Category Archives: नेपाल समाचार

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस


अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका म्याट रसलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। एन्फाले उनलाई एक वर्षका लागि जिम्मेवारी सुम्पिएको छ।

एन्फाका महासचिव किरण राईले रससँग सम्झौतामा हस्ताक्षर गरे। एशियन कप छनोट खेल सुरु हुन करिब तीन सातामात्र बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

यद्यपि, रस नेपालमा केही समययता बसोबास गरिरहेका थिए। एन्फाले चार महिनाअघि मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला गरेको थियो, जसपछि उनी छनोट भएका हुन्।

प्रकाशित: १८ फाल्गुन २०८१ १९:१५ आइतबार





Source link

अध्यादेश अघि बढाउन सत्तापक्षकै बीचमा सहमतिको प्रयास गरिने


१८ फागुन, काठमाडौं । अध्यादेश अघि बढाउन सत्तापक्षकै बीचमा सहमतिको प्रयास गरिने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको पार्टीको सचिवालय बैठकमा अध्यादेश अगाडि बढाउने उपायबारे छलफल भएको थियो । छलफलपछि एमाले महासचिव शंकर पोखरेलले अध्यादेश अघि बढाउन सत्तापक्षकै बिचमा सहमतिको प्रयास गरिने बताए ।

अध्यादेश अगाडि बढाउने उपायका सम्बन्धमा पत्रकारले महासचिव पोखरेललाई प्रश्न गरेका थिए । उनले जवाफ दिए, ‘सहज वातावरणमा कसरी अगाडि बढ्नुपर्दछ भन्ने कुराका बारेमा छलफल गर्दछौं । कम्तिमा सत्तापक्षका बीचमा सहमति कायम गरेर अगाडि बढ्ने कोसिस गर्दछौं ।’

सत्तापक्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेको छ । भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य बाँकी पाँच वटा अध्यादेश समेत अगाडि बढाउन सहयोग नगर्ने जसपा नेपालको सर्त छ ।

सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समेत भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन नसकिने निर्णय गरेको छ । सत्तापक्षमै रहेको जसपा नेपाल र लोसपाको निर्णयका कारण सरकारले राष्ट्रिय सभामा अध्यादेश अगाडि बढाउन सामान्य बहुमत समेत जुटाउन सकिरहेको छैन ।

यो विषयमा सरकारको नेतृत्वकर्ता दल एमालेको सचिवलाय बैठकमा छलफल भएको छ । छलफलपछि नेताहरूले फेरि पनि अध्यादेश अघि बढाउन सत्तापक्षकैबीचमा सहमतिको प्रयास गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।





Source link

MAW Vriddhi EV Carnival announce: Explore, buy at discount


The MAW Vriddhi EV Carnival has been announced. The EV fair runs from Falgun 18th to 21st (Sunday to Wednesday) at Amarpali Banquet, Naxal, where you can test-drive and explore the joy of riding Deepal, Nammi, and Seres EVs.

MAW Vriddhi is the authorized distributor of popular EV brands like Deepal, Nammi, and Seres. And now, it has brought a golden opportunity for you to explore, test, drive, and experience innovative electric vehicles, which includes lineups such as the world-first Transformer SUV- the Deepal E07. The event is special for you whether you are an EV enthusiast or a first-time buyer,

Simultaneously with Kathmandu, the MAW Vriddhi EV Carnival takes place in respective showrooms in Biratnagar in Kanchanjungha Banquet. At the event, latest EV models from globally popular brands like Nammi, Seres, and Deepal will be at display. These EV lineups have been highly well-received in the Nepali market so the fair brings an opportunity for all to explore these brands’ EVs closely.

Check out: Seres 3 EV Price in Nepal with Specs

MAW Vriddhi EV Carnival offers

MAW Vriddhi EV Carnival provides unmatched cash discounts, free 7 kW charger and accessories, etc. Also, the benefits include Free Auto Plus Insurance and Road Tax, Best Exchange Bonus, and Best Exchange Value of old vehicles from top 8 recondition houses. You also get on-the-spot finance service. MAW has also arranged for a gift in every test drive and valuation.

At the same time, Changan Hunter, an offroad-capable and stylish pickup, will be available with a downpayment of just Rs 10 lakh.

Deepal E07 Design
Deepal E07

Similarly, 4 lucky customers will have a chance to win Free Stay at Country Villa, Nagarkot upon booking an EV during the carnival while 1 winner will win an iPhone 16 Pro Max. MAW has also made arrangement of music and other amenities to make the carnival refreshing and joyful for the participants.

Also see: DongFeng Nammi 01 EV latest price in Nepal | 2025 Update

Deepal, Nammi, and Seres have brought some of the top electric cars to Nepal. So, this MAW Vriddhi Carvnial brings an ample opportunity for the EV enthusiasts and buyers to have a first-hand experience of their top-of-the-line cars with other offers.



