Category Archives: अर्थ

सविन महर्जनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिने


काठमाडौँ । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी श्रीमतीलाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ । भाटभटेनीका अध्यक्ष मीन बहादुर गुरुङ महर्जनकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका हुन् । 

तीनकुने घटनामा ज्यान गुमाएका महर्जनको आर्थिक सहयोगका लागि आफूले घोषणा गरेको ३ लाखको चेक हस्तान्तरण गर्दै गुरुङले महर्जनकी श्रीमतीलाई जागिर दिने पनि घोषणा गरेका छन् । 

गुरुङले सोही घटनामा ज्यान गुमाएका सुरेश रजकको परिवारलाई पनि घरमै पुगेर पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । उनले दुःखद समयमा साथ दिन आफू उपस्थित भएको प्रतिक्रिया दिएका थिए । 

चैत १५ गते तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर महर्जनको मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो । 



Source link

सहकारी र लघुवित्त पीडित एकसाथ धर्नामा, ‘बचत फिर्ता’ र ‘लघुवित्त खारेज’ मुख्य माग ! (तस्विरहरु)


काठमाडौँ । सहकारी संस्था र लघुवित्त वित्तीय संस्थाका पीडितहरु धर्नामा बसेका छन् । सोमबार उनीहरु राष्ट्रपति कार्यालय (शितलनिवास_ नजिकै धर्नामा बसेका हुन् ।

धर्नामा बसेका उनीहरुले सरकारसँग छुट्टाछुट्टै माग राखेका छन् । सहकारी पीडितहरुले बचत फिर्ताको माग गरेका छन् भने लघुवित्त पीडितहरुले वित्तीय शोषण अन्त्य गर्नुपर्ने भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।

सहकारी तथा लघुवित्तको समस्या समाधानका लागि पटकपटक सरकारलाई आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै उनीहरु राष्ट्रपति कार्यालय नजिकै धर्नामा बसेका हुन् । उनीहरुले राष्ट्र बैंकमा दायर गरिएको उजुरीउपर यथाशीघ्र छानबिन गर्न पनि माग गरेका छन् ।

उनीहरुसँगै मिटरब्याज पीडितहरु पनि धर्नामा बसेका छन् । उनीहरुलेसमेत मिटर ब्याजका कारण घरबार उठिबास लाग्दा पनि सरकारले बेवास्ता गरेको सरकारविरुद्ध नाराबाजी गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः



Source link

कामु गभर्नरको जिम्मा ढुंगानालाई, कहिले आउँछन् नयाँ गभर्नर ? 


काठमाडौँ । राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिइएको छ । सोमबारदेखि लागू हुनेगरि अर्थ मन्त्रालयले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएको हो । 

राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको थियो । 

यता सरकार राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति गर्ने तयारीमा छ । यद्यपि गभर्नर कसलाई बनाउने ? भन्ने विषयमा एमाले र नेपाली काँग्रेसबीच कुरो नमिल्दा नयाँ गभर्नर को बन्ने ? भन्ने टुँगो लागेको छैन । 

हाल सरकारले राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्ने भनिए पनि हालसम्म सिफारिस समितिको समेत बैठक बसेको छैन । तथापि सरकारले सम्भवतः आजै नभए यो हप्ताभित्र नयाँ गभर्नर नियुक्त गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले बताएका छन् ।



Source link

भिजन सेक्युरिटिजको कर्मचारी अभिमुखीकरण तालिम सम्पन्न 


काठमाडौँ । ब्रोकर नं. ३४ अर्थात् भिजन सेक्युरिटिजको कर्मचारी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । कम्पनीले चैत्र २२ गतेदेखि २४ गतेसम्म द कल्चर सिरोर्ट लेकसाईड, पोखरा, कास्कीमा आयोजना गरेको उक्त तालिम सम्पन्न भएको हो ।

तालिममा कम्पनीका उपत्यका बाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखा गरि कुल १२ शाखाका ६२ जना कर्मचारीहरु उपस्थित थिए ।

सम्पत्ती शुद्धिकरण निवारण ऐनसँग सम्बन्धित नीतिहरु तथा अन्य सेवा प्रवाहसँग सम्बन्धित विषयवस्तु तथा साइबर सेक्युरिटिज सम्बन्धि विषयमा तालिम सम्पन्न भएको छ ।कार्यक्रममा कम्पनीका वरिष्ठ आईटी अधिकृत आकाश कुमार साहले साइबर सेक्युरिटी सम्बन्धि जानकारी गराएका थिए भने प्रमुख सञ्चालन अधिकृत तथा कार्यन्वयन अधिकृत प्रकाश अधिकारीले कार्य विवरण, कार्मचारी एवं ग्राहकहरुसँगको समन्वय र सम्पत्ति शुद्धिकरण निवारणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै, कम्पनीका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले आफ्नो कम्पनीको कार्य योजना, उद्देश्य, लक्ष्य अनुरुप ग्राहकहरुसँग समन्वय गरि सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

