Category Archives: नेपाल समाचार

नक्कली सुन देखाएर ठगेको आरोपमा २ जना पक्राउ – Online Khabar


प्रहरीले बरामद गरेको नक्कली सुन ।


८ फागुन, काठमाडौं । नक्कली सुन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सोही नगरपालिका–४ घर भएका ४८ वर्षीय दलबहादुर तामाङ छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो ।

उनीहरूले सक्कली सुन भन्दै एक किलो नक्कली सुन देखाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।

मूलपानीबाट पक्राउ परेका उनीहरूबाट नक्कली सुन समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।





Source link

एकीकृत समाजवादीको निष्कर्ष : अध्यादेशले भूमाफियालाई मात्रै फाइदा पुग्छ


७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्‍मा विचाराधीन अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बसेको पोलिटब्यूरोको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संसद् अधिवेशनको संघारमा संसद्‍लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको बताएको छ ।…



Source link

ट्रम्पको आदेशपछि नेपालमा एमसीसी परियोजना स्थगित

काठमाडौं : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले तत्कालका लागि नेपालमा सञ्चालित परियोजना स्थगित भएको बताएको छ । एमसीसी अन्तर्गत सञ्चालित आयोजनाहरु स्थगन भएको हो । 

एमसीसी कर्पोृरेसनको २०८१ फागुन २ गतेको इमेल पत्रमार्फत् नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको जानकारी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपतिको गत जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको अर्थ मन्त्रालयको भनाई छ । 

SOURCE: https://www.nepalipaisa.com/news-detail/78913

फेयनोर्डसँग स्तब्ध हुँदै एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो


७ फागुन, काठमाडौं । इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाटै बाहिरिएको छ । दोस्रो लेगको खेलमा डच क्लब फेयनोर्डसँग १-१ गोलको बराबरी खेलेको मिलान समग्रमा २-१ को हार व्यहोर्दै बाहिरिएको हो ।

फेयनोर्ड भने पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको हो । गएराति घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै अग्रता लिएको भएपनि त्यसपछि गोल थप्न नसक्दा र अग्रता जोगाउन नसक्दा मिलान स्तब्ध बन्यो ।

पहिलो मिनेटमै सान्टियागो जिमेनेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१औं मिनेटमा थिओ हर्नान्डेजले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सीमित भएको थियो ।

७३औं मिनेटमा जुलियन कारानाजाले गोल गर्दै पाहुना टोलीका लागि बराबरी गरे । त्यसपछि थप गोल नहुँदा बराबरीमा सकिएको खेलपछि समग्रमा २-१ को जित निकाल्दै फेयनोर्ड अन्तिम १६ मा पुग्न सफल भयो । खेल सकिने क्रममा फेयोनोर्डका गिभाइरो रिडले पनि रातो कार्ड पाएका थिए ।

यसअघि पहिलो लेगको खेलमा फेयनोर्ड १-० ले विजयी भएको थियो । मिलानले घरेलु मैदानमै प्रभावशाली प्रदर्शन गर्न नसक्दा अन्तिम १६ मा पुग्नबाट वञ्चित भयो ।

गएराति भएका अन्य खेलमा बार्यनले सेल्टिकसँग १-१ को बराबरी खेलेपनि समग्रमा ३-२ को जितसहित अघिल्लो चरणमा पुगेको छ । त्यस्तै क्लब ब्रुग र बेनफिका पनि अन्तिम १६ मा पुगेका छन् ।





Source link

अपराध अनुसन्धानमा सूत्र परिचालन गर्ने प्रहरीको तयारी, गृहमा पुग्यो फाइल


७ फागुन, काठमाडौं । अपराध अनुसन्धानमा सूत्र (सुराकी) परिचालन गर्ने गरी नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले यसबारे गृहकार्य गरी आवश्यक कागजात समेत तयार पारेको छ ।

सूत्र परिचालन कस्तो अवस्थामा, कसरी गर्ने लगायतका विषयहरु समेटेर अपराध अनुसन्धान विभागले एक निर्देशिकाको ड्राफ्ट समेत बनाइसकेको छ ।