Source link

ओभल अफिसमा जेलेन्स्कीको ‘अपमान’ | Nagarik News


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा युद्धरत युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीमाथि शुक्रबार साँझ गरिएको व्यवहारबाट संसार पक्ष र विपक्षमा बाँडिएको छ। एकथरीका निम्ति उनले कच्चा कूटनीतिमार्फत मुलुकलाई युद्धमा होमेका कारण यो दुर्गति आएको हो भने अर्काथरीले उनको देशप्रेम र नझुक्ने व्यक्तित्वको सर्वथा तारिफ गरेका छन्।

आफ्ना पाहुनाका रूपमा आएका मित्र मुलुकका राष्ट्राध्यक्षमाथि ह्वाइटहाउसको ओभल अफिसमा गरिएको हेपाहा व्यवहारलाई लिएर संसारभरिका न्यायप्रेमी मानिसहरू आश्चर्यमा मात्र परेका छैनन्, ठुला शक्तिराष्ट्रले सानालाई कसरी ङ्याक्न खोज्छन् भन्ने पनि देखिएको छ। प्रेसका अगाडि सार्वजनिक भएको यो घटनाले ठुला मुलुकले साना मुलुकका नेतालाई कसरी आफ्नो हितअनुकूल हिँडाउन खोज्छन् र नसके अपमानित गर्छन् भन्ने पनि पुष्टि भएको छ।

आफ्नो एउटा भूभाग क्रिमियालाई सन् २०१४ मा ठुलो छिमेकी रुसले बलात् आफ्नो भूभागमा मिलाएको घटनाबाट जानकार जेलेन्स्कीले नेटोको सदस्यता लिन चाहेका हुन्। उनीभन्दा अगाडिका नेताहरूले युक्रेनलाई नेटोको सदस्यता प्राप्तिमा लगाउने वाचा गर्ने गरे पनि कहिल्यै कार्यान्वयनमा लगेनन्। जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएपछि यस दिशामा अग्रसर भएका हुन्।

अहिले आएर युक्रेनमाथि किन रुसले आक्रमण गरेको रहेछ भन्ने प्रस्ट भएको छ। ‘युरोपको खाद्यान्न भकारी’का रूपमा चिनिने युक्रेनलाई आफ्नो राज्यमा मिलाउन मात्र होइन, यसको विशाल खनिज भण्डारलाई उपयोग गर्ने चाहना रुसमा रहेको हो। त्यही चाहना अहिले युद्ध अन्त्यका निम्ति पहल गर्न तत्पर भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पको पनि देखिएको छ। ‘लेनदेन’को सम्बन्धमा विश्वास गर्ने ट्रम्पले युक्रेनको खनिजमा आँखा लगाएका थिए। उनले त्यसैका निम्ति निरन्तर दबाब दिइरहेका हुन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको युद्ध अन्त्य नचाहेका होइनन् तर त्यसका निम्ति फेरि रुसले आफूमाथि आक्रमण नगर्ने सुनिश्चितता पनि खोजेका हुन्। युद्ध अन्त्यको अर्थ युक्रेनका खानीमाथि अमेरिकी आधिपत्य हुने र उनी भने देशभित्र दोषी करार भएर बाँच्नुपर्ने अवस्था रहन्थ्यो। उनले आफू मर्न तयार भएको तर अपमानित हुने सम्झौता गरेर देशलाई घाटामा पार्न नचाहेको स्पष्ट सन्देश दिएका छन्।

ठुला शक्तिराष्ट्रले कसरी साना मुलुकको आत्मसम्मानमा घात गर्न खोज्छन् भन्ने पनि यसबाट देखिएको छ। युद्धरत दुई मुलुकमध्ये रुससँग संवाद गरेर मिल्न अमेरिकाले युक्रेनलाई दबाब दिएका हुन्। युद्ध अन्त्यका निम्ति रुस र युक्रेन दुवैमा समान ढंगको दबाब हुन सक्थ्यो। तर रुसी राष्ट्रपति भ्लामिर पुटिनसँगको विशेष सम्बन्धका कारण दबाब जेलेनस्कीमाथि मात्र बढाइएको छ।

जेलेनस्कीका अगाडि रुसले आक्रमण थालेपछि प्रत्याक्रमणमा जानुको विकल्प थिएन। एकथरी व्यक्तिहरू ठुलो छिमेकीसँग निहुँ खोज्नुहुँदैनथ्यो भन्ने तर्क गर्छन्। ठुलो छिमेकीले सानो मुलुकलाई हेप्ने र उसको सार्वभौमसत्तालाई कम आँक्ने स्थितिका लागि यसरी वातावरण बनाउन खोजिएको छ। त्यतिबेला उनी डटेर अगाडि नबढेका भए युक्रेन विश्व मानचित्रबाट हराइसक्ने थियो। धन्य, उनी लडे र विश्वका न्यायप्रेमी मानिसहरूले ठुला मुलुकको दबदबाबाट साना मुलुकले आफूलाई प्रतिरक्षा गर्न जेलेनस्कीबाट प्रेरणा लिएका छन्।

