Category Archives: नेपाल समाचार

साफ च्याम्पियनसिप फुटबल श्रीलंकामा हुने – Online Khabar


२८ फागुन, काठमाडौं । साफ (पुरूष) च्याम्पियनसिप फुटबल श्रीलंकामा हुने भएको छ । मंगलबार काठमाडौंमा बसेको साफको कार्यसमिति बैठकले सन् २०२५ को साफ च्याम्पियनसिप श्रीलंकामा गर्ने निर्णय गरेको हो ।

श्रीलंकाले १७ वर्षपछि साफ च्याम्पियनसिप आयोजनाको अधिकार प्राप्त गरेको हो । साफ कार्यसमिति बैठकमा लागि काठमाडौ आइपुगेका श्रीलंका फुटबलका अध्यक्ष जसवर उमारले श्रीलंकाले आयोजना गर्ने पुष्टी गरेका हुन् ।

साफ च्याम्पियनसिप आगामी जुनमा हुनेछ । यसअघि होम अर अवे फर्म्याटमा साफ आयोजना गर्ने तयारी भइरहेपनि यस पटक सेन्ट्रलाइज्ड भेन्युमै साफ गर्न लागिएको हो ।

श्रीलंका फुटबल फेडेरेसनको प्रस्थानमा साफका सदस्यहरु राष्ट्रहरुले यो निर्णय गरेको श्रीलंका फुटबले जनाएको छ । श्रीलंकाको लागि यो ऐतिहासिक क्षण रहेको फेडेरेसनले जनाएको छ ।

श्रीलंकाले यसअघि सन् २००८ मा माल्दिभ्ससँग मिलेर साफ च्याम्पियनसिप आयोजना गरेको थियो । पछिल्लो पटक साफ मेन्स च्याम्पियनसिप सन् २०२३ मा भारतको बेंगलुरुमा आयोजना भएको थियो ।

साफ च्याम्पियनसिपलाई दक्षिण एसियाको विश्वकपको रुपमा चिनिन्छ । भारतले सर्वाधिक ९ पटक साफको उपाधि जितेको छ भने माल्दिभ्सले २ तथा बंगलादेश र श्रीलंकाले १-१ पटक उपाधि जितेका छन् । यस्तै सन् २००३ देखि २०१५ सम्म साफमा रहेर खेलेको अफगानिस्तानले पनि एक पटक उपाधि जितेको थियो ।

नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०२१ मा माल्दिभ्समा भएको साफमा फाइनल पुग्नु नै नेपालको ठूलो सफलता हो । पाकिस्तान र भुटान फाइनलसम्म पनि पुग्न सकेको छैन ।





Source link

जुम्लामा आलु प्रदर्शनी मेला | Nagarik News


जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ।  

जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा आज स्थानीय चन्दननाथ नगरपालिका–५ स्थित कृष्णमन्दिर प्राङ्गणमा मेला आयोजना गरिएको हो। 

मेलामा जिल्लाका  आठ वटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु सङ्कलन गरी प्रदर्शनी गरिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। 

भूमि समस्या समाधान आयोगका विज्ञ–सदस्य सुमन आचार्यका अनुसार जिल्लाका आलु कृषकलाई प्रोत्साहित गरी आलुको बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आलु किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो। तिलाको ढिपु, हिमाको पाथरखोला, सिञ्जाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तीर्ख, तातोपानीको टोप्लालगायत उच्च भूभागमा उत्पादन हुने आलु सङ्कलन गरी प्रदर्शनीमा राखिएको थियो। 

कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आलुखेती बढी भएको र उत्पादकत्व पनि वृद्धि भएको छ।  आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार दुई ४५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ३४ हजार चार सय ५० मेट्रिक टन उत्पादन भएको थियो। 

यसैगरी चालु आवमा दुई हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा खेती भई ३५ हजार नौ सय ३० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २७ फाल्गुन २०८१ १७:५८ मंगलबार





Source link

गुल्मीको मदानेमा एक पुरुषको शव फेला – Online Khabar


फाइल फोटो


२८ फागुन, गुल्मी । गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले पहिचान नखुलेको अन्दाजी २५/३० वर्षको पुरुषको शव फेला परेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दीपक केसीको कमान्डमा प्रहरी खटिएको छ । शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।

बेवारिसे अवस्थामा फेला परेको शवको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