सूत्र परिचालन निर्देशिकाको ड्राफ्ट तयार पारिएको अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले पुष्टि गरे । ‘सूत्र परिचालन निर्देशिका २०८१ तयार पारेर गृह मन्त्रालयमा पठाएका छौं,’ एआईजी कडायतले भने, ‘पास भएपछि कार्यान्वयनमा जानेछ ।’

निर्देशिकाको हकमा गृह मन्त्रालयबाट पास गराउनुपर्ने भएकाले गृहमा फाइल पठाइएको प्रहरीको भनाइ छ । गृहले उक्त फाइल अध्ययनकै क्रममा रहेको जवाफ प्रहरी प्रधान कार्यालयलाई दिएको छ ।

नेपाल प्रहरीमा अहिले लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) सूत्र परिचालन गर्दै आएको छ । त्यसका लागि केही रकम समेत छुट्याइएको हुन्छ । तर अन्य युनिटका लागि सूत्र परिचालन भनेर रकम छुट्याइएको हुँदैन ।

अपराध अनुसन्धानमा सूचना महत्वपूर्ण हुने तर बिना लगानी सूचना आउन गाह्रो हुने भन्दै अपराध अनुसन्धान विभागले सूत्र परिचालनको आवश्यकता रहेको औंल्याएको छ ।

‘कतिपय गोप्य कोभर्ड अपरेसनदेखि अन्य अपराध अनुसन्धानहरुमा पनि सूचना महत्वपूर्ण मानिन्छ । तर सूत्र परिचालन निर्देशिका नहुँदा यसमा समस्या हुने गरेको छ,’ एआईजी कडायत भन्छन्, ‘आगामी दिनमा यस्तो बाधा नहोस् भन्ने हिसाबले सूत्र परिचालन निर्देशिका बनाइएको हो ।’

निर्देशिकाले कस्तो अवस्थामा सूत्र परिचालन गर्ने, कसले परिचालन गर्नसक्ने, त्यसको गोपनीयता के हुने जस्ता विषयहरु समेटेर निर्देशिकाको ड्राफ्ट तयार पारिएको छ । यदि उक्त निर्देशिका पारित भएर कार्यान्वयनमा आएको अवस्थामा कोभर्ड अपरेसनमा सहज हुने अपेक्षा प्रहरी प्रधान कार्यालयको छ ।

यसअघि कोभर्ड अपरेसनमा खटिएका अनुसन्धान अधिकृतहरु नै एम्बुस (कारबाही)मा पर्दै आएका थिए । सूत्र परिचालन निर्देशिका भने बाहिरी व्यक्तिलाई प्रयोग गर्न सकिने र कोभर्ड अपरेसनको प्रकृति समेत उल्लेख भएकाले अनुसन्धानमा खटिएका प्रहरी कारबाहीमा पर्न सम्भावना पनि कम हुने बताइएको छ ।

बाह्य तथा आपराधिक व्यक्तिसँग साँठगाँठ भएको भन्दै यसअघि ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा प्रहरी अधिकारी नै कारबाहीमा परेका थिए ।

चुडामणि उप्रेती ‘गोरे’ जोडिएको बहुचर्चित सुन तस्करीमा तस्करकै समूहसँग नेक्सस देखिएको भन्दै प्रहरीलाई विभागीय कारबाही मात्रै नभएर पक्राउ गरी फौजदारी मुद्दा नै चलाइएको थियो ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रुपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।

निर्देशिकाको हकमा गृह मन्त्रालयबाट पास गराउनुपर्ने भएकाले गृहमा फाइल पठाइएको प्रहरीको भनाइ छ । गृहले उक्त फाइल अध्ययनकै क्रममा रहेको जवाफ प्रहरी प्रधान कार्यालयलाई दिएको छ ।

यसको अनुसन्धानमा खटिएका अधिकृतहरुको कनेक्सन गोरेदेखि अन्य व्यक्तिसँग पनि देखिएको थियो । यो प्रकरणको छानबिन गर्न भन्दै ‘कोभर्ड अपरेसन’ नै नबुझेका गृह मन्त्रालयका कर्मचारी (तत्कालीन सहसचिव) ईश्वरराज पौडेल नेतृत्वको छानबिन समिति बनाइएको थियो । उक्त समितिले अनुसन्धानमा खटिएका प्रहरीलाई नै कारबाहीका लागि सिफारिस गरेको थियो ।