अहिले आएर अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई किन अपमान गरेका छन् भने तिनका सर्तअनुसार जेलेनस्कीले अगाडि बढ्न मानेका छैनन्। रुससँग जबर्जस्ती सम्झौता गर्ने र आफ्नो खनिज स्रोतबाट हात धुने मात्र काम हुन्थ्यो। त्यसपछि युक्रेनभित्रै आफ्नो मुलुकमाथि घात गरेको आरोप लाग्ने निश्चित थियो।

यी यावत् घटनाक्रमबाट हाम्रो जस्तो मुलुकले विकास निर्माणदेखि अन्तर्राष्ट्रिय सम्बन्ध सम्ममा कसरी ध्यान दिनुपर्छ भन्ने पाठ लिनु उचित हुन्छ। विदेशीले भने भन्दैमा सबै कुरा मान्न सकिँदैन। आफ्नो मुलुकको आवश्यकता पहिचान गर्दै आफ्नै बलबुतामा विकास निर्माणमा लाग्न तत्पर हुनुपर्छ। सबै मुलुकका आफ्ना स्वार्थ हुन्छन्। तिनले दिने सहयोगमा पनि कुनै न कुनै किसिमको सर्त अवश्य हुन्छ। यस्ता सर्त स्वीकार गर्नुअघि पनि विचार गर्नुपर्ने हुन्छ।

जेलेनस्कीले अमेरिकी राष्ट्रपतिका अगाडि आफूलाई निडर रूपमा प्रस्तुत गर्दै आफ्नो दृष्टिकोण राखेका छन्। प्रेसको सामुन्नेमा समेत यस्तो व्यवहार गर्न सक्ने संसारका ठुला देशका नेताहरूले भित्री रूपमा दबाब दिँदैनन् भन्ने विश्वास गर्न सकिँदैन। त्यस्तो बेलामा आफूलाई प्रस्ट रूपमा राख्दै देशहितलाई प्राथमिकतामा राख्न सधैं सजग हुनुपर्ने देखिन्छ।

 देशको पक्षमा स्वाभिमानपूर्वक उभिने नेताका रूपमा संसारले यतिबेला जेलेनस्कीलाई लिएको छ। देशको पक्षमा नउभिनेलाई जसको स्वार्थमा उभिएको हो, त्यसले पनि सम्मान गर्दैन। अमेरिकी राष्ट्रपतिले अपमान गरे पनि त्यहाँका नागरिकले उनको मुक्तकण्ठले जेलेनस्कीको प्रशंसा गरिरहेका छन्। युक्रेनी जनताले त उनको यो साहसिक कदमबाट अरू उर्जाशील बनेर अगाडि बढ्न मद्दत पुग्नेछ। साहसिक नेतृत्व र जनता भएको देश जतिसुकै शक्तिशाली मुलुकका अगाडि पनि कमजोर हुन सक्दैन।

अमेरिकाले बेलाबेलामा यस्ता साहसिक व्यक्ति र देशको सामना गर्नुपरेको छ। अमेरिकाजस्तो शक्तिराष्ट्रले १९७३ मा भियतनाममा आफ्ना सेना फिर्ता गर्नुपरेको थियो। त्यहाँका जनताको बहादुरीपूर्वकको युद्धले त्यो सम्भव भएको थियो। साहसिक नेतृत्व छ भने साना मुलुकले पनि ठुलो हैसियत बनाउन सक्छन्। तर देशको सार्वभौमसत्ताको विरुद्धमा उभिर अर्को देशलाई लाभ पुर्‍याउने नेताको हैसियत भने लेन्डुप दोर्जेको जस्तो हुन्छ।

सिक्किमलाई भारतमा विलय गराइसकेपछि लेन्डुपको देशभित्र त के कुरा भारतमै पनि सम्मान भएन। भारतमै उनको गुमनाम मृत्यु भयो। त्यसैले आफ्नो देशको हितमा उभिन तत्पर नेता जेलेनस्की हुन्छ भने सार्वभौमसत्ताको विरुद्ध सक्रिय हुने लेन्डुप।

 

यो पनि पढ्नुहोस्

ओभल अफिसमा जेलेन्स्कीको ‘अपमान’: झस्किए साना मुलुक

 

प्रकाशित: १८ फाल्गुन २०८१ ०७:०८ आइतबार





Source link

जीवन विकास लघुवित्तको वार्षिकोत्सवमा १६१ स्थानमा सामाजिक काम


१८ फागुन, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिकोत्सव १६१ स्थानमा विभिन्न सामाजिक कार्य गरी मनाएको जनाएको छ ।

३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको यो लघुवित्तका १६० शाखा छन् । सबै शाखा कार्यालयले आ–आफ्ना कार्यक्षेत्र भित्र सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

जीवन विकासको शुरुवात सामाजिक क्षेत्रबाट भएकाले संस्थाले वार्षिकोत्सव सामाजिक कार्य गरेको उनको भनाइ छ ।

