Category Archives: अर्थ

विद्यार्थीलाई हप्ताको २० घण्टा काम गर्न दिइने !  


काठमाडौँ । सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई हप्ताको २० घण्टा काम गर्न दिने घोषणा गरेका छन् । 

त्यस्तै, उनले उद्यमशीलतामैत्री शिक्षाको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिने बताएका छन् । त्यस्तै, सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायमा इन्टर्नको व्यवस्था गरिने पनि अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् ।



Source link

विदेशमा संकटमा परेका नेपालीलाई तत्काल उद्धार गरिने 


काठमाडौँ । सरकारले विदेशमा संटकमा परेका नेपालीलाई तत्काल उद्धार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वैदेशिक रोजगारीमा विभिन्न देश गएर संकटमा परेका वा अलपत्र परेका नेपालीहरुलाई यथाशीघ्र उद्धार गर्ने घोषणा गरेका हुन् ।



Source link

धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि र नेप्सेको पुनर्संरचना गरिने 


काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्ने घोषणा गरेका हुन् । 

त्यस्तै, उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरिने पनि घोषणा गरेका छन् ।



Source link

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने 


काठमाडौँ । सरकारले धितोपत्र बजारमा गैरआवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिने व्यवस्था गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था गराइने घोषणा गरेका हुन् । 



Source link

कर्मचारीको महँगी भत्ता बढ्यो, तलब बढेन 


काठमाडौँ । सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब नबढाउने घोषणा गरेका हुन् । 

हाल स्रोत व्यवस्थापन गर्न अप्ठ्यारो भएको भन्दै अर्थमन्त्रीले कर्मचारीको तलब नबढाउने निर्णय भएको बताएका छन् । तर, महँगी भत्ता भने बढाएर ५ हजार पुर्याइएको अर्थमन्त्रीले घोषणा गरेका छन् । 



Source link

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइने


काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक बिमानस्थलका रुपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा रु चार अर्ब १५ करोड विनियोजन गरिएको छ ।

सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गर्नका लागि बुटिक विमानस्थलका रुपमा विकास गरिने उल्लेख छ ।

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि पर्यटन मन्त्रालयलाई रु १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हवका रुपमा विकास गरिने र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरुको लागि किफायती हुनेगरी विमानस्थल परिसरमा आवशयक सुविधा उपलब्ध गरिने उल्लेख छ । साथै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ ।

नेपालमा अन्तरराष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ ।



Source link

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने




Source link

अर्थमन्त्रीले बजेट भाषण गर्दा एक मिनेटसम्म सुन्नेहरु किन हाँसिरहे ? 


काठमाडौँ । बिहीबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गरिरहँदा करिब एक मिनेटसम्म संसद्मा हाँसोले गुञ्जियो । 

अर्थमन्त्री भन्दै थिए, ‘…विद्युतको आन्तरिक खपत बढाउन विद्युतीय सवारी साधनमा लगाइएका सबै प्रकारका कर यथावत् राखेको छु ।’ 

उनले यति भन्दै गर्दा संसद्मा बजेट भाषण सुन्नेहरु मज्जाले हाँसे । संसद्मा गुञ्जिएको उक्त हाँसो करिब एक मिनेटसम्म चलिरह्यो ।

अर्थमन्त्रीले भनेका थिए, ‘विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहित गर्न, वातावरण प्रदुषण न्यूनिकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुललाई यथावत् राखेको छु ।’ 



Source link

प्रधानमन्त्रीसँगै बसेका मन्त्री सिंह बजेट सुन्दासुन्दै निदाए


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट भाषण चलिरहेका बेला उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह निदाएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको छेउमै बसेका मन्त्री सिंह बजेट सुन्दासुन्दै निदाएका हुन् ।



Source link

वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइयो 


काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वृद्धभत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याएको हो । 

यसअघि ६८ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिइँदै आएको थियो । तर, अब भने वृद्धभत्ता पाउन ७० वर्ष पुग्नुपर्ने भएको छ । 



Source link

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट


काठमाडौँ । सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि रु ६ अर्ब आठ करोड रकम विनियोजन गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा रु तीन अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । यसपटक रु दुई अर्ब ५६ करोड वृद्धि गरिएको हो ।

सरकारले कर्णाली प्रदेशमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि रु ५४ करोड विनियोजन गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ रङ्गशाला निर्माणका लागि रु ४२ करोड रकम विनियोजन गरेको छ ।

यस्तै कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि सरकारले रु ४० करोड रकम विनियोजन गरेको छ । झापाको दमकमा सवै प्रकारका खेल प्रतियोगिता सञ्चालन गर्न सकिने आधुनिकस्तरको अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।

चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशालाको सिर्जित सम्पति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छ । अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिने र उनीहरुका सन्ततिका लागि शैक्षिक छात्रवृद्धि प्रदान गरिने बजेटमा उल्लेख छ । खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रवद्र्धन गर्न सरकारले सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोट्र्स स्टेडियम बनाउने बजेट मार्फत घोषणा गरेको छ ।

त्यसैगरी सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चलान गर्न आवश्यक बजेट विनियोजन गरेको छ भने खेलकुदमा महिला सहभागितालाई बढाउन प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।



Source link

यस्तो आयो झण्डै २० खर्बको बजेट (पूर्णपाठसहित)


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट ल्याएका हुन् ।

पूर्णपाठ:

PDF



Source link

सेयर लगानीकर्ता आन्दोलनमा उत्रने डरले अन्तिम समयमा हटाइयो करवृद्धिको योजना !


