काठमाडौँ । वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ । गोरखाको को भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नविन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिएका छन् । उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।
काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । ‘वृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो ।’, उनले भने ।
घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टीका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । जानकी मन्दिरको अवस्था हेर्दा यसमा तीनै तहको सरकारको ध्यान जान नसकेको जस्तो देखिन्छ । मन्दिर बाहिरबाट हेर्दा चिटिक्क देखिएपनि भित्रभित्रै मन्दिर जिर्ण बन्दै गएको छ ।
मन्दिरको फोहोर, पानी, मन्दिर आउने भक्तजनको जुत्ता चप्पल व्यवस्थापन राम्रो नहुँदा मन्दिर फोहोर हुँदै गएको देखिन्छ ।
विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई सूचीकृत गर्न विभिन्न समयमा पहल हुने गरेका छ तर मन्दिरको हालको अवस्था हेर्दा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सकिन्छ त भन्ने प्रश्न उब्जिएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न अदालतले आदेश दिएको छ । बुधबार चितवन जिल्ला अदालतले रविलाई हिरासतमा राख्ने आदेश दिएको हो ।
साहरा चितवन सहकारीको रकम अपचलन गरेको कसुरको मुद्दा आजदेखि रविको बयान र थुनछेक बहस सुरु भएको थियो । तर, थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । चितवन जिल्ला अदालतमा रविसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको माघ २१ गते बसेको सञ्चालक समिति बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश दिएको थियो ।
काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१५ कि ५८ वर्षीया मैयाँ तामाङ गुरुङ रहेकी छिन् । उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
उनको साथबाट १६ थान सुनको रिङ, ५ थान टुक्रा, १ थान सिक्री, १ थान औँठी र १ थान बाला गरी करिब ९८ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौँ आएकी थिइन् । गुरुङ थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अमेरिकी सरकारले २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट हटाउने भएको छ । अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक एलन मस्कले यस्तो घोषणासँगै तयारी गरेका हुन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मस्कले सरकारी कर्मचारीलाई इमेलमार्फत राजिनामा दिन दबाब दिँदै आएका छन् ।
उनले ‘सरकारको लागि धेरै काम गर्यौ, अब सपनाको गन्तव्यमा गएर छुट्टी मनाउ’ भन्दै कर्मचारीहरुलाई इमेल पठाइरहेको छन् । सोही इमेलमार्फत मस्कले स्वेच्छाले जागिर छोड्नेलाई नगद प्रोत्साहनसहित बिदाई गर्ने प्रस्ताव गरेका छन् ।
हाल राजिनामा दिन नमानेका कतिपय सरकारी कर्मचारीलाई जिम्मेवारविहीन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको सरकारी सेवामा रहेका २३ लाख कर्मचारी हटाएपछि केही महत्वपूर्ण पदहरुमा मस्कले आफ्नो कम्पनीका कर्मचारीहरुलाई नियुक्त गर्ने तयारी गरेको खबरसमेत अमेरिकाकै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसो त मस्कले केही दिनअघि अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा गरेका थिए । यूएसएआईडी बन्द भए नेपालमा हजारौँ एनजिओकर्मीहरुको उठिबास लाग्ने पक्का छ । उनको यस्तो काममा अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले पनि सहमति जनाएका छन् ।
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड ६९ लाख १७ हजार ८ सय ३५ रुपैयाँ सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचरको भएको छ । यस कम्पनीको ३० करोड ८७ लाख १३ हजार ७ सय ९२.३० रुपैयाँ बराबरको भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै घुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ ।
चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालय चितवनले ढाँचा र तथ्यांक नमिलेको भन्दै प्रहरी प्रतिवेदनको फाइल फिर्ता पठाएको थियो । त्यसप्रश्चात प्रहरीले पुनः अनुसन्धानपछि उक्त फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
