All posts by

महिला न्यायाधीश सम्मेलन: यौनजन्य दुर्व्यवहार सुनुवाइको संयन्त्र बनाइने


महिला न्यायाधीशहरूको सम्मेलनले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको तत्काल सुनुवाइका लागि गुनासो सुन्ने संयन्त्र निर्माण गर्न पहलकदमी गर्नेसहितको प्रतिबद्धता जारी गरेको छ। यो प्रतिबद्धताले न्यायसेवामा कार्यरत महिलामा पनि यौनजन्य दुर्व्यवहार हुने गरेको अनुमान गर्न सकिन्छ।

ललितपुरमा सोमबार सम्पन्न सम्मेलनले ‘यौनजन्य दुव्र्यवहारसम्बन्धी नीति बनाउन र कार्यान्वयनका लागि अदालतको नियमावली संशोधन गरी तीनै तहका अदालतहरूमा महिला समिति गठनका लागि पहल गर्ने’ प्रतिबद्धता जाहेर गरेको छ।

अदालतमा कार्यरत महिला न्यायाधीश, कर्मचारी, सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थल व्यवस्था गर्ने, कार्यस्थलमा लैंगिक संवेदनशीलता कायम गर्दै यौनजन्य हिंसा वा दुर्व्यवहार हुन नदिनेतर्फ विशेष सजगता अपनाउने पनि प्रतिबद्धतामा उल्लेख छ।

उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग सहयोगको पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। साथै विभिन्न मुद्दामा सर्वोच्च अदालतले गरेका व्याख्या, प्रतिपादन गरेका सिद्धान्त, विधिशास्त्रीय दृष्टिकोण तथा मार्गनिर्देशन अनुकरणीय रहेको भन्दै त्यस्ता नजिरमा सुसूचित हुन सामूहिक संयन्त्र निर्माण गर्ने भएको छ। न्यायको गुणस्तरीयता, पहुँचमा वृद्धि, दक्षता अभिवृद्धि गरी समानतामा आधारित न्यायपूर्ण समाज स्थापनाका लागि महिला न्यायाधीशले बाह्रबुँदे प्रतिबद्धता व्यक्त गरेका हुन्।

अदालत र न्यायिक निकायमा कार्यरत महिला न्यायाधीश, अधिकृत, महिलाबिचको विविधतालाई ध्यानमा राख्दै व्यावसायिक क्षमता, दक्षता र नेतृत्व विकासका लागि आवश्यक नीति, रणनीतिक कार्यक्रम बनाउने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ। साथै महिला न्यायाधीशको संख्यामा मात्रै नभएर काममा गुणस्तरीय र क्षमतामा पनि दक्खल हुनुपर्ने भन्दै उद्घाटन सत्रमा सुझाव दिइएको छ।

महिला न्यायाधीशको संख्या थोरै भएको प्रसंग र भइरहेकालाई कसरी दक्ष बनाउने भन्नेमा छलफल हुँदा यस्तो सुझाव आएको हो। सम्मेलनमा महिलाको संख्याका साथै क्षमताको सन्दर्भ उठेको हो। न्यायको कुर्सीमा बसेर निर्णय दिँदा कुनै महिला र पुरुषले नभई न्यायाधीशले दिएको हुने सबैको साझा निष्कर्ष छ।

हाल सर्वोच्चमा दुईजना, उच्चमा २२ र जिल्ला अदालतमा २६ जना गरी देशभर ५० महिला न्यायाधीश छन्। न्याय परिषद्को तथ्यांकअनुसार यो समग्र न्यायपालिकाको १२ प्रतिशत प्रतिनिधित्व हो। गत पुस मसान्तसम्मको तथ्यांक हेर्दा देशभर चार सय ६८ न्यायाधीशको दरबन्दी छ भने ३२ न्यायाधीशको पद रिक्त छ।

सम्मेलन उद्घाटन गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरू नेपालको न्याय प्रणालीको गौरव हुनुपर्ने बताए। ‘महिला न्यायाधीशको गौरव त्यसै आउँदैन। न्याय सम्पादनमा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै त्यो गौरव कायम हुन्छ’, प्रधानन्यायाधीश राउतले भने।

उनले घर, परिवार लगायत चौतर्फी जिम्मेवारी हुँदा महिलाले व्यवस्थापन गर्ने विषय धेरै भएको प्रसंग कोट्याए। हाल न्यायिक सुधारको एजेन्डा अघि सारेकाले त्यसमा लाग्न आग्रहसमेत गरे।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा नहुने बताएकी छन्। ‘महिलामा क्षमता हुनैपर्छ, साहस हुनैपर्छ र अध्ययन गर्नैपर्छ। अझै न्यायाधीशले दिनरात अध्ययन गर्नैपर्छ’, उनले भनिन्।

न्यायपालिकामा काम गर्नेले कसले के भन्छ भन्नेतर्फ नलाग्न पनि उनले सुझाव दिइन्। ‘न्यायपालिका त्यस्तो क्षेत्र हो, कसले के भन्दै छ भनेर पछाडि फर्केर नहेर्नुस्। १० हजार मुद्दा छन् भने २० हजार मान्छे त संलग्न हुन्छन्’, उनले भनिन्, ‘१० हजारले जिते भने १० हजारले मुद्दा हार्छन्। हार्नेले अदालतलाई कहिल्यै जस दिँदैनन्।’ तर पनि आफूले गर्ने निर्णयमा सही गरेको छु भन्ने दृढता हुनैपर्नेमा उनको सुझाव छ। ‘जस्टिस डेलिभरी महिला र पुरुष होइन न्यायाधीशले दिने हो’, उनले भनिन्।

आफू न्यायाधीश हुँदा सातजना मात्रै न्यायाधीश रहेको उनले विगत सुनाएकी थिइन्। हाल भइरहेको संख्यालाई पनि गुणस्तरीय बनाउनुपर्ने उनले बताइन्। सुरुसुरुमा महिला न्यायाधीशको कल्पना नै नगरिएको न्यायपालिकामा अहिले उपस्थिति बढ्दो रहेको वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बताइन्। उनले महिला मात्रै होइनन्, सबै न्यायाधीश लैंगिक संवेदनशील रहेको बताइन्।

महिलामा अलि बढी सक्षमताको प्रश्न उठ्ने उनको अनुभव छ। ‘महिलाको उपस्थिति केही बढेको छ तर पर्याप्त छैन। उपस्थिति कसरी बढाउने भन्ने चुनौती छ’, उनले भनिन्, ‘महिलालाई क्षमतावान् कसरी बनाउने भन्ने पनि छ। हामी सक्षम छौं, योग्य छौं भन्ने प्रमाणित पनि हामी आफैंले गर्नुपरेको छ।’

न्याय सेवा, सरकारी वकिललगायत महिलाको उपस्थिति बढ्दै गएको तथ्यांकले देखाएको उल्लेख गरिन्।

सम्मेलनमा न्यायमा पहुँच, न्यायापालिकामा समावेशिता र महिला न्यायाधीशको प्रतिनिधित्व: चुनौती र सम्भावना, न्यायपालिकामा मिसोजिनी सोच र प्रभावलगायत विषयमा छलफल भएको थियो। विभिन्न जिल्ला, उच्च अदालतका महिला न्यायाधीशले आफूले न्यायिक निरूपणमा भोग्नुपरेका कानुनी समस्याका विषयमा उजागरसमेत गरेका थिए। कतिपय कानुनी कठिनाइ भएकाले न्यायाधीशको स्वविवेकमा पनि न्याय भर पर्ने विषयमा अन्तक्रयायासमेत भएको थियो।

प्रकाशित: २७ फाल्गुन २०८१ ०९:०९ मंगलबार





Source link

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने, एमाले-कांग्रेसले लगाए ह्विप


२७ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो साढे २ बजेबाट सम्बोधन गर्ने तयारी रहेको जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् ।

कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रतिपक्षी दलहरुले भने सरकारले छलफल नगरेको भन्दै बैठकमा सहभागी हुन प्रधानमन्त्रीले राख्ने मन्तव्यका बारेमा अग्रिम जानकारी हुनुपर्ने सर्त राखेका छन् । प्रतिपक्षी दलले सर्त राखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

केके छन् प्रधानमन्त्रीका कार्यक्रम ?

