Category Archives: नेपाल समाचार

कोही किन सम्बन्ध विच्छेद गर्छ ? – Online Khabar


विवाह गरेको एक वर्ष पनि नपुग्दै हालै सम्बन्ध विच्छेद गरेको जोडीको कथा सामाजिक सञ्जाल, सञ्चारमाध्यमदेखि चियापसलसम्म गफको विषय बनेको छ । यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धनाढ्य एलन मस्कले सम्बन्ध विच्छेद गर्ने महिलालाई श्रीमान्को सम्पत्ति दिनु नपर्ने गरी कानुन बनाउने भनेर गरेको मिडियाबाजी पनि भइरहेको छ ।

केही अगाडि सार्वजनिक भएको नेपालमा उकालो लागेको सम्बन्ध विच्छेदको ग्राफ पनि यो प्रसंगमा जोडिन आउँछ । जस अनुसार आर्थिक वर्ष २०७८/७९ मा सर्वोच्च अदातलमा ५४ वटा, उच्च अदालतमा ९०८ वटा र देशभरका जिल्ला अदालतमा ३६ हजार ४७२ गरी जम्मा ३७ हजार ४३४ वटा फिराद सम्बन्ध विच्छेद गरिपाऊँ भनी दर्ता भएका थिए । यीमध्ये सर्वाेच्चमा १३ वटा, उच्चमा ५११ वटा र जिल्ला अदालतमा २६ हजार ५५४ वटा मुद्दामा सुनुवाइ भएको थियो । आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सर्वोच्चमा ६५ वटा, उच्चमा १ हजार १२९ वटा र देशभरका जिल्ला अदालतमा ३८ हजार ९८९ गरी जम्मा ४० हजार १८३ फिराद दर्ता भएका छन् । तीमध्ये सर्वोच्चमा १४, उच्चमा ६६६ र जिल्ला अदालतहरूमा २९ हजार ४५० मुद्दा किनारा लागेका छन् । यसरी सम्बन्ध विच्छेदको फिराद बढ्नु एक-दुई मानिसको मात्रै कुरा रहेन । त्यसैले यो आम चासोको विषय बन्नु स्वनभाविक पनि हो ।

म मेरा विद्यार्थी, किशोरवयको छोरा र उसका साथी, आफ्नै सहकर्मी र चियापसल वा रेस्टुरेन्टमा गफ गरिरहने परिचित, अपरिचितका कुरा चासो दिएर सुनिरहन्छु । समाजमा चलेका यस्ता बहसले हामीले गरिरहेका वा गराइरहेका अनुसन्धानका विषयमा समेत असर गर्छन् । अनुसन्धानका कुरा हुँदा कसैले फ्याट्ट भन्छन्, ‘यत्रो सम्बन्ध विच्छेदको ग्राफ बढिरहेको छ, यसमा रिसर्च गर न ।’ दुई–तीन महिना घरेलु हिंसामाथि थेसिसको काम गरिरहेका विद्यार्थीले ‘म त घरेलु हिंसाको भन्दा, सम्बन्ध विच्छेदमा थेसिस गर्छु’ पनि भनिरहेका हुन्छन् । अनि फेरि उही लम्बेतान गफ, बजारमा सुनिरहेको, पढिरहेको वा हेरिरहेको कथा अनि अनुमानका आधारमा गरिने तर्क । यस्ता अनुमान र तर्क मानिसले आफ्नो आफ्नो ज्ञान, विवेकका आधारमा गरिरहेका हुन्छन् । यो लेखमा समग्र नेपाली समाजमा उकालो चढ्दो सम्बन्ध विच्छेदको ग्राफ र कसैको व्यक्तिगत कथाका बारेमा चलिरहेका गफका केही सामाजिक पक्षहरूलाई जोडेकी छु ।

सुरुमै भनौं, यो कुनै व्यवस्थित अनुसन्धानको निचोड होइन । म यस विषयमा अनुसन्धान गर्न पनि चाहन्न । सम्बन्ध विच्छेदको विषयमा काम गर्न नसक्ने मेरा केही कारण छन् । पहिलो सम्बन्ध विच्छेद व्यक्तिगत जीवनका केही पीडादायी घटनामध्ये एक हो । व्यक्तिका पीडाले भरिएका कथा सुन्दा मलाई मानसिक रूपमा नै असहज महसुस हुन्छ । ती कथाले मानसिक स्वास्थ्यमा पार्ने असरबाट म बच्न चाहन्छु ।

दोस्रो कारण हो, पीडा कसैको पनि कोट्याइरहने कुरा होइन । कसैका पीडालाई कोट्याएर फेरि आफैंले नै पीडा नथपौं भन्ने लाग्छ । तेस्रो पक्ष भने पछिल्ला नौ दश वर्षमा सर्भाइभरहरूसँग प्रत्यक्ष भेट्दा भेट्दै मैले के थाहा पाएँ भने, गहिरो विश्वास नभई वा गहिरो विश्वासको सम्बन्ध भएको व्यक्तिसँग पनि मानिसले सबै कुरा खुलेर बताउँदैन वा बताउन सक्दैन । त्यसैले एक–दुई पटक भेटेर अन्तर्वार्ता गरेको वा प्रश्नपत्र भरेको भरमा निकालिएका तथ्यांक कतिपय अवस्थामा सतही हुन्छन् ।

बजारका गफमा मुख्यगरी दुईथरीका तर्क रहेछन् । ती तर्कमा दुई खेमा रहेछन्, महिला र पुरुष । एउटै कथालाई महिला खेमाबाट हेर्दा पुरुषहरू खराब भएको कारण सम्बन्ध विच्छेद बढेको भन्ने बुझाइ रहेछ । त्यही कथालाई पुरुषहरूको खेमाबाट हेर्दा महिलाहरू खराब भएर सम्बन्ध विच्छेद भएको भन्ने बुझाइरहेछ ।

महिलाका नजरमा पुरुष दोषी

आज पनि धेरै पुरुषका नजरमा ‘महिला एक परावलम्बी, परजीवी हो । जो श्रीमान्को सम्पत्तिमा लोभ गर्छे । सम्पत्ति हेरेर विवाह गर्छे, अनि सम्पत्ति पाउनको लागि सम्बन्ध विच्छेद गर्छे’ भन्ने मान्यता जबर्जस्त छ ।

सम्बन्ध विच्छेदको कुरा आउँदा केही वर्षदेखि एउटा नारा सामाजिक सञ्जालमा आइरहन्छ, ‘मरेकी छोरीभन्दा डिभोर्सी छोरी स्वीकार’भन्ने । यसले समाजमा महिला त्यसमा पनि विवाहित महिलामाथि विविध प्रकारका हिंसा छन् । त्यो हिंसाले दिने मानसिक, शारीरिक पीडाले कतै महिला आफ्नै श्रीमान्बाट मारिने पो हो कि वा कतै मानसिक रुपमा दिएको पीडाको कारण आत्महत्या पो गर्ने हो कि भन्ने सवाल जोड्छ । समाजमा यस प्रकारका हिंसा छन् । त्यसैले यो सवाल सत्यको नजिक छ । अर्को राज्यले महिलाका अधिकारहरू सुनिश्चित गरेको छ । जसको कारण अहिले महिलाहरू पढेलेखेका, आफ्नो खुट्टामा उभिन सक्ने, पैतृक सम्पत्तिमा दाजुभाइ सरह हक भएका र आफ्ना अधिकारको बारेमा जानकार सशक्त महिला हुन् ।

तर महिलाको उक्त सशक्तीकरणको विषयमा पुरुषहरू नजाने जस्तो, थाहा नपाए जस्तो गर्न चाहन्छन् । किनभन्दा नजाने जस्तो गर्दा पुरुषलाई फाइदा छ । एकजना महिलाले पुरुषको भन्दा तीन–चार गुणा बढी काम गर्नुपर्ने बाध्यता छ । पुरुषले महिलाको भूमिका नलिने तर महिलाले महिलाका पनि पुरुषका पनि भूमिका निभाउन बाध्य बन्दा धेरै सम्बन्धमा क्लेस छ । यहाँसम्मको बुझाइ धेरै हदसम्म ठिक भए पनि महिलाका खेमाबाट आउने सबै पुरुष हिंस्रक भन्ने भाष्य भने सही छैन ।

पुरुषका नजरमा महिला दोषी

आज पनि धेरै पुरुषका नजरमा ‘महिला एक परावलम्बी, परजीवी हो । जो श्रीमान्को सम्पत्तिमा लोभ गर्छे । सम्पत्ति हेरेर विवाह गर्छे, अनि सम्पत्ति पाउनको लागि सम्बन्ध विच्छेद गर्छे’ भन्ने मान्यता जबर्जस्त छ । समाजमा महिला पनि पुरुष बराबरकै हैसियतकी व्यक्ति हो भन्ने धेरै मानिसलाई लाग्दैन । नेपालमा लिंगको आधारमा सम्पत्ति सम्बन्ध हेर्दा धेरै नै परिवर्तन आएको छ, सोचमा आएको छैन । तर, कानुन व्यवसायीहरूसँग कुरा गर्दा सम्बन्ध विच्छेदको फिराद दर्ता गर्न चाहने पढे–लेखेका महिलाहरूले आम रूपमा पुरुषको खेमामा भने जस्तो श्रीमान्को सम्पत्तिको माग त गर्दैनन् नै अदालती प्रक्रियामा लाग्ने शुल्क पनि आफैंले बेहोर्ने धेरै छन् ।

कानुन व्यवसायी महिलाहरूको एउटा गुनासो छ । पढेलेखेका सक्षम महिलाले कानुनी हकले पाएको अंश नलिंदा दुई प्रकारले घाटा हुन्छ । पहिलो विवाह भएपछि शारीरिक, मानसिक, भावनात्मक रूपमा उक्त घरमा गरेको महिलाको लगानीको अर्थ हुन्छ त्यो उनीहरूले अवमूल्यन गरिरहेका छन् । अंश नलिई सम्बन्ध विच्छेद गर्ने महिलाका कारण आम रूपमा गृहिणीको जीवन विताएका महिलाका हक कालान्तरमा खोसिने त हैनन् ? भन्ने सवाल पनि छ ।

सम्पत्तिको लोभमा विवाह गर्ने महिला पनि समाजमा छन् । तर, त्यस्ता महिला हिंसामा कति परेका छन् ? केही अपवादलाई लिएर महिलाहरूले सम्बन्ध विच्छेदको पहल गर्दा सबै सम्बन्ध विच्छेद गर्न चाहने महिलाहरू सम्पत्तिको लोभमा विवाह र सम्बन्ध विच्छेद गर्छन् भनेर सामान्यीकरण गर्न मिल्दैन । तर, सम्पत्तिको लोभमा विवाह र सम्बन्ध विच्छेद गर्ने महिला छैनन् नै भन्न पनि सकिन्न ।

दुवै असल भए सम्बन्ध विच्छेद हुन्न ?

महिला र पुरुषमध्ये दुवै असल हुँदाहुँदै पनि सम्बन्ध विच्छेद भएको छ कि छैन ? भन्ने विषयमा भने कमै मानिसको चासो रहने रहेछ । नेपाली समाजमा पछिल्लो वर्षहरूमा महिला–पुरुष एकअर्काका नराम्रो सम्बन्ध नभएर पनि सम्बन्ध विच्छेद गरिरहेका छन् । पहिलो त, विवाहभन्दा अगाडि जे सोचिएको थियो, सोही अनुसार एकअर्काको बीचमा तालमेल मिलेन । एकअर्काको लागि र आफ्नै लागि पनि किन अल्झिएर बस्ने भनेर सम्बन्ध विच्छेद गर्ने मानिस पनि समाजमा छन् ।

यसरी सम्बन्ध विच्छेद गर्नेका बानीव्यवहार, खानपान, प्रेम, यौनदेखि श्वास र पसिनाका गन्धसम्म पर्ने गरेका छन् । देखाउनलाई खास ठूलो समस्या त छैन तर एउटाले खाएको वा पिएको श्रीमान्श्रीमतीमध्ये अर्कोलाई मन पर्दैन । एउटाले लगाएको लुगा, मेकअप, फुर्तीफार्ती अर्कोलाई मन पर्दैन । अरूलाई भन्दै हिंड्न त भएको छैन यौन सम्बन्धमा दुवैको रुचि मिल्दैन जस्ता समस्याका कारण पनि विच्छेद गर्ने मानिसहरू छन् । यस प्रकारका समस्याले वैवाहिक सम्बन्धमा ल्याउने दरारको विषयमा मानिसको कम चासो रहेको पाइन्छ ।

दोस्रो नक्कली विवाह र नक्कली सम्बन्ध विच्छेद पनि ह्वात्तै बढेको वकालतमा रहेका व्यक्तिहरू बताउँछन् । विदेश जानका लागि श्रीमान्ले श्रीमतीको, श्रीमतीले श्रीमान्को अर्कैसँग नक्कली विवाह गराएर डिपेन्डेन्टमा पठाउन त्रिभुवन विमानस्थलमा राजीखुशी हाँस्दै रुँदै गएका कथा वा सासूससुराले छोरी ज्वाईं वा छोरा बुहारीलाई सम्बन्ध विच्छेद गराएर बुहारी वा ज्वार्इंलाई डिपेन्डेन्टमा लैजाने व्यक्ति खोज्दै हिंडेका कथा पनि नेपाली समाजमा अब आम कथा जस्तै भइसकेका छन् । जुन कथाका पात्रहरूको सामाजिक, सांस्कृतिक सम्बन्धमा केही पनि तलमाथि भएको हुँदैन ।

यस्तै कथा कतिपय भ्रष्टाचार वा गैर कानुनी क्रियाकलापमा संलग्न भएका श्रीमान्–श्रीमतीको बीचमा छन् । जो कानुनी रूपमा छ सम्बन्ध विच्छेद भएका व्यक्तिहरू हुन्, तर सामाजिक–सांस्कृतिक रूपमा उनीहरू श्रीमान्–श्रीमती नै हुन्छन् । यस्ता कथाहरूका फिराद पनि कानुनको नजरमा फिराद नै हुन् । तर, के यी पनि सम्बन्ध विच्छेदका घटना हुन् त ? भन्दा पक्कै होइनन् । तर, यस्ता कथाहरू वार्षिक रूपमा आउने तथ्यांकको कति प्रतिशत ओगट्छन् भनेर यसै भन्न सकिन्न ।

