Category Archives: नेपाल समाचार

सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर


जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध छन्। विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गरेका हुन्।

विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिए। गाउँको जग्गा बाँझो भएका यहाँ आएर सागसब्जी खेतीलाई निरन्तरता दिएको उनले बताए।

थापाले भने,’अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो । गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।’ सुरुमा थानकोटमा जग्गा भाडामा लिएर सागसब्जी खेती सुरु गरेको भन्दै उनले त्यहाँ गोलभेँडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाए।

उनले भने,’खैरेनीटारमा गोलभेँडा उत्पादन भएन । जग्गाको भाडा तिर्ने खर्च पनि जुटाउन गाह्रो भएपछि माटोको परीक्षण र अनुसन्धान गरेँ । त्यहाँको माटो उपयुक्त नरहेको पाएपछि २०७९ सालमा गाउँ फर्किएँ ।’

अहिले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको थापाले जानकारी दिए। उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको भन्दै उनले सिँचाइ अभाव भएकाले ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताए।

दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएको थापाले बताए। यहाँ बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन भइरहेका छन् । उनले भने,’सागसब्जी कहाँ बिक्री गर्ने भन्ने समस्या छैन । दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।’

प्रकाशित: ६ चैत्र २०८१ १४:४७ बुधबार





Source link

साफ यू-१९ च्याम्पियनसिपका लागि ५८ खेलाडी छनोटमा बोलाइयो


६ चैत, काठमाडौं । नेपाली यू-१९ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यू-१९ च्याम्पियनसिपका लागि टिम छनोट गर्न ५८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रशिक्षक उर्जनले बुधबार ५८ जना खेलाडीलाई अन्तिम छनोटका लागि बोलाएका हुन् । अब ५८ जना खेलाडीबाट नेपालको अन्तिम टोली छनोट गरिने छ ।
छनौट चैत १० देखि १२ गतेसम्म ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन हुनेछ। राष्ट्रिय टोलीको छनोटमा परेका सबै खेलाडीलाई उपयुक्त फुटबल किटसहित चैत १० गते आइतबार बिहान ८ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न समेत एन्फाले अनुरोध गरेको छ ।

साफ यू-१९ च्याम्पियनसिप २०२५ आगामी मे मा भारतमा हुनेछ ।

खेलाडीहरू : अलिक श्रेष्ठ, आलोक थारु, अनुभब पुरी, अनुप जंग खत्री, अविनाश वाइबा, भक्त बहादुर परियार, भुवन कामी, विज्ञान खड्का, विक्रम बिष्ट, विक्रम गौतम, विजय उर्बा, विजय उर्नाव, विनायक थारु, दर्पण स्याङ्तान, धर्मेन्द्र कुँवर, दिपेन राई, दिपेश लिम्बु, एकराज विश्वकर्मा, ग्रेमन श्रेष्ठ, इवान रत्न तुलाधर, जीवन गुरुङ, जोन बिष्ट, काली बहादुर थापा, कृष्ण बहादुर आले, कुसाङ नेम्बाङ, लछु थापा, लेनिन राई, मदन पौडेल, मिलन श्रेष्ठ, निशान बान्तवा, निशान लावट, पास्कल बस्नेत, पवन पाख्रिन, पेम्बा नोर्बु भोटे, प्रमित खत्री, प्रशान्त मोक्तान, राम बहादुर बोहरा, राम थापा, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन कुमार लुङ्गेली मगर, सबिनय कटुवाल, समीर थापा, समीर कुमार, सनिल स्याङ्तान, सन्दीप ओझा, सन्तोष गोन्बा, सरन एसके, सरोज दर्लामी, सुवास बम, सुजल मान घले, सुजन डंगोल, सुशान्त जबेगु, सुदीप मोक्तान, सुरज पुडासैनी, उपेन्द्र ल्वागान, उप्रान्त आले।





Source link

पर्यटकको चेकिङ झन्झट हटाउन लुम्बिनी प्रदेशमा पहेँलो कार्ड


लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार मानेर बाह्य पर्यटकको आगमन बढाउने लक्ष्य लिएको छ। खासगरी भारतीय पर्यटकलाई बढी संख्यामा भित्र्याउन सके आर्थिक लक्ष्य पूरा हुने सरकारको ठहर छ। 

तर, बाह्य पर्यटकले प्रदेशमा घुम्दा प्रहरीको बारम्बार चेकिङ र अनावश्यक झन्झटको गुनासो गर्दै आएका छन्। कतिपयले प्रहरीले ठाउँ–ठाउँमा चेकिङ गरी पैसा असुल्ने गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन्। ‘नेपाल घुम्न नजाने’ सम्म लेखेका छन्। यस्तो गुनासो सम्बोधन गर्न प्रदेश सरकारले पहल गरेको छ।

