All posts by

जयरामपुरमा आगलागीबाट १० घर जले


बाँकेको पूर्वी क्षेत्र नरैनापुर–४, जयरामपुरमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । स्थानीय जुमै खाँको घरबाट सुरु भएको आगो गाउँसम्मै फैलिएको थियो ।

दिउसोदेखि सुरु भएको आगलागी नेपालगन्ज र कोहलपुरको दमकल, प्रहरी र स्थानीयले पूर्ण रुपमा नियन्त्रणमा लिइसकेका छन् । उक्त आगलागीबाट मानवीय र पशु चौपायाका क्षति नपुगे पनि अन्नपात, लुगाफाटाहरू जलेर नष्ट भएका प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक टोपेन्द्र बुढाका अनुसार आगलागीबाट झन्डै ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नरैनापुर गाउँपालिकाको दमकल बिग्रिएकाले नेपालगन्ज र कोहलपुरबाट दमकल सहयोग मागिएको थियो । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुढाले बताए । नरैनापुर क्षेत्रमा बर्सेनि आगलागीबाट बस्ती नै नष्ट हुने गरेको छ ।

प्रकाशित: १२ चैत्र २०८१ १८:१५ मंगलबार





Source link

मलेसियासँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जन बेन्चमा


१२ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

टोलीमा कप्तान तथा गोलकिपर किरण चेम्जोङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, एरिक विष्ट, लकेन लिम्बु, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र जिलेस्पीजंग कार्की छन् ।

अन्जन विष्ट भने बेन्चमा रहेका छन् । सिंगापुरसँग खेल्दाको टोलीबाट अन्जन बाहिरिँदा लकेन भित्रिएका हुन् । खेल मलेसियाको इस्कान्दर पुटेरी, जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपालको लागि मलेसिया बलियो टोली हो र फिफा वरियतामा नेपाल भन्दा धेरै माथि छ । हालको फिफा वरियता अनुसार मलेसिया १३२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

नेपालले केही दिनअघि सिंगापुरसँगको मैत्रीपूर्ण खेल जितेको थियो ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप २०२७ को लागि अन्तिम चरणको छनोटका खेलहरु आजदेखि सुरु हुन लागेको हो ।

एसियन कप छनोटको यो तेस्रो तथा अन्तिम चरण हो । यसमा २४ टिम सहभागी छन् । उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टिम छन् ।

 





Source link

बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै


मुलुकमा बसाईंसराईको क्रम नरोकिएको खण्डमा पुख्र्यौली थाँतथलो सहाराविहिन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए। उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताए। उनकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन् ।

हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उनले बताए। उनले बसाईं सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाईं सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाईं सरी गएको जानकारी दिए। यद्यपि नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उनको भनाइ छ । उनले मुलुकमा सक्रिय उमेर समूह अर्थात काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको उल्लेख गरे। प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको बताए।

उनले अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने बताए। समग्र मुलुकको प्रजनन दरमा समेत कमी हुँदै जाने तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालय मंगलवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ का पाँच वटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो । ग्रामिण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने शहरी क्षेत्रको १३.६ रहेको छ ।



Source link

पक्राउको संख्या १६ पुग्यो, ५ दिन म्याद थप – Online Khabar


१२ चैत, काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडकखण्डमा भएको ग्याङफाइमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरूबाट १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं– जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

ग्याङफाइटमा गम्भीर घाइते रहेका गोलेलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए । सोमबार साँझ साढे ७ बजेतिर एलआरआई स्कुल नजिक झडप भएको थियो ।

प्रहरीका अनुसार होलीको दिनको घटनालाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद भएपछि २१ वर्षीय रोहित खड्का, विनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ ।

झडपमा घाइते भएका नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका–१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको एसपी बोहोराले बताए ।





Source link

झापाबाट झण्डै एक करोड बराबरको लत्ताकपडा र मोटर पार्ट्स बरामद


सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ ।

मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलमा रहेका २ वटा घरमा छापा मारेर उक्त सामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । बरामद सामान करिब एक करोड मूल्य बरबरको भएको अनुमान भएपनि यकिन भने हुन नसकेको न्यौपानेले बताए ।

प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरिको संयुक्त टोलीले मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको हो । विशेष सूचनाका आधारमा डिएसपीको कमाण्डमा मंगलबार दिउँसो प्रहरीले छापा मारेको थियो ।

बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रियामा रहेको छ ।

प्रकाशित: १२ चैत्र २०८१ १८:३३ मंगलबार





Source link

साउथ स्टार मोहनलालको ‘एल २ : एम्पुरन’ बिहीबारदेखि नेपालमा


वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने जनाएको छ । यो फिल्म सन् २०१९ को ब्लकबस्टर फिल्म ‘लुसिफर’को दोस्रो श्रृंखला हो । ट्रेड विश्लेषकले यो फिल्म सबैभन्दा छिटो १०० करोड कमाउने पहिलो मलायलम फिल्म हुनसक्ने अनुमान गरेका छन् ।



Source link

पूर्व मुख्यसचिव गौतमको निधन | Nagarik News


पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको ८६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित गौतमको उपचारका क्रममा ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उनी २०४७ देखि २०४९ सालसम्म मुख्यसचिव भएका थिए । सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो । उनले २०५५ देखि ०५७ सालसम्म राजदूतको जिम्मेवारी पनि सम्हालेका थिए ।

२०१८ सालमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका गौतमको स्थायी घर भने बाराको कलैयामा हो । उनी २०३१ सालदेखि ललितपुरमा बस्दै आएका थिए । उनको मंगलबारनै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित: १२ चैत्र २०८१ १८:३५ मंगलबार





Source link

पूर्वराष्ट्रपति भण्डारी – Online Khabar


१२ चैत, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकलाई समान, जीवनोपयोगी र गुणस्तरीय शिक्षा आवश्यक रहेकोमा जोड दिएकी छिन् ।

काठामाडौंमा मंगलबार दिगो विकासका लागि जीवन विकास पुरस्कार कार्यक्रममा भण्डारीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेकोमा जोडि दिइन् ।

‘नेपालको दिगो लक्ष्य अन्तर्गत शिक्षामा विशेष प्रतिबद्धता जाहेर गरेको छ । सबै नागरिकलाई समान, जीवनोपयोगी र गुणस्तरीय सिप सिकाइको अवसर राखेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न सरकारी, गैरसरकारी र निजीबीच समन्वयात्मक हुन आवश्यक छ ।’

अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न व्यवहारिक, प्राविधिक र नवप्रर्वद्धनात्मक शिक्षामा आवश्यक रहेको भण्डारीले बताइन् ।

कार्यक्रममा मोरङको पोखरीया माध्यामिक विद्यालय र सिन्धुलीको जनज्योति माध्यामिक विद्यालय र पत्रकार प्रकृति आधिकारीलाई सम्मान गरिको थियो ।

पहिलो पुरस्कार पोखरीया विद्यालयलाई ५ लाख, दोस्रो ३ लाखको जनज्योति र तेस्रा २ लाखको पुरस्कार पत्रकार अधिकारीलाई दिइएको हो ।





Source link

पोखराको नजर चिनियाँ पर्यटन बजारमा


कोभिड संक्रमणपछि ओरालो लागेको चिनियाँ पाहुनाको आगमन अझै उकासिन सकेको छैन। कोभिड अघि नेपालमा वर्षभरि भित्रिएका विदेशी पाहुनाको करिब १४ प्रतिशत हिस्सा चिनियाँ पाहुनाले ओगटेका थिए। तर, कोभिडपछि त्यो आगमन मुस्किलले अहिले १० प्रतिशत हाराहारीमा उक्लेको छ।  

चिनियाँ बजारबाट पर्यटन क्षेत्रले ठुलो अपेक्षा राख्दै आएको छ। त्यही अनुसार पोखराको पर्यटन क्षेत्रमा लगानी पनि भएको छ। पर्यटन क्षेत्रमा लगानी थपिनु, चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउनु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सहर छेन्दुसम्म व्यावसायिक चार्टर उडान हुनु, पोखरामा चिनियाँ गतिविधि हुनुले पोखराले यो वर्ष चिनियाँ पर्यटकको आगमन बढ्ने संकेत पाएको छ।  

त्यत्ति मात्र नभई पोखराले पनि चिनियाँ पाहुनालाई भित्र्याउनका लागि उत्तिकै जोडबल गरेको छ। त्यसका लागि हालैमात्र पोखराका १२७ जना पर्यटन व्यावसायीले चीनका छेन्दु र छोङसिङ सहरमा प्रर्वद्धन अभियान पनि संचालन गरेका छन।  