अन्त्यमा, कानुनी रूपमा गरिने तर नक्कली सम्बन्ध विच्छेद बाहेक सामाजिक, सांस्कृतिक र कानुनी सबै तवरमा सम्बन्ध विच्छेद हुनु भनेको व्यक्तिगत जीवनमा पीडादायी घटना हो । तर, व्यक्तिगत जीवनमा दुई वा दुई भन्दा बढी पीडा हुने अवस्था आएपछि व्यक्तिले पीडाको पनि प्राथमिकीकरण गर्दोरहेछ । अर्थात् मानिसले वैवाहिक सम्बन्धमा भोगिरहेको पीडाको तुलनामा सम्बन्ध विच्छेदबाट हुने पीडा सानो देख्दोरहेछ । तर, पीडा भए पनि सम्बन्ध विच्छेद भएका सबै व्यक्तिको श्रीमान्–श्रीमतीको बीचमा खराब सम्बन्ध नै थियो भन्न सकिन्न । सम्बन्ध विच्छेदको कानुनी व्यवस्थाले मन परे पनि मन नपरे पनि, कुरा मिले पनि नमिले पनि, हिंसा सहेरै भए पनि सँगै बस्न पर्दैन भनेर बाटो पनि त दिएको छ ।





Source link

संसारको पहिलो सुपर घोडा तयार, आनुवंशिक सम्पादनको चमत्कार


काठमाडौं । अर्जेन्टिनाको चर्चित तथा पुरस्कार विजेता धावक घोडा पुरेजा अब विभिन्न पाँचवटा आनुवांशिक सम्पादित (जेनेटिकल्ली एडिटेड) घोडाहरुमा जिवन्त रहनेछ ।

किनकि उक्त नश्लको पोलो घोडाको आनुवंशिक सम्पादनबाट नयाँ घोडाहरुको विकाश गरिएको छ । यी घोडाहरु आफ्ना पूर्वजको तुलनामा उत्कृष्ट छन् जो तिव्र गतिमा दौडिनुका साथै बढि स्वस्थ तथा शक्तिशाली छन् ।

अर्जेन्टिनाको जैविक प्रविधि कम्पनी खेरियनका वैज्ञानिकहरुले ऋच्क्ष्क्एच् ऋब्क्ढ नामक प्रविधिको प्रयोग गरेर विश्वके पहिलो आनुवंशिक रुपमा सम्पादित घोडाको विकास गरेको हो ।

नयाँ विकशित नश्लका घोडाहरुको जन्म गत अक्टोबर र नोभेम्बर महिनामा भएको थियो । खेरियनका सह सस्थापक तथा वैज्ञानिक निर्देशक ग्याब्रियल विचेराका अनुसार उनीहरुले घोडाको जन्मअघि नै उनीहरुको जिनोम डिजाइन गरिदिन्छन् ।

पोलो घोडा प्युरेजाको स्पेनिस भाषामा शुद्धता भन्ने अर्थ हुन्छ । यसलाई अर्जेन्टिनाको एसोसिएसन अफ पोलो हर्स ब्रिडर्स हल अफ फेममा सामेल गरिएको थियो ।

वैज्ञानिकहरुले पाँचवटा घोडाको लागि आनुवंशिक आधारको रुपमा पोलो प्युरेजाको सरीरबाट जिन निकाले अनि उक्त जिनलाई सम्पादित गरे ताकि नयाँ घोडाका अन्य गुणवत्ताहरु कायम राख्न सकियोस्।

विचेराका अनुसार कतिपय मांशपेशी फाइबर हुन्छन् जसले यसलाई अधिक उत्कृष्ट बनाउँछन् । उनीहरुको लक्ष्य चाहीँ ती जिनहरुलाई एउटै पुस्तामा सटिक तरिकाले सामेल गर्नु हो ।

यसो गर्दा उक्त घोडा आनुवंशिक डोपिंग वा आनुवंशिक रुपबाट संशोधित जिवहरुको श्रेणीमा नपर्ने उनको भनाई छ । आफूहरुले केहीपनि कृत्रिम नबनाएको र सबै प्राकृतिक श्रेणीलाई लिइरहेको उनी बताउँछन् ।

यो प्रविधिले वैज्ञानिकहरुालई कुनैपनि घोडाको जिनोमलाई समायोजन गर्नसक्ने बनाएको छ । खेरियनले सुँगुरलाई पनि आनुवंशिक रुपमा सुधार गर्ने कार्यमा जुटिरहेको छ ताकि सुँगुरका अंगहरु मानिसमा प्रत्यारोपण गर्न काम लागून् । साथै अधिक प्रोटिन र छोटो रौँयुक्त गाईको विकास गर्नमा पनि उक्त कम्पनी जुटिरहेको छ । एजेन्सीको सहयोगमा





Source link

अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले – Online Khabar


४ फागुन, काठमाडौं । नेकपा एमालेले अध्यादेशबारे विपक्षी दलहरूले अनावश्यक भ्रम सिर्जना गरेको आरोप लगाएको छ । आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकपछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।

‘अध्यादेशबारे अपोजिसनले अनावश्यक भ्रम सिर्जना गर्ने काम गर्‍यो,’ बर्तौलाले भने ।

भूमिसम्बन्धी अध्यादेश पनि १२ लाख भन्दा बढी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र लितहरूलाई जग्गा वितरण गर्ने मनसायका साथ ल्याइएको उनले बताए । तर, यसबारे अनर्गल प्रचार गर्ने काम भएको उनको भनाइ छ ।

विपक्षीको प्रचारका कारणले केही छलफल गर्नुपर्ने अवस्था सिर्जन भएको र अध्यादेश अगाडि बढाउनका लागि केही पक्रिया लम्बिन पुगेको उनको भनाइ छ ।

तथापि, अध्यादेशहरू अगाडि बढ्ने उनको दाबी छ । ‘तर, अब यो तीन दिन पछिको बैठकमा यस(अध्यादेश)लाई हामी समावेश गरेर जान्छौं,’ उनले भने ।

जुन दिन अध्यादेश संसद्मा प्रस्तुत हुन्छ त्यो दिन सहज ढंगबाट स्वीकृत भएर अगाडि बढ्ने उनले बताए ।





Source link

फिल्म प्रेरणादायी – Online Khabar


लन्डन । नेपाली फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को बेलायतमा वर्ल्ड प्रिमियर गरिएको छ । एल्डरसटस्थित अम्पायर हलमा फिल्म देखाइयो ।

प्रिमियर समारोहमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे मुख्य अतिथिको रुपमा थिए । बेलायतस्थित नेपाली फिल्म निर्माता, व्यवसायी र नेपाली समुदायको बाक्लो सहभागिता थियो ।

प्रिमियरमा निर्देशक मिलन चाम्स, अभिनेत्री सिर्जना सुब्बा, निर्माता प्रेम श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, निर्देशक समाजका महासचिव अरुणकुमार प्रधान र होस्ट नरेश भट्टराई पनि उपस्थित थिए ।

नेपालमा जारी अन्तर्राष्ट्रिय खेलको कारण एन्जिला प्रिमियरमा सहभागि हुन सकिनन् । भिडियो सन्देशमार्फत सुब्बाले फिल्म टीमलाई शुभकामना दिइन् भने दर्शकलाई धन्यवाद । उनको परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

anjila premiere2

प्रिमियर समारोहमा राजदूत घिमिरेले नेपाली खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । ‘अहिले उकालो लागिरहेको नेपालको खेल क्षेत्रका उदीयमान खेलाडीमाथि चलचित्र बन्न सुरु भएको छ, जसले नयाँ इतिहासको अध्याय सुरु गरेको छ’ उनले भने, ‘फिल्म प्रभावशाली र प्रेरणादायी बनेको छ ।’

निर्देशक चाम्सले खेल क्षेत्रको विकास र खेलाडीको संघर्षलाई उजागर गर्न फिल्म निर्माण गरिएको बताए । ‘नेपालमै पहिलो पटक हामीले फुटबल खेलाडीको जीवनीमा आधारित चलचित्र बनाउने कोसिस गरेका छौँ । खेल क्षेत्रको उन्नतिका लागि यो चलचित्र बनाइएको हो’ उनले भने । यो फिल्म नेपालअघि अमेरिका, अस्ट्रेलिया र जापानमा समेत प्रदर्शन हुनेछ ।

निर्माता श्रेष्ठले प्रिमियरबाट संकलित रकम एञ्जिलाको घर बनाउन प्रयोग गरिने बताए । उनले देशका लागि एञ्जिलाले अझै खेल्न सकून भनेर प्रेरणा दिनका लागि एञ्जिलाको घर बनाइदिन लागिएको जनाए ।

फिल्ममा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । नेपालमा यो फिल्म २९ फागुनमा प्रदर्शन तयारीमा छ ।





Source link

अवैध विदेशी मुद्रासहित अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ


५ फागुन, काठमाडौं । अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक ४६ वर्षीया नि यान छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । बाटिक एयरको उडानमार्फत उनी काठमाडौंबाट मलेसिया जान लागेकी थिइन् ।

अन्तर्राष्ट्रिय उडानको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा विभिन्न देशका अवैध मुद्राहरु फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

उनीबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रकम, १ सय मलेसियन रिंगेट बरादम भएको छ । त्यसैगरी विभिन्न कम्पनीका १९ थान मोबाइल, २८ थान सीमकार्ड र १२२ थान मेमोरी कार्ड बरामद भएको छ ।

पक्राउ परेका उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।





Source link

गंगारामदेखि गंगासम्म


गुरुले एक हातमा कपाल अनि अर्को हातमा पानी लिन लगाउनुभयो । कपाल विसर्जनको मन्त्र गुरुजीले पढेर ल बगाइदिनुस् भन्नुभयो । मैले नदी बगेको पट्टि उल्टो फर्केर फुत्तै फालिदिएँ । कपालसँगै क्यान्सर बगाइदिएँ जस्तो लाग्यो । मन हलुका भयो ।



Source link

‘पुस्तान्तरणको बहस सार्थक बनाउन अध्यक्ष लडेको थिएँ’


१० वर्षसम्म एकता र विभाजनको शृङ्खलामा अल्मलिएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन माघ अन्तिम साता काठमाडौंमा सम्पन्न गर्‍यो ।

नीति र नेतृत्व दुवै टुङ्ग्याउनेगरी आयोजित महाधिवेशनमा स्वयं डा. बाबुराम भट्टराई पनि मतदानबाट अध्यक्ष चुनिए । भट्टराईलाई उनकै विद्यार्थी संगठनका पूर्वअध्यक्ष नेत्र चापागाईंले चुनौती दिएका थिए ।

यद्यपि चापागाईं पराजित भए जुन नतिजा अनपेक्षित थिएन। तर चापागाईं भने आफ्नो उम्मेदवारीले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको तर्क गर्छन् । सँगसँगै अर्कोपटक अध्यक्ष बन्ने आत्मविश्वास पनि आएको बताउँछन्, ‘मलाई विश्वास छ– अर्कोपटक बाबुराम भट्टराई नै चुनाव लड्नुभयो भने पनि उहाँलाई पराजित गरेर वैकल्पिक राजनीतिक नेतृत्व गर्न सक्छु ।’

उनै चापागाईंसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीः

हार त अपेक्षित नै थियो । तपाईले नजित्ने निश्चित रहेको चुनाव किन लड्नुभएको ?

हाम्रो एजेण्डा लोकतान्त्रिक थियो, हाम्रो संगठन चाहिँ लोकतान्त्रिक थिएन । त्यसकारण पार्टीको प्रथम महाधिवेशनमा लोकतान्त्रिक शक्ति हो भनेर स्थापित गर्न मैले उम्मेदवारी दिएको हो ।

दोस्रो– उषाकिरण तिमेल्सेना, भीम रावल लगायतलाई देशको सत्तारुढ पार्टीले स्टाटस लेखेबापत, चुनाव लडेबापत कार्बाही गर्ने, यता माओवादी पार्टीमा पनि बीसौं वर्ष त्यस्तै भइरहने भइरहेकाले पार्टीहरूको आन्तरिक लोकतन्त्र संकटमा परेको देखिन्छ ।

र, त्यसले पार्टीहरूलाई खराब बनाइरहेको छ । दल राम्रो नभएसम्म देश राम्रो बनाउन सकिंदैन । त्यसैले हाम्रो पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्छ र त्यसको सन्देश प्रथम महाधिवेशनबाट दिनुपर्छ भन्ने थियो ।

तेस्रो– शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मुद्दाहरू राजनीतिक दल र क्याबिनेटमा पनि छलफल भएको छैन । हाम्रो महाधिवेशनमा पनि छलफल हुने छाटकाँट नदेखेपछि यी मुद्दा लिएर चुनाव लडेको हो ।

मलाई विश्वास छ– अर्कोपटक बाबुराम भट्टराई नै चुनाव लड्नुभयो भने पनि उहाँलाई पराजित गरेर वैकल्पिक राजनीतिक नेतृत्व गर्न सक्छु ।

उम्मेदवारी दिएपछि कतै चुनाव जिति पो हालिन्छ कि जस्तो भएन ?

००७ सालको क्रान्तिका बेलामा पनि कोइरालाहरू झण्डै ३५ वर्षकै हाराहारीमा हुनुहुन्थ्यो । माओवादी जनयुद्ध गर्दा पनि अधिकांश १५ देखि २५ वर्षका युवाहरू बन्दुक बोकेर लागेर जनयुद्धलाई उचाइमा पुर्‍याउनु भएको हो ।

अस्ति भर्खर साझा विवेकशीलमा २५ देखि ३५ वर्षसम्मका साथीहरूले नेतृत्व गर्नुभयो । यसपटक पनि मैले बाबुराम भट्टराईले पुस्तान्तरणको बहस दश वर्षदेखि गरिरहनुभएको हो र मतदाताले मलाई छनोट गर्नुहुन्छ भन्ने विश्वासको साथ उठेको हो । तर आम प्रतिनिधिहरूले मन दिनुभयो, मत दिनु भएन । अर्कोपटक मलाई मत पनि दिनुहुन्छ भन्ने विश्वास छ ।

अहिले चाहिँ विश्वास जितेँ भन्ने अवस्थामा मात्र रहनु भयो ?