उनका अनुसार २५ वटा शाखाले २५ विपन्न परिवारको घर निर्माण तथा मर्मत र ६० वटा शाखाले बजार सरसफाइ कार्यक्रम गरेका छन् । ७२ वटा शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । एक स्थानमा रक्तदान, एक स्थानमा शौचालय निर्माण र दुई स्थानमा पार्क तथा मस्जिद सफाइ कार्यक्रम गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत मण्डल अमाही शाखाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए । अमाहीबाटै जीवन विकास समाज सुरु भएको थियो ।

जीवन विकास समाजबाट नै प्रवद्र्धन भई २०७५ साल फागुन १६ गते जीवन विकास लघुवित्त वित्तीय संस्था स्थापना भएको थियो ।

कोशी प्रदेश, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखा मार्फत ३ लाख ५० हजार परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको उनले बताए । २७ अर्बभन्दा बढी ऋण कारोबार गरेको जीवन विकासले ११ अर्व भन्दा बढी बचत परिचालन गरेको मण्डलले जानकारी दिए ।





Source link

जसपा नेपालको केन्द्रीय समिति बैठक आज


जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ। ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभिायान’ को समीक्षा हुनेछ। बैठकमा पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।

त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए। बैठक तीन दिनसम्म चल्नेछ।

प्रकाशित: १८ फाल्गुन २०८१ ०७:५५ आइतबार





Source link

राष्ट्रिय सभा बैठकको कार्यसूचीमा परेन अध्यादेश – Online Khabar


१८ फागुन, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । मध्याह्न सवा १२ बजे बस्ने बैठकमा विभिन्न विधेयक अगाडि बढाउने कार्यसूची छ । तर, अध्यादेश कार्यसूचीमा परेको छैन ।

सम्भावित कार्यसूची अनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

आजै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले  विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।





Source link

How To Apply For Nepal Telecom Job Vacancy Online?


Here you will learn how you can apply for the job vacancy of Nepal Telecom (NTC) in easy steps.

Nepal telecom has announced vacancies for 69 employees in 19 different positions. The vacancy notice is announced for various posts ranging from junior technicians, and accounting officers to engineers. It also includes open and quotas for female, Adibati/Janajati, Madhesi, Dalit, Apanga, and Marginalized communities.

Ntc Job Application Period

The validity period for the latest Ntc Job Vacancy will stay from 2081-Falgun-10 till 2079-Falgun-29 with normal charges and till Chaitra-9 with a double charge for application.

This is your chance when NTC has called vacancies of such employees at once. Therefore, there will be a huge amount of interest and a number of applicants crowding the telco’s server.

Do read: How to take the loan in Ntc, Ncell?

Ntc Job Vacancy Application

Interested candidates can visit the recruitment portal to apply online for their desired vacancy in Nepal telecom. Below is the table showing the posts and the number of employees Nepal Telecom is seeking through the vacancy.

SN Nepal Telecom Position No of Vacancies
1 Deputy Manager, Telecom 1
2 Deputy Manager, Admin 1
3 Deputy Manager, Account 1
4 Senior Engineer, Telecom 1
5 Senior Engineer, Civil 1
6 Senior Accounting Officer 1
7 Senior Account Officer (CA) 1
8 Telecom Engineer (Electronics and Communication) 10
9 Telecom Engineer (Computer) 4
10 Telecom Engineer (Electrical) 2
11 Civil Engineer 1
12 Architect 1
13 Assistant Accounting Officer 12
14 Assistant Administrative Officer 3
15 Assistant Business Officer 4
16 Overseer 2
17 Technician 4
18 Assistant 14
19 Junior Technician 5
Total 69
Vacancy of Nepal Telecom 2025/2081

There are different charges for different posts. Applicants can also choose to either apply in Open or inclusive competition as per Nepal Doorsanchar Company Limited Employees Regulations, 2078 (including the second amendment).

Applicants can upload their citizenship, PP-sized photo, certificate of education qualification, etc. to be valid for the candidacy.

Do read: Nepal Telecom VoLTE service; How to activate?

Also, make sure that the age bar won’t affect your eligibility for the posts. Do check the qualifications required for the posts you want to apply for.

The employees who will be recruited in the above posts will be assigned to work in various directorates, departments, and offices outside the Kathmandu Valley.

Read: How To Transfer Balance On NTC, Ncell?

How To Apply For Vacancy of Nepal Telecom?