लुम्बिनीमा आउने बाह्य पर्यटकले प्रहरी चेकिङको हैरानी भोग्नुपरेको विषय उठेपछि सरकारले ‘पहेँलो कार्ड’ व्यवस्था गरेको छ। यो कार्डले पर्यटकको सहज यात्रा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले बाह्य पर्यटक चढ्ने सवारी साधनका लागि पहेँलो कार्डको व्यवस्थापन गरेको हो।

मन्त्रालयका अनुसार, नाका क्षेत्रमा यो कार्ड वितरण गरिनेछ। कार्ड पाएका सवारी साधनलाई पटक–पटक चेकिङको झन्झट नहुने व्यवस्था मिलाइने छ। मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘नाकामा पर्यटक चढेका गाडीको चेकिङ हुन्छ र पहेँलो कार्ड दिइन्छ। यो कार्ड चेकिङ भएको संकेत हो। त्यसपछि बाटोमा पुनः चेकिङ नहुने गरी व्यवस्था गरिनेछ।’

मन्त्रालयले पहेँलो कार्ड छपाइ गरिसकेको र चाँडै नाका क्षेत्रमा पठाउने जनाएको छ। यसका लागि प्रहरीसँग समन्वय गरी कार्यान्वयन गरिने मन्त्री न्यौपानेले बताए। उनले भने, ‘कार्ड छपाइ भइसकेको छ। अब नाकामा पठाइनेछ। प्रहरीलगायत चेकिङ गर्ने निकायसँग समन्वय गरेर यो लागू गरिनेछ।’

मन्त्रालयले पहेँलो कार्ड पाएका पर्यटकका सवारी साधनलाई अनावश्यक चेकिङ नहुने वातावरण बनाउन प्रहरीसँग सहकार्य गर्ने योजना बनाएको छ। मन्त्री न्यौपानेले थपे, ‘भारतीय पर्यटकबाट अनावश्यक चेकिङको गुनासो धेरै आएको छ। उनीहरूले नेपाल आउन नसक्ने भन्दै असन्तुष्टि जनाएका छन्। यो कार्डले सहज यात्राको वातावरण बनाउनेछ र जथाभावी चेकिङको अन्त्य हुनेछ।’

लुम्बिनी प्रदेशमा भारतीय पर्यटक भित्रिने मुख्य नाकाहरू रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज, कपिलवस्तुको कृष्णनगर र दाङको कोइलावास हुन्। यी नाकाबाट भारतीय गाडी प्रयोग गरी पर्यटकहरू प्रदेशका पर्यटकीय गन्तव्यमा पुग्ने गरेका छन्। 

प्रकाशित: ६ चैत्र २०८१ १४:५७ बुधबार





Source link

उद्योग तथा व्यवसायी महासंघको औद्योगिक प्रदर्शनीसँगै महाधिवेशन


६ चैत, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले महाधिवेशन सहित औद्योगिक प्रदर्शनीको तयारी पूरा गरेको छ ।

औद्योगिक प्रवर्द्धनका लागि महासंघले पहिलो पटक औद्योगिक प्रदर्शनी सहित महाधिवेशन गर्न लागेको हो । यसको तयारी पूरा भएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए ।

महासंघले ८ देखि ९ चैतमा तेस्रो राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशन सहित औद्योगिक प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

वर्तमान विषम परिस्थितिमा देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी–व्यवसायीका हितमा काम गर्ने उद्देश्य लिएर अधिवेशन गर्न लागिएको समेत संयोजक सापकोटाले जानकारी दिए ।

उनका अनुसार महासंघले बबरमहलस्थित कार्की ब्यक्वेटमा देशभरिका करिब ३ हजार उद्योगी–व्यवसायीको सहभागितामा निर्वाचन सहित महाधिवेशन गर्ने भएको छ ।

महासंघले देशभित्र रहेका लघु, घरेलु, साना, मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्न औद्योगिक प्रदर्शनी गर्न लागेको सापकोटाले जानकारी दिए ।

महासंघले अधिवेशनका अवसरमा देशभरिका उद्योगी–व्यवसायी उपस्थित गराई उनीहरूले उत्पादन गरेका वस्तु प्रदर्शनीमा राख्ने छ । साथै, उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघट स्थल बनाइने समेत उनले जानकारी दिए ।

प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना–मझौला किसानदेखि ठूला उद्योगी–व्यवसायीले उत्पादन गरेका वस्तु रहने मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए ।

‘हामीले मेलामा साना, लघु, घरेलुदेखि मझौला र ठूला गरी करिब १ सय स्टल राख्दैछौं,’ उनले भने, ‘जहाँ कर्णालीमा पाइने जिम्बु, यार्चा, शिलाजितदेखि पूर्वको छुर्पी, अलैंचीदेखि चियाकफीसम्म रहने छ ।’





Source link

मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न समितिको निर्देशन


प्रतिनिधिसभा मातहतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रको पुनःनाप जाँच र सीमाङ्कन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय निकुञ्ज र वनसँग सम्बन्धित विषयमा सांसदहरूले दिएका सुझावका आधारमा समितिले उक्त निर्देशन दिएको हो ।

