Category Archives: नेपाल समाचार

वंशको आधारमा लुट्नेहरूको हातमा देश बर्बाद हुन्छ : नेपाल – Online Khabar


२ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् ।

समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए ।

‘अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन,’ उनले भने ।

जनतामा असन्तुष्टि बढेको र पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा त्यो सकडमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने नभई अग्रगमनतिर जानु पर्ने विचार व्यक्त गरे ।

‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन । दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो,’ अध्यक्ष नेपालले भने, ‘व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस् ।’





Source link

सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त | Nagarik News


सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहेका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।  

भिमाद नगरपालिका–२ जिलाङस्थित थापा निवास पुगेर सञ्चारमन्त्रीले भोविमाया थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरप्रमुख थापाका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिवसमेत रहेका सञ्चारमन्त्रीले भोविमाया थापाको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। नेकपा (एमाले) तनहुँकी सङ्गठित सदस्य थापाको ५६ वर्षको उमेरमा गत शनिबार उपचारका क्रममा निधन भएको हो। उनी मिर्गौला रोगबाट पीडित थिइन्।  

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य विष्णुभक्त सिग्देल लगायत एमाले नेता थापा निवासमा समवेदना व्यक्त गर्न पुगेका थिए। रासस

प्रकाशित: २ चैत्र २०८१ १७:३२ शनिबार





Source link

राप्रपाको युवा संगठनका नेताले जलाए प्रचण्डको तस्वीर


२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।

शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको हो ।

राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी कार्यक्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् ।

प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए । उनले कार्यक्रममा सहभागीलाई पनि प्रचण्ड हत्यारा मुर्दावाद भन्ने नारा लगाउन लगाएका थिए ।

शनिबार मकवानपुरमा कार्यक्रम नभएको भए काठमाडौंमा तस्वीर जलाउने कार्यक्रम हुने थियो भन्दै उनले प्रचण्ड हत्यारा भएको जिकिर गरे ।

सिन्धुपाल्चोकमा शुक्रबार आयोजित जनसभामा प्रचण्डले पूर्वराजालाई संविधानको दायराभित्र रहन सचेत गराउँँदै इँटको जवाफ पत्थरले दिने चेतावनी दिएका थिए ।





Source link

काठमाडौंसहित देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु


छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बिपीचोकमा बा.५ ख ११६८ नम्बरको टिपरले टोचिङ गरी गोकर्णतर्फ तान्दै गरेको बा.१२ च २६९७ नम्बरको बोलेरो गाडीमा बा.४८ प ३६४० नम्बरको मोटरसाइकल ठोक्किँदा शुक्रबार बेलुकी दुर्घटना भएको छ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका-१ सानीटार बस्ने ३७ वर्षीय अनुज ढकालको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा ज्यान गएको हो। प्रहरीले टिपर र बोलेरोका चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै, काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडि रा.१ ख २६२२ नम्बरको टिपरले प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-११ बस्ने सुकराम तामाङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोटको विदुर नगरपालिका-४ सिचाइस्थित भित्री सडकमा बट्टारबाट दानसिङतर्फ जाँदै गरेको बा.४६ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक तार्केश्वर गाउँपालिका-१ दानसिङ बस्ने ३२ वर्षीय चतुर तामाङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा ज्यान गएको हो।

बाराको कोल्हबी नगरपालिका-१ जमुनी खोला पुल नजिक सडकमा सपहीबाट कोल्हबीतर्फ आउँदै गरेको ग.८ प ७८११ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कोल्हबी नगरपालिका-१ बस्ने ३० वर्षीय घनश्याम पनुहरको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको बायोद्या अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका-८ कर कार्यालय नजिक सडकमा इटहरीबाट दुहबीतर्फ जाँदै गरेको प्र.१-०२-०४८ प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक दुहबी नगरपालिका-१२ बस्ने २५ वर्षीय पुरन चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम, विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दाङको राप्ती गाउँपालिका-४ मौरीघाटस्थित सडकमा ग.६ प ९४३० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री राप्ती गाउँपालिका-४ पिपरखुट्टी बस्ने २२ वर्षीया पार्वती नेपालीकी ६ महिनाकी छोरी एन्जल नेपालीको शुक्रबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते भएकी पार्वतीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यी सबै दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



Source link

कांग्रेस महामन्त्री थापा – Online Khabar


२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् ।

स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ ।

‘पहिले पहिले विदेशमा उपचार गरेको भन्दै मन्त्रिपरिषद्बाट मनलाग्दी रकम दिने चलन थियो । तपाईंको छोरो कतारमा काम गरेर बडो दुःख गरेर यहाँ पैसा पठाउने । गाउँको अस्पतालमा डाक्टर पुर्याउन मुस्किल हुने । अनि, ठूला नेता उपचार गर्न जापान, अमेरिका जाने र सरकारले पैसा दिने हुँदै आएको थियो,’ थापाले भने, ‘म स्वास्थ्यमन्त्री भएका बेला विदेशमा गएर उपचार गर्ने विशिष्ट होस् या सामान्य जनता कसैले पनि पैसा नपाउने कानुनी व्यवस्था गरियो । त्यस्तै व्यवस्था पूर्वविशिष्टहरूलाई दिइने सुविधाको विषयमा पनि गर्न जरुरी छ ।’

शनिबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्बोधन गर्दै थापाले राज्यकोषबाट पैसा बाँड्न नभई पैसा वितरण रोक्ने कानुन बनाउनु पर्ने बताए ।

‘अहिले सरकारले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु,’ उनले भने, ‘त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’





Source link

बाल सुधार गृहमा कुटाकुट र आगजनी : ४९ बालबन्दी अस्पताल भर्ना


बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयन्दु बाल सुधार गृह’मा भएको कुटाकुट र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन्। उनीहरूलाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ। 

शुक्रबार मध्यरातिदेखि सुरु भएको तनाव शनिबार दिउँसोसम्म साम्य भएको थियो। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको गम्भीर रहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीका अनुसार कुल ४९ जना बालबन्दीलाई अस्पताल भर्ना गरिएको हो। 

