Category Archives: अर्थ

‘न्यु इयर इभ एट जर्मन होम्स’मा गुन्जिँदै राम कृष्ण ढकाल एण्ड ब्याण्ड


काठमाडौँ । नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ । वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ । कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ ।

चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ । कार्यक्रमलाई नेपालकै चर्चित उद्घोषिका र नायिका रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । ‘न्यु इयर इभ एट जर्मन होम्स’मा साङ्गीतिक कार्यक्रमको साथसाथै कमेडी, साल्सा नृत्य र डी. जे सेसन पनि रहने छ ।

न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्धघाटन समेत रहेको उक्त कार्यक्रममा करिब १५ सय देखी २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ । ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा सहभागिता जनाउन यही चैत २२ गते बाट खल्ती एप मार्फत टिकट वुकिङ गर्न सकिनेछ भने डोर सेलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुने मध्यबाट एक जनाले थाइल्यान्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन् ।

जर्मन होम्समा आयोजना हुने यो विशेष कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ । २०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नको लागी भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल एण्ड इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिए । नयाँ वर्षको पूर्वसन्ध्यामा भव्य साङ्गीतिक वातावरणको आनन्द लिन इच्छुक सम्पूर्णलाई कार्यक्रम स्थलमा उपस्थित हुन आयोजक टिमले आग्रह गरेको छ ।

नयाँ होटेल रुम र १५०० जनाको क्यापासिटी रहेको बलरुम साथै इनडोर र आउटडोर सुविधा दिई रहेको जर्मन होम्स हस्पिटालिटी (होटेल एण्ड इभेन्ट भेन्यु) बिगत ४ वर्ष देखी गठ्ठाघरमा रही उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको एक प्रतिष्ठित गन्तव्य हो ।



Source link

एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम झिक्न मिल्ने


काठमाडौँ । एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम झिक्न मिल्ने भएको छ। बैंकले आफ्ना ग्राहकहरु तथा इसेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले यस्तो सुविधा ल्याएको हो।

बैंकको एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने गरी यस्तो सेवाको शुरुवात बैंकले गरेको छ । मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिने बैंकले जनाएको छ।

इसेवा एप लगिन गरेर फाइनान्सियल पेमेन्टस अन्तर्गत रहेको एटिएम विथड्रलमा एनआईसी एशिया बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशन अनुसार रु १०००, रु २०००, रु ३०००, रु ४००० र रु ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नुपर्छ ।

त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटिपी कोड प्राप्त हुनेछ । अब एनआईसी एशिया बैंकको एटिएममा रहेको कार्डलेस विथ ड्रल अप्सनमा गएर अदर कार्डलेस र त्यसपछि इसेवा छनौट गर्नुपर्छ ।

यसअघि मोबाइल नम्बरमा प्राप्त ओटिपीकोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ । हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।



Source link

बीमा प्राधिकरणका अध्यक्षविरुद्ध परेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश


काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ओझाको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । बुधबार ओझाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गर्दै अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

ओझाविरुद्ध अधिवक्ता इन्दिरा धमलाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनी नेसनल लाइफ इन्स्योरेन्सकी बीमा अभिकर्तासमेत हुन् । धमलाले दायर गरेको रिटमा बीमा प्राधिकरणको अध्यक्ष बन्न ओझाले बीमा ऐन, २०७९ बमोजिम चाहिने कार्यानुभवको प्रमाणपत्र नक्कली पेश गरेको दाबी गरिएको छ । उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति, बीमा प्राधिकरण र ओझालाई प्रतिवादी बनाइएको छ ।

उक्त ऐन अनुसार प्राधिकरणको अध्यक्ष बन्न बीमा, मौद्रिक नीति, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर हासिल गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्छ । 

तर, उच्च व्यवस्थापकीय तहमा कार्य गरेको अनुभव नभएका ओझाले कार्यानुभवको नक्कली विवरण पेश गरेको रिटमा उल्लेख छ । ओझाविरुद्ध सर्वोच्चमा दायर गरिएको रिटमाथिको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा भइरहेको छ । ओझालाई गत फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले प्राधिकरणमा अध्यक्षको कार्यभार फागुन १३ गतेदेखि सम्हालेका हुन् । 



