Category Archives: अर्थ

शुक्रबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?


काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ सय रुपैयाँले बढेर एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १९८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६१ हजार ६ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६९७.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।



Source link

कुरिलो प्रतिकेजी ४०० रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफुलको मूल्य


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज कुरिलो प्रतिकिलो ३०० रुपैयाँमा किनबेच भइरहेकाे छ ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ३७, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १२, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तनेबोडीको मूल्य प्रतिकिलो रु ७०, मकैबोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, राजमा मूल्य प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ६५, परबर (तराई) प्रतिकिलो रु ६५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ५०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु ११०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्दा) प्रतिकिलो रु ८० आँप (दशहरी) प्रतिकिलो रु १००,  अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (भारतीय) प्रतिकिलो रु २०० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १९०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १०००, तोकेको छ ।



Source link

पोखरामा सार्वजनिक यातायात बन्द, राइडर्सलाई ‘मालामाल’ !


काठमाडौँ । पोखरामा सार्वजनिक यातायात बन्द गरिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई कानूनी मान्यता दिएपछि विरोधमा उत्रिएका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका हुन् ।

सार्वजनिक यातायात बन्द भएपछि पोखरामा राइड सेयरिङ गर्दै आएका राइडरहरु ‘मालामाल’ भएका छन् । शुक्रबार बिहानैदेखि पोखरामा राइडरहरुलाई यात्रु बोक्न भ्याइनभ्याई छ । 

अन्य दिनमा यात्रु नपाउँदा खाली बस्नुपरेको भए पनि आज भने अन्य दिन भन्दा बढी यात्रु पाइरहेको पोखरामा राइड सेयरिङ गर्दै आएका राइडरहरुले बताएका छन् । उनीहरुका अनुसार शुक्रबार अन्य दिनको तुलनामा राइड सेयरिङ एपमा धेरै रिक्वेस्ट आइरहेका छन् । 

प्रदेश सरकारले नै राइड सेयरिङलाई कानूनी मान्यता दिएपछि अहिले राइडरहरु ढुक्क भएर राइड गरिरहेका छन् । प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धमा बनेको नियमावली बैशाख ३० गते पारित गरेर राजपत्रमा समेत प्रकाशित भइसकेको छ । 



Source link

काँक्रोको बीउबाट मनग्य आम्दानी


काठमाडौँ । पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो पाकेर अहिले फाँटैभरि पहेँलपुर छ । अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रो टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको हो ।

बिहादी गाउँपालिका–१ बाच्छा, फलेवास नगरपालिका–११ पाङराङ, वडा नं १० कुर्घा, वडा नं ७ लिमिठाना, वडा नं ६ देवीस्थान र वडा नं ५ खानीगाउँ तथा जलजला गाउँपालिका–४ खोलाखेत र वडा नं ७ धाइरिङका कृषकले व्यावसायिक रुपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन् । अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरुमा भन्दा यस वर्ष काँक्रोको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

फलेवास नगरपालिका–११ पाङराङमा ७२ कृषकले व्यावसायिक रुपमा काँक्रोखेती गर्दै आएका छन् । यो गाउँमा गत वर्ष बीउ बिक्रीबाट रु ६ करोड भित्रिएको र गत वर्षभन्दा यस वर्ष अझै उत्पादन बढ्ने स्थानीय बाबुराम भुसालले बताएका छन् ।

यस्तै बिहादी गाउँपालिका–१ बाच्छामा मात्रै कृषकले २०० रोपनी क्षेत्रफलमा बीउका लागि काँक्रोको खेती गरेका छन् । बाच्छामा बीउ काँक्रोको व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै १०० रोपनीमा काँक्रो लगाएको छ । कृषक समूहका अध्यक्ष शिवकुमार क्षेत्रीका अनुसार २८ कृषक उक्त समूहमा आबद्ध छन् ।

गत वर्ष काँक्रोको बीउ प्रतिकिलो रु १३ हजारका दरले बिक्री गरिएको थियो । अहिले पनि काठमाडौँ, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बीउको माग भइहेको छ । मूल्य भने तोकिएको छैन । कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोको खेती गरी कम्तीमा पनि १०० किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन हुने बताएका छन् ।