यो पनि पढ्नुहोस्

जयन्दु बाल सुधार गृहमा कुटाकुट र आगजनी, २१ बालबन्दी घाइते

‘शुक्रबार राति ६ जना र शनिबार ४३ जना घाइते भएका छन्,’ उनले नागरिकसँग भने, ‘यीमध्ये सामान्य अवस्थादेखि गम्भीर चोट लागेकासम्म छन्। केहीले टाउको दुख्यो र अप्ठ्यारो भयो भनेर बताएपछि उनीहरूलाई पनि अस्पताल पुर्‍याइएको छ।’ गम्भीर घाइते दुई जनाको सिटी स्क्यान गरिएको प्रजिअ जोशीले बताए।

बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि पनि इट्टा प्रहार गरेका थिए। यसबाट ३ जना प्रहरी घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थिति नियन्त्रणमा ल्याउन शनिबार दिउँसोसम्म प्रहरीलाई हम्मे–हम्मे परेको थियो। त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

कुटाकुटका क्रममा ५–६ जना बालबन्दी भागेका थिए, तर पछि उनीहरू आफैं सम्पर्कमा आएको प्रजिअ जोशीले जानकारी दिए। उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए। आगजनीका कारण भवनको पहिलो तला बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ। आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो। ‘क्षतिका कारण ७०-८० जना बालबन्दीलाई बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा स्थानान्तरण गरिएको छ,’ जोशीले भने, ‘पछि कारागार व्यवस्थापन विभागसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गरिनेछ।’

हरेक वर्ष झडप
जयन्दु बाल सुधार गृहमा हरेक वर्ष झडप हुने गरेको छ। गत वर्षको झडपमा एक जनाको मृत्यु भएको थियो। ‘बालबिज्याइँ’ मुद्दामा सजाय पाएकाहरूलाई १८ वर्ष उमेर नाघेपछि पनि यहीँ राख्ने गरिएको छ, जसले बारम्बार झडप निम्त्याउने गरेको छ। स्रोतका अनुसार सुधार गृहभित्र प्रतिबन्धित लागूऔषधको प्रयोग हुने गरेको छ। 

स्थानीयका अनुसार कारोबारीले लागूऔषध पुर्‍याउने र बालबन्दीले सहजै प्रयोग गर्ने गरेका छन्। हतियार र बर्दीबिनाका प्रहरी खटिए पनि उनीहरू बालबन्दीका अगाडि निरिह बन्ने गरेका छन्। लागूऔषध प्रयोग गर्ने बालबन्दीले नै तनाव निम्त्याउने गरेको स्रोतको दाबी छ। 

प्रकाशित: २ चैत्र २०८१ १७:५९ शनिबार





Source link

भिक्षु, हिउँचितुवा र गोठालो – Online Khabar


२ चैत, काठमाडौं । सन् २०१६ को जून महिनामा, तिब्बती फिल्म निर्देशक ‘पेमा छेदेन’लाई चीनको छिङहाइ प्रान्तको राजधानी सीनिङको विमानस्थलमा प्रहरीले हिरासतमा लिएको थियो। आफ्नो छुटेको सामान लिन विमानस्थलको आगमन क्षेत्रमा प्रवेश गर्न खोज्दा उनको सुरक्षा कर्मचारीहरूसँग विवाद भएको थियो। विवाद बढ्दै जाँदा प्रहरीले उनलाई सार्वजनिक व्यवस्था विथोल्ने आरोपमा पाँच दिनको प्रशासनिक हिरासतमा राखेको थियो।

हिरासतमा रहँदा उनलाई चक्कर आउने, छातीमा असजिलो महसुस हुने, औंलाहरू सुन्निने जस्ता स्वास्थ्य समस्याहरू देखा परेका थिए। त्यसलै उनलाई अस्पताल भर्ना गरिएको थियो। उक्त घटनाले चिनियाँ फिल्म उद्योगमा व्यापक चासो र चिन्ता उत्पन्न गराएको थियो। चिनियाँ फिल्म निर्देशक संघले प्रहरीको बल प्रयोगबारे स्पष्ट पार्न र घटनाको पूर्ण विवरण सार्वजनिक गर्न सम्बन्धित अधिकारीहरूलाई आह्वान पनि गरेको थियो।

पेमा छेदेन तिब्बती भाषामा फिल्म बनाउने पहिलो चिनियाँ निर्देशक हुन्। उनका फिल्महरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मान र प्रशंसा पाएका छन्। उनको हिरासत र त्यसपछिको स्वास्थ्य अवस्थाले तिब्बती समुदाय र समर्थकहरूमा एकाएक चिन्ता बढाएको थियो। उनको मृत्यु सन् २०२३ मे ८ मा ५३ वर्षको उमेरमा हृदयघातका कारण भएको थियो। हिरासतमा हुँदा चिनियाँ प्रहरीहरूले गरेको कठोर व्यवहारका कारण उनी कमजोर भएका थिए। उनको मृत्युको कारण पनि त्यही हुनसक्ने धेरैले अहिले पनि अनुमान लगाउने गर्छन्।

उनले मृत्यु हुनुभन्दा केही महिना अघि मात्र बनाएर सकेका थिए, ‘स्नो लिओपार्ड’, जसमा हिउँचितुवा र एक युवा तिब्बती भिक्षुबीचको गहिरो आध्यात्मिक सम्बन्धलाई प्रस्तुत गरिएको छ। उनको यो अन्तिम फिल्म हो।

संसारभर विभिन्न धर्महरूले जनावरहरूलाई देवताको प्रतीक अथवा उनीहरूको अवतारका रूपमा पुज्ने चलन रहेको छ। उनीहरूलाई पुज्नु धार्मिक मात्र नभएर सांस्कृतिक, नैतिक तथा पर्यावरणीय कारणहरूले पनि प्रेरित गर्छ, त्यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई मजबुत बनाउने, धर्मलाई जीवित राख्ने र केही लोपोन्मुख प्रजातिहरूको संरक्षण गर्न सहयोग पुर्‍याउने काम गर्दै आएको छ। यही सहअस्तित्वका कारण मान्छे र जनावर आजसम्म एकैसाथ बाँचिरहेका छन्।