मोरङमा आज प्रधानमन्त्री ओली दुई स्थानका कार्यक्रममा सहभागी हुने तयारी छ ।  प्रधानमन्त्री ओली आज साढे १० बजे हेलिकप्टर मार्फत मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आउनेछन् । साढे ११ बजे विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजा प्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवनको उदघाटन गर्नेछन् । त्यसलगतै पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्स शैक्षिक भवनको उदघाटन गर्नेछन् ।

दिउँसो १२ बजेबाट पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक तथा १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दिउँसो साढे २ बजे कोशी प्रदेशसभालाई सम्बोधन गरी उनी साढे ४ बजे हेलिकप्टर मार्फत काठमाडौं फर्कने कार्यतालिका छ ।





Source link

स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता, नामावली पनि आजै प्रकाशित हुने


त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ।

प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएको छ। दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ।

यसैगरी दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबीविरोध गर्नका लागि फागुन २८ गते तोकिएको छ। सोही दिन नै दुवै तर्फको दाबीविरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ भने चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने छ।

प्रकाशित: २७ फाल्गुन २०८१ ०९:१२ मंगलबार





Source link

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ खुल्यो, कम्पनी सञ्चित नोक्सानीमा


२७ फागुन, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले आज मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ ।

चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुन लागेको हो ।

सोमध्ये १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।

कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । विभिन्न एलोपेथिक औषधि उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ । चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ । यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ ।





Source link

LEV 01 EV Price in Nepal, Specifications and Availability


LS Auto has launched the LEV 01 EV in Nepal via its local partner Nexon Ventures Pvt. Ltd. It’s a premium electric crossover SUV introduced in Nepal in two variants- SE and CE and offers up to 500 km range and also features a ground clearance of 210 mm. Here, we explore what this car offers in terms of its features, performance, and specifications and also share its price details.

Design

LEV 01 EV rocks a polished finish with darkish colors. The car features a standout design blending modern elements and a futuristic feel, especially with its long strip of LED lights that runs across the front. The creases around the headlamps and cars accentuate its sporty profile. Talking of the long LED light strips, one can’t but get reminded of the popular BYD Atto 3.

LEV 01 in Nepal

The car comes in a sizeable body at 4640 x 1870 x 1655 mm dimensions and maintains a wheelbase of 2760 mm. One of the biggest dealmakers for this car is its 210 mm of ground clearance which makes it highly suitable for Nepali roads.

Check out: Most Popular Electric Cars Price in Nepal in 2024

Performance

The all-electric car is powered by a 99 kW motor which produces 81.5 PS of power in Standard and 122 PS of power in Long Range variants. Likewise, the car comes with 320 Nm of torque across both iterations. Continuing forward, the crossover SUV’s top speed is 140 kmph.

Battery

The car is backed by a 67.1 kWh battery pack which offers an excellent range of over 500 kilometers. It’s a claimed range and on a numerical basis, it’s certainly going to be one of the best cars in terms of range. Both variants of the car CE and SE feature the same battery capacity as the motor.

If you are looking for a budget buy, then check out the most popular and affordable mini cars in Nepal

Safety and other features

The LEV 01 EV boasts flagship features such as a panoramic sunroof electric tailgate, among others, which conveys utility and convenience. The safety is led by a Level 2 ADAS (Advanced Driver Assistance Systems) system, which also includes a 360-degree camera and hill hold assist. You also get a wireless mobile charger and a multifunctioning steering wheel.

Highly recommended: New electric vehicle tax in Nepal in 2081/82

LEV 01 EV specifications

  • Dimension: 4640 x 1870 x 1655 mm
  • Wheelbase: 2760 mm, 19-inch alloy wheels
  • Motor: 99 kW
  • Max Power: 
    • 81.5 PS (Standard)
    • 122 PS (Long Range)
  • Torque: 320 Nm
  • Transmission: Automatic
  • Top Speed: 140 kmph
  • Battery Capacity: 67.1 kWh 
  • Range: 500 km
  • Safety System: Level 2 ADAS, 360-degree camera, hill hold assist, etc.
  • Seating: 5-Seater
  • Ground Clearance: 210 mm
  • LEV 01 EV Price in Nepal: Rs 6,195,000 (SE) | Rs 6,995,000 (CE)

LEV 01 EV price in Nepal, availability, warranty

The official LEV 01 EV price in Nepal starts at Rs 6,195,000 for the SE variant and Rs 6,995,000 for the CE variant. Both of these prices are slightly lower than the initially estimated ones. Both the motor and battery on these variants are covered by an 8-year or 150,000-km warranty.

LEV 01 EV Price in Nepal
SE Rs 6,195,000
CE Rs 6,995,000

Verdict

LEV 01 is a premium SUV lineup and could be an excellent pick for your auto needs. The car’s modern design, and Level 2 ADAS for safety, range, and ground clearance are the major selling points, and they also befit the pricing. The car competes with the likes of Neta X EV, Mahindra XUV400 EV, etc. In around the same price segment, the car competes with the Omoda 5 EV.

For more information on the LEV 01 EV price in Nepal, its features, and other details, do leave a message in our comment box below.



Source link

सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा


राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै थापाले यस्तो बताएका हुन्। उनले जनताले लोकतन्त्रको विकल्प खोजेको नभइ राजासहितको लोकतन्त्र खोजेको भनाइ राखेका छन्। उनले लेखेका छन्, ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो।’

थापाले लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको उल्लेख गर्दै मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको बताए।

उनले राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको पनि जिकिर गरे। उनले उदाहरण दिँदै भने, ‘बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’

प्रकाशित: २७ फाल्गुन २०८१ ०९:२३ मंगलबार





Source link

अमेरिकी सेयर बजारमा गिरावट, एसियामा समेत असर – Online Khabar


२७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण अमेरिकी सेयर बजारमा उच्च गिरावट आएको छ। यसको प्रभाव एसियाली बजारमा पनि परेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकी सेयर बजारमा ४ प्रतिशतसम्म गिरावट आएको छ । खासगरी न्युयोर्कमा प्रविधि क्षेत्रका सेयर बजारमा तीव्र गिरावट देखिएको छ । जसका कारण सेयरबजार परिसूचकले २०२२ पछिकै सबैभन्दा खराब दिन अनुभव गरेको बीबीसीले जनाएको छ । ट्रम्पले अमेरिकी अर्थतन्त्र ‘परिवर्तनको चरणमा’ रहेको भनेर टिप्पणी गरेपछि लगानीकर्ताहरू चिन्तित छन् ।

मंगलबार बिहानको कारोबारमा जापानको निक्केई २२५ परिसूचक २.५ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी २.३ प्रतिशत तल झरेको छ । अस्ट्रेलियाको एसएन्डपी/एएसएक्स २०० परिसूचक १.८ प्रतिशत ओरालो लागेको छ ।
यसअघि सोमबार न्युयोर्क सेयर बजारमा एसएन्डपी ५०० परिसूचक २.७ प्रतिशतले घट्दा, डाओ जोन्स २ प्रतिशतले घटेको थियो । प्रविधि क्षेत्रको नास्डाक ४ प्रतिशत खस्किएको थियो ।

टेस्लाको सेयर १५.४ प्रतिशतले घट्यो भने एआई चिप उत्पादक कम्पनी एनभिडियाको सेयर ५ प्रतिशत भन्दा बढीले तल झरेको थियो । मेटा, अमेजन र अल्फाबेट (गूगलको मूल कम्पनी) जस्ता कम्पनीका सेयरहरू पनि ठूलो मात्रामा घटेका छन् ।

के भन्छन् अमेरिकी अधिकारीहरु ?