Applying for NTC’s vacancy will take some time. Prepare your documents beforehand to save time. Get your documents scanned and keep them in a folder easily accessible. While fillip up the data, make sure they match with your detail in the citizenship and other documents. Follow the steps below to apply for the vacancy at Nepal Telecom:

  • First, visit recruit.ntc.net.np to open the login page
  • Click on Register, input your mail, and create a password. You will receive an OTP to proceed in your SMS or email address. Enter the OTP code and the login page opens. Use email as your ID and the password as your official password to log in to your profile
NTC job vacancy registration
  • Click on Profile Entry. Fill up your Profile, Family details, and Educational qualifications. Fill up Training, Experience, and Council if required by the post you are applying for.
  • If you are applying through Inclusive competition, go to the Privilege group and enter your details, upload documents, and Save them [This is not valid for the Female category]
  • Under Privilege group, enter your citizenship number for a Registration number, scan copy and upload your citizenship in Privilege certificate. [It applies to the privileged group listed by the Indigenous and nationalities Commission]
  • If you are entering Education more than once, click Add and Save and continue so
  • While entering your education qualification, ensure it meets the minimum qualification required by the post in the vacancy
  • If you are applying under the specially privileged [with disabilities] category, it is mandatory to go to Privilage group and upload a certificate for authentication.
  • After you complete your Profile entries, go to Vacancy Post, click on Post Select, and Apply for the post you are interested in. In case, the profile you created includes an error, you will receive the message. Follow the instruction, go to Profile, correct the detail, and Apply again.  
  • After you apply, you will proceed with payment. Click on Payment and select the digital wallet you prefer to pay for your examination charge. If you wish to pay at the Nepal Telecom counter, then print the page with the token number and the amount. You can pay the charges at Nepal Telecom’s nearest branch during office hours.
  • If you want to pay another day, log in and go to Applied Vacancy, click on View. Now, go to Payment and pay your exam fees.

This is how you can apply for the vacancy at Nepal Telecom. Make sure, you apply within the regular timeframe and fill up the correct details to avoid any delay or rejection of the application later. Good luck

Do check: Important Ntc Numbers for inquiry and complain

Nepal Telecom is seeking 69 employees at once and this could be the golden opportunity for many of you to realize the goal of joining public office. So, we urge our readers to hurry up and apply for their desired posts sooner than later and stay relieved.

We hope the steps listed above illustrate well enough to help you apply for NTC’s vacancy. If you have any queries, do leave a comment below.



Source link

एमालेको सचिवालय बैठक बस्दै


नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ।



Source link

मूल्य १ हजारभन्दा बढी रहेको स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो


१८ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आजदेखि आवेदन खुलेको छ ।

अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख रुपैयाँ छ । २१ गतेसम्म कम्पनीको एफपीओमा आवेदन दिन सकिनेछ ।

पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ । दोस्रो बजारमा सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २७ रुपैयाँ छ ।





Source link

MG S5 EV Price in Nepal [2025] Specs, and availability


Paramount Motors, the official distributor of MG motors has officially revealed the price of its new compact SUV MG S5 (before called MG ES5) in Nepal. The electric SUV is the successor to the popular MG ZS EV. This new SUV is offered in three range variants: 425 km, 515 km, and 525 km. It competes in the budget premium car segment and is going to launch soon in Nepal. Therefore, here we are going to discuss the detailed specifications, features, and other information including the MG S5 EV price in Nepal.

Check out the list of the best electric car price in Nepal [Latest update 2025]

MG S5 EV Overview

Design

MG ES5 side design

The MG S5 EV sports a sleeker design than its predecessor, the MG ZS EV. Its dimensions in length, width, and height measure 4476 x 1849 x 1621 mm, respectively making it a longer (by 162 mm) and slim vehicle than the ZS EV. This translates to higher wheels of 2730 mm compared to ZS’s 2581 mm. It is said to weigh between 1685 kg and 1740 kg.

The front headlights have become sharper and more slender than ever featured in the car’s close-face design. The grilles are split in the mid-bottom as we saw on the ZS EV. Other features include silver roof racks, regular door handles, Y-shaped tail-lights as on the MG4, spoiler design to improve performance, etc.

The cockpit features a flat-bottom steering wheel, a central touchscreen, and an instrument panel. The exact details regarding them haven’t been made available so we need to wait for official information on them. Anyway, the central console has a hollow design and provides two cupholders. It also has a wireless charging support for mobile phones. Likewise, the seats are made of leather material providing a sense of sophistication and posh build quality.

Highly recommended: Latest electric tax policy in Nepal for 2024

Performance

MG S5 is powered by a single motor at the rear axle which produces a maximum power of 125 kW (168 hp) and 250 Nm of maximum torque. MG says that the car can reach 0 to 100 kmph in 8 seconds and its top speed is stated to be 170 kmh.

The car is built on SAIC’s Nebula-pure architecture as on MG4 and boasts a five-link rear suspension system which provides more control and comfortable riding.

S5 is likely to come with advanced driving assistance and safety technologies. The ZS EV featured ADAS so this new iteration may come with a higher level of the system too. We need official details for the confirmation though.

More: MG Car Price in Nepal [Latest update 2024]

Battery

There are two lithium iron phosphate (LFP) battery options offered in this car- 49.1 kWh and 62.2 kWh manufactured by SAIC-CATL. In terms of range, the car can provide a claimed CLTC average of 425 km, 515 km, and 525 km on a full charge which tends to surpass that offered by ZS EV. MG claims that S5 has the world’s thinnest battery pack at 110 mm.

