Category Archives: अर्थ

सेयर बजारको अनलाइन तालिम भन्दै ‘स्क्याम’, प्रहरीले गरायो सचेत


काठमाडौँ । पछिल्ला दिन सामाजिक सञ्जालमा सेयर बजारको अनलाइन तालिम भन्दै ‘स्क्याम’ गर्नेहरु सक्रिय भएको पाइएको छ । सामाजिक सञ्जालमा सेयर बजारसम्बन्धी अनलाइन तालिम दिने भन्दै ‘स्क्याम’ गर्ने गिरोह सक्रिय भएको पाइएको हो ।

यसरी सेयर बजारको अनलाइन तालिमका नाममा ‘स्क्याम’ गर्ने गिरोह बजारमा सक्रिय रहेको नेपाल प्रहरीको साइबर ब्युरोले पुष्टि गरेको छ । 

बिहीबार एक सूचना जारी गर्दै ब्युरोले सेयर मार्केट सम्बन्धी तालिम लिन सकिने र सो का लागि आवश्यक सफ्टवेयर फाइल इन्स्टल गर्नुपर्ने भन्दै फिजिङ्ग लिंक पठाएर ठगी गर्ने सक्रिय रहेको जनाएको छ । यसरी पठाइएका लिंक क्लिक गर्ने बित्तिकै ह्याकरले प्रयोगकर्ताको फोनमा पहुँच पुर्याएर डाटा चोरी गर्ने गरेको ब्युरोले जनाएको छ । 

यसरी सेयर बजार सम्बन्धी तालिम भन्दै लिंक पठाउने र क्लिक गर्ने बित्तिकै डाटा चोरी गरेर बैंक खाताबाट पैसा चोरी भएको भन्दै उजुरी पर्न थालेपछी ब्युरोले यस्ता सूचना र ‘स्क्याम’बाट जोगिन आग्रह गरेको छ । त्यस्तै, ब्युरोले सामाजिक सञ्जालमार्फत पठाइएका यस्ता लिंक क्लिक गरेर कुनै पनि सफ्टवेयर मोबाइल, ल्यापटप वा अन्य स्मार्ट डिभाइसमा इन्स्टल नगर्न आग्रह गरेको छ ।



Source link

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रूपैयाँ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५३ पैसा र बिक्रीदर २० रूपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ ५२ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै


काठमाडौँ । तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदैछ । शुक्रबार भारतमा नियन्त्रणमा लिइएका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याउन लागिएको हो । 

प्रसाईंलाई लिएर आएको भारतीय प्रहरीको टोली केही समयमा नेपाल पुग्ने बताइएको छ । प्रसाईंलाई ल्याइँदै गरेको थाहा पाएपछि उनका समर्थकहरु मेची पुलमा पुगेका छन् । 

बिहीबार नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ परेको खबर झुठो भएको दाबी गरे पनि प्रसाईंलाई भारतीय प्रहरीले बिहीबार नै आसाममा नियन्त्रणमा लिएको थियो । उनलाई नेपाल ल्याएपछि औपचारिक रुपमा नेपाल प्रहरीले पक्राउ गर्नेछ ।

दुर्गा प्रसाईंको सचिवालयले समेत प्रसाईंले बिहीबार नै भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ । 



Source link

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरुसँग ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर बक्यौता उठाउन निर्देशन दिएका हुन् ।
विसं २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रङ्कलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराइएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ । ऊर्जामन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता उठाउन निर्देशन दिएका हुन् ।
आयोगको प्रतिवेदनमा ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापत टिओडी (टाइम अफ डे) मिटरसमेतका आधारमा अध्ययन गरी बक्यौता असुल गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को गत कात्तिक २७ को निर्णयानुसार टिओडी मिटरसमेतको तथ्याङ्क पुनःपरीक्षण भई आएमा विद्युत् बक्यौता तिर्न उद्योगीहरु सहमत भए पनि विद्युत् प्राधिकरणले उपलब्ध गराएको ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापतको टिओडीबाट हिसाब नगरेको महसुलमा उद्योगीले असहमति राख्दै आएका छन् ।



Source link

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४७ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६१ रुपैयाँ ०६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

पानी परेपछि सुध्रियो काठमाडौँमा वायुको गुणस्तर


काठमाडौँ । काठमाडौँको वायु गुणस्तरमा सुधार देखिएको छ । लामो समयपछि काठमाडौँमा पानी परेपछि वायु गुणस्तरमा सुधार देखिएको हो ।

वायुको गुणस्तरमा सुधार आएसँगै काठमाडौँ विश्वकै वायु प्रदूषित सहरको सूचीमा १२औँ नम्बरमा झरेको छ । जबकी बुधबार दिउँसोसम्म पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा थियो ।