लगानीकर्ताहरू ट्रम्पको ट्यारिफ नीतिको असरले मूल्यवृद्धि निम्त्याउने र आर्थिक वृद्धिदर सुस्ताउने चिन्तामा रहेको बीबीसीले जनाएको छ ।

तर ट्रम्प प्रशासनका अधिकारीहरूले भने अर्थतन्त्रमा दीर्घकालीन असर नरहने दाबी गरेका छन् । ह्वाइट हाउसका प्रवक्ताले भने स्टक मार्केटको गतिविधि र वास्तविक व्यवसाय क्षेत्रका अवस्था फरक रहेको भन्दै उद्योगहरूले ट्रम्पको नीति अनुसार खरबौं डलरको लगानी प्रतिबद्धता गरेको बताएका छन् ।

तर, अर्थशास्त्रीहरूले भने ट्रम्पको ट्यारिफ नीतिले उत्पादन लागत बढाउने र अन्ततः उपभोक्ता मूल्य वृद्धि गराउने बताउँछन् ।

अमेरिकी अर्थतन्त्रमा मन्दी आउने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले स्पष्ट जवाफ दिएका छैनन् । ‘मैले त्यस्तो भविष्यवाणी गर्न चाहन्नँ । अहिले हामी धन अमेरिकामा फर्काइरहेका छौं, जुन ठूलो कुरा हो,’ उनले भनेका छन् ।

टेस्लाको सेयर मूल्यमा आएको ठूलो गिरावट ट्रम्पको ट्यारिफ योजनासँग जोडिएको छ । अमेरिका, क्यानडा र मेक्सिको बीचको व्यापार सम्झौतामा ट्यारिफ लगाइए उत्पादन लागत बढ्ने र कारको मूल्य बढ्ने जोखिम रहेको बीबीसीले लेखेको छ ।

अर्थशास्त्री मोहमद एल–एरियन पहिले लगानीकर्ताहरू ट्रम्पको कर कटौती र नियमन खुकुलो पार्ने योजनाप्रति सकारात्मक भए पनि अहिले व्यापार युद्धको सम्भावना देखेपछि बजारले धारणा परिवर्तन गरिरहेको बताउँछन् ।

तर, ट्रम्पका आर्थिक सल्लाहकार केभिन हासेटले भने अमेरिकी अर्थतन्त्र बलियो रहेको दाबी गर्दै भविष्यमा अर्थतन्त्र झन् मजबुत बन्ने दाबी गरेका छन् ।





Source link

Samsung Bespoke AI Refrigerator price in Nepal


Samsung Nepal has introduced a new range of Bespoke AI double-door refrigerators for the coming summer season. The South Korean brand has brought the new refrigerators in two variants – 396 L & 419 L capacity with AI capabilities.

Best features of Samsung Bespoke AI Refrigerator

Design

Samsung Bespoke AI Refrigerator Nepal

The all-new Bespoke AI refrigerators come with a beautiful, classy design complementing a modern house interior. They carry a minimalistic touch with an elegant look. They are also equipped with advanced AI features. Such as AI Energy Mode and SmartThings connectivity. Other highlights of these are the Convertible 5-in-1 and Twin Cooling Plus features.

AI- Energy Mode

The AI feature effectively optimizes energy usage. The AI Energy Mode deploys smart algorithms to manage energy usage efficiently. The result is that you can save up to 10% energy with different usage patterns. In the long run, you end up saving more cash as well as energy.

Convertible 5-in-1 Modes

Likewise, the Convertible 5-in-1 Modes offer unmatched flexibility for different purposes at home. You can tune the refrigerator to five different modes-  Normal, Seasonal, Extra Fridge, Vacation, and Home Alone. Each mode refers to a different scenario when power can be adjusted accordingly.

Twin Cooling Plus technology

The refrigerators also boast Twin Cooling Plus technology, which refers to separate and independent cooling systems. It helps retain moisture and at the same time prevent odour mixing. According to Samsung, the technology helps retain up to 70% of moisture and keeps fruits and vegetables crisp and fresh for a long time. That might stretch to even days on hot summers.

The Twin Cooling Plus technology works with advanced evaporators that maintain optimal cooling to preserve the freshness of food.

The cooling technology is further assisted by the AI Energy Mode. The innovative AI-powered energy mode analyzes your user pattern and optimizes compressor performance to reduce energy usage. In all seasons, from hot summer days to winter, autumn, or else, you get efficient cooling without bothering with expensive electricity bills.

Connectivity

The Samsung Bespoke AI refrigerator supports SmartThings connectivity, allowing you to connect your smartphone to control the refrigerator’s features. You can use an app to monitor its power usage, adjust the temperature, and receive real-time notifications remotely.

Samsung Bespoke AI Refrigerator price in Nepal

The Samsung Bespoke AI Refrigerator price in Nepal starts at Rs 112,990 but is discounted to Rs 101,000 for a limited period. It’s available in Nepal in two variants – 396 L & 419 L capacity. The refrigerators are available across Nepal through HIM Electronics and Triveni Byapaar Pvt. Ltd.

Samsung Refrigerator Price in Nepal
Bespoke AI Refrigerator Rs 112,990, Rs 101,000 (offer)

For any further queries regarding the refrigerator, let us know in the comments below:



Source link

'हम कोइ रिटायर नाहि हो राह हैं': रोहित शर्मा, विराट कोहली की स्टंप माइक चैट तूफान से इंटरनेट लेती है। क्रिकेट समाचार


'हम कोइ रिटायर नाहि हो राह हैं': रोहित शर्मा, विराट कोहली की स्टंप माइक चैट तूफान से इंटरनेट लेती है
रोहित शर्मा और विराट कोहली (आईसीसी फोटो)

नई दिल्ली: भारत में प्रवेश किया आईसीसी चैंपियंस ट्रॉफी 2025 पसंदीदा के रूप में, और रोहित शर्माफाइनल में न्यूजीलैंड पर एक जीत के साथ प्रतिष्ठित ट्रॉफी प्राप्त करके अरबों के सपनों को पूरा करते हुए, पुरुष उम्मीदों पर खरा उतरते थे।
ट्रायम्फ के शीर्षक से परे, एक प्रमुख बात करने वाला बिंदु भारतीय स्टालवार्ट्स रोहित शर्मा का भविष्य था और विराट कोहलीअटकलों के साथ कि जोड़ी टूर्नामेंट के बाद ओडीआई क्रिकेट से सेवानिवृत्त हो सकती है।
दोनों ने पिछले जून में भारत के टी 20 विश्व कप की जीत के बाद टी 20 आईटी के लिए पहले ही विदाई दी थी, जहां उन्होंने बारबाडोस में फाइनल में दक्षिण अफ्रीका को हराया था।

'कहीं नहीं जा रहा है': रोहित शर्मा चैंपियंस ट्रॉफी जीतने के बाद एकदिवसीय मैच से सेवानिवृत्ति पर

हालांकि, भारत की चैंपियंस ट्रॉफी जीतने के बाद, सोशल मीडिया पर एक वायरल वीडियो ने रोहित को कोहली को बताया कि उसका सेवानिवृत्त होने का कोई इरादा नहीं है।
रोहित ने हिंदी में यह कहते हुए सुना है, “भाई हम कोई रिटायर नाहि हो राहे हैं, इनको लैग राहा है (हम सेवानिवृत्त नहीं हो रहे हैं। ये लोग सोचते हैं),” रोहित को हिंदी में यह कहते हुए सुना जाता है, क्योंकि दोनों ने एक हंसी साझा की।
रोहित ने फाइनल में महत्वपूर्ण भूमिका निभाई, न्यूजीलैंड के खिलाफ मैच जीतने वाले 76 को स्कोर किया।
मैच के बाद की सेवानिवृत्ति की अफवाहों को संबोधित करते हुए, रोहित ने यह स्पष्ट किया कि वह जल्द ही कभी भी वनडे से दूर नहीं जा रहे थे।

भारत विन चैंपियंस ट्रॉफी खिताब; रोहित शर्मा ने पुष्टि की कि वह सेवानिवृत्त नहीं हो रहा है

उन्होंने कहा, “मैं इस (ODI) प्रारूप से सेवानिवृत्त नहीं होने जा रहा हूं। आगे बढ़ते हुए, कृपया अफवाहें फैलाएं,” उन्होंने मैच के बाद के प्रेस कॉन्फ्रेंस में कहा।
जब उनकी भविष्य की योजनाओं के बारे में पूछा गया, तो रोहित गैर-कमिटल बने रहे।
उन्होंने कहा, “भविष्य की कोई योजना नहीं है। जो हो राह है, वोह चाल्टा जयगा (जो कुछ भी हो रहा है वह जारी रहेगा),” उन्होंने टिप्पणी की।
रोहित ने भी चैंपियंस ट्रॉफी ट्रायम्फ को राष्ट्र को समर्पित किया।
“पूरे देश के लिए क्योंकि मुझे पता है कि हमारा देश हमारे पीछे बहुत कुछ है। जब आप किसी भी टूर्नामेंट के फाइनल जीतते हैं, और विशेष रूप से भारत में, हम जानते हैं कि हम जहां भी खेलते हैं, हमें अच्छा समर्थन मिलता है।
“तो, इस ट्रॉफी को जीतने से पूरी टीम इतनी खुश हो जाती है कि हमने इसे अपने देश के लिए किया,” उन्होंने कहा।





Source link

चैंपियंस ट्रॉफी ट्रायम्फ में भारत के एक्स-फैक्टर बनने के लिए वरुण चक्रवर्ती कैसे विकसित हुआ |


कैसे वरुण चक्रवर्णी भारत का एक्स-फैक्टर बनने के लिए विकसित हुआ
वरुण चक्रवर्ती (फोटो स्रोत: x)