Specifications

  • Dimension: 4476 x 1849 x 1621 mm
  • Kerb Weight: 1685 kg – 1740 kg
  • Wheelbase: 2730 mm
  • Max Power: 168 hp (125 kW motor)
  • Max Torque: 250 Nm
  • Drive Type: FWD
  • Top Speed: 170 Kmph
  • Battery Capacity: 49.1 kWh and 62.2 kWh
  • Range: 425 km, 515 km, and 525 km
  • Suspension Setup: Five-link rear suspension system
  • MG S5 EV Price in Nepal: Rs 47 – 58 lakh

MG S5 EV price in Nepal and availability

MG S5 Price in Nepal ranges from Rs 47 lakh to Rs 58 lakh. The starting price for the 45KW variant is Rs 47 lakhs and that of luxury variant is Rs 53 lakhs. Finally, the high-end MG S5 EV of 62KW is Rs 59 lakhs. It should hit the market sometime in March 2025.

MG S5 EV Price in Nepal
45KW Rs 47 lakh
49 kWh Rs 45 lakh
62 kWh Rs 58 lakh

Our Initial Verdict

MG is embarking on a new evolution with its new compact SUV S5. The car competes with the likes of Omoda EV 5, BYD Atto 3, etc. Thanks to its price and specification combination, it could be a strong contender in the Nepali auto market in the SUV segment.

In the meantime, you can check out this list of top mini cars to find cheaper options.



Source link

राष्ट्रिय सभाको बैठक बस्दै,यस्तो छ कार्यसूची


संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज मध्यान्ह सवा १२ बजे बस्नेछ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरू हेरफेर गर्ने कार्यसूची रहेको छ। त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: १८ फाल्गुन २०८१ ०८:५४ आइतबार





Source link

एभरेस्ट बैंकको ऋणपत्र खुल्यो, मुद्दतीभन्दा धेरै ब्याज पाइने


१८ फागुन, काठमाडौं । एभरेस्ट बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । बैंकले ३ अर्ब रुपैयाँको कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।

जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो । न्यूनतम २५ कित्ता लगानी गर्न सकिने यस ऋणपत्रको वार्षिक ब्याजदर ७.५ प्रतिशत छ ।

जुन हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिइरहेको भन्दा करिब साढे १ प्रतिशत विन्दु बढी हो । हाल बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ६ प्रतिशत हाराहारीमा छ ।

१० वर्षे अवधिको यो ऋणपत्र २०९१ सालमा मात्रै परिपक्व हुनेछ । यद्यपि ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ भने आवश्यक परेको खण्डमा अन्य बैंकमा धितो राखेर ऋण लिन पाइन्छ ।

इच्छुक आवेदकले अनलाइन प्रणाली मेरो सेयरमार्फत छिटोमा २१ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।





Source link

Honor X9c Price in Nepal


Honor’s latest mid-range smartphone, the Honor X9c is launching very soon in Nepal. The device boasts a large 6.78 curved AMOLED display, powerful Snapdragon 6 Gen 1 SoC, a 108MP camera, and a huge 6600mAh battery. So, here let’s dive deep into the Honor X9c price in Nepal, specifications, features, and availability.

Read: Xiaomi 14T Price in Nepal | Specs, and Availability

Honor X9c Overview

Design and Display

The Honor X9c draws inspiration from the Honor X9b.  featuring IP65 dust and water resistance and drop resistance up to 2 meters. This makes it a rare find in the mid-range category, providing extra security against accidental drops and water splashes.

Honor X9c Display
Honor X9c Display

At the front, the device features a large 6.78-inch curved AMOLED screen with a 1224 x 2700 pixels and a 120Hz refresh rate. It has a peak brightness of 4000 nits, which makes it easily visible even in bright sunlight and the 1.07 billion color support ensures a vibrant viewing experience. For security, it arrives with an in-display fingerprint scanner and supports face unlock.

Performance and Storage

Under the hood, the Honor X9c rocks a powerful Qualcomm Snapdragon 6 Gen 1 chipset. It is an octa-core chipset based on 4 nm processing technology.   ensuring smooth performance across apps and games. It is paired with an Adreno 710 GPU for handling graphics.

Honor X9c Performance

The phone comes in multiple RAM and storage configurations: 8GB/256GB, 12GB/256GB, and 12GB/512GB. It is running on Android 14 with MagicOS 8.0.

Cameras

Coming to optics, the Honor X9c boasts a dual camera setup at the rear. It consists of a 108 MP main camera with an f/1.8 aperture and OIS (Optical Image Stabilization). It is further accompanied by a 5 MP ultrawide lens.

Honor X9c Camera

While on the front, the smartphone comes with a 16 MP selfie snapper with an f/2.5 aperture. In terms of videography, the rear camera supports 4K@30fps and 1080p@30fps recording, and the front camera is capable of recording videos at 1080p@30fps.

Battery and Connectivity

Talking about the battery prowess, the Honor X9c boasts a humongous 6,600mAh silicon-carbon battery. It also comes with the support for 66W fast charging technology. Sadly, the device lacks wireless charging commonly seen in this price segment.

