Category Archives: नेपाल समाचार

शिवम् सिमेन्टलाई ‘कर्पोरेट एक्सेलेन्स’ अवार्ड – Online Khabar


काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ‘अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स २०२४ इन म्यानुफ्याक्चरिङ क्याटगोरी’ बाट सम्मानित भएको छ ।

काठमाडौंमा १३ फागुनमा आयोजित कर्पोरेट क्लब नेपाल प्रालि दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स कार्यक्रममार्फत शिवम् सिमेन्टले उक्त अवार्ड पाएको हो ।

कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनी तथा संस्थालाई अवार्ड प्रदान गरिएको थियो ।

उत्कृष्ट उत्पादनमूलक उद्योगको रूपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनमा समेत विभिन्न अवार्डहरू प्राप्त गरिसकेको छ ।





Source link

EV loan-to-value ratio increased to 60%, industry affected?


Nepal Rastra Bank (NRB) has set an electric vehicle aka EV loan-to-value ratio to 60 percent. From now on, banks and financial institutions (BFIs) will need to invest 60% in EV loans. The bank made the arrangement during its mid-year financial assessment.

The new loan-to-value ratio in EVs applies to all EVs bought by customers for their personal and business uses. The decision has left the industry stakeholders bemused and described that it was against the government’s policy to promote electric vehicles.

Check out: Best Electric Cars Price in Nepal | February 2025 Update

NRB increases ev loan-to-value ratio in Nepal

The decision to set EV loan-to-value at 60% means EV buyers will now need to pay 40% in downpayment. Previously, the threshold was 80% which allowed prospective buyers to only pay 20% in down payment. That means banks and financial institutions could invest up to 80%. So, NRB increased the loan-to-value ratio by 20%.

international payment allowed in nepal

However, NRB has made it slightly more flexible for combustion engine vehicles. In its monetary policy mid-year assessment, the central bank increased the ratio to 60%. That means BFIs can invest 60% in tailpipe vehicles. Previously, the ratio stood at 50%. So, if you were to buy a gas-powered vehicle, you can now pay a down payment of 40% only. That’s a slight relief coming from 50% previously.

Don’t miss: Electric Vehicles Tax in Nepal: Latest Details

EV industry affected!

NRB’s 60% loan-to-value ratio on EVs could affect the EV industry. Industry experts say that increasing the limit could impact potential buyers’ decision to buy an EV. The banks’ feasible financial services were one of the reasons to buy an EV in Nepal. But customers need to pay 40% in down payment could hurt their pockets.

The decision likewise has drawn strong opposition from the industry. National Automobile Dealers Association (NADA) hosted a press conference in which, the prominent auto body called on the government to reinstate the previous loan-to-value ratio.

Nepal is seeing a growing number of EV brands competing in the auto market. On the other hand, the government is also seemingly promoting the shift to eco-friendly transport. But having to pay 40% upfront could force customers into reconsideration.

At the same time, vehicles with Internal Combustion Engines (ICE) could find some relief with the new policy with a 60% loan-to-value ratio set on BFIs.

Check out: Tata Tiago EV 2025 Facelift specs price in Nepal

Are you concerned with the new EV loan-to-value ratio set by NRB? Will it possibly hurt the customers considering buying an EV? Share your opinion in the comments below.



Source link

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर क्रान्तिमा आकर्षित भए: सञ्चारमन्त्री गुरूङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन्।  ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए।

भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरूङले बताए। उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए।

‘यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ’, सञ्चारमन्त्री गुरूङले भने,’यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो ।’ उनले नयाँ पुस्तालाई अनुसन्धान र सिर्जनशीलतातर्फ आकर्षित गर्नुपर्ने बताए।

सञ्चारमन्त्री गुरूङले पुस्तक पढ्ने संस्कृतिलाई बढाउनुपर्ने बताए। पोखरामा पर्यटकीय गतिविधि बढाउन यस्ता मेला–महोत्सवबाट सघाउ पुग्ने उनको भनाइ थियो ।

फेवाताल किनारको बाराहीघाट मैदानमा चार दिनसम्म चल्ने उक्त साहित्य महोत्सवको उद्घाटनसत्रमा प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले प्रवचन दिएका थिए। महोत्सवमा नेपाल तथा अन्य मुलुकका गरी दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहनेछ ।

प्रकाशित: १५ फाल्गुन २०८१ १७:४० बिहीबार





Source link

गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय – Online Khabar


१५ फागुन, फुङ्लिङ। ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ। गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन्।

समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । यसले प्रकृति प्रेमीलाई लोभ्याउँछ, बरु पर्यटन उद्योगसमेतमा सकारात्मक प्रभाव पार्छ । गुराँस फुल्ने मौसममा व्यापार बढ्ने स्थानीयको भनाइ छ ।

गुराँस हेर्नका लागि मानिस टाढा–टाढाबाट आउँछन् । यहाँ आउनेहरू गुराँससँग रमाउने मात्र नभई सोही कारणले व्यवसायलाई पनि टेवा पुगेको छ । गतवर्ष भन्दा यस वर्ष केही समय छिटो गुराँस फुलेको फुङ्लिङ नगरपालिका–७ का एलबी राईले बताए ।

गुराँस फुल्न थालेपछि सामाजिक सञ्जाल पनि रङ्गीन बन्न थालेका छन्। मानिसले गुराँससँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा चर्चित बन्दै गएका छन् । कतिपय पर्यटक यहाँ गुराँस हेर्न मात्र होइन, प्राकृतिक सौन्दर्यसँग रमाउन पदयात्रा गर्न रुचाउँछन्। यस्ता गतिविधिले पाथीभरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको स्थानीय बताउँछन् ।

गुराँस सुन्दरता प्रदर्शनका लागि मात्र सीमित छैन । यसका औषधीय गुण पनि छन् । गुराँसका पात, बोक्रा र फूललाई विभिन्न औषधिमा प्रयोग गरिन्छ ।

स्थानीयस्तरमा गुराँसको अचार, सर्वत, रक्सी उत्पादन गरेर आर्थिक गतिविधि बढाउने पहल भइरहेको छ । ताप्लेजुङमा विगतका तुलनामा अलिक छिटै गुराँस फुल्नथालेका फुङ्लिङ–९ का स्थानीय लेकाली कान्छा मुक्कुमले बताए ।

गुराँसलाई अझ व्यवस्थित ढङ्गले संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने मुक्कुमले बताए । सरकार तथा सरोकार भएका निकायले गुराँस उद्यान स्थापना गरी यसको व्यावसायिक उपयोगमा जोड दिनुपर्नेमा उनले जोड दिए।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये ताप्लेजुङ, तेह्रथुम र सङ्खरसभा जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के २८ प्रजातिका पाइन्छन्। ताप्लेजुङको पाथीभरा क्षेत्रमा २६ प्रजातिको गुराँस पाइने तथ्याङ्क रहेको संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका हिमाली संरक्षण मञ्च संस्थाका कार्यक्रम संयोजक रमेश राईले बताए ।

‘पाथीभरा क्षेत्र गुराँससँगै पर्यटनका लागि उत्कृष्ट सम्भावना बोकेको गन्तव्य बन्न सक्छ । यहाँको प्राकृतिक सौन्दर्य, विशेष गरी वसन्त ऋतुमा फुल्ने गुराँसका विभिन्न प्रजाति, पर्यटकलाई लोभ्याउने प्रमुख तत्व हुन सक्छन्’, उनले भने ।

स्थानीय निकाय, पर्यटन व्यवसायी, तथा सरकारको सहकार्यमा प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र दिगो पर्यटन रणनीति लागू गर्न सकियो भने यो क्षेत्र गुराँस पार्कको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।





Source link

महेन्द्र मोरङ आदर्शमा देउवा र कोइराला पक्षका विद्यार्थीबिच झडप, ३ जना घाइते


नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुबीच विराटनगरमा बिहीबार झडप भएको छ ।

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघ आबद्ध दुई समूहका विद्यार्थीहरुबीच झडप हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास रहेका छन् ।

संस्थापन पक्ष (शेरबहादुर देउवा) र संस्थापनइतर (डा. शेखर कोइराला) पक्षका विद्यार्थीबिच झडप भएको हो । झडपमा परी घाइते भएका तीन जना इतर पक्षको रहेको बताइएको छ । घाइते तीन जनामध्ये दुई जना सामान्य रहेको र अध्यक्ष पोखरेललाई थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको केन्द्रीय सदस्य विश्वासले जानकारी दिइन् । दुई समूहबिच भएको झडपको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ ।

दुई समूहबिच भएको झडपको भिडियोमा अध्यक्ष पोखरेलसहित तीन जनामाथि एकोहोरो आक्रमण भएको देखिन्छ । तीन जनामाथि आक्रमण भइरहँदा घरेलु हतियार बोकेर प्रस्ट देखिन्छ । महेन्द्र मोरङका स्ववियुका सभापति जसवन्त पौडेल (संस्थापन पक्ष)सहितको समूहले आफूहरू कलेजमा चुनावका बारे बुझन जाँदा आक्रमण गरेको बताउँदै, केन्द्रीय सदस्य विश्वासले भनिन्, ‘हामीहरू कलेजमा पुगेपछि उनीहरूको पौडेलसहितको ५०÷६० जनाको समूहले हामीमाथि आक्रमण सुरु गर्‍यो । सुरुमा मुक्का प्रहार गर्दै बन्चरो लिएर आक्रमण थाले । हाम्रो संगठनकाबारे बुझ्न कलेज गएका थियौँ ।’