‘यो वर्ष पोखराको नजर पुरै चिनियाँ पर्यटन बजारतर्फ ध्यानकेन्द्रीत भएको छ। पोखराले यो वर्ष अपेक्षा गरे भन्दा बढी चिनियाँ पाहुना भित्र्याउन सक्ने सम्भावना छ,’ प्रर्वद्धन अभियान सकेर मंगलबार मात्र स्वदेश फर्केका पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने भन्छन, ‘चिनियाँ पर्यटन बजार ठूलो छ। चीनका पर्यटक नेपाल आउन चाहेका पनि छन्। तर, अहिलेसम्म बजारीकरणमा उत्ति ध्यान दिन सकेका थिएनौ। अब भने एकतहमा प्रर्वद्धन भएको छ।’  

लामिछानेका अनुसार चिनियाँको आगमन बढाउन प्रर्वद्धन अभियानलाई तिब्र बनाउनुको विकल्प छैन। ‘हामी अझै कोभिड अघिको आकारमा चिनियाँ पाहुना भित्र्याउन सकेका छैनौ। अझै ४ प्रतिशत आगमन बढाउन सकेको खण्डमा मात्र कोभिडअघिको आकारमा उक्लिन सकिन्छ,’ उनले भने, ‘तर, योपटक आगमन तीनगुणा बढाउने लक्ष्य भने छ।’ नेपालमा यो फेब्र्रुअरीमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। गत जनवरीमा नेपाल भित्रिएका चिनियाँको संख्या ८ हजार १ सय ९१ थियो।

चीनमा नेपाल भ्रमण वर्ष २०२५ मनाइनु, नेपाल र चीनको मैत्रीसम्बन्धको ७० औं वर्षगाठका कारण नेपालमा चिनियाँ गतिविधि हुनु, चिनियाँकै ऋण लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुनु र पोखराबाट भएका सुरुवाती अन्तर्राष्ट्रिय उडान पनि चिनियाँ सहरमा भएकोले पोखराको नजर चिनियाँ बजारमा रहेको उनले बताए। अहिले पोखरा–छेन्दु भईरहेको चार्टर उडान भईरहेको छ। अबका केहीदिनपछि पोखरा–ल्हासा पनि सिधा हवाई उडान हुने तयारी छ।  

‘पोखराले यो वर्ष बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने अवसर पाएको छ। चिनियाँ बजारमा प्रर्वद्धन पनि यहीवर्ष भएकोले अब चिनियाँ पाहुना बढ्ने आधार देखेका छौं,’ उनले भने, ‘यसअघि पर्यटन बोर्डले चीनकै बेइजिङ, संघाई लगायतका ठुला सहरमा बारम्बार प्रर्वद्धनात्मक अभियान चलाएको भएपनि छेन्दु र छोङसिङमा भने पहिलो पटक प्रर्वद्धन गरिएको हो। यसले चिनियाँ पाहुना नेपाल भित्र्याउने माहोल बनेको छ।’  

लामिछानेका अनुसार प्रर्वद्धनका क्रममा पोखरा क्षेत्रको दृष्य हेर्न पाउँदा चिनियाँ पर्यटन व्यवासायी पनि खुसी भएका छन। त्यसबाहेक पोखरासँग सिधै हवाई सम्पर्क स्थापित हुँदै गर्दा आउजाउमा सहज हुने भन्दै पर्यटकका लागि नयाँ गन्तव्य थपिएको पनि चिनियाँले बताएको लामिछानेले जानकारी दिए। ‘अहिलेसम्म छेन्दुमा प्रर्वद्धन नभएको रहेछ। अझै व्यापारको प्रचारप्रसार गर्नुपर्ने देखियो। चीनको ठुलो सहरमध्येको छेन्दु रहेको र छेन्दुको विमानस्थल अन्तर्राष्ट्रिय उडानको ट्रान्जिट पर्ने भएकोले पनि पाहुना भित्र्याउन सहज छ,’ उनले भने।  

उनका अनुसार एकासाता अघि पोखरा ओर्लेका १२७ जना चिनियाँ पाहुना मंगलबार स्वदेश फर्केका छन्। अब अप्रिल १ का दिन चिनियाँ पाहुनाको अर्काे टोली लिएर फेरि सिचुवान एयरलाइन्सको जहाज पोखरा आउने तयारीमा रहेको छ। त्यही उडानमा पोखराका व्यावसायीको अर्काे टोली पुन छेन्दु जाने तयारीमा रहेको उनले बताए। ‘एकसाता घुमेर एउटा टोली बुधबार स्वदेश फर्केको छ। अर्काे टोली अप्रिल १ तारिखमा आउँदैछ। यताबाट पनि व्यावसायी जाँदैछन्। दोहोरो आउजाउ हुँदै गर्दा पर्यटनमा आशावादी हुन सकिन्छ,’ लामिछानेले भने।  