चेन्नई: एक बार जसप्रित बुमराह से बाहर निकल गया था चैंपियंस ट्रॉफीभारत को बॉलिंग लाइन-अप में एक्स-फैक्टर के बिना छोड़ दिया गया था।
यह इस बिंदु पर था कि टीम प्रबंधन और चयन समिति ने एक खरगोश को टोपी से बाहर निकाला और इसमें मिस्ट्री स्पिनर शामिल थे वरुण चक्रवर्ती 15-सदस्यीय दस्ते में पांचवें ट्विकर के रूप में। योजना भी सावधानीपूर्वक थी। उन्हें बांग्लादेश और पाकिस्तान के खिलाफ खेलों में नहीं खेला गया था, जिन्होंने शायद उन्हें थोड़ा बेहतर पढ़ा होगा, और तीसरे राउंड-रॉबिन मैच में न्यूजीलैंड के खिलाफ उतारा गया था।
हमारे YouTube चैनल के साथ सीमा से परे जाएं। अब सदस्यता लें!
33 वर्षीय का तत्काल प्रभाव पड़ा, एक टीम के खिलाफ पांच विकेट लिए, जिसने कुछ महीने पहले भारत में एक परीक्षण श्रृंखला में अधिक कठिन पिचों पर उंगली की स्पिनर खेली थी। इसके बाद महत्वपूर्ण हमलों के बाद – ट्रैविस हेड सहित – सेमीफाइनल में ऑस्ट्रेलिया के खिलाफ और फाइनल के दौरान। वरुन ने जो डर-कारक उत्पन्न किया, वह भारतीय स्पिनरों में एक लंबा रास्ता तय करता था, जो किवी के ऊपर एक गला घोंटकर बनाए रखता था।

वरुण शीर्षक विजेता अभियान के क्रंच क्षणों में कैप्टन रोहित शर्मा के गो-टू गेंदबाज बन गए। चांदी के बर्तन को उठाने से पहले, रोहित ने टेबल पर “कुछ अलग” लाने के लिए ट्विकर की सराहना की। वरुण का महत्वपूर्ण योगदान-वह भारत के संयुक्त सबसे बड़े विकेट लेने वाले के रूप में नौ स्केल्स के साथ समाप्त हो गया, हालांकि उन्होंने केवल तीन मैचों में चित्रित किया-यह भी मतलब था कि गौतम गंभीर के नेतृत्व वाले कोचिंग समूह में केवल दो पेसर्स के साथ खेलने की लक्जरी थी, जो उनमें क्विकर बाउलर के लिए कुछ भी नहीं था।
जबकि स्पिनर इस समय देश का टोस्ट है, वह 50 ओवर के प्रारूप में चयन के करीब नहीं था, बहुत पहले नहीं था। लेकिन दक्षिण अफ्रीका में T20I में उनके प्रदर्शन ने उन्हें एकदिवसीय मैच में वापस लाया।

एक राष्ट्रीय चयनकर्ता को उन स्थानों पर भेजा गया था, जहां तमिलनाडु अपने विजय हजारे ट्रॉफी मैचों को खेल रहे थे, बस उसकी निगरानी के लिए। वरुण ने निराश नहीं किया, 18 विकेट लिए, और निर्णय लिया गया: “अगर बुमराह नहीं, तो यह वरुण है।”
तमिलनाडु स्पिनर, जो वरुण के निजी कोच हैं, एसी प्राथिबन को लगता है कि यह “मानसिक क्रूरता” और “सावधानीपूर्वक योजना” है जिसने वृद्धि को संभव बना दिया है।
“मानसिकता-वार, वरुण एक अलग स्तर पर है; वह इस पर बहुत काम कर रहा है। वह पहले कुछ चीजों से दूर हो सकता है, लेकिन वह अब उन लोगों का सामना करने के लिए तैयार है। उन्होंने बहुत साहस दिखाया है, ”प्राथिबन ने टीओआई को बताया।

'कहीं नहीं जा रहा है': रोहित शर्मा चैंपियंस ट्रॉफी जीतने के बाद एकदिवसीय मैच से सेवानिवृत्ति पर

“पिछली बार वरुण दुबई गए थे, स्थिति पूरी तरह से अलग थी। अपने आप में दुबई की यात्रा एक बुरा सपना हो सकता था, यह देखते हुए कि क्या हुआ (2021 टी 20 विश्व कप में वह साधारण आउटिंग था)। लेकिन उन्होंने टीम में आने और खिताब जीतने के लिए बहुत सारे चरित्र दिखाए। अभिषेक नायर (वर्तमान राष्ट्रीय टीम के सहायक कोच) ने कोलकाता नाइट राइडर्स और द इंडिया टीम में उनके साथ होने के कारण इस प्रक्रिया में एक बड़ी भूमिका निभाई है, ”प्राथिबन ने कहा।
सीटी की अगुवाई में वरुण की व्यापक तैयारी के लिए धन्यवाद, उन्होंने विपक्षी बल्लेबाजों को पछाड़ने के लिए केवल 'प्लान ए' नहीं किया था। व्यक्ति पर ध्यान केंद्रित करने के बजाय, धीमी गेंदबाज, जिन्होंने गेंद को कैसे देखा, इस पर आधारित बल्लेबाजों को समूहित किया, उस श्रेणी को देखा जिसमें खिलाड़ी गिर गया। “हर दिन जब वह उठता है, वरुण कुछ नया करने के बारे में सोचता है जो वह अपनी गेंदबाजी के साथ कर सकता है। वह तैयार करने के लिए बहुत समय बिताता है, ”प्राथिबन ने कहा।
“विभिन्न प्रकार के बल्लेबाजों के लिए, उनकी डिलीवरी का अनुक्रम अलग -अलग होगा। हमने योजना बनाई है कि वरुण को बल्लेबाजों के हर सेट पर गेंदबाजी करनी चाहिए। यदि वह सफल है, तो आगे क्या करना है … अगर कोई सीमा है, तो वह कैसे जवाब देने जा रहा है … अगर वह एक विकेट की तलाश में है, तो वह गेंदें हैं जो वह बिल्ड-अप में गेंदबाजी करने जा रही है। यह इस तरह से काम करता है, ”प्रीथिबन ने कहा, जो सीटी के दौरान स्पिनर के साथ लगातार संपर्क में था।
पिछले छह महीनों में वरुण ने खेले गए मैचों की मात्रा यह सुनिश्चित की कि गति में कोई ब्रेक नहीं था। “वरुण के शरीर को बहुत अधिक भार उठाना पड़ा। पिछले साल के आईपीएल के बाद से उन्हें उचित आराम मिला है। एक रहस्य गेंदबाज बने रहने के लिए, उसे बहुत कुछ प्रशिक्षित करने और योजनाओं को अच्छी तरह से निष्पादित करने की आवश्यकता है। केवल एक प्रतिस्पर्धी खेल में उसे यह पता लगाने के लिए मिलेगा कि क्या वह योजनाओं को अच्छी तरह से निष्पादित करने में सक्षम है। चूंकि वह उन मैचों में लगातार निष्पादित करने में कामयाब रहा, इसलिए सीटी में चीजें उसके लिए बहुत आसान हो गईं, ”प्राथिबन ने समझाया।





Source link

'को ठीक किया जाना चाहिए: आरएसएस नेता भारत बनाम भारत रो को पुनर्जीवित करता है भारत समाचार


