Category Archives: नेपाल समाचार

सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड – Online Khabar


२८ चैत, काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ ।

सुनसँगै ठूला सेयर बजारमा समेत वृद्धि देखिएको छ ।





Source link

Government completes draft for EV policy in Nepal


The government of Nepal is in the final stage of the preparation for electric vehicle (EV) policy. According to reports, the draft for the policy has been completed, which includes standard criteria for EVs sold in Nepal such as ensuring the import of high-quality vehicles only.

The government has already prepared the draft for the EV policy in Nepal. The idea is that only the quality EVs are exported to Nepal.

EV policy in Nepal aims at ensuring standards

Basically, the EV policy aims at establishing criteria for the type of EVs that can enter Nepal for commercial purposes. The policy will have a fixed set of standard criteria relating to quality assurance, motor power, service center, battery, battery size, etc., for EVs that are brought into Nepal for sales. This helps make sure that customers are served well while also ensuring that only quality EVs are sold in Nepal. This is also very important, as some experts express fear that Nepal has been a “landfill” site to stack EVs.

“The development of the standards has now taken its final form. The draft has been sent to the Prime Minister’s Office via various ministries,” said Sushil Babu Dhakal, Joint Secretary of the Development Assistance Coordination and Quality Division of the Ministry of Physical Infrastructure and Transport, who played an active role in the development of the draft.

He added that the policy will be discussed soon in a cabinet meeting.’

Also: Electric Vehicles tax in Nepal: Latest updates

Why is EV policy a must in Nepal?

A fixed set of principles for EV policy in Nepal is mandatory right now. It’s remarkable that Nepal has an exceptionally growing EV ecosystem in just a few years. Some of the top brands’ best electric cars are sold in Nepal. However, it also seems that there is much left to be done to promote the industry and ensure quality management.

An EV Policy sets rules and guidelines on what types of EVs are allowed to enter Nepal. In addition, it also ensures after-sales service for customers, including service center services, facilitation on buying EV parts for repair and maintenance, etc. Battery anxiety is still a deal among EV owners and prospective buyers.

Check out: ADAS in cars explained | Level 0 to 5 |

EV policy should also mention provisions to address that area. It can at least enforce that EVs with a certain size and type of batteries should be allowed to be sold in Nepal.



Source link

२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान


नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग स्वरूप पठाएको छ। परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, पत्रकारलगायत १६ सदस्यीय टोली उक्त राहत सामग्री लिएर बुधबार त्यसतर्फ प्रस्थान गरेको छ।

टोलीले आज बिहान राहत सामग्री म्यान्मार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए। निजी क्षेत्र र सरकारको तर्फबाट २७ टन सामग्री हस्तान्तरण गर्न लागिएको हो।

म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो। जसबाट तीन हजार बढीको मृत्यु भएको छ। भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीहरूको सूची माग गरेकामा प्राप्त सूचीअनुसार खाद्यान्न, औषधिलगायत आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको महाशाखा प्रमुख अधिकारीले बताए।

यसअघि नेपाली सेनाको चिकित्सक टोली त्यहाँ गइसकेको छ। भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूची माग गरेको थियो। म्यान्मारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधिहरू, मेडिकल टोलीहरू रहेको र आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको हो।  

यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यान्मारमा गइसकेको छ।

प्रकाशित: २८ चैत्र २०८१ १०:४२ बिहीबार





Source link

दुई अपराजित टोली चितवन र ललितपुर भिड्दै – Online Khabar


२८ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज दुई अपराजित टोली एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

जारी लिगमा दुई खेल जितेको एक मात्र टोली चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ भने साविक विजेता ललितपुर ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

दुवै टोली तीन खेलसम्म अपराजित छन् र त्यो लयलाई कायम राख्दै शीर्ष स्थानको होडमा छन् । चितवनलाई आजको खेल जित्न सके शीर्ष चारको यात्रा अझ बलियो हुनेछ । यदी चितवनलाई पराजित गरेमा ललितपुर शीर्ष स्थानमा पुग्नेछ ।

पोखरा र बुटवल लुम्बिनीलाई पराजित गर्दै सानदार सुरुवात गरेको चितवनले अन्तिम समयमा गोल खाँदा झापा एफसीसँग अंक बाँडेको थियो ।

उता ललितपुरले पहिलो खेलमा काठमाडौं रेजर्ससँग बराबरी खेल्दै लिग सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा पोखरालाई हराएको ललितपुरले तेस्रो खेलमा धनगढी एफसीसँग बराबरी खेलेको थियो ।

दुई अपराजित र सन्तुलित टोलीबीच आज हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । यस्तै आजको खेल जितेर चितवन अग्रता फराकिलो बनाउन चाहन्छ भने ललितपुरलाई खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।





Source link

Delhi EV policy 2.0 mulls banning fuel-powered vehicles


A draft Delhi EV Policy 2.0 has been completed and proposes a ban on diesel and petrol-powered vehicles in Delhi. The new policy seeks to eliminate harrowing air pollution levels in Delhi and other major cities by cutting down on the use of tailpipe vehicles, including four-wheelers, two-wheelers, and auto rickshaws.

The policy has proposed a ban on fuel-powered vehicles in the nation’s capital from August 15, 2025. In recent years, New Delhi has been appearing at the top as one of the most polluted cities in the world. Smokes released from vehicles are one of the primary reasons for this environmental hazard. There have been instances when the country’s government shut down schools and other public services to keep citizens safe.  

Also: Electric Vehicles Emit More Toxins Than Fuel Cars- Study

Delihi EV Policy 2.0 wants ultimate measures to eliminate pollution

The Delhi EV Policy 2.0 seeks to enact major resolutions to reduce the high level of air pollution in New Delhi. According to PTI, the new policy will come into effect soon after cabinet approval.

Since August 2020, 26,787 two-wheelers, 31,506 three-wheelers, 5,266 four-wheelers, and 323 buses have been registered in the city. The government planned to convert 25% of these vehicles into EVs by 2024, but it managed the convert up to 14% of such vehicles. The second version of the EV Policy aims to transform 95% of fuel-powered vehicles into EVs by the end of 2027.

As per the policy, Compressed Natural Gas (CNG) auto rickshaws will be phased out with no renewal to be issued from August 15. They will have options to be retrofitted or used with a battery.

CNG auto Rickshaw
The Delhi EV Policy 2.0 will also ban the use of CNG auto rickshaws in the capital

The EV Policy 2.0 also proposes that all vehicles used by the Municipal Corporation of Delhi, New Delhi Municipal Council, and Delhi Jail Board be converted into EVs in phases by December 31, 2027.

A similar situation is brewing in Kathmandu

Speaking of air quality indexes, Kathmandu has also been grabbing the headlines for negative reasons. Let’s say that Kathmandu and New Delhi are competing at the top as the world’s most polluted cities. But as EV Policy 2.0, the Nepal government is also preparing its EV policy.

The difference is that the Nepali government’s EV policy is largely concerned with the quality of EVs imported to Nepal, while Delhi’s vision is to promote EV use to reduce environmental harm.

Check out: Best Electric Cars Price in Nepal | Latest Update 2025

In essence, both promote the use of EVs, which should translate to a safer and healthier environment.



