Category Archives: अर्थ

पोखरामा पड्केको बेलुन, दुर्घटना कि षड्यन्त्र ? (भिडियो ब्रिफिङ) 


काठमाडौँ । इतिहास साक्षी छ, नेपालमा साना साना बहाना बनाएर ठूला ठूला दुर्घटना घटाइएका छन् । मदन भण्डारीको निधन भयो वा उनलाई मारियो, अहिलेसम्म खुलेको छैन । बाहिर आएका कुरा जनताले पत्याएका छैनन् । आज पनि स्वर्गीय राजा बिरेन्द्रको बंशनास दिपेन्द्रले गरेका हुन् भन्ने जति किताब लेखिए पनि, जति डकुमेन्ट्री बने पनि जनताले पत्याएका छैनन् । सुशील कोइरालाको निधन सामान्य निधन थियो वा अरु केहि, यस विषयमा खोजिनिधि नै गरिएन, प्रचण्डपुत्र प्रकाश दाहालको निधन सामान्य थियो वा अरु केहि, खोजिनिधि नै गरिएन । तत्कालीन पर्यटनमन्त्रीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । सो दुर्घटना मौसम खराबका कारण मात्र थियो वा अरु केहि, बाहिर नै आएन । पछिल्लो समय, यति एयरलाइन्सको दुर्घटना दुर्घटना थिएन, बरु गम्भीर लापरवाही थियो भन्ने तथ्य बाहिर त आयो, तर यो तथ्य बाहिर आउने बेलामा थुप्रै नेपालीले ज्यान गुमाइसकेको पनि वर्ष पुगिसकेको थियो । यसपालि पोखरामा बेलुन पड्किनु पनि फगत दुर्घटना थियो, वा भित्री षड्यन्त्र केही थियो भन्ने विषय बाहिर आउन जरुरी छ ।२० लाख आन्तरिक पर्यटन भित्र्याउने भन्दै सुरु गरिएको पोखरा भ्रमण वर्ष उद्घाटनको कार्यक्रममा जसरी बेलुन पड्कियो, जसरी पोखराका मेयर र अर्थमन्त्री विष्णु पौडेलको ज्यान जल्नेगरी घटना घट्यो, सो घटना सामान्य दुर्घटना थियो वा नियोजित षड्यन्त्र भन्ने विषय अव खोतलखाताल गर्नुपर्ने बेला आएको छ । हुन त यस विषयमा छानविन समिति पनि गठन भएको छ,तर यो छानविन समिति पनि उही दरबार हत्याकाण्ड छानविन गर्न बनेको समितिले भटटट बन्दुक पड्केको भनेजस्तै हुरुरुरु आगो बल्यो भन्ने प्रतिवेदन नआओस् । र यसका लागि हामी सबैको खबरदारी आवश्यक छ ।       

कुरा शनिबारको हो । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो । समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि थिए- नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए । कार्यक्रममा यतिसम्म लापरवाही गरिएको थियो कि प्रविधिका नाममा कुनै पनि सुरक्षाको व्यवस्था नै गरिएको थिएन । बरु आगोसँग खेल्न खोजिएको थियो ।  स्टेजमा जताततै आगोको लप्का छोड्ने फायर मेसिन चलाइएको थियो । त्यसैको नजिक हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो । फायर मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा घर्षण हुँदा ठुलै दुर्घटना हुन्छ भन्ने सामान्य विषयलाई पनि नजरअन्दाज गर्दा आगो बल्यो, अर्थमन्त्रीलाई पोल्यो, मेयरमाथि आगो सल्कियो । 

धन्न भाग्य बलियो रहेछ, अर्थमन्त्री र मेयर साप बाँचे । तर बेलुन पड्किएर, आगो लागेर अर्थमन्त्री र मेयर हायल कायल हुँदा पनि स्टेजमा बसेकाहरु मुसुमुसु हाँस्दै थिए, उद्घोषक प्राविधिक कारण भनिरहेका थिए, कसैमा पनि आकस्मिकताको आभास थिएन । यसले घटनालाई थप रहस्यमयी बनाएको छ । यो घटना बारे भित्री तहसम्म पुगेर अनुसन्धान हुनैपर्छ । कुरा दुर्घटनाको मात्र होइन, कुरा दुर्घटनाभित्र कतै अदृश्य शक्तिले गलत योजना त बुनेको थिएन भन्ने विषय हो । यस विषयमा अनुसन्धान होस्, हुनुपर्छ ।

दुर्घटना त भयो, षड्यन्त्र भए पनि, मात्र दुर्घटना भए पनि । तर पोखरामा मेयर र अर्थमन्त्रीलाई आगोले छोप्दा देशको बिकासको स्थिति भने नाङ्गो देखियो । पोखराजस्तो शहरमा जलनको उपचार हुने एउटा गतिलो अस्पताल पनि बनाएको रहेनछ सकरारले । र त अर्थमन्त्री र मेयरलाई उपचारका लागि काठमाडौँ ल्याइयो । यसबाट अन्तराष्ट्रिय क्षेत्रमा के सन्देश जान्छ । त्यहि पोखरा हो, जहाँ हट एयर बेलुनको प्रचार गरेर व्यवसाय गरिंदैछ । त्यस्तो कहिले पनि नहोस्, तर पर्यटक पनि यसरी नै जले भने उनीहरुलाई त्यहीं उपचार गर्ने ठाउँ नै रहेनछ भन्ने सन्देश जाँदा पोखराको पर्यटनले कसरी बिकास पाउँछ ? अहँ पाउँदैन । पोखरामा भ्रमण बर्ष नमनाउदा पनि देशविदेशबाट लाखौँ पर्यटक आईरहेका छन् । यस्तो ठाउँमा एउटा गतिलो जलन उपचार केन्द्र पनि नहुने भएपछि देशमा सरकार हुनुको के अर्थ भयो र ? 

अहिले अर्थमन्त्री र मेयर सापको सुस्वास्थ्यको कामना गरौँ । सामाजिक संजालमा उनीहरुलाई गाली नगरौं । कारण मेयर र अर्थमन्त्री अहिले गाह्रो अवस्थामा छन् । उनीहरुलाई गाली गर्न पूरा जिन्दगी बाँकी छ, त्यसैले अहिले हतार नगरौं । तर जनताको प्रश्नको जवाफ सरकारले जरुर दिनुपर्छ, के पोखरामा एउटा गतिलो जलन उपचार केन्द्र आवश्यक छैन र ? उनीहरु त मन्त्री थिए, मेयर थिए र त  सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्याए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइयो, त्यहाँ नभए पछि काठमाडौँ आकस्मिक रुपमा हेलिकोप्टरमा ल्याइयो ।  चिकित्सकहरुका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, संक्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ । यस्तो अवस्थामा आम जनताको चिन्ता कसलाई छ ? काठमाडौँको सानदार मममा काम गर्ने मजदुरहरुको ज्यान जल्दा उनीहरुलाई थोत्रो गाडीमा राखेर अस्पताल पुर्याइयो । यस विषयमा कोहि बोलेनन् । अन्ततः उनीहरुको प्राण गयो । आगोले मान्छे चिन्दैन, के मजदुर, के मन्त्री, सरकार पनि त त्यस्तै हुनुपर्ने होइन र ?