मुद्दा सोमबार नै दर्ता भनिएको भए पनि सरकारी वकिलहरुको व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो । उक्त मुद्दामा रवि लामिछाने रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइको छ ।
उक्त मुद्दामा रवि लामिछानेलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्यलाई भने संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले दर्ता गराएको मुद्दामा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ । त्यसबाहेक विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनी ६ करोड २४ लाख ६८ हजार रुपैयाँ नोक्सानमा थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफा पनि बढेको हो । यसअवधिमा कम्पनीले ६ करोड ३१ लख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खुद ब्याज आम्दानी १२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक थियो ।
दोश्रो त्रैमाससम्ममा कम्पनीले ४६ लाख ५३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसा छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ८१ पैसा छ ।
काठमाडौँ । बेलायती राजकुमार एडवार्ड काठमाडौँ आइपुगेका छन् । एडवार्ड ६ दिने भ्रमणका लागि नेपाल आएका हुन् ।
मंगलबार काठमाडौं उत्रिएका बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफिया राष्ट्रपति रामचन्द्र पौडेलसँग विशेष भेट गर्ने कार्यक्रम रहेको छ ।
बेलायती राजकुमार दम्पती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैं लैनचौरस्थित बेलायती दूतावास गएका थिए ।
६ दिनको नेपाल बसाइका क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा आयोजना हुने एक विशेष समारोहमा सहभागी हुने तर अन्य स्थानको भ्रमणबारे टुंगो लागिनसकेको दूताबासले जनाएको छ । बाँकि तस्विरमा हर्नुहोस्:
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नक्कली इमेल बनाएर ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका-७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।
उनीहरुलाई सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरुले प्रहरीका विशिष्ट व्यक्तिको नाम, दर्जा र कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको पाइएको छ ।
हाल उनीहरुविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै तीन ट्रक कारवाहीमा परेका छन् । लुम्बिनी प्रदेशको कुपिलवस्तुमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको लु १ झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै तीनवटा मालवाहक ट्रक कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेमा प्र १०२००१ ख ८४७३, ३३५१ र ९२०७ नम्बरका मालवाहक ट्रक रहेका छन् । उनीहरुलाई पाँच सयका दरले चिट कटाएर कारवाही गरिएको ट्रक चालकले बताएका छन् ।
ट्रक चालकका अनुसार मन्त्रीको गाडी कपिलवस्तु नगरपालिका सडकखण्डमा पश्चिमबाट तीव्र गतिमा पूर्वतर्फ जाँदै थियो । गाडी पछाडी भएकाले उनीहरुले गाडीमा को छ ? भन्ने चिनेनन् र आफ्नै गतिमा ट्रक हाँकीरहे । तर, केहीबेरमा उक्त गाडीले आफूहरुलाई ओभरटेक गरेर अगाडी तेर्साएको ट्रक चालकको भनाई छ ।
त्यसपछि मन्त्रीको गाडीबाट ओर्लिएर मन्त्रीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले ट्राफिक बोलाएर जबरजस्ती ५ सयको चिट काट्न लगाएको ट्रक चालकले बताएका छन् । यतिसम्मकी गाडी भित्रैबाट मन्त्रीले ‘त्यसलाई समातेर भित्र थुन’ भन्दै आदेश दिएकोसमेत ट्रक चालकले बताएका छन् । तर, प्रहरीले भने सामान्य कारवाही मात्रै गरेर छोडेको ती ट्रक चालकको भनाई छ ।
प्रहरीका अनुसार मन्त्री कार्की मंगलबार बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रममा सहभागी हुँन जाँदै थिए ।
काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा ६ अर्ब नाघेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो ।
२१औँ वार्षिकोत्सवमा पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब २३ करोड खुद नाफा भएको जानकारी गराएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा कमाएको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । यद्यपि कम्पनीले अर्थतन्त्रका सूचकहरु नकारात्मक भएको अवस्थामा कम्पनीले नाफा आर्जन गर्नु नै ठूलो कुरा भएको भनेको छ ।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउनदेखिपुषसम्म) करिब २० अर्ब १२ करोड रुपैयाँ आय आर्जन गरिसकेको छ । हालसम्म टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको कम्पनीले जनाएको छ ।