Source link

हितेन्द्रको दोस्रो इनिङ : प्राधिकरणमा फर्किंदा अदालतको तरबार र सत्ताको खेल


करिब चार वर्ष सर्वोच्च अदालतमा मुद्दा लडेर न्यायको आश मारिसकेका हितेन्द्रदेव शाक्यले मंगलबार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो इनिङ सुरु गरेका छन्। सरकारले कुलमान घिसिङलाई पदबाट हटाएपछि शाक्य प्राधिकरणमा फर्किएका हुन्। चार वर्षअघि शाक्यलाई हटाएर घिसिङ प्राधिकरण प्रवेश गरेका थिए।

२०७८ साउन २४ को मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझेर घिसिङले शाक्यको ठाउँ लिएका थिए। त्यतिबेला आफूलाई हटाएर नियुक्त भएका घिसिङको नियुक्ति बदर गर्न शाक्य सर्वोच्च पुगेका थिए। माघको अन्तिमसम्म उनी मुद्दा फैसला हुने आशामा सर्वोच्च धाइरहे। 

तर, न्याय नपाउने ठानेर बसेका शाक्यलाई सोमबारको मन्त्रिपरिषद् निर्णयले आश्चर्यमा पार्‍यो। ‘मैले अदालतबाट पनि न्याय पाइनँ। प्राधिकरण फर्कने आशा छोडिसकेको थिएँ,’ शाक्यले भने, ‘सरकारले मलाई फेरि एकपटक न्याय दिएको छ। यो अवसरलाई प्रयोग गरेर प्राधिकरणलाई उच्चस्तरीय बनाउने चुनौती मसँग छ।’ उनले आफू आएपछि लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे। ‘प्राधिकरणलाई पारदर्शी र व्यवस्थित बनाएर जनताको गुनासो आउन नदिने गरी काम गर्छु,’ उनको दाबी छ।  

सर्वोच्चमा विचाराधीन मुद्दा के हुँदैछ?
कुलमान घिसिङविरुद्ध शाक्यले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ। २०७८ देखि सर्वोच्च धाउन थालेका शाक्य माघको अन्तिममा अनिवार्य अवकाश भए। आफूलाई हटाउने निर्णय कानूनसम्मत थियो कि थिएन भन्ने फैसला सुन्न पाएनन्। छिटो सुनुवाइका लागि उनले अग्राधिकार निवेदन पनि दिएका थिए। माघ २१ मा पेसी थियो, तर न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले हेर्न नमिल्ने भएपछि स्थगित भयो। यसले शाक्यको प्राधिकरण फर्कने बाटो बन्द भएको थियो। तर, घिसिङको दोस्रो नियुक्ति संवैधानिक कि असंवैधानिक भन्ने विवाद बाँकी छ। यो मुद्दाको पेसी २०८१ असार १० मा तोकिएको छ।  
२०७८ साउन २४ को मन्त्रिपरिषद् निर्णयले घिसिङलाई नियुक्त गरेको थियो। साउन २७ मा पदबहाली गरेका उनको चारवर्षे कार्यकाल २०८२ साउन २७ सम्म छ। सर्वोच्चले उनको अवकाशभन्दा एक महिनाअघि मुद्दाको सुनुवाइ गर्नेछ।  

कुलमान पनि पुग्लान् सर्वोच्च?
घिसिङलाई हटाउने सरकारी निर्णय मंगलबार प्राधिकरणमा दर्ता भएको छ। उनलाई इमेलमार्फत जानकारी पठाउने तयारी छ। पत्र पाएपछि घिसिङ बुधबार सर्वोच्च जान सक्छन्। उनले मंगलबार कानून व्यवसायीसँग सल्लाह गरेका थिए। बुधबार पत्र बुझेपछि उनको कदम कानूनी सल्लाहमा निर्भर हुनेछ। सर्वोच्च गए यो विवाद फेरि अदालतमा पुग्नेछ। सर्वोच्चले पहिलो सुनुवाइमा कारण देखाउ आदेशसहित लिखित जवाफ माग्नेछ। अन्तरिम आदेश जारी गर्नुपर्ने आधार देखिए जारी हुनेछ। अन्तरिम आदेश भए प्राधिकरणमा दुई कार्यकारी निर्देशकको अवस्था आउन सक्छ। नभए घिसिङ फर्कन पाउने छैनन्। मुद्दा दुवै पक्षको बहसका लागि तोकिनेछ। यस्तो भए शाक्यको पुरानो मुद्दा पनि जोडिन सक्छ। त्यसो भए २०७८ को नियुक्ति र २०८२ को हटाउने निर्णय एकसाथ न्यायिक परीक्षणमा पर्नेछ।  

सबै अंग पुगे, तर ढिलाइले शाक्यले न्याय पाएनन्
शाक्यले आफ्नो रिटमा ढिलो न्याय भएको बताए। ‘ढिलाइले ममाथि अन्याय भयो, बाहिरिनुपर्‍यो,’ उनको दाबी छ। २०७८ भदौ १ मा दायर भएको रिट २०८१ माघसम्म फैसला नहुँदा उनले अन्याय भोगेको बताए। ‘कुलमान पनि सर्वोच्च गए मेरो मुद्दालाई पनि सँगै जोडेर न्याय गर्नुपर्छ,’ उनले भने। दुवै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ भए मात्र न्याय हुने उनको भनाइ छ। सर्वोच्चले तत्कालीन समयमा अन्तरिम आदेश नदिएर १५ दिनभित्र लिखित जवाफ मागेको थियो। ‘त्यतिबेला जे भयो, भयो। अब यो विवाद अदालत पुगे समयमै निर्णय होस्,’ शाक्यले भने, ‘मजस्तै कसैले चार वर्षसम्म अदालत धाउन नपरोस्।’  सर्वोच्चले यो विवाद छिटो टुंग्याउन १५ दिनभित्र लिखित जवाफ र त्यसको ३ दिनभित्र पेसी तोक्न आदेश गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले यो आदेश दिएको थियो। तर, तीन वर्षसम्म रिट एकपछि अर्को इजलासमा पेसी चढ्दा पनि सुनुवाइ भएन।  

शाक्यको नियुक्ति र हटाइएको पृष्ठभूमि
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई २०७७ माघ २७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो। तर, ओली सरकार ढलेर पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेपछि शाक्यलाई हटाएर घिसिङ नियुक्त भए। शाक्यलाई ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गरेर सरुवा गरिएको थियो। चारवर्षे कार्यकाल पूरा नहुँदै हटाइएपछि उनले सर्वोच्चको ढोका ढक्ढकाएका थिए।  

अदालतमा स्थगनको शृङ्खला
शाक्यले नियुक्ति बदरको माग राखेर २०७८ साउन ३२ मा सर्वोच्चमा निवेदन दिए। दर्ता प्रक्रिया नसकिएर भदौ १ मा दर्ता भएको रिटको पहिलो पेसी भदौ २ मा तोकियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोके, तर हेर्न भ्याइएन। भदौ ८ मा अर्को पेसी तोकियो। राणाले आफ्नै इजलासमा राखेर मिसिल मगाए। भदौ २० मा फेरि उनकै इजलासमा पेसी पर्‍यो, तर हेर्न नभ्याइने भयो। भदौ २५ मा पनि राणाको इजलासमा पेसी तोकियो, तर निवेदकका कानून व्यवसायीले स्थगित गराए। असोज ५ मा राणाले सुनुवाइ गरेर अन्तरिम आदेश नदिने निर्णय गरे। उनले १५ दिनभित्र लिखित जवाफ र तीन दिनभित्र पेसी तोक्न आदेश दिए। राणाले एकै दिन १४ रिट आफ्नै इजलासमा राखेका थिए। तर, दुई मुद्दा मात्र सुनुवाइ भए। शाक्यको रिट चौथो नम्बरमा थियो र हेर्न भ्याइएन। सरकारले शाक्यको ठाउँमा घिसिङलाई नियुक्त गर्नु गैरकानूनी भएको उनको जिकिर थियो।  