सरकारले कान खोलेर सुनोस्, जनता र सरकारबीच यति ठुलो खाडल हुने भए सरकार हुनु र नहुनुको खास भिन्नता छैन । जनतालाई आगोले पोल्दा जति पोल्छ, जति दुख्छ, त्यहाँ भन्दा बढी सरकार नहुँदा पोल्छ, सरकार नहुँदा दुख्छ । यो घटनाबाट पाठ सिकेर, जनतालाई पोल्दा पनि उपचार हुने अस्पताल बनुन्, मन्त्री र मजदुरबीच आगोको मामलामा भेदभाव नहोस् । पोखरामा हटएयर बेलुनका नाममा चलिरहेको व्यवसाय कतिको सुरक्षित छ ? त्यहाँ बेलुन भित्र कुन ग्याँस भरिएको छ ? यस विषयमा पनि सरकारले ध्यान देओस् ।

विज्ञहरुका अनुसार मेला, महोत्सव र विभिन्न समारोहमा प्रयोग गरिने हाइड्रोजन भरिएका बेलुन जोखिमपूर्ण हुन्छ । हाइड्रोजन हल्का हुने भएकाले बेलुनमाथि उड्छ । यस विषयमा सबै सचेत हुनुपर्छ । किनकि आगोले शरीर मात्र पोल्दैन, मन पनि पोल्छ ।

जे नहुनु त्यो भयो, छानविन होस् । यहि बेला आगोले पोलिहाल्यो भने तपाईं हामीले के गर्ने भन्ने विषय पनि बुझौँ ।  
विज्ञका अनुसार आगोले छाला पोल्नेबित्तिकै सबैभन्दा पहिला पोलेको भाग चिसो बनाउनुपर्छ । तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ । पोलेको ठाउँमा घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ । तर, पोलाइ बढी नै छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन । छिटो भन्दा छिटो अस्पताल नै जानुपर्छ ।

जलनको प्राथमिक उपचारका बारेमा पनि सबैले ध्यान दिनुपर्छ । सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ । भने छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउँदा हुन्छ । पोलाई गहिरो हुँदा पनि समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने लगायतका समस्या हुन्छ, यो विषयमा ख्याल गर्नुपर्छ ।

आशा गरौँ, हाम्रा अर्थमन्त्री र मेयरलाई छिट्टै निको हुनेछ । अपेक्षा गरौँ यो घटनाबाट पाठ सिकेर सरकारले जलन उपचार केन्द्र सातै प्रदेशमा निर्माण गर्नेछ । आशा गरौँ, पोखराको बेलुन पड्केको घटनाको पनि निष्पक्ष छानविन हुनेछ । कोहि दोषी प्रमाणित भए उनीहरुलाई सजाया हुनेछ । र फेरी पनि भन्छौँ- आगो सँग नखेलौं । पानी रिसाए पछि बाढीको बितण्डा निम्त्याउँछ, आगो रिसाएपछि त कसैले आथ्था पनि भन्न नपाई सिद्धिने अवस्था आउन सक्छ । सबै सबैलाई चेतना भया । (भिडियो)    



Source link

कोहि त सुनिदेऊ बैंकरका पीडा…! (सम्पादकीय)


काठमाडौँ । खुलेर भन्न नसके पनि नेपालमा प्राइभेट बैंकमा जागिर खानेको दैनिकी यस्तै छ- बिहान जुरुक्क उठ्यो, हातमुख धोयो, खाना पकायो, खायो, अफिस कुदिहाल्यो । दिउँसो कामको तनाव, टार्गेटको प्रेसर, क्लाइन्टको किचकिच, कस्टमरको रिस, हाकिमको गाली सहनु नै छ । बेलुकी अबेर घर फर्कियो, खाना पकायो, खायो सुतिहाल्यो, किनकी भोलि फेरि अफिस जानू नै छ ।

जबजब मसान्त लाग्छ, मन उसै असान्त हुन्छ । रिकभरीको तनाव, बढेको कामको तनाव, के के हो के के ? तलव आउने दिनदेखि दुईचार दिन खुसी भयो, यताउता तिरोतारो, सरसपट उधारो तिर्दातिर्दै तलव सकिहाल्यो, पाँचौँ दिनदेखि फेरि तनाव । धन्न बोनसले श्वास भरिएको छ । बल्ल बल्ल पाएको जागिर नगरेर के गर्नु ? र त मनै नलागे पनि जागिर गरिएकै छ ।

मान्छेले देख्दा बैंकरको जिन्दगी कम्ति हरिप छैन । टक्क टाइ शुट लगायो, आइडी कार्ड भिर्यो, बैंक छिर्यो, एसीमा बस्यो । तर, चीसो एसीमा बस्दा कामको प्रेसरले ज्यान भतभती पोलेको कसले देख्ने ? चिटिक्कको कोटसँगै लगाएको टाई भन्दा कसिला जिम्मेवारी कसले देख्ने ?

बैंकका जागिरेको तनाव यतिकैमा रोकिँदैन । सँगै पढेको साथी विदेशमा छ, दिनभर मस्काउने, चम्काउने, टल्काउने काम गरे पनि रात परेपछी सामाजिक संजालमा उसको फुर्ती बेग्लै हुन्छ । बल्ल बल्ल बिदाको दिन पारेरै भए पनि समुन्द्र छेउ फोटो खिचेर हाल्छ । यता आफ्नो बल्ल बल्ल शनिबार बिदा हुन्छ, त्यही दिन बैंकले ट्रेनिङ भनेर बोलाउँछ । काम नगरौँ टार्गेटको प्रेसर, काम गरौँ कुन बेला कुन गलत ठाउँमा गरेको सहिले जिवनभर पोल्ने हो थाहा छैन । यति मरेर काम गर्दा पनि प्रमोसनका बेला कुमचाहिँ हाकिमको चाप्लुसी गर्नेले उछिन्छ । रात विरात नसुती पढेर बल्ल बल्ल पास गरेर खाएको जागिरमा पावर लगाउनेकै रबैया छ, पावर लगाउनेकै छिटो प्रमोसन छ ।

ओहो ! जिन्दगीमा तनाव छ कि तनावको थुप्रोमा एक थान जिन्दगी छ भनेजस्तै भएको छ आजकल धेरै बैंकरलाई । अनि त्यसपछी के हुन्छ ? के हुनु नि ? बरु ह्या ! विदेश नै जान्छु भन्छ एउटा बैंकर । अनि एक, दुई, १०, ५०, सय हुँदै हजार, हजार हुँदै हजारौँ बैंकरहरु ह्या जागिर ! भन्दै विदेशिन थालेका छन् ।