तिब्बती बौद्ध धर्ममा हिउँचितुवालाई पवित्र जनावरको रूपमा पुज्ने गरिन्छ। केही चिनियाँ मिथक तथा लोककथाहरूमा त्यसलाई बुद्धिमानी, शक्ति र साहसको प्रतीकका रूपमा पनि चित्रित गरिएको छ। त्यसैले चीनमा हिउँचितुवालाई सांस्कृतिक, पारिस्थितिकीय तथा संरक्षणका हिसाबले निकै महत्वपूर्ण जनावर मान्ने गरिन्छ। तर, त्यसको कारणले हिमाली समुदायलाई भने बेलाबेलामा गाह्रो हुने गरेको छ।

हिमाली क्षेत्रमा चराउने भेडाबाख्रा, चौंरीगाई र अन्य घरपालुवा जनावरहरू हिउँचितुवाको प्रमुख शिकार बन्ने गर्छन्। कतिपय गाउँलेको आर्थिक स्रोत नै पशुपालन भएकाले हिउँचितुवाको आतङ्कले उनीहरू ठूलो समस्या तथा घाटामा पर्न जान्छन्। केही गाउँले(गोठालाहरूले हिउँचितुवालाई मार्ने कोसिस पनि गर्छन्। त्यसैले हिउँचितुवाबाट प्रभावित गाउँले(गोठालाहरूलाई सरकारले क्षतिपूर्ति पनि दिंदै आइरहेको छ।

एकरात भोकाएको हिउँचितुवा भेडाको खोरमा पसेर नौ वटा भेडालाई मारिदिन्छ। तिनीहरूको रगतको मातले लट्ठ परेको हिउँचितुवा त्यहीं अन्य जीवित भेडाहरूको बीचमा निदाउँछ।

चिनियाँ प्रान्त छिङहाइको माडोइ काउन्टीको तिब्बती भूमिमा कोरिएको पेमा छेदेनको फिल्म ‘स्नो लिओपार्ड’, त्यही लोपोन्मुख जनावर हिउँचितुवामा आधारित रहेको छ। फिल्मले गहिरो भावनात्मक कथा उनेको छ, जहाँ परम्परा, आध्यात्मिकता, आधुनिकता र मानव(वन्यजन्तु बीचको सम्बन्धलाई देखाइएको छ।

एकरात भोकाएको हिउँचितुवा भेडाको खोरमा पसेर नौ वटा भेडालाई मारिदिन्छ। तिनीहरूको रगतको मातले लट्ठ परेको हिउँचितुवा त्यहीं अन्य जीवित भेडाहरूको बीचमा निदाउँछ। जब बिहान भेडा गोठालो ‘जिनपा’ले थाहा पाउँछन्, हिउँचितुवा देखेर क्रोधित हुन्छन्। उनले उक्त चितुवालाई त्यही खोरमा कैद गरेर राख्छन्। जबसम्म सरकारले मरेको नौ वटा भेडाको क्षतिपूर्ति दिंदैन, उनले चितुवालाई नछाड्ने मनसाय बनाउँछन्। यदि कुनै क्षतिपूर्ति नआए चितुवालाई मारिदिने धम्की समेत दिन्छन्।

हिउँचितुवा दुर्लभ तथा संरक्षित जनावर भएको हुँदा त्यसलाई मार्नु कानूनी रूपमा प्रतिबन्धित रहेको छ। जब त्यो खबर बाहिर आउँछ, एक स्थानीय चिनियाँ टेलिभिजन पत्रकार टोली घटनास्थलमा पुग्छ। विस्तारै सरकारी अधिकारी, प्रहरीहरू पनि त्यहाँ आइपुग्छन्। उनीहरू र स्थानीय समुदायका मानिसहरूबीच तनाव बढ्दै जान्छ।

त्यसैबीच, जिनपाको भाइले हिउँचितुवालाई बचाउन खोज्छन्। उनी तिब्बती बौद्ध भिक्षु हुन्छन्। वन्यजन्तुहरूप्रति गहिरो श्रद्धा राख्ने उनलाई सबैले ‘हिउँचितुवा भिक्षु’ भनेर चिन्ने गर्छन्। उनी चितुवालाई मुक्त गर्नुपर्ने धार्मिक तथा आध्यात्मिक कारणहरू प्रस्तुत गर्छन्। उनको दाइ जिनपाले भने सरकारले उचित क्षतिपूर्ति नदिएसम्म चितुवालाई नछाड्ने अडान लिन्छन्। पत्रकारहरूको लागि त्यो एउटा रोचक समाचार बन्न पुग्छ। सरकारी अधिकारीहरूको लागि त्यो कानूनी तथा प्रशासनिक समस्या भइदिन्छ। भिक्षु भने चितुवालाई जनावर मात्र नभएर एक आध्यात्मिक अस्तित्व मान्छन्। तिनै भिन्नभिन्न विचारहरूले गर्दा विवाद झनै चर्किंदै जान्छ।

पेमा छेदेनको ‘स्नो लिओपार्ड’ प्रकृति र आधुनिक मानव समाजको टकराव, स्थानीय संस्कार र सरकारी नियमहरूबीचको द्वन्द्व तथा बौद्ध धर्मको करुणा र वास्तविक जीवनका कठिनाइहरूलाई राम्रोसँग बुझाउने माध्यम बनेको छ। फिल्मले बौद्ध दर्शन, प्रकृति र आधुनिक समाजका जटिलताहरूलाई गहिरो ढंगले उजागर गरेको छ। निर्देशक पेमा छेदेनको निधन अघिको अन्तिम फिल्म भएकाले पनि यो अझ गहिरो र अर्थपूर्ण लाग्छ।

‘Rams’ले भेडाको कथा भन्छ, ‘स्नो लिओपार्ड’ले हिउँचितुवाको। दुवै फिल्मका सांस्कृतिक तथा भौगोलिक पृष्ठभूमि फरक भए पनि तिनले उठाउने प्रश्नहरू गहिरा र सार्वभौमिक छन्।

