Category Archives: अर्थ

चेम्बरले यस वर्ष हीरक जयन्ती मनाउने


काठमाडौं । चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको छ ।

हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।

साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गर्ने जनाएको छ ।



Source link

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने


काठमाडौँ । सोलुखुम्बुको पत्ताले, गौरी टाप, ओखलढुंगाको रुम्झाटार र आसपासका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारले आयोजना गर्न लागेको तेस्रो स्पार्क एड्भेन्चरमा महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अभिनेता एवं क्याप्टेन बिजय लामालगायत दर्जनभन्दा बढी कलाकार सहभागी हुने भएका छन् ।

स्पार्क एड्भेञ्चरमा गायिका आनी छोइङ डोल्मा, हास्यकलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र पनि सहभागी हुँदैछन् । त्यस्तै बिबिसी मास्टरसेफ सन्तोष शाह, फिल्म निर्देशक रामबाबु गुरुङ एवं मीन भाम, नायट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक, डन डिरेक्टर अमन प्रताप अधिकारीको उपस्थिति हुने जनाइएको छ ।

स्पार्क एड्भेन्चरकै दोस्रो दिनको तालिकाअनुसार दिउँसो रुम्झाटारमा कन्सर्ट आयोजना गरिने स्पार्क एड्भेन्चरका सम्योजक अमरदीप भट्टराईले जानकारी दिए । कन्सर्टमा स्थानीय कला संस्कृतिसँगै वरिष्ठ गायक दीप श्रेष्ठ, प्रेमराजा महत, राजु लामा, सुनिता दुलाल, बिमलराज क्षेत्री र आस्था रावतललगायतको सांगीतिक प्रस्तुति रहनेछ ।

ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरी टाप, पत्तालेसम्म विद्युतीय सवारीमा रोमाञ्चक यात्रा हुनेछ । पहिलो दिन गौरी टापमा टेन्ट क्याम्पमा बसाइ हुनेछ । सहभागीहरुले प्रकृतिको आनन्द उठाउँदै रैथाने परिकारको स्वाद लिनेछन् ।

चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरी टापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।

दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिने छ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा सांगीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् ।

दोस्रो दिन सहभागीहरु स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुंगाको रुम्झाटारको होमस्टेमा रात बिताउनेछन् । यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराई बताउँछन् ।

यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरि रुम्झाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ । गुरुङ समूदायको बाहुल्य रहेको रुम्झाटार कुनै समय भेडापालन र राडीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडी रुम्झाटार विमानस्थलबाट काठमाडौँसम्म पुर्‍याइन्थ्यो ।

‘दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो”, भट्टराईले भने, “सहभागीहरुले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।’

प्रत्येक वर्ष प्रचूर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले स्पार्क एड्भेन्चरकी पहिलो संस्करण सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह शिकार अवलोकनलाई प्रवर्द्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवर्द्धन गरेको थियो ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।



Source link

प्रदीप नेपालको निधन


काठमाडौं । प्रदीप नेपालको निधन भएको छ । वामपन्थी नेता नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

उनी पार्किन्सन रोगबाट पीडित थिए । उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।



Source link

‘गभर्नर नियुक्तिमा राष्ट्र बैंककै कारण ढिलाई भएको हो, ओलीजीका कारण होइन’- देउवा 


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्तिमा ढिलाई नभएको बताएका छन् । पार्टी कार्यालयमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रधानमन्त्री ओलीका कारण नभएर नेपाल राष्ट्र बैंककै कारणले भएको बताएका छन् ।

अहिले सत्ता गठबन्धनभित्र देखिएको खटपटका कारण गभर्नर नियुक्ति प्रक्रिया गिजोलिएको हल्ला चले पनि सो हल्लामा कुनै सत्यता नभएको भन्दै देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्ति राष्ट्र बैंक भित्रकै समस्याका कारण भएको दाबी गरेका छन् । 

उनले गभर्नर नियुक्तिमा ढिलाई हुनुमा प्रधानमन्त्रीको कुनै पनि हात नभएको र गठनबन्धनमा कुनै समस्या नभएको पनि प्रस्ट पारेका छन् ।



Source link

आईपीओ स्वीकृतिका लागि कमिसन मागेको आरोप, धितोपत्र बोर्ड भन्छ- ‘सबै आरोप भ्रामक’


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा कमिसन मागेको आरोप भ्रामक भएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डले उक्त आरोप गलत भएको बताएको हो ।

केही दिनदेखि जलविद्युत कम्पनीहरुको आईपीओ स्वीकृति प्रक्रियामा बोर्डले ७ प्रतिशतसम्म कमिसन मागेको विषय चर्चामा छ । अझ यतिसम्म की कमिसन नदिएकै कारण बोर्डले आईपीओ रोकको आरोपसमेत लागेको छ ।

तर, बोर्डले उक्त आरोपमा पूर्णरुपमा तथ्यहीन र भ्रामक भएको बताएको छ । बोर्डले पूँजी बजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता भ्रामक आरोप लगाएको बताएको छ । यस्तो गतिविधिले सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई समेत निरुत्साहित गर्न खोजिएको बताएको छ ।