पानी परेसँगै वायुमण्डलमा जम्मा भएको धूलो, धुँवा र हावाको कण पखालिँदै गएपछि वायुको गुणस्तर सुध्रिएको हो । काठमाडौँमा बिहीबार, शुक्रबार र शनिबार पनि पानी पर्ने पूर्वानुमान भएकाले वायुको गुणस्तर अझै सुध्रिने अनुमान गरिएको छ ।

आईक्यू एयरका अनुसार बिहीबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक ११९ छ । वायु गुणस्तर ०-५० एक्यूआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यस्तै, ५१-१०० एक्यूआई मध्यम, १०१-१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० एक्यूआई अस्वस्थ र २०१-३०० निकै अस्वस्थ मानिन्छ । ३०१ एक्यूआई भन्दा माथि भएमा खतरनाक मानिन्छ ।



Source link

भैरहवामा अन्तराष्ट्रिय उडान बन्द हुँदा व्यवसायी तनावमा, प्रधानमन्त्री र मन्त्रीलाई विमानस्थल प्रवेशमा रोक लगाउने !


काठमाडौँ । भैरहवाका व्यवसायीहरुले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री र मन्त्रीलाई प्रवेशमा रोक लगाउको चेतावनी दिएका छन् । भैरहवा विमानस्थलमा सबै अन्तराष्ट्रिय उडान बन्द भएपछि चरणबद्ध आन्दोलनको घोषणा गर्दै व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् ।

अन्तराष्ट्रिय विमानस्थल बनेपछि सोही विमानस्थललाई टार्गेट गरेर निजी क्षेत्रले अर्बौं लगानी गरे पनि सरकारको बेवास्ताका कारण विमानस्थल पूर्ण क्षमतामा चल्न नसकेको व्यवसायीहरुको आरोप छ । 

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा होटल तथा पर्यटन क्षेत्रमा आफूहरुले गरेको अर्बौं लगानी डुब्ने जोखिम देखेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यसायीहरुको उक्त आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल र उद्योग व्यापार संगठन, रुपन्देहीले समर्थन जनाएका छन् ।

केही समयदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान गर्दै आएका एयरलाइन्स कम्पनीले उडान रोकेपछि विमानस्थल सुनसान छ । विमानस्थल सुनसान हुँदा व्यवसायी तनावमा परेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दा पनि सरकारले चासो नदेखाएपछि चरणबद्ध आन्दोलन घोषणा गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले आफूहरुका मागप्रति चासो नदिए प्रधानमन्त्री, मन्त्री र सरकारका विशिष्ट पदाधिकारीलाई समेत विमानस्थल प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

आन्दोलनकै कार्यक्रम अन्तर्गत व्यवसायीले आन्तरिक उडानतर्फका टिकट काट्न रोक लगाउने र विमानस्थलमा आवातजावत समेत बन्द गराउने बताएका छन् । उनीहरुले भैरहवामा म्यानपावर कम्पनी, भिसा सेन्टर कार्यालय, स्वास्थ्य परीक्षण र श्रम स्वीकृतिको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै, नेपाल एयरलाइन्सले दैनिक उडान गर्नुपर्ने, अन्य वायुसेवालाई पनि भैरहवा ल्याउनुपर्ने र भारतसहित अन्तरप्रदेश तत्काल उडान हुनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।



Source link

नक्कली लाइसेन्स वितरण गर्ने यातायात कार्यालयका ४ कर्मचारी पक्राउ, कमाउँथे मासिक ३ करोड !


काठमाडौँ । नक्कली सवारी लाइसेन्स वितरण गरेर मासिक ३ करोड कमाएको आरोपमा ४ जना पक्राउ परेका छन् । बाँके यातायात कार्यालय नेपालगञ्जमा कार्यरत चार जना कर्मचारी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा कम्प्युटर अपरेटर शक्ति ठाकुर, घरेलु तथा साना उद्योग कार्यालयका सहायक कम्प्युटर अपरेटर मनोज गिरी, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन् । 

नक्कली लाइसेन्स वितरण गरेर मासिक ३ करोड कमाएको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन् । 

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । अख्तियारले उनीहरुले कार्यालयमा प्रयोग गर्ने विद्युतीय उपकरणसमेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका अधिकारीले जानकारी दिएका छन् । 



Source link

८ महिनामा नेपाली विद्यार्थीसँगै विदेशियो ८९ अर्ब रुपैयाँ 


काठमाडौँ । पछिल्लो ८ महिनामा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीसँगै ८९ अर्ब रुपैयाँ पनि विदेशिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ महिना (साउनदेखि फागुनसम्म) मा विद्यार्थीसँगै ८८ अर्ब ९८ करोड रुपैयाँ विदेशिएको हो । 

चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ छ । जसमध्ये शिक्षातर्फको व्यय ८९ अर्ब हो । गत आर्थिक वर्षमा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो । 