नेपालमा हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र छन् । नेपालको कूल भू–भागको २३ दशमलव ३९ प्रतिशत अर्थात् ३४ हजार चार सय १९ दशमलव ७५ वर्ग किलोमिटर क्षेत्र निकुञ्ज र आरक्षण क्षेत्रले समेटेको छ ।

समितिका सभापति विमला सुवेदीले राष्ट्रिय निकुञ्ज र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्वसँग जोडिएका मानव अधिकारसम्बन्धी विषयलाई विधेयकमा समेट्ने गरी मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिइन्। उक्त विधेयकबारे संशोधनकर्ता, विज्ञ र मन्त्रालयका पदाधिकारीसँग सैद्धान्तिक छलफलसहित राय तथा परामर्श गरिएको उनले बताइन्।

वन ऐनसँग सम्बन्धित र टुङग्याउन बाँकी रहेका मध्यवर्ती क्षेत्रका विषयलाई पनि समितिले आज निष्कर्षमा पुर्‍याएको छ । एक वर्षअघि संसद्मा दर्ता भएको वनसहित करिब ८१ वटा कानुन समेटिएको उक्त विधेयक सर्वसम्मत रूपमा अघि बढाउने निर्णय भएको सभापति सुवेदीले जानकारी दिइन्।

समितिको आगामी बैठकबाट सुझावसहितको प्रतिवेदनलाई पारित गरी विधेयक संसद्मा पेस गर्ने निर्णय भएको छ । समितिका सदस्यहरूले मध्यवर्ती क्षेत्रका नागरिकले भोग्नु परेको समस्यालाई समाधान गर्न पुनः नाप, नक्सा र सीमाङ्कन गरिनुपर्ने आवश्यकतामा जोड दिएपछि समितिले सोका लागि सुझावसहित मन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक एवं समितिका सदस्य महेशकुमार बर्तौलाले वन पैदावारमा जनताको पहुँचलाई सहज बनाउन बनेको विधेयक बनाइएको भन्दै मध्यवर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधान गर्न पुनः सीमाङ्कन गर्न मन्त्रालयलाई सुझावसहित निर्देशन दिने निर्णय भएको बताए।

उनले भने,’मध्यवर्ती क्षेत्रका नागरिकले सामान्य विकास, निर्माण गर्न नपाउने अवस्था रहेको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण जनताले निरन्तर दुःख पाइरहेका छन् । निजी र लामो समय भोगचलन भएको जग्गा अलग्याएर सीमाना हेरफेर गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’ देशका ३४ जिल्लामा सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित: ६ चैत्र २०८१ १५:०५ बुधबार





Source link

अमेरिकी न्यायाधीशको निर्णय- यूएसएड निलम्बन संविधानविरुद्ध


६ चैत, काठमाडौं । एक अमेरिकी संघीय न्यायाधीशले एलन मस्क र उनले नेतृत्व गरेको सरकारी कार्यक्षमता विभाग डोजले युएसएड बन्द गर्दा अमेरिकी संविधान उल्लंङ्घन भएको भन्दै अनुदान सहायता कटौतीबारे अहिले थप निर्णय नलिन सरकारलाई आदेश दिएका छन् ।

विदेशी सहायता नियोग यूएसएड बन्द गराउँदा एलन मस्कको नेतृत्वमा गठित डोजले संविधानभन्दा बाहिर गएको अमेरिकी न्यायाधीश थियोडोर चुआङको निष्कर्ष छ ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई यूएसएड अधिकारीहरू र ठेकेदारहरूलाई हटाउने काम रोक्न आदेश दिएका छन् । साथै पूर्व कर्मचारीहरूको सरकारी इमेल, सुरक्षा, र भुक्तानी प्रणालीमा पहुँच पुनःस्थापित गर्न निर्देशन दिएका छन् ।

न्यायाधीश चुआङलेले सरकारलाई बन्द गरिएको यूएसएड मुख्यालय अर्थात रोनाल्ड रेगन भवनमा आफ्ना कर्मचारी फर्कन अनुमति दिन भनेका छन् । न्यायाधीशको आदेशपछि प्रशासनले यस निर्णयको अपिल गर्ने सम्भावना रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

theodore chuang

यो मुद्दा मेरील्याण्डको संघीय जिल्ला अदालतमा यूएसएड पूर्व कर्मचारीहरूद्वारा दायर गरिएको थियो। यसमा मस्कले संस्थाको वेबसाइट मेटाउने र यसको मुख्यालय बन्द गर्ने भूमिकाबारे प्रश्न उठाइएको थियो।

६८-पृष्ठ लामो आफ्नो निर्णयमा चुआङले एलन मस्कले अमेरिकी संविधानको नियुक्ति धारा उल्लङ्घन भएको उलेलेख गरेका छन् । उनले त्यस्तो जिम्मेवारी सिनेटको अनुमोदनबेगर लिन नमिल्ने पनि न्यायाधीशको रायमा उल्लेख छ । राष्ट्रपतिले आफ्ना सल्लाहकारहरूलाई परम्परागत सीमाहरू पार गर्न अनुमति दिएर नियुक्ति धारा निरीक्षणबाट बच्न खोजेको समेत न्यायाधीश चुआङले जिकिर गरेका छन् ।