यसपटक प्रतिनिधि साथीहरूको सुझाव के छ भने यो तपाईको पहिलो प्रयत्न हो, हामी तपाईलाई निराशा बनाउँदैनौं । अर्को पटक चाहिँ तपाईलाई जिताउँछौं, त्यो स्तरको तयारी गर्नुस् भन्नु भएको छ । मलाई विश्वास छ– अर्कोपटक बाबुराम भट्टराई नै चुनाव लड्नुभयो भने पनि उहाँलाई पराजित गरेर वैकल्पिक राजनीतिक नेतृत्व गर्न सक्छु ।

तर माओवादी पृष्ठभूमिबाट आएका नेताहरूलाई चुनाव परिवेशको सामना कस्तो हुने रहेछ ?

अरु राजनीतिक दलको महाधिवेशन पनि हेरेँ । उम्मेदवारी घोषणा गरिरहँदा जुन खालको व्यक्तिगत गालीगलौजमा उत्रने मान्छेहरू थिए, क्याम्पेन गरेरै त्यो उम्मेदवारलाई उम्मेदवारी दर्ता गर्न नदिने गरिन्थ्यो । तर बाबुराम भट्टराईबाट त्यस्तो दबाब र प्रभाव आएन । मेरो उम्मेदवारीलाई अन्तिमसम्म हार्दिकतापूर्वक स्वीकार्नुभयो । सँगै भोट माग्ने वातावरण उहाँले पनि निर्माण गर्नुभयो । र पार्टी नयाँ र लोकतान्त्रिक शक्ति हो भन्ने सन्देश दिनुभयो ।

तपाईंले भनेजस्तै माओवादी पृष्ठभूमिबाट आएको नेतामा नेतृत्व ट्रान्सफरमा यो स्तरको हार्दिकता सकारात्मक लागेको छ ।

माओवादी पृष्ठभूमिका नजीर के हो भने नेतृत्वविरुद्ध बोल्नेको राजनीति सिद्धिन्छ नि ?

अहिले पनि त्यस्तै देखिन्छ माओवादीमा ।

अरु राजनीतिक दलको महाधिवेशन पनि हेरेँ । उम्मेदवारी घोषणा गरिरहँदा जुन खालको व्यक्तिगत गालीगलौजमा उत्रने मान्छेहरू थिए, क्याम्पेन गरेरै त्यो उम्मेदवारलाई उम्मेदवारी दर्ता गर्न नदिने गरिन्थ्यो । तर बाबुराम भट्टराईबाट त्यस्तो दबाब र प्रभाव आएन ।

बाबुराम पनि माओवादी पृष्ठभूमिकै नेता हुन् । चुनाव लडेपछि पनि यही पार्टीमा रहन्छु भन्ने लाग्छ ?

यो पार्टीमा रहने मात्र होइन, अहिले जित्नुभएको साथीहरूलाई पनि अझै क्रियाशील बनाएर वैकल्पिक शक्तिको मूल शक्ति नै नयाँ शक्ति हो भन्ने बनाएर अर्को महाधिवेशनबाट नेतृत्व लिएर देशमा दुई तिहाइ शक्तिका रूपमा वैकल्पिक शक्तिलाई स्थापित गर्ने आँट लिएर उम्मेदवारी दिएको हो ।

तर कम्युनिष्टभित्र अन्तरविरोध अलग हुने देखिन्छ नि त ?

मलाई थुप्रैले भीम रावल बन्छ भनेर व्याख्या पनि गर्नुभएको थियो । तर न बाबुराम भट्टराई केपी ओली हुन्, न नेत्र चापागाईं भीम रावल । निर्वाचन भनेको हार्दिकता हो । त्यसकारण त्यस्तो संस्कृति हाम्रो महाधिवेशनमा देखिएन, त्यो नै पहिलो महाधिवेशनको सुखद् पाटो हो ।

महाधिवेशनको उपलब्धि भनेकै लोकतान्त्रिक अभ्यास भयो ?

पार्टीमा लोकतान्त्रिक अभ्यास भयो । समावेशी समानुपातिक प्रणाली मार्फत जित्ने सबैको सहभागिता भयो । र, नेपालमा पहिलो पटक नो भोटको अप्सन पनि राखेका थियौं ।

अध्यक्ष पदमै ५ वटा नो भोट पनि परेको छ । यो नेपालका निम्ति नयाँ अभ्यास हो ।

बाबुराम पञ्चायत विरुद्ध लड्नुभयो, राजतन्त्रविरुद्ध लड्नुभयो । प्रधानमन्त्री हुनुभयो । अहिले नाती उमेरका नेताहरूसँग चुनाव लडेर नेतृत्वमा आउँदा नयाँ सन्देश भन्न मिल्ने हो ?

उहाँले पनि बैठकमै पनि पुस्तान्तरणको कुरा राख्नुभएको हो । तपाईंहरू तेस्रो पुस्ताले नेतृत्व गर्नुस् भनेर सहजतापूर्वक प्रस्ताव राख्नुभएको हो । तर प्रतिनिधि साथीहरूले कम्तिमा पनि एक दुई वर्ष गाइड गरिदिनुस्, हामी अलिक परिपक्क भएको छैन भन्ने धेरै साथीहरूको मत भएको कारणले मात्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँले सचिवालयको बैठकमा पनि तेस्रो पुस्ताले नेतृत्व गर्नुस् भनेर उहाँले प्रस्ताव नै राख्नुभएको हो ।

netra chapagain 900
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा अध्यक्षका उम्मेदवार नेत्र चापागाईं । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

भन्नु चाहिँ भयो, गर्नु चाहिँ भएन … ?

सचिवालयको बहुमत साथीहरूले कम्तिमा पनि एक कार्यकाल वा कम्तिमा दुई तीन वर्ष राजनीतिक रूपले गाइड गरिदिनुपर्छ भनेर भनिसकेपछि उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

दोस्रो कुरा हलमा गइसकेपछि त बाबुराम भट्टराई, म र अरु कोही पनि प्रतिनिधि सार्वभौम हो । उहाँले उठ्न पाउनु हुन्न र म मात्रै उठ्छु भन्ने कुरा भएन । जो पनि उठ्न पाउँछ भन्ने मूल्य, मान्यता र सबैले प्रतिस्पर्धा गर्न पाउँछ भन्ने वातावरणलाई मैले नकारात्मक रूपमा लिएको छैन ।

र उहाँले जुन वैचारिक गाइड गरिरहनुभएको छ र त्यसमा पनि संगठनमा विकास गरेर हामी जान्छौं ।

बितेको दश वर्षमा नेतृत्वले गरेको गल्तीमा तपाईहरूबीच विमति छैन । तर त्यही नेतृत्व र संगठनबाट सुधार संभव छ ?

हामीले वैकल्पिक बनाउने तीन वटा कुरा गरेका थियौं । पुराना शक्तिहरूलाई रूपान्तरण गरेर, मुद्दा मिल्नेहरूसँग एकता गरेर र पूरै नयाँबाट सुरु गरेर वैकल्पिक शक्ति बनाउन सकिन्छ भन्ने २०७२ सालको प्रस्तावना हो ।

पुराना राजनीतिक शक्तिहरूसँग एकताबाट हुन्छ कि भनेर उपेन्द्र यादवसँग एकतादेखि जसपा निर्माणसम्मको कोर्स गरियो । संभवतः त्यो कोर्स असफल भयो । दोस्रो पुरानै माओवादी आन्दोलनलाई ट्रान्सफर गर्न सकिन्छ कि भनेर गत आमचुनावदेखि समाजवादी केन्द्र बनाउनेसम्मको कोर्समा काम गर्‍यो । त्यसमा पनि पुराना राजनीतिक शक्तिहरू सत्ता स्वार्थका कारणले एकता गर्ने र छलफल गर्दा हुन्छ भन्ने अनि सत्ता प्राप्त भएपछि पूरै पछाडि फर्कने गरे ।

अब हामी नयाँ वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्दै आफ्नै शक्तिका आधारमा वैकल्पिक शक्ति बनाउँछौं । यो तेस्रो पक्ष हो, र यहाँबाट पछाडि हट्दैनौं ।

त्यसले बाबुराम भट्टराई पनि त्यस्तै हो कि भन्ने जनतामा परेको छ । तर यो महाधिवेशनको जनादेश के हो भने पूरै नयाँ शक्ति नै बनाउने हो र नयाँ मान्छेहरूबाटै ल्याउने हो । अधिकांश युवाहरू (झण्डै ५० प्रतिशत युवा ४० वर्ष मुनिका) केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म जित्नु भनेको कोर्स बदलिएको सन्देश नै हो ।

अब हामी नयाँ वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्दै आफ्नै शक्तिका आधारमा वैकल्पिक शक्ति बनाउँछौं । यो तेस्रो पक्ष हो, र यहाँबाट पछाडि हट्दैनौं ।

पछाडि नहट्न महाधिवेशनको आदेश पनि हो । यदि बाबुराम भट्टराई पछाडि हट्नु भयो भने केन्द्रीय समितिले त्यस्तो म्याण्डेट दिन सक्दैन ।

तपाईहरूले नयाँ वैकल्पिक शक्ति बनाउने घोषणा गरेपछि अरू नयाँ आइसकेका छन् । फेरि तपाईँहरूमा वैकल्पिक शक्ति बन्ने आत्मविश्वास छ ?

नयाँ पार्टी र वैकल्पिक शक्ति अलग कुरा हो । नयाँ पार्टीहरू त आउँछन् । तर नयाँ वैकल्पिक शक्ति भनेको चाहिँ एजेण्डा सहितको नयाँ राजनीति नै हो । अहिले भएका रास्वपादेखि विवेकशीलसम्ममा सुशासन र समृद्धिको करा मात्रै छ । तर रेशम चौधरीदेखि सिके राउतसम्ममा पहिचानको समानताको मुद्दा मात्रै छ । समानता र सुशासनको मुद्दासँगै जोडेर लान सक्ने भनेको हाम्रो नयाँ शक्तिको डकुमेन्ट हो ।

कम्युनिष्ट भन्ने शब्द र पृष्ठभूमिका कारणले पनि तपाईहरू तनावमा हुनुहुँदो रहेछ हैन ?

हाम्रो पार्टी कम्युनिष्ट पार्टी होइन । उन्नत लोकतान्त्रिक पार्टी हो । जस्तो कांग्रेसको प्रतिनिधिमुलुक लोकतन्त्र हो । हाम्रो डाइरेक्ट डेमोक्रेसी हो । पार्टी सदस्यहरू पनि अध्यक्ष छान्न पाउने हाम्रो विधान हो । लोकतान्त्रिकभन्दा पनि अझ उन्नत शक्ति हो हाम्रो चाहिँ ।

कम्युनिष्ट चाहिँ मेरिटोक्रेसीमा आधारित जुन प्रणाली छ, त्यो चाहिँ पुरानो नै भइसक्यो । त्यही भएर कम्युनिष्टप्रति हाम्रो कुनै आकर्षण पनि छैन, हामी कम्युनिष्ट पार्टी पनि होइनौं ।

तर बाबुराम भट्टराई पनि त्यही पृष्ठभूमिबाट आएको हुनाले जनताले शंकाले हेर्ने वातावरण बन्यो । यो महाधिवेशनबाट त्यो निराकरण भएको छ ।

तर चुनाव आएपछि कहिले कम्युनिष्ट र कहिले कांग्रेससँग मिल्दा जनतामा अलमल छ नि ?

आमनागरिकले त्यसरी हेर्ने कुरालाई नकारात्मक लिन्न । किनकि लार्भाबाट पुतली बन्ने क्रममा जानेका बुझेका मान्छेले मात्रै त्यसबाट पुतली बन्छ भन्छन् । अथवा पुतली नबनेसम्म त पुतली बन्छ र भन्ने आशंका हुन्छ । हामीले यो दश वर्षसम्म लार्भाबाट पुतली बन्ने चरणमा थियौं । यो महाधिवेशबाट पुतली बन्यौं र उठ्छौं ।





Source link

फाइनलको लागि पुलिस र ब्ल्याक बुल्स तयार – Online Khabar


२ फागुन, पोखरा । २४औं संस्कणरको आहरारा पोखरा गोल्डकपको उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

शुक्रबार भएको प्रि म्याच कन्फेरेन्समा पुलिस र ब्ल्याक बुल्सले फाइनलका लागि तयार भएको जनाएका छन् ।

खेलाडीको रुपमा ३ पटक आहरारा पोखरा गोल्डकपको उपाधि जितेका नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि मानसिक र शारीरिक रुपमा तयार रहेको बताए । ‘मानिसिक रुपमा हामी तयार छौँ । हामी ११ औं पटक फाइनल खेल्दैछौँ र सातौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छौँ ।’ घिमिरेले भने ।

घिमिरेले फाइनलसम्म आउँदा तीन खेल राम्रो भएको र त्यही स्पिरिट फाइनलमा पनि कायम राख्ने बताए । ‘हामीले ३ खेलमा राम्रो खेलेर आएका छौँ । टिम स्पिरिट राम्रो छ,’ घिमिरेले भने, ‘हाम्रो टिम योङ छ र नयाँ खेलाडीहरु छन् । फाइनलका लागि तयार छौँ ।’

पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले पराजित गरेको पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराएर फाइनल पुगेको हो ।

मनाङ मर्स्याङ्दी समान ६ पटक उपाधि जितेको पुलिस फाइनल पुगेको ११औं पटक हो ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले उज्वेकिस्तानको टिम टेक्निकल्ली र ट्याक्टिकल्ली राम्रो रहेको बताए ।

बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले खेलेको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो । क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गरेको ब्ल्याक बुल्सले पाँच पटकको आहारारा पोखरा गोल्डकप विजेता थ्री स्टारलाई ४-० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।

