याउ(झोले) (के.जी.) रू २४०.०० रू २४०.००  ०.००%
स्याउ(फूजी) (के जी) रू ३२७.५० रू ३२६.६७  ०.२५%
केरा (दर्जन) रू १५०.०० रू १५०.००  ०.००%
कागती (के.जी.) रू २९५.०० रू २९०.००  १.६९%
अनार (के.जी.) रू ३२७.५० रू ३२६.६७  ०.२५%
अंगुर(हरियो) (के.जी.) रू १९०.०० रू १९०.००  ०.००%
अंगुर(कालो) (केजी) रू २४०.०० रू २४०.००  ०.००%
सुन्तला(भारतीय) (केजी) रू १३०.०० रू १३०.००  ०.००%
तरबुजा(हरियो) (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
मौसम (के.जी.) रू १९०.०० रू १९०.००  ०.००%
जुनार (के.जी.) रू १९०.०० रू १९०.००  ०.००%
भुई कटहर (प्रति गोटा) रू १९०.०० रू १९०.००  ०.००%
काक्रो(लोकल) (के.जी.) रू ७५.०० रू ७७.५०  ३.३३%
काक्रो(हाइब्रीड) (के जी) रू ३६.२५ रू ३५.००  ३.४५%
रुख कटहर (के.जी.) रू ९५.०० रू ९५.००  ०.००%
निबुवा (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
नासपाती(चाइनिज) (केजी) रू २५०.०० रू २५०.००  ०.००%
मेवा(नेपाली) (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
मेवा(भारतीय) (केजी) रू ११०.०० रू ११०.००  ०.००%
अम्बा (के.जी.) रू ११५.०० रू ११५.००  ०.००%
लप्सी (के.जी.) रू ७५.०० रू ७५.००  ०.००%
उखु (प्रति वटा) रू ८५.०० रू ८५.००  ०.००%
स्ट्रबेरी भुईऐसेलु (के.जी.) रू २२७.५० रू २२६.६७  ०.३६%
किवि (केजी) रू ४३५.०० रू ४२५.००  २.३०%
आभोकाडो (के.जी) रू ६२७.५० रू ६२७.५०  ०.००%
अमला (के.जी) रू ९५.०० रू ९५.००  ०.००%
अदुवा (के.जी.) रू १२०.०० रू १२०.००  ०.००%
खु्र्सानी सुकेको (के.जी.) रू ३५४.०० रू ३४८.००  १.६९%
खु्र्सानी हरियो (के.जी.) रू ९५.०० रू ७५.००  २१.०५%
खुर्सानी हरियो(बुलेट) (के जी) रू ८५.०० रू ७५.००  ११.७६%
खुर्सानी हरियो(माछे) (के जी) रू ६५.०० रू ६५.००  ०.००%
खुर्सानी हरियो(अकबरे) (के जी) रू ४२७.५० रू ४२५.००  ०.५८%
भेडे खु्र्सानी (के.जी.) रू ७२.५० रू ७५.००  ३.४५%
लसुन हरियो (के.जी.) रू ९०.०० रू ७५.००  १६.६७%
हरियो धनिया (के.जी.) रू २७६.६७ रू २०२.००  २६.९९%
लसुन सुकेको चाइनिज (के.जी.) रू ३१०.०० रू ३१०.००  ०.००%
लसुन सुकेको नेपाली (के.जी.) रू २९०.०० रू २९०.००  ०.००%
ताजा माछा(रहु) (के जी) रू ३१०.०० रू ३१०.००  ०.००%
ताजा माछा(बचुवा) (के जी) रू २५०.०० रू २५०.००  ०.००%
ताजा माछा(छडी) (के जी) रू २३०.०० रू २३०.००  ०.००%
रुख टमाटर (केजी) रू १५०.०० रू १५०.००  ०.००%
राजा च्याउ (के.जी.) रू २९०.०० रू २९०.००  ०.००%
सिताके च्याउ (के.जी.) रू ७५२.०० रू ७५२.००  ०.००%





Source link

Dongfeng Forthing Friday EV is launching soon in Nepal, price out


Dongfeng Forthing Friday EV is launching soon in Nepal. Laxmi E Mobility is bringing the compact SUV to Nepal in May 2025. But we already have some information about it. So, in this article, we share the official Dongfeng Forthing Friday EV price in Nepal, specifications, and other key details.

Dongfeng Forthing Friday EV specifications

The Dongfeng Forthing Friday EV comes with a 99 kw motor and 340 Nm of torque. The car is claimed to provide 400 km of range on a full charge. It also comes with a panoramic sunroof, which offers freshness, sunlight, and a sense of spaciousness.

The compact SUV measures 4600 x 1860 x 1680 mm in measurements.

Likewise, the car can hit a top speed of 180 kmph. It’s got a lithium-ion phosphate battery of 4.4 kWh capacity. It charges completely with an 11kW AC charger in under 5.5 hours. Likewise, a DC fast charger of 120 kWh can charge it from 3% to 80% in 35 minutes.

Also: Best Electric Cars Price in Nepal | Latest Update

Other Features

The car features two digital screens inside, of 10.25-inch one for the instrument cluster and entertainment. Other notable features include a 360-degree camera, electric seat memory, electric tailgate, ventilated front seat, etc. The car gets leather seating, which provides a premium feel and durability.

For safety, the compact SUV features a suite of features. It includes 6 airbags, ABS, EBD, HBA, automatic parking, adaptive cruise control, blind spot detection, automatic unlock in collision, etc.

Dongfeng Forthing Friday EV Price in Nepal

Dongfeng Forthing Friday EV price in Nepal is Rs 56.96 lakh for the luxury variant and Rs 62.96 lakh for the Exclusive variant. Both power trains come with the same battery capacity and hence range promise.

Dongfeng Forthing Friday EV Price In Nepal (Official)
Luxury Rs 56.96 lakh
Exclusive Rs 62.96 lakh

The SUV is currently Nepal-bound and will be unveiled soon, where it will compete with the likes of BYD Atto 3, Omoda 5 EV, Leapmotor C10 EV, etc.



Source link

पाटन उच्च अदालतले भन्यो : सिंह नेतृत्वको ललितपुर बक्सिङ वैध


उच्च अदालत पाटनले महेश सिंह नेतृत्वको ललितपुर जिल्ला बक्सिङ संघलाई वैधानिक मान्यता दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आइतबार सिंह अध्यक्ष रहेको ललितपुर जिल्ला बक्सिङ संघलाई वैधानिक मान्यता दिएको हो। उक्त इजलासले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। 

ललितपुर जिल्ला बक्सिङ संघको गत वर्ष असार १५ गते सम्पन्न चौथो अधिवेशनले सिंहको नेतृत्वमा चार वर्षका लागि १३ सदस्यीय कार्यसमिति गठन गरेको थियो। नेपाल बक्सिङ संघको स्वीकृति र ललितपुर जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्वसहित उक्त अधिवेशन भएको थियो। तर, ललितपुर जिल्ला खेलकुद विकास समितिले १० महिना नै नबित्दै अर्को जिल्ला बक्सिङ संघ खडा गरेपछि सिंह नेतृत्व अदालतमा पुगेको हो। 

जिल्ला खेलकुदले नै राजनीति पूर्वाग्रह राख्दै गत चैत ९ गते फेरि पाँचौं साधारणसभा भन्दै ललितपुर जिल्ला बक्सिङ खडा गरेको हो। ओमनारायण श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय अर्को ललितपुर जिल्ला बक्सिङ संघ गठन भएको थियो। ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनकै प्रमुख आतिथ्यमा अर्को समिति गठन भएको हो। 

त्यसअघि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोदकै प्रमुख आतिथ्यमा पनि महेश सिंह नेतृत्वको जिल्ला बक्सिङ संघ गठन भएको थियो। ललितपुर जिल्लाकै खेल निकायले त्यस्तो कार्य गरेपछि अदालतसम्म मुद्दा पुगेको हो। ललितपुर जिल्ला खेलकुद विकास समितिले ओमनारायण श्रेष्ठको अध्यक्षतामा रहेको बक्सिङ संघलाई चैत ११ गते प्रमाणपत्र प्रदान गरेको थियो। साथै यसको बोधार्थ बागमती प्रदेश खेलकुद विकास परिषद्मा पठाएको थियो। 

त्यसपछि आफूलाई वैधानिक भन्दै उक्त ओमनारायण श्रेष्ठ नेतृत्वको संघ क्रियाशील हुन पुगेको थियो। तर, सिंह नेतृत्वको बक्सिङ संघले नै वैधानिकता पाउनुपर्ने भन्दै ललितपुर जिल्ला बक्सिङ संघका सचिव श्यामकाजी अवालेले गत चैत २७ गते मुद्दा दायर गरेका थिए। त्यसको भोलिपल्ट नै कुनै पनि कामकारबाही नगर्नू नगराउनू भन्दै जिल्ला खेलकुद विकास समिति ललितपुर र बागमती प्रदेश खेलकुद परिषद्लाई विपक्षी बनाई अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। आइतबार नै उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले त्यो आदेशलाई निरन्तरता दिएको हो।

प्रकाशित: १६ वैशाख २०८२ ०७:५७ मंगलबार





Source link

भूमिगतकालमा कम्युनिस्टका निश्छल सारथि, तर अहिले … !