यो एउटा हिउँचितुवा बचाउने संघर्षको कथा मात्र नभएर आध्यात्मिकता, परम्परा, कानूनी संरचना र आधुनिक समाजबीचको गहिरो द्वन्द्वलाई उजागर गर्ने एक गहन अध्ययन बनेको छ। फिल्मले हामीलाई परम्परागत तिब्बती जीवनशैली र सरकारी हस्तक्षेप बीचको जटिल सम्बन्धलाई पुनर्विचार गर्न बाध्य बनाउँछ।

केही समयअघि ‘ग्रिमुर हाकोनार्सन’द्वारा निर्देशित आइसल्यान्डिक फिल्म ‘Rams’ हेरेको थिएँ। फिल्मले शान्त, सुन्दर र शक्तिशाली कथा कहन्छ, जसले परिवार, समाज र अस्तित्वको गहिराइलाई खोतल्ने काम गर्छ। त्यसले पनि ‘स्नो लिओपार्ड’मा झैं मानव(प्रकृति सम्बन्ध, परम्परा, आधुनिकताको टकराव र परिवारभित्रको भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखेको छ। तिनीहरूबीच धेरै विषयगत समानता छन्। ‘Rams’ले भेडाको कथा भन्छ, ‘स्नो लिओपार्ड’ले हिउँचितुवाको। दुवै फिल्मका सांस्कृतिक तथा भौगोलिक पृष्ठभूमि फरक भए पनि तिनले उठाउने प्रश्नहरू गहिरा र सार्वभौमिक छन्।

‘स्नो लिओपार्ड’ केवल एउटा तिब्बती समाज वा हिउँचितुवासँग सम्बन्धित कथा मात्र होइन, यो मानव अस्तित्वको गहिराइलाई खोतल्ने फिल्म हो।

निर्देशक पेमा छेदेनलाई तिब्बती सिनेमाको संस्थापक पनि मानिन्छ। उनका फिल्महरू संसारभरका फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेका छन्। ‘स्नो लिओपार्ड’ पनि भेनिस फिल्म फेस्टिभल र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। उनले आफ्नो करिअरभरि तिब्बती पहिचान, राज्यसत्ता र सांस्कृतिक अस्तित्वका कथाहरू उतार्दै आएका थिए। ‘स्नो लिओपार्ड’लाई यी सबै विषयहरूको संयोजन मान्न सकिन्छ। एउटा सामान्य द्वन्द्व जस्तो लागे पनि फिल्ममा हामी कुनै पनि एउटा पक्षलाई सही वा गलत भन्न सक्दैनौं। फिल्मभरि नैतिकताको परिभाषा पटक–पटक परिवर्तन भइरहन्छन्। फिल्ममा देखाइएका तिब्बती भू–दृश्यहरू, संवादको मौनता तथा हिउँचितुवाले प्रतीकात्मक रूप बोकेका छन्।

‘स्नो लिओपार्ड’ केवल एउटा तिब्बती समाज वा हिउँचितुवासँग सम्बन्धित कथा मात्र होइन, यो मानव अस्तित्वको गहिराइलाई खोतल्ने फिल्म हो। निर्देशकले आध्यात्मिकता, सामाजिक यथार्थ र राज्यव्यवस्थाको टकरावलाई अद्भुत रूपमा प्रस्तुत गरेका छन्।





Source link

हवाई यात्रामा खतरा बन्दै पावर बैंक, एयरलाइन्सद्वारा धमाधम प्रतिबन्ध


दक्षिण कोरियाको गेउम्हे विमानस्थलमा गत जनवरी २८, २०२५ मा एयर बुसानको एयरबस ए३२१ विमानमा भएको आगलागीको कारण पावर बैंक भएको खुलासा भएको छ।

स्थानीय अधिकारीका अनुसार, खराब पावर बैंकका कारण विमानको माथिल्लो भागबाट आगो सुरु भएको थियो। घटनामा तीन जना सामान्य घाइते भएका थिए। 

दक्षिण कोरियाको यातायात मन्त्रालयको मार्च १४, २०२५ को प्रतिवेदनले यो पुष्टि गरेको छ। तर, ब्याट्री किन बिग्रियो भन्ने अझै खुलेको छैन। यो प्रारम्भिक प्रतिवेदन मात्र हो, अन्तिम प्रतिवेदन आउन बाँकी छ।

सन् २०१६ देखि नै लिथियम आयन ब्याट्री भएका पावर बैंक केबिन ब्यागेजमा प्रतिबन्धित छन्। यस्ता ब्याट्रीमा सर्ट सर्किट भएर आगलागीको जोखिम हुन्छ। यो घटनापछि एयर बुसानले कडा नियम लागू गरेको छ। सिंगापुर एयरलाइन्सले अप्रिल १, २०२५ देखि पावर बैंकमाथि पूर्ण प्रतिबन्धको घोषणा गरेको छ। चाइना र थाई एयरलाइन्सले पनि यस्तै कदम चालेका छन्।

लिथियम ब्याट्रीका कारण विगतमा पनि आगलागीका घटना भएका छन्। सन् २०१७ मा मेलबर्न-बेइजिङ उडानमा हेडफोन विस्फोट भएको थियो, सिड्नीमा डिब्बाबाट धुवाँ निस्किएको थियो। 

सन् २०२२ को प्रतिवेदनअनुसार, बेलायतको फोहोरमा यस्ता ब्याट्रीले हरेक वर्ष ७०० भन्दा बढी आगलागीका घटना निम्त्याएका छन्। यी ब्याट्री पावर बैंकमा मात्र होइन, मोबाइल र ल्यापटपमा पनि प्रयोग हुन्छन्। ब्याट्री खराब हुँदा विस्फोटको खतरा रहन्छ। बीबीसी