पुलिस क्लबका प्रशिक्षक घिमिरेले युवा खेलाडी भएपनि आफ्नो टिममा विश्वास रहेको र सातौं पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा रहेको बताए ।

पुलिसले २४ मध्ये २३ संस्करण खेलेको छ र आहरारा पोखरा गोल्डकपमा कीर्तिमान बनाउने अवसर छ । पुलिसले फाइनल जिते सर्वाधिक ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ ।

captain

यस्तै पुलिसका कप्तान राम वाजीले पुलिस टिम पहिले र अहिले धेरै फरक भएको र यस पटक उपाधि जित्नु टिमका लागि महत्वपूर्ण हुने बताए । ‘पहिला पुलिसका स्टार खेलाडीहरु थिए । अहिले फेरिएको छ । नयाँ खेलाडीहरु छन् तर युवा जोश छ ।’ वाजीले भने, ‘चुनौती छ तर हामी तयार छौँ ।’

पुलिसका लागि फाइनलका आशिष राई र सुजन मगर हुने छैनन् । नेपाल युथ टिमबाट मैत्रीपूर्ण खेल खेल्न काठमाडौं गएकोले सेमिफाइनलमा पनि दुई खेलाडी थिएनन् । यी दुई खेलाडी नहुँदा फाइनलमा केही असर हुने तर धेरै फरक नपर्ने कप्तान वाजीले बताए । ‘उनीहरु नहुँदा केही फरक त पर्छ तर धेरै असर गर्दैन । अरु खेलाडीका लागि पनि राम्रो अवसर हुनेछ । हाम्रो स्पिरिट राम्रो छ त्यही अनुसार खेल्नेछौँ ।’

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले फाइनल खेल ५०-५० प्रतिशत हुने बताए । ‘फाइनल खेल सधैँ ५०-५० हुन्छ । हामीले पहिलो भन्दा दोस्रो खेलमा राम्रो प्रदर्शन गर्‍यौँ । फाइनलका लागि तयार छौँ र राम्रो गर्ने प्रयास गर्नेछदँ ।’ उनले भने ।

अब्दुलाजिजले पुलिस टिमको खेल हेरेको र स्टार खेलाडी नरहेपनि फास्ट गेम रहेको बताए । ‘पुलिसका ठूला स्टार खेलाडी छैन । तर उनीहरु फास्ट र टेक्निकल्ली गेम खेलिरहेका छन् । फाइनल खेल राम्रो हुनेछ ।’

यसैगरी ब्लयाक बुल्सका कप्तान जाखिनगिर अख्मादोभले फाइनलका लागि तयार रहेको र राम्रो खेल हुने बताए ।

ब्ल्याक बुल्सले उपाधि जितेमा पहिलो सहभागितामै आहरारा पोखरा गोल्डकप जितेर इतिहास रच्नेछ ।

आहारारा पोखरा गोल्डकपको विजेताले १२ लाख १ हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले ६ हजार हात पार्नेछ ।





Source link

कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि अधिवेशन गर्दै


२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि दोस्रो अधिवेशन गर्न लागेको छ ।

२०५३ सालमा पहिलो अधिवेशन गरेको संघले ७ देखि १० फागुनसम्म दोस्रो अधिवेशन गर्न लागेका हो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।

यसबीचमा तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील थियो । २०५३ देखि हालसम्म चार जना अध्यक्ष बनेका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिबाट संस्था सञ्चालित छ ।

चीजकुमार श्रेष्ठ, टंकमणि शर्मा कँडेल, बालकृष्ण दाहाल तदर्थ समितिका अध्यक्ष हुन् ।

गत मंसिरमा तदर्थ समितिको नयाँ नेतृत्वमा दाहाल मनोनीत भएका थिए । दाहालले दोस्रो अधिवेशन गराउन लागेका छन् । कर्णालीबाहेक अन्य प्रदेशमा अधिवेशन सकिएको अध्यक्ष दाहाल जानकारी गराए ।

अधिवशेन हुन नसकेका जिल्लाबाट प्रतिनिधिहरू पनि महाधिवेशनमा आउन सकिने व्यवस्था गरिएको उनले सुनाए । अधिवेशन हुन दुई जिल्ला बाँकी रहेको दाहालले जानकारी गराए । महाधिवेशनमा चार सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

संशोधित विधान अनुसार केन्द्रीय कार्यसमितिको पदाधिकारीको संख्या ८ सहित सदस्य ५१ जनाको हुन्छ । हाल तदर्थ समिति भने ९५ सदस्यीय छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने महाअधिवेशनको उद्धघाट्न सभापति शेरबहादुर देउवाले गर्ने छन् ।





Source link

मृत्यु हुनेमध्ये आधा मुटु, कलेजो र क्यान्सरका बिरामी


२ फागुन, काठमाडौं । नेपालीको सबभन्दा धेरै कुन रोगले ज्यान जान्छ ? रोचक भन्दा पनि सर्वत्र चासोको प्रश्न हो, यो । किनभने यसको जवाफले हामी के त्यस्ता गल्ती गरिरहेका छौं, जसको कारण अकालमै ज्यान गुमाइरहेका छौं भन्ने तथ्य उजागर हुन्छ ।

नेपाल ‘बर्डेन अफ् डिजिज’ को पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुन्छ । तथ्यांक बमोजिम नेपालीको मृत्युको कारक प्रमुख रोग र संक्रमण सम्बन्धी विश्लेषण गरेका छौं ।

नेपालीको सर्वाधिक मृत्युको कारण हो– मुटु तथा रक्तनली सम्बन्धी रोग । यो रोगका कारण वार्षिक ४६ हजार ३९९ नेपालीको निधन हुने गर्छ । यसपछि दीर्घ श्वास–प्रश्वास रोगले लैजान्छ धेरैलाई । यो रोगका कारण वार्षिक ४० हजार, ७९२ नेपालीको मृत्यु हुने गर्छ ।

यस्तै ट्युमर र क्यान्सर रोगले वार्षिक २१ हजार ६५३ नेपालीको मृत्यु हुन्छ । फोक्सो संक्रमण र क्षयरोगका कारण १६ हजार २३९, पाचन प्रणाली सम्बन्धी रोगले ११ हजार ४०६ जना, मातृ तथा शिशुको समस्याका कारण १० हजार ५३ जनाले ज्यान गुमाउँछन् ।

यस बाहेक मधुमेह तथा मिर्गौला रोगका कारण ८ हजार ५०३, अप्रत्याशित दुर्घटना र चोटपटकका कारणले ८ हजार ११९, आन्द्राको संक्रमणले ६ हजार ९५९ र मानसिक समस्याका कारण ४ हजार ४४६ जनाको मृत्यु हुने गर्छ ।

हृदयघातको जोखिममा युवा

धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘जीवनशैलीमै आएको खराबीका कारणले मुटुका बिरामी अत्यधिक बढिरहेका छन् ।’ उनका अनुसार मुटु सम्बन्धी रोगलाई बढाउने विभिन्न कारकतत्व छन् । अत्यधिक धुम्रपान, निष्क्रिय जीवनशैली, मोटोपना, उच्च रक्तचाप, मधुमेह, शरीरमा खराब चिल्लोको मात्रा अधिक र तनावले मुटु सम्बन्धी रोगलाई बढाइरहेको छ ।

मुटु सम्बन्धी रोगमध्ये हृदयघातको कारण ७० प्रतिशत मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन् । ‘आजभोलि युवावस्थामै हृदघयात भइरहेको छ । समाजमा धुम्रपान घटेको छैन । उच्च रक्तचाप र मधुमेह भएका मानिस बढिरहेका छन्’ डा. कोजु भन्छन्, ‘जनचेतना बढेको छ, तर धुम्रपान त्यागेको वा सुरु नै नगरेको त्यति देखिंदैन । यिनै कारणले गर्दा हृदयघात बढेको छ ।’

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका बिरामीमाथि गरिएको एक अध्ययनले नेपालमा पछिल्ला वर्षमा हृदयघातको जोखिम बढिरहेको देखाएको छ । केन्द्रले गरेको सन् २०२० नोभेम्बरदेखि २०२१ फेब्रुअरीसम्म हृदयघात भएर आएका ३४० जनामा गरिएको अध्ययनमा ४० प्रतिशतमा उच्च रक्तचापको समस्या थियो । यस्तै, ३९ प्रतिशतले चुरोट सेवन, ३० प्रतिशतमा मोटोपना र २१ प्रतिशतमा मधुमेहको समस्या थियो ।

तीमध्ये ४५ वर्षभन्दा मुनिका ११ प्रतिशतलाई हृदयघात भएको थियो । ‘उमेर, वंशाणुगत, लिंग (पुरुष) जस्ता कुरालाई परिवर्तन गर्न सकिंदैन । धुम्रपान, अस्वस्थकर खानपान, मधुमेह र उच्च रक्तचाप लगायत कुरालाई परिवर्तन गर्न सकिन्छ’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिपंकर प्रजापति भन्छन्, ‘पछिल्लो समय धुम्रपान गर्ने धेरै युवालाई हृदयघात भइरहेको छ ।’

हृदयघात लक्षण थाहा नहुँदा पनि ढिलो गरी अस्पताल आइपुगेको चिकित्सक बताउँछन् । केन्द्रको अध्ययनमा २४ प्रतिशतमा मात्रै मुटुमा समस्या भएको हुनसक्ने अनुमान लगाएका थिए । तर, ८८ प्रतिशत बिरामीले ग्यास्ट्रिक लगायत अन्य कारणले भएको आशंका गरेका थिए ।

‘छाती दुख्दा धेरै मानिसमा ग्यास्ट्रिक भएको आशंका गरेको पाइन्छ । हृदयघातको लक्षण थाहा नहुँदा पनि धेरै मानिसले अकालमा ज्यान गुमाएका छन्’, डा. प्रजापति भन्छन् ।

युवामा मानसिक तनाव पनि हृदयघातको अर्को कारण हो । ‘शारीरिक श्रम गर्ने बानी घटेको छ । परिवार, कार्यालय, अर्थ व्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ । ‘समाजमा अस्वस्थ प्रतिस्पर्धा छ । देखासिकीले गर्ने प्रचलन बढ्दो छ’ डा. कोजु भन्छन्, ‘पारिवारिक, सामाजिक र आर्थिक कारणले तनाव उत्पन्न भई शरीरमा नकारात्मक असर पर्छ ।’

अत्यधिक तनावले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले ‘कार्टिसोल’ रसायनिक पदार्थको उत्पादनलाई बढाउँछ । चिकित्सकहरू ‘स्ट्रेस’ हामोन भन्ने गर्छन् । जसका कारण धड्कन बढाउने, रक्तनली साँघुरो बनाउने हुँदा मुटुमा असर पर्छ ।

केन्द्रले गरेको अर्को अध्ययनमा ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्दा हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी देखाएको छ । त्यसैगरी, ५० देखि ६५ वर्षसम्ममा पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ ।

चिकित्सकका अनुसार चुरोटमा हुने निकोटिनले नसाको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्‍याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिंदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयघात हुन्छ ।

depression

चुरोट सेवन गर्नेलाई नगर्नेको तुलनामा हृदयघात हुने सम्भावना अत्यधिक बढी हुन्छ । अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘युवा अवस्थामा (स्कूल जाने उमेर समूहका) मानिसले चुरोट र खैनी खाने बानी रोकेमा धेरै हदसम्म हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।’

चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभर रक्त सञ्चालन गराउँछ । रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुनेगर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।

विकसित देशहरूमा भने दम रोगका बिरामीहरू प्रभावकारी उपचारका कारण सामान्य जीवन बिताइरहेका छन् । तर विकासोन्मुख देशमा आर्थिक कारणले निरन्तर स्वास्थ्यको ख्याल गर्न नसक्दा धेरैको मृत्यु हुने गरेको छ ।

यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगत प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिंदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भनिन्छ ।

यस्तै मुटु तथा रक्तनलीको समस्याले स्ट्रोक (मस्तिष्कघात) बढाइरहेको छ । वीर अस्पतालका न्युरो सर्जन डा. राजीव झाका अनुसार अहिलेकै अनुपातमा स्ट्रोकको समस्या बढ्ने हो भने आगामी ८–१० वर्षभित्रमा मृत्युको पहिलो कारण यो बन्ने निश्चित छ । उच्च रक्तचाप, मुटुको समस्या, धुम्रपान, रक्सी सेवन र मोटोपनाले स्ट्रोक बढाउने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमबाट हुन्छ । मस्तिष्कभित्र नसा फुटेर रक्तस्राव भई सयमा १०–१२ प्रतिशतलाई हुन्छ । यस्तै ८५ प्रतिशतलाई दिमागमा जाने नसा सुकेर मस्तिष्कघात हुन्छ ।

‘मुटुरोगको समस्याका कारण मस्तिष्कमा रगत लैजाने नसा बन्द हुन्छ । जसको कारण दिमागको भाग सुकेर जान्छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघात भएपछि ४ घन्टाभित्र अस्पताल पुर्‍याउनुपर्छ । हामीकहाँ भने अस्पताल ढिला पुगेर नै ज्यान गइरहेको छ ।’

डा. झाले अगाडि थपे, ‘नेपालमा मस्तिष्कघात भएका ९५ प्रतिशत बिरामी समयमै अस्पताल पुग्दैनन् । अधिकांश बिरामी बोली हराउने, हात–खुट्टा नचल्ने, आँखा नदेख्ने जस्ता समस्या लिएर आइपुग्छन् ।’

चार घन्टा कटेपछि पनि पक्षघात भएमा १०० मध्ये १५ जना औषधि र फिजियोपछि सामान्य अवस्थामा फर्किन सक्छन् । देशको भौगोलिक, आर्थिक अवस्था, स्वास्थ्य संस्थाको पहुँच नहुँदा मस्तिष्कघात भएका ४० प्रतिशतको मृत्यु हुन्छ ।