ट्रम्प प्रशासनले भने नियोग बन्द गर्ने निर्णय विदेश मन्त्री मार्को रुबियो र कार्यवाहक प्रशासक पिटे मारोले गरेको भन्दै उनीहरुले मस्कको सिफारिश कार्यान्वयनमात्रै गरेको दाबी गरेको थियो । न्यायाधीश चुआङले भने युएसएड मुख्यालय बन्द गर्ने र वेबसाइट मेटाउने निर्णय मस्कले नै गरेको निष्कर्ष निकालेका छन् । ट्रम्प प्रशासनले यसको कुनै औपचारिक स्वीकृति देखाउन नसकेको समेत उनको तर्क छ । एजेन्सी





Source link

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु


नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरुलाई निर्देशन दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीहरुले संक्रमणकालीन रणनीतिहरुलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताए।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउँदा प्रस्ताव गरिेने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनु पर्नेमा पनि जोड दिइएको छ ।

अर्थ मन्त्रालयको कार्य जिम्मेवारीमा दिगो आर्थिक वृद्धि र रोजगारी सिर्जनामा आधारित वित्त नीति, स्थीर मौद्रिक नीति, कोषको उपलब्धता र विकास सहायता परिचालन पर्छन् । यसैगरी व्यापारिक विश्लेषण तथा उच्च प्रतिफलयुक्त परियोजनाका लागि क्षमता र वित्तीय पहुँच वृद्धि पनि कार्य जिम्मेवारीमा छन् ।

स्तरोन्नतिका मापदण्डहरुमा प्रति व्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सुचक, आर्थिक तथा वातावरणीय जोखिम सूचक लगायत छन् ।

स्तरोन्नतिपछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनियतामा वृद्धि लगायतका प्रभाव पर्न सक्ने आंकलन गरिएको छ । यसैगरी वस्तु निर्यात, मूल्य, रोजगारी लगायतमा पनि प्रभाव पर्न सक्ने आंलकन गरिएको छ ।

नेपाल सन् २०२६ को नोभेम्बरमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ ।

प्रकाशित: ६ चैत्र २०८१ १५:१४ बुधबार





Source link

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति


६ चैत, काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

दोलखा चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् ।

यसअघि मकवानपुर चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्षमा सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् । महासचिवमा सुनिल अर्याल चयन भएका छन् ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह चयन भएका छन् ।

कार्यसमिति सदस्यमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अञ्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ छन् ।

विधानतः संघको केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारी सहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाँकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यावसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिबद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यावहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब संस्थालाई थप उचाइमा लैजाने गरी व्यावसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक काम गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

 





Source link

रुसको आक्रामकता र अमेरिकी अनिश्चितताबीच युरोपको रक्षा योजना


रुसको आक्रामक नीति र अमेरिकी सुरक्षा संरक्षणमा सम्भावित कमीको चुनौती खेपिरहेको युरोपेली सङ्घ (इयु) ले बुधबार सदस्य राष्ट्रहरूलाई आफ्नो सुरक्षा सुदृढ गर्न सहयोग गर्ने योजनाहरूमा काम गर्न प्रयास गर्नेछ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोमा वासिङ्टनको मुख्य भूमिकाप्रति शङ्का व्यक्त गर्दै र युक्रेनमा रुसप्रति नरम नीति देखाउँदा युरोपमा हतियार वृद्धिको आह्वान तीव्र भएको छ। इयुका २७ देशलाई खर्च बढाउन सहयोग गर्ने उद्देश्यले ब्रसेल्सले यस महिना आठ खर्ब युरो (आठ खर्ब ७५ अर्ब डलर) सम्म परिचालन गर्न सक्ने प्रस्तावहरूको मस्यौदा पेस गरेको छ।

अब अधिकारीहरूले ती योजनाको खाका तयार गर्दैछन् र सदस्य राष्ट्रहरूले प्रतिक्रिया दिन अर्को महिनादेखि सुरु हुने समयसीमा तोकिरहेका छन्। ‘यदि युरोप युद्धबाट जोगिन चाहन्छ भने युरोपले युद्धका लागि तयार हुनुपर्छ,’ युरोपेली आयोगका प्रमुख भोन डेर लेयनले मङ्गलबार भने, ‘सन् २०३० सम्ममा युरोपसँग बलियो रक्षा स्थिति हुनुपर्छ।’ यो योजनाले ब्लकका वित्तीय नियमहरू लचिलो बनाएर राज्यहरूलाई रक्षामा बढी खर्च गर्न अनुमति दिने प्रस्ताव गरेको छ। आयोगका अनुसार यसले चार वर्षमा छ खर्ब ५० अर्ब युरोसम्म उपलब्ध गराउन सक्छ।

