Category Archives: अर्थ

सडक कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच धकेलाधकेल (तस्विरहरु)


काठमाडौँ । सडक कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबीच विवाद भएको छ । बिहीबार प्रदर्शनका क्रममा आन्दोलनरत शिक्षकहरुले बानेश्वर क्षेत्रमा तीनवटै लेन कब्जा गर्न खोजेपछि प्रहरी र शिक्षकबीच विवाद भएको हो । 

यसअघि शिक्षक आन्दोलनका लागि दुईवटा लेन छुट्याइएको थियो । अन्य लेन दुई पाङ्ग्रे सवारी साधनका लागि खुला छोडिएको थियो । तर, बिहीबार शिक्षकहरुले सो लेनसमेत कब्जा गरेर तीनवटै लेनमा आन्दोलन गर्न खोजेपछि प्रहरी र शिक्षकबीच विवाद भएको थियो । केहीबेर प्रहरी र शिक्षकबीच धकेलाधकेलको अवस्था पनि सृजना भएको थियो । 

बिहीबार शिक्षक आन्दोलनको नवौँ दिन हो । गत चैत २० गतेदेखि शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत छन् । उनीहरुले आफ्ना मागहरु पूरा नभएसम्म काठमाडौँबाट नफर्किने अडान लिएका छन् । 

यता शिक्षक महासंघले पनि शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन देशभरका शिक्षकहरुलाई आह्वान गरेको छ । महासंघले वर्षे अधिवेशन तत्काल सुरु गर्न, विशेष अधिवेश आह्वान गर्न वा अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 



Source link

लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन जे देखियो…(तस्विरहरु)


काठमाडौँ । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन ‘लचिलो कर व्यवस्था निर्माणमा व्यावसायिक लेखाकारहरूको भूमिका’ शीर्षकमा प्यानल छलफल भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन सातौं सत्रमा उक्त शीर्षकमा प्यानल छलफल भएको हो।

सत्रको सञ्चालन आइक्यानका काउन्सिल सदस्य सुनिल देवकोटाले गरेका थिए भने प्यानलका सदस्यहरूमा आइआरडीका महानिर्देशक मदन दाहाल, सहायक महालेखा परीक्षक घनश्याम पराजुलीस, आइक्यानका काउन्सिल सदस्य सिए उमेश राज पाण्डे, आइक्यानका काउन्सिल सदस्य आरए झलकमणि लम्सालस र सिए शेषमणि दाहाल रहेका थिए।

छलफलमा अभ्यासरत चार्टर्ड एकाउन्टेन्ट लगायतका प्रतिष्ठित व्यक्तिहरूसमेत रहेका थिए। प्यानल डिस्कसनमा अनुकूलनीय कर व्यवस्थालाई प्रवर्द्धन गर्न व्यावसायिक लेखाकारहरूको महत्वपूर्ण भूमिकामा गहिरो अध्ययन भएको थियो।

साथै, नेपालमा लचिलो कर प्रणाली निर्माणमा योगदान पुर्‍याउन व्यावसायिक लेखाकारहरूले सामना गर्ने प्रमुख चुनौतीहरू पनि पहिचान गरिएको थियो। बाँकी तस्विरमा हेर्नुहोस्ः

 



Source link

‘निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ’- प्रधानमन्त्री 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्‌घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।  

‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ । आत्मविश्वासका साथ लागेको छ । देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा निजी क्षेत्र र सरकारको सहकार्यको  आवश्यकता छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौँ । देश विकास गर्न सक्छौँ । स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो ।’ 

त्यस्तै, उनले अहिलेको देशमा भ्रष्टाचार न्यूनिकरण र अन्त्य गर्न समेत यो सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको उल्लेख गरेका छन । 

त्यस्तै, सोही कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि मुलुकको अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताएकी छन् ।



Source link

बिहीबार ५.५७ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२१ कम्पनीको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।



Source link

सेयर बजारको अनलाइन तालिम भन्दै ‘स्क्याम’, प्रहरीले गरायो सचेत


काठमाडौँ । पछिल्ला दिन सामाजिक सञ्जालमा सेयर बजारको अनलाइन तालिम भन्दै ‘स्क्याम’ गर्नेहरु सक्रिय भएको पाइएको छ । सामाजिक सञ्जालमा सेयर बजारसम्बन्धी अनलाइन तालिम दिने भन्दै ‘स्क्याम’ गर्ने गिरोह सक्रिय भएको पाइएको हो ।