त्यसपछि पूर्वडीआईजी गोविन्द निरौला, बहालवाला एसएसपीसहित ७ प्रहरी गरी ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यतिबेला प्रहरीले सूत्र परिचालन गरी तस्करीमा संलग्नहरुसँग सम्बन्ध बनाएको थियो । तर त्यही सम्बन्धका कारण उनीहरुले मुद्दा खेप्नु परेको थियो । यद्यपि, प्रहरी आरोपित सबै प्रहरी कर्मचारीलाई जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको १९ असोज २०७८ को इजलासले सफाइ दिएको थियो ।

यदि सूत्र परिचालन निर्देशिका स्वीकृत भएर कार्यान्वयनमा आएको अवस्थामा भने प्रहरीमाथि हुने यस्तो दुर्घटनाबाट बच्न सकिने अपराध अनुसन्धान विभागका एक अधिकृत बताउँछन् । ‘अपराध अनुसन्धानका लागि सुराकी परिचालन गर्न पाउनुका साथै कोभर्ड अपरेसन गर्ने प्रहरीको सुरक्षाको हितका लागि समेत निर्देशिका आवश्यक देखिएकाले बनाएका हौं,’ ती अधिकृत भन्छन् ।

यसका साथै विशेष अनुसन्धान पद्धति सञ्चालन कार्यविधि २०८१ पनि अपराध अनुसन्धान विभागले तयार पारेको छ । जसमा अनुसन्धानका दायरा र कोभर्ट अपरेसनको पद्दति र प्रहरीले त्यसका लागि प्रयोग गर्न सक्ने सूत्रहरुको बारेमा समेत उल्लेख गरिएको छ । यो कार्यविधि पनि कार्यान्वयनको चरणमा रहेको एआईजी कडायतले बताए ।

यसअघि गृहमन्त्री र गृहसचिवले समेत सूत्र परिचालन गर्न पाउने व्यवस्था थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएपछि उनले पहिलो निर्णय नै बेहिसाब खर्च गर्न पाउने सुराकी रकम कटौती गर्ने घोषणा गरेका थिए । उनै गृहमन्त्री श्रेष्ठले सुराकी खर्च कटौतीको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।

२० चैत २०७९ को मन्त्रिपरिषद् बैठकले श्रेष्ठको प्रस्ताव स्वीकृत गर्दै सुराकी खर्च कटौती गरेको थियो । यसअघिसम्म गृहमन्त्री र गृह सचिवले बिना हिसाब-किताब सुराकी खर्च गर्न पाउने व्यवस्था थियो ।

सूत्र परिचालन कार्यविधि २०७८ अनुसार गृहमन्त्रीले दैनिक ५० हजार रुपैयाँ र गृहसचिवले दैनिक २५ हजार रुपैयाँसम्म सूत्र परिचालन भनेर खर्च गर्न पाउने व्यवस्था थियो ।

२०४६ सालपछि गृहमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले सूत्र परिचालनको व्यवस्था ल्याएका थिए । १३ जेठ २०५० गतेको मन्त्रिपरिषद्ले शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि भनेर गृहमन्त्रीले दैनिक ५० हजार, गृहसचिवले २५ हजार र सीडीओले २ हजार रुपैयाँ एक पटकमा खर्च गर्न सक्ने प्रावधान तय गरेको थियो । त्यसको स्रोत खुलाउन नपर्ने भएकाले दुरुपयोग हुँदै आएको थियो ।





Source link

प्रवासीलाई नेपाली नागरिकता : बोलीमा अधिकार, व्यवहारमा ‘टुरिस्ट’


प्रवासी नेपालीहरूले नागरिकता त पाए तर मालपोतदेखि एयरपोर्टसम्मले नचिन्ने ‘टुरिस्ट भिसावाला नागरिकता’ को कतै पनि प्रयोग नदेखिएपछि यतिबेला चौतर्फी विरोध भइरहेको छ।