उनका अनुसार अहिलेको प्रर्वद्धनका कारण चिनियाँ पाहुनाले अगष्टसम्मका लागि चाँसो देखाईसकेका छन। अगष्टसम्मको लागि चिनियाँ पाहुनाले सोधपुछ गरिरहेको पनि उनले बताए। अहिले चलिरहेको प्रर्वद्धन बाहेक पर्यटन बोर्डले व्यावसायीसँग मिलेर अबको केही महिनापछि चीनको संघाई र ग्वान्झाओमा पनि प्रर्वद्धन गर्ने तयारी रहेको उनले बताए। ‘अहिले पोखराको पूर्णरुपमा नजर चिनियाँ बजारमा परेको छ। संघाई र ग्वान्झाओमा पनि प्रर्वद्धनात्मक अभियान चलाउने योजना बनिरहेको छ,’ उनले भने।

पोखराको प्रर्वद्धन गरेको फर्केको टोलीका सदस्य समेत रहेका होटल संघका केन्द्र्रीय सदस्य भरत पराजुलीले पनि पोखराको नजर चिनियाँ बजारमा बढ्दै जाँदा चिनियाँ पर्यटनबाट आशावादी हुन सकिने बताउँछन्। 

‘अहिले पोखराले चिनियाँ पर्यटन बजारमा ध्यान केन्द्रीत गरेको छ। चिनियाँ पाहुनाको आगमन बढ्ने सम्भावना रहेको छ। चिनियाँ पाहुनाको आगमन बढ्ने हो भने पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्नेछ,’ पराजुलीले भने, ‘चिनियाँ पर्यटन क्षेत्रले गर्दा पोखरालाई कोभिड अगाडि पनि सहज भएको थियो।’

पोखरा क्षेत्रको आकाशमा हुने साहसिक पर्यटकीय गतिविधिमा रमाउनका लागि चिनियाँ पाहुना इच्छुक हुने भएकोले पनि पर्यटन क्षेत्रले चिनियाँ पाहुनाबाट यसअघि फाइदा लिइरहेको उनले बताए। ‘यो पटक चीनले पोखरामा गरेका गतिविधि र पोखराका पर्यटन व्यावसायीले चिनियाँ सहरमा गरेको प्रर्वद्धनले आगामि दिनमा चिनियाँ पाहुनाको आकार बढ्ने संकेत मिलेको छ। व्यावसायीको नजर पनि चिनियाँ पाहुनातिर ढल्केको छ,’ पराजुलीले भने, ‘अबको केही समयभित्र कम्तिमा १२ सय चिनियाँ पाहुना पोखरा आउने तयारी स्वरुप छेन्दु–पोखरा चार्टर उडान भईरहेको छ। केहीदिनपछि पोखरा–ल्हासा पनि उडान थपिँदा चिनियाँ पाहुना अवश्य बढ्नेछन।’  

साताको एकपटक भएपनि पोखरामा एउटा उडान गरेर चिनियाँ पाहुनाको आउजाउ नियमित बनेको खण्डमा त्यसले पर्यटन क्षेत्रलाई सहज हुने उनले बताए। ‘पोखराले पनि ब्यापक पहल गरेको छ। ठूलो जनसंख्या भएकोले चिनियाँ पाहुना आउनसक्ने आधार हामीले देखेका छौ,’ उनले भने, ‘चीन आफैले पनि नेपालमा पाहुनालाई घुम्न जान प्रोत्साहन गर्दै चीनमै नेपाल भ्रमण वर्ष मनाईरहेको छ।’  

प्रकाशित: १२ चैत्र २०८१ १८:३८ मंगलबार





Source link

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय – Online Khabar


१२ चैत, काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार दिउँसो सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

उनका अनुसार सोमबार साँझ बसेको बैठकले २७ वटा निर्णय गरेको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएको गुरुङले जानकारी गराए । त्यस्तै, प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गरिएको उनले जानकारी गराएका छन् ।

निर्णयहरु:

–विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने ।

–नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सिफारिस गर्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पूर्व गभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेल सदस्य रहने सिफारिस समिति गठन गर्ने ।

–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङलाई पदबाट हटाउने ।

–नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा श्री हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गर्ने ।

–उच्च अदालत जनकपुरबाट हेर्दै आएको वाणिज्यसम्बन्धी मुद्दा हेर्ने अधिकार उच्च अदालत जनकपुर, राजविराज इजलासमा सार्ने गरी उच्च अदालत जनकपुर, राजविराज इजलासमा वाणिज्य इजलास गठन गर्ने ।

–बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्रको अध्यक्षतामा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सदस्यसहित पूर्व महान्यायाधिवक्ता श्री खम्मबहादुर खाती, डा. अर्जुन कुमार कार्की, संखुवासभा र श्री स्टेला तामाङ, गोरखा सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने ।

–२०८२ जेठ १० गतेदेखि १८ गतेसम्म अष्ट्रेलियामा सञ्चालन हुने क्यानबेरा फेलिोसिप प्रोग्राममा सहभागी हुन माननीय निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति प्रदान गर्ने ।

–२०८१ चैत १४ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने ज्वाइन्ट वर्किङ ग्रुपको १३ औं बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालयका सहसचिवको संयोजकत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।

–२०८१ चैत १९ गतेदेखि २३ गतेसम्म सम्माननीय प्रधानमन्त्रीज्युको नेतृत्वमा हुने थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।

–सहसचिव श्री विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूताबास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने ।

–नेपाली सेनातर्फ सहायकरथी पद दुईमा बढुवा गर्ने, महासेनानी पद सातमा बहुवा गर्ने र १४ जना सहायक रथीहरुको सरुवा गर्ने ।

–मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई शान्तिनगर–प्रतापपुर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ७.७६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

–महावै गाउँपालिका, कालिकोटलाई प्रशासनिक भवन निर्माणको लागि ०.३ हेक्टर (६ रोपनी) राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

–मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई बारफालाङ्गफेदी (झटारे)–शान्तिनगर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ४.५५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

–मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई गेरुवा सुखानी साहदत स्थल–बारफालाङ्ङ्गफेदी सडकखण्ड निर्माणको लागि राष्ट्रिय बनको २.२१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

–नेपाल र थाइल्याण्डबीच हस्ताक्षर हुने कल्चरल एग्रिमेण्ट बिटुइन ख गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द किङ्गडम अफ थाइल्याण्ड अन विषयक सम्झौता स्वीकृत गर्ने ।

–नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ (एमओयु) बिटुइन द मिनिस्ट्री कल्चर, टुरिजम एण्ड सिभ्लि एभिएसन अफ द गभर्मेण्ट अफ नेपाल एण्ड द मिनिस्ट्री अफ टुरिजम एण्ड स्पोट्र्स अफ द किङ्गडम अफ थाइल्याण्ड एण्ड टुरिजम कोअप्रेसन विषयक समझदारीपत्र स्वीकृत गर्ने ।

–मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकलाई जापानको सिजुओका प्रान्तस्थित फुजिनोमिया नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने । त्य

–२०८२ वैशाख २ गतेदेखि ४ गतेसम्म युएईको अबुधाबीमा सञ्चालन हुने आबुधाबी ग्लोवल हेल्थ विक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

–पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

–कृषि तथा पशुपंक्षीविकास मन्त्रालय र अन्तर्गतका निकायको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

–खानेपानी मन्त्रालय र अन्तर्गतका निकायको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

–जलस्रोत तथा सिंचाई विभाग र अन्तर्गतका यान्त्रिक कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

–विद्युतीय कारोबार (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

–सामुन्द्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने ।

–नेपाल प्रशासन सेवा समूहीकरण (कलष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा कर्णाली प्रदेशका कायममुकायम प्रमुख सचिव श्री वीरेन्द्रकुमार यादवलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

–कानून, न्याय तथा संसदीय मन्त्रालय; गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।





Source link

कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्‍यो, निर्णय सच्याओस्ः जनार्दन शर्मा


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन्।

मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गरे। उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गरे। उनले कुलमान हटाउनुको कारणबारे जथाभावी तर्क नगर्न पनि उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई चेतावनी दिए। उनले देशको लागि काम गर्ने व्यक्ति हटाउनु दुर्भाग्य भएको बताए।

उनले भने, ‘सरकारले हिजो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछ । केही आरोप छ की भनेर हेरेको काम गर्न सकेन भन्ने आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन मन्त्रीज्यु । यस्तो वाइयात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु हाम्रो देशको दुर्भाग्य हो । दुःखद् कुरा हो । यसको म बिरोध गर्न चाहन्छु । सरकारलाई आग्रह गर्न चाहन्छु, यो निर्णय सच्याओस् । मैले बजारबाट त्यतिबेला योग्यतम मान्छेहरुमाध्येबाट नियुक्ति गरेको थिएँ, पहिलो कार्यकालमा । पछि मैले केही सहकार्य गरेँ । सरकारले यो ठूलो गल्ती गरेको छ । भोलि पश्चताप हुनेछ ।’