स्ववियु सभापति पौडेलले भने बिना जानकारी कलेजमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद बढेर झडपको भएको बताए । उनले भने, ‘कलेजमा नयाँ इकाई कमिटी गठन गर्दा केन्द्रले प्रतिनिधि पठाएर गठन हुन्छ । तर, यहाँ जिल्लाले आफ्नो क्षेत्राधिकार बाहिर गएर हस्तक्षेप गर्न खोजेपछि विरोध भएको हो । यो कलेज जिल्लाले हेर्ने होइन । घटना भएका बेला आफू बाहिर रहेको र केहीबेरमा मात्रै कलेज पुगे ।’

मोरङ कलेजमा दुई पक्षबिच झडप भयो भनेर खबर आउनासाथ प्रहरीको टोली लिएर कलेज पुग्छ घटना भइसकेको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले भने, ‘कलेज पुग्दा घटना भइसकेको रहेछ । कलेजभित्र प्रवेश नगरी बाहिरबाट घटना बुझ्दा सामान्य हात हालाहाल भएको रहेछ । दुई पक्ष हात हालाहाल हुँदा दुई पक्षका १÷१ जना सामान्य घाइते भएको बुझिएको छ । एक जना नोबेलमा भर्ना छ भने अर्का घाइतेको कुन अस्पतालमा उपचार भइरहेको छ खोज्दै छौँ । दुवै पक्षले प्रहरी कार्यालयमा घटनाको छानबिन गरी दोषीलाई कारबाही गरी पाउ भनेर निवेदन दिएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइसकेको छ ।’

प्रकाशित: १५ फाल्गुन २०८१ १७:५३ बिहीबार

#Mahendra Morang Adarsa Campus





Source link

वनगाउँ बन्दै छ तरकारी गाउँ – Online Khabar


१५ फागुन, टीकापुर । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् ।

तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् । ‘हाम्रो पूरै गाउँ तरकारीखेतीमा लागेको छ’, स्थानीय तीर्थ चौधरीले भने, ‘थोरै धेरैको कुरा हो तर सबैजसो तरकारी खेतीमा लागेका छन् ।’

उनका अनुसार गाउँमा करिब सय घर छन् ती सबैले मौसमी र बेमौसमी खेती गर्न लागेका हुन् । यतिखेर त्यस गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भएको देख्न पाइन्छ । टमाटर र गोभीले खासै मूल्य नपाएको किसानको गुनासो छ । टमाटर प्रतिकिलो १०, काउली २० मा प्रतिकिलो र खुर्सानी ७० मा थोक मूल्यमा लिने गरेको उनीहरुको भनाइ छ ।

खुर्सानीले सुरुमा मूल्य नपाए पनि अहिले राम्रो मूल्य पाएको किसान तीर्थले बताए । ‘तरकारीमा राम्रो आम्दानी लिनका लागि अरुको उत्पादनभन्दा पहिला उत्पादन हुनुपर्छ’, चौधरीले भने, ‘काउली र टमाटर सबैसँग भएकाले मूल्य खासै छैन तर सुरुमा उत्पादन गर्नेले धेरै मूल्य पाएका थिए ।’

मौसमी तरकारीखेती गर्दै आएका किसानले मौसमीभन्दा बेमौसमी तरकारीले मूल्य पाउने कुरा बुझेपछि बैमौसमी तरकारी उत्पादन गर्न आकर्षित भएका छन् । समयभन्दा छिटो उत्पादन गर्दा राम्रो मूल्य पाइन्छ र सबैको उत्पादन भएपछि बजार मूल्य पाइँदैन भन्ने कुरा सबैले बुझ्दै गएको स्थानीय मानबहादुर चौधरीले बताए । किसानले पाँच कट्ठादेखि एक बिघासम्म तरकारीखेती गर्दै आएका छन् ।

राजापुर र टीकापुर बजारमा तरकारी खपत हुन् थालेपछि त्यस गाउँका किसान तरकारीखेतीमा हौसिएको मानबहादुरले बताए । ‘हाम्रो उत्पादन भएको तरकारी बर्दियाको राजापुर र टीकापुरका थोक व्यापारीले खरिद गर्ने गरेका छन्’, चौधरीले भने, ‘गाउँमै आएर तरकारी किन्ने गरेका छन्, कतिपयले आफैं हाटबजारमा लगेर बिक्री गर्ने गरेका छन् ।’

कात्तिकमा लगाएको तरकारी पुस महिनाबाट बिक्री गर्न तयार भएको चौधरीले बताए । ‘कात्तिकमा लगायौँ, ढिलो भएकाले उत्पादन पनि ढिलो हुँदा खासै मूल्य पाइएन’, चौधरीले भन्नुभयो, ‘गाउँ पूरै तरकारीखेतीमा लागेकाले तरकारीका थोक व्यापारीलाई पनि सहज भएको छ ।’

तरकारीका थोक व्यापारी वनगाउँमा तरकारी पाइन्छ भनेर ढुक्क भएर आउने गरेको स्थानीयको भनाइ छ । किसानले आफ्नो बिक्री भएपछि अर्को छिमेकीको बिक्रीमा सघाउने गरेका छन् । उत्पादन भएको तरकारी लगभग बिक्री भएको अवस्था छ । यसरी तरकारीको आम्दानीले सामान्य खर्च धान्न सजिलो हुने गरेको भौना चोधरीले बताइन् ।

चौधरी गाविसका पूर्वउपाध्यक्ष समेत हुन्।  उसो त उनीहरु धान र गहुँ खेती पनि गर्छन् । बाढी ग्रस्त क्षेत्र भएपनि त्यो गाउँ तरकारीमा आत्मनिर्भर भनेर चिनिन थालेको छ । ‘गाउँ पूरै तरकारीमा लागेको हुँदा युवा र महिला पनि आफ्नो पकेट खर्च निकाल्न तरकारीखेतीमा लागेको पाइन्छ’, भौनाले भनिन्, ‘आधुनिक बीउ पाइने र टनेलमार्फत खेती गर्दा बेमौसमी खेतीगर्न सजिलो भएको छ ।’





Source link

बिहानको कफीले कम गर्छ मुटुरोगबाट हुने मृत्युको जोखिम – Online Khabar


दिनमा कुन समयमा कफी पिउनु सबैभन्दा अधिक लाभदायक हुन्छ ? एउटा पछिल्लो अध्ययनले कुन समयमा कफी पिउनाले मानिसमा मुटुरोगबाट हुने मृत्युको जोखिम कम हुन्छ भन्ने तथ्य पत्ता लगाएको छ ।

उक्त शोध अनुसार बिहान कफी पिउने मानिसहरुमा दिनभर कफी पिउने मानिसहरुको तुलनामा मुटु सम्बन्धी रोगहरुबाट मृत्यु हुने जोखिम कम पाइएको छ ।

साथै दिनको अन्य समयमा भन्दा बिहान कफी पिउने मानिसहरुमा मृत्युको जोखिम कम पाइएको शोधकर्ताहको भनाइ छ । यद्यपि हृदयरोगबाट हुने मृत्युको जोखिम घट्नुको एकमात्र कारक बिहानको कफी नै हो भन्ने कुरा यस अध्ययनमा साबित हुन सकेको छैन ।

टूलेन विश्वविद्यालय ओबेसिटी रिसर्च सेन्टरका निर्देशक तथा यस अध्ययनका प्रमुख शोधकर्ता डाक्टर लूचीका अनुसार बिहानको कफीले मृत्युको जोखिम घटाए पनि यसको कारण के हो ? भन्ने चाहीँ पत्ता लागेको छैन ।

उनका अनुसार दिउँसो कफी पिउनाले व्यक्तिको आन्तरिक शारीरिक घडीमा बाधा उत्पन्न हुने भएकाले पनि यस्तो हुनसक्ने उनले बताए ।

यो अध्ययन युरोपियन हार्ट जर्नलमा प्रकाशित छ ।

डाक्टर ची का अुनसार बिहानको कफीले मुटुरोगबाट हुने मृत्युको जोखिम घटाउने विषयको कारण पहिल्याउनका लागि थप अध्ययनको आवश्यकता छ ताकि यसका निष्कर्षहरु सबै मानिसमा पनि लागू होउन् ।

उनी भन्छन्- हामीले कफी पिउने समयलाई परिवर्तन गर्दाको सम्भावित प्रभाव बुझ्नका लागि चिकित्सा ट्रायल गर्नु आवश्यक छ ।

उनका अनुसार बिहानको कफीले मुटुरोगबाट हुने मृत्युको जोखिम किन कम हुन्छ भन्ने विषयको सम्भावित व्याख्या यो पनि हुनसक्छ कि दिउँसो वा बेलुकीको समयमा कफी पिउनाले सर्केडियन रिदम (हाम्रो शरीरको शारीरिक, मानसिक तथा व्यवहारिक परिवर्तनको २४ घण्टे चक्र) तथा मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा उत्पन्न हुनसक्छ ।

यसबाट शरीर सुन्निने तथा रक्तचाप जस्ता मुटुसँग सम्बन्धित रोगको जोखिमका कारकहरुमा परिवर्तन हुन्छ ।

कसरी गरियो अध्ययन ?