एएफपीले हेरेको मस्यौदाअनुसार बुधबार प्रस्तुत हुने श्वेतपत्रमा ब्रसेल्सले इयु देशहरूलाई अप्रिलसम्म यो प्रक्रिया सुरु गर्न आह्वान गर्ने तयारी गरेको छ। मस्यौदाले इयुको केन्द्रीय बजेटद्वारा समर्थित एक खर्ब ५० अर्ब युरोसम्मको ऋण दिने पहललाई ‘आपत्कालीन विषय’ का रूपमा स्वीकृत गर्नुपर्ने उल्लेख गरेको छ। तर, केही इयु देशले कोभिड महामारीबाट पुनर्प्राप्तिका लागि प्रयोग भएको ठूलो नगद प्रवाहको आवश्यकता रहेको तर्क गरे पनि मस्यौदाले संयुक्त ऋणको ठूलो कार्यक्रम सिफारिस गर्नबाट पछि हटेको छ।  

कुनै ठूलो परिवर्तन छैन 
यस हप्ताको अन्त्यमा हुने इयु नेताहरूको शिखर सम्मेलनमा युरोपको रक्षा सुदृढीकरण मुख्य एजेन्डा बन्नेछ। एक महिनाभन्दा कम समयमा दोस्रो पटक उनीहरूले यो विषयमा छलफल गर्नेछन्। ब्रसेल्सका प्रस्तावहरू सरकारहरूले कार्यान्वयन गर्ने प्रयासको एउटा हिस्सा मात्र हुन्, किनभने उनीहरूले संयुक्त राज्य अमेरिकाको साथ अब नपाउने सम्भावनालाई स्वीकार्दैछन्।  

पोल्यान्ड र बाल्टिक राज्यहरूले पहिल्यै आफ्नो खर्चलाई नेटोको दुई प्रतिशत जिडिपीको सीमाभन्दा बढी पुर्‍याएका छन्। आर्थिक महाशक्ति जर्मनीका सांसदहरूले मङ्गलबार चान्सलर बन्न लागेका फ्रेडरिक मेर्जले प्रस्ताव गरेको ठूलो रक्षा र पूर्वाधार खर्च प्याकेजका लागि महत्त्वपूर्ण कदम चालेका छन्। इयुका एक कूटनीतिज्ञले श्वेतपत्रले ब्लकले सामना गर्ने चुनौतीको ‘खतरा र तत्कालीनता’ समेटेको तर कोष वृद्धिका उपायमा खास प्रगति नभएको बताए। ‘समग्रमा कुनै ठूलो परिवर्तन छैन,’ उनले भने।

तर, अरूले प्रस्तावहरू केहीको अपेक्षाभन्दा कम भए पनि पछिल्ला हप्तामा इयुले रक्षाप्रति अपनाएको दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन आएको तर्क गरेका छन्। ‘यो राम्रो सुरुवात हो,’ अर्का कूटनीतिज्ञले भने। इयुको प्रस्तावको मुख्य हिस्सा रुसको खतरा सामना गर्न सेना सुसज्जित गर्नु मात्र नभई युरोपेली रक्षा कम्पनीहरूलाई लगानीमार्फत बलियो बनाउनु पनि हो।

भोन डेर लेयनले ब्रसेल्सले एक खर्ब ५० अर्ब युरोको कार्यक्रममार्फत देशहरूलाई ‘संयुक्त र युरोपेली खरिद’ मा जोड दिन चाहेको बताए। उनले योजनाअन्तर्गत खरिद हुने हतियारको ६५ प्रतिशत सामग्री ‘युरोपेली मूल’ को हुनुपर्ने उल्लेख गरे। ‘हामीले यी अर्बौं युरो रक्षा लगानीमा खर्च गर्‍यौँ भने युरोपमा भएको लगानीको प्रतिफल चाहिन्छ,’ उनले भने। एएफपी

प्रकाशित: ६ चैत्र २०८१ १५:२३ बुधबार





Source link

२५ करोडसहित टोखाबाट समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो


६ चैत, काठमाडौं । डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ ।

टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

बरामल युरो, डलरसहित थप अनुसन्धान र कारबाहीका लागि विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनलाई मंगलबार नै प्रहरीले विभागको जिम्मा लगाएको हो ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्नेछ ।

यो डलर सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरे पनि यसका मालिक को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पक्राउ परेका चालकले भने एक चिनियाँ नागरिकले सामाखुसीमा ल्याएर दिएको दाबी गरेका छन् ।

यद्यपी उनको भनाइलाई पुष्टि हुने थप आधारहरू प्रहरीले भेट्टाएको छैन । डलरका मालिक पत्ता नलाग्दा यति ठूलो रकम कहाँबाट आयो भन्ने समेत खुल्न सकेको छैन ।





Source link

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू चुनाव रोक्न अन्तरिम आदेश


उच्च अदालत पाटनले केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न आदेश दिएको छ ।

बुधबार अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् ।

नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले चुनाव रोक्न आदेश दिएको छ।

अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाइएको छ।

त्यतिञ्जेलका लागि चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालते आदेश दिएको हो।

प्रकाशित: ६ चैत्र २०८१ १५:२९ बुधबार





Source link

त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अदालतको आदेश


६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेविसंघका अनोज कार्कीको उम्मेदवारी बिहीबारसम्म कायम राख्न अदालतले आदेश दिएको छ । ७ चैतमा पेसी तोकिएकाले त्यस अवधिसम्म उम्मेदवारी कायम राख्न निर्वाचन समितिलाई उच्च अदालत पाटनले आदेश दिएको छ ।

अदालतले ३ चैतमा निर्वाचन समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

निर्वाचन समितिले त्यसदिन कार्कीको उम्मेदवारी खारेज गरेर संघका अर्का उम्मेदवार दीपकराज जोशीलाई मान्यता दिएको थियो ।

स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेको थियो । २७ फागुनमा भएको कार्कीले संघको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । संघका अध्यक्ष दुजाङ शेर्पाले पत्रका आधार सोही दिन आधिकारिक उम्मेदवारका रुपमा दीपकराज जोशीले उम्मेदवार दर्ता गराएका थिए ।

संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशीलाई आधिकारिक भएको निर्णय गरेको थियो । त्यसविरुद्ध कार्की उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरेका थिए । अदालतले बुधबार कार्कीको उम्मेदवार कायम राख्न आदेश दिएको हो ।

त्रिविमा ८ चैतमा स्ववियु निर्वाचन हुने निर्वाचन समितिले कार्यतालिका बाहिर ल्याएको छ ।

निर्वाचन समितिले अपारदर्शी निर्णय गरेको जनाउँदै संघका असन्तुष्ट पक्षले तालाबन्दी गरेका थिए । बुधबार निर्वाचन समिति र असन्तुष्ट पक्षबीच सहमति बनेको छ ।





Source link

नेप्सेमा रोकिएन पहिरो, कारोबार रकममा भने वृद्धि


बजार परिसूचक नेप्सेमा बुधबार पनि गिरावट आएको छ । चार दिनदेखि लगातार घटिरहेको नेप्से परिसूचकमा बुधबार १४.८८ अंक घटेर २६८२.१५ विन्दुमा कायम भएको छ । 

नेप्से घटेपनि कारोबार रकममा भने बुधबार वृद्धि भएको छ । बुधबार ३११ स्टकको ५४ हजार ६२२ पटकको कारोबारमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको ९५ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ४ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको थियो ।

बुधबार सेन्सेटिभ इण्डेक्स २.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ । 

बुधबार मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ। गरिमा समृद्धि योजना, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यद्यपि सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बुधबार सबैभन्दा बढी ९.२० प्रतिशतले घटेको छ। 

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको २९ करोड ६७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २३ करोड र नेपाल पुनर्बीमा कम्पनीको १७ करोडभन्दा बढीको शेयर खरिदबक्री भएको छ।

१३ उपसमूहमध्ये बुधबार ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। वित्त उपसमूहको परिसूचक १.५३ प्रतिशत र जीवन बिमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशतले घटेको छ।

प्रकाशित: ६ चैत्र २०८१ १५:३३ बुधबार





Source link

कहाँ–कहाँ हुन सकेन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ?


६ असोज, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण कार्य १६ जिल्लामा गति लिन नसकेको निष्कर्ष निकालेको छ ।

सदस्यता व्यवस्थापन समितिको बैठक समिति सदस्यहरूले कतिपय जिल्लामा वितरणको प्रक्रिया ठप्प रहेको ब्रिफिङ गरेका थिए । महामन्त्री गगन थापाको नेतृत्वमा बनेको सदस्यता व्यवस्थापन समितिका सदस्यहरूले प्रदेशगत अवस्थाको जानकारी मंगलबार गराएका हुन् ।

समितिका सदस्यहरू सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीले हालसम्म सदस्य वितरणमा भएको प्रगति र समस्याबारे समितिको बैठकमा अवगत गराएका थिए ।

क्रियाशील सदस्यता फर्म जिल्लामा पठाएपनि पार्टीको समूहगत समस्याले तल्लो तहमा वितरण हुन नसकेको नेताहरूले जानकारी गराएका थिए । एक पक्षको जिल्ला सभापति भएको जिल्लामा प्रदेश सभा क्षेत्रीय सभापति अर्को पक्षका हुँदा नवीकरणमा समस्या आएको समेत नेताहरूले बताएका छन् ।

कोशीमा सोलुखुम्बु र खोटाङमा क्रियाशील सदस्यता नवीकरण हुन नसकेको जानकारी गराइएको छ । सोलुखुम्बुमा नवीकरणको फर्म केन्द्रबाट पठाइएको तर तल्लो तहमा जिल्ला सभापतिले नपठाएको जानकारी गराइएको छ । सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले नवीकरणको फर्म आफैंसँग राखेर केन्द्रको निर्णय कार्यान्वयन नगरेको जानकारी गराइएको छ ।