प्रकाशित: १२ चैत्र २०८१ १८:४० मंगलबार





Source link

पूर्व मुख्यसचिव दामोदर गौतमको निधन – Online Khabar


१२ चैत, काठमाडौं । पूर्व मुख्यसचिव दामोदर गौतमको निधन भएको छ । उपचारको क्रममा मेडिसिटी अस्पतालमा गौतमको आज बिहान मृत्यु भएको हो । ८७ वर्षीय गौतमलाई कलेजोमा समस्या आएपछि अस्पतला भर्ना गरिएको थियो ।

उनी २०४७ देखि २०४९ सालसम्म मुख्यसचिव भएका थिए । अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका गौतम अमेरिकाको राजदूतसमेत भएका थिए ।

ललितपुरको लगनखेलमा बस्दै आएका गौतमले काठमाडौं विश्वविद्यालयको ऐन बनाउन भूमिका खेलेका थिए । रिटार्यड भएपछि उनले केयूमा विज्ञ प्राध्यापकको रुपमा दुई वर्ष पढाएका थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाको छ ।





Source link

Nepal Government to develop a large language model


The government of Nepal is at work to develop a large language model (LLM). The information was shared by Narayan Timalsina, Deputy Secretary at the communication ministry while speaking at the AI for Nations Development program in Lalitpur on Thursday, March 20.

The news confirms that the Nepali government is not untouched by the globally raging topic of LLM. We have been hearing of it more often since OpenAI’s launch of ChatGPT/ChatGPT Plus which are powered by GPT LLMs. So, the gist is that the government also wants to create an LLM to bolster AI growth.

According to Timalsina, the government plans to create a local LLM in Nepali language which means that it will be made with the Nepali public in mind.

“Currently, we are discussing the development of a local LLM, he said, “Nepali LLM will promote the Nepali language while also enhancing technology in different industries.”

The government plans to cooperate with various expert groups and organizations on the development of a Nepali LLM.

Also: AI-powered Intelligent Traffic Lights operational in Lalitpur

The government making a local Large Language Model

So far, the government made news for its attempt at digitalizing its public services. We didn’t hear much about attempts at developing an LLM. However, it seems like finally, we have an initiative coming from the government level.

If materializes, Nepal will have its own indigenous LLM that will power chatbots, help with translation, generating text, summation, etc. Likewise, it will help with public services in education, health, transport, etc. And let’s not forget that it will likely come affordably.

We are living in the age of AI and new LLMs are powering AI services such as ChatGPT, Perplexity, and the new sensation- DeepSeek AI. It’s time we got our own local LLM and its subsequent services.

Check out: Hamro Patro starts using AI to deliver personalized news content



Source link

खाना अभाबमा चितुवाहरु वस्ती पस्न थालेपछि सूर्यविनायकबासी त्रसित


जंगलमा खानेकुराको हाहाकारसँंगै जंगली जनावरहरु बस्ती पस्न थालेपछि भक्तपुरको सूर्यविनायक नगरपालिकाबासी त्रसित हुन थालेका छन् । 

सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै ठाउँ सवैतिर जंगलका फेदीमा रहेको छ । वनभित्र विभिन्न फलफुहरु तथा अरु खानेकुराहरु नभएपछि विशेष गरेर बँंदेल, चितुवाहरु साँंझ विहान वस्तीभित्र पस्दा स्थानीय त्रसित हुन बाध्य भएको हो । विशेष गरेर मानिसलाई आक्रमण गर्नसक्ने चितुवाहरु एक्लैदुक्लै नभए आफना बच्चाहरुसहित गाउँमा देखिन थालेका हुन् ।

‘पहिलादेखि नै यो समस्या फाट्टफुट्ट रुपमा थियो,’ सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलकी स्थानीय रोजी वस्नेतले भनिन्, ‘अहिले यो समस्याले विस्तारै विकराल रुप लिन थालेको छ ।’ यही डरका कारण स्थानीयहरु साँंझ घाम छँदै ढोका लगाई घरभित्रै सुरक्षित बस्नुपर्ने बाध्यता देखिएको उनले सुनाइन् ।