'को ठीक किया जाना चाहिए: आरएसएस नेता भारत बनाम भारत रो को पुनर्जीवित करता है

नई दिल्ली: आरएसएस महासचिव दत्तात्रेया होसाबले यह बताता है कि देश को केवल एक नाम के साथ आगे बढ़ना चाहिए और संवैधानिक संशोधनों को “भारत” को बदलने के लिए “भारत” को “से बदलने के लिए किया जाना चाहिए।भरत“।
दिल्ली में एक कार्यक्रम के दौरान बोलते हुए, होसाबले ने सितंबर 2023 में राष्ट्रपति को “भारत के राष्ट्रपति” के रूप में संबोधित करने वाले जी 20 डिनर निमंत्रण का उल्लेख किया, जिसके कारण भारत से भारत से भरत के देश के नाम को बदलने के सरकार के इरादे के बारे में व्यापक अटकलें लगाईं।
होसाबले ने कहा, “हाल के दिनों में, सरकार के जी 20 निमंत्रण, राष्ट्रपति के निवास पर एक भोज के लिए निमंत्रण, अंग्रेजी में 'भारत' के रूप में लिखा गया था क्योंकि भारत को भारत और भारतीय भाषा में भारत में भारत और भारत कहा जाना चाहिए।”
होसाबोल ने कहा कि देश के लिए दो नामों के उपयोग के बारे में सवाल उठाए जाने चाहिए और इस मामले को ठीक किया जाना चाहिए।
उन्होंने कहा, “यह 'भारत का संविधान', 'रिजर्व बैंक ऑफ इंडिया' है। ऐसा क्यों है? इस तरह के सवाल को उठाया जाना चाहिए। इसे ठीक किया जाना चाहिए। यदि देश का नाम भारत है, तो इसे केवल उसी तरह से कहा जाना चाहिए,” उन्होंने कहा।
देश के लिए आमतौर पर उपयोग किए जाने वाले नाम के रूप में “भारत” से “भारत” में संक्रमण एक बहुमुखी इतिहास को शामिल करता है, जो भाषाई बहुलता, उपनिवेशवाद और सरकारी परिवर्तनों से प्रभावित है।
भारत बनाम भारत की पंक्ति ने विपक्षी दलों के तुरंत बाद शुरू किया, जिन्होंने 2024 के लोकसभा चुनावों के लिए भाजपा के खिलाफ हाथ मिलाया है, ने अपने समूह को भारत (भारतीय राष्ट्रीय समावेशी विकासात्मक गठबंधन) के रूप में नामित करने का फैसला किया।
प्रधान मंत्री नरेंद्र मोदी विपक्षी मोर्चे के नए नाम के खिलाफ हमले का नेतृत्व किया। प्रधान मंत्री ने भारत के लोकप्रिय मोर्चे जैसे संगठनों के उदाहरणों का हवाला दिया और कहा कि वे अपने नाम पर भारत का भी उपयोग करते हैं। अपने अधिकांश बाद के भाषणों में, प्रधान मंत्री ने देश के अपने अधिकांश संदर्भों के लिए भारत का इस्तेमाल किया। लगभग सभी केंद्रीय मंत्रियों और भाजपा नेताओं ने सूट का पालन किया और विपक्षी गठबंधन के नए नाम को लक्षित किया।





Source link

सेयर किनबेचबारे सिकाउने भन्दै ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने, संलग्नहरुको खोजी गर्दै सीआईबी ! 


काठमाडौँ । सेयर बजार सम्बन्धी ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने भएको छ । सेयर लगानीकर्तालाई टार्गेट गरेर कुन सेयर किन्ने ? र कुन सेयर बेच्ने ? भन्दै सिकाउने उद्देश्यले ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने भएको हो ।

यसरी ‘पेड ग्रुप’ चलाउने केहीविरुद्ध त प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कारवाही प्रक्रिया नै अगाडि बढाइसकेको छ । 

उनीहरुविरुद्ध करछली र ठगीको केस अघि बढाइने सीआईबीका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सीआईबीमा प्राप्त उजुरीका आधारमा सम्बन्धित निकायलाई समेत पत्राचार गरी यस्तो काममा संलग्नलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । 

 पछिल्लो समयमा मासिक १० हजार देखि २५ हजारसम्म लिएर पेड ग्रुप चलाउने, सो आयको करसमेत नतिर्ने, कतै दर्ता पनि नहुने गरेको उजुरीका आधारमा यस्तो कारवाही प्रक्रिया अगाडि बढेको हो । 



Source link

पोखरामा बीमा रकमको लोभमा आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ, पसल पनि स्वाहा, पैसा पनि आएन ! 


काठमाडौँ । बीमाको रकम पाउने लोभमा पोखरामा पसल सञ्चालक आफैँले आफ्नै पसलमा आगो लगाएको पाइएको छ । पोखरा महानगरपालिका-८ न्युरोडस्थित शर्मा आईटी हबका सञ्चालकले बीमाबापतको एक करोड रुपैयाँ पाउने लोभमा आफैँले आफ्नै पसलमा आगो लगाएको पाइएको हो । 

उक्त आईटी हबका सञ्चालक रमेश शर्मा हुन् । उनले मोबाइल चार्ज गर्ने क्रममा पसलमा आगो लागेको भन्दै निवेदन दिएका थिए । 

उक्त आईटी हब गत पुसमा खुलेको थियो । पसलका सञ्चालक शर्माले उक्त पसलको माघमा १ करोडको बीमा गरेका थिए । पसलमा आगलागी फागुन मध्यतिर भएको थियो । पसलको आगो नेपाल प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । 

लगत्तै पसल सञ्चालक शर्माले पसल आगलागीको घटना जानकारी गराउँदै बीमा दाबी भुक्तानीका लागिसमेत निवेदन दिएका थिए । तर, घटना शंकास्पद लागेपछि प्रहरीले गरेको अनुसन्धानबाट कामदारलाई बिदा दिएर रमेश आफैँले पसलमा आगो लगाएको खुलेको छ । हाल प्रहरीले पसलका सञ्चालक रमेश शर्मालाई पक्राउ गरेको छ । हाल उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

यसअघि गत साउनमा पनि पोखरा लेकसाइडमै रहेको मुक्तिनाथ सपिङ सेन्टरका सञ्चालकले घाटा भएपछि बीमाको रकम पाउने लोभमा आफैँले पसलमा आगो लगाएको घटना सार्वजनिक भएको थियो ।



Source link

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त


खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन्। आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन्। व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन्।  

एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउँछन्। उनले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाएका छन्।

‘शनिबार र आइतबार दुई दिनसम्म १६/१७ जनाले आलु खन्ने काम भएको छ,’ उनले भने, ‘एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ।’ उनले यस पटक चार क्विन्टल आलु लगाएका छन्। उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित छन्।

यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उनको अनुमान छ। रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गरेका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आएका छन्। शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उनले बताए।

‘आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन,’ उनले भने।  

उनले खुमलटार रातो जातको आलु लगाएका छन्। बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उनी बताउँछन्। पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्थे। हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थालेका छन्। रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उनले व्यावसायिक उत्पादनमा जोड दिएका हुन्। भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताए।  

आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उनको भनाइ छ। अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन्।  

यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ। पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन्। रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ।  

रामपुर–६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहेका छन्। उनले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राखेका छन्। रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन्। जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन्।  

रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन्। रासस

प्रकाशित: २६ फाल्गुन २०८१ १०:५३ सोमबार





Source link

‘समाजवादी–साम्यवादी अर्थव्यवस्थाले समृद्धि हासिल हुँदैन’


सन् २०२१ मा मैले भारतको आर्थिक सर्वेक्षण लेख्ने अवसर पाएको थिएँ, जुन ‘समृद्ध भारतका लागि नैतिक सम्पत्ति सृजना’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित थियो ।

मैले आज यहाँ नेपालका लागि पनि नैतिक सम्पत्ति सृजना (इथिकल वेल्थ क्रियसन) कति महत्वपूर्ण छ भन्ने विषयमा केही कुरा भन्दै छु । नेपालको मात्रै होइन, समग्र दक्षिण एसियामै समृद्धिका लागि नैतिक सम्पत्ति सृजना निकै महत्वपूर्ण हुन्छ ।
यो लेक्चरमा भाग लिन नेपाल आउँदा प्रभाकर राणा अत्यन्तै नैतिक उद्यमी हुनुहुन्थ्यो भन्ने कुरा पनि थाहा पाएँ । देशको समृद्धिका लागि यस्ता नैतिक उद्यमीहरुको ठूलो योगदान हुन्छ ।

शुरुमा म विश्व अर्थतन्त्रका विषयमा केही कुरा गर्छु । अहिलेका विश्वका आर्थिक पावरहाउसहरु आगामी दुई दशकपछि सोही शक्तिमा हुनेछैनन् । आगामी दिनमा यो संरचनामा निकै ठूलो फेरबदल आउनेछ ।

संसारमा यो परिवर्तन सन् २००८–२००९ को विश्व वित्तीय संकटबाट शुरु भएको हो । त्यसबेला सम्म विश्व अर्थव्यवस्थाका लागि व्यापार अत्यन्तै महत्वपूर्ण छ भन्ने कुरामा विश्वभरि नै सहमति थियो । तर, त्यसबेलादेखि यो सहमति हराएको जस्तो देखिन्छ ।

त्यसपछि संसारमा दुई ध्रुवमा देशहरु बाँडिएका छन्, एकथरि मुलुकहरु कानूनको शासनमा आधारित प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्छन्, अर्को किसिमका देशहरुमा प्रजातन्त्र नहुन पनि सक्छ । यी दुई ध्रुवीय केन्द्रमा विश्वअर्थतन्त्र अघि बढिरहेको छ ।