केही समय पहिले मात्र बितेको महिना (फागुन २०८१) देखि एउटा थप नयाँ पुस्तक बजारमा देखा पर्‍यो , ‘आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे’ । झट्ट शीर्षक पढ्दा समाजशास्त्रीय गैर–आख्यान जस्तो महसुस हुने भए पनि खासमा विन्दा पाण्डेले लेखेको यस किताबले मनग्गे राजनीति बोलेको छ (त्यस कारण यो राजनीतिक किताब हो) ।

यसभित्र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) –नेकपा (एमाले)– को स्थापना, पृष्ठभूमि, भूमिगत काल, विकासक्रम, आदि तमाम पक्ष हुँदै वर्तमानसम्मका प्रमुख घटना–विवरणहरूबारे मूलभूत तथ्यहरू पढ्न सकिन्छ ।

कुन कुन पार्टी कहिले र के कस्तो अवस्थामा एकीकृत हुँदै अहिलेको विशाल नेकपा (एमाले) बन्यो भन्ने पनि यस किताबमा पढ्न पाइन्छ । यद्यपि यति धेरै तथ्य–पक्षहरू पस्किएको भए पनि एमालेसँग जोडिएर बाहिरिएका अनेकानेक विवादहरूबारे भने किताब मौन छ (शायद किताब लेखकको उद्देश्य त्यो होइन पनि होला) ।

किताब छापिएर बजारमा आएपछि जति खुसी लेखक विन्दा पाण्डे छन्, त्यत्तिकै प्रसन्न ती आम मानिसहरू पनि भएका छन्, जसले हिजोको दलविहीन अवस्थामा भूमिगत कार्यरत कम्युनिस्ट नेता–कार्यकर्ताहरूलाई सम्पूर्ण रूपले आश्रय दिए, र जसलाई लेखक पाण्डेले ‘भुइँमान्छे’ भनेर पुकारेकी छन् ।

एउटा रोचक र उल्लेख गर्नै पर्ने तथ्य पनि छ किताबमा– यो किताब छापिएर आउँदा सम्बन्धित सर्वसाधारण जनहरू त खुसी छन्, आफ्नो वा आफूसँगै भूमिगतकालमा काम गरेका साथी र सहयोगीहरूको पनि कम्तिमा नाम त इतिहासले सम्झिने भयो ! तर ती कुनै पनि ‘भुइँमान्छे’ले सत्तासीन हुन पुगेको त्यही आफ्नै पार्टी वा पार्टीको नेतृत्वप्रति भने केवल असन्तुष्टि, निराशा, गुनासा, दुःखेसा र उदेक मात्र व्यक्त गरेका छन् ।

विगतमा हाइस्कूल पढिरहेकै बेलादेखि पञ्चायती व्यवस्थाविरोधी राष्ट्रिय विद्यार्थी राजनीतिमा लागेर हुर्के–बढेकी नुवाकोटे विदुषी विन्दा पाण्डे लामो समयदेखिको सोच, भ्रमण, अध्ययन, अनुसन्धान र विस्तृत संवादजन्य भेटघाट आदि सबैको एकमुष्ट नतिजाका रूपमा आफ्नो यो नयाँ पुस्तक सार्वजनिक गर्न सफल भएकी हुन् ।

किताबको सन्दर्भमा भए गरेका भेटघाट र कुराकानीको समय सीमा हेर्दा पछिल्ला चार वर्ष (वि.सं.२०७७–०८१) अलि बढी व्यस्त देखिए पनि यो सिलसिला वि.सं.२०७० देखि नै शुरु भइसकेको देखिन्छ । अर्थात, यो किताब लेखनको बीजाङ्कुरण विन्दाको मस्तिष्कमा एक दशकभन्दा पनि पहिलेदेखि नै भएको थाहा हुन्छ । अर्को अर्थमा, यो किताब विन्दाको ‘ड्रीम प्रोजेक्ट’ जस्तो छ ।

JDG Picture 1
जयदेव गौतम

किताबको शुरू अध्यायतिरै पाण्डेले एउटा सन्दर्भ उल्लेख गरेकी छन्, ‘लामो आन्दोलनबाट मुलुकमा लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रता आयो त भनियो तर यो गरिबको गाउँबस्तीसम्म पुग्न सकेको छैन । जुन गरिब बस्तीमा बसेर पार्टी निर्माण भयो र पटक पटक सरकारमा पनि पुग्यो, ती गरिब परिवारले अझै पनि घर र जमिनको लालपुर्जा पाउन सकेका छैनन् । गाउँमा नजिकै विद्यालय छैन । कचुरीका बालबालिका पल्लो गाउँको विद्यालय जाँदा कक्षामै जातीय छुवाछूत र विभेदको व्यवहार गरिन्छ । यस कारण बालबालिका विद्यालय जान मान्दैनन् । यस्तो अवस्थामा पनि न विभेद गर्नेलाई राज्यले सजायको दायरामा ल्याउँछ, न त दलित बस्तीमा विद्यालयको व्यवस्था गर्छ ।’ (पृ.८७)।

यो सन्दर्भ धनुषा जिल्लाको एउटा दूर–दराजको गाउँ ‘ठेरा कचुरी’ का बासिन्दाहरूको हो, जुन गाउँका दलितबहुल चरम अभावग्रस्त गाउँलेहरूले पञ्चायतकालमा अहिलेको एमाले दलका तत्कालीन शीर्ष भूमिगत नेताहरूलाई खाने, बस्ने र पूर्णसुरक्षा दिएर राखेका थिए ।

अनि स्थानीयदेखि केन्द्रीय स्तरका महत्वपूर्ण बैठक, भेला र सम्मेलनहरूको आयोजना एवं व्यवस्थापन समेत गरेका थिए । तर अहिले गणतन्त्र नै आइसकेको समयमा पनि गाउँ र गाउँलेहरूको अवस्था उनीहरूकै मुखबाट निस्केका शब्दहरूमा किताबमा पढ्न सकिन्छ, जबकि उनीहरूले आफूलाई बिर्सेर सबैथोक न्यौछावर गर्दै सहयोग पुर्‍याएका नेताहरू महलमा बस्ने भएका छन् र सबै किसिमका सुख–सुविधा उपभोग गरिरहेका छन् । तर ती गाउँ र गाउँबासीहरूतिर फर्केर हेर्न पनि आफ्नो अपमान हुने जस्तो गर्छन् !

यस्तै–यस्तै सन्दर्भ र प्रसङ्गहरूले किताब भरिएको छ । पुष्पलाल श्रेष्ठको अगुवाइमा वि.सं.२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएदेखि विभिन्न विवाद र टुटफुट ब्यहोर्दै विविध एकीकरण गर्दै–हुँदै अहिलेको एमाले पार्टी बन्ने सिलसिलामा लामो समय भूमिगत बसेका सन्दर्भहरू, विभिन्न स्थानमा जमिनदारविरुद्ध भएका किसान विद्रोहहरू, भूमिगतकालमा दलहरू प्रतिबन्धित अवस्थामा रहेको भए पनि विद्यार्थीदेखि मजदुर–किसान–महिला–चिकित्सक–शिक्षक–प्राध्यापक–वकिल–नर्स–लेखक–गायन कलाकार–युवा आदि समाजका हर तह र तप्कामा वर्गीय संगठनहरूको निर्माण गर्दै व्यापक जनस्तरमा विस्तारित र बलियोसँग स्थापित हुन सकेका प्रसङ्गहरू किताबमा पढ्न पाइन्छ ।

किताबमै एक ठाउँमा लेखक विन्दा आफ्नै अनुभव र बुझाइ राख्दै भन्छिन्, ‘अप्ठ्यारो अवस्थामा यसरी आन्दोलन, घर र परिवार सबै धान्न सक्ने महिलाहरूलाई स्थिति साम्य हुँदै जाँदा जब पद, सेवा र सुविधाको कुरा आउँछ, अनि पार्टी, समाज र घरपरिवार समेतले अयोग्य र अक्षम ठान्न थाल्छ ।

