काठमाडौं महानगरपालिकाले नदी सरसफाइका क्रममा विष्णुमती नदी खण्डमा मूर्ति भेटेको छ । सो नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णयसमेत गरिएको महानगरले जनाएको छ ।
महानगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार स्थानीयले दाबी गरेको स्थानको मूर्ति हो कि होइन भन्नेबारे पुरातत्व विभागबाट अध्ययन गरेर पेस गर्ने तयारी रहेको छ । स्थानीय र सम्पदा अभियन्ताहरूले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव ९छत्रचण्डेश्वर, लकुलिस० हो भनेर दाबी गरेका छन् । यो दाबीपछि भेटिएको मूर्ति पूर्ववत् स्थानमा फर्काउन सकियोस् भनेर अध्ययन थालिएको महानगरले जनाएको छ ।
महानगरका सम्पदा सल्लाहकार यादवलाल कायस्थले पनि उक्त मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारामा भएको भीममुक्तेश्वर मन्दिरको भएको दाबी गरे। विसं २०७८ चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उहाँले बताउनुभयो । कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायब निरीक्षक लेखबहादुर मगरले पनि कायस्थको भनाइलाई पुष्टि गरे।
पूर्ववत् स्थानमा मूर्ति राख्नका लागि यो स्थान पहिचान गर्नुपर्ने बताइएको छ । सम्बन्ध भएका निकायसँगको छलफलपछि पुरातत्व विभागले अध्ययन गर्ने, अध्ययनले देखाएको अवस्थापछि थप प्रक्रिया अगाडि बढाउने विषयमा साझा धारणा रहने पनि महानगरले जनाएको छ ।
महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्ने क्रममा गत फागुन २४ गते शनिबार बिहान उक्त भेट्टाइएको थियो । नदी भित्रबाट निकालिएको मूर्ति धोइपखाली गरेर अहिले महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ । कार्यक्रमका सम्पर्क व्यक्ति सानुमैया महर्जनका अनुसार कालीमाटी पुल र ज्ञानतीर्थ बीचको नदी खण्डमा फोहरसँग पुरिएको अवस्थामा मूर्ति निकालिएको हो ।
लामो समय पानीमा रहेकाले मूर्तिको आकार पूर्ण भए पनि सूक्ष्म कला र अङ्गहरूको आकृति भने बिग्रिएको अवस्थामा रहेको बताइएको छ ।
३ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई सशस्त्र प्रहरी बलले बिदाई गरेको छ ।
सशस्त्र मुख्यालय हल्चोकमा आज आइतबार एक कार्यक्रमकाबीच सशस्त्र आईजी राजु अर्यालले कुँवरलाई बिदाई गरे ।
बिदाई कार्यक्रमा सशस्त्र प्रहरीका उच्च अधिकारीहरुको सहभागिता थियो ।
कुँवर प्रहरीको ३० वर्षे सेवा अवधिका कारण भोलि ४ चैतको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । ३० वर्षे लामो प्रहरी करिअरबाट बिदा हुँदै गरेका कुँवरलाई भोलि सोमबार प्रहरी हेडक्वाटरले बिदाई कार्यक्रम गरी पठाउने तयारी गरको छ ।
कुँवरको अवकाशसँगै ३१ औं आईजीका लागि एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामका छन् । अब बस्ने मन्त्रीपरिषद्ले उनीहरु मध्ये एक जनालाई आईजीमा बढुवा गर्नेछ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले १५ वटा आङ्गिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन्। उनले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्।
निर्देशन दिएकामध्ये उपत्यकाका छ र उपत्यका बाहिरका नौ आङ्गिक क्याम्पस रहेका छन् । ‘त्रिविका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते स्वविुय निर्वाचन सम्पन्न गर्नुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको हो ?’, सदस्यसचिव अधिकारीले जारी गरेको पत्रमा प्रश्नसहित भनिएको छ, ‘सम्बद्ध पक्षसँग समझदारी गरी जुन अवस्थामा र प्रक्रियामा रोकिएको हो सोही अवस्था र प्रक्रियाबाट स्ववियु निर्वाचन कार्य तत्कालै अगाडि बढाउन निर्देशन गरिन्छ ।’
उपत्यकामा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोविचौर, शङ्करदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । यस्तै, उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुव रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनीमा पनि प्रक्रिया अगाडि बढेको छैन ।
त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा मङ्गलबार (चैत ५) का लागि एकैदिन स्ववियु निर्वाचन घोषणा गरिएको छ ।
३ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट कोटाको ९० हजार टन गहुँ आयात गर्न ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गरेको छ ।
भारतले नेपाललाई कोटा सुविधा अन्तर्गत उपलब्ध गराएको ९० हजार टन गहुँ आयात गर्न विभागले ती व्यापारिक प्रतिष्ठान छनोट गरेको हो ।
गहुँ आयात गर्न काठमाडौंका कालीमाटीस्थित विशाल ट्रेड लिंक, कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज र गुञ्जेश्वरी ट्रेड लिंक, वीरगञ्जस्थित जोश नेपाल ट्रेडर्स, कैलालीस्थित मन्सा इन्टरनेसनल र काठमाडौं डिल्लीबजारको दुर्गा ब्रदर्स कन्सर्न र ज्ञान इन्टरप्राइजेजलाई विभागले छनोट गरेको छ ।