यसरी सेयर बजारको अनलाइन तालिमका नाममा ‘स्क्याम’ गर्ने गिरोह बजारमा सक्रिय रहेको नेपाल प्रहरीको साइबर ब्युरोले पुष्टि गरेको छ । 

बिहीबार एक सूचना जारी गर्दै ब्युरोले सेयर मार्केट सम्बन्धी तालिम लिन सकिने र सो का लागि आवश्यक सफ्टवेयर फाइल इन्स्टल गर्नुपर्ने भन्दै फिजिङ्ग लिंक पठाएर ठगी गर्ने सक्रिय रहेको जनाएको छ । यसरी पठाइएका लिंक क्लिक गर्ने बित्तिकै ह्याकरले प्रयोगकर्ताको फोनमा पहुँच पुर्याएर डाटा चोरी गर्ने गरेको ब्युरोले जनाएको छ । 

यसरी सेयर बजार सम्बन्धी तालिम भन्दै लिंक पठाउने र क्लिक गर्ने बित्तिकै डाटा चोरी गरेर बैंक खाताबाट पैसा चोरी भएको भन्दै उजुरी पर्न थालेपछी ब्युरोले यस्ता सूचना र ‘स्क्याम’बाट जोगिन आग्रह गरेको छ । त्यस्तै, ब्युरोले सामाजिक सञ्जालमार्फत पठाइएका यस्ता लिंक क्लिक गरेर कुनै पनि सफ्टवेयर मोबाइल, ल्यापटप वा अन्य स्मार्ट डिभाइसमा इन्स्टल नगर्न आग्रह गरेको छ ।



Source link

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रूपैयाँ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५३ पैसा र बिक्रीदर २० रूपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ ५२ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै


काठमाडौँ । तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदैछ । शुक्रबार भारतमा नियन्त्रणमा लिइएका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याउन लागिएको हो । 

प्रसाईंलाई लिएर आएको भारतीय प्रहरीको टोली केही समयमा नेपाल पुग्ने बताइएको छ । प्रसाईंलाई ल्याइँदै गरेको थाहा पाएपछि उनका समर्थकहरु मेची पुलमा पुगेका छन् । 

बिहीबार नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ परेको खबर झुठो भएको दाबी गरे पनि प्रसाईंलाई भारतीय प्रहरीले बिहीबार नै आसाममा नियन्त्रणमा लिएको थियो । उनलाई नेपाल ल्याएपछि औपचारिक रुपमा नेपाल प्रहरीले पक्राउ गर्नेछ ।

दुर्गा प्रसाईंको सचिवालयले समेत प्रसाईंले बिहीबार नै भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ । 



Source link

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरुसँग ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर बक्यौता उठाउन निर्देशन दिएका हुन् ।
विसं २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रङ्कलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराइएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ । ऊर्जामन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता उठाउन निर्देशन दिएका हुन् ।
आयोगको प्रतिवेदनमा ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापत टिओडी (टाइम अफ डे) मिटरसमेतका आधारमा अध्ययन गरी बक्यौता असुल गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को गत कात्तिक २७ को निर्णयानुसार टिओडी मिटरसमेतको तथ्याङ्क पुनःपरीक्षण भई आएमा विद्युत् बक्यौता तिर्न उद्योगीहरु सहमत भए पनि विद्युत् प्राधिकरणले उपलब्ध गराएको ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापतको टिओडीबाट हिसाब नगरेको महसुलमा उद्योगीले असहमति राख्दै आएका छन् ।



Source link

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४७ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६१ रुपैयाँ ०६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

पानी परेपछि सुध्रियो काठमाडौँमा वायुको गुणस्तर


काठमाडौँ । काठमाडौँको वायु गुणस्तरमा सुधार देखिएको छ । लामो समयपछि काठमाडौँमा पानी परेपछि वायु गुणस्तरमा सुधार देखिएको हो ।

वायुको गुणस्तरमा सुधार आएसँगै काठमाडौँ विश्वकै वायु प्रदूषित सहरको सूचीमा १२औँ नम्बरमा झरेको छ । जबकी बुधबार दिउँसोसम्म पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा थियो ।