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको छ । बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । 

अर्थ मन्त्रालय त्यसमा पनि अर्थमन्त्री निकट स्रोतले गरेको दाबी अनुसार यसअघि सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेको थियो । 

स्रोतका अनुसार सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर १० प्रतिशत पुर्याउने तयारी गरेको थियो । तर, बिहीबारको बजेट भाषण अवधिभर पूँजीगत लाभकर बढाइने विषय कतै सुनिएन । 

यद्यपि सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी सरकारले बजेट भाषणको अन्तिम समयसम्म पनि गरेको स्रोतको दाबी छ । तर, सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढे सेयर लगानीकर्ता आन्दोलनमा उत्रिने डरले सरकारले अन्तिम समयमा कर वृद्धिको योजना बजेटबाट हटाएको अर्थमन्त्री निकट स्रोतले बताएको छ । 



Source link

बजेटः सेयर बजारलाई नराम्रो केही नआएपछि लगानीकर्ता उत्साहित, क्यापिटल गेन ट्याक्स अन्तिम हुने !


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेयर बजारलाई प्रभाव पार्ने नराम्रो केही नआएपछि सेयर लगानीकर्ता उत्साहित बनेका छन् । यसअघि पूँजीगत लाभकरलाई बढाएर १० प्रतिशत पुर्याउने तयारी गरेको सरकार अन्तिम समयमा सो निर्णयबाट ‘ब्याक’ भएपछि लगानीकर्तामा रहेको पूँजीगत लाभकर १० प्रतिशत पुग्ने त्रास टरेको छ । 

यसअघि बजेट प्रस्तुत गर्ने अन्तिम समयसम्म पनि पूँजीगत लाभकर बढाउने तयारीमा रहेको सरकार सेयर लगानीकर्ता आन्दोलनमा उत्रने देखेपछि सो निर्णयबाट पछि हटेको स्रोतको दाबी छ । 

अर्कोतर्फ सेयर कारोबारमा पूँजीगत लाभकर नै अब अन्तिम हुने आन्तरिक राजस्व विभाग स्रोतले बताएसँगै सेयर बजारका लगानीकर्ता थप उत्साहित बनेका छन् । 

त्यस्तै, बजेटमार्फत गैरआवासीय नेपालीहरुलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था गर्ने सरकारको घोषणाले पनि सेयर लगानीकर्तालाई थप उत्साहित बनाएको छ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न दिने व्यवस्था गराइने घोषणा गरेका छन् । 

समग्रमा सेयर बजारलाई नराम्रो गर्ने कुनै पनि कुरा बजेटमा नआउँदा र जति आए ती बजारकै पक्षमा देखिएपछि अहिले सेयर लगानीकर्ताहरु बजेट मात्र होइन, बजारप्रति पनि पोजेटिभ बनेका छन् । 



Source link

करको त्रास हट्यो, राजावादीको आन्दोलन पनि शान्तिपूर्ण भयो !


काठमाडौँ । सेयर बजारका लगानीकर्ता, व्यापारी अझ अटो मोबाइल्स व्यवसायीलाई जेठ १५ गतेको त्रास थियो । 

लगानीकर्तालाई पूँजीगत लाभकर बढाएर १० प्रतिशत पुर्याउने भन्ने विषयको त्रास थियो भने अटो मोबाइल्स व्यवसायीलाई विद्युतीय सवारी साधन (इभी)मा कर बढ्ने चर्चाको त्रास थियो । तर, बिहीबार प्रस्तुत भएको बजेटमा यी दुवै कुरा भएन । 

अर्थात्, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कर बढाउँछ भन्ने त्रासमा रहेका थुप्रैको त्रास अब सकिएको छ । बरु सरकारले आधा दर्जन वस्तुमा लाग्दै आएको कर खारेज गरेको छ । 

अर्कोतर्फ बजेट पनि र गणतन्त्र दिवस एकैदिन हुँदा करसँगै विभिन्न समूहले आयोजना गरेका आन्दोलनले हिंसात्मक रुप लिन्छन् कि भन्ने अर्को त्रास पनि थियो । तर, बिहीबार राजावादीको प्रदर्शन पनि शान्तिपूर्ण तरिकाले सकियो । यसले नागरिकमा देखिएको अर्को तनाव पनि टरेको छ ।