छयालीस साल चैतमा तीस वर्ष लामो निर्दलीय पञ्चायती व्यवस्था निर्णायक तवरले ढल्नु पहिलेसम्म पार्टीमा लागेका र कुनै पनि तहमा रहेर (वा, नरहेरै पनि) पार्टीको काम गर्ने या पार्टीलाई एक वा अर्को किसिमले सहयोग गर्ने मानिस (भुइँमान्छे) हरूमा अनौठो जुनून थियो, जसले गर्दा भूमिगत कम्युनिस्ट नेता र पार्टीका गतिविधिहरूको सुरक्षाका लागि ती भुइँमान्छेहरू चरम जोखिमलाई हाँक दिन्थे, जमिनदार वा उसका लठैतहरूको यातना सहन्थे, प्रहरी र मण्डलेहरूको हप्की–दप्की–प्रताडना ब्यहोर्थे, आफूहरू र आफ्ना चिचिला बालबच्चा समेतलाई भोकै राखेर भए पनि भूमिगत नेताहरूका लागि खाने व्यवस्था मिलाउँथे, ज्यालादारी वा बेठबेगारीमा काम गर्न गएको बेला आफूलाई दिइएको खाजा जोगाएर ल्याएरै भए पनि नेताहरूलाई खुवाउँथे, आफूले च्यातिएका कपडा लगाएर पनि नेताहरूलाई सफा र नच्यातिएका कपडा लगाउन समेत दिन्थे आदिआदि भन्ने जस्ता अनेक तथ्य पनि किताबले छर्लङ्ग पार्दछ ।

जिन्दगीका धेरै वर्ष नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुमा रहेर राजनीति गर्दै आएकी विन्दाले महाविद्यालयीय अध्ययन सकिएपछि उस्तै गरी थुप्रै वर्ष पार्टीको मजदुर सङ्गठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को नेतृत्वमा रहेर काम गरिन् । जिफन्टको कामको सिलसिलामा केही वर्ष हङकङ पनि बसिन् । लामै समय थाइल्याण्ड बसेर उच्चस्तरीय अध्ययन गरिन्, र, समयक्रममा विद्यावारिधि (पीएचडी) पनि हासिल गरिन् ।

अरू धेरै देश–देशावरमा पनि भ्रमण गर्ने, लामो वा छोटो अवधि बस्नु पर्ने, त्यत्तिकै धेरै पढ्नु पर्ने र त्यसभन्दा बढी त मजदुर–विषयक विविध पक्षहरूमाथि कार्यपत्र आदि लेख्नुपर्ने गर्दा–गर्दै उनमा तीव्र लेखन–रुचि विकसित हुँदै गयो । जिफन्टसँगै उनी पार्टीको महिला फाँट अखिल नेपाल महिला संघमा पनि सक्रिय भइरहिन् । स्वयं पार्टीभित्र पनि उनी केन्द्रीय नेता हुन पुगिन्, र, एक कार्यकाल (वि.सं.२०७४–२०७९) संघीय (समानुपातिक) सांसद भएर पनि समयको सदुपयोग गर्न भ्याइन् ।

(एउटा चाखलाग्दो तथ्य के पनि हो भने वि.सं.२०८१ मा भाटभटेनी डिपार्टमेन्ट स्टोर चेनका स्वामी मीनबहादुर गुरुङले कीर्तिपुरमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी हुने गरी चौध रोपनी जग्गा दान गर्दै केन्द्रीय कार्यालय भवन समेत निर्माण गरीदिने भनी ‘दान दिएको’ सन्दर्भ बाहिरिएपछि र पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको एकल निर्णयबाट कार्यालय भवनको शिलन्यास समेत भएपछि विन्दाले सामाजिक सञ्जालमा लेखेर आफ्नो असहमसति र असन्तुष्टि पोखेकी थिइन् ।

त्यसकै फलस्वरूप उनलाई एक अक्षर बोल्न नदिई पहिले स्पष्टीकरण मागिएको थियो र लगत्तै पछि त्यो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई (उषाकिरण तिमल्सिनालाई पनि) पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीबाट छ महिनाका लागि निलम्बन गरिएको थियो ! त्यही प्रकरणमा एमालेका दिग्गज नेता भीम रावललाई पार्टीबाटै निकाला गरिएको थियो !
उता, ‘एमालेको पार्टी राजनीतिका अतिरिक्त अन्य केही काम नजानेकी’ विन्दाले यो अप्रत्याशित, अकल्पनीय एवं स्तब्धकारी कारवाहीको समयमा आफूलाई अवसाद वा डिप्रेशनको भुमरीमा पर्न दिइनन् बरु त्यसलाई अझ शानदार सदुपयोग गर्दै गज्जबको किताब निकाल्ने कार्यलाई निर्णायक रुवरूप दिन प्रयोग गरिन् ।

विन्दाको अध्ययन, कार्यक्षेत्र र सम्पर्क व्यापक हुँदै गयो । अनि लेखनका लागि पनि उनको फलक ठूलो र फराकिलो बन्दै आयो । फलस्वरूप उनी एकपछि अर्को किताब लेख्न अग्रसर भइन्, र ‘समानताका पाइला’, ‘धर्तीमाथिको दावी’, ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ आदि किताब छपाइन् पनि । अझ उनको एउटा किताब ‘वीमिन इन नेपाली पोलिटिक्स’ त अङ्गेजी भाषामा पनि छापियो । यही अग्रसरताकै पछिल्लो कडी हो यो पुस्तक, ‘भुइँमान्छे’ ।

‘पूर्वाधार’, ‘सन्दर्भ–सामग्री’ र ‘अनुसूचीहरू’ गरी तीन सहायक शीर्षकका अतिरिक्त यस किताबमा पाँच भाग छन् । तीमध्ये पहिलो भाग शीर्षक ‘नेकपा स्थापना : विकास र विस्तार’ अन्तर्गत उनन्तीस उप–शीर्षक, दोस्रो भाग शीर्षक ‘पुनर्गठन प्रक्रियामा कम्युनिस्ट आन्दोलन’ अन्तर्गत दुई ओटा उप–शीर्षक, तेस्रो भाग शीर्षक ‘नेकपा (माले) गठन र विकास’ अन्तर्गत अठार उप–शीर्षक, चौथो भाग शीर्षक ‘पार्टी निर्माणको जगमा केही भुइँमान्छे’ अन्तर्गत यही एक मात्र शीर्षक र पाँचौं भाग शीर्षक ‘पार्टीसँग जोडिएका केही अनुभव, केही अनुभूति’ अन्तर्गत आठ उप–शीर्षक समेत जम्मा अन्ठाउन्न उप–शीर्षक समेटेर समग्र किताब जम्मा २२+४०४=४२६ पृष्ठमा विस्तारित छ ।

साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि., काठमाडौंले प्रकाशन गरेको यस पुस्तकलाई होम भट्टराईले सम्पादन गरेका छन् । बिक्री मूल्य ८५० रुपैयाँ रहेको यस किताबमा भएका सात ओटा अनुसूची क्रमशः ‘२०३३ चैत १२ गते नक्खु जेलबे्रक गरी निस्किएका राजबन्दी’, ‘पहिलो आमनिर्वाचन (२०१५) मा नेकपाका उम्मेदवार’, ‘राष्ट्रिय पञ्चायतको निर्वाचन (२०४३) मा जनपक्षीय उम्मेदवारको उपलब्ध सूची’, ‘स्थानीय पञ्चायतको निर्वाचन (२०४३) मा निर्वाचित जिल्ला पञ्चायतका जनपक्षीय सभापति÷उपसभापति’, ‘२०४३ सालमा गाउँ–नगर पञ्चायतमा निर्वाचित जनपक्षीय प्रधानपञ्च÷उपप्रधानपञ्चहरूको उपलब्ध सूची’, ‘२०२८ देखि २०४६ सम्म कोके हुँदै नेकपा (माले) निर्माणका सन्दर्भमा पूर्णकालीन भूमिगत भएका नेता–कार्यकर्ताको उपलब्ध सूची’, र, ‘नेपाल अधिराज्यको संविधान, २०४७ माथि नेकपा (माले) द्वारा प्रस्तुत आलोचनाका सत्ताइस बुँदा’ आदिले आफैँमा राजनीतिक इतिहासको एउटा–एउटा महत्वपूर्ण अध्याय बोकेका छन् ।

यससँगै पार्टीमा महिला सहभागिताको सन्दर्भ पनि उनले उठाउँदै अगाडि बढेकी छन् । कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्व तहमा महिला पुगेको भनेकै वि.सं.२०४७ पुस २७ गते तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण भएर नयाँ पार्टी नेकपा (एमाले) बनेपछि गठित त्यसको पोलिट ब्यूरो सदस्यमा तत्कालीन वाममोर्चाकी अध्यक्ष सहाना प्रधानको चयन हुनु हो ।

अर्थात्, वि.सं.२००६ मा स्थापना भएको नेकपाको केन्द्रीय नेतृत्वमा एक जना भए पनि पुग्न महिलाले चालीस वर्ष कुर्नु परेको थियो ! विडम्बना, त्यसपछि पनि (अहिले वर्ष वि.सं.२०८२ चलिरहँदा) बितेका चौवालीस वर्षमा नेकपा (एमाले) को नेतृत्वमा महिला उपस्थिति नगण्य मात्र छ, त्यही पनि अध्यक्ष र महासचिव जस्तो महत्वपूर्ण पदमा कहिले पुग्ने हो भन्ने सवाल त अनुत्तरित नै छ ।