यसैगरी जलजला गाउँपालिका–७ धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोको बीउ बेचेर रु तीन करोड आम्दानी गरेका थिए । यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको स्थानीय टुङ्गनाथ आचार्यले बताए ।

कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले काँक्रोको बीउखेती गरिएको जग्गाको क्षेत्रफल २०० रोपनीले वृद्धि भएको र मौसम पनि अनुकूल भएको हुँदा यस वर्ष जिल्लाभरबाट कम्तीमा पनि रु आठ करोड रकम बराबरको काँक्रोको बीउ उत्पादन हुने अनुमान गरिएको बताएका छन् । कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई तालिम दिनुका साथै बीउ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ भने मल विषादी र कृषि सामग्री खरिदमा समेत ५० प्रतिशतसम्म अनुदान सहयोग गरेको प्रमुख अधिकारीले बताए ।

अहिले काँक्रो टिप्ने र बीउ निकाल्ने तथा सुकाएर थन्क्याउने काम भइरहेको छ । असार दोस्रो सातापछि व्यापारीलाई बिक्री गरिने कृषकले बताएका छन् । यहाँको बीउ नार्क तथा निमाकोललगायतका संस्थाले लैजाने गरेका छन् ।



Source link

१३० दिनपछि ट्रम्प सरकारबाट बाहिरिए एलन मस्क 


काठमाडौँ । एलन मस्क ट्रम्प सरकारबाट बाहिरिएका छन् । ट्रम्प प्रशासनमा जोडिएको १३० दिनपछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफू ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीबाट बाहिरिएको घोषणा गरेका हुन् । 

उनले सो जिम्मेवारी दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले अमेरिकी सरकारको फजुल खर्च घटाउने जिम्मेवारीसहित मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सीको जिम्मा दिएका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मस्कलाई सो जिम्मेवारी २०२५ मे ३० सम्मका लागि मात्र दिइएको थियो । 

आफूलाई दिइएको जिम्मेवारीको म्याद सकिएसँगै आफू ट्रम्प सरकारबाट बाहिरिएको मस्कले बताएका छन् । ट्रम्प सरकारमा रहँदा मस्कले ५६ हजार सरकारी कर्मचारी हटाएका थिए भने ७५ हजार कर्मचारीले स्वेच्छिक अवकाशका लागि बाध्य बनाएका थिए ।



Source link

सरकारलाई जता पनि ‘आशैआश’, अमेरिकाबाट आगामी वर्षमा ६ अर्ब अनुदान आउने अर्को आश !


काठमाडौँ । एमसीसीबाट आगामी वर्षमा करिब ६ अर्ब अनुदान आउने आश सरकारले गरेको छ । सरकारले २०८२/८३ का लागि ल्याएको बजेटमा ५ खर्ब ६८ करोड अनुदान अमेरिकाबाट आउने आश गरेको हो । 

उक्त अनुदान सोझै भुक्तानी हुने अपेक्षा गरिएको छ । नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो । 

तर, उक्त सम्झौता नेपालमा निकै विवादित बन्दा २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्ले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो । त्यसपछि एमसीसीको खास कार्यान्वयन डेढ वर्ष अगाडि शुरु भएको थियो । अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो । 

अमेरिकाको ५०० मिलियन डलर र नेपालको १ सय ९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि यो कार्यक्रम शुरुमा तीन महिना स्थगन भयो । अहिले पनि एमसीसीको काम अघि बढ्न सकिरहेको छैन । सरकारले सोही अन्योलग्रस्त दातृ निकायबाट अझै पनि अनुदान आउने आश गरेको छ ।



Source link

गृहमन्त्रीले राजिनामा नदिए माओवादीले संसद् चल्न नदिने ! 