‘नेपालमा मस्तिष्कघातकै लागि भनेर विशेष केन्द्रहरू छैनन् । सही उपचार पाउन र बाँच्न कठिन छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघातको घटना केलाउँदा धेरैजसो अस्पताल पुग्न नपाएर मृत्यु भएको देखिन्छ ।’

धुम्रपान र वायु प्रदूषणले बढ्यो श्वास–प्रश्वास

नेपालीको दोस्रो मृत्युको कारणमा दीर्घ श्वास–प्रश्वासका रोग हुन् । श्वासप्रश्वास सम्बन्धी रोगमध्ये सीओपीडी, दम र आस्थमाले ९० प्रतिशतभन्दा बढी बिरामीलाई प्रभावित पारेको छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् ।

उनका अनुसार दीर्घ श्वास–प्रश्वासको समस्याले फोक्सो र श्वासनली सुन्निने र खुम्चिने हुन्छ । जसले गर्दा सास फेर्न अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, छाती कस्सिने, छाती भारी हुने लगायत लक्षण देखिन्छन् । धुम्रपान र वायु प्रदूषण दम रोगका प्रमुख कारक हुन् । साथै बाल्यकालमा भएको संक्रमणले पछि गएर दम रोग निम्त्याउने गर्छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालीहरूको मृत्युलाई प्रभाव पर्ने प्रमुख तत्व धुम्रपान हो । धुम्रपानले १८ प्रतिशत, उच्च रक्तचापले १२ प्रतिशत, बाह्य वायु प्रदूषणले ९ प्रतिशत र रगतमा मधुमेहको मात्रा बढी हुने अवस्थाले ८ प्रतिशत मृत्युमा प्रभाव पारेको छ ।

‘श्वासप्रश्वास सम्बन्धी समस्यामध्ये दमरोग प्रमुख हो’, डा. पंगेनी भन्छन्, ‘धुम्रपान, वातावरणीय प्रदूषण र मौसमी परिवर्तन दमका कारक तत्व हुन् ।’ विशेषगरी ४० वर्ष माथिका व्यक्तिमा वंशाणुगत दम बढी देखिन्छ । वृद्धवृद्धाहरूमा चुरोट, बिंडी सेवन र वायु प्रदूषणका कारण ‘सीओपीडी’ (बुढ्यौलीमा देखिने श्वासप्रश्वास समस्या) को जोखिम उच्च रहने गर्दछ ।

यस्तै वायु प्रदूषणको बढ्दो जोखिमले नागरिकको स्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको चिकित्सकहरू बताउँछन् । विशेषगरी दीर्घरोगी, बालबालिका र वृद्धवृद्धामा यसको तत्काल असर देखिए पनि दीर्घकालीन रूपमा सबै उमेर समूहका व्यक्ति प्रभावित हुने डा. पंगेनीको भनाइ छ ।

‘वर्तमान जीवनशैली र वातावरणीय प्रदूषणले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको छ । मिसावटयुक्त हावापानी र अस्वस्थकर खानपानका कारण मानिसको स्वास्थ्य दिन प्रतिदिन कमजोर बन्दै गएको छ’, उनले भने । वातावरणमा रहेका हानिकारक जीवाणु तथा कीटाणुहरू श्वास–प्रश्वासको माध्यमबाट फोक्सोमा प्रवेश गर्दा दम, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी समस्या निम्त्याइरहेको चिकित्सकहरूको भनाइ छ ।

वायु प्रदूषणजन्य दम रोग विकासोन्मुख देशहरूमा तीव्र गतिमा बढिरहेको छ । ‘दम रोगबाट हुने मृत्युमध्ये ८० प्रतिशत विकासोन्मुख देशमा हुन्छ’ डा. पंगेनी भन्छन्, ‘रोगको समयमै पहिचान नहुनु र धुम्रपानको बानी यसका प्रमुख कारण हुन् ।’

विकसित देशहरूमा भने दम रोगका बिरामीहरू प्रभावकारी उपचारका कारण सामान्य जीवन बिताइरहेका छन् । तर विकासोन्मुख देशमा आर्थिक कारणले निरन्तर स्वास्थ्यको ख्याल गर्न नसक्दा धेरैको मृत्यु हुने गरेको छ । ‘दमले शरीरमा अक्सिजनको मात्रा घटाउँदै विभिन्न अंगहरूमा असर पार्छ र समयमै उपचार नपाए व्यक्तिको मृत्यु हुन्छ’, डा. पंगेनी भन्छन् ।

विशेषज्ञका अनुसार बढ्दो वायु प्रदूषणले गर्भमा रहेका शिशुलाई समेत प्रभाव पार्ने गर्दछ । पश्चिमी मुलुकहरूको तुलनामा नेपाल जस्ता विकासोन्मुख देशहरूमा जन्मिने बच्चाको जीवन दुई वर्षले कम हुनुमा वायु प्रदूषण मुख्य कारक रहेको डा. पंगेनी बताउँछन् ।

उनका अनुसार अझै पनि दम रोग समयमै पहिचान हुँदैन । यदि भइहालेको खण्डमा पनि मानिसले सजिलै चुरोट छाड्दैन् जसका कारण दमको भार घट्न सकेको छैन । ‘निरन्तर खोकी लाग्दा नजिकैको मेडिकलमा गएर खोकीको औषधि सेवन गर्दै बस्नुहुन्छ । दम रोग समयमा पहिचान समेत हुँदैन । पहिचान हुने बेलासम्म फोक्सो बिग्रिसकेको हुन्छ’, डा. पंगेनीले भने ।

खराब जीवनशैली र प्रदूषणले क्यान्सर

क्यान्सरको खास कारण भनेको खराब आनीबानी हो । यसमा खानपान, दिनचर्या, रहनसहन पर्दछन् । विशेषज्ञका अनुसार बाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ । वातावरणीय प्रदूषण, धुलो–धुवाँ, रसायन, आदि क्यान्सरको कारण हुन्छन् । यस्तै अर्कोचाहिं, वंशानुगत कारणले पनि हुन्छ ।

खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरूको वृद्धि अनियन्त्रित हुन्छ । र, स–साना गिर्खा बन्छन् । यी गिर्खामध्ये एकखाले सामान्य अवस्थाका हुन्छन् । जो दुख्दैन र धिमा गतिमा मात्रै बढ्छ । यसले शरीरलाई खासै हानि गरिरहेको हुँदैन ।

अर्कोखाले हुन्छ, छिटोछिटो बढ्ने । एकस्थानबाट अर्कोमा सर्ने । यस किसिमको गिर्खा नै क्यान्सर हो । क्यान्सर विशेषज्ञ डा. विवेक आचार्य क्यान्सर रोगको मुख्य कारण खराब जीवनशैली भएको बताउँछन् ।  खराब खानपान, दिनचर्या र रहनसहनका कारण कोष तथा कोषिकाहरूमा अनियन्त्रित वृद्धि हुन्छ, जसले गिर्खाबाट क्यान्सर हुन्छ’, डा.आचार्य भन्छन् ।

विशेषज्ञहरूका भनाइमा, धुम्रपान, मद्यपान, प्रशोधित खाना, जंकफुड र शारीरिक निष्क्रियता क्यान्सरका प्रमुख कारक हुन् । यस्तै वातावरणीय प्रदूषण, धुलो–धुवाँ र रासायनिक पदार्थको सम्पर्कले पनि क्यान्सरको जोखिम बढाउने डा. आचार्य बताउँछन् ।

पुरुषको हकमा नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ । यसबाहेक घाँटी, मुख, आन्द्रा, पेटको क्यान्सर भएको पाइन्छ । पेटको क्यान्सर हुनुमा खानेकुरा जिम्मेवार छ । ‘अहिले जसरी हामी प्याकेजिङ खाना, जंकफुड एवं प्रशोधित खानेकुरा खाइरहेका छौं, त्यसले पेटको क्यान्सर हुने जोखिम बढाएको छ’, आचार्य भन्छन् ।

विशेषज्ञका अनुसार नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सरको बढी जोखिम छ । त्यसपछि स्तन क्यान्सर र फोक्सोको क्यान्सर प्रमुख रूपमा छन् । धुम्रपान गर्ने, सुर्ती र गुट्खा खाने व्यक्तिमा फोक्सो, मिर्गौला, मुख, गिजा, घाँटी र पाचन प्रणालीको क्यान्सर हुन्छ । अत्यधिक रक्सी पिउने व्यक्तिलाई आन्द्रा, कलेजो, मिर्गौलाको क्यान्सरको जोखिम हुने डा. आचार्यको भनाइ छ ।

विज्ञका अनुसार, ज्येष्ठ नागरिक, बालबालिका, कैदी–बन्दी, एचआईभी संक्रमित, मधुमेहका रोगी, दुव्र्यसनी, गर्भवती, कलकारखाना, सुरक्षा निकाय, घना बस्ती, ईंटाभट्टा र निर्माण क्षेत्रका कामदार क्षयरोगको बढी जोखिममा हुन्छन् ।

अत्यधिक मासु, नियमित जंकफुड, तारेको, भुटेको, पोलेको, प्रशोधित खानेकुरा बढी खाने व्यक्तिलाई पाचन नलीको क्यान्सरको जोखिम हुने डा. आचार्यले बताए । ‘दिनभर निष्क्रिय बसिरहने वा एकै ठाउँमा बसिरहने व्यक्ति पनि क्यान्सरको जोखिममा हुन्छन्’ डा.आचार्य भन्छन्, ‘दिनभरि एकै ठाउँमा बसेर काम गर्दा क्यालोरी खर्च हुँदैन । मोटोपन बढेसँगै क्यान्सरको जोखिम बढी हुन्छ ।’

क्षयरोगबाट ७० हजार संक्रमित : बढ्दो जोखिम

माइकोब्याक्टिरियम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने सरुवा रोग हो, क्षयरोग । यो जीवाणुबाट प्रभावित मानिसले खोक्दा र हाच्छिउँ गर्दा निस्कने स–साना कणबाट पनि अरूलाई सर्ने सम्भावना उच्च हुन्छ ।

चिकित्सकका अनुसार यस्तो जीवाणु प्रवेश गर्दा १० प्रतिशत हाराहारी वयस्क मानिसले खोकेर वा श्वासनलीको प्रतिरोधी प्रणाली नै पखाल्ने गर्छ । ८० प्रतिशत मानिसमा फोक्सोभित्र वा शरीरका कुनै भागमा सुषुप्त अवस्थामा बस्छ, तत्काल क्षयरोग गराउँदैन । यसरी सुषुप्त बसेको जीवाणुले दीर्घरोग लाग्दा वा प्रतिरोधात्मक क्षमता घटेको बेलामा क्षयरोग संक्रमण गराउन सक्छ ।

१० प्रतिशत मानिसलाई भने फोक्सो र अन्य अंगले संक्रमण गराएर क्षयरोग देखिन्छ । यसरी संक्रमित भएकामध्ये पनि ८० प्रतिशतलाई फोक्सोमा संक्रमण गराउँछ । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक अनुसार प्रति वर्ष ७० हजार नयाँ बिरामी थपिन्छन् भने पुराना समेत गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको अनुमान छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रमुख तथा छातीरोग विशेषज्ञ डा. प्रज्ज्वल श्रेष्ठका अनुसार अझै पनि ३० हजारभन्दा बढी क्षयरोग संक्रमितलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । जसको कारण संक्रमित व्यक्तिले समुदायमा भएका अन्य व्यक्तिलाई संक्रमण गरिरहेका छन् ।

क्षयरोग एक सामाजिक रोग पनि हो । गरिबी, बिरामीलाई विभेद, स्वास्थ्य सेवामा पहुँचको कमी, पहुँच भएकाहरू पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति, सेवा लिन गएकाको पनि समयमै उपचार नहुनु जस्ता कारणले क्षयरोगीको पहिचान हुन नसकेको विज्ञहरू बताउँछन् ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई क्षयरोगका कीटाणुले छिट्टै संक्रमण गर्छन् । संक्रमण फोक्सोमा मात्रै नभएर अन्य अंगमा फैलिने भएकाले मानिसको मृत्यु हुन्छ । ‘प्रतिरोध प्रणाली नै कमजोर हुने भएकाले फोक्सोले मात्रै ब्याक्टेरियालाई घेरेर राख्न सक्दैन । जसका कारण अन्य अंगमा संक्रमण छिट्टै फैलिने गर्छ’ छाती रोग विशेषज्ञ डा. राजु पंगेनी भन्छन्, ‘फोक्सो बाहेक ढाडको हड्डी, मिर्गौला, मुटु, मस्तिष्क, आन्द्रा आदिमा क्षयरोगको संक्रमण हुन सक्छ ।’

विज्ञका अनुसार, ज्येष्ठ नागरिक, बालबालिका, कैदी–बन्दी, एचआईभी संक्रमित, मधुमेहका रोगी, दुव्र्यसनी, गर्भवती, कलकारखाना, सुरक्षा निकाय, घना बस्ती, ईंटाभट्टा र निर्माण क्षेत्रका कामदार क्षयरोगको बढी जोखिममा हुन्छन् ।

‘ब्याक्टेरिया रगत मार्फत फोक्सोमा पुगेपछि शरीरका अन्य अंगहरूमा पनि संक्रमण फैलिन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा संक्रमण छिटो फैलिन्छ । भेन्टिलेटर र आईसीयूमा पुगेका ५० प्रतिशत बिरामीलाई बचाउन सकिंदैन’, डा. पंगेनीले थपे ।

बिरामीले नियमित रूपमा औषधि सेवन नगर्दा रोकथाममा थप चुनौती थपिएको डा. श्रेष्ठ बताउँछन् । चिकित्सकहरूका अनुसार, क्षयरोगको औषधि खान छुटाउँदा संक्रमितको शरीरमा औषधि प्रतिरोधी क्षमता विकास हुन्छ । सामान्य क्षयरोगीले कम्तीमा ६ देखि ९ महिनासम्म औषधि खानुपर्छ भने डीआर (जटिल खालका संक्रमित) हरूले कम्तीमा एक वर्षदेखि १८ महिना वा सोभन्दा बढी नियमित सेवन गर्नुपर्छ । साथै उनीहरूको संक्रमण गम्भीर र जटिल हुन्छ ।