अहिले विदेश भासिने बैंकरको संख्या यति बढेको छ कि ३० वर्षभन्दा कम उमेर समूहका बैंकर आज विकास बैंकमा, भोलि वाणिज्य बैंकमा र अर्को महिना एयरपोर्टमा भेटिन थालेका छन् । जुनियर अधिकृतहरु त झन्न विदेश जाने क्रम यसरी बढेको छ कि अब केही वर्षपछि बैंकमा मध्यम तहका दक्ष जनशक्तिकोको चरम अभाव हुने देखिन्छ । जागिर खाने समयमा ३ वर्ष बैंक छोड्दिन भन्नेहरु त्यही बैंकमै बसेर विदेशमा अप्लाई गर्छन्, भिसा झरेपछी राजिनामा दिन्छन् ।

अब यो समस्याको समाधान खोज्न आवश्यक छ । कतै हामीले बैंकिङलाई आवश्यक भन्दा ‘टफ’ बनायौँ कि ? बैंकिङ गर्दागर्दै जिन्दगी जिउन नै बिर्सने पो गरायौँ कि ? गम्भीर समीक्षा गर्न आवश्यक छ । बाँच्नलाई जागिर खाने हो, जागिर खानलाई बाँच्ने होइन भन्ने सत्य पो बिर्सियौँ कि ? एक पटक घोत्लिएर सोच्ने बेला भयो कि ? सम्बन्धित सबैको ध्यान पुगोस् । बैंकरका समस्याभित्रै पुगेर हल खोज्ने प्रयत्न गरियोस् ।



Source link

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमयदर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६६ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १० पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४९ पैसा र बिक्री दर १९ रूपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रूपैयाँ चार पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ६३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ २८ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धित विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

घरमै पैसाको चाङ भेटिएका ‘लिटिल बुद्ध’ राम बहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर 


काठमाडौँ । ‘लिटिल बुद्ध’ को नामले परिचित राम बहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरिएको छ । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले सोमबार सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको हो । 

अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको छ । 

बमजनविरुद्ध यसअघि बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ । बुढानिलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मार्दा प्रहरीले १६ वटा देशको मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको थियो ।

स्रोत नखुलेको करोडौँ रुपैयाँ घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेपछि बमजनविरुद्ध अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरणको प्रक्रिया सुरु गरेको हो ।



Source link

गिरीबन्धुको फाइल मगाउँदै सर्वोच्च अदालतले भन्यो- ‘प्रधानमन्त्रीलाई कारवाही किन नगर्ने ?’ 


काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रधानमन्त्रीसँग लिखित जवाफ मागेको हो ।

गिरीबन्धु टि इस्टेट प्रकरणमा सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न मन्त्रिपरिषद् कार्यालय र भूमि व्यवस्था मन्त्रालयको नाममा आदेश दिएको हो । 

सो आदेशमार्फत अदालतले गिरीबन्धु टि इस्टेट मुद्दाको फैसला कार्यान्वयन नगरेको र हदबन्दी खुकुलो पार्ने अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलनामा कारबाही किन नगर्ने ? भनी लिखित जवाफ मागेको छ ।

सँगै अदालतले गिरीबन्धु टि इस्टेट सम्बन्धी मुद्दाको सक्कल मिसिल समेत झिकाउन आदेश दिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धुको मुद्दामा भएको फैसला कार्यान्वयनको साटो हदबन्दी खुकुलो हुने गरी अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री केपी ओली लगायतमाथि अवहेलना कारबाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।



Source link

अबदेखि बीमा प्राधिकरणका कर्मचारीमाथि सरकारले निगरानी गर्ने, भ्रष्टाचार गर्न पल्केका कर्मचारी त्राहिमाम ! 


काठमाडौँ । सरकारले अबदेखि बीमा प्राधिकरणका कर्मचारीमाथि निगरानी गर्ने भएको छ । बीमा नियमावलीमा एउटा बुँदा थप गर्दै सरकारले अबदेखि प्राधिकरणका कर्मचारीमाथि पनि निगरानी गर्ने व्यवस्था गरेको हो ।

जुन बुँदामा बीमा प्राधिकरणभित्रका कर्मचारीहरुको गतिविधि, कार्यदक्षता, काम गर्ने वातावरण जोखिम नियन्त्रणको उपाय, सूचना प्रविधि लगायतका विषयमा आन्तरिक नियन्त्रण प्रणालीमार्फत नियमित अनुगमन गर्ने व्यवस्था गरिएको छ । 

यसका लागि बीमा प्राधिकरणका अध्यक्षले एक जना छुट्टै कर्मचारी नियुक्त गर्नुपर्नेछ । यो व्यवस्था अनुसार अबदेखि अधिकारप्राप्त कर्मचारीले त्रैमासिक रुपमा केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुमा समेत तीन-तीन महिनामा अनुगमन गरी प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्नेछ । 

त्यस्तै, अब बीमा प्राधिकरणमा लेखापरीक्षण समिति पनि गठन गरिनेछ । जुन समितिले प्राधिकरणको आन्तरिक खर्च नियन्त्रण गर्नुका साथै प्राधिकरणमा भएको नीतिगत निर्णयहरुमाथि पनि छानबिन गर्न सक्नेछ । यसरी सरकारले नै प्राधिकरणमाथि निगरानी गर्ने भएपछि भ्रष्टाचार गर्न पल्किएका केही कर्मचारीहरु त्राहिमाम बनेका छन् । 



Source link

१४४ वर्षपछि लागेको महाकुम्भ मेलामा दर्शनार्थीको भिड (तस्विरहरु)


काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा यतिबेला महाकुम्भ मेला चलिरहेको छ । १४४ वर्षपछि लागेको यस महाकुम्भ मेलामा महास्नानका लागि देश तथा विदेशबाट दैनिक लाखौंको सङ्ख्यामा तीर्थालुहरू पुगेका छन् ।

हालसम्मको तथ्यांकअनुसार प्रयागराजको त्रिवेणी सङ्गममा ५० करोड भन्दा बढी तीर्थालुहरूले पवित्र स्नान गरिसकेका छन् । साथै, मेलामा साधुसन्त, तपस्वीहरू तथा अन्य धर्मावलम्बीहरूको उपस्थिति रहेको छ ।

महाकुम्भ मेला विश्वकै सबैभन्दा ठूलो मेला भएकाले पनि त्यहाँ भक्तजनको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मेलामा व्यापारीहरूले पूजाका सामाग्रीहरू, लत्ता कपडा, खेलकुदका सामाग्रीहरू तथा खानेकुराको पनि ठेला राखेर व्यापार गर्दै आइरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः



Source link

संयोग कि बेइमानी ?, डिसेम्बर तेश्रो साता टुंगो लागेको थियो खल्ती र आईएमईको मर्जर, त्यसपछि बिग्रिरह्यो इसेवा


काठमाडौँ । इसेवा हप्तैपिच्छे बिग्रिरहनु र आइएमई पेको मर्जरको घोषणा हुनुभित्र षड्यन्त्र देखिनेगरी गम्भीर प्रकृतिको ‘संयोग’ देखिएको छ । आइएमई खल्ती डटकम डोमेनमा आउन लागेको आईएमई पे र खल्तीको मर्ज्ड वालेटको मर्जर टुंगो लाग्ने वरपरको समयबाट इसेवा बिग्रिन थालेको र आइएमईखल्ती डटकम दर्ता भएको दिनबाट इसेवा पटक पटक बिग्रेको र इसेवा यसरी बिग्रिएपछि प्रयोगकर्ताहरु आइएमई पे र खल्तीमा सिफ्ट भएको पाइएको छ ।
अव यो विषयलाई तथ्यमा हेरौं ।
खल्ती र आईएमई पेको मर्जरको विषयमा केहि समय अघि देखि नै छलफल भए पनि यो प्रक्रिया सिरियस रुपमा २०२४ डिसेम्बर दोश्रो साता अगाडी बढेको थियो । आईएमई पे र खल्तीका अधिकारीहरुबीच वालेटको नाम के राख्ने भन्ने विषयमा छलफल भएको थियो । अचम्मको संयोग त के छ भने, डिसेम्बर दोश्रो सातामा आईएमई पे र खल्ती बीच मर्जर प्रक्रिया सिरियसली अगाडी बढेको केहि दिनपछि नै अर्थात डिसेम्बर २ तारिखमा इसेवामा ठुलो समस्या आएको देखिन्छ । इसेवामा त्यति बेला कतिपय सेवामा भुक्तानी नहुने समस्या देखिएको थियो । त्यतिबेला इसेवाले सूचना नै प्रकाशन गरेर आफ्नो वालेटमा समस्या देखिएको भनेको थियो भने केहि समयपछि आफ्नो सेवा सूचारु भएको जानकारी दिएको थियो ।
 
यस अगाडी इसेवामा यस्तो समस्या बिरलै देखिन्थ्यो । तर आईएमई पे र खल्तीबीचको मर्जरको प्रक्रिया अगाडी बढ्ने बित्तिकै इसेवामा ठुलै समस्या आउनेगरी अचम्मको संयोग देखियो ।
इसेवा हप्तेपिच्छे बिग्रने समस्या यसअघि देखिएकै थिएन । तर आईएमई पे र खल्तीको मर्जर प्रक्रियाले मुहुर्त रुप दिनै लाग्दा डिसेम्बर २६ तारिखमा इसेवामा पुन: समस्या आयो । अर्थात एक दिन बिग्रिएर सुल्झाइएको भनिएको समस्या ३ दिनपछि पुन: देखियो । सो दिन पनि थुप्रै प्रयोगकर्ता इसेवाबाट सिफ्ट भई खल्ती र आइएमई पेसम्म पुगेको देखिन्छ ।
यसैबीच खल्ती र आइएमइ पे मर्जरको औपचारिक आन्तरिक निर्णय डिसेम्बर ३१ मा भएको देखिन्छ । आइएमईखल्ती डटकम डोमेन दर्ता भएको मिति २०२४-१२-३१ तारिखले यसको पुष्टी गर्छ । २०२४ डिसेम्बर ३१ गते सो डोमेन दर्ता भएपछि पुन: जनवरी २७ मा इसेवा बिग्रिएको छ । इसेवाको १६औ एनिभर्सरी २५ जनवरीमा मनाइएको थियो । एनिभर्सरी अगाडी एप बिग्रने क्रममा ज्ञाप हुनु र एनिभर्सरी सकिने बित्तिकै जनवरी २७ मा पुन: इसेवा बिग्रनुले अनेक शंकामा बल दिएको थियो ।
इसेवा बिग्रने क्रम यतिमै रोकिएन । पुन: फेब्रुवरी २ तारिखमा इसेवामा समस्या आयो । त्यसको एक साता नबित्दै पुन: फेब्रुअरी ६ मा इसेवामा ठुलै समस्या देखियो । त्यसको केहि दिनपछि अर्थात फेब्रुअरी १६ मा आईएमई पे र खल्ती मर्जरमा जाने घोषणा गरियो भने राष्ट्र बैंकमा सो को प्रक्रिया अगाडी बढिसकेको भन्ने समाचार बाहिरियो ।
इसेवा बिग्रिदा पनि इसेवाका प्राविधिक कर्मचारीले यो नियोजित भएको आशय प्रकट गरिरहेका थिए । इसेवा स्रोतलाई नै कोड गरेर हामीले इसेवा बिग्रिनु र त्यहाँका सीइओले कम्पनी छोड्न लागेको चर्चा चल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ भनेर प्रष्ट लेखेका थियौँ । अझ इसेवाका कर्मचारीले पहिलोपटक इसेवा वालेटमा समस्या आएकै दिनपछि पटक पटक केहि समयका लागि इसेवामा समस्या आउने बताएका थिए । हामीले उनीहरुको सो दाबीलाई पनि कोड गरेका थियौँ । नभन्दै त्यस्तै भयो, इसेवा बिग्रिरह्यो, र अन्तत: आइएमई र खल्ती मर्जरको समाचार बाहिरियो ।
यो बीचमा इसेवाका सीइओ जगदीश खड्काले खल्तीका सीइओलाई समेत पटक पटक सम्पर्क गरेको देखिन्छ । यसअघि खासै यसरी तारान्तर बिग्रने समस्या नदेखिएको भए पनि यसपटक भने इसेवा शंका मात्र होइन, पूरापुर शंका हुनेगरी बिग्रियो । अझ इसेवा बिग्रिरहेका बेला इसेवाकै कर्मचारीहरु भन्दै थिए, इसेवा बिग्रनुको कारण केहि समयपछि थाहा हुन्छ, एप पटक पटक बिग्रनेवाला छ । हामीले यीनै खबर अर्थ सरोकारमार्फत प्रकाशन गरिरह्यौं । संयोग नै सहि आखिर यस्तै भयो ।
आशा गरौँ, यो संयोगमात्र होस् । किनकि यदी यो षड्यन्त्र थियो भने यो हदैसम्मको बदमासी हो, इसेवालाई सीइओले दिएको धोका हो । यदी यो संयोगभन्दा बढी केहि हो भने, यो हदैसम्मको कर्पोरेट बेइमानी हो । अझ तथ्य यस्तो पनि देखिएको छ, इसेवामा खासै नेगेटिभ कमेन्ट पछिल्लो समय कम आउंथे । तर निरन्तर इसेवा बिग्रिएपछि नकारात्मक कमेन्टको ओहिरो मात्र थिएन, इसेवा खत्तम भयो, झुर भयो, अव आईएमई पे जाने हो भनेर कमेन्टगर्नेहरुमध्ये केहि इसेवामा प्राविधिक रहेकाहरुकै साथीभाई थिए । इसेवाले यो विषयलाई चानचुन लिनु हुन्न, हुँदै हुन्न । यदी यो संयोग भन्दा बढी केहि रहेछ भने, इफ र बट बिना इसेवालाई धोका दिनेहरुमाथि कारवाही हुनुपर्छ ।



Source link

खल्ती र आईएमई पेबीच मर्जरको सम्झौता, नाम ‘आईएमई खल्ती’, इसेवा अब सिधै दोश्रो !