कुलमानलाई हटाउने सरकारी प्रयास
२०८१ असार ३० मा केपी ओली नेतृत्वको सरकार बनेपछि घिसिङलाई हटाउने अभ्यास सुरु भयो। कांग्रेस र एमालेको गठबन्धन सरकारले उनलाई हटाएर आफूअनुकूल व्यक्तिलाई प्राधिकरणमा ल्याउन खोज्यो। ६ महिनामा चारपटक स्पष्टीकरण सोधियो। अन्तिमपटक ‘किन पदबाट नहटाउने?’ भनियो। प्रधानमन्त्री ओलीले संसद्बाटै घिसिङको आलोचना र पदमुक्त गर्ने चेतावनी दिए। ऊर्जामन्त्री खड्का प्राधिकरणमै कार्यालय बनाएर बसे। यो विवाद सार्वजनिक लेखा समितिमा पनि पुग्यो, तर समितिका सभापति ऋषिकेश पोखरेल विवादमा परेपछि सेलायो। खड्काले असोज २२, कात्तिक १३ र पुस २२ मा स्पष्टीकरण सोधे। पुस २२ मा ‘नियुक्ति किन अन्त्य नगर्ने?’ भन्ने पत्र सचिव सुरेश आचार्यले पठाए। घिसिङले पुस २६ मा जवाफ दिंदै आफूलाई ९९.९८ प्रतिशत अंक दिए। मन्त्रिपरिषद्ले फेरि स्पष्टीकरण सोधेपछि सोमबार राति बर्खास्त गरेको थियो। 
दीर्घ शर्मा/न्युज एजेन्सी नेपाल 

प्रकाशित: १३ चैत्र २०८१ ११:२० बुधबार





Source link

जनजीवन प्रभावित, पर्यटक खिन्न – Online Khabar


२६ चैत, पोखरा । पोखरा–४ मालेपाटन बस्ने ६० वर्षीय रघु पौडेलले अहिलेजस्तो प्रदूषणले डम्मै डाकिएको यसअघि कहिल्यै देखेका थिएनन् । यसअघि पनि प्रदूषित हावाले पोखरा शहर प्रभावित बनेको थियो । तर, पौडेल पर्वत भएकाले त्यतिबेलाको प्रदूषण महसुस गर्न परेन ।

यसपटक भने पोखरामा उनले पहिलो पटक भने प्रदूषित हावाले निसास्सिएको महसुस गरे । सधैं मर्निङ वाकमा निस्कने पौडेललाई सोमबार र मंगलबार भने आँखा पोल्ने बनाइदियो ।

केही दिनदेखि लागिरहेको रुघाखोकी झनै बढ्यो र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि अस्पताल पुगे । चिकित्सकले निको नभइ बाहिर ननिस्कन भनेको छ भने सुधार भएपछि पनि मास्क लगाएरमात्र निस्कन भनेको छ ।

पोखरामा अहिले ह्वात्तै बढेको वायू प्रदूषणले पौडेलजस्तै अन्यलाई पनि प्रभावित बनाएको छ । प्रदूषित हावा र तुँवालोले नजिकैका डाँडाहरूसमेत देखिएका छैनन् भने शहर नै डम्मै ढाकिएको छ ।

पोखरा–१५ का ५५ वर्षीय जुद्धबहादुर गुरुङ भन्छन्, ‘वल्लो घरबाट पल्लो घर नदेखिने भइसक्यो । पृथ्वीराजमार्ग निर्माणाधीन भएकाले उस्तै धुलो उडिरहेको छ । ठाउँठाउँमा डढेलो लागेको छ । बाहिरै नस्किन नसक्ने गरी पोखरा बिग्रिएको देखियो ।’

प्रदूषित हावाले शहर ढाकिँदै यहाँबाट देखिने हिमशृंखला पनि छेकिएका छन् भने यहाँका तालहरू पनि एक छेउबाट अर्को छेउ देखिने अवस्था छैन । प्रदूषणले पोखरा घुम्न आउने पर्यटक पनि खिन्न बनेको ट्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल पोखराका अध्यक्ष कृष्ण आचार्यले बताए ।

‘पोखरमा पर्यटक नै रमाएका छैनन् । बाहिर निस्किएर पनि धुलोधुँवाले पोखरा ढाकिँदा दृश्यावलोकनसमेत गर्न नपाउँदा खिन्न देखिन्छन्,’ आचार्यले भने, ‘वातावरण नै यस्तो बन्यो कि यहाँको मजा नै लिन सकिएन भन्छन् । ट्रेकिङमा निस्कन, सिटी टूर गर्न पनि उत्साही छैनन् ।’

पोखरा आसपासका लभ्ली हिल, काहुँडाँडा, रानीवन, निर्मलपोखरी लगायतका डाँडाहरुसमेत तुँवालोले छेकेको छ ।

Pokhara pradusan 2

पोखराको आकास पनि प्रदूषणले ढाकिँदा आँखा पोल्ने, टाउको दुख्ने श्वासप्रश्वास, रुघाखोकी र छालाका विरामी बढिरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए ।

‘प्रदूषणले छालाका बिरामी बढेका छन् । फोक्सो र रुघाखोकी, ज्वरोका बिरामी अस्पतालमा बढिरहेका छन्,’ डा. खत्रीले भने, ‘अहिलेको वातावरणमा बाहिर निस्कनै हानिकारक देखिएको छ । त्यसबाट बच्न कोभिडकालमा जस्तै मास्क लगाएर हिँड्न सचेत गराउनुपर्ने देखिएको छ ।’

अहिले पोखरा महानगर र कास्की जिल्लाका विभिन्न स्थानहरूमा डढेलो तथा धुनी बालेको कारणले वायु प्रदूषण बढिरहेको मेयर धनराज आचार्य बताउँछन् ।

‘चैत्र महिनामा मात्रै ५४ वटा आगलागीका घटना भएको छ । जसले जनजीवनमा प्रतिकूल असर पारिरहेको छ । यस्तो परिस्थितिमा हामी सबै सचेत बनौं, जथाभावी आगो लगाउने कार्यलाई निरुत्साहित गरौं, र आगो नियन्त्रण गर्न आ–आफ्नो स्थानबाट पहल गरौं,’ मेयर धनराज आचार्य भन्छन्, ‘महानगरपालिकाले तीनवटा दमकल २४ सै घण्टा स्ट्यान्डबाइ राखेको छ । यदि तपाईंलाई कतै डढेलो लागेको जानकारी भएमा तुरुन्तै १०१ मा वा नजिकैको प्रहरी कार्यालयमा खबर गर्नुहोस् ।’

साथै, डढेलो नियन्त्रणका लागि तालिम लिएका स्वयंसेवकहरूलाई पनि सक्रिय सहभागिताका लागि उनले अनुरोध गरेका छन् ।

वायु प्रदूषण न्यूनीकरणमा वातावरण मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय सरकार, यातायात व्यवसायी लगायत सामाजिक संघसंस्थाहरूलाई गम्भीर बन्न नागरिक समाजका अगुवा रामबहादुर पौडेलले आग्रह गरे ।

‘वायू प्रदुषणको उच्च जोखिमलाई मध्यनजर गर्दै फोहरमैलाको उचित व्यवस्थापन, धुवाँ ओकल्ने सवारीसाधनलाई मर्मतसम्भार नगरेसम्म रोक्का, टोलटोलमा गरिने डढेलो र खोरियामा आगो जलाउने गतिविधिमाथि प्रतिबन्ध लगाउने तथा वनजंगलमा सलाई र लाइटर लैजान कडाइ गर्ने हो भने तत्कालका लागि वायु प्रदुषण न्यूनीकरणमा केही राहत मिल्ने थियोे,’ पौडेलको सुझाव छ ।