यसमा भारतले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपालले सांस्कृतिक समानता भएको एक मात्रै मुलुक भारत भएकाले यहाँ धेरै मानिसहरुलाई थाहा छ, भारत इतिहासमा कहिल्यै पनि आक्रमणकारी राज्य भएन ।

दोस्रो– सन् १९९१ मा सबैभन्दा खराब आर्थिक अवस्था हुँदासमेत भारतले आफ्नो ऋण दायित्व तिरिरह्यो । सन् १९९१ मा भारतसँग जम्मा २ साताको आयात धान्न सक्ने मात्रै विदेशी मुद्राको सञ्चिति थियो, तर उसले आफ्नो दायित्व सधैं भुक्तान गरिरह्यो ।

कौटिल्यले लेखेका थिए, ‘हे राजा, तिमी जाऊ र आर्थिक क्रियाकलापमा भइरहेको अवरोध हटाऊ । त्यसपछि मात्रै राज्य र नागरिक समृद्ध हुनेछन् ।

यही सांस्कृतिक आदर्शले भारतलाई विश्व अर्थतन्त्र तथा राजनीतिको नेतृत्वमा पुर्‍याउनेछ ।

भारतको यही नैतिक मूल्य र संस्कृति नेपालमा पनि रहेको देखिन्छ । यो कुरालाई महाउपनिषद्को यो श्लोकले स्पष्ट रुपमा व्यक्त गर्दछः

अयं निजः परो वेति गणना लघुचेतसाम्,

उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।

यसको अर्थ हुन्छ– सानो विचार हुनेहरु यो मेरो, यो पराया भनेर गणना गर्दछन्, उच्च चरित्र हुनेहरु संसारलाई नै एक परिवार मान्दछन् ।

भारत यही चेतनाका कारण अर्थतन्त्र तथा राजनीतिमा संसारकै नेता बन्नेछ ।

आर्थिक विकास वा वृद्धि किन महत्वपूर्ण हुन्छ भन्ने विषयमा यहाँ चर्चा गर्नु उचित हुन्छ । सन् १९९१ मा भारतले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यो भारतका लागि इतिहासमै सबैभन्दा खराब दिन थियो ।

त्यसअघि भारतमा लामो समयसम्म समाजवादी अर्थव्यवस्था थियो । अर्थशास्त्रीका रुपमा म कुनै संकोचविना भन्न सक्छु, संसारमा यस्तो कुनै मुलुक छैन, जसले समाजवादी वा साम्यवादी आर्थिक नीति अवलम्बन गरेर समृद्धि हासिल गरेको होस् । तथ्यांक तथा प्रमाणहरुले पूर्ण रुपमा यसलाई स्पष्ट पार्दछन् । राजनीतिज्ञ तथा नीति निर्माताहरुले यो स्पष्ट सन्देशलाई ग्रहण गर्नु आवश्यक छ ।

तपाईं पछिल्लो २ हजार वर्षको संसारको अर्थतन्त्रलाई हेर्नुहुन्छ भने सन् १७५० सम्म भारतले विश्वको अर्थतन्त्रको कम्तीमा पनि एक तिहाइ हिस्सा ओगट्थ्यो । त्यो बजार प्रणालीको सम्मान गरेकै कारण हासिल भएको थियो ।

सन् १९९१ पछि भारतले बजार अर्थतन्त्र अवलम्बन गर्‍यो । मैले त्यसलाई धार्मिक पुँजीवाद वा दक्षिणपन्थी पुँजीवाद भन्ने गरेको छु । कहिलेकाहीँ पुँजीवादले यस्तो अवस्थामा पुर्‍याउँछ, जहाँ धनीहरुले मात्रै लाभ प्राप्त गर्दछन् । त्यसो हुँदा समावेशी आर्थिक वृद्धि निकै महत्वपूर्ण हुन्छ । पछिल्लो १० वर्षमा भारतले साँच्चै समतामूलक र समावेश आर्थिक वृद्धि हासिल गरेको छ ।

केही तथ्यांकका आधारमा त्यसलाई हेरौंः विश्वबैंकको गरिबीको रेखाका आधारमा सन् २०१२ मा भारतमा १२ प्रतिशतभन्दा धेरै गरिबी थियो । अहिले त्यो एक प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो १० वर्षमा सम्पत्तिका आधारमा मात्रै होइन, उपभोगका आधारमा पनि भारतमा असमानता घटेको छ । शहर तथा ग्रामीण क्षेत्र दुवैमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

कोभिड महामारीपछि भारतले ७ प्रतिशतको बलियो आर्थिक वृद्धि हासिल गरिरहेको छ । सन् १९९१ मा भारतको अर्थतन्त्रको आकार २ खर्ब ७० अर्ब अमेरिकी डलर थियो, अहिले ४० खर्ब अमेरिकी डलर पुगेको छ । यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा छ ।

यो ठूलो परिवर्तन भारतले अवलम्बन गरेको दक्षिणपन्थी नैतिक पुँजीवादका कारण भएको हो, जसले बजारलाई सम्मान गर्छ र समतामूलक समृद्धि दिन्छ ।

मेरो बुवा भारतीय रेलवेमा काम गर्नुहुन्थ्यो । म आईआईटीमा पढ्न थालेपछि यो अब एलिट बन्नेछ र भारतको संस्कृति बर्सनेछ भन्ने चिन्ता बुवालाई भयो । त्यसपछि उहाँले भारतका ग्रन्थहरु मलाई पढाउनुभयो । त्यसो हुँदा भारतको सांस्कृतिक मूल्यमान्यता मलाई राम्रोसँग थाहा छ ।

भारतीय ग्रन्थहरु वास्तवमै आँखा खुलाउने खालका छन् । तपाईं पछिल्लो २ हजार वर्षको संसारको अर्थतन्त्रलाई हेर्नुहुन्छ भने सन् १७५० सम्म भारतले विश्वको अर्थतन्त्रको कम्तीमा पनि एक तिहाइ हिस्सा ओगट्थ्यो । त्यो बजार प्रणालीको सम्मान गरेकै कारण हासिल भएको थियो ।

कौटिल्य चन्द्रगुप्त मौर्यका आर्थिक तथा रणनीतिक चिन्तक थिए । उनले अर्थशास्त्र लेखेका थिए । त्यो पुस्तकमा कौटिल्यले लेखेका थिए, ‘हे राजा, तिमी जाऊ र आर्थिक क्रियाकलापमा भइरहेको अवरोध हटाऊ । त्यसपछि मात्रै राज्य र नागरिक समृद्ध हुनेछन् ।

समाजवाद र साम्यवाद पूर्वीय सांस्कृतिक तथा आर्थिक विचार होइनन् । यी युरोपबाट आयात गरिएका हुन् । थोरै मानिसहरुलाई मात्रै थाहा छ, कार्ल माक्र्स, जसलाई साम्यवादका पिता मानिन्छ, उनी जोसेफ एंगेल्सबाट पालित पोषित थिए । एंगेल्स आफैँ पुँजीवादी थिए । ‘कम्युनिष्ट घोषणापत्र’, ‘दास क्यापिटल’ लगायत सबै कम्युनिष्ट दस्तावेजहरु पुँजीपतिहरुको आर्थिक सहयोगमा लेखिएका थिए । पुँजीवादले सहयोग गरेको भए साम्यवादका कुनै पनि दस्तावेज सार्वजनिक हुन सक्ने थिएनन् ।

त्यसो हुँदा भारतको अर्थतन्त्रले अहिले जसरी प्रगति हासिल गरिरहेको छ, जो धार्मिक पुँजीवाद अवलम्बन गरेका कारण हासिल भएको हो ।

शास्त्रमा ‘धर्म, अर्थ, काम, मोक्ष’लाई पुरुषार्थ भनिएको छ । अर्थ भनेको सम्पत्ति हो । तपाईंको घरमा सन्दुष वा भल्ट छ भने त्यसमा तपाईं के लेख्नुहुन्छ, ‘शुभ लाभ’ । अशुभ लाभ त लेख्नुहुन्न । त्यसो हुँदा सम्पत्ति सृजना पूर्वीय संस्कृतिको जीवनशैलीमा जोडिएको छ ।

‘कम्युनिष्ट घोषणापत्र’, ‘दास क्यापिटल’ लगायत सबै कम्युनिष्ट दस्तावेजहरु पुँजीपतिहरुको आर्थिक सहयोगमा लेखिएका थिए । पुँजीवादले सहयोग गरेको भए साम्यवादका कुनै पनि दस्तावेज सार्वजनिक हुन सक्ने थिएनन् ।