‘एक महिना औषधि खाएपछि बिरामीलाई निको भए जस्तो हुन्छ । तर, बीचमा छोड्दा औषधिले नराम्रो प्रतिक्रिया जनाउँछ । यसरी डीआर भएका बिरामी झन् बढी संक्रामक हुने हुँदा समुदायस्तरमा संक्रमण बढी फैलिन्छ’, पंगेनी भन्छन् ।

साझा रोग ग्यास्ट्रिक : खानपानको शैलीले क्यान्सर 

पेटमा लाग्ने दर्जनौं रोगको मुख्य कारण नै मानिसको खानपान हो । चिकित्सकका अनुसार नेपालीको खाने तरिका ठीक छैन । बिहान–बेलुका टन्न खाने प्रचलन छ । आफूले खाएको खाना कति स्वस्थकर र कहाँबाट बनेको भन्ने कुनै हेक्का राख्दैनौं । मिसावटयुक्त खानेकुरा खाँदा पेट सम्बन्धी रोगले जटिल रूप लिई अल्सर र क्यान्सर भयावह रूपमा बढ्दै गएको छ ।

ग्यास्ट्रिक नेपालीको आम समस्या भइसकेको छ । नेपालमा उमेर पुगेका मानिसहरू मात्र हैन, बच्चा समेत ग्यास्ट्रिक रोगबाट पीडित छन् । ‘ग्यास्ट्रिक’लाई चिकित्सक नेपालीको साझा रोग समेत भन्छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालीलाई अस्पताल पुर्‍याउने प्रमुख स्वास्थ्य समस्या मध्ये ग्यास्ट्रिक पहिलो नम्बरमा पर्छ ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति तथा ग्यास्ट्रोलोजिस्ट डा. भुपेन्द्र बस्नेतका भनाइमा प्राचन प्रणाली सम्बन्धित रोगका कारण क्यान्सर भयावह हुँदै गएको छ । उनका अनुसार आमाशय, कलेजो, खानानली, पित्तनली र ठूलो आन्द्राको क्यान्सरका बिरामी दिन प्रतिदिन बढिरहेका छन् ।

पहिला मानिस घरमै शुद्ध खानपान गर्थे । तर अहिले मानिसमा खानपानशैली बदलिएको छ । पहिलो कुरा त हाम्रो वातावरण नै स्वस्थ छैन । हावा, पानी, खाना, वातावरण र जीवनशैली सबै विषाक्त भइरहेका छन् । समयमा खाना नखाने, बढी चिल्लो, पिरो र तारेका अस्वस्थ खानेकुरा खानाले प्रायः नेपालीमा पाचन प्रणाली सम्बन्धी रोग देखिइरहेको छ ।

‘अधिकांश मानिस एकदम सिकिस्त भएर अल्सर बिग्रिसकेपछि क्यान्सरको शंकामा अन्तिम अवस्थामा आइपुग्छन् । त्यस समयसम्म ढिला भइसकेको हुन्छ’, डा. कश्यप भन्छन् ।

डा. बस्नेत भन्छन्, ‘बजारको खानेकुरामा महिनौंदेखिको तेलको प्रयोग भएको हुन्छ । जसले पाचन प्रणालीमा समस्या ल्याउनेसँगै क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।’ तरकारीमा हुने उच्च विषादी, फलफूल पकाउन वा लामो समय राख्न प्रयोग गरिने केमिकलले स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको चिकित्सक बताउँछन् ।

‘पाचन प्रणालीमा समस्या समयमै पहिचान हुँदैन । कतिपय बिरामीमा रोगको पहिचान भए पनि निको हुने गरी उपचार नहुने हुँदा मृत्युदर बढिरहेको छ’, डा. बस्नेतले भने । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेशकुमार कश्यप कोलोनोस्कोपी स्क्रिनिङलाई राज्यले नै निःशुल्क गर्नुपर्ने बताउँछन् । तर सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।

कोलोनोस्कोपीबाट मलद्वारमा पाइप छिराएर पेट सफा गर्ने र आन्तरिक स्थिति थाहा पाउन सकिन्छ । ‘विकसित देशमा ४५ वर्षभन्दा माथिका सबैको कोलोनोस्कोपी स्क्रिनिङ हुन्छ । जसका कारण समयमै रोग पत्ता लाग्छ’ डा. कश्यप भन्छन्, ‘तर नेपालमा पाचन सम्बन्धी रोगका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्छन् ।’

फोक्सोको क्यान्सरपछि पेटको क्यान्सर भयावह हुनुको कारण खानपान, नियमित स्वास्थ्य जाँच नगर्नु र व्यायामको अभावका कारण हुने गरेको डा. कश्यप बताउँछन् । ‘४५–५० वर्ष उमेर समूहको मानिसले कोलोनोस्कोपी गर्दा पेटको क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ’ कश्यप भन्छन्, ‘आन्द्रामा मासुको डल्लो (पोलिभ, ऐंजेरु, ट्युमर) देखियो भने त्यसलाई शल्यक्रिया गर्न सकिन्छ । क्यान्सर हुने सम्भावना न्यून हुन्छ ।’

युरोपका केही देशले नीति नै बनाएर ४५ वर्ष कटेका नागरिकलाई ‘कोलोनोस्कोपी’ गराउँदा पेटको क्यान्सरका बिरामी घटिरहेको उनले बताए । तर नेपालका धेरै मानिस कोलोनोस्कोपीबारे अनभिज्ञ छन् । जबकि काठमाडौंका केही केन्द्रीय अस्पतालमा यो प्रविधि उपलब्ध छ ।

‘अधिकांश मानिस एकदम सिकिस्त भएर अल्सर बिग्रिसकेपछि क्यान्सरको शंकामा अन्तिम अवस्थामा आइपुग्छन् । त्यस समयसम्म ढिला भइसकेको हुन्छ’, डा. कश्यप भन्छन् ।

नवजात शिशु मृत्युदर उच्च नै

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ७९ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा हुने गरेको छ । तर प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार स्वास्थ्य संस्थामा डेलिभरीको संख्या बढेसँगै जटिलता पनि बढ्दै गएको छ ।

एक दशक अगाडिसम्म घरमै सुत्केरी हुने संख्या बढी र स्वास्थ्य संस्थामा हुने सुत्केरी संख्या कम थियो । जसका कारण शिशु जन्मिंदा महिलाको मृत्यु हुने प्रमुख कारण अत्यधिक रक्तस्राव थियो । तर केही वर्षयतादेखि अस्पतालमा सुत्केरी हुने संख्या बढेको छ ।

डा. सुवेदी केही वर्षयता मातृ मृत्युको कारणमा परिवर्तन आएको बताउँछन् । ‘स्वास्थ्य संस्थामा मृत्यु हुने कारणमध्ये उच्च रक्तचाप पहिलो नम्बरमा छ । यस्तै रक्तस्राव, संक्रमण, असुरक्षित गर्भपतन, किशोरीवस्थामा गर्भवती हुनुले मृत्यु भइरहेको छ’, डा.सुवेदीले भने ।

डा. सुवेदीका अनुसार ढिलो उमेरमा विवाह, उच्च रक्तचाप, मधुमेह जस्ता समस्याले समयभन्दा अगाडि बच्चा जन्मने र जटिलता बढ्ने गर्छ ।  स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि नवजात शिशुको मृत्युदर प्रति हजार जीवित जन्ममा २१ भन्दा तल झार्न सकिएको छैन ।

सरकारले सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने लक्ष्य राखेको छ । यही रूपमा कार्यक्रम अगाडि बढ्ने हो भने लक्ष्य प्राप्त गर्न नसकिने विज्ञ बताउँछन् ।

‘शिशु जन्मिएपछि स्वास्थ्य संस्थाबाट हुने उपचार प्रभावकारी हुन नसकेकाले नवजात शिशुको मृत्यु भइरहेको छ’ डा. चापागाईं भन्छन्, ‘अस्पतालमा हुने मृत्युदरलाई घटाउन गुणस्तरीय सेवामा जोड दिन जरूरी छ ।’

४५ लाख नेपालीको मिर्गौला जोखिममा

मिर्गौला दुई प्रकारले फेल हुन्छ– अकस्मात् र क्रमिक रूपमा । विशेषज्ञहरूका अनुसार निमोनिया, छातीको संक्रमण र झाडापखाला जस्ता रोगहरूले आकस्मिक रूपमा मिर्गौला फेल हुनसक्छ । दीर्घकालीन मिर्गौला रोगको अर्को प्रमुख कारणमा मधुमेह हो । अध्ययनहरूले देखाए अनुसार मधुमेह भएका ७०/८० प्रतिशत व्यक्तिमा १०/१५ वर्षभित्र मिर्गौला फेल हुने जोखिम रहन्छ ।

विशेषगरी आप्रवासी कामदारहरूमा देखिएको प्रोटिन चुहावटको समस्याले पनि मिर्गौला फेल हुने गरेको छ । यस्तो अवस्थामा पिसाबमा प्रोटिनको मात्रा बढ्दै जाँदा पत्थरी र उच्च रक्तचापको समस्या देखा पर्छ, जसले मिर्गौलालाई थप क्षति पुर्‍याउँछ ।

मिर्गौैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार एकपटक मिर्गौला फेल भइसकेपछि यसलाई पूर्ण रूपमा निको पार्न सकिंदैन । यस्तो अवस्थामा बिरामीसँग दुई विकल्प हुन्छन्– मिर्गौला प्रत्यारोपण वा नियमित डायलाइसिस ।

यद्यपि मिर्गौला प्रत्यारोपण सबैभन्दा उत्तम विकल्प मानिए पनि यो सबैका लागि सहज र सुलभ छैन । त्यसैले धेरै बिरामी जीवनभर डायलाइसिसमा निर्भर रहनुपर्ने अवस्था छ, जुन जनस्वास्थ्यको दृष्टिकोणले गम्भीर चुनौती बनेको छ ।

‘रगतमा पोटासियमको मात्रा बढ्न थालेपछि मुटु नै बन्द हुन्छ । मिर्गौैलाले काम गर्न छाडेपछि पिसाब नभएर फोक्सोमा पानी जम्मा हुन थाल्छ’ डा. काफ्ले भन्छन्, ‘शरीरमा अक्सिजन प्रवाह नभएर मानिसको ज्यानै जान्छ ।’ त्यो अवस्थामा निमोनिया, संक्रमण र हृदयघातको सम्भावना पनि बढ्छ ।

डा. काफ्लेका अनुसार मिर्गौला बिग्रिने प्रमुख कारण तत्व उच्च रक्तचाप हो । विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनले पनि नेपालमा करिब ४७ लाखमा उच्च रक्तचापको समस्या रहेको देखाउँछ । जसमध्ये ४ लाख मानिस उपचारको दायरामा आएका छन् । त्यसमध्ये पनि २ लाखको उच्च रक्तचाप नियन्त्रणमा आएको बाँकी ४५ लाखमा यो समस्या नियन्त्रणमा आएको छैन ।

विशेषज्ञहरूका अनुसार मधुमेह भएका ४० प्रतिशत बिरामीमा मिर्गौला सम्बन्धी समस्या देखिने गरेको छ । यसैगरी घुँडा, कम्मर र जोर्नी दुखाइका लागि नियमित रूपमा प्रयोग गरिने ‘पेनकिलर’ औषधिले पनि मिर्गौलामा नकारात्मक प्रभाव पार्छ ।

प्रत्येक वर्ष करिब तीन हजार नयाँ मिर्गौला बिरामी थपिने अनुमान गरिएको छ । ‘प्रत्यारोपणको प्रतीक्षामा हजारौं बिरामी छन्, तर वार्षिक सय जनाभन्दा बढीको प्रत्यारोपण सम्भव छैन’ काफ्लेले भने, ‘धेरै बिरामी प्रत्यारोपणको प्रतीक्षामै मृत्युवरण गर्न बाध्य छन् ।’

दुर्घटना र मानसिक समस्याले मृत्युदर बढ्दो

राष्ट्रिय ट्रमा सेन्टरमा गम्भीर बिरामीको संख्या वर्षेनि बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । देशको एक मात्र केन्द्रीय ट्रमा रिफरल अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ५ हजार ४६४ बिरामी भर्ना भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । सेन्टरमा २०७८/७९ मा ४ हजार २६२ व्यक्ति भर्ना भएका थिए ।

सेन्टरको पछिल्लो २०७९/८० को तथ्यांक अनुसार उपचार गराउने मध्ये सबैभन्दा बढी ५६ प्रतिशत विभिन्न स्थानबाट लडेका, ३० प्रतिशत सडक दुर्घटनाका, २७ प्रतिशत घुँडा तथा खुट्टाको समस्या भएका र १२ प्रतिशत टाउकोमा चोट लागेका बिरामी छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अध्ययनले ६७ प्रतिशत दुर्घटनाका बिरामी राति ९ बजेपछि अस्पताल पुग्ने गरेको देखाएको छ । त्यस्तै २८ प्रतिशत बिरामी दिउँसो ३ देखि राति ९ बजेभित्र र ३५ प्रतिशत बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अस्पताल पुग्छन् । अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. रमेश महर्जनका अनुसार अस्पताल टाढा हुनु यसको प्रमुख कारण हो ।

‘दुर्घटनास्थलमै उचित प्राथमिक उपचार र छिटो अस्पताल पुर्‍याउन सके धेरैको ज्यान बचाउन सकिन्छ’ महर्जन भन्छन्, ‘अस्पतालको तथ्यांकले दुर्घटनामा परेकामध्ये ४० प्रतिशत एम्बुलेन्स, ४५ प्रतिशत ट्याक्सी र ११ प्रतिशत अन्य सवारी साधन मार्फत अस्पताल आउने गरेको देखाउँछ ।’

नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप बढ्नु चिन्ताको विषय बनेको जनस्वास्थ्यविद् डा. रिता थापा बताउँछिन् । उनका अनुसार विलासी जीवनशैली र खानपानमा गरिने लापरबाही, उच्च रक्तचाप, मधुमेहसँग सम्बन्धित समस्या बढेको कारण नसर्ने रोग बढिरहेको छ ।