कम्पनीले सम्पुर्ण शाखाका कर्मचारीहरुलाई समेटिने गरि प्रत्येक वर्ष कर्मचारी अभिमुखिकरण तथा तालिम कार्यक्रम गर्दै आईरहेको र आगामी वर्षहरुमा समेत निरन्तरता दिने जानकारी गराएको छ । त्यस्तै, तालिम प्राप्त कर्मचारीहरुबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाहमा थप सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।



Source link

बिचौलियाले नै निलम ढुंगानाको नाम लिएपछि राष्ट्र बैंकले पहिलो महिला गभर्नर पाउने सम्भावना अधिक !


काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर को बन्छ ? भन्ने चर्चा चलिरहेका बेला गभर्नरमा राष्ट्र बैंककै डेपुटी गभर्नर निलम ढुंगानाको सम्भावना प्रबल देखिएको छ । 

वरिष्ठताका हिसाबले पनि अरु डेपुटी गभर्नर भन्दा उनको नाम अघि छ । अर्कोतर्फ ढुंगाना गभर्नर भए उनी नेपालको इतिहासमै राष्ट्र बैंकको गभर्नर बन्ने पहिलो महिला हुनेछिन् । यही कारण पनि प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निलम ढुंगानालाई नै गभर्नर बनाउन चाहन्छन् । 

यसो त राष्ट्र बैंकको गभर्नर नियुक्तिमा हाबी भएका बिचौलियाले समेत ढुंगानाकै नाम लिएपछि उनी राष्ट्र बैंकको गभर्नर बन्ने सम्भावना अधिक रहेको स्रोतको दाबी छ । यद्यपि ढुंगानालाई नै राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने विषयमा निर्णय भइसकेको छैन । 

स्रोतका अनुसार गभर्नर नियुक्तिका विषयमा सत्ता साझेदार दल (काँग्रेस-एमाले) बीच कसलाई गभर्नर बनाउने ? भन्ने विषयमा छलफल भइरहेको छ । छलफलमा निलम ढुंगानालाई नै गभर्नर बनाउने विषय सहमति नजिक पुगेको स्रोतको दाबी छ । यदि सरकारले निलम ढुंगानालाई नै राष्ट्र बैंकको गभर्नर नियुक्त गरे उनी नेपालकै पहिलो महिला गभर्नर बन्नेछिन् । 

ढुंगाना २०७७ फागुन २५ गते राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरका रुपमा नियुक्त भएकी थिइन् । उनी नेपाल राष्ट्र बैंकको ६४ वर्षको इतिहासमा डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् ।



Source link

कारागारमा रविलाई एक्लै राखियो !  


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागारमा एक्लै राखिएको छ । सोमबार भैरहवा कारागार पुर्याइएका लामिछानेलाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको हो । 

कारागारका एक प्रहरीका अनुसार उक्त कारागारमा कुल ४ वटा ब्लक छन् । जसमध्ये ब्लक १ र २ मा अन्य कैदीलाई राखिएको छ भने ब्लक ३ मा महिला कैदी राखिएको छ । 

रवि लामिछानेलाई राखिएको ब्लक ४ मा १० जना कैदी अटाउँछन् । तर, हाल उक्त ब्लकमा रवि एक्लैलाई राखिएको छ । रविलाई राखिएको उक्त ब्लकमा अन्य कैदी नराखिएको कारागार प्रशासनले जनाएको छ । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै शुक्रबार प्रहरीले रविलाई उनकै निवासबाट पक्राउ गरेको थियो । सोमबार जिल्ला अदालतमा उपस्थित गराएर रविलाई भैरहवा कारागार चलान गरिएको छ । 



Source link

अन्तत: काठमाडौँ महानगरका कर्मचारीले तलब पाए


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिनादेखि तलब नपाएका महानगरका कर्मचारीले सोमबार तलब पाएका हुन् ।

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरुको तलब तीन महिनादेखि रोकिएको थियो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं गत पुष ७ गतेदेखि बिदामा बसेका थिए ।

चैत्र २२ गते बिहीबार कार्यलयमा हाजिर भएका गुरागाईंले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाएका थिए । सोहि अनुसार महानगरका २९ सय कर्मचारीलाई १ अर्ब १३ करोड भुक्तानी भएको पाइएको छ ।