जाडो महिना भएको कारण बिहान ६ बजे पनि अँध्यारो नै हुने र यसले विहान सवेरै कलेज जाने विद्यार्थीहरु पनि डरैडरमा बस कुरेर बस्न बाध्य भएका छन् । एकान्त बाटो, अँध्यारो वातावरण र चितुवाको डरले आमाबुबा पनि छोराछोरीलाई बिहानै स्कुल कलेज पठाउन त्रसित हुने गर्छन् । शहरको छेउ भए पनि गाउँको वातावरण भएको सिपाडोलमा घरपालुवा जनावर पनि पालिएको छन् । त्यस्ता घरहरुले अझ वढी चितुवाको डर भोगेको छ ।

स्थानीय रामकला थापा भन्छिन्, ‘घर छोडी माइतघरमा एक्लै खेती किसानी गरी गाईवस्तु पालेर धेरै वर्षदेखि बसिरहेकी छु । पुरानो माटोको घर भएको कारण ढोका र गोठ पनि खासै दरिलो छैन । त्यहीकारण केही महिना अघि चितुवाले साँझ सबेरै गाईको बाच्छो मार्यो । अहिले पनि त्यही समस्या दोहोरिँदा यी गाईवस्तु र आफ्नो एक्लो ज्यानको सार्है माया लाग्छ ।’ आफनो घर वरपर नजिकै कुनै घर नभएकाले यो समस्याले निकै तड्पाई रहेको उनले सुनाइन् ।

मानिस मात्र नभई घरतिर डुल्ने कुकुर पनि यो समस्याले त्रसित छन् । तिनीहरूको बस्ने ठाउँ पनि घरबाहिर हुने कारणले गाउको रक्षा गर्ने कुकुरहरु पनि कम देखिन थालेको स्थानीय बताउँछन् । यो समस्याले हरेक कुकुरहरुलगायतका जीवजन्तुसहित पूरै नगरबासीलाई समस्यामा पारेको स्थानीय बताउँंछन् ।

अहिलेको मौसममा खेतबारी खासै गर्मीयाममा जस्तो मकै छरिदैन । बालीनाली लगाइदैन । त्यस्तो बेलामै यस्तो समस्या देखिरहेछ भने मकैको छर्ने याममा मकैको बोट झाँगिदा झन् डर बृद्धि हुन जाने समस्या देखापर्ने पीडितको भनाई छ । त्यसैले समयमै यस समस्या रोक्न सके नगरबासी डराईडराई बाँच्नुपर्ने बाध्यता हटने उनीहरुको भनाई छ । यस विषयमा वन्यजन्तु प्रशासन तथा सरोकारवालाहरुको स्थानीय ध्यानाआकर्षित गराउन चाहन्छन् ।

प्रकाशित: १२ चैत्र २०८१ १८:४१ मंगलबार





Source link

गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकिए दुई फरक ठाउँ


१२ चैत, काठमाडौं । गणतन्त्रवादी र राजावादी दुई समूहले १५ चैतमा काठमाडौंमा गर्ने भनिएको प्रदर्शनका लागि दुई फरक ठाउँ तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरलाई प्रदर्शन गर्न दुई फरक ठाउँ तोकेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपको ठाउँ दिइएको छ ।

राजातन्त्र पक्षधर तथा दुर्गा प्रसाईं समूहलाई तीनकुने ठाउँ तोकिएको उनले अनलाइनखबरलाई बताए ।

गणतन्त्री पक्षधरमा समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गर्दैछन् ।

यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का तर्फबाट प्रदर्शन हुँदैछ । प्रदर्शनका लागि प्रसाईं समूहबाट ठाउँ माग भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

दुई फरक समूहले एकै दिन प्रदर्शन गर्ने भएपछि प्रहरीले पनि त्यही अनुसारको सुरक्षा रणनीति बनाउने तयारी गरेको छ ।





Source link

South Korea issues digital ID to its 52 million citizens


South Korea has completed providing digital ID cards (called i-PIN (Internet Personal Identification Number) for its 52 million citizens. The electronic cards have been distributed by the country’s Ministry of the Interior and Safety which marks the country’s key milestone in its digital transformation efforts.

The move comes with the government’s efforts to shift public services digitally. And this is helped by high-speed internet penetration and access to smartphones.

The digital ID card lets citizens store their details on smartphones and access them easily when necessary. The card allows users to create their mobile resident registration card which they can use for various public services. The government has integrated digital IDs with 15 banks enabling citizens to open their bank accounts and apply for loans online on their mobile phones.

Also: Driving License on Nagarik App goes fully digital with QR

Digital ID cards for citizens is part of a broader plan for South Korea

Earlier, South Korea implemented digital residence cards for international students. Now, the government is extending digital efforts to all the people living in the country. The effort is part of the plan to render identity details online.