काठमाडौं : सेयर बजार बढ्नेक्रमले सोमबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.४१ विन्दुले बढेर २७३० अंकमा आइपुगेको छ । ११ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ वटा समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन भारी अंकले वृद्धि भएको नेप्से सोमबार भने सामान्य बढेको हो ।
समग्रमा हेर्दा २७ सयको लेबलमा आएको नेप्सेले अझै अघि बढ्ने प्रयास गरिरहेको देखिन्छ । सूचकसँगै कारोबार रकममा निरन्तर तेजी आउन सक्यो भने बजारको माथिल्लो यात्रा सहज हुने जानकारहरु बताउँछन् । यसअघि पटकपटक प्रयास गर्दा पनि सफल हुन नसकेको २७८० को तहलाई पार गर्न कारोबार रकममा तेजी आउनुपर्ने हुन्छ । साथै, फराकिलो अंकसहित सूचकको वृद्धि पनि आवश्यक देखिन्छ ।
पछिल्ला दिनहरुमा कारोबार रकममा तेजी आइरहेको छ । लार्ज क्यापका कम्पनीहरु पनि चलिरहेका छन् । आम लगानीकर्ताको मनोबलसमेत वृद्धि हुँदै गएको देखिन्छ । बजारमा सहभागीहरुको संख्या बढेको नेप्सेको तथ्यांकले देखाएको छ । यता, सेयर धितो कर्जा लिएर लगानी गर्नेहरु पनि बढिरहेका छन् ।
यी तथ्यहरुका आधारमा केही करेक्सनहरुका बाबजुत पनि नेप्सेले २७ सयको लेबललाई पार गरेर २८ सयतर्फ अघि बढ्न सक्ने पर्याप्त सम्भावना रहेको जानकारहरु बताउँछन् । बजार अघि बढ्नका लागि नेप्से प्रत्येक दिन बढ्नैपर्छ भन्ने हुँदैन । तर कारोबार रकमले साथ दिंदै गयो भने केही करेक्सनहरु हुँदै समग्रमा बजारले माथिल्लो विन्दुहरु तय गर्न पनि सक्नेछ । कतिपय बजार वृद्धिलाई गभर्नरको बर्हिगमन हुन लागेको विषयसँग पनि जोडेर हेरेको पाइन्छ ।
यसअघि बजार लामो समयसम्म घटेकाले अब माथि जानका लागि आधारहरु तय भएको देखिन्छ । लामो समयसम्म करेक्सन हुँदा भाउ सस्तो भएको छ । समयका हिसाबले पनि करेक्सन र साइडवेज अवधि पूरा भएको अनुमान गर्न सकिन्छ ।
यस्तै, बजारले करेक्सन र साइडवेज हुँदै करिब ६ महिना समय व्यतीत गरिसकेको छ । यसबीचमा ३ हजारको तहमा पुगेको नेप्से घटेर २४ सयकै लेबलमा आयो । पछिल्लो समय नेप्से २७८० को तहसम्म आए पनि त्यसभन्दा माथि जान सकेन ।
अब नेप्सेले पुनः २७८० को लेबललाई पार गर्छ कि गर्दैन, त्यो महत्वपूर्ण हुने देखिन्छ । त्यसो त समग्रमा हेर्दा सेयर बजारले करिब साढे ३ वर्षको वियरिस चक्र पूरा गरिसकेको छ । यसअघिको बुल रनमा ३२ सय पुगेको नेप्से यसबीचमा घटेर १८ सयको तहसम्म पनि आयो । निकै लामो समय बजार वियरिस ट्रेन्डमा रहेकाले अब यसले क्रमशः बुलिस बाटो समाउने विश्लेषणहरु भइरहेका छन् ।
यतिबेला अधिकांश कम्पनीको दोस्रो त्रैमासको रिपोर्ट पनि आइसकेको छ । धेरैजसो सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । सेयरधनीको खातामा धमाधम लाभांश पठाउनेक्रम चलिरहेको छ । कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्टहरु आइरहेका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता र निकै सस्तो ब्याजदर रहेको अवस्था छ । यी सबै कुराहरुले सेयर बजारमा अब सकारात्मक माहोल आउन सक्ने विश्लेषणहरु भइरहेका छन् । नेप्से सूचकसँगै कारोबार रकमसमेत बढ्दा बजार बलियो हुँदै गएको अर्थमा बुझ्न सकिन्छ ।
कारोबार रकम क्रमशः बढ्दा क्रेताहरु सक्रिय भएको अनुमान लगाउन सकिन्छ । बजारले बुल रन समायो भने होल्ड गर्नेहरुले नै बढी लाभ लिन सक्नेछन् । सेयर बजारमा फराकिलो वृद्धिका लागि लार्ज क्याप तथा फन्डामेन्टल कम्पनीहरुले लीड गर्नुपर्ने जानकारहरु बताउँछन् ।
सस्तो ब्याजदरका कारण यतिबेला आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम समेत बढेको तथ्यांकले देखाएको छ । ठूला लगानीकर्ताहरु कर्जा लिएर सेयर बजार प्रवेश गर्नेक्रम अझै बढी रहेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले पुष्टि गरेको छ । ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्दा बजारले गति लिन सक्ने अनुमान लगाउन सकिन्छ ।
तर सर्वसाधारण लगानीकर्ताले भने जहिले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरु छानेरै योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ ।
यस दिन ३ सय १९ कम्पनीको २ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ३० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः सप्कोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावर परेका छन् ।