छनोटमा परेका व्यापारिक प्रतिष्ठानलाई कोटा पनि प्रदान गरिएको छ । ती प्रतिष्ठान प्रत्येकले ३ हजार टनका दरले गहुँ आयात गर्न पाउने छन् ।
विभागले गत १४ देखि २० माघसम्मको समय राखेर भारतबाट कोटाको गहुँ आयात गर्न आवेदन माग गरेको थियो । ती फर्मले न्यूनतम २ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउने सर्त राखेको थियो ।
भारतको नेसनल कोअपरेटिभ एक्स्पोर्ट लिमिटेडबाट कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र आयात गरिसक्नुपर्ने छ भने अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने छ ।
विभागले उल्लेख गरेअनुसारको नियममा रहेर गहुँ आयातका लागि ५९ वटा व्यापारिक प्रतिष्ठानको आवेदन परेको थियो । जसमध्ये ७ प्रतिष्ठानलाई छनौट गरिएको विभागल् जारी गरेको सूचनामा उल्लेख छ ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि- २०२५ बुटवल र भैरहवामा लन्च गरेको छ ।
भैरहवास्थित अम्बु मार्केटिंग र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि- २०२५ लन्च भएका छन् । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ एफएनसीसीआई सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्य र बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘आज टाटा इभिको नयाँ मोडलहरु बुटवल र भैरहवामा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । अब ग्राहकहरुले टाटाको प्रिमियम कर्भ इभिदेखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ इभि, बजेटमा एसयुभीको आनन्दलिनको लागि पन्च इभि र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याच ब्यागटियागो इभि- २०२५ मोडल रोज्न सक्नुहुन्छ । ग्राहकहरुले नेपाली बाटो सुहाउने ग्राउन्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट अनुसारले किनेर ढुक्क भएर इभि गाडीको मज्जा लिन सक्नुहुन्छ।’
त्यस्तैअम्बु मार्केटिंगका प्रोपराइटर परशुराम पराजुलीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए ।
सफल मोटर्सका प्रोपराइटर प्रदिप हमालका अनुसार बुटवल तिरको बाटो सुहाँउदो प्रिमियम र धेरै रेञ्ज भएको गाडीहरु लन्च भएको हुँदा यो इभिहरु ग्राहकको रोजाईमा विश्वस्त रहेको जानकारी दिए।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रि पछिको सेवाको लागि तत्पर लागि रहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन आग्रह गरे।
आजदेखि बुटवलका ग्राहकहरुले सफल मोटर्सको शोरुम र भैरहवाका ग्राहकहरुले अम्बु मार्केटिंगको शोरुममा गएर लन्च भएको नयाँ गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
३ चैत, काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी संगठनबीच नै प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) रविन ओलीको नेतृत्वमा चुनाव लड्दैछ । नेकपा एमाले निकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विशाल रोकाहाको नेतृत्वमा चुनावी मैदानमा छ ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अन्य क्रान्तिकारी संगठनहरूसहितको गठबन्धनमा काशीराम जैसीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छ । जैसी नेतृत्वको प्यानललाई नेकपा एकीकृत समाजवाद निकट र धर्मेन्द्र बास्तोला निकट विद्यार्थी संगठनको समर्थन छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल समाजवादी पनि चुनावी मैदानमा छ । अखिल समाजवादी सलुन खड्का नेतृत्वमा चुनावी मैदानमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले अध्यक्षमा नविन ऐरीलाई अध्यक्षमा उठाएको छ । तर, उनको उम्मेदवारीको सम्बन्धमा उजुरी परेको निर्वाचन समितिले जनाएको छ ।
‘उजुरीउपर छलफल भएको छ । यस सम्बन्धमा उचित निर्णय हुन्छ’ निर्वाचन समितिका प्रवक्ता अजय कुमार खड्काले जानकारी दिए ।
विद्यार्थी नेताहरूका अनुसार उम्मेदवारी पाँच जनाको परेता पनि प्रतिस्प्रर्धा कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगगठनको बीचमा हुने छ ।
यो क्याम्पसमा कूल ६ हजार ६१७ जना मतदाता छन् । मतदान यही ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
Online citizenship recommendation has begun in Nepal. In a major digital governance milestone, Kathmandu Metropolitan City (KMC) has started issuing recommendations required for citizenship from Chaitra 01, 2081. The shift to electronic means will greatly elevate customer experience and strengthen the local level’s trust with the public.