Source link

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ७६ पैसा र बिक्रीदर १९ रूपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १३ पैसा तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

बुधबार २३.८६ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७००.०४ बिन्दुमा


काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक २३.८६ अंकले बढेर २७००.०४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिईडिबि होल्डिङ्ग्स लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।



Source link

अनिश्चितकालीन आन्दोलनमा उत्रिए शिक्षकहरु (तस्विरहरू)


काठमाडौँ । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसँगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आएका हुन् ।

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी भएका छन् । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस् : 



Source link

काठमाडौँमा व्यापाक वायु प्रदुषण, धुँवा र धुलोले छोपियो सहर (तस्विरहरू)


काठमाडौँ । यो साताको सुरुवातदेखि नै काठमाडौं उपत्यकाको वायु प्रदुषण उच्च रहेको छ । प्रदुषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनि समस्या आइरहेको छ ।

आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौं विश्वको प्रदुषित सहरहरुमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ ।

आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।

पहिलो स्थानमा रहेको दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:



Source link

को हुन् ट्रकमा भेटिएको २५ करोडको मालिक ? 


काठमाडौँ । ट्रकमा भेटिएको २५ करोडको मालिक फेला परेका छन् । काठमाडौँको टोखास्थित झोर क्षेत्रबाट ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक फेला परेका हुन् । 

चीनतर्फ लैजाँदै गरेको अवस्थामा ट्रकबाट बरामद भएको सो रकमको मालिकको पहिचान खुलेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् । 

ती प्रहरीका अनुसार इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट उक्त रकमको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ का नारायण पौडेल रहेको खुलेको छ । 

उनी हाल काठमाडौँको टोखा नगरपालिका-१० बस्दै आएका थिए ।



Source link

नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्सबीच समझदारी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ ।
दुबै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा बुधबार बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारीले नेपाल र थाईल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने, तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । साथै, दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।
द्विपक्षिय समझदारी अन्तर्गत दुवै पक्षले व्यापार प्रवर्द्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान, र औद्योगिक सहकार्यलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, व्यापार मेला, व्यवसायिक फोरम, र विशेष आर्थिक कार्यक्रमहरूमा सहभागितालाई प्रोत्साहन गर्ने विषय  समझदारीपत्रमा समावेश गरिएको छ । यस्तै विवाद समाधान प्रणालीलाई प्रवर्द्धन गर्ने र प्राविधिक विशेषज्ञता तथा तालिम आदानप्रदानलाई सशक्त बनाउने विषय पनि समझदारीपत्रमा उल्लेख छ ।



Source link

दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पेबाट लिन सकिने


काठमाडौँ । ‘दुश्मन हेरेको हेरै’ ‘रातो रातो खुर्सानी पिरो छ’ ‘बिचबिचमा’ र अनेकौँ सुपर हिट गीत दिएका दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुँदै छ । यही बैशाख १८ गते, हायात ग्राउन्ड बौद्धमा हुन गइरहेको उक्त कन्सर्टको टिकट डिजिटल वालेट खल्ती र आइएमई पेबाट लिन सकिनेछ ।

आयोजक ट्राइएङल इन्क सँग साझेदारी गर्दै खल्ती र आइएमई पेले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिने सुविधा उपलब्ध गराएको छ । एक भाइब नै मानिएका थापा आफ्नो ऊर्जा र आकर्षक प्रस्तुतिका लागि परिचित छन् जसका कारण हेर्न आउने दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने कुरामा विश्वस्त रहेको कुरा साझेदारहरूले बताएका छन् ।

थापाको साथसाथै उक्त कन्सर्टमा अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि प्रस्तुति रहनेछ ।

कलाकार दुर्गेश थापाको सोमा टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा खुसी लागेको ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् । प्रयोगकर्ताहरूलाई सहज र विना झन्झट तरिकाले टिकट खरिद गर्ने सेवा उपलब्ध गराएको र यस सुबिधाबाट बढी भन्दा बढी प्रयोगकर्ताहरूले लाभ लिने कम्पनीले अपेक्षा गरेको खड्काले बताएका छन् ।



Source link

सुरेश र सविनको परिवारलाई १० लाख दिने सरकारको निर्णय


काठमाडौँ । तीनकुने घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्रीस्तरीय बैठकले तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको हो ।