काठमाडौँ । खल्ती र आईएमई पेबीच मर्जरको सम्झौता भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पेबीच फागुन ४ गते मर्जरसम्बन्धी सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिए लगतै  खल्ती र आईएमई पे मर्ज हुनेछन्  । मर्जर पश्चात् कम्पनीको नाम  ‘आईएमई खल्ती’ हुने भएको छ।

भुक्तानी सेवा प्रदायकहरुबीच यो पहिलो मर्जर हुन लागेको हो । हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ ।



Source link

प्रतितोला २७ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७०० रुपैयाँले घटेर एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १९५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४३ हजार ६ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६७६ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।



Source link

युके पठाउने भन्दै ३२ लाख ५७ हजार ठग्ने पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ घर भई काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ०५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन १ गते काठमाडौँ महानगरपालिका वडा नं.  २६ बाट पक्राउ गरेको हो ।
अधिकारीले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर ३२ लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।



Source link

केरा प्रतिदर्जन १५० रुपैयाँमा किनबेच हुँदै, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?


काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २५, आलु रातो प्रतिकेजी रू ३५, आलु रातो (भारतीय) प्रतिकेजी रू ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रू ८०, गाजर (लोकल) प्रतिकेजी रू ३५, गाजर (तराई) प्रतिकेजी रू ३०, बन्दा (लोकल) प्रतिकेजी रू १५, बन्दा (तराई) प्रतिकेजी रू १५, बन्दा (नरिवल) प्रतिकेजी रू १५, काउली स्थानीय प्रतिकेजी रू १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रू २०, काउली (तराई) प्रतिकेजी रू १५, मूला रातो प्रतिकेजी रू ३०, मूला सेतो (लोकल) प्रतिकेजी रू २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रू २५, भन्टा लाम्चो प्रतिकेजी रू ३० र भन्टा डल्लो प्रतिकेजी रू ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रू ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रू ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रू ४०, घिउ सिमी (राजमा) प्रतिकेजी रू ११०, टाटे सिमी प्रतिकेजी रू ४०, तिते करेला प्रतिकेजी रू ११०, लौका प्रतिकेजी रू ६०, घिरौला प्रतिकेजी रू १००, फर्सी पाकेको प्रतिकेजी रू ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रू १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रू १५, भेण्डी प्रतिकेजी रू ११०, सखरखण्ड प्रतिकेजी रू ७०, बरेला प्रतिकेजी रू ३५, पिँडालु प्रतिकेजी रू ९०, स्कूस प्रतिकेजी रू ४०, रायो साग प्रतिकेजी रू १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रू ५०, तोरीको साग प्रतिकेजी रू २५, मेथीको साग प्रतिकेजी रू ५०, प्याज हरियो प्रतिकेजी रू ३०, बकुला प्रतिकेजी रू ६०, तरूल प्रतिकेजी रू ८०, च्याउ (कन्य) प्रतिकेजी रू १२० र च्याउ (डल्ले) प्रतिकेजी रू ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रू ३०, चुकुन्दर प्रतिकेजी रू ६०, सजिवन प्रतिकेजी रू १८०, रातो बन्दा प्रतिकेजी रू ६०, जिरीको साग प्रतिकेजी रू ६०, ग्याठ कोबी प्रतिकेजी रू ७०, सेलरी प्रतिकेजी रू ४००, पार्सले प्रतिकेजी रू ७००, सौफको साग प्रतिकेजी रू ६०, पुदिना प्रतिकेजी रू ४००, गान्टे मूला प्रतिकेजी रू ६०, इमली प्रतिकेजी रू १६०, तामा प्रतिकेजी रू १००, तोफु प्रतिकेजी रू १२० र गुन्द्रुक प्रतिकेजी रू ३०० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रू २३०, स्याउ (फूजी) प्रतिकेजी रू ३००, केरा (दर्जन) रू १५०, कागती प्रतिकेजी रू १६०, अनार प्रतिकेजी रू ३२०, अङ्गुर (हरियो) प्रतिकेजी रू २२०, अङ्गुर (कालो) प्रतिकेजी रू ३३०, सुन्तला (नेपाली) प्रतिकेजी रू १६०, सुन्तला (भारतीय) प्रतिकेजी रू १२०, तरबुजा (हरियो) प्रतिकेजी रू ५०, मौसम प्रतिकेजी रू १५०, जुनार प्रतिकेजी रू ११०, भुइँकटहर प्रतिगोटा रू १८०, काँक्रो (लोकल) प्रतिकेजी रू १४०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रू ५०, रूख कटहर प्रतिकेजी रू ११०, नासपाती (चाइनिज) प्रतिकेजी रू २५०, मेवा (नेपाली) प्रतिकेजी रू ६०, मेवा (भारतीय) प्रतिकेजी रू १००, अम्बा प्रतिकेजी रू १२०, लप्सी प्रतिकेजी रू ६०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रू ४१० र किबी प्रतिकेजी रू २५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रू १२०, खुर्सानी सुकेको प्रतिकेजी रू ४००, खुर्सानी हरियो प्रतिकेजी रू ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रू ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रू ५०, भेडेखुर्सानी प्रतिकेजी रू ६०, लसुन हरियो प्रतिकेजी रू ६०, हरियो धनिया प्रतिकेजी रू ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी रू ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रू ३००, छ्यापी सुकेको प्रतिकेजी रू १६०, छ्यापी हरियो प्रतिकेजी रू २५०, ताजा माछा (रहु) प्रतिकेजी रू ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रू २६०, ताजा माछा (छडी) प्रतिकेजी रू २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रू ४५०, राजा च्याउ प्रतिकेजी रू ३०० र सिताके च्याउ प्रतिकेजी रू ८०० तोकेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।



Source link

७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४.८३ प्रतिशत र खर्च ४०.५८ प्रतिशत छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो भने रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत सुरुवाती विनियोजनको तुलनामा ९०.९९ प्रतिशत मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ । अर्थात् चालु आर्थिक वर्षमा रू १६ खर्ब ९२ अर्ब ७३ करोड २५ लाख बराबर मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान छ ।