डा. महर्जन दुर्घटनास्थलमै प्राथमिक उपचारको व्यवस्था र सही तरिकाले बिरामी ओसारपसार गर्ने पद्धतिको विकास गर्नुपर्ने बताउँछन् । दुर्घटनापछिको पहिलो दुई घन्टा घाइतेको ज्यान बचाउन निर्णायक हुन्छ । तर नेपालमा उचित प्राथमिक उपचार र यातायातको अभावमा यो महत्वपूर्ण समय खेर जान्छ ।

राष्ट्रिय ट्रमा सेन्टरका स्पाइन सर्जन डा. समाज गौतमले दुर्घटनापछिको ६ घन्टाभित्र अस्पताल पुर्‍याउन सके पनि घाइतेको अवस्था जटिल बन्नबाट जोगाउन सकिने बताउँछन् । ‘एम्बुलेन्सको अभाव र अस्पताल टाढा हुनु जस्ता कारणले धेरै घाइतेको बाटैमा मृत्यु हुने गरेको छ’ डा. गौतमले भने, ‘जनचेतनाको कमी र ढिलाइले पनि मृत्युको जोखिम बढाएको छ ।’

यसैगरी नेपाली समाजमा बढ्दो मानसिक स्वास्थ्य समस्याले गम्भीर चुनौती सिर्जना गरेको छ । विशेषज्ञहरू मानसिक रोगको समयमै पहिचान र उपचारको आवश्यकतामा जोड दिन्छन् । वंशाणुगत, मनोवैज्ञानिक र सामाजिक कारणले मानिसमा मानसिक समस्या सिर्जना हुनेगर्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ९५ प्रतिशत आत्महत्या मानसिक समस्यासँग जोडिएका हुन्छन् ।

आर्थिक, सामाजिक, पारिवारिक, व्यक्तिगत लगायत तनावले कडा डिप्रेसन भएपछि मान्छेले आत्महत्याको बाटो रोज्ने गरेको विज्ञ बताउँछन् । ‘अहिले मानसिक समस्या जनस्वास्थ्यमा ठूलो चुनौतीको रूपमा देखिएको छ’ वरिष्ठ मनोचिकित्सक डा. सरोज वझा भन्छन्, ‘२० देखि ४० वर्षसम्मको उत्पादनशील ठूलो हिस्साले आत्महत्या गर्नुले मानसिक स्वास्थ्य भयावह भएको देखाउँछ ।’

विज्ञका अनुसार आजभोलि मानिसको तनावपूर्ण जीवन नै मानसिक रोगको मुख्य कारण बनेको छ । डा. वझाले थपे, ‘आफूमा आएको तनाव वहन गर्न नसकेको अवस्थामा कतिपय मानिस मानसिक रोगको सिकार बन्न पुग्छन् ।’

मनोविद् गृष्मा पनेरुका अनुसार, मानिसमा महत्वाकांक्षा हुन्छ । काममा सफलता नपाउँदा आफ्नो जीवनलाई मूल्यहीन ठान्न पुग्छ । बाँच्नुपर्ने र मर्ने कारण तौलिन थालेपछि आत्महत्या उन्मुख हुने उनी बताउँछिन् । मनोचिकित्सक डा. सगुनबल्लभ पन्तका अनुसार अहिले युवापुस्तामा मानसिक समस्या व्यापक रूपमा बढ्दै जानुका विभिन्न कारणमध्ये वैदेशिक रोजगारी एउटा प्रमुख कारण हो ।

सरुवा रोगसँगै नसर्ने रोगको दोहोरो भार’

मृत्यु हुने प्रमुख १० दश रोग र संक्रमणमध्ये नसर्ने रोग ८ वटा छन् । नसर्ने रोग फैलिनुमा हाम्रो खानपान, आनीबानी र जीवनशैली मुख्य जडको रूपमा देखापरेका छन् । पछिल्लो समय विकासोन्मुख राष्ट्रहरूमा नसर्ने रोग ‘सुषुप्त’ प्रकोपको रूपमा बढिरहेको विशेषज्ञ बताउँछन् । त्यसैको अनुपातमा मृत्युदर पनि बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१६ देखि २०१८ सम्म समुदायकेन्द्रित सर्वेक्षण गरेको थियो । सन् २०१९ मा प्रकाशित सो सर्वेक्षण अनुसार, नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट भएको छ ।

स्वास्थ्य मन्त्रालयको तंथ्याक अनुसार सन् १९९० अर्थात् ३४ वर्ष अगाडि नसर्ने रोगका कारण कुल मृत्युमध्ये प्रति सयमा ३१ जनाको मृत्यु हुनेगर्थ्यो । उक्त समयमा सरुवा रोगका कारण ६२ जनाको मृत्यु हुने गरेको थियो । तीन दशकपछि सरुवा रोगको ठाउँ नसर्ने रोगले लिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार (सन् २०१९) सय जना मृत्यु मध्ये सरुवा रोगले २१ जना, चोटपटकका कारण ७ र नसर्ने रोगका कारण ७१ जनाको मृत्यु भइरहेको छ ।

नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप बढ्नु चिन्ताको विषय बनेको जनस्वास्थ्यविद् डा. रिता थापा बताउँछिन् । उनका अनुसार विलासी जीवनशैली र खानपानमा गरिने लापरबाही, उच्च रक्तचाप, मधुमेहसँग सम्बन्धित समस्या बढेको कारण नसर्ने रोग बढिरहेको छ ।

डा. थापाका भनाइमा, कारणहरू हाम्रै हातमा छन् । हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन् । हाम्रो आनीबानी, रहनसहन, कलिलैमा सुर्तीजन्य पदार्थको प्रयोग, व्यायाम नगर्दाको परिणाम हो । ‘कलिलै उमेरका बालबालिकाले सुर्तीजन्य पदार्थ, मद्यपान सेवन गर्छन् । अभिभावकले स–साना केटाकेटीलाई खाजामा जंगफुड दिन्छन्’ डा. थापाले स्पष्ट पार्दै भनिन्, ‘शारीरिक परिश्रम कम हुँदा र अत्यधिक तनावले नसर्ने रोगको भार बढिरहेको छ ।’

नसर्ने रोग जीवनशैलीसँग सम्बन्धित भएकाले खानपान र शारीरिक व्यायाममा ध्यान दिंदा मात्रै न्यून गर्न सकिने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । विकसित देशमा पुराना सरुवा रोग पूर्ण रूपमा नियन्त्रणमा आएसँगै अब नसर्ने रोगको रोकथाम तथा उपचारमा केन्द्रित छन् । तर, नेपालमा सरुवा रोगसँगै नसर्ने रोगको दोहोरो भार रहेको डा. वन्त बताउँछन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सा समाजशास्त्री प्रा.डा. मधुसूदन सुवेदी नसर्ने रोगको नीति मात्रै कार्यान्वयन भए पनि भार एकदमै कम हुने बताउँछन् । ‘हाम्रा नीति तथा कार्यक्रम राम्रा छन् । तर तिनको कार्यान्वयन गर्न नै समस्या देखिएको छ’, डा. सुवेदी भन्छन् ।





Source link

‘हिँड्ने अभ्यास घट्यो, नसर्ने रोग बढ्यो’ – Online Khabar


आजभन्दा झन्डै ३० वर्ष अगाडि नसर्ने रोगको बारेमा खासै सुनिँदैनथ्यो । केही फाट्टफुट्ट बिरामी भेटिए पनि किन भयो भन्ने पनि थाहा हुँदैनथ्यो । नसर्ने रोगको परीक्षण, जनशक्ति र स्रोतसाधन नहुँदा खासै चर्चा हुँदैनथ्यो ।

गाउँघरतिर मुटुको समस्या भएर मृत्यु भएका मानिसलाई ‘बोक्सी’ ले मुटु नै हानिदिएछ भन्थे । आजभोलि उच्च रक्तचाप वा अन्य स्वास्थ्य समस्याका कारणले मृत्यु भयो भन्नेसम्मको जनचेतना छ ।

तर पछिल्ला दिनमा दैनिक एक–दुई घन्टा हिंड्ने बानी भएका मान्छे अब मोटरसाइकल र स्कुटर नभई नसक्ने भएका छन् । साथसाथै हिँड्ने र कसरत गर्ने अभ्यास ह्वात्तै घट्यो । शारीरिक श्रम घटेको छ । जीवन शैलीमा आएको यस्तो परिवर्तनले अधिकांश नेपालीमा मोटोपन बढ्दो छ । यो सबैको परिणाममा नसर्ने रोगको भार पनि थपिएको छ ।

विकसित देशले नसर्ने रोगको प्रकोप नियन्त्रणमा ल्याउँदै छन् । तर, हाम्रो जस्तो विकासोन्मुख मुलुकमा नसर्ने रोग महामारीको रूपमा फैलिइरहेको छ । हामी प्रतिस्पर्धी समयमा काम नगरी हुँदैन भन्दै दगुरिरहेका छौं ।

हिजोका दिनमा नसर्ने रोगको भार कम थियो । तर आजभोलि तीन दशक अगाडि सरुवा रोगको भार नसर्ने रोगले लियो । हाम्रो बसाइमा बढी शहरीकरण भयो । पहिला गाउँघरमा लेक–बेसी गर्ने, खेतीपाती गर्दा शारीरिक व्यायाम पर्याप्त हुन्थ्यो । अहिले मानिसहरू शारीरिक रूपमा निष्क्रिय छन् ।

अनि खानपानमा परिवर्तन आएको छ । शहरी खाना प्याकिङ गरेका, महिनौंसम्म एउटै तेलमा पकाएका खानेकुरा खाँदा मुटु सम्बन्धी रोग तथा नसर्ने रोगलाई असर पारिरहेको छ । शरीरलाई चाहिने गतिलो चिजभन्दा पनि हामी बजारमा उपलब्ध भएको चिल्लोयुक्त खानेकुरा बढी खाने भयौं । कुर्सीमा बसेर काम गर्ने मानिसको संख्या बढ्यो ।

शहरमा शारीरिक व्यायाम गर्ने ठाउँ पनि छैनन् । खानाको गुणस्तर छैन, जस्तो बनेको छ, त्यस्तै खानुपर्ने बाध्यता छ । शारीरिक व्यायाम–कसरत नगर्ने, सागसब्जी, फलफूल, तरकारी सेवन कम गर्ने, ‘फास्ट फुड’ र विषादी प्रयोग गरेर फलाइएका तरकारी, नुनको बढी प्रयोग गर्ने गरिन्छ ।

हामीले यसो हेर्दा दिनहुँ फलफूल पनि खाएको छु, म त ठिक हुनुपर्ने हो भनेर सोचिन्छ । तर हामीले खाने फलफूल, तरकारीमा विषादी भएका प्रमुख कारणले पनि नसर्ने रोगको भार बढाएको छ । अर्को कुरा शहरमा खासगरी वायु प्रदूषण खराब छ । काठमाडौं उपत्यका कचौरा जस्तो भएकाले दूषित हावा बाहिर निस्कनै सक्दैन । जसले सीधै फोक्सोमा असर गर्ने हुन्छ ।

पछिल्लो तथ्यांकमा नसर्ने रोगबाट हुने मृत्युदर बढेर ७१ प्रतिशत पुगेको छ । अहिले नसर्ने रोगमा उच्च रक्तचाप, मुटु तथा रक्तनलीको समस्या, मधुमेह, दम, क्यान्सर, मिर्गौलाको समस्या आदि छन् । यस्ता रोग एउटा निश्चित कारकतत्व भन्दा पनि धेरै कारणको असरबाट लागिरहेको छ ।

विकसित देशले नसर्ने रोगको प्रकोप नियन्त्रणमा ल्याउँदै छन् । तर, हाम्रो जस्तो विकासोन्मुख मुलुकमा नसर्ने रोग महामारीको रूपमा फैलिइरहेको छ । हामी प्रतिस्पर्धी समयमा काम नगरी हुँदैन भन्दै दगुरिरहेका छौं । तर अलिकति पनि स्वास्थ्यलाई ख्याल गर्न सकेका छैनौं । हामी आफैंको कमजोरीको कारणले नसर्ने रोगले ग्रसित बनाएको हो ।

यी समग्र कारणले गर्दा हिजोका दिनमा भन्दा नसर्ने रोग बढ्दो छ । यदि राज्यले खाद्य सुरक्षा, वायु प्रदूषण घटाउन पहल नगर्ने हो भने अबको दुई दशकपछि भयावह नै अवस्था आउँछ । यो कुरा व्यक्तिले मात्रै चाहेर हुँदैन, राज्य संयन्त्र बलियो भएर लाग्नुपर्ने देखिन्छ ।

राज्यले तरकारीमा विषादी हाल्दा स्वास्थ्यलाई हानिकारक बनाएर नहाल्न भन्न सक्नुपर्‍यो । तीन दशक अगाडिसम्म गाउँघरका मानिस खेतीपातीमै व्यस्त हुन्थे । बजारको खानेकुरा खाने चलन थिएन । गाउँघरमै उत्पादन गरेको खानेकुरा विषादी रहित नै हुन्थ्यो । पहिला हामी मकै, गहुँ, रोटी जस्ता खानेकुरा खाने गथ्र्यौं । तर, अहिलेका बालबालिकाले जंकफुड (चाउचाउ, बिस्कुट, कुरकुरे) खाने गर्छन् । अहिलेको आहारविहार नै गलत भएपछि नसर्ने रोग त बढ्ने नै भयो । अन्य कुराको भागदौडमा लागिरहँदा व्यक्तिगत स्वास्थ्यलाई हेर्न छाडियो । आफ्नो स्वास्थ्य ख्याल गर्ने कुरा कलिलै उमेरदेखि नै भनेर सचेत गराउनुपर्छ ।