न्यु ओर्लियन्सस्थित टुलेन विश्वविद्यालयका शोधकर्ताहरुले ४० हजार ७२५ वयस्कहरुमा अध्ययन गरेका थिए, जसले सन् १९९९ देखि २०१८ को बीचमा अमेरिकामा नेशनल हेल्थ एण्ड न्युट्रिसन परीक्षा सर्भेमा भाग लिएका थिए ।

त्यसमा उनीहरुको दैनिक खानपिनका चिजका बारेमा सोधियो । उनीहरुले कफी पिउने नपिउने तथा कहिले र कति पिउने भन्ने बारेमा सोधिएको थियो ।

डाक्टर ची भन्छन् – क्याफिनले हाम्रो शरीरमा पर्ने प्रभावहरुलाई हेर्ने क्रममा हामीले दिनमा जुन समयमा कफी पिइन्छ, त्यसले मृटुको स्वास्थ्यमा पार्छ कि पार्दैन भन्ने कुरा हेर्न चाहेका थियौं ।

यसअघिका अध्ययनले मध्यम मात्रामा कफी पिउनु स्वास्थ्य लागि फाइदाजनक हुनसक्ने देखाएका थिए । तर, पछिल्लो अध्ययन चाहीँ कफी पिउने समय र त्यसले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा केन्द्रित थियो ।

अध्ययनका अनुसार यस शोधमा सहभागी हुनेमध्ये ३६ प्रतिशतले बिहान कफी पिउने गरेका थिए भने १४ प्रतिशतले बिहानको साटो दिउसो कुनैपनि समयमा कफी पिउने गरेका थिए ।

शोधकर्ताहरुले करिब एक दशकसम्म सहभागीहरुको निगरानी गरे । त्यसक्रममा सहभागीहरुको सूचना रेकर्ड तथा मृत्युको कारणलाई हेरियो ।

करिब १० वर्षपछि ४ हजार २९५ जना मानिसको मृत्यु भयो, जसमा १ हजार २६८ जनाको मृत्यु मुटुसँग सम्बन्धित रोगका कारण भएको थियो ।

शोधकर्ताका अनुसार बिहान कफी पिउने मानिसमा मृत्युको जोखिम कफी नपिउने मानिसको तुलनामा १६ प्रतिशतले कम थियो र मुटुरोगबाट मर्ने आशंका ३१ प्रतिशत कम थियो ।

तर कफी नपिउने मानिसको तुलनामा दिनभर कफी पिउने मानिसहरुमा मृत्युको जोखिममा कुनै कम आएको पाइएन ।

त्यसैले कफीको अधिक सेवनले मृत्युको जोखिम कम गर्ने भएपनि केवल बिहानको कफी मात्रै त्यसका लागि लाभदायी हुने ठहर शोधकर्ताको छ ।

कफी पिउने समयले किन अर्थ राख्छ ?

लण्डनमा रोयल ब्रम्पटन एण्ड हेफिल्ड हस्पिटलका प्राध्यापक थोमस एफ लशरले अध्ययनका विषयमा लेखेका छन् – दिनको समयले किन अर्थ राख्छ ? बिहानको समयमा आमरुपमा यस्ता क्रियाकलपाहरु अधिक हुन्छन् जसले शरीर सक्रिय हुन्छ । जब हामी जाग्दछौँ र ओछ्यानबाट बाहिर निस्कन्छौँ यो प्रभाव दिउँसोको समयमा कम हुन्छ र निद्राको क्रममा यो न्यूनतम स्तरमा पुग्दछ ।

प्राध्यापक लशरका अनुसार दिनमा अबेर कफी पिउँदा हाम्रो शरीरको आन्तरिक घडी त्यसबेला बाधित हुनसक्छ जब हामीलाई आराम चाहिएको हुन्छ ।

उनी भन्छन् – पूरै दिन कफी पिउने कैयन् मानिसहरु निद्राको गडबडीबाट पीडित हुन्छन् । कफीले मस्तिष्कमा निद्रा ल्याउने मेलाटोनिनलाई दबाउँछ ।

अध्ययनमा यो पनि सुझाव दिइएको छ कि कफी पिउने मानिसहरुमध्ये जसले बिहान कफी पिउँछन् उनीहरुमा चिया तथा क्याफिनयुक्त सोडा सेवन गर्ने सभ्भावना अधिक थियो । यस्ता मानिसहरुले दिनभर कफी पिउने मानिसहरुको तुलनामा कम कफी पिउने गर्दछन् ।

– बीबीसीबाट





Source link

प्रिमियर लिगमा लिभरपुल र सिटीको जित, आर्सनलको बराबरी


१५ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुल र म्यान्चेस्टर सिटीले जित निकाल्दा आर्सनलले बराबरी खेलेको छ ।

लिभरपुलले घरेलु मैदानमा न्युकासल युनाइटेडलाई २-० ले हरायो । लिभरपुलको जितमा ११औं मिनेटमा डोमिनिक सोबोस्लाई तथा ६३औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गरे ।

त्यस्तै म्यान्चेस्टर सिटीले टोटनहामलाई उसैको मैदानमा १-० ले हरायो । सिटीको जितमा एर्लिङ हालान्डले १२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

उता दोस्रो स्थानको आर्सनल भने तेस्रो स्थानको नोटिङहाम फरेस्टसँग गोलरहित बराबरीमा रोकियो ।

यी नतिजाहरूपछि शीर्षस्थानको लिभरपुलको २८ खेलमा ६७ अंक भएको छ । दोस्रो स्थानको आर्सनलको २७ खेलमा ५४ अंक छ । त्यस्तै नोटिङहाम ४८ अंकसहित तेस्रो स्थानमा यथावत् छ ।

चौथो स्थानको सिटीको ४७ अंक छ । न्युकासल ४४ अंकसहित छैटौं स्थानमा छ भने टोटनहाम ३३ अंकसहित १३औं स्थानमा छ ।





Source link

नेपाली महिला फुटबलको उपाधि सपना अधुरै, फाइनलमा म्यानमारसँग स्तब्ध

नेपाली महिला फुटबलको उपाधि सपना अधुरै, फाइनलमा म्यानमारसँग स्तब्ध

१४ फागुन, काठमाडौं । १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्‍यो ।

खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।

नेपालको यो १३औं फाइनल खेल थियो । नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो ।

म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेमो ३९ वर्ष करिब ४ दशकमा नेपालले अहिलेसा्म जित्न सकेको छैन। नेपाल १३ पटक फाइनल पुगेको भने पछिल्लो डेढ दशक (१५) वर्षमा हो ।

नेपालले खेलेका १३ फाइनल

साफ महिला च्याम्पियनसिप
२०१० फाइनलः भारतसँग १–० ले पराजित
२०१२ फाइनलः भारतसँग ३–१ ले पराजित
२०१४ फाइनलः भारतसँग ६–० ले पराजित
२०१९ फाइनलः भारतसँग ३–१ ले पराजित
२०२२ फाइनलः बंगलादेशसँग ३–१ ले पराजित
२०२४ फाइनल ः बंगलादेशसँग २–१ ले पराजित
दक्षिण एसियाली खेलकुद (साग)
२०१० फाइनलः भारतसँग ३–१ ले पराजित
२०१६ फाइनलः भारतसँग ४–० ले पराजित
२०१९ फाइनलः भारतसँग २–० ले पराजित
२०१९ हिरो वुमन्स गोल्डकप
फाइनलः म्यानमारसँग ३–१ ले पराजित
२०१९ नादेज्दा कप
फाइनलः उज्वेकिस्तानसँग ३–२ ले पराजित
२०२४ वाफ वुमन्स च्याम्पियनसिप
फाइनलः जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२–२) ले पराजित
२०२५ इन्टरनेसनल वुमन्स च्याम्पियनसि
फाइनल ः म्यानमार २–० नेपाल ।

Source link

पशुपतिमा साँझ ७ बजेदेखि महाशिवरात्रि विशेष पूजा, १५ हजार १ सय तिरे लाइन बस्‍न नपर्ने !


१३ फागुन, काठमाडौं। महाशिवरात्रिको दिनमा पशुपतिनाथमा साँझदेखि भक्तजनहरूले विशेष पूजा गर्न सक्‍ने व्‍यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले विशेष पूजा गर्न १५ हजार १ सय रुपैयाँ तिरेर व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले भने, ‘महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएका छौं। विशेष पूजाका लागि भक्तजनले १५ हजार १ सय रुपैयाँ तिर्नुपर्छ । उहाँहरूले बिना लाइन १ घण्टामा पूजा सम्पन्न गर्न सक्नुहुन्छ।’

विशेष पूजामा के के सामग्री हुन्छन् ?

कोषका परिषद सदस्य एवं प्रचारप्रसार समितिका संयोजक राजु खत्रीका अनुसार महाशिवरात्रिको साँझ ७ बजेदेखि सुरू हुने विशेष पूजामा पञ्चामृत रहनेछन् ।

उनले यसवर्ष बालभोगसहित पञ्चामृत पूजा,  रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजा, लघुरुद्राभिषेक, पूरा भोगसहित पञ्चामृत विशेष पूजा हटाइएको बताए । उनले भने, ‘ यसवर्ष विशेष पूजाका विभिन्‍न प्रकार हटाई एक प्रकारको मत्रै विशेष पूजा राखिएको छ। जसमा पञ्चामृत विशेष पूजा रहनेछन् ।’

१५ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ । यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरति र पञ्चामृत पूजा गर्न पाइन्छ ।

कसरी सहभागी हुन सकिन्छ ?

शिवरात्रिको दिन विशेष पूजामा सहभागी हुन पशुपतिको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५ हजार १ सयको भौचर काटेर बुझाउनु पर्ने प्रचारप्रसार संयोजक खत्रीले बताए ।

उन‍का अनुसार विशेष पूजाका लागि यसवर्ष २ सय जनाले मात्र गर्न पाउनेछन् । ‘ पहिला विशेष पूजाका धेरै प्रकार हुन्थे। तर यसवर्ष एक प्रकारको मात्रै विशेष पूजा भएकाले २ सय जना मात्रै भाग लिन पाउने व्‍यवस्था गरेका छन् ।

विशेष पूजा कुन प्रहरदेखि सुरू हुन्छ ?