Source link

बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस् – Online Khabar


काठमाडौं । अभिनेत्री नीता ढुंगानाले नेपालको इज्जत जोगाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।

फेसबुकमार्फत प्रधानमन्त्रीलाई पत्र लेख्दै उनले भारतको ओडिसास्थित भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी नेपालकी २० वर्षिय प्रकृति लम्सालको घटनाको सन्दर्भ पेश गरेकी छिन् ।

उक्त घटनामा नेपालको बेइज्जत गरिएको भन्दै नीताले प्रधानमन्त्रीलाई ओलीलाई प्रश्न गरेकी छन्- अन्तर्राष्ट्रिय मंचमा हामीले कहिलेसम्म यस्तै बेइज्जत खेपिरहनुपर्ने हो ?

नीता अघि लेख्छिन्, ‘अन्तर्राष्ट्रिय मंचमा कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपिरहनु पर्ने हो ? लगभग यो आरोप यथार्थ पनि हो । नेपालको यो हालत कसले बनायो ? विगत केही बर्षदेखि नेपालको शासक तपाईहरू कांग्रेस, एमाले, माओवादी । अब यो बेइज्जतको जिम्मेवारी तपाईंहरूले लिनुपर्ने कि नपर्ने ? बिन्ती छ नेपालको इज्जत जोगाइदिनुस् । बिन्ती छ नेपाली जनताको भावना बुझिदिनुस् ।’

अहिले आएर आफू अन्योलमा रहेको उल्लेख गर्दै नीता लेख्छिन्, ‘ केही समय यता फोटो खिच्ने र फोटो खिचाउने कामबाहेक, देशको उन्नति प्रगति र देशमा के भइरहेको छ, हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ । कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जस्तै हुनुपर्छ भनेर ठाटले भन्ने म कलाकार आज अन्योलमा छु ।’

उनी लेख्छिन्, ‘मलाई पनि हजुरसँग वार्तालाप गर्न मन छ, भेट्न मन छ । फोटो खिचाउन मन छ तर सँगसँगै धेरै प्रश्नहरु छन् ।’

नीताले प्रधानमन्त्री ओलीको फोटो सेयर गर्दै उक्त स्टाटस लेखेकी हुन् । कामको कुरा गर्दा, नीताले निर्माण गरेको फिल्म ‘ह्रस्वदीर्घ’ हालै रिलिज भएको थियो । यो फिल्मलाई दक्षिण भारतमा समेत प्रदर्शनको तयारी छ ।





Source link

पाथीभरामा केबुलकार निर्माण चाँडै सक्न ताप्लेजुङमा सद्भाव र्‍याली


६ फागुन, काठमाडौं । ताप्लेजुङ जिल्लावासीले प्रसिद्ध तीर्थस्थल पाथीभरामा सकेसम्म चाँडै केबुलकार निर्माण सक्नुपर्ने माग गरेका छन् ।

पाथीभरामा निजी क्षेत्रबाट केबुलकार निर्माण गर्न शिलान्यास समेत भइसेकका बेला यो विषयको पक्ष र विपक्षमा विवाद जारी छ । यही विवादका कारण विकास निर्माणको काम रोकिँदा त्यसको प्रत्यक्ष असर लगानी र रोजगारीमा पर्ने सम्भावना उच्च भएको छ ।

यही विवादबीच ताप्लेजुङवासीले पाथीभरामा कुनै पनि हालतमा केबुलकार निर्माण गर्नुपर्ने र सकेसम्म चाँडै काम सक्नुपर्ने माग गर्दै नागरिक सद्भाव र्‍याली निकालेका छन् ।

जिल्ला सदरमुकाम फुङलिङमा निकालिएको सद्भाव र्‍यालीमा ताप्लेजुङवासीले पाथीभरा देवी दर्शन गर्न स्वदेश तथा विदेशबाट आउने हजारौं–लाखौं तीर्थयात्रीको सहज आवागमनका लागि केबुलकार निर्माण चाँडै सक्नुपर्ने माग गरेका हुन् ।