किताबमै एक ठाउँमा लेखक विन्दा आफ्नै अनुभव र बुझाइ राख्दै भन्छिन्, ‘अप्ठ्यारो अवस्थामा यसरी आन्दोलन, घर र परिवार सबै धान्न सक्ने महिलाहरूलाई स्थिति साम्य हुँदै जाँदा जब पद, सेवा र सुविधाको कुरा आउँछ, अनि पार्टी, समाज र घरपरिवार समेतले अयोग्य र अक्षम ठान्न थाल्छ । वि.सं.२०१७ सालमा पञ्चायतको शुरुवातदेखि २०४६ सालको जनआन्दोलनसम्म पार्टी निर्माणमा हरतरहले योग्य र सक्षम महिलाहरू आन्दोलनको सफलतापछि राज्यसत्ता र पार्टीसत्ताका विभिन्न पद, सेवा र सुविधाका लागि अवसर आउँदा क्रमशः अयोग्य र अक्षम ठानिए ।’ (पृ.२३१) ।

किताब ‘भुइँमान्छे’ भित्रकै कुरा गर्दा, नुवाकोटबाट बसाइँ सरी हेटौंडा पुगेर भूमिगतकालीन समयदेखि नै पार्टी काममा क्रियाशील चौरासी वर्षीय कृष्णप्रसाद नेपालको उल्लेख छ । उनले लेखक पाण्डेसँग आफ्नो अनुभूति पोख्दै भनेका छन्, ‘दुःखद् कुरा, बहुदल आएपछि भौतिक पूर्वाधार त केही विकास भयो तर मानवता हराउँदै गयो । हिजोका दिनमा तय गरिएको लक्ष्य अनुसार पार्टी सञ्चालन भइरहेको छैन । अराजकता बढ्यो । नेतृत्वको प्रवृत्ति पनि ठीक भएन । पार्टीमा गरीखानेको भन्दा ठगीखानेको वर्चस्व हुन थाल्यो । हुँदा खाने बढारिए, हुनेखानेलाई मात्र अवसर दिन थालियो । पटक पटक आफ्नै पार्टीको सरकार बन्दा पनि गर्वका साथ छाती पिटेर राम्रो काम गर्‍यो भन्न पाइएन । खै यो कसरी सुध्रिएला ?’ (प.१०९) ।

त्यसै गरी अर्को एक सन्दर्भमा, महोत्तरीको कालापानी क्षेत्रका जनसाधारणको अनुभवमा, ‘तर, उपल्लो तहमा रहनुभएका र भूमिगत कालमा यो भूमिले जोगाएका नेताहरू अहिले भेट्न जाँदा समेत तर्कन खोज्नुहुन्छ । यो सबैभन्दा दुःखको कुरा हो । हामीले व्यक्तिगत रूपमा केही मागेका छैनौं । भूमिगत कालमा त्यत्रो दुःख गर्ने मानकुमारी दिदीको नाममा एउटा सामुदायिक स्मृति भवन बनाइदिन आग्रह गर्दा समेत नपाउनु पार्टी निर्माणका पक्षमा विगतमा यस क्षेत्रले गरेको त्यो योगदान र लगानीको पनि अपमान हो भन्ने हामीलाई अनुभूत भएको छ ।’ (पृ.१७५) ।

महोत्तरीकै अर्की एक जना आश्रयदाता तुला लायो मगरले लेखकलाई भनिन्, ‘त्यतिखेर नेताहरू ‘नेता बिग्रन सक्छन् तर नीति बिग्रँदैन कमरेड’ भन्नुहुन्थ्यो । अहिले भोगिँदै छ । त्यति दुःख गरेर बनाएको पार्टी सत्तामा पुगेपछि नेताहरूकै स्वार्थमा पटक पटक टुक्रियो । यसले चित्त दुःखेको छ । ‘गरीबको दिन ल्याउँछौं’ भनेर आशा बाँड्नुभयो । आफ्नो गास काटेर खुवायौं । सन्तानको आङ नाङ्गो हुँदा पनि ज्याला गरेको पैसा उठाएर पहिला नेताका आङ ढाक्न कपडा किनिदिन्थ्यौं । आफ्ना साना नानीलाई भन्दा बढी नेतालाई मायाले राख्यौं । उनीहरूका लागि के मात्र गरेनौं ? तर नेता साँच्चै बिग्रँदा रहेछन् । आज जनता र पार्टीमाथि घात भएको छ । निजी स्वार्थका लागि जनतामाथि विश्वासघात गर्ने नेताहरूलाई धिक्कार भन्नु भन्दा के गर्न सकिन्छ र !’ (पृ.१७५) ।

‘पार्टी निर्माणको जगमा केही भुइँमान्छे’ शीर्षक अध्यायमा लेखकले आजको नेकपा (एमाले) धेरै भुइँमान्छेको श्रम, साधनस्रोत, समय र सपनाले सिञ्चित भएको औंल्याउँदै पार्टीका केन्द्रीय स्तरका बैठक र भेला गर्ने स्थान, भूमिगत नेता–कार्यकर्ताका लागि आश्रयस्थल मात्र नभएर लाउने, खाने र सुरक्षाको जिम्मेवारी निर्वाह गरेका ती अनगन्ती आश्रयदातामध्ये केही प्रतिनिधि पात्रबारे उल्लेख गरेकी छन् ।

यस्ता पात्रहरूमा झापाकी हरिमाया बराल, छायादेवी र इन्दिरा चापागाईं, चितवनकी सुकमाया दराई, धादिङकी बालकुमारी थपलिया, कास्कीकोटकी हरिकला सुबेदी, नवलपरासीकी विष्णुमाया सुबेदी, रुपन्देहीकी शकुन्तला चमार, सावित्री न्यौपाने, सुशीला न्यौपाने, मकवानपुर फाखेलकी ठूली बल र सानुकान्छा लामा, इलामकी पिङ्गलादेवी बराल, मकवानपुर हटियाकी बालकुमारी थापा, विष्णुकुमारी राई, मोरङका भक्तबहादुर आले ‘मनोहर’, धनुषाको मुढिवाका जगदेव र रामदेव गोहीवार लगायत रामआशीष पासवान, अशेश्वर मण्डल, दुःखी ठाकुर आदि समेत दर्जनौं सर्वसाधारण जन, धनुषाकै पुलकित ठाकुर, मोरङका टेकबहादुर राई, कास्कीका सूर्य अधिकारी र उनको परिवार, बाराकी समरियादेवी महरा (नानी), इटहरीकी लक्ष्मीदेवी निरौला, स्याङ्जा गोलादीकी नर्मदा खराल, महोत्तरी कालापानीकी मानकुमारी बलामी, अर्घाखाँचीकी चुमकला बन्जाडे, काभ्रेको भैंसेपाटीका उद्धव केसी, सोलुखुम्बुकी लालमाया राई आदि छन् ।

किताबमा यी पात्रसमेत अनेक जनका योगदान र विविध अनुभवबारे पढ्न पाउँदा रोमाञ्चक अनुभव हुन्छ । एउटा अनुभव, जुन चुमकला बन्जाडेसित घटेको छ, अत्यन्त दारुण छ । उनको भनाइ छ, ‘हाम्रो सामान्य श्रमजीवी परिवार भएकाले कुखुराको अन्डा बेचेर नुन, तेल, मसला गर्नुपथ्र्यो । एक दिन म कुखुराको अन्डा लिएर बजार जान लागेकी थिएँ । सानो छोराले एउटा अन्डा खान माग्यो । ‘बजारबाट सामान ल्याउन पुग्दैन, कहाँ तिमीलाई दिनु’ भन्दै म सबै अन्डा बोकेर बजार हिँडें । बजारबाट फर्कंदा त्यो अबोध बालक अन्डा पार्ने बेलामा कुखुरा बस्ने टोकरीमा बसिरहेको रहेछ । ‘किन त्यहाँ बसेको ?’ भनेर सोध्दा उनले भने, ‘तपाईंले अन्डा दिनुभएन । अब म आफैँ पार्छु, आफैँ खान्छु ।’ बच्चाको मनोविज्ञान– पराल राखेको टोकरीमा बसेपछि अन्डा पर्छ । त्यो देख्दा मन कटक्क खायो । तर, मेरो बाध्यता, परिवारको खानपान र आएका नेता–कार्यकर्तालाई खुवाउने दायित्व काँधमा थियो ।’ (पृ.३०८) ।

किताबमा अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको प्रसङ्ग दुई–तीन ठाउँ मात्र आउँछ, त्यो पनि निकै थोरै मात्र । एक ठाउँ उल्लेख भए अनुसार, कुनै पूर्वेली तराई जिल्लामा अत्यन्त गोप्य ढङ्गमा सबै शीर्ष नेताहरूको सहभागितामा पार्टीको महत्वपूर्ण केन्द्रीय भेला हुन गइरहेको थियो । सबै जना भित्र भेलास्थलमा शान्तसँग बसिरहेका थिए तर ‘छुकछुके स्वभाव भएका’ भनेर चिनिने खड्गप्रसाद भित्र–बाहिर गरिरहेका थिए । अन्य सबैले त्यसो नगर्न र थपक्क भित्र बस्न भनिरहँदा उनले मानिरहेका थिएनन् । तर नेता मदन भण्डारीले एक पटक ‘तपाईं धेरै नहिँड्नोस् त’ भनेर भन्ने बित्तिकै उनले त्यसरी भित्र–बाहिर गर्न छाडेर अन्य नेता–कार्यकर्ताहरूसँगै भित्र भेलास्थलमा बसेका थिए । (पृ.२१४) ।