पानी परेसँगै वायुमण्डलमा जम्मा भएको धूलो, धुँवा र हावाको कण पखालिँदै गएपछि वायुको गुणस्तर सुध्रिएको हो । काठमाडौँमा बिहीबार, शुक्रबार र शनिबार पनि पानी पर्ने पूर्वानुमान भएकाले वायुको गुणस्तर अझै सुध्रिने अनुमान गरिएको छ ।

आईक्यू एयरका अनुसार बिहीबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक ११९ छ । वायु गुणस्तर ०-५० एक्यूआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यस्तै, ५१-१०० एक्यूआई मध्यम, १०१-१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० एक्यूआई अस्वस्थ र २०१-३०० निकै अस्वस्थ मानिन्छ । ३०१ एक्यूआई भन्दा माथि भएमा खतरनाक मानिन्छ ।



Source link

भैरहवामा अन्तराष्ट्रिय उडान बन्द हुँदा व्यवसायी तनावमा, प्रधानमन्त्री र मन्त्रीलाई विमानस्थल प्रवेशमा रोक लगाउने !


काठमाडौँ । भैरहवाका व्यवसायीहरुले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री र मन्त्रीलाई प्रवेशमा रोक लगाउको चेतावनी दिएका छन् । भैरहवा विमानस्थलमा सबै अन्तराष्ट्रिय उडान बन्द भएपछि चरणबद्ध आन्दोलनको घोषणा गर्दै व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् ।

अन्तराष्ट्रिय विमानस्थल बनेपछि सोही विमानस्थललाई टार्गेट गरेर निजी क्षेत्रले अर्बौं लगानी गरे पनि सरकारको बेवास्ताका कारण विमानस्थल पूर्ण क्षमतामा चल्न नसकेको व्यवसायीहरुको आरोप छ । 

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा होटल तथा पर्यटन क्षेत्रमा आफूहरुले गरेको अर्बौं लगानी डुब्ने जोखिम देखेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यसायीहरुको उक्त आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल र उद्योग व्यापार संगठन, रुपन्देहीले समर्थन जनाएका छन् ।

केही समयदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान गर्दै आएका एयरलाइन्स कम्पनीले उडान रोकेपछि विमानस्थल सुनसान छ । विमानस्थल सुनसान हुँदा व्यवसायी तनावमा परेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दा पनि सरकारले चासो नदेखाएपछि चरणबद्ध आन्दोलन घोषणा गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले आफूहरुका मागप्रति चासो नदिए प्रधानमन्त्री, मन्त्री र सरकारका विशिष्ट पदाधिकारीलाई समेत विमानस्थल प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

आन्दोलनकै कार्यक्रम अन्तर्गत व्यवसायीले आन्तरिक उडानतर्फका टिकट काट्न रोक लगाउने र विमानस्थलमा आवातजावत समेत बन्द गराउने बताएका छन् । उनीहरुले भैरहवामा म्यानपावर कम्पनी, भिसा सेन्टर कार्यालय, स्वास्थ्य परीक्षण र श्रम स्वीकृतिको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै, नेपाल एयरलाइन्सले दैनिक उडान गर्नुपर्ने, अन्य वायुसेवालाई पनि भैरहवा ल्याउनुपर्ने र भारतसहित अन्तरप्रदेश तत्काल उडान हुनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।



Source link

नक्कली लाइसेन्स वितरण गर्ने यातायात कार्यालयका ४ कर्मचारी पक्राउ, कमाउँथे मासिक ३ करोड !


काठमाडौँ । नक्कली सवारी लाइसेन्स वितरण गरेर मासिक ३ करोड कमाएको आरोपमा ४ जना पक्राउ परेका छन् । बाँके यातायात कार्यालय नेपालगञ्जमा कार्यरत चार जना कर्मचारी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा कम्प्युटर अपरेटर शक्ति ठाकुर, घरेलु तथा साना उद्योग कार्यालयका सहायक कम्प्युटर अपरेटर मनोज गिरी, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन् । 

नक्कली लाइसेन्स वितरण गरेर मासिक ३ करोड कमाएको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन् । 

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । अख्तियारले उनीहरुले कार्यालयमा प्रयोग गर्ने विद्युतीय उपकरणसमेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका अधिकारीले जानकारी दिएका छन् । 