त्यस्तै, बोर्डले अध्यक्ष नाम लिएर कसैले आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएका तथ्यगत विवरण उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ । त्यसरी कसैले गैरकानूनी फाइदा लिएको पुष्टि भए कानूनी कारवाही गर्ने पनि बोर्डले जनाएको छ ।



Source link

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रूपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७० पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ९९ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७६ पैसा र बिक्रीदर नौ रूपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १४ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४६ पैसा र बिक्रीदर २० रूपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १७ रूपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रूपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रूपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ १३ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६९ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

भाटभटेनीबाट २ लाख बढीको रक्सी र काजु चोर्ने व्यक्ति पक्राउ 


काठमाडौँ । भाटभटेनी सुपर मार्केटबाट रक्सी र चुरोट लगायतका सामान चोर्ने व्यक्ति पक्राउ परेका छन् । नक्सालस्थित भाटभटेनीबाट रक्सी, चुरोट, काजु लगायतका सामान चोर्ने दोलखाको बैतेश्वर गाउँपालिका-२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार श्रेष्ठले चोरेको सामानको मूल्य दुई लाख १८ हजार रुपैयाँ बराबर रहेको छ । सामान चोरेर भागेका उनलाई भक्तपुरको थिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनले बैशाख २० गते भाटभटेनीको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका रक्सी, चुरोट, काजु र पिस्ता लगायतका खाद्यवस्तु चोरी गरेका थिए । पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको थियो ।



Source link

भट्टको राजिनामा स्वीकृत नगरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघ आक्रोशित, भन्यो- ‘कामु गभर्नरको क्षमतामै शंका छ’


काठमाडौँ । डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नगरेको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आक्रोशित बनेका छन् । राष्ट्र बैंकको गभर्नरका प्रत्याशी समेत रहेका भट्टले राजिनामा दिएको एक महिना पुग्न लाग्दा पनि राजिनामा स्वीकृत नभएको भन्दै कर्मचारी संघले आक्रोश व्यक्त गरेको हो ।

संघले भट्टको राजिनामा समेत स्वीकृत गर्न नसकेको भन्दै राष्ट्र बैंकको कामु गभर्नर डा. निलम ढुंगानाको क्षमतामाथि प्रश्न उठाएको छ ।

त्यस्तै, संघले विज्ञप्ति नै निकालेर काम गभर्नर ढुंगानासँग डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न पनि माग गरेको छ । संघले एक महिना अघि नै गभर्नरविहीन भएको अवस्थामा गभर्नरकै प्रत्याशीको राजिनामा स्वीकृत नगरेर नियुक्ति प्रक्रिया झन् लम्ब्याउनु गलत भएको पनि उल्लेख गरेको छ ।

यता संघले राष्ट्र बैंकको नेतृत्व सम्हालिरहेकी ढुंगानाले एक जना कर्मचारीको राजिनामा समेत स्वीकृत गर्न नसक्नुले उनको क्षमता माथि नै प्रश्न उठाएको उल्लेख गरेको छ । यति सम्मकी ढुंगानाले नेपालको श्रम ऐन धारा २९, श्रम ऐन २०७४, सुशासन नियमावली २०६५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को ठाडो उल्लंघन गरेको कर्मचारी संघले बताएको छ ।



Source link

नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था बिजोगः खराब कर्जा ह्वात्तै बढ्यो, नाफा र ईपीएस दुवै घट्यो 


काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका लघुवित्तको खुद नाफा ७०.८० प्रतिशतले घटेको हो । 

लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.८२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३२.९९ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढे पनि समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घटेको हो । 

यस अवधिमा लघुवित्तको खराब कर्जा ८.८३ प्रतिशतबाट बढेर १४.८१ प्रतिशत पुगेको छ । खराब कर्जा ह्वात्तै बढेपछि लघुवित्तको इम्पेयरमेन्ट चार्ज पनि १५ करोड ७० लाख रुपैयाँबाट बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४२.२९ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ७०.८१ प्रतिशतले घटेको छ । 

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा लघुवित्तको ईपीएस २७ रुपैयाँ २९ पैसा घटेर ५ रुपैयाँ ५२ पैसा कायम भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११८.८६ गुणा रहेको छ । त्यस्तै, १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । 



Source link

गोर्खाज फाइनान्सको सिइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त


काठमाडौँ । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।

फाइनान्सको बैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले इवाहाङलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई सिइओसँगै कम्पनी सचिव नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

कम्पनीका अनुसार इवाहाङलाई बैशाख २१ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सिइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।



Source link

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२१ प्रतिशत लाभांश दिने


काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनफाबाट ८.४२१ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको बैशाख १७ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि मात्र सेयरधनीले पाउने छन् । यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०. ५३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।



Source link

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका ट्रकहरु बाटोमै रोकिए (तस्विरहरू)