प्रकाशित: २ चैत्र २०८१ १८:१३ शनिबार





Source link

जलवायु परिवर्तनको संकटमा तेस्रो ध्रुव – Online Khabar


तेस्रो ध्रुव (थर्ड पोल), आर्कटिक र अन्टार्कटिक बाहेकको सबैभन्दा ठूलो बरफ र ताजा पानीको भण्डार हो, जुन चीन, भारत, नेपाल, पाकिस्तान, भुटान, अफगानिस्तान, बंगलादेश र म्यानमारसम्म फैलिएको छ। यो विश्वकै सबैभन्दा ठूलो उच्च पहाडी पारिस्थितिक प्रणाली हो, जसलाई एशियाली जल टावर पनि भनिन्छ ।

तिब्बती पठारसहित विभिन्न हिमाली शृंखलामा फैलिएको यो क्षेत्र पाँच मिलियन वर्ग किलोमिटरमा विस्तारित छ र करिब १ लाख वर्ग किलोमिटर हिमनदी समेट्छ। यहाँ रहेका १२ हजारभन्दा बढी ताल र प्रमुख नदी प्रणालीहरू करोडौं मानिसका लागि पानीको स्रोत हुन्।

subash adhikariनेपालको परिप्रेक्ष्यमा, तेस्रो ध्रुव अत्यन्त महत्वपूर्ण छ। नेपालको हिमालय क्षेत्र कुम्भु, अन्नपूर्ण, माछापुच्छ्रे, लाङटाङका साथै अन्य प्रमुख हिमाल र हिमनदीहरू तेस्रो ध्रुवको अंशको रूपमा महत्वपूर्ण छन्। यी हिमनदीहरूले नेपालको नदी प्रणालीलाई पानी आपूर्ति गर्छन्, जसले कृषि, ऊर्जा र पिउने पानीको आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्छ। साथै, नेपालका धेरै ग्रामीण समुदायहरू यिनै जलस्रोतको भरमा जीवनयापन गर्छन्।

तर, हाल जलवायु परिवर्तनले यस संवेदनशील पारिस्थितिक क्षेत्रलाई खतरामा पार्दैछ। यहाँको तापमान वृद्धिको गति विश्वको औसतभन्दा तीव्र छ, जसका कारण हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन् । हिमताल विस्फोट र बाढीको जोखिम बढेको छ । साथै, पारिस्थितिक सन्तुलन गुम्दै गएको छ।

गर्मी बढ्दै, हिमनदी घट्दै

तेस्रो ध्रुव क्षेत्रमा दक्षिण एसियाली देशहरूबाट आएको वायु प्रदूषणले समेत असर पुर्‍याइरहेको अध्ययनले देखाएको छ

अध्ययनअनुसार, १९औं शताब्दीदेखि तापमान तीव्र रूपमा बढिरहेको छ । जसका कारण पछिल्लो २ हजार वर्षकै सबैभन्दा तातो अवस्था सिर्जना भएको छ। हिमालय क्षेत्रका हिमनदीहरू तीव्र रूपमा संकुचित भइरहेका छन् । यसले लामो अवधिमा पानीको स्रोतमा गम्भीर असर पार्नेछ। नदीहरूको प्रवाह केही समयका लागि बढ्नेछ, तर जब हिमनदीको पग्लिने स्रोत घट्दै जान्छ, तब पानीको अभाव सिर्जना हुनसक्छ।
वनस्पति विस्तार, तर मरुभूमीकरणको खतरा

तेस्रो ध्रुव क्षेत्रमा मुख्य रूपमा घाँसेमैदान, झाडी क्षेत्र, स्टिप (ठूलो, समतल वा हल्का चढाइ भएको घाँसको मैदान), वन, खेतीयोग्य जमिन र आद्रभूमिहरू छन्। पछिल्लो समय वनस्पति आवरण विस्तार हुँदै माटोको जलधारण क्षमता बढेको देखिन्छ। तर उच्च पहाडी क्षेत्रमा मरुभूमीकरण बढ्दो छ, जसले दीर्घकालीन असर पार्न सक्छ।

मानवजनित प्रदूषणको असर

तेस्रो ध्रुव क्षेत्रमा दक्षिण एसियाली देशहरूबाट आएको वायु प्रदूषणले समेत असर पुर्‍याइरहेको अध्ययनले देखाएको छ।

मुख्य प्रदूषक तत्वहरू :

  • कालो कार्बन– हिउँको सतह कालो पारेर पग्लने गति बढाउने।
  • भारी धातुहरू– विषाक्त पदार्थहरूले पारिस्थितिकी तन्त्रलाई असर गर्ने।
  • अर्गानिक प्रदूषक– लामो समय वातावरणमा रहने हानिकारक तत्वहरू।

यी प्रदूषकले हिमनदी क्षेत्रमा पुगेर वातावरणीय असन्तुलन निम्त्याइरहेका छन्।

जैव विविधता संकटमा

तेस्रो ध्रुव दुर्लभ वनस्पति तथा जनावरहरूको बासस्थान हो। तर जलवायु परिवर्तनका कारण कतिपय प्रजाति लोप हुने खतरामा छन्। विश्वव्यापी रूपमा २० प्रतिशत जैव विविधता संकटमा रहे पनि तेस्रो ध्रुवमा हाल ९ प्रतिशत कशेरुकी जनावर र ५ प्रतिशत वनस्पति जोखिममा छन्। सकारात्मक पक्ष के छ भने, संरक्षण प्रयासहरू सफल हुँदै गइरहेका छन्। जस्तै प्रेजेवल्स्कीको गजेल र तिब्बती जंगली गधा जस्ता प्रजातिको जनसंख्या बढ्दै गएको छ।

भविष्यको प्रक्षेपणः २१०० सम्म के हुन्छ ?