सद्भाव र्‍यालीमा सहभागी सयौं जिल्लावासीले ‘ताप्लेजुङले के भन्छ ? केबुलकार ल्याऊ भन्छ’, ‘स्थानीयवासी के भन्छन् ? केबलकार ल्याऊ भन्छन्’ जस्ता नारा लगाउँदै सदरमुकाम परिक्रमा गरे ।

र्‍यालीपछि सदरमुकाम फुङलिङमा आयोजित भेलामा जिल्लावासीले केबुलकार निर्माणबाट समग्र जिल्लाको समृद्धिमा थप टेवा पुग्ने भन्दै सकेसम्म चाँडै निर्माण सक्नुपर्ने माग गरे ।

सद्भाव र्‍याली आयोजकले पाथीभरा आउने तीर्थयात्रीको सहजताका लागि केबुलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन नागरिक सद्भाव र्‍याली निकालिएको हो ।

‘ताप्लेजुङ विकासप्रेमी नागरिक समाज’ को आयोजनामा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको र्‍यालीले सदरमुकामका विभिन्न स्थान परिक्रमा गरेको थियो ।

‘बृहत नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानर सहित उक्त सद्भाव र्‍यालीमा नौमती बाजा र च्याब्रुङ लगायत विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो ।





Source link

ओडिसाको घटना समाधान नगरे एनओसी रोक्ने सरकारको चेतावनी


६ फागुन, काठमाडौं। भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो। ‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीहरू प्रति मन्त्रालयले ध्यानकर्षण भएको जनाएको छ ।

‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरू प्रतिकोभएको व्यवहार निन्दनीय छ,’ मन्त्रालयले भनेको छ। घटनाको विषयमा समस्या समाधानको लागि कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न मन्त्रालयले सहायता कक्ष बनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

Education mkinistery release





Source link

स्वरोजगार लघुवित्तको एफपीओ १८ गतेदेखि खुल्ने – Online Khabar


६ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ)मा फागुन १८ गतेदेखि आवेदन खुल्ने भएको छ ।

अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुल्न लागेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ । दोस्रो बजारमा सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ५५ रुपैयाँ छ ।





Source link

‘यो मन त मेरो नेपाली हो’ असार २७ देखि – Online Khabar


काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै फिल्म असार २७ गतेदेखि प्रदर्शनमा आउने जनाएका हुन् ।

फिल्ममा विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भन्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतको अभिनय छ ।

नर प्रधान ‘मित्र’को निर्देशन र कथा रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान ‘रोशन’ले निर्माण गरेका हुन् । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि ब्यानर र नर प्रधानको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

फिल्मले विदेशमा रहेका नेपालीको मुद्दालाई प्रस्तुत गर्दैछ । शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीले आफ्नो कला, संस्कार, संस्कृति बिर्सिँदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएको छ ।

फिल्ममा दीपक शर्मा, विकास चौधरी र तोरम्पाहाङ राईको संगीत, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व, रेनिश फागोको रङ संयोजन, कविराज गहतराज र प्रमोद भण्डारी नृत्य छ । वितरकमा आरआर फिल्म्स छ ।





Source link

सानिमाको खुलामुखी म्युचुअल फन्डमा आवेदन खुल्यो – Online Khabar


६ फागुन, काठमाडौं । सानिमा बैंकको कोष प्रवर्द्धनमा ‘सानिमा फ्लेक्सी फन्ड’ नामक म्युचुअल फन्डमा लगानी आवेदन खुलेको छ ।

यो खुलामुखी योजना हो । कम्पनीले कुल १० करोड इकाइ फन्ड निष्कासन गर्न लागेको हो । जसमध्ये ४ करोड इकाइ पहिलो चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुला हुन लागेको हो । न्यूनतम १ सय र अधिकतम ४० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

अंकित मूल्य १० रुपैयाँ रहने फन्डमा छिटोमा फागुन ११ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । खुलामुखी योजना भएकाले यसको कुनै अवधि हुँदैन । इकाइ खरिद गर्न चाहेको जुनसुकै बेला व्यवस्थापक सानिमा क्यापिटलमार्फत खरिद गर्न सकिन्छ ।