शिवरात्रिको साँझ ७ बजेदेखि भक्तजनले विशेष पूजा गर्न पाउनेछन्। जसमा पहिलो प्रहर ७ बजेदेखि सुरू हुने छ भने दोस्रो प्रहर ९ बजे, तस्रो प्रहर १२ बजे र चौथो प्रहर ३ बजेसम्म विशेष पूजा चल्ने प्रसारप्रसार प्रमुख राजु खत्रीले बताए ।

उनले भने, ‘महाशिवरात्रिमा विशेष पूजा गर्नाले  शिव तत्व र सत्वगुणको प्रधानता प्राप्त हुन्छ । यो प्रहरमा पूजा, प्रार्थना, सन्ध्यावन्दन, ध्यान आदि गर्नु लाभदायी हुन्छ । यो बेला घरको पूजास्थलमा बत्ती बाल्नु शुभ फलदायी हुन्छ।यसैकारण  साँझदेखि विशेष पूजा गर्ने व्यवस्था मिलाएका हौं।’

शिरात्रिमा डिजिटल भेटी पनि चढाउन मिल्ने

पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेला भक्तजनले आफूले इच्छाएको भेटी डिजिटल रुपमा पनि चढाउन पाउनेछन् । आफुले इच्छाएको भेटी डिजिटल वालेट ई-सेवा, मोबाइल बैंकिङ लगायतबाट पनि चढाउन पाउने प्रसारप्रसार प्रमुख राजु खत्रीको भनाइ छ ।

उनले भने, ‘यसपटक हामीले डिजिटल भेटी चढाउन मिल्‍ने गरी प्रबन्ध मिलाएका छौँ। यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन साथै भेटी चढाउन सजिलोस होस् भनेर नै ईसेवा लगायतका वालेट राखिदिउका छौं। सभकर स्मार्ट तरिकाले भेटी चढाउन पाओस् भन्ने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ।’

उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन/तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन रहने जानकारी दिए । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गरे ।

shivaratri pashupati1

‘हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ’, संयोजक खत्रीले भने ।

उनले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताए । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिए । उनका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ ।

महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौंको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।

तस्वीरहरु : रासस





Source link

तपाईं कसरी सुत्नुहुन्छ ? यस्तो छ सही तरिका – Online Khabar


स्वस्थ रहनका लागि राम्रो खानपान र व्यायाम जस्तै राम्रो निद्रा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पूर्णनिद्रा सुत्न पाउँदा थकान महसुस हुँदैन र दिमाग दिनभर ताजा रहन्छ। राति राम्ररी निन्द्रा लागेन भने भोलिपल्ट  धेरै समस्या देखा पर्न सक्छन् ।

दिनभरको थकाइपछि राम्रो निद्राको आवश्यकता सबैलाई हुन्छ। राम्रो निद्राका लागि सुत्ने तरिका पनि आरामदायी र सजिलो हुन जरुरी छ ।

सही तरिकाले कसरी सुत्ने ?

हामी सुत्दा कुन आशनमा सुतेका थियौँ र ब्युँझँदा कुन दिशामा ब्युँझिँयौ भन्ने कुरा हामीले खासै याद गरेका हुँदैनौँ। तर, सुत्ने सही तरिका पत्ता लगाउन थुप्रै शोधकर्ताले  विभन्न पक्षबाट अनुसन्धान गरेका छन्।

उनीहरूले मानिसलाई सुतिरहेका बेला धेरै सेन्सरहरू जडान गरे, धेरै ब्यान्ड लगाए ताकि सुतिरहेका बेला उनीहरूका गतिविधि निगरानी गर्न सकियोस्। हङकङका अनुसन्धानकर्ताहरूले ‘ब्ल्यांकेट एकमोडेटिभ स्लीप पोस्चर क्लासिफिकेशन सिस्टम’ नामक प्रविधि विकास गरिरहेका छन्।

यस प्रविधिमा इन्फ्रारेड क्यामेराको प्रयोग गरिन्छ । यो प्रविधिको माध्यमबाट कुनै व्यक्ति बाक्लो कम्बल ओढेर सुतिरहेको अवस्थामा पनि भित्र गएर उसको निद्राको ढाँचा पत्ता लगाउन सक्छ ।

सामान्यतया हामी सानो हुँदा धेरैजसो उत्तानो परेर सुत्छौँ। तर जब हुर्कँदै जान्छौँ, कोल्टो सुत्ने बानी विकास हुँदै जान्छ। वरिष्ठ इन्टरनल मेडिसिन विशेषज्ञ डा. विद्यासागर कुमार भन्छन् ‘सुत्दा हाम्रो शरीरले आफूलाई हिल गर्छ, त्यसैले सुत्ने ढाँचा ठीक भएन भने हाम्रो शरीरले आराम पाउँदैन।’

हाम्रो सुत्ने मुद्रा सम्पूर्ण प्रक्रियामा मद्दत गर्ने खालको हुनुपर्ने उनको भनाइ छ। ‘हाम्रो जीवनको एक तिहाइ भाग निद्रामा बित्छ, त्यसैले हाम्रो निद्राको गुणस्तर स्वस्थ र ऊर्जावान रहन महत्त्वपूर्ण हुन्।’ डा. विद्यासागर भन्छन् ।

कुन पोजिसनमा सुत्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने फिजियोथेरापिस्ट विरासन राजभण्डारी बताउँछन्। ‘स्वाभाविक रूपमा, शरीरले जुनसुकै अवस्थामा आरामदायी महसुस गर्छ त्यसमा स्वतः सुत्छ’ राजभण्डारी भन्छन्, ‘धेरै घुर्नेहरू सामान्यतया घोप्टो परेर सुत्न रुचाउँछन् ताकि उनीहरूको जिब्रो अलिकति बाहिर होस् र सास फेर्न कुनै अवरोध नहोस्।’

सुताइको मुद्रामा धेरै ध्यान दिइयो भने झन् राम्ररी निद्रा नलाग्न सक्छ। त्यसैले समस्या कहाँ छ भनेर पत्ता लगाउनु र डाक्टरको सहयोगमा समाधान गर्नु महत्त्वपूर्ण हुने राजभण्डारीको भनाइ छ ।

कसरी सुत्नु सबैभन्दा राम्रो ?

डेनमार्कमा गरिएको एक अनुसन्धानमा, अनुसन्धानकर्ताहरूले केही मानिसलाई उनीहरूको मनपर्ने सुत्ने तरिका पत्ता लगाउन स्लीप डिटेक्टरहरू राखेका थिए। अनुसन्धानले देखाएको छ कि यी मध्ये करिब ५० प्रतिशत मानिसहरू छेउमा सुत्न रुचाउँछन्, ३८ प्रतिशत उत्तानो परेर र ७ प्रतिशत घोप्टो परेर सुत्छन्।

डा.विद्यासागर कुमारका अनुसार घोप्टो परेर सुत्नुको सट्टा कोल्टो वा उत्तानो परेर सुत्नु फाइदाजनक हुन्छ।

ढाड दुख्ने समस्या भएका, गर्भवती महिला, मेरुदण्डको लचिलोपनको समस्या भएका वृद्धवृद्धा वा अत्याधिक एसिडिटी भएका व्यक्तिका लागि कोल्टे परेर सुत्नु नै फाइदाजनक हुने उनले बताए।

‘कोही घुँडा धेरै झुकाएर सुत्छन्, कोही कम झुकाएर सुत्छन्। आफ्नो सुविधा अनुसार यो हेर्नुपर्छ’ कुमार भन्छन्, ‘वृद्धवृद्धा वा एसिड रिफ्लक्सको समस्या भएकाहरूले आफ्नो घुँडा धेरै झुकाउनु हुँदैन।’

उनका अनुसार यसो गर्दा बूढाबूढीहरूमा जोर्नी दुख्ने समस्या हुन्छ र एसिड रिफ्लक्सबाट पीडित व्यक्तिहरूलाई बढी रिफ्लक्स हुन्छ।

कडा घाँटी दुख्ने, काँधको दुखाइ वा अनुहारमा चाउरी परेका व्यक्तिहरूलाई भने उत्तानो परेर सुत्न उनी सल्लाह दिन्छन् ।

लामो समयसम्म कोल्टे परेर सुत्दा धेरैलाई घाँटीमा समस्या हुनसक्छ। एउटा काँध थिचेर सुतेका कारणले काँधमा कडापनको समस्या निम्तन सक्छ। लामो समयसम्म हाम्रो आधा अनुहार सिरानी वा बिछ्याउनामा थिचेर बस्दा चाउरी पर्ने समस्या बढ्नसक्ने कुमारले बताए।

कुमार अनुसार रुघाखोकी वा साइनसको समस्या साथै उच्च एसिड रिफ्लक्स भएकाहरूले सिरानी अलि माथि राखेर सुत्नुपर्छ । छेउमा वा पछाडि सिरानीमाथि राखेर सुत्न सकिन्छ। यी व्यक्तिहरूलाई कोल्टे सुत्दा राम्रो निद्रा आउँछ। कोल्टे परेर सही पोजिसनमा सुत्दा रक्तप्रवाह र श्वास-प्रश्वास गतिविधिमा पनि सहयोग पुग्छ।

धेरै घुर्ने व्यक्तिहरूले उत्तानो परेर वा घोप्टो सुत्नबाट र यस्ता मानिसहरूले कोल्टे परेर सुत्नु राम्रो हुने उनको सुझाव छ।

कति समय सुत्नुे ?

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार १८ देखि ६० वर्ष उमेरका वयस्कले दिनमा ७ देखि ८ घण्टा सुत्नुपर्छ। जबकि ६१ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले दिनमा ७ देखि ९ घण्टा सुत्नुपर्छ।

कति निन्द्राले स्फूर्ति दिलाउन सक्छ ? भन्ने प्रश्नमा डा. कुमार भन्छन्, ‘आठ घण्टा सुत्नुको कुनै जादुई आंकडा छैन। कति घण्टा सुत्नुपर्छ भन्ने कुरा व्यक्तिको शरीर र निद्राको गुणस्तरमा भर पर्छ। यदि यी दुईबीच सन्तुलन छैन भने १० घण्टा सुत्दा पनि ताजा महसुस हुँदैन।’

गहिरो निद्रा सुतेको छ भने कम समयमै निद्रा पुग्ने तर निद्रा गहिरो छैन भने लामो समय सुत्दा पनि थकान महसुस भइरहने उनले सुनाए ।

निद्रामा देखिएका सपनाहरूले पनि आरामदायी र गहिरो निद्रा दिने कम गर्छ। यदि यो लगातार भइरहेको छ भने, बिस्तारै थकित महसुस हुनथाल्छ, धेरै रिस उठ्न थाल्छ र धेरै चिजहरु बिर्सन थालिन्छ। त्यसैले निद्राका तीनवटै ढाँचामा सन्तुलन हुनु महत्त्वपूर्ण हुने उनले बताए।

कुन अवस्थामा चिकित्सकको सल्लाह लिने ? 