खोटाङमा पार्टीभित्रका तीन पक्ष जिल्ला सभापति विष्णुकुमार राईसँग असन्तुष्ट हुँदा नवीकरण प्रक्रिया अघि बढ्न सकेको छैन । कोशीका महामन्त्री भूपेन्द्र राई, केन्द्रीय सदस्य सरस्वती वजिमय, पूर्व जिल्ला सभापति नरेश श्रेष्ठ पक्षले नवीकरण नगर्ने अडान राख्दा नवीकरण नभएको समिति बैठकमा छलफल भएको थियो ।

जिल्ला सभापतिविरुद्ध तीन पक्ष रहँदा नवीकरण हुन नसकेको बताइएको छ ।

समिति सदस्य एवं केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार मधेस प्रदेशमा सप्तरी, सर्लाहीको ४, बाराको १ र ३, पर्साको १, रौतहटको १ र २ मा नवीकरणको काम अघि बढ्न सकेको छैन । रसाइलीले भने, ‘क्रियाशील सदस्यता फर्म मााथि राखेर तल्लो तहमा वितरण नगरेको पाइएको छ ।’

बागमतीमा रामेछाप र सिन्धुपाल्चोकमा नवीकरण सम्बन्धी पूरानै विवाद कायम रहेको छ ।

मुस्ताङ जिल्ला सभापति रोमी गौचनले क्रियाशील सदस्यता नवीकरणको फर्म केन्द्रबाट बुझेकै छैनन् । मनाङमा भने थप क्रियाशील सदस्यता फर्मको माग भएकाले पठाउने निर्णय समितिले गरेको छ ।

लुम्बिनीमा रुपन्देही– ४, कपिलवस्तु– ३, बाँके– ३ मा रहेको नवीकरणको समस्या समाधानउन्मुख भएको बैठकमा ब्रिफिङ गरिएको थियो ।

सुर्खेतमा नेता हृदयराम थानीको क्षेत्रमा नवीकरणको प्रक्रिया अघि बढ्न नसकेको जानकारी गराइएको छ भने सुदूरपश्चिममा कैलाली–१ मा समस्या छ ।

यसवर्षभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने कांग्रेसको योजना छ ।





Source link

'राजनीतक दलहरुप्रतिको वितृष्णा र असन्तुष्टिहरु सडकमा पोखिए'


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद का गोपीबहादुर सार्की आछामीले राजनीतिक दलहरुले जनताका समस्या सही रुपले सम्बोधन गर्न नसक्दा राजतन्त्रमा रुची राख्नेहरुको भावना सडकमा पोखिएको बताएका छन्।

बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राज्यको नेतृत्वले जन भावनालाई सम्बोधन गर्न नसक्दा जनताले राजनीतिक दलका नेताहरु विरुद्ध सडकमा वितृष्णा र असन्तुष्टि पोखेको बताए। उनले पूर्वराजाप्रति जनताको कुनै आकर्षण नरहेको दाबी गरे। उनले राजतन्त्रको विरुद्ध आन्दोलनमा सबै राजनीतक दलहरु एकतावद्ध भएपनि राजनीतिक परिवर्तनपछि देश र जनताको आवश्यकता र प्राथमिकताका मुद्दामा दलहरु एक हुन नसकेको स्वीकार गरे। नेताहरुका नजिकका व्यक्तिहरु तथा आफन्तहरुले मात्रै लोकतन्त्रको फाइदा उठाएको भन्ने जनतामा छाप परेको उनको भनाइ छ ।

उनले भने, ‘हामी राजतन्त्रको विरुद्धमा संघर्ष गर्ने बेलामा सात दल र माओवादी आन्दोलनको धारसहित जसरी हामी १२ बुँदे हुँदै परिवर्तनलाई अगाडि बढाउने र संविधान जारी गर्नेसम्म हामी मिलेर गएका थियौँ त्यसपछि राजनीतिक पार्टीहरु मिलेर जान सकेनौँ । हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ । राजनीतिक परिवर्तनपछि देशको आवश्यकता के हो ? र राजनीतिक दलहरुको भूमिका के हो ? भन्ने कुरामा पटक पटक सरकारको नेतृत्व गर्नेहरुले पनि र प्रतिपक्षमा रहेर भूमिका खेल्नेहरुले पनि जसरी गम्भीरतापूर्वक लिनु पर्ने हो त्यो विषयमा गम्भीर बन्न सकेनौँ भन्ने कारणले जनतामा जुन खालको असन्तुष्टि भइरहेको छ त्यो राजाप्रति आस्था बढेर होइन, यो हामीप्रतिको वितृष्णा र असन्तुष्टि सडकमा देखिरहेको छ त्यो इमान्दारिताका साथ व्यक्त भएको भावना हो । हामीले जनताको पक्षमा, राष्ट्रको पक्षमा, राष्ट्रको विकासको पक्षमा प्राथमिकता तोकेर बन्नुपर्ने संवैधानिक कानुनहरु, संविधान बनी सकेपछि जनतालाई दिनुपर्ने डेलिभरीको कुरा छ, विकृति अन्त्य गरेर सुशासन गर्ने कुरामा र संघीयता कार्यान्वयन गराएर प्रभावकारी बनाउने कुरामा जुन खालको उदासिनताको स्थिति जनताले अनुभुत गरी राखेका छन् हिजो राजतन्त्रमा मुट्ठीभरकाले फाइदा लिइरहेका थिए भने संघीय लोतान्त्रिक गणतन्त्र आइसकेपछि पनि मान्छेहरुलाई के परी रहेको छ भने दलका नेताहरुको आफन्त र नजिकाहरु, झोलेहरु, चाकडीबाजहरुले लोकतन्त्रको फाइदा तिनले मात्रै लिएका छन् भन्ने वातावरण बनेको छ, जनताको त्यही असन्तुष्टि र आक्रोसको जगमा टेकेर पूर्वराजाप्रति आस्था राख्नेहरु राजतन्त्रपति रुची राख्नेहरुले अलिकति स्पेस खोजेका छन् र त्यो भावनालाई सपोर्ट गर्ने गरी असन्तुष्टि पोखिएको छ मलाई लाग्छ त्यो आत्तिहाल्ने पर्ने स्थिति होइन, तर हामी सचेत हुनुपर्छ ।’