यी केही व्यक्तिगत पक्ष छन् । तर व्यक्तिले भन्दा धेरै काम राज्यले गर्नुपर्नेछ । राज्यले खानेकुराको गुणस्तर कायम गर्नुपर्‍यो । उदाहरणकै लागि, बजारमा राखिएको समोसा व्यापारीले ताजै भन्छन् । हामीले त्यही समसा खान्छौं । बिहानदेखि एउटै तेलमा अन्य खानेकुरा पनि पकाएको हुन्छ । त्यो कुरा हामीलाई थाहा हुँदैन । जुन लेबलसम्म त्यो तेललाई प्रयोग गर्नुपर्छ, त्यसपछि प्रयोग गर्न हुँदैन भन्ने कुरा राज्यले नियम बनाउने र अनुगमन गर्नुपर्छ ।

स्वास्थ्य नीतिमा भएका कुरा कार्यान्वयन गर्दा नसर्ने रोग रोकथाम गर्न सकिन्छ । तर यतातर्फ सरकारको ध्यानै जान सकेको छैन । यसो हेर्दा दक्षिणएशियाको देशमध्ये नेपाल नीति, ऐन, निर्देशिकामा पहिलो नम्बरमा छ । तर कार्यान्वयनको पक्ष हेर्दा सबैभन्दा फितलो अवस्थामा छ ।

खानेकुरा लगायत सबै वस्तुको अनुगमन गर्ने काम राज्यको हो । वायु प्रदूषण घटाउन २० वर्ष अगाडिका सवारी साधन काठमाडौं उपत्यका बाहिर लैजाने कुरा भएको थियो । तर त्यो कार्यान्वयन भएन । नसर्ने रोगको भारलाई घटाउन राज्यले विभिन्न राम्रा नीति ल्याएको छ । तर त्यसलाई लागू गर्न सकेको छैन ।

ट्रकले धुवाँको मुस्लो फालिरहेको हुन्छ । तर यस्ता कुराको चेकजाँच हुँदैन । राज्यले पैसा लिएर छोडिदिएको हुन्छ । यसले गर्दा व्यक्तिगत हिसाबमा हेर्दा आम जनतालाई प्रभाव पार्ने कुरा हामीले ख्याल गरिरहेका छैनौं । यसको दूरगामी प्रभाव बारेमा राज्य बढी जिम्मेवार हुनुपर्छ । राज्यले नियम बनाएपछि जनतालाई मान्न कर लाग्छ नि ! राज्यले संरचनागत रूपमा ध्यान नदिंदा नसर्ने रोगको अवस्था भयावह नै हुन्छ । जतिबेला राज्यले अर्बौं रुपैयाँ खर्च गर्दा पनि यो न्यूनीकरण गर्न गाह्रो पर्छ ।

त्यसकारण अब राज्यले नसर्ने रोगको उपचारमा भन्दा पनि रोकथाममै जोड दिनुपर्छ । नसर्ने रोगको स्क्रिनिङ गर्ने, नागरिकलाई जनचेतना तथा रोकथाम गर्ने विषयमा जोड दिनुपर्छ । तर, रोगको स्क्रिनिङ गर्ने काम अहिलेसम्म हुनसकेको छैन ।

स्वास्थ्य मन्त्रालयमा रहेको नेतृत्व तह कसरी चर्चित हुन सकिन्छ वा धेरैले ताली कसरी बजाउँछन् भन्नेतिर गएका छन् । स–साना मसिनो गरी गर्ने काममा जाँदै गएका छैनौं । जस्तो कि सरकारी जग्गालाई मिलाएर शारीरिक व्यायाम गर्ने ठाउँ बनाउँदा त्यसको दूरगामी सकारात्मक प्रभाव पर्छ ।

तर राज्यलाई त्यहाँ १५ बेडको अस्पताल नै बनाउनुपर्ने भन्ने भयो । फलानोको पालोमा यहाँ अस्पताल बनेको हो, यसलाई भोट दिनुपर्छ भन्ने बनाउने मानसिकता बन्यो । सरकारी जसरी दीर्घकालीन सोचका कारण काम गर्नुपथ्र्यो, त्यो भएको छैन ।

हामीले राष्ट्रिय स्वास्थ्य नीतिमा धेरै कुरा लेखेका छौं । हाम्रा संविधान, ऐन पनि राम्रा छन् । तर समस्या कार्यान्वयन पक्ष कमजोर छ । स्वास्थ्य नीतिमा भएका कुरा कार्यान्वयन गर्दा नसर्ने रोग रोकथाम गर्न सकिन्छ । तर यतातर्फ सरकारको ध्यानै जान सकेको छैन । यसो हेर्दा दक्षिणएशियाको देशमध्ये नेपाल नीति, ऐन, निर्देशिकामा पहिलो नम्बरमा छ । तर कार्यान्वयनको पक्ष हेर्दा सबैभन्दा फितलो अवस्थामा छ ।

(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सा समाजशास्त्री प्रा.डा. सुवेदीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)





Source link

नेपाल सुपर लिगको अक्सन फागुन १० गते, ७ टिमले प्रतिस्पर्धा गर्ने


आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले १० गते  (फेब्रुअरी २२) अक्सन हुने जानकारी गराएको छ । तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्  ।

१ फागुन, काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन १० गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले १० गते  (फेब्रुअरी २२) अक्सन हुने जानकारी गराएको छ ।

एनएसएलको तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्  । यसअघि पहिलो संस्करणमा ७टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा टिम संख्या बढाएर ९ पुर्‍याइएको थियो । तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संसकरणमा सहभागि छैन।

यस्तै पहिलो संस्करणक खेलेका ६ टोली काठमाडै रेजर्स एफसी ललितपुर सिटी एफसी एपसी चितवन धनगढी एफसी पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी सहित दोस्रो संस्करणमा थपिएको झापा एफसीले तेस्रो संस्करण खेल्नेछन्।

तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ बाट सुरु हुँदैछ ।





Source link

भ्रष्टाचार मुद्दामा पराजुली दोषी ठहर भएपछि कोशीमा कामु सचिवको जिम्मेवारी अमात्यलाई


१ फागुन, विराटनगर । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उपसचिव गौतमराज अमात्यले कामु सचिवको जिम्मेवारी पाएका छन् ।

पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेकाे मुद्दामा पराजुली दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई कायममुकायम सचिवको जिम्मेवारी दिएका हुन् ।

बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निभाएका थिए ।

कार्यालयकाे सिनियर कर्मचारी भएका कारण आफूले कामु जिम्मेवारी पाएकाे अमात्यले बताए ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको थियाे ।

बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।

निजामति सेवाबाट अवकास लिएपछि उनी १२ वैशाख २०७६ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए । ९ वैशाख २०८१ देखि लागु हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा उनी नियुक्त भएका थिए । सर्वाेच्चको फैसलापछि पराजुली पुनरावलोकनका लागि काठमाडौं पुगेको प्रदेशसभा सचिवालयले जनाएको छ ।





Source link

अमेरिका पठाउने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ


प्रतीकात्मक तस्वीर


१ फागुन, काठमाडौं । अमेरिका पठाउने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ का ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषाको विदेह नगरपालिका–५ का २९ वर्षीय विशाल ठाकुर छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अमेरिका पठाउने भन्दै उनीहरूले दुई जनाबाट २१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।





Source link

ईसीडी दुई वर्षे बनाउन सिफारिस – Online Khabar


१ फागुन, काठमाडौं । प्रारम्भिक बाल विकास (ईसीडी) लाई दीर्घकालमा दुई वर्षको बनाउन प्रस्ताव गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडीको अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा बनाएको समितिले दुई वर्षको बनाउन सिफारिस गरेको हो ।

समितिले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ ।

‘ईसीडी दुई वर्षको हो भन्ने विभिन्न ठाउँमा सरकारी प्रतिबद्धता रहेछ । दीर्घकालमा दुई वर्षको बनाउन र अहिले अल्पकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन अनुसार जानुपर्ने भनिएको छ,’ समितिका संयोजक शर्माले भने ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले ईसीडी एक वर्षको हुनुपर्ने भनेको छ । अब दुई वर्षको बनाउन कानुन संशोधन गर्नुपर्ने हुन्छ ।

‘दुई वर्षमा लैजाने विषय कानुनी व्यवस्थामा आउनुपर्छ,’ शर्माले भने ।

ऐनमा ४ वर्ष पूरा भएका बालबालिकाई एक वर्षको प्रारम्भिक बालविकास तथा शिक्षा प्रदान गर्ने भनिएको छ । तर निजी विद्यालयले कोहीले तीन वर्ष र कोहीले चार वर्षसम्मको प्रारम्भिक बालकक्षा पढाइरहेका छन् । त्यसैले दुई वर्षमा लैजान कानुनी व्यवस्था नभएसम्मका लागि मापदण्ड बनाएर हेर्न समितिले सिफारिस गरेको छ ।

‘अहिले चलिरहेकाको हकमा मापदण्ड बनाएर हेर्ने भनिएको छ,’ संयोजक शर्माले भने ।

समिति सदस्य एवं प्याब्सन उपाध्यक्ष दिपिका रिमाल निजीको हकमा अहिले चलिरहेको यथावरत रहने बताउँछिन् । ‘दीर्घकालीन र अल्पकालीन भनेको छ । अल्पकालका निजीको यथावत रहन्छ । दीर्घकालमा दुई वर्षका लागि राष्ट्रिय मापदण्ड बनाउने भनिएकोछ,’ उनले भनिन् ।

शिक्षामन्त्री भट्टराईले ईसीडीलाई एक वर्ष नै बनाउनु पर्ने मत राख्दै आएकी थिइन् । मन्त्री भट्टराईले दुई वर्षको बच्चालाई स्कुल लगेर चार वर्ष पढाउन नहुनेमा जोड दिएकी थिइन् ।

ईसीडीमा किताब–कापीको सट्टा नाच्ने, गाउने, भिडियो हेराउने तर जबर्जस्ती किताब–कापी बोकाउन नहुने भन्दै मन्त्री भट्टराईले ईसीडीलाई एक वर्षको बनाउनु पर्ने बताउँदै आएकी हुन् ।

कतिपय अभिभावको माग ‘डे केयर सेन्टर’ राख्नुपर्ने सुझव आएकाले सोही अनुसार प्रतिवेदन बनाइएको समितिले जनाएको छ । ‘२ वर्षसम्म जाने अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि रहेछ,’ संयोजक शर्माले भने ।





Source link

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सुरु – Online Khabar


१ फागुन, काठमाडौँ। बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सुरू भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि खानेपानीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्नका लागि ठाडो रुपमा खन्‍ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो ।

उनले भने, ‘विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्न ठाडै रुपमा खन्दा बबरमहलमा रहेको खानेपानीको पाइप फुट्‍यो। जसले बबरमहल जलमग्न भयो। पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको कार्य सुरु गरेका छौँ।’

उनले मर्मत कार्य सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्ने बताए । विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवको भनाइ छ ।





Source link

९ वर्षपछि फर्किएको ‘सनम तेरी कसम’को कमाइ आक्रामक – Online Khabar


काठमाडौं । वर्ष २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘सनम तेरी कसम’बारे धेरैलाई थाहा छ । बक्सअफिसमा फिल्म फ्लप भयो तर यसको चर्चा सकिएको छैन ।

९ वर्षपछि पुनः हलमा आएको यो फिल्मले यतिबेला नयाँजीवन प्राप्त गरेको छ । यसले बक्सअफिसमा पहिलेभन्दा धेरै कमाइ गरेर सबैलाई चकित तुल्याएको छ । झण्डै दशकपछि हलमा फर्किएको फिल्मले भारतीय बक्सअफिसमा सफलता प्राप्त गरेको छ, जसलाई लिएर कसैले पनि अपेक्षा गरेका थिएनन् ।

राधिका राव र विनय सापरु निर्देशित फिल्मले अहिले पनि दर्शकको माया पाएको छ । फिल्ममा हर्षवर्धन राणे र मावरा होकान मुख्य भूमिकामा छन् ।

गत शुक्रबार भारतका हलमा पुनः रिलिज भएको फिल्मले पाँचौ दिन मंगलबार २.८५ करोड भारु कमायो । योसँगै फिल्मले रि-रिलिजमा २१ करोड भारु कमायो । शुक्रबार मात्रै ४ करोडको ओपनिङ गरेको थियो ।

शनिबार ५.२५ करोड भारु र आइतबार ५.७५ करोड भारु कमायो । बक्सअफिसमा नयाँ फिल्मको भीडन्त चल्दा पनि ‘सनम तेरी कसम’ले बक्सअफिसको स्थान बलियो राखेको छ । फिल्मले अहिले पनि दर्शकलाई हलसम्म तान्न सकेको छ ।

विशेषगरि, यसको प्रेमकथाले अहिले पनि दर्शकको मन जितिरहेको छ । फिल्म हेर्न पुराना र नयाँपुस्ताका दर्शक पनि हलमा पुगेको बलिउड संचारमाध्यमले जनाएका छन् । यसको कथाले भ्यालेन्टाइन्स मुड जगाउने मद्दत गर्ने जनाइएको छ । प्रणय दिवसको छेकोमा फिल्मले अझै कमाइ गर्ने प्रक्षेपण छ । जसले गर्दा प्रदर्शरत अन्य फिल्मको कमाइमा थप दबाब पर्ने अपेक्षा छ ।





Source link

न्याय परिषद् बैठक जारी, सदस्यहरूको कार्यविभाजन मुख्य एजेन्डा


३० माघ, काठमाडौं । न्याय परिषद्को बैठक बसिरहेको छ । परिषद्मा नयाँ सदस्य थपिएपछि पहिलोपटक बैठक बसेको हो ।

करिब दुई महिनाको रिक्ततापछि गत २१ माघमा वरिष्ठ अधिवक्ता दामोदर खड्का सदस्यमा नियुक्त भएका थिए ।

आजको बैठकबाट नयाँ सदस्य लगायतको कार्यविभाजनको निर्णय हुने एक सदस्यले जानकारी दिए । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी रहेकोमा चार रिक्त छ । न्याय परिषद् ऐनमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइसक्नुपर्ने व्यवस्था भए पनि सर्वोच्चले न्यायाधीश पाउन सकेको छैन ।

बैठकले केही न्यायाधीशको सरुवा तथा काज सम्बन्धी निर्णय लिन सक्ने पनि बताइएको छ ।

 





Source link