चैत १५ गते (शुक्रबार) तीनकुनेमा राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिँदा सुरेशको तीनकुनेस्थित एक घरमा लगाइएको आगोमा जलेर मृत्यु भएको थियो भने सविनको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

मृतक दुवैजनाको पोष्टमार्टम भइसकेको छ । पोष्टमार्टमबाट सुरेशको शरीरमा कुनै पनि गोली फेला नपरेको र मृत्युको कारण जलन नै भएको पुष्टि भएको छ । त्यस्तै, सबिनको भने गोली लागेर मृत्यु भएको पुष्टि भएको छ ।



Source link

काठमाडौँ विश्वकै सबैभन्दा प्रदुषित सहर ! 


काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा प्रदुषित सहर बनेको छ । 

काठमाडौँको वायु प्रदुषण असाध्यै बिग्रेपछि काठमाडौँ विश्वकै सबैभन्दा प्रदुषित सहर बनेको हो । 

हाल काठमाडौँको एक्यूआई २३९ मापन गरिएको छ । जुन साह्रै अस्वस्थकर हो ।



Source link

थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन् । औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जान लागेका हुन् । 

आफ्नो थाइल्याण्ड भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकमा जानकारीसमेत गराएका छन् ।

उनले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्री पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चार दिनको हुनेछ । 

भ्रमणका क्रममा ओलीले थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नेछन् । त्यसबाहेक थाइल्याण्डका प्रतिष्ठित व्यवसायीसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीले पर्यटन र सांस्कृतिक सन्दर्भमा दुई समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् । उनले भ्रमणका क्रममा चैत २२ गते बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।



Source link

दुर्गा प्रसाईं लक्षित प्रधानमन्त्री ओलीको टिप्पणी- ‘त्यो तत्त्वले बैंक तथा वित्तीय संस्था ध्वस्त पार्न खोज्दैछ’ 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्था ध्वस्त पार्न खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रसाईंलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले संसदमा सम्बोधन गर्ने क्रममा दुर्गा प्रसाईंको नाम नै किटान नगरे पनि उनको अभिव्यक्ति प्रसाईं लक्षित हो भन्ने स्पष्ट बुझ्न सकिन्छ । 

प्रसाईंले पछिल्लो एक वर्षदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का नाममा बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको नेतृत्व गर्दै आएका छन् । 

‘ऋण तिर्न पर्दैन भन्दै ऋणीहरुको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक तथा वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो ।’, दुर्गा प्रसाईंलाई लक्षित गर्दै ओलीले भने, ‘त्यही तत्त्वले धर्म, संस्कृति र परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरेर साम्प्रदायिक सद्भाव बिथोल्ने काम गर्दै थियो ।’

नाम नतोके पनि प्रसाईंलाई नै लक्षित गर्दै ओलीले ऋण नतिर्ने र तिर्नु पर्दै भन्दै ऋणीहरुको भावनामाथि खेलेर बैंक तथा वित्तीय संस्था ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।



Source link

‘दुई तिहाइको सरकारले मलाई जिउँदै छोड्नु नै मेरो जित हो’- रवि लामिछाने 


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । रास्वपाको केन्द्रीय समितिको विशेष बैठकलाई सम्बोधन गर्ने क्रममा रविले यस्तो बताएका हुन् । 

उनले सरकारले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेको भन्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताएका छन् । 

‘सरकारले सक्ने जति जोड बल लगाएको छ । दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु ।’, रविले भने, ‘लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’

त्यस्तै, उनले सरकारले आफूमाथिको षड्यन्त्रको सिलसिला अझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्नेवाला पनि नरहेको जिकिर गरेका छन् । ‘सरकारको षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन । तर कुनै दिनपनि हार मानेको थिइन, कहिल्यै हार मान्नेवाला पनि छैन् ।’, उनले भने, ‘जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ । जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।’ 