Honor X9c Battery

The device supports dual SIM (Nano-SIM + eSIM) and 5G connectivity, ensuring fast network speeds. Other connectivity features include Wi-Fi 802.11 a/b/g/n/ac, Bluetooth, USB Type-C 2.0, and OTG support.

Technical Specifications

  • Dimension: 162.8 mm x 75.5 mm x 8 mm
  • Weight: 189 grams
  • Display: 6.78 inches, Curved AMOLED, 120Hz refresh rate, 1,224 x 2,700 pixels, 4000 nits peak brightness, 1.07 billion colors
  • Processor: Qualcomm Snapdragon 6 Gen 1, 4nm mobile platform
  • CPU: Octa-core (4×2.2 GHz Cortex-A78 & 4×1.8 GHz Cortex-A55)
  • GPU: Adreno 710
  • RAM: 8/12 GB RAM
  • Storage: 256/512 GB
  • Software & UI: MagicOS 8.0 (based on Android 14)
  • Rear Camera: Dual (108 MP primary, 5 MP ultrawide)
  • Front Camera: 16 MP
  • Connectivity: 5G, GPS/AGPS/GLONASS/BeiDou/Galileo, Wi-Fi 802.11 a/b/g/n/ac, Bluetooth, USB Type-C 2.0, and OTG support
  • Battery: 6600mAh Silicon-Carbon Battery with 66W wired fast-charging
  • Color: Titanium Black, Titanium Purple, and Jade Cyan
  • Honor X9c Price in Nepal (EXPECTED): Rs. 44,499 (8/256GB)

Don’t Miss: Samsung Galaxy S25, S25 Plus, S25 Ultra Price in Nepal | Specs

Honor X9c Price in Nepal and Availability

Honor is launching the Honor X9c very soon in Nepal. The Honor X9c price in Nepal is expected to be around Rs. 44,499 for the base (8/256GB) variant. It will be available in different color options such as Titanium Black, Titanium Purple, and Jade Cyan.

Honor Smartphone Variant Price in Nepal (Expected)
Honor X9c 8GB + 256GB Rs. 44,499
Honor X9c 12GB + 256GB Rs. 48,999
Honor X9c 12GB + 512GB Rs. 54,999

Our Verdict

With its sturdy construction, curved AMOLED display, 108MP camera, and long-lasting battery, the Honor X9c offers quite a bit. Though not the strongest, the Snapdragon 6 Gen 1 chipset should be good for light gaming and daily use. Some people may find the absence of a 3.5mm headphone jack to be a disappointment. But overall, the Honor X9c stands out as a strong mid-range contender in Nepal.

So, what are your thoughts on Honor X9c at this price point? Let us know in the comments!



Source link

अर्थ समितिको बैठक बस्दै | Nagarik News


आज अर्थ समितिको बैठक बस्दै छ। बैठक आज बिहान ११ बजे बस्ने छ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनएको छ।

प्रकाशित: १८ फाल्गुन २०८१ ०८:५६ आइतबार





Source link

समूह चरणको अन्तिम खेलमा भारत र न्युजिल्याण्ड खेल्दै – Online Khabar


१८ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ए अन्तर्गतको उक्त खेल दिउँसो पौने ३ बजेदेखि यूएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली समूहविजेता बन्ने दाउमा हुनेछन् ।

आजको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागिसकेपनि प्रतिद्वन्द्वीहरूको भने टुंगो लागेको छैन ।

आजको खेलमा भारत विजयी भएमा समूहविजेताको रूपमा सेमिफाइनल खेल्ने छ । त्यस्तो हुँदा भारतको भेट सेमिफाइनलमा समूह बी को उपविजेता अस्ट्रेलियासँग हुनेछ । न्युजिल्याण्डले समूह बी को विजेता दक्षिण अफ्रिकासँग खेल्नेछ ।

न्युजिल्याण्डले भारतलाई हराएमा भने भारतको भेट दक्षिण अफ्रिकासँग हुँदा न्युजिल्याण्डले अस्ट्रेलियासँग खेल्ने छ । भारत संलग्न हुने खेल पहिलो सेमिफाइनलको रूपमा दुबईमा हुनेछ भने अर्को सेमिफाइनल पाकिस्तानको लाहोरमा हुनेछ ।

यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि यिनै चार टोलीहरू सेमिफाइनल पुगेका थिए ।





Source link

Nothing Phone 2a Plus price in Nepal


Nothing Phone (2a) has been launched in Nepal. The phone is the slightly higher variant of the Nothing Phone (2a) and features a faster processor, bigger battery, and improved cameras. If you were looking for a stylish upper-budget range phone, then it could be your pick. Let’s get you more details and the official Nothing Phone 2a Plus price in Nepal. 