यस अवधिमा नेपालको भ्रमण आय ५६ अर्ब ७० करोड रुपैयाँ मात्रै छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको भ्रमण आय ५१ अर्ब ६९ करोड थियो । जुन चालु आर्थिक वर्षको तुलनामा ९.७ प्रतिशत कम हो ।



Source link

मुस्ताङमा हिमपात, भीर-पाखा सेताम्मे (तस्विरहरु)


काठमाडौँ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा हिमपात भएको छ । बुधबार रातीदेखि मुस्ताङमा हिमपात भएको हो ।

हिमपात भएपछि मुस्ताङका भीर-पाखा सेताम्मे भएका छन् । हिमपात भएपछि घुमफिरका लागि मुस्ताङ पुगेकाहरु खुसी भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 



Source link

‘सरकार सुध्रिनुपर्छ, नसुध्रिए देश श्रीलंका र बंगलादेश बन्छ’ 


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बहादुर सिंहले सरकार नसुध्रिए देश श्रीलंकाबंगलादेश हुने बताएका छन् । मंगलबार बल्खुको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकार पूर्णरुपमा भ्रष्टाचारमा डुबेको र जनहितमा कुनै काम नगरेको उल्लेख गर्दै अब सरकार सुध्रिनुको विकल्प नभएको बताएका छन् । 

अब पनि सरकार नसुध्रिने हो भने जनताले देशलाई श्रीलंकाबंगलादेश बनाउने सिंहले चेतावनी दिएका छन् । त्यस्तै, उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको पनि जिकिर गरेका छन् । 

सोही क्रममा सांसद सिंहले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर राणालाई रिहा गर्न पनि माग गरेका छन् ।



Source link

राप्रपाको प्रदर्शनमा घुसपैठ, दुईजना पक्राउ 


काठमाडौँ । राप्रपाको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बल्खुमा आयोजना गरिएको प्रदर्शन स्थलमा घुसपैठ गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । 

उनीहरुमाथि सभा बिथोल्न खोजेको आरोप छ । उनीहरु प्रहरी र राप्रपा दुवैतर्फका व्यक्ति नभएको पुष्टि भएको छ । सभामा होहल्ला गरेर माहोल बिगार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

बल्खुको प्रदर्शनलाई लक्षित गरेर मंगलबार सुरक्षा व्यवस्था कडा पारिएको छ । आजको प्रदर्शनलाई ड्रोन, सीसी क्यामेरा र बडी क्यामेराबाट निगरानी गरिएको छ ।



Source link

मंगलबार ३.४४ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २१ कम्पनीको एक करोड ६४ लाख ३ हजार ४ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचरको भएको छ । यस कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै नाफा  कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज बोटलर्ससहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, बाराही हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।



Source link

तोडफोड हुने डरले बल्खुका अधिकांश सटर ‘डाउन’ (तस्विरहरु)


काठमाडौँ । तोडफोड हुने डरले मंगलबार बल्खु क्षेत्रका अधिकांश पसलका सटर बन्द भएका छन् । तीनकुनेको हिंसात्मक आन्दोलनबाट तर्सिएका व्यवसायीहरुले राप्रपाको प्रदर्शनका दिन (मंगलबार) सडर बन्द गरेका हुन् । 

हाल बल्खुमा राप्रपाको प्रदर्शन जारी छ । तीनकुनेकै घटना दोहोरिने डरले बल्खुमा ठूलो संख्यामा सुरक्षा व्यवस्था र निगरानी बढाइएको छ । प्रदर्शनमा क्रममा प्रहरीले घुसपैठ गर्न खोज्ने दुईजनालाई पक्राउ समेत गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 



Source link

राजावादीको आन्दोलन: झण्डाको व्यापार ह्वात्तै बढ्यो (तस्विरहरू)


काठमाडौँ ।  राप्रपाको आन्दोलनमा राष्ट्रिय झण्डाको व्यापार बढेको छ । मंगलबार बल्खुमा भइरहेको राजसंस्था फर्काउने आन्दोलनमा झण्डाको राम्रो व्यापार भएको हो ।

राजावादी प्रदर्शनकारीले प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा प्रयोग गरेका हुन् । एउटै व्यापारीले ५ देखि १० हजारसम्मको झण्डाको व्यापार गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link

पाँच वर्षमा ५९ लाख रुपैयाँले बढ्यो महाप्रसाद अधिकारीको सम्पत्ति, कुल सम्पत्ति कति छ ? 