Source link

सहकारी संस्थामा बचतको सीमा निर्धारण गर्नुपर्नेमा सांसदहरुको जोड


काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सहकारी संस्थामा बचत गर्ने रकमको सीमा निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा सांसद तुलप्रसाद विश्वकर्माले १० करोडभन्दा कम कारोबार हुने सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीको कार्यकाल बढीमा दुई पटकसम्म हुने व्यवस्था गर्नु उचित नहुने बताए । ‘सहकारी बचतको सीमा निर्धारण गर्नुपर्ने छ । बचत तथा ऋणको सीमा निर्धारण गरिएमा सहकारीबाट ठगिने आत्महत्यासम्मको बाटो अपनाउनुपर्ने अवस्था आउन छैन’, उनले भने।

सांसद विष्णुबहादुर विश्वकर्माले सहकारी सञ्चालक समितिको अध्यक्ष र सदस्यको पदावधिको औचित्यका आधारमा सिफारिस भएमा मात्रै पुनःनियक्ति गर्नुपर्ने प्रावधान राखिनुपर्ने सुझाव दिए । सांसद श्रीकृष्णप्रसाद अधिकारीले नियत खराब भएका सहकारीको सम्पत्ति जफत गर्ने गरी ऐनले बाटो खोल्नुपर्ने तथा नियमन र अनुगमन बढाउन कानुनी ढोका खोलिनुपर्नेमा जोड दिए ।

छलफलमा सांसदहरु राजेन्द्रलक्ष्मी गैरै, मनरुपा शर्मा, घनश्याम रिजाल, गङ्गाकुमारी बेलबासेले भाग लिएका थिए ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानुन आवश्यकताअनुसार बनाउने बताए ।

सोमबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई राष्ट्रियसभाको बहुमतले पारित समेत भएको छ ।



Source link

डिशहोमले ईजभीजको वाइफाइ आइ पी क्यामेरा बिक्री वितरण गर्ने


काठमाडौँ । ईन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ईन्टरनेटसंगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।

यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम ईन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको छ ।

घर निगरानी राख्नका लागी ईजभीजले उत्पादन गर्ने वाइफाइ आइ पी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछन् । क्यामेरा उत्पादक तथा ईन्टरनेट सेवा प्रदायकको यो सहकार्यले सहरी र अर्ध-सहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसँग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला ईन्टरनेट सेवा र वाइफाइ आइ पी क्यामेरा एकअर्काका पूरक हुने भएकाले, डिशहोमले आफ्ना वाइफाइ आइ पी आवश्यकता महशुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाईको नेटवर्क मार्फत वाइफाइ आइ पी क्यामेरा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

डिशहोम र ईजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आइ पी क्यामेरा मार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

ईजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइत भिजन, मोसन डिटे क्सन क्षमता, र मोबाइल एपहरू मार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधाहरू उपलब्ध छन्, जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि ईजभिजको प्रोडक्ट उत्कृष्ट हुनेछ । डिशहोमको ईन्टरनेट पूर्वाधार र इजभिजको नवीन तथा विश्वसनीय सुरक्षा सामाग्रीको साथ पाए पछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्नेछन् ।



Source link

डिशहोमले ईजभीजको वाइफाइ आइ पी क्यामेरा बिक्री वितरण गर्ने


काठमाडौँ । ईन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ईन्टरनेटसंगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।

यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम ईन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको छ ।

घर निगरानी राख्नका लागी ईजभीजले उत्पादन गर्ने वाइफाइ आइ पी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछन् । क्यामेरा उत्पादक तथा ईन्टरनेट सेवा प्रदायकको यो सहकार्यले सहरी र अर्ध-सहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसँग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला ईन्टरनेट सेवा र वाइफाइ आइ पी क्यामेरा एकअर्काका पूरक हुने भएकाले, डिशहोमले आफ्ना वाइफाइ आइ पी आवश्यकता महशुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाईको नेटवर्क मार्फत वाइफाइ आइ पी क्यामेरा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

डिशहोम र ईजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आइ पी क्यामेरा मार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

ईजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइत भिजन, मोसन डिटे क्सन क्षमता, र मोबाइल एपहरू मार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधाहरू उपलब्ध छन्, जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि ईजभिजको प्रोडक्ट उत्कृष्ट हुनेछ । डिशहोमको ईन्टरनेट पूर्वाधार र इजभिजको नवीन तथा विश्वसनीय सुरक्षा सामाग्रीको साथ पाए पछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्नेछन् ।



Source link