Noting Phone (2a) Plus Overview

Design and Display

Nothing Phone (2a) Plus is a tall phone with round edges. It shares similar measurements with the Nothing Phone (2a) but is slightly thinner. It measures 161.7 x 76.3 x 8.5 mm. The frames and back panel are plastic-made while the front has a Gorilla Glass 5 screen.

Nothing Phone 2a Plus Nepal

The phone weighs the same 190 grams. So, it’s not too heavy and should be easy on the hands. The round edges also help with better grip. The back gets 3 LED light strips which helps with providing notifications. The handset is IP54 certified for protection from water and dust.

For the display, the phone features a 6.7-inch AMOLED screen with FHD resolution. The screen can be bright up to 1300 nits. It has a refresh rate of 120 Hz which is a standard feature these days.  

Performance and Storage

The handset runs on MediaTek Dimensity 7350 Pro processor which is faster and more efficient than Dimensity 7200 Pro that was on Nothing Phone (2a) though both are 4nm build. The processor has 8 cores of which 2 run at 3.0 GHz while 5 clock at 2.0 GHz. The chipset pairs with Mali-G610 MC4 GPU for gaming and graphics-intensive apps.

The phone originally launched with 8 GB and 12 GB of RAM and 256 GB of storage. In Nepal, CG Mobile ships the phone in an 8/256 GB version. There’s no option to expand the storage via a MicroSD card slot.

Also: Samsung Galaxy S25, S25 Plus, S25 Ultra Price in Nepal with Specs

Camera

The phone sports a dual-camera setup on the back. The main wide camera is a 50 MP sensor with f/1.9 aperture and OIS. The other is also a 50 MP sensor with f/2.2 aperture. Nothing promises versatile photography with its cameras. Thanks to the efficient aperture, low-light images should also excel on this phone.

Similarly, the front also carries a 50 MP wide camera. From both front and back, you can take videos at 4K up to 30 fps. Further, the AI can further enrich the photography experience for you.

Battery

The phone sources its life from a 5,000mAh cell. Although the capacity of the battery is similar, fast charging has increased. Now, there’s support for 50W fast charging and Nothing claims that the device charges 50% in 21 minutes and 100% in 56 minutes. So, you can have peace of mind on the phone for at least a day with basic to moderate usage.

Software and Additional Features

Nothing Phone (2a) Plus runs on Nothing OS 3.0 which is a custom Android skin based on Android 14. It gets up to 3 major Android OS upgrades. That means it is upgradable to Android 15 next.

The phone comes with an under-display fingerprint sensor for protection. It supports WiFi 6, and 5G, and has a USB Type-C 2.0 port. Like many phones these days, it doesn’t have a 3.5 mm headphone jack.

Technical Specifications

  • Dimensions:  161.7 x 76.3 x 8.5 mm, 190 gm
  • Display: 6.7-inch AMOLED panel, 1080 x 2412 pixels, 120Hz refresh rate, 1300 nits of peak brightness,
  • Processor: MediaTek Dimensity 7350 Pro, 4nm
  • RAM: 8 GB
  • Memory: 256 GB, No Micro SD Card slot
  • Rear Camera: Dual (50 MP (OIS)+50 MP ultrawide)
  • Front Camera: 50 MP
  • Security: Under-display fingerprint sensor
  • Battery: 5000mAh with 50W fast-charging
  • OS: Nothing OS 3.0 (Android 14), upgradable to 3 major Android OS
  • Network: 5G
  • Connectivity: Dual-band WiFi 6, Bluetooth 5.3, USB Type-C 2.0
  • Colour: Metallic Grey

Nothing Phone 2a Plus price in Nepal and availability

Nothing Phone 2a Plus price in Nepal is Rs 49,999 for the 8/256 GB variant. It’s available from authorized stores and online marketplaces. The phone is available in Metallic Grey color.

Nothing Phone (2a) Plus Price in Nepal
8/256 GB Rs 49,999

Conclusion

Nothing Phone (2a) Plus offers notable upgrades in processor and camera. The phone though keeps other features intact with the Nothing Phone (2a). If you want to experience a Nothing phone for the first time and won’t spend big on a flagship phone, then probably, this new model will be a very good pick. You may also look up to Redmi Note 14 Series for other options

What do you think of the Nothing Phone 2a Plus price in Nepal and its specifications? Is it a worthy competitor in the upper-midrange market in Nepal? Do share your opinion in the comment section below.



Source link

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।  

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।  गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ। 

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९० टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ४०, परबर (लोकल) प्रतिकेजी रु २००, घिरौला प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ७०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ११०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३२०, कुरिलो प्रतिकेजी रु १,६०० निर्धारण गरिएको छ। 

ब्रोकाउली प्रतिकेजी रु ४५, चुकुन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ७०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेको छ। 

समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २८०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा (हरियो), प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३५, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १४०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ। 

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ३४०, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २९०, लसुन सुकेको नेपाली प्रतिकेजी रु २००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ७०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, रुख टमाटर प्रतिकेजी रु १८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० तोकेको छ। रासस

प्रकाशित: १८ फाल्गुन २०८१ ०८:०९ आइतबार





Source link