काठमाडौँ । माओवादी केन्द्रले गृहमन्त्रीको राजिनामा नआएसम्म संसद् चल्न नदिने भएको छ । भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म माओवादीले संसद् चल्न नदिने भएको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजिनामा नदिँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो । 

बैठकले गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद्मा अवरोध कायम राख्ने निर्णय भएको माओवादीका एक नेताले बताएका छन् । भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्रीले अनुसन्धानका लागि राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माओवादीको निष्कर्ष छ । 

भिजिट भिसा प्रकरणमा नाम मुछिएसँगै माओवादी लगायतका विपक्षी दलहरुले संसद्मा अवरोध गर्दै आएका छन् । उनीहरुले गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने माग राखेका छन् । 



Source link

अफताब आलमलाई न्याय दिने न्यायाधीशविरुद्ध नै उजुरी !


काठमाडौँ । पूर्वमन्त्री मोहम्मद अफताब आलम लगायतलाई सफाई दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग गर्दै युवराज पौडेलले परिषदमा उजुरी दिएका हुन् ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने उनले माग गरेका छन् ।

बम विस्फोट गरी व्यक्तिको हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालत वीरगञ्ज इजलासले जेठ १४ गते आलमलाई सफाइ दिएको हो ।

उक्त घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।



Source link

बजेटबारे गभर्नरः ‘बजेटमा राष्ट्र बैंकको फुल सपोर्ट छ’


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको बजेटमा राष्ट्र बैंकको ‘फूल सपोर्ट’ भएको बताएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बजेटबारे संक्षिप्त प्रतिक्रिया दिँदै गभर्नर पौडेलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा राष्ट्र बैंकले सपोर्ट गर्ने बताएका हुन् । 

बजेटमा राष्ट्र बैंकसँग सम्बन्धित विषय पनि समावेश भएको र सबै सकारात्मक रहेको भन्दै उनले थप अध्ययन गरिरहेको पनि बताएका छन् ।



Source link

आइतबार उपत्यकामा सार्वजनिक बिदा, नेप्से नखुल्ने


काठमाडौँ । सरकारले जेठ १८ गते आइतबार उपत्यकाभर सार्वजनिक बिदा दिने भएको छ ।

भोटो जात्राको अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदा भएसँगै सो दिन नेप्से पनि नखुल्ने भएको छ । योसँगै अब नेप्से सोमबार बिहान ११ बजे मात्रै खुल्ने छ ।



Source link

अर्थमन्त्रीलाई सञ्चारकर्मीको प्रश्न- ‘ऋणमाथि ऋण थपेर देशलाई लिलाम गर्ने योजना हो ?’ 


काठमाडौँ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्न पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलन अर्थ मन्त्रालयमै आयोजना गरियो । 

सुरुमा अर्थमन्त्री पौडेलले बजेटका विषयमा आफ्ना धारणा राखे । उनले बजेटमा समावेश गरिएका योजना र विषयवस्तुलाई संक्षिप्तमा जानकारी गराए । त्यसपछि बजेटका विषयमा राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकको धारणा पनि पत्रकार सम्मेलनमा राखियो ।

त्यसपछि सञ्चारकर्मीको प्रश्नका लागि ‘फ्लोर’ खोलियो । सञ्चारकर्मीले पालैपालो आफ्ना प्रश्न राखे । त्यहीबीच एक सञ्चारकर्मीले सार्वजनिक ऋणका विषयमा अर्थमन्त्रीलाई प्रश्न गरिन् । 

हाल मुलुकको सार्वजनिक ऋण २७ खर्ब पुगेको तथ्य प्रस्तुत गर्दै उनले थप ऋण लिने सरकारको तयारीबारे अर्थमन्त्रीको जवाफ मागिन् । ‘…ऋणमाथि ऋण थपेर अब देशलाई नै लिलाम गर्ने योजना हो ?’ 