सुत्न नसक्ने, निन्द्रा गडबड हुने, उठेपछि ताजा महसुस नहुने, शरीरमा थकान महसुस हुने, दिउँसो सुत्ने तीव्र इच्छा हुने, धेरै घुर्ने समस्या भएमा तुरुन्तै चिकित्सककहाँ जानुपर्ने फिजियो थेरापिस्ट राजभण्डारीको सुझाव छ ।

‘मानिसहरू आफैँ निद्राको औषधि खान थाल्छन्, त्यसो गर्नु धेरै खतरनाक हुनसक्छ’ राजभण्डारी भन्छन्, ‘सबैभन्दा पहिले के समस्या छ भनेर बुझ्नुपर्छ। त्यसपछि उपचार खोज्नुपर्छ।’

धेरै पटक हात थिचेर सुत्ने मानिसलाई नर्भमा चोटपटक लाग्ने समस्या देखिने गरेको उतले बताए । घाँटी दुख्ने, काँधमा कडाइ हुने, एसिड रिफ्लक्स, यी सबै गलत मुद्राको परिणाम हुन्।’

राजभण्डारीका अनुसार निद्राको समयमा व्यक्तिको श्वासप्र-श्वासमा अवरोध हुने ‘स्लीप एपनिया’को अवस्थामा छोटो अन्तरालपछि केही सेकेन्डका लागि श्वासप्रश्वास रोकिन्छ, जसका कारण निद्रामा बारम्बार बाधा आउँछ।

त्यस्ता मानिसहरू दिनको समयमा सुत्छन्। यी सबै समस्याहरू छन् भने, डाक्टरसँग परामर्श लिनुपर्छ र उपचार गर्नुपर्छ।

राम्रो निद्राका लागि के गर्ने ?

हार्वर्ड मेडिकल स्कूलमा प्रकाशित एक रिपोर्ट अनुसार लामो समयसम्म अनिद्राको समस्या स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ। निद्राको कमीले मुड स्विङ्, मोटोपना, मुटु रोग, टाइप–२ मधुमेह जस्ता रोगहरूको जोखिम बढाउँछ।

राम्रो र गहिरो निन्द्राका लागि केही कुरालाई ध्यानमा राख्नुपर्ने डा कुमार सल्लाह दिन्छन् । ‘निन्द्रा लागेपछि मात्र सुत्नुपर्छ र निन्द्रा लाग्नुअघि ओछ्यानमा पस्नु हुँदैन। सुत्ने बेलामा धेरै कुरा सोच्नु हुँदैन’ डा. कुमार भन्छन् ।

यदि सुत्ने कोठामा घडी छ भने त्यसलाई हटाउनुपर्छ। किनकी यदि घडी हेरियो भने भर्खर यतित बजेछ अब एकछिनमा सुत्छु भने सोचिन्छ।

उनका अनुसार यसले नकारात्मक प्रतिक्रिया चक्र सुरु गर्छ जसले गर्दा निद्रा लाग्दैन। सुत्नु भन्दा कम्तिमा ४० मिनेटअघि सबै इलेक्ट्रोनिक उपकरणहरू, टिभी, ट्याब्लेट वा मोबाइल बन्द गर्नुपर्छ।

साँझ ६ बजेपछि चिया/कफी पिउनु हुँदैन किनभने यी उत्तेजक पदार्थ हुन्, यसले निद्रा बिगार्न सक्छ। सुत्ने बेला धुम्रपानबाट पनि टाढा रहनु पर्ने उनी सुझाउँछन्।

धेरैलाई साँझ वा राति रक्सी पिउनाले राम्रो निद्रा लाग्छ भन्ने लाग्न सक्छ तर त्यो मिथ मात्र भएको उनले स्पस्ट पारे। ‘यसले छिट्टै निदाउन मद्दत गर्न सक्छ तर यसबाट गहिरो निद्रा प्राप्त गर्न भने सकिँदैन’ डा.कुमार भन्छन्, ‘लामो समयसम्म सुत्नुअघि रक्सी पिइयो भने, डरलाग्दो सपना देखिन सक्छ साथै रक्सीको लत समेत लाग्न सक्छ।’





Source link

ट्रम्पले बराबरी भन्सार लगाउँछु भनेपछि तनावमा भारत


१४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारहरूले अमेरिकी वस्तुलाई जति भन्सार लगाएका छन्, आफूले पनि त्यति नै लगाउने (पारस्परिक भन्सार– रेसिप्रोकल ट्यारिफ) घोषणा गरेपछि त्यसबाट भारत चिन्तित बनेको छ ।

अमेरिका भारतको दोस्रो ठूलो व्यापारिक साझेदार हो । अमेरिकामा भारतले सहुलियतपूर्ण बजार पहुँच पाइरहेकाले ऊसँगको व्यापारमा भारतले नाफा आर्जन गरिरहेको छ ।

सन् २०२४ मा भारतले अमेरिकामा ७७ अर्ब ५२ करोडको सामान निर्यात गरेको थियो भने ४० अर्ब ७७ करोड डलरको सामान आयात गरेको थियो । सो वर्ष अमेरिकासँग भारतको व्यापार ३६ करोड ७४ लाखले नाफामा थियो ।

यो वर्ष थोरै अंकले मात्रै चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्न पुग्यो । नत्र सन् २०२१ देखि अमेरिका नै भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो ।

ट्रम्पले पारस्परिक भन्सारलगाउने घोषणा गरेको सन्दर्भमा ऊसँगको व्यापारिक सम्बन्ध बिग्रन नदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमण गरी ट्रम्पसँग वार्ता गरेका थिए ।

त्यसक्रममा अमेरिकासँग भारतले एफ–थर्टीफाइभ जेटलगायत सैन्य सामग्री लगायत खरिद गर्ने घोषणा मोदीले गरेका थिए । अमेरिकाले भारतलाई पारस्परिक भन्सार नलगाओस् भन्ने उद्देश्यले मोदीले यस्तो डिल गरेका थिए ।

तर, मोदीको भ्रमणको डेढ सातापछि राष्ट्रपति ट्रम्पले फेरि पनि भारत, चीनलगायत मुलुकलाई पारस्परिक भन्सार लगाउने कुरा दोहोर्‍याए ।

अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकको पदभार ग्रहण समारोहमा उनले ‘आफ्नो प्रशासनले चाँडै नै रेसिप्रोकल ट्यारिफको नीति लागु गर्ने’ बताए ।

‘हामी चाँडै रेसिप्रोकल ट्यारिफ लगाउने छौं । त्यो भनेको हाम्रा व्यापारिक साझेदारले हामीलाई जति भन्सार लगाउँछन्, हामी पनि त्यति नै लगाउँछौं । रेसिप्रोकलको अर्थ उनीहरू हामीलाई शुल्क लिन्छन्, हामी पनि उनीहरूसँग त्यति नै शुल्क लिन्छौं । यो अति नै सामान्य छ,’ ट्रम्पलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ ।

अमेरिकाले यसअघि कहिल्यै पनि यस्तो भन्सार नीति नलिएको तर अब भने त्यसो गर्न तयारी अवस्थामा रहेको उनले बताएका थिए ।

यसअघि १४ फ्रेबुअरीमा सकिएको मोदीको अमेरिका भ्रमणमा पनि ट्रम्पले सोही सन्देश दिएका थिए । अमेरिकाको भन्सार नीतिबाट भारतलाई मात्रै अलग गर्न नसकिने उनले बताएका थिए ।

‘मैले हामी के गर्दैछौं भनेर प्रधानमन्त्री मोदीलाई भनेको छु, जति तिमीले शुल्क लिन्छौ, हामी पनि त्यति नै लिन्छौं,’ ट्रम्पले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए ।

भारतले आफ्नो मुलुकमा हुने आयातमा औसतमा १७ प्रतिशत भन्सार लिने गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । तर, वस्तुअनुसार त्यो दर फरक छ ।

ह्वाइटहाउसले तयार पारेको फ्याक्टसिटअनुसार मस्ट फेवर्ड नेसन (एमएफएन) का रूपमा अमेरिकाले भारतका कृषि उपजमा ५ प्रतिशत भन्सार लगाइरहेको छ । तर, भारतले एमएफएनमा औसत ३९ प्रतिशत भन्सार लगाइरहेको अमेरिकाको भनाइ छ ।

‘भारतले अमेरिकी मोटरसाइकलमा शतप्रतिशत भन्सार लगाइरहेको छ, जबकि अमेरिकाले भारतीय मोटरसाइकलमा २.४ प्रतिशत मात्रै भन्सार लगाउँछ,’ ह्वाइटहाउसले उल्लेख गरेको छ ।

अमेरिकाको यो चासोलाई सम्बोधन गर्न भारतले मोटरसाइकल तथा ह्विस्कीको भन्सार दरमा छुट दिइसकेको छ।

भारतले अमेरिकासँग छुट्टै व्यापार वार्ता गरी ऊसँगको व्यापारलाई सौहार्द बनाउन खोजिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