Source link

राजधानीमा ‘अटोमोटिभ कनक्लेभ २०८१’ हुँदै


नेपालमा अटोमोबाइल क्षेत्रका विविध पक्षमा छलफल हुने ‘अटोमोटिभ कनक्लेभ २०८१’ बुधबार काठमाडौंमा आयोजना हुँदैछ।

अटोमोटिभ्स प्रालिद्वारा आयोजित उक्त कार्यक्रम फागुन २८ गते बिहान ९ बजे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नेछन्।

नेपालको अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौतीबारे व्यापक छलफल गर्ने उद्देश्यले यो कनक्लेभ आयोजना गरिएको हो। कार्यक्रम तीनवटा सत्रमा विभाजित हुनेछ।

पहिलो सत्र : ‘निजी सवारीः आजको आवश्यकता’

बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने पहिलो सत्रमा ‘निजी सवारीः आजको आवश्यकता’ विषयमा बहस हुनेछ।

मेरोअटोका सम्पादक सागर गजुरेलको सहजीकरण रहने उक्त सत्रमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, अन्तर्राष्ट्रिय व्यापार विशेषज्ञ रवि शंकर सैंजु र काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विराज सिंह थापा वक्ताका रूपमा रहनेछन्।

दोस्रो सत्र : ‘सार्वजनिक सवारीः समस्या र समाधान’

दिउँसो १ बजे सुरु हुने दोस्रो सत्रमा ‘सार्वजनिक सवारीः समस्या र समाधान’ विषयमा बहस गरिनेछ। यस सत्रमा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रमेभक्त मर्हजन, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा, भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्त र सीजी मोटर्सका सीईओ हेमन्त अग्रवाल वक्ताका रूपमा सहभागी हुनेछन्। यस सत्रको मोडेरेटर आशिष गजुरेल रहनेछन्।

तेस्रो सत्र : ‘सवारी उत्पादनको नयाँ गन्तव्य’

दिउँसो ३ः३० बजे सुरु हुने अन्तिम सत्रमा ‘सवारी उत्पादनको नयाँ गन्तव्य’ विषयमा छलफल हुनेछ।

उक्त सत्रमा नेकपा एमालेका सांसद योगेश भट्टराई, नेपाली कांग्रेसका सांसद उदय शमशेर राणा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र उद्योग वाणिज्य महासंघका गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले आ–आफ्ना विचार प्रस्तुत गर्नेछन्। रुपेश श्रेष्ठले उक्त सत्रको सहजीकरण गर्नेछन्।

प्रकाशित: २७ फाल्गुन २०८१ २०:२७ मंगलबार





Source link

चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास, उपचारका लागि बर्न अस्पताल पुर्‍याइयो


२८ फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए । यो घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएको हो ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।

उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए ।





Source link

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८५ पैसा कायम भएको छ। 

युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रुपैयाँ ०४ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ। 

त्यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको छ। 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा तोकिएको छ। 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा रहेको छ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।  वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस

प्रकाशित: २८ फाल्गुन २०८१ ०५:५६ बुधबार





Source link

वुमन्स डे कपमा नेपालले आज नामिबियासँग खेल्दै – Online Khabar


२४ फागुन, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप टी-२०आई शृंखलामा आज चौथो दिनका खेलहरू हुँदै छन् ।

नेपालले आफ्नो चौथो खेलमा नामिबियासँग खेल्दै छ । युगाण्डा र हङकङको खेल पनि छ । नेपालको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ ।

नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङसँग २ रनले परााजित भएको थियो ।

नामिबियाले पहिलो खेलमा नेपाललाई हराएपनि युगाण्डा र हङकङसँग पराजित भएको थियो । अंकतालिकामा युगाण्डा र हङकङ ४-४ अंकसहित पहिलो र दोस्रोमा छन् ।

नेपाल र नामिबिया २-२ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । नेपालले यसपछि फागुन २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट





Source link

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य


कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।  समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।  

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६३, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ। 

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु १८०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ।  

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ। 

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १७०, कोइराला प्रतिकेजी रु ३५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ। 

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १३०, निबुवा प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ। 

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ५०, हरियो धनिया प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ। रासस

प्रकाशित: २८ फाल्गुन २०८१ ०७:५९ बुधबार





Source link

‘उपभोक्ता अदालत’ २ चैतदेखि सञ्चालनमा आउने


गत माघ तेस्रो साता सरकारले काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्षेत्राधिकार रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको थियो ।



Source link

अमेरिकाबाट आफ्ना राजदूत डिपोर्ट भएपछि पाकिस्तानले के भन्यो?


अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तानका वरिष्ठ कूटनीतिज्ञ तथा तुर्कमेनिस्तानका लागि राजदूत के.के. अहसन वागनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले प्रवेश गर्नबाट रोकेका छन्। 

निजी भ्रमणका लागि अमेरिका पुगेका वागनलाई त्यहाँबाट डिपोर्ट गरिएको हाे। पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, उनको साथमा वैध भिसा र सबै आवश्यक यात्रा कागजातहरू थिए। तर अमेरिकी अधिकारीहरूले उनलाई प्रवेश अनुमति दिएनन् र फिर्ता पठाए।

पाकिस्तानको विदेश मन्त्रालयले यो घटनाको पुष्टि गर्दै छानबिन सुरु गरेको जनाएको छ। मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, ‘राजदूत अहसन वागनलाई अमेरिकाबाट डिपोर्ट गरिएको हो। उनको अध्यागमनमा केही समस्या देखिएको कारण यो कदम चालिएको हो।’ यद्यपि, समस्या के थियो भन्ने बारेमा अझै स्पष्ट जानकारी दिइएको छैन। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, वागनलाई इस्लामाबाद फिर्ता बोलाएर घटनाबारे स्पष्टीकरण मागिन सक्छ।

एआरवाई न्यूजले उल्लेख गरेअनुसार, वागनको अघिल्लो कार्यकालमा लस एन्जलसमा डेपुटी कन्सुल जनरल रहँदा प्रशासनिक भ्रष्टाचारको आरोप लागेको थियो, जसले यो घटनालाई प्रभावित गरेको हुन सक्छ। अहसन वागनले आफ्नो कूटनीतिक करियरमा धेरै महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। उनले काठमाडौंस्थित पाकिस्तानी दूतावासमा दोस्रो सचिव, लस एन्जलसमा डेपुटी कन्सुल जनरल, ओमानको मस्कटमा मिसनका उपप्रमुख, नाइजरको नियामीमा मिसन प्रमुख र हाल तुर्कमेनिस्तानका लागि राजदूतको भूमिका निर्वाह गर्दै छन्।

यो घटना पाकिस्तानका लागि कूटनीतिक रूपमा लज्जाको विषय बनेको छ। अमेरिकी दूतावास वा अध्यागमन अधिकारीहरूबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै अमेरिकाले आप्रवासन नीतिलाई कडा बनाएको छ। तर यस्ता नीति सामान्यतया अवैध आप्रवासीहरूलाई लक्षित हुन्छन्। 

पाकिस्तानको विदेश मन्त्रालयले लस एन्जलसस्थित आफ्नो वाणिज्यदूतावासलाई यो घटनाको गहिरो अनुसन्धान गर्न निर्देशन दिएको छ। यसअघि अमेरिकाले पाकिस्तानसहित अफगानिस्तान, इराक, इरान, लेबनान, लिबिया, प्यालेस्टाइन, सोमालिया, सुडान, सिरिया र यमन जस्ता देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। तर, कूटनीतिज्ञमाथि यस्तो कदम चालिनुले थप प्रश्नहरू उब्जाएको छ।

प्रकाशित: २७ फाल्गुन २०८१ १८:५४ मंगलबार





Source link

सीएनआईको ‘महिला नेतृत्व सम्मेलन’ ३ चैतमा – Online Khabar


२७ फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आयोजना गर्ने भएको छ । सीएनआईले ३ चैतमा काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको सीएनआईले जनाएको छ । सम्मेलन आयोजना गर्न सीएनआई उमन लिडरसिप फोरमले संयोजन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘उमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन उमन’, ‘बियोन्ड बाउन्ड्रिज’ विषयमा सत्रगत रूपमा छलफल हुनेछ ।

मंगलबार सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा गहन रूपमा छलफल हुने बताए ।

उनका अनुसार यो सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलालाई प्रेरित गर्ने छ ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिला सहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरम सभापति छाया शर्माले बताइन् ।

सीएनआईका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलालाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।