सुरुवाती विनियोजनको तुलनामा माघ मसान्तसम्म सरकारको चालु खर्च ४५.८२ प्रतिशत छ । चालुगत शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा सात महिनामा रू पाँच खर्ब २२ अर्ब ६२ करोड ५३ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा रू ६८ अर्ब ४१ करोड ५९ लाख मात्रै खर्च भएको छ । अर्थात् सुरुवाती विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च १९.४२ प्रतिशत हो ।

सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४४.६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बजेट रहेकोमा हालसम्म सुरुवाती विनियोजनको ४४.६ प्रतिशत खर्च भएको छ ।

सरकारको बजेट खर्च मात्र नभइ राजस्व संकलन पनि कमजोर छ । कूल रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्ममा रू छ खर्ब ५९ अर्ब ७३ करोड ५७ लाख राजस्व असुली गरेको छ । सात महिनाको राजस्व संकलन सुरुवाती लक्ष्यको ४४ दशमलव ८३ प्रतिशत हो ।

यो अवधिमा कर राजस्व ४४.०५ प्रतिशत र गैरकर राजस्व ५७.१५ प्रतिशत उठेको छ । कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख असुली गर्ने सरकारको लक्ष्य रहेकोमा हालसम्म रू पाँच खर्ब ६५ अर्ब ६४ करोड ३६ लाख बराबर उठेको छ । त्यस्तै, गैरकरतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख राजस्व उठाउने वार्षिक लक्ष्य रहेकोमा माघ मसान्तसम्ममा सुरुवाती लक्ष्यको ५७ दशमलव १५ प्रतिशत अर्थात् रू ७७ अर्ब २१ करोड तीन लाख बराबर असुली भएको छ ।

चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान लिन लक्ष्य राखेको सरकारले हालसम्म रू आठ अर्ब ८२ करोड ६० लाख बराबर मात्रै उठाएको छ । यो वार्षिक लक्ष्यको १६.८७ प्रतिशत हो ।



Source link

बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने सर्वोच्च्को फैसला


काठमाडौँ । सर्वोच्च अदालतले विशेष ऐनद्वारा सञ्चालित बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने फैसला गरेको छ । स्वावलम्बन विकास बैंकले दायर गरेको रिटमाथि फैसला गर्दै अदालतले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐनका प्रावधान आकर्षित नहुने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह, राउत, न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, बिनोद शर्मा, शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले स्वावलम्बन विकास बैंकले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐनका प्रावधान लागू हुने यसअघिको श्रम अदालतको फैसला बदर गर्न माग गर्दै दायर गरेको रिट जारी गरेसँगै यो विवादको पनि अन्त्य भएको छ ।

यसअघि सर्वोच्च अदालतले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लाग्ने र नलाग्ने दुईथरी व्याख्या गरेको थियो । दुईथरी व्याख्या भएको भन्दै सर्वोच्च अदालतकै दुई जना न्यायाधीशहरूले यो विवादलाई वृहत पूर्ण इजलासबाट सुनुवाइ गरेर टुङ्गो लगाउन आदेश दिएका थिए ।



Source link

‘अहिले पनि ७ प्रतिशतमा लिएको ऋणको ब्याज १६ प्रतिशतसम्म तिर्नुपरेको छ’- विष्णुप्रसाद घिमिरे (अन्तर्वार्ता) 


काठमाडौँ । घरजग्गा व्यवसाय पछिल्लो समय शिथिल अवस्थामा छ । घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको छ । अर्थतन्त्र सुधारको लागि घरजग्गा कारोबारमा सुधार हुनुपर्ने सरोकारवालाहरुले धारणा राख्दै आएका छन् । तर, घरजग्गा कारोबार पछिल्लो समय धेरै सुधार हुन सकेको छैन । प्रस्तुत छ, घरजग्गा कारोबार सुधार हुन नसक्नुका कारण र सरकारले ल्याएको अध्यादेशले घरजग्गा कारोबारमा सुधार ल्याउन सक्छ वा सक्दैन भन्ने विषयमा घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेसँग गरिएको संक्षिप्त कुराकानीः 

घरजग्गा कारोबारको अवस्था कस्तो छ ? 
घरजग्गा कारोबारको अवस्था सबैलाई थाहा नै भएको छ । घरजग्गा कारोबारमा शिथिलता नै छ । हरेक महिनाको तथ्याङ्क हेर्दा बढेको देखिए पनि भित्री रुपमा शिथिलता नै छ । सुधार हुने अपेक्षा राख्दा राख्दै अहिलेसम्म सुधार हुन सकेको छैन । समग्रमा भन्दा घरजग्गा कारोबारबाट चित्त बुझाउने ठाउँ छैन ।

लामो समयसम्म घरजग्गा कारोबारमा सुधार हुन नसक्नुका कारण के हो जस्तो लाग्छ ?
मंसिर महिनाको घरजग्गा कारोबार हेर्ने हो भने ४७ हजार लिखत पास भएको थियो । पुस महिनामा बढेको छ । भने पुस महिनामा सबैभन्दा धेरै ४ अर्ब १५ करोड बराबरको राजश्व संकलन भएको थियो । तर घरजग्गा व्यवसायीहरु कारोबारबाट सन्तुष्ट छैनौँ । यति मात्रै होइन कारोबार धेरै हुनुपर्ने हो । विगतको तुलनामा बढ्दै जानुपर्ने हो तर हुन सकेको छैन । हरेक महिना ४७ हजार मात्रै नभएर एक लाख लिखित पास हुनुपर्छ । 

घरजग्गा कारोबारबाट राज्यलाई १० अर्ब बढी राजश्व संकलन हुनुपर्छ । जुन हिसाबले कारोबारमा वृद्धि हुनुपर्ने हो त्यो हिसाबले भएको छैन । कारोबार माथि उठ्न सकेको छैन । कारोबार कम हुँदा घरजग्गा व्यवसायीहरुको आर्थिक अवस्था पनि नाजुक छ । कारोबार भएपनि नभए पनि बैंकलाई पैसा व्यवसायीहरुले तिर्नुपर्छ । अन्य व्यक्तिगत वा घरजग्गा नै धितो राखेर भएपनि बैंकको सावा,ब्याज तिर्नुपर्ने अवस्था भएको छ । 