विगतमा अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेकोमा त्यो स्थान चीनले लिइसकेको छ । अमेरिकासँग भारतको व्यापार नाफामा रहँदा चीनसँग भने ठूलो मात्रामा घाटामा रहेको छ । यस्तो भूराजनीतिक परिस्थतिबीच भारत अमेरिकासँगको व्यापार नगुमोस् भन्ने चाहन्छ ।

अमेरिकाले भन्सार थप्दा त्यसले भारतको निर्यात प्रभावित बन्न सक्छ । अमेरिकाले भारतलाई कृषिउपज लगायतमा भन्सार शुल्क घटाउन दबाब दिइरहेको छ । भारतले पनि अमेरिकासँग खुला व्यापार सम्झौताको वार्तालाई अघि बढाउन चाहेको छ ।

अमेरिकाले वस्तुअनुसार भन्सार लगाउँछ कि देशअनुसार लगाउँछ भनेर भारतीय अधिकारीहरूले हेरिरहेको टाइम्स अफ इन्डियाले उल्लेख गरको छ ।

भारतले अमेरिकासँग छुट्टै व्यापार वार्ता गरी ऊसँगको व्यापारलाई सौहार्द बनाउन खोजिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

अमेरिकाले रेसिप्रोकल भन्सारदर लगाएको अवस्थामा त्यसले भारतमा पार्ने प्रत्यक्ष प्रभाव व्यवस्थापन गर्न सकिने खालको हुने भए पनि त्यसले व्यावसायिक आत्मबल घटाउँदा हुने अप्रत्यक्ष प्रभाव चिन्ताको विषय रहेको अन्तर्राष्ट्रिय ब्रोकरेज मोर्गान स्टान्लीले जनाएको छ ।

ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) ले पनि पारस्पिरिक भन्सारले भारतको निर्यातमा उल्लेखनीय प्रभाव नपर्ने बताएको छ ।

‘भारतले पिस्ता आयातमा ५० प्रतिशत भन्सार लगाउँछ, अमेरिकाले पनि त्यति नै भन्सार लगायो भने भारतलाई कुनै असर पर्दैन । किनभने उसले अमेरिकामा पिस्ता निर्यात गर्दैन,’ जीटीआरआईले जनाएको छ ।

अमेरिकाले भारतमा निर्यात गर्ने ७५ प्रतिशत वस्तुमा ५ प्रतिशतभन्दा कम भन्सार भएको जीटीआरआईका संस्थापक अजय श्रीवास्तवलाई उद्धृत गर्दै द हिन्दूले जनाएको छ।

‘जबकि, श्रममा आधारित उत्पादनहरू टेक्सटाइल, गार्मेन्ट, जुत्ताचप्पल लगायतमा अमेरिकाले भारतलाई १५ देखि ३५ प्रतिशतसम्म भन्सार लगाउँछ,’ उसले भनेको छ ।

तर, अमेरिकाले अप्रिलबाट रेसिप्रोकल भन्सार दर लगाउने उच्च सम्भावना रहेको अवस्थामा भारतले बेलायत तथा युरोपको बजारमा आफ्नो निर्यात बढाउने प्रयास पनि गरिरहेको छ । उसले बेलायत र युरोपेली युनियनसँग खुला व्यापार सम्झौताको वार्ता सुरु गरेको छ ।

अहिले ईयूकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भारत भ्रमणमा छिन् । उनको भ्रमणका क्रममा ईयूले ह्विस्की, वाइन, अटोमोबाइल लगायत वस्तुको भन्सार कम गर्न भारतलाई आग्रह गरेकी छन् । युरोपको ठूलो निर्यातका रूपमा रहेका यी वस्तुमा भारतले उच्च दरमा भन्सार लगाउने गरेको छ ।

Modi and EU president
ईयू अध्यक्षसँगको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदी ।

भारत र ईयूबीच विस्तृत र व्यावसायिक रूपमा अर्थपूर्ण व्यापार सम्झौताको तयारी भइरहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

आगामी साता बेलायतका व्यवसाय तथा व्यापार राज्यमन्त्री जोनाथन रेनोल्ड्स तथा भारतको भ्रमण गर्दै छन् ।

उनको भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौताका विषयमा वार्ता हुने द हिन्दू बिजनेसलाइनले उल्लेख गरेको छ ।

सन् २०२२ मा बेलायतसँग सुरु भएको खुला व्यापार सम्झौताको वार्ता बेलायत र भारतबीचको व्यापार दोब्बर अर्थात् १ खर्ब डलर पुर्‍याउने लक्ष्य लिइएको छ।

ट्रम्पको रेसिप्रोकल ट्यारिफको नीतिले भारतमात्रै होइन, बेलायत, ईयूलगायत पनि प्रभावित हुने हुनाले यी वार्ता दुवै पक्षको हितमा देखिन्छन् ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यसो हुँदा बाँकी विश्वसँग भारतको व्यापारिक सम्बन्धले नेपालको व्यापारलाई पनि नश्चित रूपमा प्रभाव पार्ने छ ।





Source link

प्रधानमन्त्रीले भनेजस्तो छात्रवृत्तिको आवेदन नै नपरेको होइन – Online Khabar


१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार फेसबुकमा लेखे– ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण सिट खाली रहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो एक दुई दिनभित्रै आवेदन दिनुहोला ।’

प्रधानमन्त्री ओलीले उल्लेख गरेको यो विषय चीनको छात्रवृत्तिको हो ।

तर, प्रधानमन्त्रीले भनेजस्तो पर्याप्त विद्यार्थीको आवेदनै नपरेको भने होइन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेरिटको आधारमा नाम छनोट गरेर परराष्ट्र मन्त्रालय मार्फत पठाए पनि विद्यार्थीले अन्तिम सयममा अनलाइनबाट डकुमेन्ट नपठाएकाले सिट खाली भएको शिक्षा मन्त्रालयले प्रष्टीकरण दिएको छ ।

‘दुई सय विद्यार्थीको आवेदन परेको थियो । मेरिटको आधारमा नाम छनोट गरेर पठाएका थियौं । छनोटमा परेका विद्यार्थीलाई जानकारी पनि गराएको हो । तर उहाँहरूले चीनको नियम अनुसारको प्रक्रियामा सहभागी हुनु भएन’ शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका उपसचिव सेमन्तराज कोइरालाले भने, ‘प्रधानमन्त्रीज्यूले भनेजस्तो आवेदन नै नपरेको भने होइन ।’

चीनले ७१ सिटमा छात्रवृत्ति दिएको थियो । गत पुसमा शिक्षा मन्त्रालयले आवेदन माग गरेको थियो ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थी प्रक्रियामा सहभागी नहुँदा अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रिकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आईटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको खाली भएको हो ।

‘विद्यार्थीले के कारणले डकुमेन्ट पेस गरेनन् थाहा छैन । डकुमेन्ट पेस गर्न हामीले बारम्बार भनेका हौं तर, पेस नगर्दा समस्या आएको हो,’ कोइरालाले भने ।

अब यो खाली भएको सिटमा के गर्ने भन्ने अधिकार चीनसँग छ । शिक्षा मन्त्रालयका अनुसार समय सकिएकाले चीनले प्रक्रिया रोकिसकेको छ । ‘उताको सिस्टमबाट प्रक्रिया ब्लक भएको भनेर म्यासेज आएको छ,’ उपसचिव कोइरालाले भने ।

अब चीनले फेरि प्रक्रिया खुलाएमा मात्र शिक्षा मन्त्रालयले अर्को प्रक्रिया अगाडि बढाउने छ नभए छात्रवृत्तिको २० सिट खाली हुने भएको छ ।

‘इच्छा नभएका व्यक्तिले आवेदन नदिएको भए अरू विद्यार्थीले अवसर पाउने थिए । मेरिटमा नाम सिफारिस गरेका थियौं । उहाँहरूको ठाउँमा अर्को व्यक्ति छनोट हुने थियो । आवेदन दिएका तर नपरेका विद्यार्थी धेरै छन्,’ कोइरालाले भने ।

प्रधानमन्त्री ओलीले आवेदन दिन फेसबुकमा लेखेपछि पनि तीन जनाको आवेदन परेको छ । ‘अब के हुन्छ थाहा छैन । चीनले उसको कानुन अनुसार गर्ने हो,’  उनले भने ।





Source link

खुसी हर्मोन ‘डोपामाइन’ बढाउने गतल र सही तरिकाबारे जान्नुहोस्


डोपामाइन हर्मोनले मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्छ । हाम्रो मस्तिष्कमा दैनिक सीमित मात्रामा डोपामाइन हार्मोन उत्पादन भइरहेको हुन्छ।

केही राम्रो खबर सुनियो, आफूलाई मन पर्ने खाना खाइयो, मन पर्ने ठाउँमा घुम्न गइयो भने हामी खुसी हुन्छौँ र यो बेला डोपामाइन हार्मोनको उत्पादन बढी हुन्छ । तर, साथै केही खराब काम तथा बानीका कारण पनि मस्तिष्कमा डोपामाइन हर्मोन बढ्न सक्छ । सही तरिकाले डोपामाइन बढाउनु धेरै फाइदाजनक हुन्छ ।

सही तरिकामा डोपामाइन हर्मोन बढाउन गलत र सही तरिकाको बारेमा थाहा हुनु जरुरी हुन्छ ।

डोपामाइन बढ्ने गलत तरिका

-लागूपदार्थको सेवन

लागूपदार्थको सेवन गर्ने व्यक्तिलाई सेवनपछि आनन्दको महसुस हुन्छ । उसको मस्तिष्कले डोपामाइन हर्मोन उत्सर्जन गर्छ । यसले रक्त प्रवाह बढाउँछ, मुटुको गति बढाउँछ। यही कारण मान्छेमा आवेग र उत्तेजना बढ्छ ।