सञ्चारकर्मीले प्रश्न गर्दैगर्दा अर्थमन्त्री मुसुमुसु हाँसिरहे । उनको प्रश्न सकिएपछि अरु सञ्चारकर्मीले प्रश्न गर्न थाले । सबैको प्रश्न सकिएपछि प्रश्नसँग सम्बन्धित विभागमा प्रतिनिधिले प्रश्नको जवाफ दिँदै गए । सार्वजनिक ऋण बढ्दै गएको विषयमा अर्थमन्त्रीले जवाफ नै दिएनन् । बरु आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक बनाउन खोजिएको दाबी गर्दै अर्थमन्त्री पौडेलले कार्यान्वयनको पक्षलाई बलियो बनाउन जोड दिने र त्यसमा साथ दिन सञ्चारकर्मीसँग अपिल गरेका छन् ।



Source link

‘बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ’ -अर्थमन्त्री पौडेल


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताएका हुन् ।
‘बजेट कार्यान्वयनको प्रश्न चुनौतीपूर्ण छ । यो बजेट नागरिकको कान पवित्र गर्नका लागि ल्याइएको होइन । यसको प्रभावकारी कार्यान्वयन हुन्छ । आजैदेखि बजेट कार्यान्वयनमा मेरो ध्यान केन्द्रित हुनेछ’, उनले भने, ‘बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्ययोजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको छ । पूर्वतयारीका काम सकिएका आयोजना कार्यान्वयनका लागि हामी साउन कुर्नै पर्दैन । अहिले नै प्रक्रिया अघि बढाउन सक्छौं ।’
यसपटक बजेटको आकार धेरै महत्वाकांक्षी नरहेको र आम्दानी र खर्चका हिसाबले वस्तुनिष्ठ ढङ्गले आएको अर्थमन्त्री पौडेलले दाबी गरे । बजेटमा पुँजीगत खर्च बढाउने, चालू खर्चलाई निश्चित सीमाभित्र राखिएको र प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढाउने नीति लिइएको पनि उनको भनाइ छ ।
बजेटमार्फत राखिएको राजस्वको लक्ष्य आगामी आर्थिक वर्षको अन्त्यसम्म पूरा हुनेमा आशावादी रहेको पनि उनले बताए । आन्तरिक ऋणका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सीमाभित्रै रहेर अनुमान गरिएको पनि अर्थमन्त्री पौडेलले बताए ।
बजेटमार्फत केही नीतिगत सुधारका विषय अघि सारिएको अर्थमन्त्री पौडेलको भनाइ छ । आर्थिक विकास र समृद्धिका लागि वैकल्पिक वित्तमार्फत स्रोत परिचालन गर्ने नीति लिइएको उनले बताए ।
प्रदेश र स्थानीय तहले पनि यथार्थपरक ढङ्गले बजेट ल्याउन सकुन भनेर सोहीअनुसार परामर्श सेवामा सीमा निर्धारण गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ । राष्ट्रिय परिचयपत्रलाई सामाजिक सुरक्षा र अन्य सुविधासँग जोड्न खोजिएको, डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर र भन्सार बिन्दुमा अग्रीम आयकर लगाउने गरेकोमा त्यसलाई हटाइएको अर्थमन्त्री पौडेलले बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले बजेटको कार्यान्वयन कसरी अघि बढ्छ र त्यसको नतिजा कस्तो देखिन्छ भन्ने कुरा महत्वपूर्ण हुने बताए । बजेट कार्यान्वयन प्रभावकारी बनाउनका लागि नीतिगत व्यवहारिक र संरचनात्मक सुधारका काम गरिँदै जाने उनको भनाइ छ ।
‘बजेट कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका काममा योजना आयोगले सबै मन्त्रालय र निकायसँग समन्वय गर्छ । बजेट कार्यान्वयन कार्ययोजना बनाउन सबै मन्त्रालयसँग चाँडै छलफल सुरु गर्छौँ’, उपाध्यक्ष अधिकारीले भने । त्यस्तै, आगामी बजेट १६औँ आवधिक योजना कार्यान्वयनका लागि केन्द्रित हुने अपेक्षा पनि उनले व्यक्त गरे ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले मौद्रिक नीति व्यवस्थापनसँग सम्बन्धित  विभिन्न कानुन बनाउने र बैंक तथा वित्तीय संस्थाको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने व्यवस्था ल्याइनु सकारात्मक रहेको बताए ।



Source link

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान- ‘गृहमन्त्रीले राजिनामा नदिए, संसद् चल्न दिन्नौँ’  


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ । शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् । 