त्यस्तै दोस्रो बजारमा पनि कारोबार हुँदैन । यद्यपि लगानी गर्नेले बाहिरिन चाहेका बेला कोष व्यवस्थापक क्यापिटललाई नै फन्ड बिक्री गरी बाहिरिन सक्छन् । बाहिरिँदा न्याभअनुसारको मूल्य पाइन्छ ।

म्युचुअल फन्डबाट संकलित रकमलाई कोष व्यवस्थापकले विभिन्न सार्वजनिक निष्कासन, मुद्रा बजारमा लगानी हुन्छ । साथै त्यस्ता लगानीबाट आउने नाफाबाट इकाइधनीलाई व्यवस्थापकले वार्षिक रुपमा प्रतिफल प्रदान गर्दै जान्छन् । सो प्रतिफल नगदका रुपमा बुझ्न वा थप इकाईमा लगानी गर्न सकिन्छ ।

 





Source link

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : ६ महिनामा १२३३ जनाको मृत्यु


६ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा मृत्यु हुनेहरुको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार…



Source link

फोन रेस्पोन्स नगरेको मेटमणिको गुनासो – Online Khabar


५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारीले फोन रेस्पोन्स नगरेको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको साेमबाराको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

‘आज मात्रै मैले प्रधानमन्त्रीको कार्यालयका सूचना दिने प्रमुख र उपप्रमुखलाई मोबाइल फोन र कार्यालयको टेलिफोनमा धेरैपटक टेलिफोन गरें । दुवैको मोबाइल र लाइन फोनमा रेसपोन्स छैन,’ उनले भने ।

तर, के कारणले फोन गरेको वा के सूचना माग गर्न खोजेको हो त्यसबारे उनले केही खुलाएनन् ।





Source link

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युबारे बोल्न सुमनाले मागिन् समय, सभामुखले दिएनन्


सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आफ्ना कुरा राख्न खोज्दै रास्वपा सांसद सुमना श्रेष्ठ


५ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ । सोमबार बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरिन् ।

बैठकको सुरुमै समय माग गरेर उठेकी सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे ।  उनी चुपचाप बसिन् । सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिए ।

आकस्मिक समयमा सरस्वती बजिमय, रघुजी पन्त, रामकुमार राई, अशोक कुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सिता कुमारी राना, सूर्यबहादुर थापा, सम्झना थपलियाले आफ्ना कुरा राखे ।

यति ८ सांसदले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गर्ने बताए ।

प्रतिपक्षी बेन्चमा रहेकी सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे आफ्ना कुरा उठाउन खोजिन् ।

तर, सभामुख घिमिरेले समय दिएनन् ।

‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । आसनग्रहण गर्नुस्,’ सभामुख घिमिरेले भने, ‘यहाँलाई मैले समय दिएको छैन । तपाईं आसनग्रहण गर्नुस् ।’

सभामुख घिमिरेले नियमावलीप्रति ध्यानाकर्षण गराए ।

सांसद् श्रेष्ठ भने आफ्ना कुरा राख्ने प्रयास गरिरहिन् । भारतमा नेपाली विद्यार्थीमाथि भएको दमनबारे आकस्मिक समयमा कुरा राख्नुपर्ने उनले बताएकी थिइन् ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।

सुमनाले सोही विषयमा सरकारको ध्यानाकर्षण गराउन सभामुखसँग समय माग गरेको बताएकी छिन् ।

तर, सभामुख घिमिरेले उनलाई फेरि भने, ‘मैले यहाँलाई समय दिएको छैन भन्ने कुरा सुन्नेगरी राखेको छु । त्यसकारण आसनग्रहण गर्नुस् । नियमको पालना गर्नुपर्छ भन्ने कुराप्रति हेक्का राख्नुस् ।’

यति कुरा राखेर सभामुख घिमिरेले शून्य समयको कार्यक्रम अघि बढाए ।  सांसद श्रेष्ठ बैठक कक्षबाटै निस्किइन् ।

संसद्‌मा आकस्मिक समय नपाएकी सांसद श्रेष्ठसँग अनलाइनखबरले गरेको छोटो कुराकानी :

मलाई पार्लियामेन्ट आउँदैगर्दा मेरो टिमबाट भारतमा भइरहेको घटनाबारे जानकारी गरायो । मैले पनि तुरुन्तै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन भनेर आकस्मिक समय लिनका लागि गएँ ।