ठप्प पोखरा विमानस्थल भने खुल्यो

वायू प्रदूषणले ढाकिँदा आइतबारदेखि ठप्प पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने खुल्न थालेको छ । आइतबार, सोमबार र मंगलबार बिहानसमेत उडान हुन नसकेको विमानस्थल अब भने खुलेर उडान सुरु हुन थालेको हो ।

आकाश नखुलेकै कारण आजै चीनको छेन्दुबाट पोखरा आउने भनिएको उडानसमेत रद्द भएको थियो । मंगलबार रद्द भएको उडान बुधबार हुने पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

खराब मौसमका कारण पोखरा आउने र जाने कुनै पनि उडान हुन नसकेकोमा आकाश खुलेसँगै उडानको तयारी भएको पोखरा विमानस्थलकी सूचना अधिकारी यशोदा रेग्मीले जानकारी दिइन् ।
‘प्रदूषणले भिजिबिलिटी नपुग्दा उडान ठप्प थियो । अब भने आकाश खुल्न थालेको छ र काठमाडौं–पोखरा उडान हुन थालेका छन्,’ सूचना अधिकारी रेग्मीले भनिन् ।

पोखरामा ह्वात्तै प्रदूषण बनेपछि जनजीवनसमेत प्रभावित बनेको थियो । विमान उडान–अवतरणका लागि कम्तीमा २७ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने रेग्मीको भनाइ छ ।

अहिले आइक्वूएयरका अनुसार पोखराको वायु गुणस्तर सूचकांक १५५ देखिएको छ भने काठमाडौंको २ सयसम्म छ । मौसम परिवर्तन हुँदै तापक्रमसमेत बढिरहेको छ भने अर्कोतर्फ प्रदूषण पनि बढ्दा जनजीवनलाई प्रभावित पारेको डा.बुद्धिबहादुर थापाको भनाइ छ ।





Source link

थाई महिला गाँजासहित विमानस्थलबाट पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित थाइल्यान्डकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई प्रहरीले विमानस्थलको भन्सार एरियाबाट नियन्त्रणमा लिएको हो । 

उनको लगेजबाट प्रहरीले ६ किलो गाँजा पनि बरामद गरेको छ । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित: २६ चैत्र २०८१ १८:०७ मंगलबार





Source link

उपसमितिले २७ वटा दफामा सकायो दफावार छलफल – Online Khabar


२६ चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयकको २७ वटा दफामा दफावार छलफल सकिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वस्थ्य तथा प्रविधि समितिको उपसमितिले आजसम्म २७ वटा दफामा छलफल सकाएको हो ।

‘छलफल घनिभूत रुपमा अगाडि बढेको छ । ३५ दिनभित्र उपसमितिले काम सकाउँछ,’ उपसमितिका सदस्य रामप्रकाश चौधरीले भने ।

उपसमितिले सहमति जुटाएका विषय भने सार्वजनिक गरेको छैन।  प्रतिवेदन तयार पारेर फुल समितिमा पेस गरेपछि सार्वजनिक गर्नेगरी उपसमितिले काम गरेको छ ।।

शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेकाले उपसमितिले द्रूत गतिमा छलफल अगाडि बढाएको हो । २०८० भदौ २७ मा विधेयक संसदमा दर्ता भएको थियो ।

१६३ वटा दफा रहेको विधेयकमा १७५८ बुँदा संशोधन परेको छ ।

सांसदहरूबाट परेको संशोधन, प्रदेश प्रदेशको प्रतिवेदन, विज्ञ र सरोकारवालाको सुझावलाई समेटेर दफावार छलफल चलिरहेको उपसमितिले जनाएको छ ।





Source link

नेपाल बारमा हजार मतले मिश्र समूहको अग्रता


कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको मतगणनामा अध्यक्ष पदका विजयकुमार मिश्र नेतृत्वको समूहले  हजार मतले अग्रता लिइरहेका छन् ।

मतगणनाको दोस्रो दिनको बेलुकीसम्म अध्यक्ष पदका प्रतिस्पर्धी मिश्रले २ हजार १० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले जानकारी दिए । त्यसैगरी अध्यक्ष पदका प्रतिस्पर्धी रमनकुमार श्रेष्ठले १ हजार ७ मत प्राप्त गरेका छन् ।

‘नेपालगञ्जबाहेक उपत्यका बाहिरको मत गणना सकिएको छ । यो संख्यामा नेपालगञ्जको गणना भइरहेकाले थपिन बाँकी छ ।’

बारको बिहिबारसम्म मत गणना सकिएर परिणाम आउने निरालाले बताए । केन्द्रीय समितिका लागि नेपाल बारको देशभरिबाट शनिबार प्रत्यक्ष निर्वाचन भएको थियो । बारले देशभरका विभिन्न बार इकाईबाट मतपेटिका काठमाडौं ल्याएपछि गन्न थालेको थियो ।

प्रकाशित: २६ चैत्र २०८१ १८:१४ मंगलबार





Source link

बच्चा हुर्काउने कलाबारे पौराणिक ग्रन्थहरूमा के लेखिएको छ ?


हाम्रा प्राचीन ग्रन्थहरूले जीवनका विभिन्न आयमलाई समेटेका छन्, जसमा बच्चा हुर्काउने कला पनि एक महत्त्वपूर्ण हिस्सा हो । प्राचीन ग्रन्थहरू जस्तै वेद, महाभारत, श्रीमद्भागवत गीता, आदिमा बच्चा हुर्काउने सम्बन्धी नैतिक र व्यवहारिक सुझावहरू पाइन्छ ।

यी ग्रन्थहरूले बच्चालाई शारीरिक, मानसिक, सामाजिक र आत्मिक रूपमा स्वस्थ र सक्षम बनाउन जोड दिएका छन् ।

१. गर्भाधानदेखि नै सकारात्मक वातावरणको महत्त्व

प्राचीन ग्रन्थहरूमा गर्भाधानदेखि नै बच्चाको विकासमा ध्यान दिनुपर्ने कुरा उल्लेख छ। गरुड पुराण र आयुर्वेद (जस्तै चरक संहिता) मा गर्भवती आमाले सात्विक खाना खानुपर्ने, सकारात्मक सोच राख्नुपर्ने र शान्त वातावरणमा बस्नुपर्ने सुझाव दिइएको छ। गर्भमा रहेको बच्चा आमाको भावना र वातावरणबाट प्रभावित हुन्छ भन्ने विश्वास छ ।

गर्भवती आमाले सङ्गीत सुन्ने, रामायण वा महाभारतका कथाहरू पढ्ने, र ध्यान गर्ने सुझाव दिइएको छ । विष्णु पुराणमा गर्भाधान संस्कारको महत्त्व उल्लेख छ, जसले बच्चाको भविष्यमा सकारात्मक प्रभाव पार्छ ।

२.जन्मपछिको संस्कार र नामकरण

प्राचीन ग्रन्थहरूमा जन्मपछिका संस्कारहरूले बच्चाको जीवनमा दीर्घकालीन प्रभाव पार्ने उल्लेख छ । मनुस्मृति र याज्ञवल्क्य स्मृतिमा जन्मपछिको १०औँ वा ११ औँ  दिनमा नामकरण संस्कार गर्नुपर्ने उल्लेख छ । नाम राख्दा शुभ अक्षर र अर्थपूर्ण नाम छान्नुपर्छ, जसले बच्चाको व्यक्तित्वमा सकारात्मक प्रभाव पारोस् ।

३.शारीरिक स्वास्थ्य र पोषणमा जोड

प्राचीन ग्रन्थहरूमा बच्चाको शारीरिक स्वास्थ्यलाई प्राथमिकता दिइएको छ । चरक संहिता र सुश्रुत संहितामा बच्चालाई आमाको दूध (स्तनपान) लाई पहिलो ६ महिनासम्म अनिवार्य मानिएको छ ।