-फास्ट फुडको सेवन

जब हामी जंकफुड, फास्ट फुड खान्छौँ, हाम्रो दिमागमा रिवार्ड सर्किट सक्रिय हुन्छ र डोपामाइन रसायन निस्कन्छ । हाम्रो मस्तिष्क यी प्रशोधित खानाबाट प्राप्त हुने आनन्दले गर्दा खुसी हुन्छ र यस्ता खानेकुरा मात्र खाइरहन मनलाग्छ ।

-पोर्न फिल्म

खुसी हुँदा डोपामाइन हर्मोन बढ्छ । तर, खुसी हुने गलत तरिका अपनाउँदा डोपामाइन झन् घट्न सक्छ । पोर्न हेर्दा डोपामाइनको स्तर घट्छ, जसले कामवासना कम गर्छ ।

-अल्छीपना

धेरै चोटि हामी कुनै काम तत्काल नगरेर पछिका लागि टारिदिन्छौँ अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । यसले हामीलाई अल्छी बनाउँछ । अल्छीपनाले डोपामाइन हर्मोनको उत्पादन कम हुन्छ । साथै कम डोपामाइन स्तर भएका मानिसहरूलाई दैनिक गतिविधिहरूमा उत्साहित महसुस हुँदैन, जसले अल्छी महसुस हुनसक्छ ।

-सोसल मिडिया

सोसल मिडियामा धेरै सक्रिय हुँदा पनि डोपामाइन हर्मोनको स्तर बढ्छ । तर, यसरी डोपामाइनको स्तर बढ्दा सोसल मिडियाको लत लाग्नसक्छ । जसले गर्दा दैनिक जीवनको अन्य कुरामा नकारात्मक असर पुग्न सक्छ ।

-एक्लोपन

सामाजिक सञ्जालको बढ्दो लत वास्तविक जीवनमा बढ्दो एक्लोपनसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ । एक्लोपनले शरीरमा प्राकृतिक रुपमा नभएर नाटकीय रुपमा डोपामाइनको हर्मोन बढाउँछ ।

-अभद्रता

अभद्र व्यवहारले पनि डोपामाइन हर्मोन बढाउँछ । तर, डोपामाइनले अभद्र व्यवहार नियन्त्रण गर्नलाई पनि मद्दत गर्छ । यस्तो अभद्र व्यवहार नियन्त्रण गर्नका लागि डोपामाइन हर्मोन बढ्नु मात्र शरीरको लागि फाइदाजनक हुन्छ ।

-नक्कली सम्बन्ध

जब कसैले प्रेमको नाटक गर्छ त्यो सबैभन्दा खराब भावनाहरू मध्ये एक हो । अस्वस्थ र नक्कली सम्बन्धमा हुनु भनेको पीडादायी सम्बन्धमा हुनु हो । यस्तो प्रेम र सम्बन्धले क्षणिक रुपमा डोपामाइन बढाउन सक्छ । तर, कालान्तरमा त्यसले दु:ख दिन सक्छ ।

डोपामाइन बढाउने सही तरिका

-सानो-सानो कुरामा खुसी हुने

डोपामाइन हर्मोनले खुसी हुनका लागि प्रेरित गर्छ । त्यसैले डोपामानलाई ‘फिल गुड हर्मोन’ पनि भनिन्छ । त्यसैले सानो-सानो कुरामा खुसी भयो भने यो हम्रोन प्राकृतिक रुपमा बढ्न सक्छ ।

-नयाँ अनुभव

कुनै नयाँ कुराको अनुभवले पनि हाम्रो मस्तिष्क उत्तेजित हुन्छ र शरीरमा डोपामाइन हर्मोनलाई बढाउँछ । नयाँ-नयाँ कुराको अनुभव गरेर प्राकृतिक रुपमा डोपामाइन बढाउन सकिन्छ ।

-नयाँ साथी

नयाँ साथी तथा सम्बन्धले पनि डोपामाइन बढ्छ । साथीसँग सम्बन्धित सकारात्मक भावना अनुभव गर्दा अक्सिटोसिनले सेरोटोनिन र डोपामाइनको रिलिजलाई सक्रिय गर्छ ।

-प्राकृतिक खाना

स्वस्थ र सन्तुलित खाना शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । डोपामाइनको कमी हुन नदिन प्राकृतिक र सन्तुलित खाना खानुपर्छ ।

-माफी दिँदा

यदि केही कुरामा कसैसँग मनमुटाब भएको छ र त्यो व्यक्तिले आफ्नो गल्ती स्विकारेर माफी माग्छ भने उसलाई माफी दिँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ र डोपामाइन बढ्छ।

-व्यायाम

नियमित रूपमा व्यायाम गर्ने बानीले डोपामाइन हार्मोनको स्तर बढाउन मद्दत गर्छ । यी हर्मोनले मुड सुधार्न मद्दत गर्छ । त्यसैले खुसी रहन र राम्रो स्वास्थ्य कायम राख्न नियमित व्यायाम गर्नुपर्छ ।

-कृतज्ञताको भावना

सकारात्मक मनोविज्ञान अनुसार कृतज्ञता जीवनमा राम्रो कुरालाई स्वीकार गर्ने भावना हो । कृतज्ञता खुसीसँग जोडिएको हुन्छ, जसले डोपामाइन हर्मोनलाई बढाउँछ ।

-योग ध्यान

योग ध्यानले पनि डोपामाइन हार्मोनको मात्रा बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले शरीरमा डोपामाइन हार्मोन बढाउन योग, ध्यान गर्नुपर्छ ।

-प्रकृतिसँग रमाउने

बाहिरी गतिविधिहरू जस्तै हरियाली वातावरणमा हिँड्ने, बगैँचामा काम गर्ने वा प्रकृतिको मजा लिनेले सूर्यको प्रकाश पाइन्छ जसले मुड सुधार्न मद्दत गर्छ र डोपामाइन बढ्छ ।

-प्रेम

प्रेमले आनन्द महसुस, ऊर्जा बढाउँछ । जसले हाम्रो मस्तिष्कबाट उत्सर्जन हुने प्रेमिल हर्मोन डोपामाइन उत्पन्न हुन्छ ।

-घाममा बस्दा

सूर्यको किरणले हाम्रो शरीरमा रहेको डोपामाइनलाई बढाउँछ । त्यसैले नकारात्मक भावनाहरू आइरहन्छ भने घरभित्र एक्लै बस्नु भन्दा घाममा बस्नु राम्रो हुन्छ ।





Source link

नेपाली विद्यार्थीलाई मात्र किन कलेज छाड्न भनियो ? – Online Khabar


१४ फागुन, काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ ।

कलेजका संस्थापक अच्युत सामन्तबाट बयान लिन थालेको ओडिसा राज्यको अतिरिक्त प्रमुख सचिव सत्यब्रत साहु नेतृत्वको उच्चस्तरीय समितिले बयानका लागि कलेजका थप चार अधिकारीहरुलाई बोलाएको छ।

भारतको अखबार द हिन्दुका अनुसार, अनुशासन विभाग प्रमुख पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक कमिटी प्रमुख इप्सिता सत्पथी र सहायक निर्देशक स्मारिका पाटीलाई बयानका लागि उपस्थिति हुन भन्दै पत्र पठाएको छ।

यसअघि कलेजका संस्थापक सामन्तसहित अरु ७ शीर्ष अधिकारीहरुको बयान भइसकेको छ । उनीहरुलाई नेपाली विद्यार्थीलाई मात्र कलेज छाड्न भन्दै किन सूचना जारी गरियो भन्ने प्रश्न सोधिएको भनिएको छ।

साथै, दुर्व्यवहारको सूचना आउँदा आउँदै एक महिनासम्म पनि किन कुनै कारबाही अघि बढाइएन भनेर समेत सोधिएको एक जना अधिकारीले भनेका छन् ।

सामन्तसहितका अधिकारीहरुलाई नेपाली विद्यार्थीलाई लक्षित गरेर प्रयोग गरिएको अपमानजनक शब्दबारे समेत सोधिएको थियो ।

आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

उनले आफूलाई सोही कलेजमा अध्ययनरत् अड्विक श्रीवास्तवले पटकपटक दुर्व्यवहार गरेको भन्दै उजुरी दिँदा समेत कलेज प्रशासनले गम्भीरता देखाएको थिएन । बरु घटना ढाकछोप गर्न खोजेको थियो ।

त्यहीबीच प्रकृति मृत अवस्थामा भेटिएपछि विद्यार्थीहरुले गम्भीरतापूर्वक छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई कलेज प्रशासनले दमन गर्न खोजेको थियो, त्यसक्रममा विद्यार्थीहरुलाई सुरक्षागार्ड र प्रशासनका व्यक्तिहरुले दुर्व्यवहार गरेका थिए ।

कुटपिटमा संलग्न दुई सुरक्षागार्डसहित ५ जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो भने केही कलेजका कर्मचारीहरु पनि बर्खास्तीमा परेका थिए । पक्राउ परेकाहरुलाई भने अदालतले धरौटीमा छाडेको छ ।

विद्यार्थीले अपशब्द प्रयोग गरेर गालीगलौज गर्ने प्राध्यापकहरुले माफी माग्दै भिडियो सार्वजनिक गरेका छन् । यो विषय चर्किएपछि भारतको केन्द्र सरकारले पनि चासो देखाएको थियो भने प्रदेश सरकारले उच्च स्तरीय छानबिन समिति बनाएको थियो ।

केआईआईटी प्रकरणलाई लिएर नेपालको संसद् समेत तातेको थियो । ओडिसाको प्रदेश संसद्मा पनि यो विषयले प्रवेश पाएको थियो।





Source link

राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट


१३ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले भेट गरेको छन् ।

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो ।

नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।

यस किसिमको युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

राष्ट्रिय सेवा दल (एनसिसी)बाट प्रदान गरिने तालिम प्रशिक्षणले युवाहरूलाई एकत्रित गरी बफादार, अनुशासित र जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रुपमा रूपान्तरण गरिँद आएको छ । एनसिसीले असल अभ्यासको आदान–प्रदानसहित युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।

यही फागुन ९ गते नेपाल आएको सो भ्रमण टोलीमा ३४ जना प्रतिनिधि रहेको छ। भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।





Source link

२५ अर्ब तरलता खिच्दै केन्द्रीय बैंक – Online Khabar


१३ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो ।

केन्द्रीय बैंकले २२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी ६ चैतमा भुक्तानी हुनेछ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।





Source link

नागाबाबा कसरी बन्छन् ? कहिलेदेखि सुरु भयो परम्परा ?