सभामुखको कार्यकक्षमा उहाँसँग भेट भयो । मैले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको र त्यसको प्रतिरोध गर्दा विद्यार्थीमाथि नै दमन भएकोबारे जानकारी गराएँ ।

उहाँ (सभामुख) ले त्यो मान्छे चिन्नुहुन्छ तपाईंले ? भनेर प्रश्न गर्नुभयो । मैले नेपाली विद्यार्थीको नाम पनि भनेँ, (प्रकृति लम्साल) । उहाँले थाहा नभएको मान्छेको बारेमा बोल्न मिल्दैन भन्नुभयो । त्यसपछि मैले उहाँलाई अर्जेन्ट यसमा लाग्नुपर्छ भनेँ । तर, सभामुखले परराष्ट्रमन्त्रीको काम हो भन्नुभयो । उहाँले धेरै जनाले आकस्मिक समय लिएका छन्, तपाईं आज नबोल्नु भन्नुभयो । भारतमा विद्यार्थीलाई आजै समस्या भएको छ । अब यसबारे सभामुखले भोलिमात्रै बोल भन्नुहुन्छ ? यो कसरी हुन्छ ?

सदनमा मलाई बोल्न नदिएपछि मैले बाहिर निस्किएर केही सञ्चारमाध्यमसँग आफ्ना कुरा राखेँ । अहिले बैठककक्षमा फर्किएँ ।





Source link

संसद् भवन कहिले बन्छ ? – Online Khabar


५ फागुन, काठमाडौं । नेपाी कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संघीय संसद् भवनको निर्माण सुस्त रहेको भनेर सभामुख देवराज घिमिरेकै ध्यानाकर्षण गरेका छन् ।

सिंहदरबार परिसरभित्रै संसद् भवन बनिरहेको छ । तर, निर्माण कार्य निकै सुस्त रहेको गुनासो आइरहेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखको ध्यानाकर्षण गराउँदै उनले भने, ‘निर्माणाधीन संसद् भवन कहिले बन्छ ?’

अहिले सदन चलिरहेको भवन भाइब्रेन्ट नरहेको र कक्षाकोठा जस्तो रहेको उनले बताए । यसमा पनि सभामुखको ध्यान आकृष्ट हुन आवश्यक रहेको उनले भनाइ छ ।

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको संघीय संसद् भवन निर्माणको काममा ढिलासुस्ती भएको भनेर संसद्मा अन्य सांसदहरूले समेत आवाज उठाउँदै आएका छन् ।

सभामुख देवराज घिमिरेले पनि नयाँ संसद् भवनको निर्माणस्थल पुगेर समय समयमा अवलोकन गरिरहेका छन् ।

१ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भवनको शिलान्यास गरेका थिए । त्यसको १६ दिनपछि ६ अर्ब ९२ करोड रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

सम्झौताअनुसार १५ असोज २०७९ मा संसद् भवन तयार भइसक्नुपर्ने थियो । तर, अझै निर्माण सकिएको छैन ।





Source link

भारतमा २५ वर्ष बन्धक बनेर फर्किएका चलितरले पाए नागरिकता


५ फागुन, जनकपुरधाम । भारतको पञ्जाबमा बन्धक बनेर २५ वर्षपछि फर्किएका चलितर महतोले नागरिकता पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले बटेश्वर गाउँपालिका वडा नं १ कार्यालयमा आज एक कार्यक्रम बीच नागरिकता उपलब्ध गराएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले चलितरलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता पाएपछि चलितर खुसी भएका छन्। उनले अब आफ्नो बाँकी र पारिवारिक जीवन सुख-दु:ख गरी बिताउन सहज हुने बताए ।

‘मेरो जीवनको दुई दशकभन्दा बढी बन्धकमा बित्यो । बाहिर जानेबेला नागरिकता थिएन । मेरो अनुपस्थिति र नागरिकता नहुँदा मेरो परिवार बालबच्चालाई अथाह दुख पीडा भोग्नुपर्यो। यो नागरिकताले मेरो र परिवारको जीवन सहज हुने छ’ चलितरले खुसी हुँदै भने’ नागरिकता उपलब्ध गराइदिनुहुने सिडिओसहित सबैप्रति आभार व्यक्त गर्छु ।’