– तापमान वृद्धिः १.४–५.६ डिग्री सेल्सियस ।
– उचाइमा आधारित तापमान वृद्धिः १.८+०.४ डिग्री सेल्सियसको प्रक्षेपण भविष्यमा जारी रहने अनुमान गरिएको छ।
– १.५ डिग्री सेल्सियसको वैश्विक तापमान वृद्धिको परिप्रेक्ष्यः शताब्दीको अन्त्यसम्म यो तापमान वृद्धि जारी रहनेछ।
– वर्षा वृद्धिः ६–१५ प्रतिशत।
– हिमनदीको अवस्थाः २१०० सम्म हालको दुई तिहाइ भाग पग्लने।
– नदी प्रवाहः सुरुवातमा बढ्ने, तर पछि घट्ने।

यदि उचित संरक्षण रणनीतिहरू अवलम्बन गरिएन भने जलवायु परिवर्तनका असरहरू झनै गम्भीर हुनसक्ने छन्।

के गर्न सकिन्छ ?
– जैव विविधताको संरक्षण तथा अनुसन्धान।
– प्रदूषण न्यूनीकरणका लागि क्षेत्रीय नीति निर्माण।
– हिमनदी पग्लने दर कम गर्न प्रविधिको विकास।
– स्थानीय समुदायलाई संरक्षण अभियानमा संलग्न गराउने।

नेपाल सरकार र राजनीतिककर्मीको भूमिका

नेपाल सरकार र राजनीतिक नेताहरूले जलवायु परिवर्तनका प्रभावसँग लड्न र तेस्रो ध्रुवको संवेदनशील पारिस्थितिकीय संकटलाई समाधान गर्न विभिन्न पहल गर्नुपर्ने आवश्यकता छ। यहाँ केही महत्वपूर्ण कदमहरू छन् जसले नेपाललाई जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न मद्दत पुर्याउन सक्छः

जलवायु नीति र योजनाहरूको सुधार

नेपालले जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राख्दै, दीर्घकालिक जलवायु नीति र कार्य योजनाहरू बनाउनुपर्छ। सरकारको सबै योजनामा जलवायु परिवर्तनको प्रभावको मूल्याङ्कन गरेर नीति निर्माण गर्नुपर्नेछ, जसमा हिमनदी संरक्षण, पानीको स्रोतको व्यवस्थापन र जैव विविधताको संरक्षण समावेश हुनेछ।

हिमनदी र जलस्रोतहरूको संरक्षण

नेपालमा हिमनदीहरू र पानीका स्रोतहरूको महत्त्व अत्यधिक छ। सरकारले हिमनदीको पग्लने दर कम गर्न र पानीको स्रोतको संरक्षण गर्न प्राविधिक र वैज्ञानिक उपायहरू लागू गर्नुपर्नेछ। हिमनदीहरूको अध्ययन र निगरानी प्रणालीको स्थापना आवश्यक छ ताकि कुनै पनि प्राकृतिक विपत्तिका लागि पूर्वसूचना प्राप्त गर्न सकियोस्।

स्थानीय समुदायको संलग्नता र शिक्षा

नेपालका गाउँ र हिमाली क्षेत्रका समुदायहरू तेस्रो ध्रुवको प्रभावित क्षेत्र हुन्। सरकारले स्थानीय समुदायलाई जलवायु परिवर्तनका प्रभाव र यसबाट जोगिनका उपायहरूमा शिक्षित गर्नुपर्नेछ। यसका लागि जनजागरण अभियान, तालिम कार्यक्रम र संरक्षण गतिविधिहरूको आयोजना गर्नु आवश्यक छ।

प्रदूषण नियन्त्रण र क्षेत्रीय सहकार्य

नेपालले दक्षिण एसियाली देशहरूसँग प्रदूषण न्यूनीकरणका लागि सहकार्य गर्नुपर्नेछ। क्षेत्रीय स्तरमा वायु प्रदूषण नियन्त्रणका लागि नीति र रणनीतिहरू अपनाउन र भारत, चीन जस्ता छिमेकी देशहरूसँग मिलेर काम गर्न आवश्यक छ।

पानीको आपूर्तिको दीर्घकालीन व्यवस्थापन

जलवायु परिवर्तनका कारण पानीको स्रोतमा असमानता र कमी आउन सक्ने भएकाले, नेपालले पानीको दीर्घकालीन व्यवस्थापनका लागि नीतिहरू बनाउनु पर्नेछ। पानी संकलन र वितरण प्रणालीको सुधार, वर्षा पानीको संचयन, र जलवायु अनुकूल कृषि प्रविधिहरूको प्रोत्साहन गर्न आवश्यक छ।

वैश्विक जलवायु सम्झौतामा सक्रिय सहभागिता

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनसँग सम्बन्धित सम्झौतामा सक्रिय भूमिका निभाउनुपर्नेछ। पेरिस सम्झौतासहितको अन्य अन्तर्राष्ट्रिय समझदारीहरूमा नेपालले उच्च प्राथमिकता दिँदै जलवायु अनुकूलन र कमीकरणका प्रयासहरूलाई बलियो बनाउनु पर्नेछ।

सार्वजनिक–निजी साझेदारी र अन्तर्राष्ट्रिय सहयोग

सरकार र निजी क्षेत्रबीच साझेदारी गर्न र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहयोग गर्न जरुरी छ। जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि वैज्ञानिक र प्रविधिक सहयोगको महत्त्वपूर्ण भूमिका छ, जसका लागि नेपालले अन्य देशहरू र विकास साझेदारहरूसँग मिलेर काम गर्नसक्छ।

द्रुत आपतकालीन प्रतिक्रिया योजना

जलवायु परिवर्तनका कारण बाढी, पहिरो र हिमताल विस्फोट जस्ता प्राकृतिक विपत्तिहरूको जोखिम बढिरहेको छ। त्यसैले नेपाल सरकारले द्रुत आपतकालीन प्रतिक्रिया योजनाहरू तयार राख्नुपर्छ ताकि कुनै पनि संकटको समयमा प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन सकियोस्।

निष्कर्ष

तेस्रो ध्रुव क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेको छ। यो केवल एक भूगोलिक क्षेत्र मात्र नभई, करोडौं मानिसका लागि ताजा पानीको स्रोत पनि हो।

नेपाल जस्तो उच्च पहाडी र हिमाली क्षेत्रका लागि यो संकट अझ गहिरो छ। यदि तत्काल प्रभावकारी नीति निर्माण नगरिएमा पारिस्थितिक सन्तुलन, जैव विविधता, र मानव जीवनमा गम्भीर संकट आउन सक्छ।