काठमाडौँ । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गईरहेका ट्रकहरुलाई स्थानीयले बाटोमै रोकिदिएका छन् । बालाजु माछापोखरीमा काठमाडौं महानगरपालीकाले तरकारी बजार हटाए पछि  फोहर लैजाने गाडीलाई तिनपिप्लेका स्थानीयले बाटोमै रोकिदिएका हुन् ।

महानगर प्रहरीहरुले शुक्रबार बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजनिक यातायात पनि अवरोध गरेको थियो । जसका कारण स्थानीयले फोहरका गाडी रोकेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्: 



Source link

तेह्रथुमको सुन्दर चोलुङ पार्क (तस्विरहरु)


काठमाडाैं । तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कमा अन्तरिक पर्यटकको आकर्षण बढेको छ ।  चोलुङ पार्कमा घुम्न, फोटो खिच्न र भिडियो बनाउन धेरै पर्यटक आउने गरेका छन् ।

गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्कमा आउने पर्यटकलाई मोहित बनाउने गरेको छ । त्यहाँ पाइने वनस्पतीहरुले चोलुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link

‘विद्युत प्राधिकरणको खातामा १ रुपैयाँ पनि छैन, महँगो परे पनि १० अर्ब ऋण लिने तयारीमा छौँ’- हितेन्द्रदेव शाक्य


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गरेका हुन् ।

शाक्यले जारी गरेको श्वेतपत्र अनुसार विद्युत प्राधिकरणको खातामा एक रुपैयाँ पनि मौज्दात नरहेको देखाइएको छ । खातामा पैसा नै नभएपछि उनले १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

शाक्यले १० अर्ब ऋण लिनका लागि सरकारलाई पत्र समेत पठाइसकेको बताएका छन् । अर्थमन्त्रालयले ऋण लिन स्वीकृति प्रदान गरेपछि प्राधिकरणले १० अर्ब ऋण लिने प्रक्रिया अघि बढाउने शाक्यले बताएका छन् ।

शुक्रबार सार्वजनिक श्वेतपत्र अनुसार विद्युत प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ हुँदा आर्थिक वर्ष २०८०÷८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिएको थियो ।



Source link

नीति तथा कार्यक्रममा समेटियो पुँजी बजार, नयाँ स्टक एक्सचेञ्जको पुनर्संरचना गरिने, सेयर बजारको क्षमता बढाइने 


काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको छ । आगामी आर्थिक वर्षका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको हो । 

नीति तथा कार्यक्रममा सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने उल्लेख गरिएको छ । 

त्यस्तै, नेपाल स्टक एक्सचेञ्जलाई पुनर्संरचना गरेर पुँजी बजारको क्षमता र पारदर्शिता वृद्धि गर्ने योजना पनि नीति तथा कामर्यक्रममा समावेश गरिएको छ । 



Source link

विद्युत महशुल बढाउने हितेन्द्रदेव शाक्यको तयारी ! 


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत महसुल बढाउने तयारी गरेका छन् । विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले विद्युत महसुल बढाउने तयारी गरिरहेको संकेत गरेका हुन् । 

उनले पछिल्लो ३ वर्षदेखि विद्युत महशुल समायोजन नभएको भन्दै अब भने विद्युत महसुल समायोजन गर्न पहल गर्ने योजना रहेको उल्लेख गरेका छन् । 

अर्कोतर्फ विद्युत प्राधिकरणको खातामा एक रुपैयाँ पनि नभएको बताउँदै शाक्यले प्राधिकरणले १० अर्ब ऋण लिने तयारी गरिरहेको पनि शाक्यले बताएका छन् । उनले ऋण लिनका लागि सरकारलाई पत्र पठाएको पनि बताएका छन् । 



Source link

सरकारको नीति तथा कार्यक्रमः जेन-जी पुस्तालाई प्रशस्त रोजगारीको अवसर दिइने


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा जेन-जी पुस्तालाई प्रशस्त रोजगारीका अवसर सृजना गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षमा उद्यमशीलतामार्फत आन्तरिक रोजगारी सृजना गरी आयआर्जनको अवसर वृद्धि गर्ने घोषणा गरेका छन् ।

उनले सबै उद्यममा व्यवसायिक योजना र त्यसको इकोसिस्टमलाई मिश्रित गर्दै जेन-जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर युवा पुस्तामा स्टार्टअप कार्यक्रम लागु गरिने घोषणा गरेका छन् ।



Source link

सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा 


काठमाडौँ । सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरिने घोषणा गरेका छन् । सोही कोषमार्फत साना बचतकर्तालाई बचत फिर्ता गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै, राष्ट्रपति पौडेलले सहकारी ऋण असुली न्यायाधीकरण स्थापन गर्ने पनि घोषणा गरेका छन् । अर्कोतर्फ सहकारी तथ्यांक प्रणालीलाई व्यवस्थापनलाई विद्युतीय सूचना प्रणाली स्थापन गर्ने पनि सरकारले घोषणा गरेको छ ।



Source link