१३ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा अघिल्ला वर्षहरुजस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबा र साधुसन्तहरू आएका छन् । शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरिन्छ ।

पशुपति मन्दिर परिसर पुग्नेहरु नागाबाबाहरूको दर्शन गर्न पनि पुग्छन् । उनीहरूको वेषभूषा र जीवनशैली फरक हुने भएकाले सर्वसाधारणका उनीहरु चासो र आकर्षणको केन्द्र बन्ने गर्छन् ।

महाशिवरात्रि जस्ता विशेष अवसरहरूमा, विशेष गरी छिमेकी मुलुक भारतबाट समेत नागाबाबा र साधुसन्तहरु आउने गर्छन् । यस वर्षको शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा १ हजार ५०० साधुसन्त र करिब दुई सय नागाबाबा आएको अनुमान छ ।

केही नागाबाबाहरू तर नेपालभित्रै रहेको पनि बताइन्छ । तर नेपालमा नागाबाबा र साधुसन्तहरूको ठ्याक्कै संख्या उपलब्ध छैन । जानकारहरुका अनुसार नागाबाबाहरूको संख्या सीमित छ । उनीहरू प्रायः एकान्तमा बसेर शिव भक्ति, साधना र तपस्यामा लिप्त रहन्छन् ।

महाशिवरात्रि अवधिभर उनीहरुलाई सम्मानपूर्वक बस्ने स्थान, भोजन, पानी र धुनी जगाउने दाउराको व्यवस्था पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराउँछ । महाशिवरात्रि सकिएपछि कोषले नै उनीहरुलाई श्रेणीअनुसार दान दक्षिणासहित ससम्मान बिदाइ पनि गर्दछ ।

यहाँ नागाबाबाको रहस्यमय जीवनबारे जानकारी दिने प्रयास गरेका छौं ।

लुगा लगाउँदैनन् नागा साधुहरू

‘नागा’ शब्दको अर्थ नै ‘नग्न’ भन्ने हुन्छ । नागाबाबाहरू सधैं नाङ्गै बस्छन् । उनीहरू सबैभन्दा फरक देखिने कारण भनेकै उनीहरू लुगा नलगाउने हो । कठ्याङ्ग्रिने चिसो मौसममा पनि उनीहरू नाङ्गै नै बस्छन् । उनीहरू शरीरमा धूनीको खरानी (भस्म) लगाएर घुम्ने गर्छन् ।

pashupati shivaratri 2077 14

नागाबाबा बन्ने प्रक्रिया

नागाबाबा बन्ने प्रक्रिया निकै कठिन र लामो हुन्छ । हिन्दू धर्मका महान् दार्शनिक आदि गुरु शंकराचार्यले नागाबाबाहरुलाई व्यवस्थित बनाउन अखाडा परम्पराको सुरुवात गरेका थिए । अखाडाहरूले नै नागाबाबाहरूको चयन र दीक्षा दिने काम गर्छन् । प्रत्येक अखाडाको आफ्नै नियम, परम्परा र मान्यता अनुसार दीक्षा दिइन्छ । अखाडामा प्रवेश गरेपछि उनीहरूले गुरु सेवा गर्नुपर्ने हुन्छ र सबै साना–ठूला काम गर्न लगाइन्छ । केही अखाडाहरूमा नागाबाबाहरूलाई ‘भुट्टो’ भनेर पनि चिनिन्छ ।

कठिन जीवनशैली

नागाबाबाहरूको जीवनशैली अत्यन्तै कठिन हुन्छ । भनिन्छ, कुनै पनि व्यक्तिलाई नागाबाबा बन्न कम्तीमा १२ वर्ष लाग्छ । नागाबाबा बनेपछि उनीहरू गाउँ, सहर तथा समाजको चहलपहलयुक्त जीवन त्यागेर जंगल वा पहाडतिर गुमनाम भएर बस्छन् । उनीहरू त्यस्ता स्थानमा बस्छन्, जहाँ कमै मानिसहरू आउजाउ गर्छन् ।

नागाबाबा बन्ने प्रक्रियामा पहिलो ६ वर्ष विशेष महत्त्वपूर्ण मानिन्छ । यो अवधिमा उनीहरू नागाबाबा बन्न आवश्यक ज्ञान हासिल गर्छन् । सुरुका ६ वर्ष उनीहरूले केवल लंगौटी मात्र लगाउने गर्छन् । त्यसपछि १२ वर्षको अन्तरालमा हुने महाकुम्भ मेलामा संकल्प लिएर लंगौटीसमेत त्याग्छन् र जीवनभर लुगा नलगाउने प्रतिज्ञा गर्छन् ।

ब्रह्मचर्य शिक्षा

नागाबाबा बन्नका लागि सबैभन्दा पहिला ब्रह्मचर्यको शिक्षा लिनुपर्छ । त्यसपछि, योग्य ठहरिएपछि महापुरुषहरूबाट दीक्षा प्रदान गरिन्छ । दीक्षा पश्चात् यज्ञोपवीत संस्कार गरिन्छ । यस प्रक्रियालाई पूर्ण गरेपछि, उनीहरू आफ्नै मृत्यु संस्कार जस्तै ‘पिण्डदान’ गर्छन्, जसलाई ‘बिजवान’ भनिन्छ ।

उनीहरूले आफ्ना १६ जना परिवारजनको पिण्डदान गर्छन् । १७ औं पिण्डदान आफ्नै गर्छन् । यसको अर्थ उनीहरूले आफ्नो पहिलाको जीवन समाप्त भएको मान्छन् । पिण्डदान गरेपछि उनीहरू आफ्नो गोत्र, जात तथा पहिचानसम्बन्धी सबै त्याग्छन् ।

बिस्तारामा नसुत्ने परम्परा

नागाबाबाहरूका लागि सांसारिक सुख–सुविधाको कुनै महत्त्व हुँदैन । उनीहरू आफ्नो अखाडालाई नै परिवार मान्छन् । साधारणतया, उनीहरू कुटी बनाएर बस्छन्, तर तिनको कुनै स्थायी निवास हुँदैन । भनिन्छ नागाबाबाहरू ओछ्यानमा सुत्दैनन् ।

युद्धकला र आत्मसंयम

नागाबाबाहरूले दिनभरमा केवल सात घरबाट मात्र भिक्षा माग्न पाउँछन् । यदि ती सात घरबाट केही प्राप्त भएन भने उनीहरूले भोकै बस्नुपर्छ ।

नागबाबाहरू दिनमा एकचोटि मात्र भोजन गर्छन् । भनिन्छ, नागाबाबाहरु केवल साधना मात्र गर्दैनन्, उनीहरू युद्धकलामा पनि निपुण हुन्छन् ।

रहस्यमयी शक्ति

नागाबाबाहरूले कठोर तपस्या गरेर विभिन्न रहस्यमयी शक्तिहरू प्राप्त गरेको विश्वास गरिन्छ । यद्यपि, उनीहरू आफ्ना शक्तिहरूको दुरुपयोग गर्दैनन् । बरु, उनीहरू आफ्नो ज्ञान र शक्तिबाट मानिसहरूको समस्या समाधानमा मद्दत गर्न प्रयास गर्छन् । उनीहरु आफूलाई भगवानको दूत मानन्छन् ।

नागा साधुहरूको अन्तिम संस्कार

हिन्दू धर्मअनुसार, सामान्यतः मृत्यु पश्चात् शवलाई जलाउने परम्परा छ । तर, नागाबाबाहरूको शवलाई जलाइँदैन । उनीहरूको अन्तिम संस्कार ‘भू–समाधि’द्वारा गरिन्छ । उनीहरूलाई सिद्धयोगको मुद्रामा राखेर जमिनमुनि समाधिस्थ गरिन्छ ।

नागाबाबा बन्ने परम्पराको सुरुवात कहिले र किन भयो ?

धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएअनुसार, आठौं शताब्दीमा सनातन धर्म र मठ–मन्दिरहरूलाई क्षति पुर्‍याउने प्रयास भइरहेको थियो । त्यसबेला आदि गुरु शंकराचार्यले चार मठहरूको स्थापना गर्दै सनातन धर्मको रक्षा गर्ने अभियान सुरु गरे ।

उनले सनातन परम्पराको रक्षा केवल शास्त्र (ज्ञान) बाट सम्भव छैन, यसका लागि शस्त्र (युद्धकला) को पनि आवश्यक छ भन्ने महसुस गरे । त्यसपछि उनले अखाडा परम्पराको स्थापना गरे, जसअन्तर्गत धर्मको रक्षा गर्न मरिमेट्नेहरूलाई युद्धकलाको समेत विशेष प्रशिक्षण दिइयो । र, नागाबाबा र अघोरीहरुलाई ‘धर्म रक्षक’ मान्न थालियो ।

त्यसैले नागाबाबा र साधुसन्तहरुलाई व्यवस्थित गर्ने श्रेय शंकराचार्यलाई जाने धर्मशास्त्रका जानकार डा. बासुदेव कृष्णशास्त्री बताउँछन् ।

नेपालको थापाथली, देवघाट लगायतका स्थानमा अखाडाहरु छन् । नेपालभरको अखाडाका प्रमुख महामण्डलेश्वर आत्मानन्द गिरी हुन् ।





Source link