मुख्य सन्देशहरू

– तेस्रो ध्रुवले पछिल्लो दुई हजार वर्षमा सामान्यतया तातो र आद्र्र जलवायु अनुभव गरेको छ।
– तेस्रो ध्रुवका जल निकायहरू पछिल्लो ३० वर्षमा बढ्दो भिन्नता देखाइरहेका छन्।
– तेस्रो ध्रुवका पारिस्थितिक तन्त्रहरूले १९८० को दशकदेखि हरियो बनावट देखाएको छ।
– तेस्रो ध्रुव बाहिरका मानवीय क्रियाकलापले तेस्रो ध्रुवको वातावरणमा नकारात्मक प्रभाव पुर्याइरहेका छन्।
– भविष्यमा, तातो र आद्र्र जलवायुका कारण थप जोखिमपूर्ण परिणामहरूको सम्भावना देखिन्छ।





Source link

आइजिपी कप क्रिकेट : लुम्बिनीलाई हराउँदै मधेसले चुम्यो उपाधि


प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ। 

नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न आज सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे। 

सो अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरुस्त रहनुपर्ने सङ्गठनमा खेलकुदको महत्व अझ अधिक रहेको उल्लेख गरेका छन्। उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु सङ्गठनका निम्ति गौरवको विषय भएको पनि भनेका छन्। 

गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए। रासस

प्रकाशित: २ चैत्र २०८१ १८:२२ शनिबार





Source link

सन् २०२६ को अन्त्यमा स्टारशिप मंगल ग्रहमा प्रस्थान गर्नेः मस्क


२ चैत, काठमाडौं । सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताएका छन् ।

विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको महत्वाकांक्षी परियोजना हो ।

‘स्टारशिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मङ्गल ग्रहको लागि प्रस्थान गर्छ । यदि ती अवतरणहरू राम्रो भयो भने सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ, यद्यपि मानव अवतरण सुरु हुन सन् २०३१ सम्म लाग्ने सम्भावना बढी छ,’ मस्कले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

टेस्लाका कार्यकारी प्रमुखसमेत रहेका मस्कले गत वर्ष एक कार्यक्रममा कम्पनीको अप्टिमस रोबोट सार्वजनिक गरेका थिए ।

उनले कुनै दिन सानातिना काम गर्न सक्ने र मित्रता पनि गाँस्नसक्ने प्रदान गर्ने ‘डान्सिङ रोबोट’ लाई २० हजारदेखि ३० हजार डलरसम्ममा बिक्री गर्न सकिने बताए ।

‘स्ट्याच्यू अफ लिबर्टीभन्दा लगभग १०० फिट अग्लो ४०३ फिट अग्लो स्टारशिप अन्ततः पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।

नासाले आफ्नो आर्टेमिस कार्यक्रमका लागि मुन ल्यान्डरको रूपमा स्टारशिपको परिमार्जित संस्करणको पनि प्रतिक्षा गरिरहेको छ, यसले यस दशकमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ ।

स्पेसएक्सले ती मिसनहरू पूरा गर्नु अघि यसले यान विश्वसनीय छ, चालक दलका लागि सुरक्षित छ र जटिल ‘इन–ऑर्बिट रिफ्युलिङ’ गर्न सक्षम छ भन्ने प्रमाणित गर्नुपर्छ । गहिरो अन्तरिक्ष अभियानहरूको लागि यो हुनु महत्वपूर्ण छ ।

स्पेसएक्सले यसै महिना ‘स्टारशिप प्रोटोटाइप’को पछिल्लो परीक्षण उडान एक ज्वालामुखी विस्फोटमा परिणत भएपछि एक धक्काको सामना गर्नुपरेको थियो । यसको कक्षीय परीक्षणमा यसले सफलतापूर्वक कक्षमा प्रवेश गरेको थियो । यो अघिल्लो प्रयासको निकटको पुनरावृत्ति थियो ।
(रासस/एएफपी)





Source link

प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमाथि छलफल गरी पारित गरिने


प्रतिनिधि सभाले प्रतिस्थापन विधेयकहरूलाई सदनमै छलफल गरेर पारित गर्ने निर्णय गरेको छ।

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकहरूलाई प्रतिनिधि सभाको बैठकमा छलफल र निर्णयार्थ पेश गर्ने कार्यतालिका बनाएको हो।

बैठकका अनुसार चैत ४ र चैत ७ गते बस्ने बैठकहरूमा सबै प्रतिस्थापन विधेयकहरू पारित गरी राष्ट्रिय सभामा पठाइनेछ। साथै, चैत ४ देखि १५ गतेसम्मको बैठक कार्यतालिका पनि तय गरिएको छ।

प्रतिनिधि सभाले प्रतिस्थापन विधेयकहरूसँगै नियमित प्रक्रियाबाट आएका अन्य विधेयकहरूलाई पनि पारित गर्ने योजना बनाएको छ।

सरकारले चालु अधिवेशन बोलाउनु केही दिनअघि, पुस २९ गते चार वटा अध्यादेश र माघ २ गते एउटा अध्यादेश जारी गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार, सरकारले ल्याएका अध्यादेशहरू संसदको पहिलो बैठकमा पेश गरिनु पर्नेछ भने ६० दिनभित्र संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण हुनुपर्छ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रिय सभामा टेबल गर्न नसकिएकाले सरकारले फिर्ता लिएको छ। तर, अन्य प्रतिस्थापन विधेयकहरू, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि सम्बन्धी नेपाल ऐन संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश र निजीकरण पहिलो संशोधन अध्यादेशलाई प्रतिनिधि सभामै छलफल गरी निर्णयार्थ अगाडि बढाइने योजना बनाइएको छ।

प्रकाशित: २ चैत्र २०८१ १८:३५ शनिबार





Source link

आईजीपी कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई – Online Khabar


मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित गरेको हो ।

२ चैत, काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीले चुमेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे । त्यस अवसरमा उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने संगठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए ।

उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु संगठनका निम्ति गौरवको विषय भएको उनले बताए ।

गत २७ फागुनदेखि सुरु भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी भएका थिए ।





Source link

Trip Turbo reaches 1 lakh downloads on Play Store, Offers!