Source link

‘बजेट उत्ताउलो र गैरजिम्मेवार छैन’ -रास्वपा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रको आकार ६१ खर्बको अनुमान गरिएको उल्लेख गर्दै पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे । त्यस्तै, उनले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता भएको भएको समेत बताए ।

अगामी आर्थिक वर्ष समेत बजेट भाषणको बेला ठुलो आकारमा बजेट फुक्ने र मागमा गएर सुकाउने पुरानो रोगको शिकार हुने चिन्ता रहेको समेत उपसभापति वाग्लेको भनाइ छ ।

सरकारले ल्याएको बजेट उत्ताउलो नभएपनि १६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नरहेको उपसभापति वाग्लेको भनाइ छ ।



Source link

सेयर बजारमा जेठ १५ को त्रासः सम्भावित ‘नेगेटिभ इभेन्ट’ सकिए, ‘अब बजार माथि जाला कि !’


काठमाडौँ । जेठ १५ गते अर्थात आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएसँगै सेयर बजारमा देखिएको त्रास पनि सकिएको छ । 

खासगरी बजेट प्रस्तुत हुने दिन नजिकिँदै गर्दा सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर १० प्रतिशत पुर्याउने सरकारको तयारीले लगानीकर्ता आत्तिएका थिए । यसो त बजेट प्रस्तुत हुने अन्तिम समयसम्म पनि सरकार पुँजीगत लाभकर बढाएर १० प्रतिशत पुर्याउने तयारीमै थियो । 

तर, त्यसो हुँदा सेयर लगानीकर्ता बिच्किने र आन्दोलनमा उत्रिन सक्ने देखेपछि सरकार सो निर्णयबाट पछि हटेको अर्थमन्त्री निकट स्रोतको दाबी छ । भलै त्यसो नहुँदा सेयर लगानीकर्ता उत्साहित बनेका छन् । 

यसो त लामो समयदेखि साइडवेजमा चलेको सेयर बजारमा नयाँ गभर्नरको नियुक्ति लगायतका विषय यसअघि ठूलो ‘खड्को बनेको थियो । नयाँ गभर्नर नियुक्ति पछि पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा के आउला ? भन्ने त्रास लगानीकर्तामा थियो । तर, समीक्षामा पनि बजारलाई हानी गर्ने भन्दा राम्रै गर्ने विषय समावेश भएपछि लगानीकर्ता उत्साहित बनेका थिए । 

लगत्तै बजेटमा करको विषयले त्रसित भएका लगानीकर्ताको त्रास पनि अब टरेको छ । सरसर्ती हेर्दा अब सेयर बजारका लागि ‘नेगेटिभ इभेन्ट’ लगभग सकिएको छ । सबैकुरा बजारप्रति पोजेटिभ भएपछि अब लगानीकर्ता पनि बजारप्रति उत्साहित बनेका छन् । र अब बजार माथि नै जान्छ भन्नेमा ढुक्क भएका छन् । यसले बजारको मनोबल थप बढाउने र बजार वृद्धिमा बल पुग्ने सेयर लगानीकर्ताहरु बताउँछन् ।



Source link

सेयर बजारका लगानीकर्ताका लागि बजेटमा के-के आयो ?


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट आएसँगै बजेटमा लगानीकर्ताका लागि के-के आयो भन्ने चासो धेरैलाई छ । आखिर बजेटमा सेयर लगानीकर्ताका लागि के-के आयो ?

१. नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने !
२. पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरिने ।
३. धितोपत्र बजारमा सूचीकृत कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वपुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने ।
४. कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानूनी व्यवस्था गरिने ! (सम्बन्धित कोष/कम्पनीले नियमावली र लगानी कार्यबिधी संशोधन गरेपछि लागू हुने तर प्रमोटर सेयरमा लगानी बढ्ने !)
५. सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार शुरु गरिने ! (नेप्से र सेबोनले कार्यबिधी बनाएर गर्न सक्ने)
६. गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमतिको व्यवस्था मिलाइने ।
७. होटेल व्यवशायलाई उध्योगको मान्यता/कर सहुलियत । (तत्काल लागू हुने)
८. नेपाल टेलिकमको ३०% सेयर सरकारले पब्लिकलाई बेच्ने । (प्रक्रिया तय हुन बाकी, यदी एफपिओमार्फत बेचेमा आपूर्ति बढने, मूल्य घट्ने )
९. विद्युतीय भुक्तानीमा लाग्ने भ्याट खारेज (कारोबार खर्च घट्ने)
१०. जलविद्युतमा जलाशयमा आधारित प्रोजेक्टलाई प्राथमिकता । हाइड्रोपावरको बिजुली खरिद गरेमा मात्रै भुक्तानी हुने । (अहिले उत्पादन भएपछि खरिद गरेपनी नगरे पनि भुक्तानी हुन्छ ।)



Source link