हामी धनी हुने हो भने समाजवाद, साम्यवादजस्ता आयातित विचारहरुलाई अस्वीकार गर्नुपर्छ । हाम्रा पुर्खाले अवलम्बन गरेको विचार भनेको नैतिक पुँजीवाद हो, नैतिक सम्पत्ति सृजना हो । त्यसैले उनीहरुले ठूलो सफलता हासिल गरेका थिए, भविष्यमा पनि त्यही विचार अघि बढाउनुपर्छ । जसरी पनि सम्पत्ति आर्जन गर्ने होइन, नैतिक मूल्यमा रहेर सम्पत्ति आर्जन गर्ने कुरालाई प्रवद्र्धन गर्नुपर्छ । त्यसरी नाफा कमाउने कुरा उचित हो ।

नाफाखोरी र नाफाबीच धेरै फरक छ । नाफाखोरी खराब हो, नाफा आर्जन गर्नु सही हो । त्यसो हुँदा नाफाखोरी होइन, नाफा आर्जनलाई प्रोत्साहित गर्नुपर्छ ।

आर्थिक समृद्धिका लागि सम्पत्ति सृजना महत्वपूर्ण छ भन्ने कुरा बुझेपछि मात्रै उद्यमशीलताको महत्व हामी थाहा पाउँछौं ।

तपाईं घर जानुस् र तपाईंले खाने दाल र रोटी कहाँबाट आउँछ, विचार गर्नुस् । त्यो तपाईंले गरिरहेको रोजगारीले दिएको हो । त्यो रोजगारी कसले दिएको छ त ? कुनै सम्पत्ति भएको व्यक्ति वा राज्यले आफ्नो सम्पत्ति जोखिममा राखेर लगानी गरेको छ, त्यसकारण तपाईंले रोजगारी पाउनुभएको छ । तपाईं कुनै सम्पत्ति सृजना गर्ने मान्छेले रोजगारी दिएको छ, त्यसकारण तपाईंका बच्चा स्कुल जान पाएका छन् । त्यसैका कारण तपाईंले स्वास्थ्य उपचार गर्न पाउनुभएको छ, कतै घुम्न पाउनुभएको छ । त्यसो हुँदा हाम्रा नागरिकहरुले नैतिक सम्पत्ति सृजना कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्न जरुरी छ ।

मेरो बुवाले रेलवेमा जागिर नखानुभएको भए, म अहिले यो स्थानमा हुने थिइनँ ।

(नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थाका संस्थापक अध्यक्ष तथा नेपालका प्रतिष्ठित उद्यमी स्व. प्रभाकर शमसेर जंगबहादुर राणाको स्मृतिमा आइतवार आयोजना गरेको ‘पहिलो प्रभाकर राना मेमोरियल लेक्चर’ मा आईएमएफका कार्यकारी निर्देशक तथा भारत सरकारका पूर्वप्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमुर्ति भेंकटा सुब्रमनियनले दिएको प्रवचनको सम्पादित अंश) ।





Source link

स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’को परिचर्चा


स्रष्टा साँझ अमेरिकाले स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’ लघुकथा अन्तर्वार्ताहरूकाे परिचर्चा  गरेको छ। स्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम प्रविधिमार्फत् मुक्तकमणि तीर्थराज अधिकारीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो।

लघुकथा गान बजाएर सुरु गरिएको सो कार्यक्रममा परिचर्चाकारहरू वन्दना घिमिरे, शेखर अर्याल, असफल गौतम, खेमराज पोखरेल, डा. अमरबादुर कार्की रहेका थिए।

परिचर्चाकारहरूले पुस्तकमा पाइने नयाँ कुराहरू, अन्तर्वार्ता र लघुवार्ताको अवधारणा र किताबमा पाइने विशेषता र कमजोरी पक्षबारे आआफ्ना विचार प्रस्तुत गरेका थिए। लघुवार्ता पुस्तक एउटा ऐतिहासिक कृतिका रूपमा आत्मसात् गर्दै परिचर्चाकारहरूले समग्रमा पुस्तकका २४ स्रष्टाको विचारले लघुकथाको अन्तर्य बुझाएको, लघुकथा लेखनमा प्रोत्साहन बढेको, लघुकथाको अनुसन्धानको पाटो खोलेको लघुकथा विधाको विकासका लागि वार्ता उपयोगी रहेको, लघुकथाको विगत, वर्तमान र आगतको आङ्कलन गरेको एउटा उपयोगी र पठनीय पुस्तककाे  रूपमा चर्चा गरे।

पुस्तकमा धेरै विशेषताहरू पाइए पनि केही विचारले भने विधामा भ्रम छर्ने अवस्था देखिएको, लघुकथाको वर्तमान परिस्थितिमा उठेका विवाद र चुनौतिलाई प्रश्न नउठाएको, हाम्रो लघुकथा केन्द्र नेपाललाई केन्द्रित गरिएको र विचारकहरूको व्यक्तिगत विषय उल्लेख भएको, समावेशीभन्दा पनि विज्ञतालाई छान्न सक्नु पर्थ्यो भनेर कमजोरी औंल्याउँदै सुझाव राखेका थिए।

कृतिका सम्पादक प्राडा कपिल लामिछानेले लघुकथाको क्षेत्रमा नयाँनयाँ कुराको खोजी गरिरहन रुचाउने अन्तर्वार्ताकार अपुरोलाई कोलम्बसको संज्ञा दिँदै पुस्तकप्रति आफ्नो धारणा राखे। साथै सम्पादन गर्नुपरेको अवस्थाबारे अनुभव बाँडेका थिए।

प्रा. विश्वराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा डा. कुसुमाकारले अन्तरवार्ताकारलाई बधाई दिएका थिए। कार्यक्रममा अतिथिहरू नवराज शर्मा, लता केसी, सिद्धान्त चौधरीको उपस्थिति रहेको थियो।

अन्तरवार्ताकार अपुरोले आफूले धेरै समयदेखि विभिन्न व्यक्तित्वको अन्तर्वार्ता लिँदै आएको बताउदै परिचर्चाकार, आयोजक र उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

कार्यक्रमका अध्यक्ष अधिकारीले विद्वानहरूले परिचर्चामा सहभागिता जनाएकाेमा खुसी व्यक्त गर्दै अन्तरवार्ताकारलाई शुभकामना र बधाई दिएका थिए।

प्रकाशित: २६ फाल्गुन २०८१ ११:०७ सोमबार





Source link

एक थिए राजा – Online Khabar


‘ओई, यो रुखको टुप्पामा चढ्न सक्छस् ?’ साथीले चुनौती दिन्थ्यो । धरहरा जस्तै अग्लो र सुरिलो रुख देखेर हाम्रो नौनाडी गल्थ्यो । अनि हामी रक्षात्मक जवाफ यसरी फर्काउँथ्यौं, ‘म त के, राजा पनि चढ्न सक्दैन ।’

‘एक गाग्रो पानी  स्वाट्टै पिउन सक्छस् ?’ ख्यालख्यालैमा साथीले हामीलाई चिढ्याउन खोज्थ्यो । पराजित मानसिकता बोकेर हामी लाचार लवजमा भन्थ्यौं, ‘म त के राजाले पनि पिउन सक्दैन ।’

एक थाल बासी भात देखाउँदै साथीले हामीसँग पंगा लिन्थ्यो, ‘एकै गाँसमा यो सबै खान सक्छस् ?’ हामीमा यतिका अलौकिक सामर्थ्य कसरी हुनसक्थ्यो र ? उही राजालाई अगाडि सारेर आफ्नो बचाउ गर्थ्यौं, ‘मुला, यो त राजाले पनि खान सक्दैन नि !’