More emphatically, 91% of South Korean citizens have access to digital banking services. It’s said that access to digital banking encouraged the government to modernize its citizens’ ID credentials.

Digital ID helps citizens access various government and private services more easily while staying secure with the country’s sophisticated framework for digital identity verification.

The digital ID card can prove helpful for citizens to access public services more easily while it also helps keep official details electronically and use them on the go.

Would you want a digital ID card in Nepal?

Nepal also has a National ID Card which carries details on a chip. However, it’s not exactly digital in terms of keeping details online for user access. But as we get more digital, we expect the government to make similar efforts in Nepal.

Would you like for a unique PIN to be your electronic identity? What do you think of a digital ID card? Do share your opinion in the comments below.



Source link

कुलमानको निर्णयमा सरकारका प्रवक्ता गुरुङको त्यो झुट…


चैत ११ गते साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्‍यो।

बैठकबाट मन्त्रीहरू नबाहिरिँदै घिसिङ बर्खास्त गरिएको समाचार छ्यापछ्याप्ती भइसकको थियो। बैठकस्थल (सिंहदरबार) बाहिर पत्रकारहरूले कुरिरहेका थिए।

यतिकैमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बाहिरिए। सरकारका प्रवक्ता हुनुको नाताले पनि पत्रकारहरूले उनैलाई घिसिङको बर्खास्तबारे प्रश्न तेर्स्याए- कुलमान घिसिङलाई बर्खास्त गरिएको भन्ने समाचार छ नि ?

तर, प्रवक्ता गुरुङले जवाफ दिनुको साटो उल्टो प्रतिप्रश्न गरे- कसले भनेको ? कुलमान घिसिङले भनेको ?

पत्रकारहरूले भने- समाचार आइसकेको छ, स्रोतहरूले उल्लेख गरेका छन्।

यसपछि प्रवक्ता गुरुङ ‘खै सरकारलाई त थाहा छैन’ भनेर हिँडे।

जबकि, भित्र घिसिङ बर्खास्त गर्ने निर्णय उनी सम्मिलित मन्त्रिपरिषद्ले गरिसकेको थियो। तर, उनले सफेद झुट बोलेर त्यहाँबाट हिँडे।

यसपछिउनको एक तहमा आलोचनासमेत भयो। खासगरी पत्रकारहरूले सरकारका प्रवक्ताको शैलीको आलोचना गरे।

तर, मङ्गलबार (आज) मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा भने उनले सही जानकारी दिए। “नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय पनि भा’छ,”निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने।

त्यसो त सरकारका प्रवक्ताको मुख्य काम सही सूचना आदानप्रदान गरेर सरकार र जनताका बीचमा सेतुको काम गर्नु हो, सरकारका आधिकारिक धारणा तथा निर्णयहरू सार्वजनिक गर्नु हो। तर, गुरुङ भने ‘ढँटुवा’ भूमिकामा देखिए।

प्रकाशित: १२ चैत्र २०८१ १८:५१ मंगलबार





Source link

जनताले अहिल्यै चौरासी गर्नेजस्तो भयो : बास्कोटा – Online Khabar


फाइल तस्वीर


१२ चैत, काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनी राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको गुनासो गरेका छन् ।

मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भएपनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यंग्य गरे ।

‘जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू सुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए ।

‘उदेक लाग्दो कुरा के छ भने मेरो त घोक्रो पनि सुक्यो, नसा पनि फुल्यो, अब ०८४, ०८४ भनेका छन् । अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो,’ उनले भने ।

केरुङ नाका नखुल्दासम्म अरनीको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न उनले आग्रह गरे ।

‘जसलाई जहाँ दुखेको छ, कुरा त्यहीँबाट सुरु हुन्छ । मन्त्रीज्यूको चित्त दुःख्यो अरे मैले कुरा उठाएँ भनेर । यो चित्त मेरो दुखेको होइन हजुर, त्यो क्षेत्रबाट निर्वाचित सांसद हुँ म । अरनीको हाइवे हो,’ बास्कोटाले भने, ‘२०२६ सालमा बनेको र यो अहिले केरुङ पट्टिको बाटो नहुँदा चीनसँग जोड्ने एउटा मात्रै मार्ग हो । २२ अर्ब राजस्व सरकारले तोकेको छ, तातोपानी भन्सार । केही पनि हिँड्दैन त कहाँबाट आउँछ ?’

अरनी राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै उनले प्रश्न गरे ।





Source link