आमाको दूधलाई अमृतसमान मानिएको छ, जसले बच्चाको रोग प्रतिरोधी क्षमता बढाउँछ । आयुर्वेदमा अन्नप्राशन संस्कार (६ महिनामा पहिलो पटक अन्न खुवाउने) को वर्णन छ, जसमा सात्विक र पौष्टिक खाना (जस्तै खीर) खुवाउने प्रचलन  ।

बच्चालाई मौसमअनुसार कपडा लगाउने र स्वच्छ वातावरणमा राख्ने सुझाव दिइएको छ ।

४.नैतिक र चारित्रिक शिक्षा

प्राचीन ग्रन्थहरूले बच्चालाई सानैदेखि नैतिक शिक्षा दिनुपर्नेमा जोड दिएका छन् । महाभारत र रामायणका पात्रहरू (जस्तै राम र पाण्डवहरू) को जीवनबाट नैतिकताको पाठ सिकाउन सकिन्छ। विदुर नीतिमा बच्चालाई सत्य बोल्ने, अहिंसाको पालना गर्ने र अरूलाई सम्मान गर्ने शिक्षा दिनुपर्ने उल्लेख छ ।

मनुस्मृतिमा अभिभावकलाई बच्चाको गल्तीमा कडाइ गर्ने तर माया र समझदारीले सुधार्ने सुझाव दिइएको छ ।  रामायणमा रामको जीवनबाट आज्ञाकारी र कर्तव्यनिष्ठ बन्ने प्रेरणा लिन सकिन्छ ।

५.खेल र मनोरञ्जनको महत्त्व

प्राचीन ग्रन्थहरूमा बच्चालाई खेल र मनोरञ्जनमा पनि संलग्न गराउनुपर्ने कुरा उल्लेख छ । कौटिल्यको अर्थशास्त्रमा बच्चाहरूलाई शारीरिक र मानसिक विकासका लागि खेलकुदमा सहभागी गराउनुपर्ने सुझाव छ । खेलले बच्चाको शारीरिक तन्दुरुस्ती र सामाजिक कौशल विकासमा मद्दत गर्छ ।

६.आध्यात्मिक र धार्मिक शिक्षाको सुरुवात

प्राचीन ग्रन्थहरूमा बच्चालाई सानैदेखि आध्यात्मिक र धार्मिक शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । उपनिषद्मा बच्चालाई सत्य, धर्म, र आत्मज्ञानको शिक्षा दिनुपर्ने उल्लेख छ ।

मुण्डक उपनिषद्‍मा गुरुशिष्य परम्पराको महत्त्व उल्लेख छ, जसअनुसार बच्चालाई गुरुकुलमा पठाएर शिक्षा दिने प्रचलन थियो । याज्ञवल्क्य स्मृतिमा उपनयन संस्कारको वर्णन छ, जसले बच्चालाई धार्मिक र आध्यात्मिक जीवनतर्फ डोर्‍याउँछ । बच्चालाई मन्त्र, श्लोक र भजन सिकाएर उनीहरूको मनलाई शान्त र सकारात्मक बनाउन सकिन्छ ।

७.अनुशासन र कर्तव्यबोध

प्राचीन ग्रन्थहरूमा अनुशासन र कर्तव्यबोध सिकाउनु बच्चा हुर्काउने महत्त्वपूर्ण पक्ष मानिएको छ । मनुस्मृतिमा अभिभावकलाई बच्चालाई अनुशासित बनाउन कडाइ र मायाको सन्तुलन राख्न सुझाव दिइएको छ ।

महाभारतमा भीष्मले युधिष्ठिरलाई सिकाएका कर्तव्य र अनुशासनका पाठहरूबाट बच्चालाई प्रेरणा लिन सकिन्छ। रामायणमा रामले आफ्नो पिता दशरथको आज्ञा पालना गरेको उदाहरणले बच्चालाई कर्तव्यनिष्ठ बन्न सिकाउँछ ।

अनुशासनले बच्चालाई जिम्मेवार र आत्मनिर्भर बनाउँछ ।

८.गुरुकुल शिक्षाको महत्त्व

प्राचीन ग्रन्थहरूमा गुरुकुल शिक्षालाई बच्चा हुर्काउने उत्कृष्ट तरिका मानिएको छ । शतपथ ब्राह्मण र चाणक्य नीतिमा गुरुकुलमा बच्चालाई जीवनका सबै पक्षहरू (शारीरिक, मानसिक र आध्यात्मिक) सिकाउने प्रचलनको वर्णन छ ।

गुरुकुलमा बच्चालाई प्रकृतिसँग जोडेर शिक्षा दिइन्थ्यो, जसले उनीहरूको रचनात्मकता र बुद्धि विकास गर्थ्यो। चाणक्य नीतिमा गुरुले बच्चालाई कठोर अनुशासनमा राखेर पनि मायाले शिक्षा दिनुपर्ने उल्लेख छ ।

गुरुकुलमा बच्चालाई वेद, शास्त्र, युद्धकला र नैतिक शिक्षाको ज्ञान दिइन्थ्यो ।

९. सामाजिक र पारिवारिक मूल्य-मान्यता

प्राचीन ग्रन्थहरूमा बच्चालाई सामाजिक र पारिवारिक मूल्य-मान्यता सिकाउनुपर्नेमा जोड दिइएको छ। महाभारतमा पाण्डवहरूले आफ्नो परिवार र समाजप्रति देखाएको जिम्मेवारीबाट प्रेरणा लिन सकिन्छ ।

मनुस्मृतिमा बच्चालाई परिवारका सदस्यहरूको सम्मान गर्न, ठूलाबडाको आज्ञा पालना गर्न र समाजमा सहयोगी बन्न सिकाउनुपर्ने उल्लेख छ ।

रामायणमा राम र लक्ष्मणले आफ्ना दाजुभाइ र परिवारप्रति देखाएको प्रेम र कर्तव्यले बच्चालाई सामाजिक मूल्य सिकाउँछ ।

बच्चालाई सानैदेखि सामाजिक कार्यमा संलग्न गराउनुपर्छ, जसले उनीहरूमा सहानुभूति र सहकार्यको भावना विकास गर्छ ।

१०. रचनात्मकता र कलाको विकास

प्राचीन ग्रन्थहरूमा बच्चाको रचनात्मकता र कलाको विकासमा पनि ध्यान दिइएको छ। कामसूत्रमा वात्स्यायनले ६४ कलाहरूको वर्णन गरेका छन्, जसमा सङ्गीत, नृत्य, चित्रकला र कविता लेखन समावेश छन् ।

शुक्रनीतिमा बच्चालाई सङ्गीत र कला सिकाउनाले उनीहरूको मन शान्त र रचनात्मक हुने उल्लेख छ ।  रचनात्मक गतिविधिहरूले बच्चाको कल्पनाशक्ति र बौद्धिक क्षमता बढाउँछ ।

११. प्रकृतिसँगको सम्बन्ध

प्राचीन ग्रन्थहरूमा बच्चालाई प्रकृतिसँग जोड्नुपर्ने कुरामा जोड दिइएको छ ।  ऋग्वेदमा प्रकृतिको महत्त्व र यसको संरक्षणको कुरा उल्लेख छ। बच्चालाई प्रकृतिमा समय बिताउन प्रेरित गर्नुपर्छ, जसले उनीहरूको मानसिक शान्ति र रचनात्मकता बढाउँछ ।