टाइटल स्पोन्सर नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले महिलालाई अगाडि बढाउन बैंकले सहयोग गर्दै आइरहेको र सोही अनुरूप यस सम्मेलनमा पनि बैंक आबद्ध भएको बताए ।

सम्मेलनमा ‘मेक इन नेपाल’ स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने सीएनआईले जनाएको छ ।





Source link

साफ यु–१९ च्याम्पियनसिप: नेपाल र भारत एउटै समूहमा


नेपाल साफ यु–१९ च्याम्पियनसिप २०२४ मा आयोजक भारत रहेको समूह ‘बी’ मा परेको छ।

भारतको अरुणाञ्चल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म हुने तेस्रो संस्करणको साफ यु–१९ च्याम्पियनसिपका लागि मंगलबार काठमाडौंमा भएको ड्रअनुसार नेपाल आयोजक भारतसहित समूह ‘बी’ मा परेको हो।

यस प्रतियोगितामा भारत, नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका गरी ६ टोली सहभागी छन्। नेपाल रहेको समूह ‘बी’ मा भारत र श्रीलंका छन् भने समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन्।

प्रतियोगितामा समूह चरणको शीर्ष दुई टोली सेमिफाइनल मा प्रवेश गर्नेछन्। कुल ९ खेल हुने यस च्याम्पियनसिपका खेलहरू अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा आयोजना गरिनेछन्।

नेपालमा सन् २०२३ मा सम्पन्न भएको साफ यु–१९ च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।

सन् २०२४ मा भने साफ यु–२० च्याम्पियनसिप आयोजना गरिएको थियो।

प्रकाशित: २७ फाल्गुन २०८१ १८:५९ मंगलबार





Source link

वीर अस्पतालमा पार्किन्सन, छारे रोगका बिरामीका लागि नयाँ प्रविधि भित्रियो


२७, फागनु, काठमाडौं । वीर अस्पतालले स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा ल्याएको छ ।अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकास्थित क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन र स्पाइनल स्टीम्युलेसन सेवा सञ्चालनमा ल्याइएको प्रा.डा.राजीव झाले जानकारी दिए ।

न्यूरो विभागका प्रमुख समेत रहेका प्रा.डा. झाका अनुसार यी दुई प्रविधिले पार्किन्सन, छारे रोग र ओसीडीका बिरामीको उपचारमा ठूलो भूमिका खेल्छ ।

उनी भन्छन्, ‘विद्युतीय तरंग प्रवाह गरी दिमागका विशिष्ट क्षेत्रहरूलाई सक्रिय पार्ने डिप ब्रेन स्टीम्युलेशन प्रविधिले दीर्घकालीन स्नायुगत समस्याहरूको लक्षण कम गर्न मद्दत गर्छ। साथै, मेरुदण्ड पक्षघात तथा नशासम्बन्धी दीर्घ रोगीहरूका लागि स्पाइनल स्टुमिलेसन विधि पनि सञ्चालनमा ल्याइएको हो।’

पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओसीडी जस्ता स्नायुगत समस्याहरूमा परम्परागत उपचारले सुधार नआएका बिरामीका लागि सो सेवा विधि सुरू गरिएको छ।

सो नयाँ उपचारका लागि योग्य बिरामीहरूको छनोट चैत्र १८ गतेसम्म अस्पतालको न्यूरोसर्जरी विभागको चौथो तल्ला, कोठा नं. ४३९ मा बिहान १२ बजेदेखि साढे १ सम्म हुने बताइएको छ ।

पार्किन्सन रोग, छारे रोग, शारीरिक कम्पन, डिस्टोनिया, ओसीडी, दीर्घ दुखाइ, र पक्षघात लगायत पीडित बिरामी र स्नायु रोगको उपचारबाट सन्तोषजनक सुधार नआएका बिरामीहरूले तोकिएको मितिभित्र सम्पर्क गर्न सक्नेछन् ।

 





Source link

सञ्चारमन्त्रीले भने- ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाल्नुजस्तै


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्रको अन्त्य भइसकेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित हुलाक टिकट प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वीरेन्द्र र दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु नेपाली नेताहरूको ठूलो गल्ती भएको टिप्पणी गरे।

‘भइरहेको राजालाई दरबारबाटै मारियो, त्यसपछि हुने युवराज पनि मारियो। राजतन्त्र त्यही दिन सकिएको थियो। जनताले होइन, दरबार आफैंले राजतन्त्र समाप्त गर्‍यो,’ मन्त्री गुरुङले भने।