The Department of Information Technology, with the support of the Ministry of Home Affairs and the District Administration Office (DAO), has provided usernames and passwords to ward secretaries through an orientation program for practical practice in operating the Central Citizenship Management System (CCIMS).
For the unaware, to get a citizenship in Nepal, one first has to process it at the concerned ward office (of the areas where one is born). There, the ward prepares a document with the ward chairman’s signature, which has to be later produced at the District Administration Office (DAO) of the district.
The online system provides facilities for entering citizens’ personal details, verifying documents, saving scanned copies, and sending them to concerned offices. This electronic system is implemented by the Ministry of Home Affairs and is already in use in over 2,500 wards across 20 districts.
How does the online citizenship recommendation system work?
This online citizenship recommendation system works with two modules. One is an internal module that is used only on computers with an intranet connection. The External Module is used on computers with an internet connection. The authority has implemented this approach to ensure maximum security.
So, with the online system in use, citizens will need to visit their concerned ward (Inside KMC, for example) for the process. Then, the ward verifies all the details and sends them to the DAO online. That means the DAO won’t need to manually enter citizens’ details into the computer again. It only needs approval.
The system is aimed at making the citizenship recommendation procedure efficient and fast. It’s not entirely online, though. Still, people will need to visit the ward and DAO for the initial process. It’s more like a government-to-government scenario for processing the details online. Anyway, it’s a good start to shifting government services online.
We already have the Nagarik App for driving license, PAN, checking SEE/HSEB results, and dozens of government services. Now, the local government of Kathmandu Metro has started online recommendations for providing citizenship to the public. Let’s hope that e-Governance has more for us in the coming days.
Which government service do you want to go online the most? Do share in our comment section below.
ललितपुर जिल्लाका केही महत्वपूर्ण क्षेत्रहरूमा आगामी दुई महिनासम्म पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र वरपर निषेधाज्ञा लागू गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी आदेशअनुसार, तोकिएको क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न रोक लगाइएको छ।
प्रशासनले भीडभाडका कारण तोडफोड, आगजनी, हुलदंगा वा सार्वजनिक सेवामा अवरोध पुग्न सक्ने भन्दै यस्तो निर्णय लिएको बताएको छ।
प्रशासनले संविधानअनुसार नागरिकलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार रहे पनि सरकारी तथा निजी सम्पत्तिमा क्षति भएमा सम्बन्धित पक्षबाट क्षतिपूर्ति असुल गरिने चेतावनीसमेत दिएको छ।
३ चैत, काठमाडौं । निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल) का नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले पदभार गह्रण गरेका छन् ।
आइतबार पदभार सम्हालेका उनलाई निवर्तमान निर्देशक डा. विधाननिधि पौडेलले स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै डा. रेग्मीले बिरामीलाई सहज र मैत्रीपूर्ण सेवा दिने प्रतिवद्धता जनाए। ‘स-साना काम र सेवा प्रवाहमा सुधार गर्दै अघि बढ्नेछु । पहिलो प्राथमिकता बिरामीमैत्री सेवा सुनिश्चित गर्नु हुनेछ ’ डा. रेग्मीले भने ।
स्वागत समारोहमा निवर्तमान निर्देशक डा. पौडेलले आफ्नो कार्यकालका उपलब्धि बारे जानकारी दिएका थिए।
डा. पौडेलले आफ्नो कार्यकालमा अस्पतालको सेवा र संरचनामा भएको सुधारको उल्लेख गरेका थिए । अस्पतालमा १६ वर्षदेखि घाटामा रहेको आर्थिक पक्षलाई पनि सुधार गर्न सफल भएको दावी पौडेलले गरे ।
‘कोभिड महामारीका दौरानमा अस्पतालका कार्यहरूलाई निरन्तरता दिँदै अस्पतालको आर्थिक स्थितिमा सुधार ल्याउन सकेका छौं, ‘डा. पौडेलले सुनाए ।
डा. पौडेलले आफ्नो कार्यकालमा अस्पतालभित्रको तलबभत्ताको असमानतालाई समाधान गरेको र करारमा रहेका चिकित्सकलाई स्थायी बनाउन समेत सफल भएको उल्लेख गरे।
त्यसैगरी, अस्पतालमा चिकित्सा शिक्षाको समेत आफूले थालनी गरेको भन्दै उनले केही नयाँ भवनका लागि चिनियाँ पक्षसँग सम्झोता भइसकेको समेत जानकारी दिए ।
Recently, the union Cabinet of India approved the Kedarnath Cable Car project, formally titled “Kedarnath Ropeway Project,” that will reduce the 9-hour long trek to a mere 36 minutes. So, this could also mean a great deal for Nepali devotees who would like to visit Kedarnath down the years choosing the ropeway.