महाभारतमा पाण्डवहरूको वनवासको समयमा प्रकृतिसँगको सम्बन्धले उनीहरूको धैर्य र बुद्धि विकास गरेको देखिन्छ । बच्चालाई वृक्षारोपण, पशुपंक्षीको हेरचाह र प्रकृतिको सम्मान गर्न सिकाउनुपर्छ ।

१२. अभिभावकको भूमिका र जिम्मेवारी

प्राचीन ग्रन्थहरूमा अभिभावकको भूमिकालाई बच्चा हुर्काउने कलाको आधार मानिएको छ। मनुस्मृतिमा अभिभावकलाई बच्चाको पहिलो गुरु मानिएको छ ।

चाणक्य नीतिमा अभिभावकले बच्चालाई सही मार्गमा डोर्‍याउन कडा अनुशासन र मायाको सन्तुलन राख्नुपर्ने सुझाव छ ।

रामायणमा दशरथले आफ्ना छोराहरूलाई माया र शिक्षा दिएर उनीहरूलाई कर्तव्यनिष्ठ बनाएको उदाहरण छ। अभिभावकले आफ्नो व्यवहारबाट बच्चालाई सकारात्मक प्रभाव पार्नुपर्छ ।

हाम्रा प्राचीन ग्रन्थहरूले बच्चा हुर्काउने कलासम्बन्धी गहिरो र व्यावहारिक सुझावहरू दिएका छन् । गर्भाधानदेखि नै सकारात्मक वातावरण सिर्जना गर्ने, शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिने, नैतिक र अध्यात्मिक शिक्षा प्रदान गर्ने, अनुशासन र कर्तव्यबोध सिकाउने, र रचनात्मकता र प्रकृतिसँग जोड्ने कुरामा जोड दिइएको छ ।

यी सुझावहरू आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन् । प्राचीन ग्रन्थहरूले अभिभावकलाई बच्चाको पहिलो गुरु मानेर उनीहरूको समग्र विकासमा ध्यान दिन सिकाएका छन् ।  यी शिक्षाहरूलाई आधुनिक जीवनशैलीमा समायोजन गरेर बच्चालाई स्वस्थ, नैतिक, र सक्षम व्यक्तिको रूपमा हुर्काउन सकिन्छ ।





Source link

गगनको चुनौती: ‘जनता जितेको’ तिथि मिति छानेर राजा फर्किन्नन्, हिम्मत भए काला दिन छान्नुस्


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चैत्र २६ गते जनता जितेको दिन भएको भन्दै राजावादीले यही दिन छानेर आन्दोलन थालेको आश्चर्य प्रकट गरेका छन्। मङ्गलवार(आज) राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था फर्काउन भन्दै काठमाडौँमा गरेको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

‘आज चैत्र २६ गते हो। ३० वर्षपछाडि जनता जितेको दिन हो आज। गणेशमान सिंहको नेतृत्वमा तपाईँ र म रैतीबाट नागरिक भएको दिन हो आज। चैत्र २६ गतेको दिनमा म गणेशमान लगायत, २०४६ सालका सर्वोच्च कमान्डरलगायत त्यो आन्दोलनमा शहादत प्राप्त गर्ने सबै सहिदहरूलाई सम्झन चाहन्छु। उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ गुल्मी कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘छक्क के परेको छु भने काठमाडौँमा पूर्वपञ्चहरुले राजा फर्काउनका निम्ति चैत्र २६ किन छान्नुभयो त्यो चाहिँ मैले बुझ्न सकेको छैन।’ 

महामन्त्री थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन ७ गते गरेको सम्बोधनमा पनि आफूलाई आश्चर्य लागेको बताए। उनले भने, ‘पूर्व राजाले जनता आह्वान गर्न छान्ने दिन पनि फागुन ७, आज पूर्व राजालाई आह्वान गर्न छान्ने दिन पनि चैत्र २६!’ 

पूर्व पञ्चलाई पनि जनता जितेको क्यालेन्डरबाट आन्दोलनको दिन दिनुपर्ने अवस्था आएको पनि उनले टिप्पणी गरे । ‘अनि मैले यहाँ बस्दाबस्दै के सोचे भने हामीले यो देशमा आन्दोलन गर्‍यौँ, यो गर्‍यौँ, त्यो गर्‍यौँ, त्यो त हुँदै हो। यतिसम्म गरेछौँ, गर्न भ्याएछौँ सबै मिलेर भने पूर्व पञ्चलाई कुनै आन्दोलन गर्नका लागि चाहिने दिन पनि हाम्रै क्यालेन्डरबाट दिनुपर्ने अवस्था आएछ। फागुन ७, चैत्र २६, वैशाख ११,’ उनले भने। 

आफूले यो कुरा कुनै उत्तेजनामा आएर नगरेको महामन्त्री थापाले बताए। उनले भने, ‘साँच्चिकै हामी कुनै कार्यक्रम गर्ने हो भने चैत्र २६ मा गर्छौँ, फागुन ७ मा गर्छौँ, वैशाख ११ मा गर्छौँ, हामी जेठ १५ मा पनि गर्छौँ। यो वर्ष गणतन्त्र दिवस हामी भव्यताका साथ मनाउँछौँ।’

साँच्चिकै राजा ल्याउनुपर्छ भनेर भन्नेहरूको हिम्मत छ भने पुस १ गतेको कालो दिन छान्न महामन्त्री थापाले चुनौती दिए। ‘हिम्मत हो भने असोज १८ गते छान्नुपर्छ। माघ १९ छान्नुपर्छ,’ उनले भने, ‘माघ १९ मा जे गरियो, ठिक गरियो भन्ने हिम्मत राख्नुपर्छ। असोज १८, पुस १ गते जे गरियो ठिक गरियो भन्ने हिम्मत राख्नुपर्छ।’ 

फागुन ७ र चैत्र २६ जस्ता जनता जितेको दिन छानेर जनताको पराजय हुनुपर्छ भन्ने कुरा तिथि मितिबाट नमिल्ने पनि महामन्त्री थापाले दाबी गरे । 

प्रकाशित: २६ चैत्र २०८१ १८:२६ मंगलबार





Source link

सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘ई–कर्जा’ सेवा


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्येरेन्स कम्पनीले ‘ई–कर्जा’ र आफ्ना बीमित तथा अभिकर्ताका लागि विशेष सुविधा दिन ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ सुरुवात गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र ई–कर्जाका फाइदा, यसका मापदण्ड र सेवा लिने विधिबारेमा विस्तृत जानकारी दिए ।

कम्पनीले सधैं नवीनतम प्रविधिमा जोड दिँदै सेवामा परिमार्जन र परिष्कृत गर्दै लैजाने उनको भनाइ छ । साथै, दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडि बढेको बताए ।

सूर्यज्योतिले बीमितलाई अझ सरल तथा सहज ढंगले सेवा दिने हेतुले बीमालेख बापत प्राप्त हुने कर्जासम्बन्धी नयाँ प्रविधिमैत्री अनलाइन मार्फत लोन लिन सकिने जनाएको छ ।