उनले जिम्मेवार राजनीतिक पार्टीको हिसाबमा बिहीवार संवैधानिक दायित्व महसुस गरेर संसद्मा बजेट प्रस्तुत गर्न दिएको जिकिर गरे । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मुद्दाहरूमा आफूहरूले अडिग रहेको परियारले बताएका छन् । उनले आफूहरूको मुद्दालाई सम्बोधन गरेपछि मात्रै सदन अगाडि बढ्ने बताएका छन् । 

त्यस्तै, सांसद परियारले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको भन्दै ती विषयलाई सदनमा जानकारी गराउने समेत बताएका छन् । भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै गृहमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।



Source link

लाइसेन्समा भ्रष्टाचार, चार जनाविरुद्ध आरोपपत्र दायर


काठमाडौँ । सवारी चालक अनुमती पत्र (लाइसेन्स)मा भ्रष्टचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दर्ता भएको छ । यातायात व्यवस्था कार्यालय रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जनाविरुद्ध आरोप पत्र दायर भएको हो ।

उनीहरुविरुद्ध गलत लिखित एवम् कागजात सच्याई सवारी लाइसेन्समा भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आरोपपत्र दायर हुनेहरुमा कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय दाङ, तुलसीपुरका कम्प्युटर अपरेटर अनिल बुढामगर रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरुविरुद्ध शुक्रबार आरोपपत्र दायर गरिएको हो ।



Source link

गैरआवासीय नेपालीहरुका लागि बजेटमा के-के समेटिए ?


काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा गैरआवासीय नेपाली र वैदेशिक लगानीलाई लक्षित गर्दै समावेश गरिएका बुँदाहरूको स्वागत गरिएको छ । एनआरएनए एक समूहका अध्यक्ष डा. बद्री केसीले शुक्रबार एक विज्ञप्तिमार्फत गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्दै बजेट सार्वजनिक भएकोमा धन्यवाद समेत दिएका छन् । 

गैरआवासीय नेपालीका लागि बजेटमा के छ ?
बुँदा ७५:  ‘प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाललाई उत्कृष्ट गन्तव्य स्थलमा विकास गरिनेछ। लगानी सम्भावना भएका मुलुकहरूसँग लगानी प्रवर्द्धन एवम् दोहोरो कर मुक्ति सम्झौता गरिनेछ। वैदेशिक लगानी भित्र्याउने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइनेछ। राष्ट्रिय प्राथमिकताको क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न एङ्कर इन्भेष्टमेण्टको नीति लिइनेछ ।’

बुँदा ७८:  ‘नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय संस्था र तिनका शाखाले कार्यालय वा आवास प्रयोजनका लागि भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने कानूनी व्यवस्था गरिनेछ ।’

बुँदा ८०:  ‘नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइनेछ। यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरिनेछ। यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिनेछ । विदेशमा गरिने लगानी स्वीकृतिको जिम्मेवारी लगानी बोर्डमा रहने व्यवस्था गरिनेछ ।’

बुँदा १४१:  ‘वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन श्रम गन्तव्यको विविधीकरण गरिनेछ । श्रम कूटनीतिको माध्यमबाट थप मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता गरिनेछ। वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलको सुरक्षा र सेवा सुविधा सुनिश्चता हुनेगरि गन्तव्य मुलुकहरूसँग थप सम्झौता गरिनेछ ।’

बुँदा १४२:  ‘श्रम स्वीकृति सरल ढंगले प्रदान गर्ने व्यवस्था मिलाइनेछ। सबै प्रदेशबाट श्रम सम्बन्धी अनलाइन सेवा प्रवाह गरिनेछ । वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको सीप, पुँजी र प्रविधि सदुपयोग गरी स्वरोजगार प्रवर्द्धन र उत्पादन वृद्धि गर्न श्रमिकबाट उद्यमी कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको छ ।’

बुँदा १६४:  ‘विश्वविद्यालयहरूमा विदेशी विद्यार्थी समेत आकर्षित गर्ने नीति लिइनेछ । शैक्षिक क्यालेण्डर अवधिभरको लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइनेछ । त्यस्ता विद्यार्थीका अभिभावकलाई बहु प्रवेश भिसाको व्यवस्था मिलाइनेछ ।’