Trip Turbo, a prominent travel marketplace in Nepal, has reached 100,000 (1 lakh) downloads on the Google Play Store. The app reached the milestone in just five months after its launch on September 01, 2024.

The wide and positive reception of the app is a proof of its acceptance and relevancy among the users. The app allows users to book flights, activities, and hotels online via its mobile app.

To celebrate 1 lakh downloads on Play Store, Trip Turbo has introduced a Trip Turbo 100K Offer campaign with exciting giveaways such as:

  • Two free one-way domestic flights for two lucky winners
  • A free Hot Air Balloon ride in Pokhara worth Rs. 11,000 for one lucky winner
  • Two gift cards worth Rs. 5,000 each from OOPS Nepal, Nepal’s first family entertainment center
  • Discounts and promo codes worth over Rs. 1,00,000 on domestic flights and different adventure activities

“Reaching 100K downloads is a huge milestone for Trip Turbo, and it’s only the beginning,” said Shikher Prasai, Trip Turbo’s Founder. “We’re committed to providing our customers with exceptional experiences, whether it’s through unbeatable deals, exclusive discounts, or unforgettable adventure activities—backed by superior customer support. We’re thrilled to give back to our loyal users and look forward to continuing to innovate and grow together.”

The Trip Turbo 100K Offer runs from March 15 to March 31, 2025. You become eligible for this offer after booking any flight, bus, or activity through its official platforms.

Check out: Hamro Pay app top features, UI, future ahead

More Trip Turbo offers

Here are more offers for Trip Turbo users:

  • For loyal users: Redeem 20,000 TT Coins — Trip Turbo’s loyalty points — for a Rs. 500 discount promo code on any domestic flight. Limited redemptions are available.
  • For first-time flight bookers: Use the promo code FIRST100K to get a flat Rs. 200 off on your first flight.
  • For all users: Use the promo code APP100K for a flat Rs. 150 off every flight booking during the campaign period.
  • Bus ticket discounts: First-time bus riders can apply the promo code TURBOBUS to get Rs. 50 off their first bus ticket.

Adventure Activity Discounts

Trip Turbo has also announced discounts on a range of thrilling activities including up to 50% off or Rs 6,000 discounts. Besides, you also get promo codes for extra savings on your favorite adventure activities.

Likewise, you get up to Rs 1,450 on popular adventures such as paragliding, bungee jumping, sky cycling, canyoning, swing, hot air balloon, and ATV (quad-bike) tour. There are more activities on this list, too.

To be eligible for these offers, you simply need to go to the promo code section in the Trip Turbo app or website and view and apply the available codes.

In addition, you get to redeem 5,000 TT coins for exclusive discounts of up to Rs 1,400 on Shower Bungee by High Ground Adventure in Pokhara, Hot Air Balloon (Pokhara), Bungee by The Cliff (Kushma, Parbat), Bungee by The Bungy Nepal (Pokhara), ATV (quad-bike) Tour by High Ground Adventures (Pokhara), and Paragliding by Advance Paragliding (Pokhara).

Also: PayPal launching in Nepal! NRB, Fonepay makes key steps

Do note that these highly appealing offers are valid till March 31, 2025.



Source link

दाहाललाई शाहीको जवाफ- तपाईं र तत्कालीन सरकार मिलेपछि राजाको वंशनास भयो


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनास गरेको आरोप लगाएका छन्।

‘सिधा भाषामा भन्दा विदेशीको इशारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ,’ शाहीले शुक्रबार (आज) सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले अगाडि सोधेका छन्, ‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो, तपाईंले। विदेशीको इशारामा मन्दिर, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले। ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले। क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले।’

यसअघि दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न सुझाव दिएका थिए। त्यसको जवाफमा शाहीले यस्तो बताएका हुन्।

यो पनि पढ्नुहोस्

पूर्वराजाको सक्रियताबारे दाहाल- भाइमारा को हो ? मूर्ति चोर को हो ?

 

प्रकाशित: १ चैत्र २०८१ १९:०९ शुक्रबार





Source link

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन – Online Khabar


१ चैत, ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँच सय भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो ।

फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको संख्या सात हजार चार सय २८ रहेको समेत समितिले जनाएको छ । उक्त संख्या साविकको तुलनामा न्यून छ ।

गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम जम्मा भएको थियो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ । केबलकारका सम्बन्धमा उत्पन्न विवादका कारण भएको बन्दलगायत कारण यो वर्ष संख्या घटेको उनले बताए ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहारलगायत चाडपर्वमा ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्छ ।

स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाखको हाराहारीमा दर्शनार्थी आउने गरेको समितिले जनाएको छ ।





Source link

पूर्वविशिष्टको सुविधाबारे अनर्गल प्रचार भयो, हामीलाई थाहा छैन : उपप्रधानमन्त्री सिंह


उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन्। शुक्रवार नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। 

उनले आफूहरू समेत सरकारमै भएपनि पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेकाबारेमा केही जानकारी नभएको बताए। उनले पहिलेका कुनै सरकारले वर्कआउट गरेको कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ दलहरूलाई अप्ठ्यारोमा पार्न खोजिएको दाबी समेत गरेका छन्। 

उनले भने, ‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पर्वहरूलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ। अहिले हामी पनि सरकारमा छौँ, तर हामीलाई केही थाहा छैन। कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला? अहिले ल्याएर राखिदिएपछि दलहरूलाई अप्ठ्यारोमा पार्ने हुन्छ।’ उनले भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्न समेत सबैमा आग्रह गरेका छन्। 

प्रकाशित: १ चैत्र २०८१ १९:०९ शुक्रबार





Source link

रुखले च्यापिएर दैलेखमा २ जनाको मृत्यु – Online Khabar


फाइल तस्वीर


१ चैत, नौमुले । दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताए ।





Source link