कम्पनीका अनुसार बीमालेख जारी मिति ३ वर्ष प२रा भएपछि र ३ वर्षको बीमा शुल्क प्राप्त भएपछि कर्जा रकम दिइने, नगद मूल्य रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिने, अनलाइन मार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाका लागि आवेदन दिन सकिने, एक क्लिकमा रियल टाइममा नै खल्ती वालेट मार्फत कर्जा रकम प्राप्त गर्न सकिने र हाललाई कर्जा रकम अधिकतम ५० हजारमात्र प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्ना बीमित तथा अभिकर्तालाई सुविधा दिने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड पनि सुरुवात गरेको जनाएको छ । तोकिएका मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्तालाई सूर्यज्योति मोबाइल एपमार्फत डिजिटल कार्ड प्रदान गरिने, कम्पनीसँग सम्झौता भएका विभिन्न सेवा प्रदायक संस्थाबाट विशेष छुट तथा सुविधा प्राप्त गर्न सकिने र अस्पताल, स्वास्थ्य परीक्षण प्रयोगशा, होटल, शैक्षिक संस्था, डिपार्टमेन्ट स्टोर लगायत सेवा प्रदायकसँग सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले उच्च प्रविधियुक्त प्रडक्ट निर्माण गर्ने सूर्यज्योतिको पहललाई प्रशंसनीय र कदरयोग्य बताए । नवप्रवर्द्धन र नवीनतम चिज आविष्कारको विस्तार विकासमा बीमा प्राधिकरण सधैं साथमा उभिएको र अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योतिको डिजिटल सर्भिस अत्यन्तै प्रशंसनीय र आमबीमितका लागि महत्त्वपूर्ण रहेको बताए । बीमा प्रडक्टलाई लिक्विड बनाउने गरी फिंगरटिपबाट लोन लिने मेकानिज्म राम्रो रहेको र यसले बीमितलाई तत्काल आवश्यकता परेका बेला बीमा कम्पनीसम्म नपुगी सेवा प्राप्त गर्न सकिने सन्देश दिने बताए ।

सूर्यज्योति लाइफका अध्यक्ष केशवप्रसाद भट्टराईले बीमा प्राधिकरणले गरेको प्रतिबद्धताले अझ जिम्मेवार र उत्साहित भएको बताए । उनले जीवन बीमा क्षेत्रमा नयाँ–नयाँ प्रविधिमैत्री सेवा ल्याउँदै जाने, परिमार्जित र परिष्कृत ढंगले अघि बढ्दै जाने बताए ।





Source link

कोहोलपुरमा परेन बन्दको असर | Nagarik News


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोहलपुर चौराहलाई केन्द्र बनाइ पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक बन्दको आह्वान गरेको थियो । 

मंगलबार बिहान ८ देखि साँझ ४ बजेसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार चौराह बन्द गर्ने राप्रपाले सोमबार नै विज्ञप्तिमार्फत जानकारी गराइसकेको थियो । सोहीअनुसार राजावादीहरू चौराहमा जम्मा भए । जहाँ मुस्किलले सय जनजाति स्थानीय नेता तथा कार्यकर्ता उपस्थित थिए ।

८ बजेभन्दा केही ढिलो गरी उनीहरुले सडक अवरुद्ध गर्न खोजे तर, त्यो सफल भएनन् । चौराहदेखि पश्चिमतर्फ टायर बाले । पूर्वतर्फ टायर बाल्ने प्रयास भए पनि प्रहरीले सफल हुन दिएन । राजावादी समर्थक तथा राप्रपाका सबै कार्यकर्ता आन्दोलनमा उपस्थित नहुनु, स्थानीयले बन्दको अवज्ञा गर्नु र आन्दोलनकारीभन्दा दोब्बर प्रहरी परिचालन भएपछि बन्द असफल भयो ।  साँझ ४ बजेसम्मलाई निर्धारण गरेको बन्द कार्यक्रम झन्डै तीन घण्टामै कोणसभामा परिणत भई सम्पन्न भयो ।

उनीहरु आन्दोलित हुँदा आवागमन पूर्णरुपमा ठप्प भएन । आएका सवारी साधनलाई प्रहरीले सहजै गन्तव्यतर्फ पठायो । अर्थात्, यात्रुले बन्दको मार खेप्नु परेन । आन्दोलनकारीलाई चौराहमा गोल घेरा बनाइ प्रहरीले घेरेको थियो । उनीहरुलाई घेरेपछि खाली भएको सडकबाट प्रहरीले सवारी साधन पास गरायो । 

अन्य दिनभन्दा मंगलबार आवागमन भने कम थियो । यसको कारण थियो अघिल्लो दिन राजावादी समूहको बन्द भन्ने प्रचार । जसका कारण अत्यावश्यकबाहेकका सवारी साधन सडकमा थिएनन् । छोटो दुरीका सवारी साधन निर्बाध चले पनि लामो दुरीका यातायातका साधन भने कमै मात्रामा चलेका थिए । 

प्रहरीले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दा पूर्णरुपमा बन्दको कार्यक्रम सफल हुन नसकेको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्रकुमार पौडेलले जानकारी दिए । ‘प्रहरी दमन भएपछि पूर्वनिर्धारित समयसम्म बन्दको कार्यक्रम गर्न सकेनौँ,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनको फाइदा उठाउँदै प्रहरीले हाम्रो आन्दोलनलाई प्रभावित बनायो यसको भर्त्सना गर्दछौँ ।’ सबै राजावादी र राप्रपाका कार्यकर्ता उपस्थित हुन नसकेको भन्दै उनले भने, ‘हाम्रा नेता तथा कार्यकर्तालाई बिनासर्त रिहाइ गर्नुपर्छ । हाम्रो आन्दोलनको माग यही हो ।’

प्रहरीले ठूलो जनशक्ति परिचालन गरेर आन्दोलन दबाएको राप्रपाकी लुम्बिनी प्रदेश उपाध्यक्ष नीता शाहले बताइन् । ‘बन्दको कार्यक्रम पूर्णरुपमा विफल भयो त भन्न मिल्दैन,’ उनले भनिन्, ‘प्रहरी दमनले पूर्ण सफल पनि हुन सकेन ।’ जनताले बन्द हडतालको राजनीतिलाई स्वीकार गरेनन्, जो आफैँ बन्दको कार्यक्रमलाई अवज्ञा गर्दै सडक सवारी साधन चलाए भन्ने नागरिकको प्रश्नमा उनले भनिन्, ‘त्यस्तो होइन । सबै व्यक्तिहरूसम्म बन्दको सूचना पनि नहुन सक्छ। त्यही भएर उहाँहरू आउनु भयो । बरु कोहलपुरका कतिपय व्यापारीले पसल बन्द गरेर आन्दोलनलाई सघाउनु भयो।’

काठमाडाै‌ं तीनकुनेमा राजावादी समूहले हिंसात्मक घटना गरेको र उक्त भीडलाई उत्तेजित बनाएको भन्दै राप्रपाका उपाध्यक्ष मिश्र, महामन्त्री राणालगायतका राजावादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उक्त प्रदर्शन हिंसात्मक भएपछि सो हिंसा भड्काउन भूमिका खेलेका राप्रपाका दुई नेता मिश्र र राणालगायतलाई राजद्रोह र सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

‘बन्दको मार हामीले खेप्नु पर्ने अनि राजनीति यिनीहरूले गर्नुपर्ने,’ कोहलपुरका एक जना व्यापारीले भने, ‘आजको आन्दोलनले के सन्देश दियो भने, अब बन्द हडतालको राजनीति स्वीकार्य छैन ।’ बन्द, हडतालदेखि जनता आजित भइसकेकाले अब सिर्जनशीलखालको आन्दोलन गर्न जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित: २६ चैत्र २०८१ १८:३७ मंगलबार





Source link

एन्फाले ए डिभिजन क्लबहरुको नकआउट फुटबल प्रतियोगिता गर्ने


२५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एन्फाले ए डिभिजन क्लबहरु समावेश हुने नकआउट प्रतियोगिता २०८२ साल वैशाख २० गतेदेखि गर्ने जनाएको छ ।

‘अखिल नेपाल फुटबल संघले यहि २०८२ बैशाख २० गतेबाट ए डिभिजनका क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।’ एन्फाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।