बुँदा ३१५:  ‘विदेशमा रहेका नेपाली नागरिकको हित संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गरिनेछ । गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पँहुचलाई राष्ट्रिय विकासमा उपयोग गरिनेछ। विदेशमा संकटमा परेका नेपालीलाई यथाशीघ्र उद्धारको प्रवन्ध मिलाइनेछ ।’

बुँदा ३३१: ‘सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार शुरू गरिनेछ । गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोवार गर्न अनुमति दिने व्यवस्था मिलाइनेछ ।’

बुँदा ३३५:  ‘उधारो कारोवारसम्बन्धी कानून तर्जुमा गरिनेछ। दामासाही ऐनमा सामयिक संशोधन गरिनेछ । बैंकिङ्ग प्रणालीबाट विप्रेषण आय भित्र्याउन र उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ । सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा आवद्ध गरिनेछ ।’

त्यस्तै, सरकारले वैदेशिक लगानी, वैदेशिक रोजगारी, शिक्षा, प्रवासीको हित संरक्षण र उत्पादनशील क्षेत्रको विकासमा स्पष्ट र सकारात्मक नीति अघि सारेको महसुस गरेको केसीले बताएका छन् । उनले गैरआवासीय नेपालीहरूसम्बन्धी ऐन तथा नियमावलीहरूमा आवश्यक संशोधन गर्दै गैरआवासीय नेपाली र एनआरएन नेपाल डेभलप्पमेन्ट फण्डलाई प्राथमिकता दिने व्यवस्था चाँडै गरिनेमा विश्वास व्यक्त गरेका छन् । विशेषगरी आइपीओ तथा पूँजी बजारसम्बन्धी नियमनहरू परिमार्जन गरिँदै गैरआवासीय नेपालीहरूको प्रत्यक्ष सहभागिता राष्ट्रिय विकासमा सशक्त रूपमा सुनिश्चित गरिनेमा पनि केसीले विश्वास व्यक्त गरेका छन् । 



Source link

अव विदेश भ्रमण जाँदा सरकारलाई ५ प्रतिशत कर तिर्नुनपर्ने ! 


काठमाडौँ । सरकारले विदेश भ्रमणमा लिँदै आएको शुल्क हटाएको छ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विदेश भ्रमणमा जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्षदेखि लागू हुनेगरि हटाएको हो । 

सरकारले हाल विदेशी विनिमय सञ्चितिमा परेको दबाब रोक्न र आयात निरुत्साहतदेखि वैदेशिक भ्रमणमा कडाइ गर्न विदेश भ्रमणमा जाने नेपालीबाट पाँच प्रतिशत शुल्क उठाउँदै आएको थियो । 

तर, पछिल्लो समय विदेशी मुद्राको सञ्चितिमा परेको दबाब कम भएपछि सरकारले विदेश भ्रमणमा जाँदा लिँदै आएको शुल्क खारेज गरेको हो । योसँगै अव आर्थिक वर्ष २०८२ ८३ देखि भ्रमणका लागि विदेश जाने नेपालीले सरकारलाई छुट्टै शुल्क तिर्नु नपर्ने भएको छ । 

यसो त यसअघि विदेश भ्रमणका प्याकेज बिक्री गर्ने फर्म वा कम्पनीले नै उक्त शुल्क उठाउँदै आएका थिए । अब भने विदेश भ्रमण जाँदा यस्तो शुल्क नलाग्ने भएको छ । 



Source link

बजेटः कीर्तिपुर क्रिकेट रंगशाला बनाउन ४० करोड विनियोजन 


काठमाडौँ । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला बनाउन ४० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन गरेको हो । 

सोही बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन् ।



Source link

नागढुङ्गा र सिद्धबाबा सुरुङमार्गको निर्माण सक्न २ अर्ब ६० करोड बजेट


काठमाडौँ । सरकारले दुईवटा सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले नागढुङ्गा सुरुङमार्ग र सिद्धबाबाको सुरुङमार्गको निर्माण सम्पन्न गर्न आगामी आर्थिक वर्षको बजेटमा २ अर्ब ६० करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।



Source link