Source link

८ महिनामा नेपाली विद्यार्थीसँगै विदेशियो ८९ अर्ब रुपैयाँ 


काठमाडौँ । पछिल्लो ८ महिनामा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीसँगै ८९ अर्ब रुपैयाँ पनि विदेशिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ महिना (साउनदेखि फागुनसम्म) मा विद्यार्थीसँगै ८८ अर्ब ९८ करोड रुपैयाँ विदेशिएको हो । 

चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ छ । जसमध्ये शिक्षातर्फको व्यय ८९ अर्ब हो । गत आर्थिक वर्षमा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो । 

यस अवधिमा नेपालको भ्रमण आय ५६ अर्ब ७० करोड रुपैयाँ मात्रै छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको भ्रमण आय ५१ अर्ब ६९ करोड थियो । जुन चालु आर्थिक वर्षको तुलनामा ९.७ प्रतिशत कम हो ।



Source link

मुस्ताङमा हिमपात, भीर-पाखा सेताम्मे (तस्विरहरु)


काठमाडौँ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा हिमपात भएको छ । बुधबार रातीदेखि मुस्ताङमा हिमपात भएको हो ।

हिमपात भएपछि मुस्ताङका भीर-पाखा सेताम्मे भएका छन् । हिमपात भएपछि घुमफिरका लागि मुस्ताङ पुगेकाहरु खुसी भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 



Source link

‘सरकार सुध्रिनुपर्छ, नसुध्रिए देश श्रीलंका र बंगलादेश बन्छ’ 


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बहादुर सिंहले सरकार नसुध्रिए देश श्रीलंकाबंगलादेश हुने बताएका छन् । मंगलबार बल्खुको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकार पूर्णरुपमा भ्रष्टाचारमा डुबेको र जनहितमा कुनै काम नगरेको उल्लेख गर्दै अब सरकार सुध्रिनुको विकल्प नभएको बताएका छन् । 

अब पनि सरकार नसुध्रिने हो भने जनताले देशलाई श्रीलंकाबंगलादेश बनाउने सिंहले चेतावनी दिएका छन् । त्यस्तै, उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको पनि जिकिर गरेका छन् । 

सोही क्रममा सांसद सिंहले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर राणालाई रिहा गर्न पनि माग गरेका छन् ।



Source link

राप्रपाको प्रदर्शनमा घुसपैठ, दुईजना पक्राउ 


काठमाडौँ । राप्रपाको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बल्खुमा आयोजना गरिएको प्रदर्शन स्थलमा घुसपैठ गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । 

उनीहरुमाथि सभा बिथोल्न खोजेको आरोप छ । उनीहरु प्रहरी र राप्रपा दुवैतर्फका व्यक्ति नभएको पुष्टि भएको छ । सभामा होहल्ला गरेर माहोल बिगार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

बल्खुको प्रदर्शनलाई लक्षित गरेर मंगलबार सुरक्षा व्यवस्था कडा पारिएको छ । आजको प्रदर्शनलाई ड्रोन, सीसी क्यामेरा र बडी क्यामेराबाट निगरानी गरिएको छ ।



Source link

मंगलबार ३.४४ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २१ कम्पनीको एक करोड ६४ लाख ३ हजार ४ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचरको भएको छ । यस कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै नाफा  कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज बोटलर्ससहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, बाराही हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।



Source link

तोडफोड हुने डरले बल्खुका अधिकांश सटर ‘डाउन’ (तस्विरहरु)


काठमाडौँ । तोडफोड हुने डरले मंगलबार बल्खु क्षेत्रका अधिकांश पसलका सटर बन्द भएका छन् । तीनकुनेको हिंसात्मक आन्दोलनबाट तर्सिएका व्यवसायीहरुले राप्रपाको प्रदर्शनका दिन (मंगलबार) सडर बन्द गरेका हुन् । 

हाल बल्खुमा राप्रपाको प्रदर्शन जारी छ । तीनकुनेकै घटना दोहोरिने डरले बल्खुमा ठूलो संख्यामा सुरक्षा व्यवस्था र निगरानी बढाइएको छ । प्रदर्शनमा क्रममा प्रहरीले घुसपैठ गर्न खोज्ने दुईजनालाई पक्राउ समेत गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 



Source link