योसँगै किताबले दिवंगत नेता मदन भण्डारीलाई ‘असाधारण व्यक्तित्व’ का रूपमा चित्रण गरेको छ । भण्डारीमा सम्पूर्ण नेतृत्व क्षमता रहेको र उनी पार्टीभित्र मूल पार्टी नीतिसित सहमत असहमत हुने जोसुकैलाई मिलाएर लैजान सक्ने, गज्जबका वक्ता (पब्लिक ओरेटर), उम्दा संगठक र युगीन विचारक भएको अनुभूत गर्न सकिन्छ । अहिले नेकपा (एमाले) पार्टीले आफ्नो नीति भनेर पार्टी दस्तावेजहरू र चुनावी घोषणापत्रमा लेख्ने गरेका ‘जनताको बहुदलीय जनवाद’ का प्रवत्र्तक वा सूत्रधार उनै भण्डारी हुन् ।

यसै गरी ‘भुइँमान्छे’ किताबमा नेकपा (माले) का संस्थापक महासचिव सी.पी. मैनालीबारे पनि प्रशस्त पढ्न, जान्न र बुझ्न पाइन्छ । ‘वान एरिया, वान स्क्वाड, वान एक्शन’ भन्दै वि.सं.२०२९ मा शुरु भएर करीब डेढ वर्ष चल्दा सात जना जमिनदार मारेको झापा अभियानको समयदेखि लगभग एक दशकसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा सी.पी.मैनालीको नाम बडो चर्चित एवं सम्मानित थियो ।

स्थिति यस्तो भए पनि उनमा आफ्नो विचार नै सबैले मान्नु पर्ने तर उनले अरूका विचार नमान्ने अथवा अरूका विचारसँग असहमत रहने प्रवृत्ति हावी रहेको तथ्य पनि ‘भुइँमान्छे’ किताबले प्रस्ट पार्दछ । पोलिट ब्यूरो वा केन्द्रीय कमिटीमा छलफल भएर त्यहाँ आफ्नो भन्दा फरक विचार ग्रहण भयो वा जारी भयो भने पनि पार्टी नीति विपरीत गएरै पनि आफ्नो अल्पमतको विचार आफू नजिकका वा आफूले प्रभाव पार्न सक्ने नेता–कार्यकर्ताहरूलाई भन्ने (शेयर गर्ने) स्वभाव सी.पी.मा देखिन्छ । पार्टीभित्रको चर्चित र पार्टीभित्र अत्यन्तै नकारात्मक प्रभाव पारेको ‘पार्टी स्वतन्त्रता’ या ‘राजनीतिक स्वतन्त्रता’ भन्ने ‘महाविवाद’ पछि वैचारिक आधारमा नभै पार्टी अनुशासन विपरीत गतिविधि सञ्चालन गरेको हुँदा उनीमाथि ‘पार्टी कारवाही’ भएको थियो र उनलाई महासचिव पदबाट हटाएर प्रवासको पार्टी गतिविधि हेर्न खटाइएको थियो ।

जेहोस्, उल्लिखित प्रसङ्गहरू ‘भुइँमान्छे’ किताब पढ्दै जाँदा देखिने–थाहा पाइने पक्षहरू हुन् । यसमा भूमिगत पार्टीका केन्द्रीय कमिटी बैठक वा केन्द्रीय भेला वा सम्मेलन आदि भएका खासखास ठाउँहरू र ती ठाउँमा पार्टीलाई आश्रय समेत तमाम व्यवस्थापन गर्दै सघाउने अभावग्रस्त सर्वसाधारण जनहरूबारे, त्यसमा पनि प्रतिनिधिमूलक पात्रहरू, बारे बताइएको छ । सबै आश्रयदाता सहयोगीहरूबारे लेख्ने हो भने त मोहनविक्रम सिंहको ‘कमरेड जलजला’ उपन्यासभन्दा दोब्बर ठूलो किताब तयार हुनेमा दुई मत होवोइन ।

तापनि, लेखक विन्दा पाण्डे अहिले चाँडै नै यही ‘भुइँमान्छे’ किताबकै अर्को संस्करण निकाल्न उत्साहपूर्वक लागिरहेको समाचार सार्वजनिक भएको छ । त्यसो गर्दा लेखकले पहिलो संस्करणमा भएका भाषिक शुद्धाशुद्धि र कतिपय शब्दहरूको शुद्ध प्रयोग गर्नेतिर विचार पुर्‍याउनु पर्छ भन्ने महसुस भइरहन्छ । भने, उनी अर्को चरणमा भूमिगतकालमा पार्टीलाई आश्रय दिने समेत विभिन्न किसिमले दिलोज्यान दिएर सघाउने दर्जनौं महिलाहरूको जीवनकथाको सँगालो छपाउने तयारीमा छन् भन्ने सङ्केत यही किताबभित्र पनि दिएकी छन् ।

किताबमा कमी भन्नु भन्दा पनि सुझावका रूपमा केही भन्दा बेस हुने देखिन्छ । लेखक विन्दाले यस किताबमा लेखेकी छन्, ‘राणा शासन विरुद्ध सङ्गठित आवाजको पहल गर्ने पहिलो व्यक्ति बलदेव शाही (बाकावीर) थिए, जसको मृत्यु १९०६ मा भयो । पछि यही आवाजको नेतृत्व लखन थापाले गरे । त्यही कारण १९३२ सालमा उनी लगायत उनका थुप्रै सहयोगी र समर्थकहरूलाई गिरफ्तार गरियो । लखन थापालाई मनकामना मन्दिर अगाडि झुण्ड्याएर मारियो भने धेरैलाई जेल पठाइयो । यसरी लखन थापा नेपाली जनमुक्ति आन्दोलनका प्रथम शहीद बने ।’ (पृ.१) ।

तर उनले यति लेखेर मात्र पुग्दैन, बाकावीर को थिए र उनले वि.सं.१९०३ मा शुरु भएको राणा शासन विरुद्ध के किन र कसरी विद्रोहको आवाज बुलन्द गरेका थिए भन्ने बारे छोटकरीमै प्रस्ट हुने गरी कम्तीमा एक प्याराग्राफ लेखेर स्पष्ट पार्दा आम पाठकले पनि बाकावीरबारे राम्ररी जान्न पाउनेछन् ।

त्यसै गरी लखन थापाको सन्दर्भमा उनले के कस्तो विद्रोह कसरी सञ्चालन गरे, उनलाई को कस्ता कति मानिसले साथ सहयोग दिए र उनको नेतृत्वको विद्रोह कति लामो चल्यो, अनि उनलाई किन र कसरी ‘नेपाली जनमुक्ति आन्दोलनका प्रथम शहीद’ मानिनु, भन्नु पर्छ भन्ने बारे संक्षिप्तमै भए पनि स्पष्ट लेख्न सके सुन्दर हुने देखिन्छ ।

यसै गरी लेखक विन्दाले पार्टी कामका लागि २०४१ जेठमा दाङबाट पहाडतिर हिँडेर बेपत्ता भएका नेत्रलाल अभागीको रहस्यमयी मृत्यु (पृ.९०) बारे भने केही ठोस सत्य–तथ्य दिएकी छैनन् । यी कवि नेता के कसरी मरे वा मारिएका थिए भनेर पाठकले स्पष्ट बुझ्ने गरी त्यही अध्यायमा केही पंक्ति थपी दिने हो भने त्यसबाट पाठक वर्ग राम्ररी सुसूचित हुन पाउने थिए ।

समग्रमा विन्दा पाण्डेको ‘भुइँमान्छे’ किताब केवल हिजो भूमिगत राजनीति गरेका वा भूमिगत राजनीति गर्नेहरूलाई सघाएका वा त्यस अवधिमा खुलेर या देखिएर काम गरेका वा अद्र्ध–भूमिगत बनेर काम गरेका वा काममा सघाएकाहरूका लागि मात्र होइन, बरु यो किताब त नेपालमा एक महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा बलियो गरी स्थापित कम्युनिस्ट पार्टी कसरी शुरु भयो, कसरी हुर्कियो, कसरी टुक्रियो, कसरी जोडियो, कसरी फैलियो र कसरी जनस्तरमा सर्वाधिक धेरै संगठित भयो भनेर जान्न चाहने कम्युनिस्ट वा गैर–कम्युनिस्ट सबैले पढ्नु पर्ने किताब हो ।