राजा, बाल्यकालमा हामीलाई सधै बचाउ गर्ने अदृश्य शक्ति थियो । जब–जब हामीलाई आफ्नो औकातभन्दा ठूलो समस्या आइलाग्थ्यो, तब हामी राजालाई बीचमा उभ्याउँथ्यौं । र हरेक अप्ठ्यारामा सजिलैसँग यसरी उम्कन्थ्यौं, ‘म त के, राजाले पनि गर्न सक्दैन ।’

राजा कस्ता छन् ? कत्रा छन् ? के खान्छन् ? कहाँ बस्छन् ? हामीलाई थाहापत्तो थिएन । हामीलाई यतिमात्र थाहा थियो, यो दुनियाँमा राजा भन्दा शक्तिमान कोही छैनन् ।

तुफान भन्दा तेज, धर्ती भन्दा भव्य, हिमालभन्दा अग्लो, चट्टान भन्दा चाम्रो । कहिल्यै नहार्ने, कहिल्यै नझुक्ने, कहिल्यै नभाग्ने, कहिल्यै नथाक्ने हाम्रा लागि राजा एक अजम्बरी पात्र थिए । सायद दक्षिण भारतीय फिल्मका तिलस्मी हिरो जस्तै । ‘इन्ट्री’ गर्दा जमिन थर्कने, भूँमरी उठ्ने, समय टक्क रोकिने । अनि स्लो मोसनको एक प्रहारमा सय जना भुसतिघ्रेहरुलाई धुलोपिठो बनाइदिने ।

‘छक्का पञ्जा’का राजा जस्तो होइनन्, जो राजसंस्थाको विधिवत् पटाक्षेपपछि पनि यथास्थितिमा छन् । चानचुन तीन लाखको बाइकमा हुइँकिएर आदर्शको गफ छाट्ने बुढोकन्या राजा हो र ? हाम्रो बाल मस्तिष्कमा आफ्नो सत्ता कब्जा गर्न आएका राजा त सबैभन्दा श्रेष्ठ थिए । जे पनि गर्न सक्ने । जहाँ पनि पुग्न सक्ने । जसले भनेको पनि मान्ने ।

हामीले हाम फाल्न नसकेको भीरमा उनले छलाङ मार्न सक्थे । हामीले खान नसकेको खुर्सानी उनले एकै गाँसमा चपाउन सक्थे । हामीले झटारो हान्दा पनि झार्न नसकेको आरु बखडा उनले भुँइमा बसी बसी टपक्क टिप्न सक्थे । हामीले पासो थापेर पनि मार्न नसकेको चरो उनले उड्दा–उड्दै च्याप्प समाउन सक्थे ।

हामी कल्पन्थ्यौं, ‘यस्तै राजा हुन पाए कस्तो मज्जा आउँथ्यो !’

जस्तोसुकै रुखमा चढेर पनि हामी काट्न सक्थ्यौं होला । किताब नै नपढी सरले सोधेको कुरा फटाफट भन्न सक्थ्यौं होला । दोलाखे बाजेको दोकानबाट सजिलै चाउचाउ चोरेर खान सक्थ्यौं होला ।

एकदिन मैले अलि सानो स्वरले बुबालाई सोधेको थिएँ, ‘राजा हुन के गर्नुपर्छ ?’

पूर्व प्राथमिक तहका शिक्षक भएको नाताले हुनुपर्छ, बुबाको जवाफ थियो, ‘धेरै पढ्नुपर्छ ।’

हामी केटाकेटीलाई मात्र होइन, वयस्कहरुलाई पनि ‘राजा’ बन्न उल्कै रहर लाग्दो हो । एक जना राई कान्छा थिए, बलियो–बाङ्गो । इमानी, पौरखी र सुभानी पनि ।  तर रक्सीले स्नायुतन्त्र उत्तेजित बनाएको बेला ऊ यसरी धमास दिँदै हिँड्थ्यो, ‘आई एम द किङ अफ द जसबीरे ।’ अर्थात ‘म जसबीरेको राजा हुँ, कोही छ खेल्ने ?’

थाहा छैन, बेबी बुमर्स र मिलेनियल्स भनिने दुई पुस्तामा कसरी राजा यति ग्ल्यामरस भइदियो ?

हामीले राजा कहिल्यै देखेका थिएनौं । भेटेका थिएनौं । तर नदेखेका, नभेटेका राजा हामीलाई भयङ्कर ठूलो लाग्थ्यो । किन लाग्थ्यो ?

किनभने हामीले पढ्ने किताबहरुमा, हामीले सुन्ने कथाहरुमा, हामीले खेल्ने खेलहरुमा राजाले मूख्य भूमिका निर्वाह गरेका हुन्थे । राजाको चरित्र निर्माण यति भव्य एवं बिराट थियो, हामी त्यसप्रति सजिलै सम्मोहित हुनपुग्थ्यौं । हाम्रा लागि त्यो अदृश्य राजा हलिउडले विनिर्माण गरेको सुपरहिरो भन्दा कम थिएन ।

हाम्रो बाल मस्तिष्कमा राजा यस्तो आइडल बनेर विराजमान भइदियो, मानौं हामी राजा बन्नकै लागि लिगलिगे दौडमा सामेल छौं । धेरै पढेर हुन्छ कि, सबैले भन्दा छिटो भात खाएर हुन्छ कि, अरुले भन्दा ठूलो भारी बोकेर हुन्छ कि हामी ‘राजा’ बन्ने स्पर्धामा लागिरह्यो ।

हामी युवा भयौं, वयस्क भयौं । तैपनि बाल्यकालको ह्याङओभरले छाडेन ।

राजा, भौतिक भन्दा पनि बढी भावनात्मक चरित्र हो । यसले सर्वोच्च पात्रको प्रतिनिधित्व गर्छ । यस्तो पात्र, जसमा छुट्टै आकर्षण छ । त्यसैले त हरेकलाई कुनै न कुनै मोडमा लाग्छ, ‘म राजा हुँ !’

वैभव र रवाफको जगमा राजाको उदय हुन्छ । भनिन्छ, जंगलका राजा सिंहलाई मात्र यति कुरा बोध छ ‘म राजा हुँ ।’ जबकि जनावरको अधिराज्यमा सबैभन्दा तेज दौडने चितुवा छ, सबैभन्दा अग्लो जिराफ छ, सबैभन्दा विशाल हात्ती छ । तैपनि किन सिंह नै राजा ?

किनभने उसले ठान्छ ‘म राजा हुँ ।’

सकारात्मक रवाफ र आत्मविश्वासले हरेकलाई राजा बनाउन सक्छ ।

राजा बन्न कसलाई मन लाग्दैन ?

राजा बन्न त्यस्तो उधुमै केही गर्न पनि पर्दैन । कुनै ठूलो युद्ध जित्न पर्दैन । बस्, कसैको मन जितिदिए पुग्छ । तब उनीहरुले नि:सर्त भनिदिन्छन्, ‘मेरो मनको राजा ।’

वास्तवमा राजा मनमै विराजमान हुने एक आदर्श पात्र हुन् । जब कसैले कसैको मन जित्छ भने ऊ नै उनको राजा हुन्छ । तर, हामीकहाँ भिलेनको चरित्र निर्वाह गरेर राजा बन्ने प्रयास गरिन्छ । चाहे त्यो सिनेमामा होस् वा राजनीतिमा ।





Source link

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यस वर्ष ढिलो फूल फुल्दा…


मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन्। घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरू यतिखेर फूल फुलेर सेताम्मे भएका हुन्। विगतका वर्षहरूमा भन्दा यस वर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरू फुल्न थालेको हुन्।

मुख्य रूपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ। जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो। मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ। मुस्ताङका कृषकहरूको आर्थिक विकासमा टेवा पुर्‍याउन र फलफूल तथा तरकारी खेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ।

वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन्। केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा बिस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन्। यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन्। तर, यहाँका स्याउ बोटहरुमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ।

जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यस प्रकारको अधिकांश जातका फूल फुल्ने चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। केन्द्रमा उत्पादन हुने अधिकांश जातहरू हाईचिलिङअर्थात अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरू रहेको उनको भनाइ छ। उनले यस प्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताए।

केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरुमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूलअन्तर्गत पर्दछ। यी मुख्य फलफूलअन्तर्गत आरु फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ। आरुबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ। खुर्पानी सक्करपारा जातमा पर्दछ। केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्य गरी पाइने यसप्रकारको जात महत्वपूर्ण जातको रूपमा रहेको जानकारी दिए।

समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यस प्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खुलाए। ‘जलवायु प्रभावले जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम केही छिटो होकी भन्ने अनुभूति गरेका छौ,’ केन्द्र प्रमुख आत्रेयले थने, ‘बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका फूलफूल जातहरू माथि माथि सर्दै जान थालेको छ।’

उनले अनुकूल समयमा एकदुई फेरि आंशिक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताए। केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यस प्रकारका जातलाई प्रशोधित वस्तु तयार गरी बिक्री वितरण गर्ने काम गर्दै आइरहेको जानकारी दिए।

केन्द्रले खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने गरेको छ। यसैगरी आरुबखडाको वाइन बनाउने गरिएको छ। आरुको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दै आइरहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे।

प्रकाशित: २६ फाल्गुन २०८१ ११:१३ सोमबार





Source link