नेपाली फुटबलको लिग साइकल पूरा नभएकोले पछिल्लो पटक भएको शहीद स्मारक ए डिभिजन लिगमा खेलेको १४ वटा क्लबलाई नै यस नकआउट फुटबल प्रतियोगितामा सहभागी गराउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘एन्फाको विधान अनसार ए, बी र सी डिभिजनमा १४-१४ क्लब हुने व्यवस्था छ । तर बी डिभिजन लिग जारी रहेकोले ए मा बढुवा हुने क्लबको टुङ्गो नलागेको त्यो ग्याप फुलफिल गर्नका लागि यसअघि ए डिभिजन लिग खेलेकै १४ क्लबलाई नकआउट प्रतियोगिता खेलाउन लागेका हौँ ।’ प्रवक्ता शाहले भने ।

पछिल्लो पटक भएको ए डिभिजन लिगबाट विभागीय टोली एपीएफ र खुमलटार युथ क्लब अन्तिम दुई स्थानमा रहेर बी डिभिजनमा घटुवा भएको थियो । तर थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्ध जित हात पार्दा भिसा नभएको खेलाडी खेलाएको भन्दै उक्त खेलको नतिजा जावलाखेलको पक्षमा दिनुपर्ने भन्दै एपीएफले एन्फाको अनुशासन कमिटीमा उजुरी गरेको थियो । एपीएफले थ्री स्टारको अंक खोसिँदा आफू ए डिभिजन लिगमै रहने दावी थियो । तर एन्फाले थ्री स्टारलाई कारवाही गर्दै ५० हजार जरिवाना लगाएपनि अंक भने खोसेन । यो निर्णयपछि एपीएफ पुन: एन्फाको अपिल कमिटीमा गएको थियो । अनुशासन कमिटीको निर्ण चित्त नबुझेको भन्दै थ्री स्टार पनि अपिल कमिटीमा गएको थियो । तर यो विषयमा एन्फाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा र ए डिभिजनका १४ क्लबहरुबीच एएफसी क्लब कम्पिटिसन २०२५/२६ को सिजनको बारेमा छलफल भएको थियो ।

त्यसमा एन्फा महासचिव किरण राईले बैशाख २० गतेबाट लिगकम नकआउट फुटबल प्रतियोगिता आयो गर्ने र सो प्रतियोगिताको विजेताले एएफसी क्लब कम्पिटिसन २०२५/२६ सिजनमा भाग लिन पाउने प्रस्ताव गरेको र क्लबहरु सकरात्मक भइ सहमति जनाएको एन्फाले उल्लेख गरेको छ ।

लामो समय ए डिभिजन लिग नहुँदा ग्याप भएकोले एएफसी क्लब प्रतियोगितामा नयाँ क्लब पठाउनका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।

‘लिग साइकल पूरा नभएको र लामो ग्याप भएकोले एएफसीको क्लब प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने क्लब पठाउनका लागि यो प्रतियोगिता गर्न लागिएको हो’ प्रवक्ता शाहले भने, ‘अर्को ए डिभिजन लिग भएपछि लिगकै विजेतालाई एएफसीको क्लब प्रतियोगितामा पठाइनेछ।’

यसैगरी प्रतियोगिताको लागि वैशाख १० गतेभित्र टिम दर्ता गर्ने र वैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्ने विषयमा सहमति पनि भएको एन्फाले जनाएको छ ।

प्रतियोगितासँग सम्बन्धित अन्य सबै पक्षहरूको बारेमा आगामी दिनमा छलफल जारी राख्ने निर्णय भएको एन्फाले जनाएको छ ।





Source link

राप्रपाले गर्‍यो मंगलबार कोहलपुर बन्दको आह्वान


राजावादी समूहले काठमाडौंस्थित तीनकुनेमा चैत १५ गते सम्पन्न प्रदर्शनलाई हिंसात्मक बनाउन मद्दत गरेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणालगायत नेता तथा कार्यकर्ताको रिहाइ माग गर्दै भोलि (मंगलबार) कोहलपुर बन्दको आह्वान गरिएको छ ।

राजावादी समूहको संयुक्त आन्दोलन परिचालन समिति बाँकेको आयोजनामा कोहलपुरस्थित पूर्व-पश्चिम र उत्तर-दक्षिण राजमार्गहरू पनि ठप्प हुने राप्रपाले जनाएको छ ।

तीनकुनेमा राजावादी समूहले हिंसात्मक घटना गरेको र उक्त भीडलाई उत्तेजित बनाएको भन्दै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री राणालगातका राजावादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबारको राजावादी प्रदर्शन हिंसात्मक भएपछि सो हिंसा भड्काउन भूमिका खेलेका राप्रपाका दुई नेता मिश्र र राणालगायतलाई राजद्रोह र सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सरकारले विचारलाई बन्धक बनाएको भन्दै पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका छन् । शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरी आन्दोलनमा सहभागी नागरिकलाई उत्तेजित पारी धनजनको क्षति सरकारले नै गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जनाए ।

प्रकाशित: २५ चैत्र २०८१ १६:५३ सोमबार





Source link

आज काठमाडौंको आकाश किन धुम्मियो ? – Online Khabar


२५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको आकाश आज धुम्मिएको छ । आकाश धुम्मिएका कारण काठमाडौं उपत्यका आसपास क्षेत्र दिउँसै अँध्यरोजस्तो देखिएको छ ।

केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा छ । यहीबीच हाई क्लाउड र स्थानीय वायुका कारण आज काठमाडौं उपत्यका दिनभर नै धुम्मिएर बसेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसम विज्ञ हरिप्रसाद दाहाल बताउँछन् ।

‘आज काठमाडौं उपत्यकाको आकाशमा हाई क्लाउड छ । त्यसमा पनि पोलुसन छ । जसका कारण आकाश धुम्मिएको हो । भोलि मंगलबारदेखि भने काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ,’ दाहालले अनलाइनखबरसँग भने ।

छिमेकी मुलुक भारतमा देखिएको न्यून चापीय प्रणालीको असर नेपालमा पनि पर्ने सम्भावना रहेकोले भोलि, पर्सि र निकोर्सि पानी पर्ने सम्भावना रहेको उनको भनाइ  छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको उनले बताए ।

विभागका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।





Source link

लोसपाको मधेस प्रदेश संसदीय दलको नेतामा जयनुल राईन


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस प्रदेशको संसदीय दलको नेतामा जयनुल राईन चयन भएका छन्। पार्टी अध्यक्ष महन्त ठाकुरले राईनलाई संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन् । करिब १५ महिनादेखि लोसपामा संसदीय दलको नेता रिक्त रहेको थियो ।

पार्टी अध्यक्ष ठाकुरको हस्ताक्षरसहितको पत्र लिएर लोसपाका नेताहरुले सोमबार प्रदेशका सभामुख रामचन्द्र मण्डललाई जानकारी गराएका छन् । यसअघि दलका नेता रहेका अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेपछि प्रदेश सभाले उनलाई पदबाट बर्खास्त गरेको थियो।

अध्यक्ष ठाकुरले प्रदेशसभामा पठाएको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि राईनलाई दलको नेता मनोनयन गरिएको उल्लेख गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधित अनुसार मधेस प्रदेशमा संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राईनलाई अर्को व्यवस्था नहुनन्जेसम्म मनोनयन गरिएको ब्यहोरा जानकारी साथ अनुरोध गरिएको ठाकुरले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

राईन महोत्तरी निर्वाचन क्षेत्र नम्बर दुईको ‘ख’ बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित सांसद हुन् । यसअघिका दलका नेता पनि महोत्तरीकै निर्वाचन क्षेत्र ३ को ‘क’ बाट दोस्रो पटक निर्वाचित भएका थिए । 

प्रकाशित: २५ चैत्र २०८१ १७:०५ सोमबार





Source link