मुलुकका लागि कम्युनिस्ट राजनीति कति ठीक छ र कति बेठीक छ, स्थापना भएर अहिलेको समय वि.सं.२०८२ आइपुग्दासम्म कम्युनिस्ट पार्टीले देश र देशवासीका लागि के कति गर्‍यो गरे वा गर्न खोजेर अनि चाहेर पनि गर्न पाएन वा सकेन, अनि, यतिका वर्षहरूमा देशमा छ जना कम्युनिस्ट प्रधानमन्त्री बनिसकेका छन् भने देश र देशवासीले गर्व गर्न लायक के कस्ता उपलब्धि कम्युनिस्ट सरकारले दिन सक्यो वा सकेको छ ? यावत सवालहरू पनि सोच्न यो किताबले सचेत पाठकलाई कम्तीमा एक बाजी त झक्झक्याउँछ नै।

सिद्धान्त र व्यवहार, कार्यक्रम र कार्यान्वयन, प्रतिबद्धता र समर्पण, अनि भाषण र जनमानसबीच प्रेमिल एवं सादर उपस्थिति– हो, यी त्यस्ता तथ्य हुन् जसलाई हिजोको भूमिगत जीवन बिताएर अहिले सत्ता–सुख भोगिरहेका वा भोग्ने पंक्तिमा भएका सारा नेता–कार्यकर्ताले हृदयङ्गम गर्नु पर्ने छ । किताब ‘भुइँमान्छे’ को सबैभन्दा ठूलो शिक्षा यही हो ।





Source link

Nio Firefly EV is launching soon in Nepal: Find specs and expected price


Chinese EV brand Nio has launched its ambitious hatchback car, the Nio Firefly EV, in China. It comes in a unique lighting design, 105kW motor, and 42.1kWh battery pack, among other key specifications. The car is expected to be launched in Nepal soon, so here we provide you with detailed information about it, including its expected price.

Nio Firefly EV Specifications

The Noi Firefly EV features a rear-wheel drive motor of a 105 kW capacity, which produces power of up to 141 hp. Its peak torque goes up to 200 Nm.

Likewise, it gets a 42.1 kWh lithium-iron phosphate battery, which promises up to 420 km of CLTC range. This translates to roughly 340 km in the WLTP range standards.  Either way, it’s plenty enough if your commute is around a city from home to work.

Nio Firefly EV interior

The car is said to reach a top speed of 150 kmph and is said to reach 0 to 100 kmph in just 8.2 seconds.

Check out: Best Electric Cars Price in Nepal | Update April 2025

Other Features

Firefly EV features a unique lighting design that consists of 3 small circles forming headlamps on both front and rear parts. The Firefly logo rests in the middle.

The inside has a good space for drivers and passengers. There’s a 6-inch screen behind the steering wheel that displays all the information about the ride. It’s further complemented with a large 13.2-inch infotainment display. For a versatile entertainment system, the car gets a wholesome 7.1 Dolby sound system with 14 speakers.

Nio Firefly EV price in Nepal

Nio Firefly EV is priced at USD16,770, so that could translate to 45.99 lakh in Nepal for the base variant. The premium variant, which has a more sophisticated interior, is priced at USD17,600, which could mean 50.99 lakh in Nepal.

Nio Firefly EV Price in Nepal (Expected)
Base Variant Rs 45.99 lakh
Top Variant 50.99 lakh

The car could as well come with a swappable battery system,m aka Battery As A Service (BAAS).

In Nepal, the Firefly EV could compete with the BYD Dolphin, Tata Punch EV, etc. Paramount Motors is expected to launch the hatchback EV soon in Nepal.



Source link

थाइल्याण्डमा देवकीमाया पराजित | Nagarik News


उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेले पनि नेपालकी देवकीमाया श्रेष्ठ थाइल्याण्डमा भएको एसियाली जुडो च्याम्पियनसिपमा पराजित भएकी छन्। थाइल्याण्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा महिला ५२ केजीमुनि देवकी बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी हुन्। 

उत्कृष्ट प्रदर्शन गरे पनि देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिए। नान्दिन विश्व च्याम्पियनसिपकी कांस्य विजेतासमेत हुन्। बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्व वरीयतामा ३०४औं तथा नान्दिन ७५औं स्थानमा छन्। बैंककमा भएको च्याम्पियनसिपमा देवकीसहित नेपालबाट ६ खेलाडीले चुनौती दिएका थिए। महिला ५७ केजीमुनि ओलम्पियन मनीता श्रेष्ठ प्रधानको यात्रा पनि दोस्रो चरणमा नै समाप्त भयो।

उनी दोस्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग पराजित भइन्। त्यसअघि पहिलो चरणमा भने मनिताले फिलिपिन्सकी खेलाडीलाई हराएकी थिइन्। महिला ७० केजीमुनि पनि रञ्जना खड्का भारतीय खेलाडीसँग पराजित भइन्।

पुरुष ६० केजीमुनि विकास विक दोस्रो चरणबाट माथि उठ्न सकेनन्। उनी दोस्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे। त्यसअघि उनले तुर्कमिनिस्तानका खेलाडीलाई हराएका थिए। पुरुष ६६ केजीमुनि विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनि विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए। 

प्रकाशित: १६ वैशाख २०८२ ०८:०६ मंगलबार





Source link

नाउपासँग पार्टी एकताको पूर्वसन्ध्यामा जनमतले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


१६ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकताको तयारीमा रहेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार साँझ ६ बजे बोलाइएको हो ।

जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार १७ गते बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ ।

केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् ।

घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य, भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।

घोषणाको अघिल्लो दिन बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पनि जनमतले समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनेको छ ।





Source link

MG Windsor EV Price in Nepal: Specifications, Availability


JSW MG Motor India’s long-anticipated electric ‘CUV’ car, Windsor EV, will soon launch in Nepal. The “crossover utility vehicle “affordable” car starts at INR 13,49,800, including the battery cost. It’s built on the ‘Pure EV Platform’ and comes in three variants: Excite, Exclusive, and Essence with BaaS (Battery as a Service). Windsor EV could also debut in Nepal via MG’s Authorized Distributor, Paramount Motors, so we will let you know its features, specifications, and price in Nepal.  

Windsor EV is a CUV, and you may be wondering what it means. So, first, let’s start with a slight description of what it is.

Related: All MG car prices in Nepal

What is a CUV?

A major difference is in how it’s built. A CUV, also called a crossover utility vehicle, uses a unibody frame of a car chassis, while an SUV is built in a body-on-frame design. Due to their unibody frame, CUV cars are lighter and slimmer, so they are more efficient in saving energy and delivering more output. However, it can be less spacious and less perfect for fitting in extra luggage compared to traditional CUVs.

The Windsor EV likewise combines the feel of both SUV and sedan in that it has the utility and purposes of an SUV and the comfort of a sedan.

MG cars are fastly gaining prominence in Nepal with ZS EV, MG4, mini car Comet, and other exciting lineups such as the possibly incoming S5 EV. So, the latest Windsor EV could be another hot prospect for the Nepali auto market. Here are the details:

MG Windsor EV Overview

Design

The Windsor features an upright face with a high-set bonnet. The headlamp assembly has a vertically split architecture, while it has a similar rounded profile for the taillamps, with a connecting light bar. Overall, the design is rounded and contemporary. Also, I can’t emphasize enough the “Illuminated Front MG Logo,” which elevates the front look of the car, and the flush door handles amplify its sleek look.

Windsor EV wheelbase

It’s got a high-set bonnet and headlamps, while the taillight has a connecting light bar. Additionally, the DRL gives it a modern and contemporary look. The car comes with a boot space of 604 liters, setting another standard in its category and price range.

Another notable feature of the EV is its 2,700 mm wheelbase, which makes way for a spacious cabin. The interior gets a bubbled leather finish, which provides comfort. The seats can be reclined back to 135 degrees, offering a panoramic view. The car also comes with an Infinity View Glass sunroof that adds to the comfort and relaxation inside.

Likewise, a 15.6-inch touchscreen display mounted on the dashboard serves as a diverse infotainment system. The car also gets a 9-speaker audio system consisting of 4 speakers, 4 tweeters, and one subwoofer to enhance the car’s entertainment features.

Performance

The affordable CUV is powered by an IP67-certified single electric PMS motor set on the front axle. It features a 100kW motor that produces a maximum power of 136 PS and 200 Nm of torque. So far, MG Motor hasn’t shared the car’s top speed. The car offers four different driving modes: Eco+, Eco, Normal, and Sport.

The car can be driven in four drive modes- Eco, Eco+, Normal, and Sport. The Windsor EV is claimed to give a range of 331 km (ARAI). The decent ground clearance of 186 mm should also give confidence and convenience to the driver and passengers on board.

MG Windsor falls into the category of budget cars in terms of its price. Here, we have a list of top mini cars that may also fit your budget.

Battery charging and Battery As A Service

The CUV comes with a 38 kWh LFP battery with prismatic cells, and charging has multiple options. It’s also certified with IP67 ingress protection. A 3.3 kW CCS2 charging takes around 13.8 hours to replenish the battery, while a 7.4 kW charging could do the same in about 6.5 hours. However, a DC fast charger can charge the battery up to 80% in just 55 minutes.