Source link

सोमबार ३३.३३ अंकले घट्यो नेप्से, सबै सूचक राताम्य


काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३.३३ अंकले घटेर २६७०.०६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड १ लाख ४८ हजार ६६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५० करोड ३६ लाख ८ हजार ९ सय ८४ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबारको बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।



Source link

तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ 


काठमाडौँ । काठमाडौँको तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको अरोपमा एक जना पक्राउ परेका छन् । चैत १५ गते (शुक्रबार) भएको राजावादीको आन्दोलनका क्रममा तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा कुमार तामाङ रहेका छन् । उनलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका एक प्रहरीका अनुसार प्रदर्शनका क्रममा तामाङले ट्राफिक लाइट तोडफोड गर्नुका साथै जडिबुटीमा रहेको एक घरमा आगजनी समेत गरेको पाइएको छ । 

पक्राउ परेका तामाङविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौँले थप अनुसन्धान अघि बढाएको छ । 



Source link

राष्ट्रसंघ महासचिव गुटेरेस भन्छन्, ‘व्यापार युद्धमा कसैले पनि जित्दैन’


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘व्यापार युद्ध’मा कसैले पनि नजित्ने दाबी गरेका छन् । व्यापक विरोधका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘पारस्परिक कर’ सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उत्पन्न परिस्थितिका सवालमा गुटेरेसको यस्तो प्रतिक्रिया आएको हो ।

आदेशमा १० प्रतिशत ‘न्यूनतम आधारभूत कर’ र केही व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाइने जनाइएको छ ।

ह्वाइट हाउसको पछिल्लो ट्यारिफ नीतिमा गुटेरेसको टिप्पणीको बारेमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘व्यापार युद्धमा कोही पनि जित्दैन ।’ त्यस्तै, उनले विश्वव्यापी व्यापार युद्धले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूलाई ‘नकारात्मक’ रूपमा असर गर्ने उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलनले शुक्रबार एक विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले लगाएको करले कमजोर देशहरूलाई हानी पुर्याउने चेतावनी दिएको छ ।



Source link

‘सरकारले सुनेन’ भन्दै सडकमा शिक्षकको सिठ्ठी आन्दोलन (तस्विरहरू)


काठमाडौँ । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आइतबार शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नेपालमा गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताए ।

महाङ्सघले आज विज्ञप्ति जारी गरी यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरुलाई आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link

गभर्नर नियुक्तिमा शेखर कोइरालाको शंका, भने, ‘बिचौलिया हाबी हुनु सरकार र देश दुवैका लागि दुर्भाग्य’


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिमा चलखेलको शंका व्यक्त गरेका छन् । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि हुन लागेको नयाँ गभर्नरको नियुक्तिमा उनले चलखेलको शङ्का व्यक्त गरेका हुन । 

गभर्नर नियुक्तिमा बिचौलिया हाबी हुन लागेको भन्ने सुनको भन्दै उनले गभर्नर नियुक्तिमा चलखेल हुन नहुने बताएका छन् । 

नेता कोइरालाले यदि गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको हल्ला सत्य भए, त्यो सरकारसँगै देशकै लागि दुर्भाग्य हुने बताएका छन् । गभर्नर नियुक्तिको विषयमा बिचौलिया हाबी हुने हल्ला सामान्य विषय नभएको भन्दै उनले त्यसप्रति चनाखो रहन सरकारलाई आग्रह समेत गरेका छन् । 

त्यस्तै, उनले गभर्नर संवेदनशील पदको नियुक्तिमा चलखेल गरेर मुलुकको अर्थतन्त्रमा खेलाँची नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् । 



Source link

कृषि विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)


काठमाडौँ । कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ११८ जना कर्मचारी माग गरेको हो ।

बैंकले एक जना शाखा अधिकृत, ४८ जना व्यवसाय अधिकृत, तीन जना एमआईएस (व्यवस्थापन सूचना प्रणाली) अधिकृत, एक जना कानून अधिकृत, एक जना कम्प्युटर अधिकृत, पाँच जना कर्जा अधिकृत, ३५ जना लेखपाल मधेश प्रदेशका लागि, १५ जना लेखपाल बागमती प्रदेशका लागि र ९ जना लेखपाल लुम्बिनी प्रदेशका लागि गरी कुल ११८ जना कर्मचारी माग गरेको छ ।

तलब, भत्ता तथा सुबिधा बैंकको प्रचलित नियम अनुसार दिइने बैंकको सुचनामा उल्लेख छ ।

उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आगामी बैशाख ११ गतेसम्म तथा दोब्बर दस्तुरमा बैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तो छ बैंकले जारी गरेको सूचना:



Source link

एसइईको नतिजा प्रकाशनमा ढिलाई हुने पक्का ! 


काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रशासनमा ढिलाई हुने भएको छ । उत्तरपुस्तिका जाँच गर्न छोडेर देशभरका शिक्षक आन्दोलनमा होमिएपछि एसइईको नतिजा प्रकाशनमा ढिलाई हुने भएको हो । 

हाल देशभरका शिक्षकहरु विभिन्न माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागि भएपछि एसइईको उत्तरपुस्तिका जाँच गर्ने काम रोकिएको छ । 

एसइईको परीक्षा चैत १५ गते सकिएको थियो । परीक्षा सकिएको अहिले झण्डै १० दिन पुगेको छ । यतिन्जेलसम्म उत्तरपुस्तिका जाँच गर्ने काम सुरु भइसक्नुपर्ने भए पनि शिक्षकहरु आन्दोलनमा व्यस्त हुँदा उत्तरपुस्तिका जाँच्ने काम अझै सुरु भएको छैन । 

यता शिक्षक महासंघले पनि शिक्षकका माग पूरा भएर आन्दोलन नरोकिएसम्म एसइईको उत्तरपुस्तिका जाँच नगर्न निर्देशन दिएको छ । सोही कारण पनि एसइईको उत्तरपुस्तिका जाँच गर्ने काममा ढिलाई भएको छ । उत्तरपुस्तिका जाँच्ने काममा नै ढिलाई भएपछि नतिजा प्रकाशनमा समेत ढिलाई हुने पक्का देखिएको छ । शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलनमा छन् । उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा समेत गरेका छन् ।



Source link

नेपाल लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द एयर’ अवार्डबाट सम्मानित 


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द एयर २०२५’ अवार्डबाट सम्मानित भएको छ । कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित १७औं कर्पोरेट बिजनेस अवार्ड २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द एयर २०२५’ अवार्ड बाट सम्मान गरिएको हो ।

यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहकाबीच नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन दावी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरु, अटोमेशन एण्ड डिजिटल ट्रान्सफरमेशनको क्षेत्रमा गरिएका कार्यहरु, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको जनाईएको छ ।

कम्पनीको कार्य कुशलता, प्रभावकारीता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई उक्त बाट सम्मानित गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्ष तथा सदस्यहरु,सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनी महानुभावहरु तथा नेपाल लाइफसँग आवद्ध समस्त मूल्यवान ग्राहकमहानुभावहरुलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार प्रकट गरेका छन् ।



Source link

शिक्षकहरु आफैँ गर्छन् सरसफाई (तस्विरहरू)


काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी छ । प्रदर्शनका लागि हरेक दिन ५००० भन्दा बढी शिक्षक माइतीघरमा भेला भएर बानेश्वर जाने गरेका छन् ।

गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने, भोक लाग्ने त भइनै हाल्छ । तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरु पनि फोहोर नगरि एउटा झोलामा थुपार्ने गरेका छन् । यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाइ सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलनमा देख्न सकिन्छ ।

आन्दोलनमा आएको शिक्षकलाई मात्र होइन-पत्रकार, सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउँमा नजान अनुरोध गरेको दृश्य हामी सामाजिक सन्जालमा देख्न सक्छौँ ।

हजारौँको उपस्थिति हुँदापनि बोट बिरुवा नमासी, केही फोहोर नगरी आफ्नो प्रदर्शन गरेकोमा केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो सामाजिक संजाल मार्फत शिक्षकलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link

गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने


काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकहरुले दराजमा विशेष छुट पाउने भएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् ।

छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।



Source link

काठमाडौँ महानगरका कर्मचारीले सोमबारसम्म तलब पाउने 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीले सोमबार तलब पाउने भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ कार्यालय फर्किए लगत्तै महानगरका कर्मचारीले सोमबार तलब पाउने भएका हुन् । 

गुरागाइँले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाएका छन् । गत पुष ७ गतेदेखि बिदामा बसेका गुरागाइँ बिहीबार कार्यालयमा उपस्थित भएका थिए । 

उनलाई वडाध्यक्ष र महानगरका कर्मचारीहरुकले कार्यालयको ढोका फोडेर कार्यकक्षमा प्रवेश गराएका थिए । बिहीबार उनलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको थियो । तर, तलब नपाएका कर्मचारीहरुले जबरजस्ती गुरागाइँलाई कार्यालय प्रवेश गराएका थिए । 

गुरागाईं बिदामा बसेपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । त्यसयता महानगरका कर्मचारीको तलब रोकिएको थियो । बल प्रयोग गरेरै बिहीबार कार्यकक्ष प्रवेश गरेका गुरागाइँले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाइदिएका छन् । 



Source link