Source link

रोकिएन सेयर बजारको गिरावट, बढ्यो कारोबार – Online Khabar


६ चैत, काठमाडौं । बुधबार पनि सेयर बजारमा गिरावट जारी रह्यो । अघिल्लो दिन ७.६ घटेको बजार आज १४.८ अंक घट्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ ।

अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो । ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन ०.१० तथा व्यापार ०.६० प्रतिशत बढे भने अरु सबै सेक्टरक सूचक घटे ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो । बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशत घटे ।

मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशत बढ्यो । भूगोल इनर्जीको ७.३, ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।





Source link

राम्रो खेलेपनि नतिजा आउन सकेनः कप्तान बर्मा


नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताएकी छिन्।

युगाण्डामा चार देश सम्मिलित टी ट्वान्टी वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधवार स्वदेश फर्किएको छ । उपाधि जित्ने लक्ष्यसहित युगाण्डा गएको नेपालले कुल ६ मध्ये दुई जित र चार हार सामना गरेको थियो ।

बुधबार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी कप्तान इन्दुले आफ्नो टोलीले खराब क्रिकेट नभइ राम्रो क्रिकेट खेले पनि दुर्भाग्यवश राम्रो नतिजा नआएको बताइन्। यद्यपि, उनले युगान्डा भ्रमणका क्रममा आफ्नो टोलीले राम्रो अनुभव बटुलेको विश्वास व्यक्त गरिन्।

युगाण्डा, नामिबिया र हङकङ राम्रा टिम रहेको र ती टोलीसँग खेल्न पाउनु नेपालका लागि एक्सपोजर मिलेको उनले बताइन्। तर नतिजाका रूपमा श्रृंखलामा भने हाम्रो राम्रो नभएको उनले बताइन्। नेपालको जस्तै पिच कन्डिसन भए पनि नतिजा आउन नसकेको उनले स्वीकार गरिन्। श्रृंखला ससाना गल्ती भइरहेको र त्यसमा आफूले नै भुमिका खेल्नुपर्ने भएपनि व्यक्तिगत रूपमा आफूबाट पनि राम्रो प्रदर्शन नभएको उनको भनाइ छ । आफूले पनि अझ राम्रो खेलेको भए केही खेलमा जित सम्भव रहेको कप्तान इन्दुले बताइन्।

कप्तान इन्दुले युवा खेलाडीले यस शृंखलामा राम्रो प्रदर्शन गरेको उल्लेख गरिन्। ती खेलाडीले यसरी नै एक्सपोजरमा पाएमा अझै राम्रो क्रिकेट खेल्ने विश्वास कप्तान इन्दुको छ । कप्तान इन्दुले उत्कृष्ट टोलीसँग क्रिकेट खेलेकाले एसिया क्वालिफायरका लागि तयारी प्रभावकारी भएको बताइन्। नतिजा नआए पनि पहिलेको क्रिकेट शैली र अहिलेमा धेरै पक्षमा सुधार आएको उनको विश्वास छ । महिला क्रिकेटलाई जतिसक्दो धेरै एक्सपोजर दियो त्यति नै राम्रो नतिजा आउने सम्भावना रहेको उनी बताइन्। कप्तान इन्दुले नतिजा आउन समय लागे पनि नेपाली महिला टोलीको भविष्य राम्रो रहेको विश्वास व्यक्त गरिन्। 

प्रकाशित: ६ चैत्र २०८१ १५:४३ बुधबार





Source link

सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका लागि संसदीय समिति पठाइयो


६ चैत, काठमाडौं । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

बुधबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।

यो विधेयक गत माघ १५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रस्तुत भएको थियो ।





Source link