यस्तै अवस्थामा रह्यो भने ठूला व्यवसायीहरुले पनि तिर्न नसक्ने अवस्था छ । सरकारले घरजग्गा कारोबारमा देखिएको सिथिलता हटाउनको लागि घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । घरजग्गा कारोबारलाई सुधार नगरी आर्थिक अवस्था सुधार हुँदैन सरकारले भन्ने तर सुधारको पक्षमा लागेको भने देखिएको छैन । सरकारले सुधारको लागि काम गर्छु भनेर प्रतिवद्धता जनाउने तर काम भने नगर्ने अवस्था छ । सरोकारवाला निकायहरुलाई घरजग्गा कारोबार सुस्त भएकाले अर्थतन्त्रमा सुधार हुन नसकेको भन्ने लागेको हो भने घरजग्गा कारोबारलाई सुधार गरेर लैजान आग्रह गर्दछु । घरजग्गा कारोबार सुधारको लागि आवश्यक नीति नियमहरु तत्काल सुधार गर्न सरकारलाई आग्रह गर्दछु । 

घरजग्गा कारोबार सहकारीमा देखिएको समस्यासँग जोडिएको भन्न थालिएको छ । वास्तविकता के हो ? 
सहकारी र घरजग्गा कारोबार एक अर्काका परिपूरक हुन । सहकारी एक हिसावले बैंक नै हो । सबै सहकारीमा समस्या थिएन । एउटामा समस्या आउँदा सबै सहकारीमा समस्या देखियो । निक्षेपकर्ताहरु एकै पटक सहकारीको रकम र्फिता गर्दा राम्रो गरिरहेको सहकारीमा पनि समस्या भएको छ । बैंकका पैसा राख्ने सबै निक्षेपकर्ता एकैपटक पैसा झिक्न जाने हो भने बैंकले पनि पैसा दिनसक्ने अवस्था हुँदैन । 

बैंकहरुले अन्य क्षेत्रमा लगानी गरेको हुन्छ । बैंकहरु भन्दा सहकारीमा ऋण लिन सहज हुने भएकाले सहकारीबाट बढी ऋण लिने गरेका थिए । बैंकमा ऋण लिन र तिर्न सहज नभएकाले पनि सहकारीबाट ऋण लिनेहरु वृद्धि भएका थिए । त्यसले पनि घरजग्गा कारोबारमा समस्या परेको छ । 

घरजग्गा व्यवसायीहरुको बैंकसँगको सम्बन्ध कस्तो छ ?
बैंकहरुले घरजग्गा व्यवसायीहरुलाई ऋण प्रवाह गर्दा जुन ब्याजदरमा ऋण दिएको थियो । बैंकबाट ऋण लिदा निर्धारण गरेको ब्याज दोब्बरसम्म हुन पुगेको थियो । ७ प्रतिशतमा लिएको ऋणको अहिले पनि १६ प्रतिशतसम्म ब्याज तिरिरहेका छौं । 

बैंकको ब्याजदरमा पनि स्थिरता भएन । व्यवसायीहरुले १० देखि १५ वर्षसम्मको कर्जा लिएको हुन्छ । त्यो समयसम्म बैंकले ब्याज बढाउनुभएन । व्यवसायीहरुले आम्दानीका हिसावले ऋण लिएको हुन्छ । आम्दानी नबढ्ने तर ब्याज वृद्धि हुँदै जाँदा व्यवसायीहरु समस्यामा परेका हुन् । बैंकहरुले पनि व्यवसायीहरुलाई सहुलियत दिने खालका योजना छैन । राष्ट्र बैंकले कडाई गरेको हुन्छ । ठूला व्यवसायीहरु पनि धराशायी अवस्वामा पुग्ने देखिएको छ । बैंकमा ७ खर्ब बढी तरलता रहेको छ । बैंकसँग पनि व्यवसायीहरुको विश्वास नभएकाले कर्जा लिन जाने अवस्था भएको छैन । 

सरकारले ल्याएको अध्यादेश ल्याएर सहजिकरण गरेको छ, सरकारले ल्याएको अध्यादेशका विषयमा घरजग्गा व्यवसायीहरुको धारणा के हो ? 
सरकारले ल्याएको अध्यादेश व्यवसायीहरुको हितको लागि लाएको देखिन्छ । घरजग्गा व्यवसायीहरुको सुझावलाई पनि समेटेर अध्यादेश आएको छ । नेकपा एमाले र नेपाली काँग्रेस दुई ठूला पार्टीको समिकरणमा बनेको सरकारले निजी क्षेत्र र लगानीमैत्री वातावरण बनाउनको लागि अध्यादेशमार्फत धेरै नीतिगत सुधारको पक्षमा देखिएको छ । 

विदेशी लगानी मुलुकभित्र भित्र्याउनका लागि ल्याएका नीतिहरु सकारात्मक छन् । अध्यादेशले घरजग्गा व्यवसायीको पक्षमा धेरै बोलेको छैन । त्यसको लागि नेपाल राष्ट्र बैंकले ल्याउने नीति नै हो । अध्यादेशमा भूमिसम्बन्धि आएका संशोधित कानूनमा हदबन्दीको विषय ल्याएको छ । घरजग्गामा लागू भएको हदबन्दीमा गरेको परिवर्तन गरेको छ । तर त्यो पनि पर्याप्त हुँदैन । सरकारले हरेक वर्षको बजेटमा नयाँ शहर बनाउने कुरा गरेको छ । त्यही खालका नीतिहरु आइरहेका छन् । त्यो नीतिका हिसाबले अध्यादेशमार्फत ल्याएको हदबन्दी पुगेको छैन । 

अध्यादेशमा जग्गाको हदबन्दी उपत्यकामा ५० रोपनी र उपत्यका बाहिर २० विघासम्म हदबन्दी नलाग्ने भनिएको छ । व्यक्तिगत हिसावमा सरकारले ल्याएको हदबन्दी ठिक भएपनि नयाँ शहर बनाउने योजनाका लागि प्रयाप्त देखिँदैन । २० विघामा सहर बनाउन सकिँदैन । सरकारको लक्ष्य ५० विघामा खुला क्षेत्र राखेर सहर बनाउने लक्ष्य हो । शहर बनाउनको लागि हदबन्दी लागू नहुने नीति आवश्यक छ । सरकारले अहिले कायम गर्न खोजेको हदबन्दीलाई खुकुलो बनाउन आवश्यक छ । सरकारले ल्याएको अध्यादेश मुलुकमा आर्थिक रुपान्तरण गर्ने ल्याएको भन्ने बुझिन्छ । अध्यादेशको नियमावली बनाएर कार्यान्वयन पक्षलाई बलियो बनाउन आवश्यक छ । अध्यादेशको महासंघले स्वागत गरिसकेको छ । 