MG Motor India has introduced a payment scheme for the battery. Buyers need to pay INR 3.50 per km for the battery, a move devised to make Windsor EV relatable to SUVs in terms of costs. MG Motor believes that offering batteries on a payment basis helps users save up to 40% of the costs spent on fuel-powered vehicles. But now, the vehicle is available with full battery ownership as well. You can check the price below for the specifics.

Related: Top reasons to buy an EV in Nepal

Safety

MG has given a suite of safety features for the Windsor EV. The CUV comes with 6 airbags, hill start-to-assist control, hill descent control, and rain-sensing wipers. Additionally, the car also has 3-point seat belts, ISOFIX, auto headlamps, rear parking sensors, etc., to maximize safety for all.

MG Windsor EV Specifications

  • EV model: MG Windsor EV
  • Dimension: 4,295x 2,126x 1,677 mm
  • Wheelbase: 2700 mm
  • Motor: Permanent Magnet Synchronous Motor
  • Max Power: 136 PS
  • Max Torque: 200 Nm
  • Top Speed: NA
  • Transmission: Automatic
  • Battery Capacity: 38 kWh
  • Range: 331 km (ARAI)
  • Charging Time: DC fast-charger 6.5 hours, 3.3 kW 13.8 hours, 7.4 kW 6.5 hours
  • Safety features: 6 Airbags, hill start-to-assist control, hill descent control, ISOFIX, auto headlamps, rear parking sensors, etc.
  • Suspension Setup: McPherson Strut (front) and Torsion Beam (rear)
  • Seating Capacity: 5-Seater
  • Ground Clearance: 186 mm
  • Kerb Weight: N/A
  • Colors: Turquoise Green | Pearl White | Clear Beige | Starburst Black
  • MG Windsor EV price in Nepal: Rs 38.50 – 42.50 lakh (expected)

MG Windsor EV Price in Nepal and availability

MG Windsor EV comes in three variants- Excite, Exclusive, and Essence. In terms of the cost, the Excite variant costs NRS 13,49,800 in India. The Exclusive and Essence cost INR 14,49,800 and INR 15,49,800, respectively. Well, that means the MG Windsor EV price in Nepal could start at Rs 38,50,000. Similarly, the Exclusive and Essence variants may cost Rs 40,50,000 and Rs 42,50,000, respectively. These prices include the battery as well.

MG Windsor EV Variants Price in India (official) Price in Nepal (expected)
Excite INR 13,49,800 Rs 38,50,000
Exclusive INR 14,49,800 Rs 40,50,000
Essence INR 15,49,800 Rs 42,50,000

The car is cost-friendly in comparison with the top-end cars in the country and also benefits from the latest EV tax in Nepal.

The vehicle comes in Turquoise Green, Pearl White, Clear Beige, and Starburst Black. It will be interesting to see if MG Motor decides to bring all the iterations to Nepal. We can fancy the car’s launch around the approaching festive time. If it launches, it will compete with Tata Punch EV, Nammi 01 EV, and might also challenge Tata Tiago and MG4.

Our initial verdict

MG Windsor EV is an affordable CUV car with industry-leading characteristics such as wheelbase and stunning design rendition. While the car remains a standout in its own right, the affordability also elevates its appeal among buyers. So, if Paramount launches the car in Nepal, it will serve as an exceptional option for the customers to look up to.



Source link

सर्लाहीको अनाथालयमा बेलायतवासी नेपालीहरूको विशेष सहयोग


बेलायतवासी नेपाली समुदायको सहयोगमा हरिवनस्थित शान्ति बाल आश्रममा विशेष सहयोग हस्तान्तरण गरिएको छ।

नेपालब्रिटेन डट कमको १७औं वार्षिकोत्सवको अवसरमा, लण्डनस्थित रिभर एकेडेमीमा अध्ययनरत छात्रा टिया आचार्यको सक्रियतामा संकलित आर्थिक सहयोगबाट प्राप्त शैक्षिक सामग्रीहरू आइतबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।

अनाथालयमा आयोजित उक्त कार्यक्रममा नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले शान्ति वाल आश्रमका बोर्ड अफ डाइरेक्टर मनिष बराललाई अनाथ बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरे।

जिल्ला प्रहरी प्रमुख रविन्द्रबहादुर सिंहले बालबालिकालाई अध्ययनसँगै सामाजिक सेवामा लाग्न प्रेरणा प्रदान गर्दै विदेशमा रहेर गरिएको सानो सहयोगले पनि नेपालमा ठूलो प्रभाव पार्न सक्ने बताए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले आश्रममा रहेका बालबालिकाको उज्ज्वल भविष्यको कामना व्यक्त गरे।

कार्यक्रमको सभापतित्व गर्दै बोर्ड अफ डाइरेक्टर मनिष बरालले आश्रमप्रति बेलायतवासी नेपालीहरूको माया र योगदानप्रति आभार व्यक्त गरे। वडा अध्यक्ष कोकिलानन्द उप्रेतीले देशको माटो सम्झेर सात समुद्रपारिबाट सहयोग गरेको भन्दै नेपालब्रिटेन डट कमलाई धन्यवाद ज्ञापन गरे।

गत वर्ष अगस्टमा लण्डनस्थित स्ट्यानवेल टाउन हलमा आयोजित नेपालब्रिटेन डट कमको कार्यक्रममा संकलित आर्थिक सहयोगबाट पुस्तक, कापी, लत्ता कपडा, जुत्ता, मोजा, टावल, स्ट्यान फ्यान, खेलकुद सामग्री, ट्युटोरियल सामाग्री, हाउसकिपिङ्ग सामाग्री तथा खाद्य सामग्रीहरू प्रदान गरिएको हो।

कार्यक्रममा सर्भिस फर पिस बालगृहका संयोजक चेतन रिजाल, सशस्त्र प्रहरीका डीएसपी एकराज बुल्लाकोटी, प्रहरी निरीक्षक किशोर तामाङ तथा समाजसेवी कुमार लुइँटेल र शान्ता पाण्डेको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित: १६ वैशाख २०८२ ०८:०९ मंगलबार





Source link

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने


१६ वैशाख, मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ ।

यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो ।

नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।

‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ’, उनले भने, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।’

यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।

नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।

१७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

-राससबाट





Source link

CIMEX Inc. announces New Year Offer 2082 with free servicing and more


CIMEX Inc., Nepal, has announced a New Year Offer 2028 with free servicing for vehicles, extended warranty, etc., on BYD cars. The offer is expected to bring to customers value for money, trust, peace of mind, and strengthen the company’s bond with them. The company brought its latest campaign, calling it the 0-5-10 offer.

The offer comes soon after CIMEX also announced an extended warranty on BYD EVs in Nepal. So, it is quite a time to land a BYD EV home with extra warranty benefits.

BYD EV New Year Offer 2028

The New Year offer 2082 on BYD cars is available for a limited period with exciting benefits. Those who book BYD cars get free servicing for up to 5 years and an extended warranty for 10 years or 200,000 kilometers.

Those who get free servicing for up to 5 years get a free standard repair package on a yearly basis. This includes repair and maintenance on the lever, AC filter, brake and transmission oil, coolant, etc. The free servicing is provided as recommended by the company for five years.

Similarly, every customer gets 10 years or up to 200,000 kilometers of warranty on the battery or motor (whichever comes first). The company claims that this warranty service is the benchmark in the auto industry and will ensure customer satisfaction and BYD’s long-term commitment to its customers.

CHECK OUT: Best Electric Cars in Nepal | Top Cars List Latest

Speaking about the campaign, Ashutosh Gautam, National Sales Head of Cimex Inc., said, “As we embark on the new year, we want to celebrate with our customers not just the car but also a decade of assurance and care. The 0-5-10 campaign is not just an offer, it is also a reflection of our long-term commitment to Nepal’s transition towards clean, sustainable electric mobility. We extend our delight to our customers for their continued trust in us, and we look forward to moving forward together for a greener future.”

The offer is effective till Baisakh 31, 2082, for all models and types of BYD cars across the country. You can get the benefits from this offer by booking a brand-new BYD EV.