काठमाडौँ । नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति पाँच वर्षमा ५९ लाख बढीले बढेको छ । पाँच वर्षे कार्यकाल पुरा गरेर राष्ट्र बैंकबाट बिदा भएपछि अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा पाँच वर्षमा उनको सम्पत्ति ५९ लाख ४८ हजार रुपैयाँले बढेको देखिएको हो । 

अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग हाल ३ करोड ६९ लाख ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिएको छ । 

त्यस्तै, वाणिज्य बैंकहरुमा रहेको डलर खातामा २८ हजार ६ सय ८ अमेरिकी डलर रहेको पनि अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । सो डलरको नेपाली दर (आजको विनिमय दर अनुसार) करिब ३९ लाख हुन आउँछ । 

पाँच वर्षको अवधिमा अधिकारीले घर र जग्गामा लगानी गरेको देखिएको छैन । बरु सुन र चाँदीमा भने वृद्धि देखिएको छ । त्यस्तै, यस अवधिमा अधिकारीले सामूहिक लगानी योजना र बचतपत्रमा गरेको लगानी पनि बढेको देखिएको छ ।



Source link

भारतीय गुणस्तर चिह्न प्राप्त गरेपछि नेपाली निर्माण सामग्रीको निर्यातमा उल्लेखनीय वृद्धि


काठमाडौँ ।  नेपालका १२५ भन्दा बढी उद्योगहरूले भारतीय गुणस्तर चिह्न (ISI Mark) प्राप्त गरेसँगै निर्माण सामग्रीको निर्यात दर तीव्र गतिमा बढ्न थालेको छ । नेपाली उत्पादनहरूले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने स्तरको गुणस्तर पुर्‍याएपछि यो उपलब्धि सम्भव भएको हो ।

नेपालमै उत्पादित सिमेन्ट, फलामका डण्डी, पिभीसी पाइप, केवल, सिलिण्डर जस्ता वस्तुहरूले गुणस्तर प्रमाणीकरण प्राप्त गरेपछि ती वस्तुहरूको निर्यात मात्र नभई भारतमा माग समेत उल्लेखनीय रूपमा बढ्न थालेको व्यवसायीहरूको भनाइ छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार हालसम्म देशभरका १२५ भन्दा बढी उद्योगहरूले भारतीय गुणस्तर चिह्न प्राप्त गरिसकेका छन् । नेपाल सरकारले आफ्ना उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन सक्रियताका साथ काम गरिरहेको छ। यही प्रयासको परिणामस्वरूप, धेरै उद्योगहरूले गुणस्तर अभिवृद्धि तथा उत्पादन प्रणालीमा सुधार ल्याउन सफल भएका छन् ।

यसको प्रत्यक्ष असर नेपालको निर्माण सामग्री उद्योगमा देखिएको छ । गुणस्तर चिह्नसहितको उत्पादन भारतमा सहज रूपमा निर्यात गर्न पाइने हुँदा निर्यातकर्ताहरूका लागि नयाँ अवसरहरू खुलेका छन् । यसले उत्पादन लागतमा स्थायित्व ल्याउनुका साथै निर्यात आम्दानी बढाएर देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याएको छ । नेपाली उत्पादनहरूको बजार विस्तारसँगै रोजगारी सिर्जनामा पनि सकारात्मक प्रभाव परेको व्यवसायीहरू बताउँछन् ।

त्यस्तै, भारतमा रहेका केही उद्योगहरूलाई पनि नेपाल सरकारको गुणस्तर चिह्न (NS Mark) प्रदान गरिएको छ, जसले नेपाललाई क्षेत्रीय गुणस्तर प्रमाणीकरण प्रक्रियामा सशक्त बनाएको छ । यस्ता पहलहरूले नेपाललाई दीर्घकालीन रूपमा औद्योगिक तथा व्यापारिक प्रगतिको दिशातर्फ डोहोर्याउने विश्वास गरिन्छ ।

नेपाली उद्योगहरूले प्राप्त गरेको भारतीय गुणस्तर चिह्न केवल एक प्रतीक मात्र होइन, यो नेपालको उत्पादन क्षमताको प्रगतिको संकेत पनि हो । यसले नेपालको आर्थिक आत्मनिर्भरता र निर्यातमुखी औद्योगिकरणमा नयाँ सम्भावनाको ढोका खोलिदिएको छ ।



Source link

चितवनमा २७३ नयाँ उद्योग दर्ता हुँदा २७९ उद्योग बन्द


काठमाडौँ । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता चितवनका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए ।
कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनाका लागि दर्ता गरिएका अधिकांश उद्योग बन्द भएका हुन् । कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन् । उनका अनुसार यस वर्ष २७३ नयाँ उद्योग दर्ता भएका छन् । निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका छन् । यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए ।
उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन् । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उनले बताए ।
यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन् । त्यसमध्ये नौ वटाले नामसारी गरेका छन्भने ३१ वटाले ठाउँसारी गरेका छन् । यस्तै २८ वटाले कारोबार संशोधन, सुविधा सिफारिस तिनले लिएको कुमालले जानकारी दिए ।



Source link