घरजग्गा कारोबारमा विभिन्न विकृतिहरु रहेका छन्, घरजग्गा कारोबारमा भएका बेथितिलाई कसरी व्यवस्थित बनाउने योजना के छ ? 
घरजग्गा व्यवसायीहरुले नाफाको लागि मात्रै बस्ती बस्न उपयुक्त ठाउँ नहुँदा नहुँदै पनि बसाउँदा विपद्मा घरवास गयो भन्ने पछिल्ला गुनासाहरु छन् । तर प्रकृृतिसँग कसैको केही लाग्दैन  । विपद् कतिखेर आउँछ थाहा छैन । अमेरिकामा भर्खरै ठूलो आगलागी भयो । प्रकृतिसँग कसैको केही लाग्दैन तर हामीले सचेत भएर काम गर्नुपर्ने आवश्यकता छ । घरजग्गा व्यवसायीहरुले गर्दा त्यस्तो भयो भनिन्छ तर त्यस्तो ठाउँमा बनाउन नदिने सरकारका निकाय छन बनाउनु भन्दा पहिला रोक्न सक्नुपर्छ । भू-उपयोग नीति जुन आएको छ । जग्गा वर्गिकरण गर्ने भनेर आएको धेरै वर्ष भइसक्यो । 

७५३ स्थानीय तहमा ३५० स्थानीय तहले जग्गा वर्गिकरण गरेको छ । अन्य धेरै स्थानीय तहले गर्न बाँकी छ । कृषि र बस्ती बस्ने क्षेत्र छुट्याउने काम सरकारको हो । त्यसमा सरकारको कमी,कमजोरी देख्छु । जग्गा वर्गिकरणमा आवासलाई महत्व दिएर राम्रो मूल्याङ्कन गरी मूल्य पाउने अवस्था छ । कृषि आवश्यक हो भने कृषि उत्पादन हुने जमिनलाई महत्वपूर्ण बनाउनुपर्छ । कृषिजन्य जमिनको मूल्य बढी हुनुपर्छ ।

राष्ट्र बैंकले घरजग्गा कारोबारमा नीतिगत रुपमा सुधार गर्दा घरजग्गा कारोबार फस्टाउने अवस्था छ, राष्ट्र बैंक तथा तीन तहका सरकारले के-के गर्नुपर्छ ? 
माथिल्लो र तल्लो तहका व्यवसायीहरु बैंकसँग ऋण लिन जाँदैनन् । मध्यम वर्गका व्यवसायीहरु मात्रै बैंकसँग ऋण लिन जाने हो । मध्यम खालका घरजग्गा व्यवसायीहरुलाई सहज हुने खालको नीति राष्ट्र बैंकलेzz ल्यायो भने सबै व्यवसाय चलायमान हुन्छ । अहिले युवाहरु सबै विदेश गएको अवस्थाले कुनैपनि व्यवसायहरु चल्ने अवस्था छैन । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारलाई सहज र व्यवस्थित बनाउनको लागि सहज खालको नीति नियम ल्याएर मात्रै घरजग्गा कारोबार चलायमान हुनसक्छ । आम्दानी स्रोत सुनिश्चिताको राष्ट्र बैंकले ल्याएको नीति छ । त्यसलाई खुकुलो बनाउनुपर्छ । निश्चित रकमसम्मको घर वा जग्गा खरिद गर्दा आम्दानीको स्रोत देखाउन नपर्ने व्यवस्था गर्न आवश्यक छ । जुन मूल्यमा जग्गा खरिद भएको त्यति मूल्यकै कर तिर्नुपर्ने व्यवस्था ल्याउनुपर्छ । एक करोडमा किनेको जग्गा छ भने एक करोडको राजश्व राख्दा आम्दानी देखाउन सहज हुन्छ । (न्युज एजेन्सी नेपाल)



Source link

एनसेलले ल्यायो भ्वाइस ओभर वाईफाई सेवा


काठमाडौँ । एनसेलके आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको हो ।

यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न मद्दत गर्ने जनाएको छ । वाईफाई कलिङ्का नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिङ्का बेसमेन्टहरु र दुर्गम स्थानहरुमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा हाललाई, एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको छ ।

यसको विषेशता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन । ग्राहकहरुले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्नेछन् ।

भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ । कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरुबाट कुराकानी गर्दा गर्दै मोवाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने कम्पनीले जनाएको छ । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरुका लागि धेरै फाइदा पुर्याउँदछ ।

भोवाईफाई सेवाका साथ ग्राहकहरुलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरुमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई संचालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ । यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाईफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ ।

भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरि एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यस पश्चात ग्राहकले कुनैपनि भरपर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सक्नेछन् ।

सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ् दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपदर्छ । त्यसका लागि सेटिङमा गएर, मोवाइल नेटवर्क भित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोहि अनुसार छानेर सक्रिय गर्नु पर्दछ । यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ । सेटिङ्मा भोवाईफाई, वाईफाई कलिङ् सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ ।



Source link

डिभी चिट्ठा खारेज गर्दै अमेरिका !  


काठमाडौँ । अमेरिकाले ‘डिभी चिट्ठा’ कार्यक्रम खारेज गर्ने तयारी गरेको छ । डिभीका नाममा आप्रवासीलाई अनियमित रुपमा भिसा दिँदा राष्ट्रिय सुरक्षा कमजोर भएको निष्कर्ष निकाल्दै रिपब्लिकन सांसदहरुले ‘डिभी चिट्ठा’ कार्यक्रम खारेज गर्ने तयारी गरेका हुन् । 

हाल अमेरिकाको विदेश विभागद्वारा सञ्चालित डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम अन्तर्गत वार्षिक ५५ हजार आप्रवासीलाई चिट्ठामार्फत ग्रिन कार्ड दिइँदै आएको छ ।

योग्यताका आधारमा छनोट गर्नुपर्नेमा चिट्ठामार्फत जथाभावी भिसा वितरण गरिएपछि डिभी लट्री प्रोग्राम नै बन्द गर्ने विषयमा अमेरिकी सरकारले छलफल तथा तयारी अघि बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यसअघि सन् २०१२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद् बैठकमा डिभी चिट्ठाको कार्यक्रम रद्द गर्न प्रस्ताव गरेका थिए । अहिले पनि ट्रम्प डिभी चिट्ठा खारेज गर्ने पक्षमा देखिएका छन् । सोही अनुसार अमेरिकी सरकारले सकेसम्म डिभी चिट्ठा कार्यक्रम खारेज गर्ने नभए थप कडाई गर्नेगरी दुई कोणबाट तयारी अघि बढाएको बताइएको छ । यद्यपि एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका ट्रम्पले डिभी चिट्ठा कार्यक्रम खारेज गर्ने सम्भावना प्रबल रहेको जानकारहरुले बताएका छन् ।



Source link

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा ४ प्रतिशतले बढ्यो


काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा वृद्धि देखिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०९.९४ प्रतिशतले बढेर ८ करोड १ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कुल खर्च ९८ लाख ६७ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ५४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५५ लाख रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३८ करोड १४ लाख र कुल चालु दायित्व १ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २.६७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर ८.३७ रुपैयाँ पुगेको छ । साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७२.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३५.६५ गुणा कायम भएको छ ।



Source link