Source link

शिक्षा ऐन र नियमावलीविपरीत वनको जग्गामा निजी विद्यालय


नेकपा एमालेबाट गत स्थानीय तहमा निर्वाचित एक वडाध्यक्षले वर्षौंदेखि राष्ट्रिय वनको जग्गा अतिक्रमण गरी निजी विद्यालय सञ्चालन गरेको खुल्न आएको छ। 

जितपुरसिमरा उपमहानगरपालिका– १६ पिलुवा टोलका वडाध्यक्ष हरिदेव खरेलले राष्ट्रिय वनको जग्गा अतिक्रमण गरी बारा एकेडेमी नामक निजी विद्यालय सञ्चालन गर्दै आएको डिभिजन वन कार्यालय सिमरा बाराले जनाएको छ।

राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी नाफामूलक संस्था निजी विद्यालय सञ्चालन गरेको भन्दै डिभिजन वन कार्यालय सिमरा बाराले वनको जग्गा अतिक्रमण गरी निर्माण गरेको विद्यालयको भौतिक संरचना हटाउन बारा एकेडेमीलाई निर्देशनसमेत दिइएको छ। 

डिभिजन वन कार्यालय सिमरा, बाराका प्रमुख राजेशकुमार झाले जितपुरसिमरा उपमहानगरपालिका १६ नं वडाका अध्यक्ष हरिदेव खरेलले राष्ट्रिय वनको जग्गा अतिक्रमण गरी बारा एकेडेमी नामक निजी विद्यालय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको आरोप लगाएका छन्।

वनको जग्गा अतिक्रमण गरी सञ्चालन गरिएको बारा एकेडेमीलाई खाली गराउन हामीले निर्देशनसमेत दिइसकेको वन प्रमुख झाले बताए। वन कार्यालयमातहत रहेको हलखोरिया सब डिभिजन वन कार्यालयले वडा कार्यालयमार्फत पत्र पठाएर तुरुन्त वनको अतिक्रमित जग्गाबाट संरचना हटाई सहयोग गर्न भन्दै लिखित निर्देशन दिएको छ।

विद्यालयको भौतिक संरचना हटाउन निर्देशन दिएपछि विद्यालयका सञ्चालनसमेत रहेका अध्यक्षले आफैं वडा कार्यालयको लेटरप्याडमा जग्गाधनी सम्बन्धित कुनै प्रमाण नै पेस नगरी गोलमटोल जवाफ पठाएको झाले बताए। वनको जग्गा अतिक्रमण गरी सञ्चालन गरिएको विद्यालय तुरुन्त वनको जग्गाबाट हटाई आफूसँग भएको कागजात र प्रमाणसहित उपस्थित हुन २०८१ माघ ११ गते वन कार्यालयले बारा एकेडेमीलाई पठाएको पत्रमा डिभिजन वन कार्यालय सिमरा, बाराले जनाएको छ।

संघ सरकारले गठन गरेको सुकुमवासी समस्या समाधान आयोगमा हकभोगका आधारमा आफूले सो जग्गामा बारा एकेडेमी सञ्चालन गरेको तर्क वडाध्यक्ष खरेलले दिएका छन्। वडा नं १६ मा बसोवास गरिरहेका हजारौं वडावासीसँग जग्गाधनी प्रमाणपत्र नभएको र उनीहरूलाई सुकुमवासी समस्या समाधान आयोगबाट बसोवास गरिरहेको जग्गाधनी प्रमाणपत्र वितरण गरिने भनिए पनि विभिन्न कारणवस वितरण हुन नसकेको वडाध्यक्ष खरेलले बताए।

केही व्यक्तिले मेरो र मेरो विद्यालयको विरुद्धमा लागेर अख्तियारदेखि वन कार्यालयसम्म उजुरी दिएर मलाई बदनाम गर्न खोजेको खरेलले बताए। अनुमति दिने निकाय पनि दोषी बारा एकेडेमी निजी विद्यालय गैरकानुनी रूपमा वन क्षेत्रभित्र सञ्चालन गरिएको तथ्य सार्वजनिक भएसँगै सुरुमा विद्यालय सञ्चालन अनुमति दिने निकाय पनि दोषी देखिएको बताइएको छ। राज्यका निकायहरू कम्पनी रजिस्ट्रारको कार्यालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र वन मन्त्रालयका कर्मचारीकै सिफारिसमा राष्ट्रिय वन क्षेत्रभित्र निजी विद्यालय सञ्चालनका लागि अनुमति दिइएको भेटिएको छ।

अध्यक्ष खरेलले विगत २२ वर्षदेखि वन क्षेत्रको जग्गा अतिक्रमण गरी निजी विद्यालय सञ्चालन गरेको विषयमा वन मन्त्रालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनसमेत गरेको छ। वन क्षेत्रभित्र निजी बोर्डिङ स्कुल स्थापना गरी सञ्चालन भएको सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले हलखोरिया सबडिभिजन वन कार्यालयलाई छानबिन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको थियो। वन कार्यालयले उक्त विद्यालय वन क्षेत्रभित्र रहेको प्रतिवेदन अख्तियारमा पठाएको बताइएको छ।

विद्यालयका मुख्य लगानीकर्तासमेत रहेका अध्यक्ष खरेलले बारा एकेडेमी बोर्डिङ स्कुललाई प्राथमिक तहको कक्षा सञ्चलानका लागि २०५९ साउन ७ गते जिल्ला शिक्षा कार्यालय बाराबाट अनुमति लिएको जवाफ हलखोरिया सबडिभिजन वन कार्यालयलाई दिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वन कार्यालयलाई सोधेको स्पष्टीकरणको जवाफमा विद्यालय सञ्ंचालक खरेलले उक्त विद्यालयलाई २०६६ माघ ४ गते कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता गरेर विधिवत् सञ्चालन गरेको जिकिर गरेका छन्।

बारा एकेडेमी नामक निजी विद्यालय राष्ट्रिय वन क्षेत्रभित्र सञ्चालनमा रहेको देखिँदा स्थानीय सरकार, शिक्षा र वनसम्बन्धी कानुनको खुला उल्लंघन गर्दै विद्यालय सञ्चालन भएसँगै यसले स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। नाफा कमाउने उद्देश्यले निजी क्षेत्रद्वारा सञ्चालित बारा एकेडेमी बोर्डिङ स्कुल राष्ट्रिय वन क्षेत्रभित्र सञ्चालनमा रहेको वन कार्यालयको पत्रले स्पष्ट हुन्छ। सो विद्यालयलाई कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्दा विद्यालयको नाउँमा लालपुर्जा वा स्वामित्व कायम रहेको प्रमाण पेस गरेको देखिँदैन।

प्रचलित कानुनअनुसार आवश्यक कागजात नै नभएको विद्यालय कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्नु नै नियम–कानुन उल्लंघन गरिएको छ। जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई २०५९ सालमा इजाजत दिएको थियो, तर सो समयमा ऐलानी जग्गामा स्थापना गरिएको भवनलाई विद्यालयका लागि अनुमतिपत्र दिने कार्य स्वयं शिक्षा ऐन र नियमावलीको मर्मविपरीत रहेको विज्ञहरूको भनाइ छ। 

निजी विद्यालय स्थापना र सञ्चालनसम्बन्धी प्रचलित कानुनअनुसार विद्यालय सञ्चालनका लागि जग्गाको स्वामित्व स्पष्ट हुनुपर्ने व्यवस्था छ। वन ऐनअनुसार राष्ट्रिय वन क्षेत्र व्यक्तिगत, व्यावसायिक वा गैरसरकारी प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन जबसम्म सरकारबाट स्पष्ट स्वीकृति प्राप्त गरिएको हुँदैन। यस्तो क्षेत्रमा संरचना निर्माण गर्न पनि प्रतिबन्ध छ। यस सन्दर्भमा बारा एकेडेमी बोर्डिङ स्कुलको संरचना कानुनी मापदण्डविपरीत ठहरिन्छ।

प्रकाशित: १६ वैशाख २०८२ ०८:२२ मंगलबार





Source link

सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै


फाइल तस्वीर ।


१६ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा जाँदै छन् । उनी आज दिउँसो १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन् ।

भ्रमण टोलीमा मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, मुख्य सचिव, सचिव र सचिवालयका केही सदस्यहरु छन् । उनीहरु भारत भ्रमण सकेर वैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने छन् ।

मुख्यमन्त्री शाहले नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा जान लागेको बताए ।

काठमाडौंबाट हवाईमार्ग भएर दिल्ली जाने मुख्यमन्त्री शाह नेतृत्वको टोलीले दिल्लीमा संघीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्नेछ ।

उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ । भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही छन् ।

यसैगरी नेकपा माओवादी केन्द्र का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा सहभागी छन् ।





Source link

KIA EV3 wins World Car of the Year Award 2025, fourth in a row


Kia EV3 has won the Best World Car of the Year award 2025 at the New York Auto Show. The iconic four-wheeler outperformed its rivals, Hyundai Inster and BMW X3, to clinch the prestigious accolade.

The latest recognition follows the previous successes, too. In 2024, Kia EV9 won the same award 2024. Likewise, the honor went to the Kia Telluride in 2020. This time, it’s the fourth year in a row for a Kia car to grab the World Car of the Year title and sixth in the brand’s history.

The KIA EV3 has two battery options. The Standard Range version ships with a 58.3 kWh battery that offers up to 436 km per full charge. The Long Range version, with its larger battery of 81.4 kWh, is claimed to assure 604 km per charge.

Also: Deepal S07 Price in Nepal with Specifications

After KIA EV3 won the award, Kia UK president and CEO Paul Philpott expressed his delight. He said, “This is fantastic recognition for our latest EV and for Kia, especially as we entered the 2025 World Car Awards as reigning champions from 2024.”

Likewise, BYD Seagull clinched an award in the World Urban Car category. Porsche 911 GTS won the 2025 World Performance Car award, while Volvo EX90 won in the World Luxury Car category.

World Car Awards, the event that organizes the awards, is in its glorious 21st year. It comprises 96 jurors who determine which cars



Source link