प्रमुख जिल्ला अधिकारी कडरियाले वर्षौं पीडादायी जीवन बिताएर फर्केको नागरिकलाई वडा कार्यालयमै आएर नागरिकता दिन पाउँदा भाग्यमानी ठानेको बताए ।
उनले चलितरको बाँकी जीवन नागरिकताले सहज बित्ने विश्वास व्यक्त गरे ।

चलितरको नागरिकता प्राप्तिको लागि कागजी प्रक्रियामा सहयोग गर्नेहरुप्रति धन्यवाद ज्ञापन गरे । उनको नागरिकताको लागि कागजी प्रकियामा वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतो, एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री सत्रुधन महतो, वडा सचिव कौशल महतोले सहयोग गरेका थिए । चलितरका दाइ जगदीश महतोले सनाखत गरेका थिए ।

Chalitar mahato nagarikta
भारतमा २५ वर्ष बन्धक बनेर फर्किएका चलितर महतोलाई नागरिकता प्रदान गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज गडडिया। साथमा जिल्ला प्रशासन कार्यालयका अधिकृत बालमुकुन्द शर्मा, राम त्रिपाल महतो र  एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री शत्रुधन महतो।

वडा अध्यक्ष अशोक कुमार महतो चलितर बेपत्ता हुँदा छोरा प्रविन आफ्नो नागरिकता पाउन पटकपटक बुबाको मृत्युदर्ता बनाउन आउँदा आफूले फर्काएको सम्झे। नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय धनुषाबाट अधिकृत बाल मुकुन्द शर्मा र राम त्रिपाल महतोसहितको टोली आएका थिए ।

नागरिकता दिने कार्यक्रममा बटेश्वर गाउँपालिकाका अध्यक्ष रामहसिस महतो, उपाध्यक्ष फूलकुमारी सिंह, प्रशासकीय अध्यक्ष रेवती पौडेल, स्थानीय राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजहरूको उपस्थिति रहेको थियो।

२५ वर्षअघि मजदुरीको लागि पन्जाब पुगेका महतोलाई एक साहुले बन्धक बनाएका थिए ।

वर्षौसम्म घर नफर्किँदा उनको मृत्यु भइसकेको हुन सक्ने परिवार र समाजको ठम्याइ थियो । तर कार्तिक १९ गते साँझ उनी गाउँमा देखामा देखा परेका थिए ।

उनका २७ वर्षीय छोरा सर्लाहीको हरिवन नगरपालिका –५ घुर्कौलीमा खाजा पसल चलाएर परिवारको जोहो गरिरहेका छन् । बुवा वर्षौंसम्म बेपता हुँदा प्रविनको अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । बुवाले नागरिकता पाइसकेपछि उनी खुसी भएका छन् । अब आफू र आफ्ना छोराछोरीले सहजै जन्मदर्ता पाउने प्रविणको विश्वास छ ।





Source link

प्रतिनिधिसभाका माइक बिग्रिए, सांसदहरू हैरान – Online Khabar


५ फागुन, काठमाडौं । प्रतिनिधिसभामा माइकहरू बिग्रन थालेका छन् । सोमबार मात्रै एक भन्दा बढी सांसदले बोल्दा खोज्दा समस्या देखा परेको छ ।

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले बोल्न समय पाए । तर, उनी अगाडिको माइकले काम गरेन । त्यसपछि सभामुख देवराज घिमिरेले अर्को माइक प्रयोग गर्न आग्रह गरे ।

अर्का सदस्य लक्ष्मी तिवारी बोल्न खोज्दा फेरि त्यस्तै भयो । ‘माइक के भयो,’ भन्दै सभामुखले नै सोधे । आवाज नआएपछि अर्को माइक प्रयोग गर्न आग्रह गरे ।

अर्को माइक लिदा समय व्यतित भएपछि सभामुखले नै माइक लिएर बोल्न थालेपछि मात्रै समय सुरुआत गर्न प्रावधिकहरूलाई आग्रह गरे ।





Source link