ज्ञानेन्द्रलाई राजा बनाउनु ‘सर्पको बच्चा पाल्नुजस्तै’ भएको उनले टिप्पणी गरे। ‘नभएको राजालाई बनाएर सबै खाइदियो। अन्ततः जनताले आन्दोलन गरे, राजतन्त्र परास्त भयो। अब राजालाई बोकेर देश विकास हुँदैन,’ उनले थपे।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि राजतन्त्र खोज्नु ‘बिजुलीको साटो अगुल्टो खोजे सरह’ भएको उनले बताए।

उनले राष्ट्रवादीको नाममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो ल्याउनेहरू राष्ट्रवादी कसरी हुन सक्छन् ? भन्दै प्रश्न गरे।

प्रकाशित: २७ फाल्गुन २०८१ १९:०३ मंगलबार





Source link

स्वास्थ्य विभागको महानिर्देशक बन्दै डा. टंक बाराकोटी


२७ फागुन, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा. टंक बाराकोटीलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

तत्कालीन महानिर्देशक डा. विकास देवकोटालाई सरकारले बिहिवार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै विभागको महानिर्देशक पद रिक्त छ । मन्त्री पौडेलले डा. बाराकोटीलाई जिम्मेवारी दिन लागेको मन्त्रालय स्रोतले जानकारी दियो ।

बाराकोटीलाई महानिर्देशक बनाउने टिप्पणी तय भएर मन्त्री पौडेलकोमा पुगेको छ ।

‘डा. बाराकोटीलाई नै बनाउने भनेर टिप्पणी उठेको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सायद भोलि नै निर्णय हुने देखिन्छ ।’

लोकसेवा आयोगले अतिरिक्त सचिव डा संगिता मिश्रा, डा बाराकोटी र डा. देवकोटालाई सचिवका लागि सिफारिस गरेका थियो ।

डा. देवकोटा सचिव भएकोमा डा. मिश्राले असन्तुष्टि जनाउँदै मन्त्रालयमा हाजिर गरेकी छैनन् । मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिन लागेका हुन् ।

अहिलेसम्म नियुक्ती पत्र भने नपाएको डा. बाराकोटीले बताए । ‘फाइल अगाडी बढेको मन्त्रालयमा सुनेको हो । तर अहिलेसम्म नियुक्तिपत्र भने पाएको छैन,’ डा. बाराकोटीले अनलाइनखबरसँग भने ।

डा. बाराकोटी पनि मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् ।

लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।





Source link

दुर्घटनामा एकको मृत्य, दुई घाइते


पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७  रमनटारमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

चितवनबाट मनहरीतर्फ आउँदै गरेको ग११प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट आउँदै गरेको बा प्र ०३–००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार बाराको कोल्बी नगरपालिका–५ निवासी ३४ वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको छ।  

दुर्घटनामा परी गम्भीर घाइते सरितालाई उपचारको लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

सोही दुर्घटनामा परेर घाइते मोटरसाइकल चालक मृतक सरिताका श्रीमान् ३५ वर्षीय शिवकुमार चौधरी र चौधरीको साढुभाइको छोरा ५ वर्षीय अंशकुमार चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

मोटरसाइकललाई दिने मिक्सर ट्रक र  ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी ४९ वर्षीय धनबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए। रासस

प्रकाशित: २७ फाल्गुन २०८१ १९:१० मंगलबार





Source link

जनकपुरमा कलभर्टमुनि भेटियो पुरुषको शव – Online Khabar


२७ फागुन, जनकपुरधाम । जनकपुरमा कलभर्टमुनि एक पुरुषको शव फेला परेको छ ।

हुलाकी राजमार्ग अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१८ भोइलस्थित सडक कल्भर्टमुनि अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

शव सडेगलेको अवस्थामा मंगलबार दिउँसो फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट केही शंकास्पद सामानहरू पनि बरामद भएको छ ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।

घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए ।





Source link

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने


उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मंगलबार प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्दै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिए।

उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो। सरकारले काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन थियो छ।

उपभोक्ता अदालतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ। त्यस्तै, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएको छ।‍

प्रकाशित: २७ फाल्गुन २०८१ १९:१० मंगलबार





Source link