The Kedarnath Cable Car project was approved under the leadership of Indian Prime Minister Narendra Modi. It’s a significant transport system for the country that will facilitate millions of pilgrims with easier travel.
According to Union Minister Ashwini Vaishnaw, the Kedarnath Cable Car project will cost INR 48.10 billion (NRS 76.87 billion), and the Hemkund Sahib Ropeway will cost INR 2.73 billion (NRS 4.4 billion). The project will be constructed under a public-private partnership in the ‘Design, Build, Finance, Operate, and Transfer (DBFOT)’ system.
The Indian government expects the ropeway to boost tourism, promote the economy, and generate employment.
Indian media has highlighted that the Kedarnath Cable Car project will connect Sonprayag to Kedarnath temple, minimizing the 16-kilometer journey from Gaurikund to the holy shrine to just 36 minutes. That sounds stunning compared to the nine nine-hour journeys it currently takes for the pious visitors. The project will use Tri-Cable Detachable Gondolas.
Likewise, the ropeway system will take 1,800 passengers to the holy site per hour per direction, meaning 18,000 pilgrims daily.
Beyond easing pilgrimage travel, the project is expected to create a significant number of jobs during both the construction and operational phases, added the Indian media outlet. It is also anticipated to drive the growth of accommodation, transport, catering, and year-round tourism services.
Kedarnath cable car does hold importance to Nepalese. It’s important for Nepalese too as thousands of devotees visit the sacred site every year. The easier route to the holy shrine will make the travel even more appealing, especially for the older citizens who may have shunned the idea of a trip because of the perilous journey. The ropeway will ignite the desire in many Nepalese to visit Kedarnath when it’s ready to serve.
नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।
निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् आपूर्ति गर्न आवश्यक संरचना परीक्षणका क्रममा सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । हाल उक्त समस्या समाधानका लागि मर्मत तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ ।
एक सय दुई मेगावाट क्षमताको यो आयोजनाबाट जाडो महिनामा करिब ४० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । हिउँदमा विद्युत् आपूर्तिको सन्तुलन कायम गर्न यो महत्वपूर्ण हुने भएकाले प्राधिकरणले आयोजनालाई छिटो सञ्चालनमा ल्याउन ताकेता गर्दै आएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवासकुमार मिश्र सम्मिलित टोलीले शनिबार आयोजनास्थलको निरीक्षणसमेत गरेको छ । टोलीले प्रसारण लाइन, सबस्टेसन तथा निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिएको हो ।
कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई दुई केभीमा चार्ज गर्न बाँकी कामहरू शीघ्र पूरा गर्न निर्देशन दिएको छ । टोलीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कार्यको निरीक्षणसमेत गरेको छ ।
मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने तामाकोशी–काठमाडौँ ४०० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रामेछापको नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको प्रसारण लाइनमा सम्पूर्ण टावरहरू ठड्याइसकिएको छ भने करिब एक किलोमिटर तार तान्न मात्र बाँकी रहेको छ ।
हाल चार केभी प्रसारणलाइनलाई अस्थायी रूपमा २०० केभी क्षमतामा सञ्चालन गरी मध्यभोटेकोशीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने योजना बनाइएको छ । यसका लागि नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचनाहरू स्थापना गर्ने कार्य अघि बढाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको भूमिका महत्वपूर्ण हुने भएकाले दुवै आयोजना संवेदनशील रहेको उल्लेख गर्दै निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभयो ।
मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्म चार किलोमिटर २२० केभी प्रसारण लाइनको निर्माण पूरा भइसकेको छ । तामाकोशी र सुनकोशी नदी तथा तिनीहरूका सहायक खोलामा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण भइरहेको छ ।
बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनअन्तर्गत १२२ टावरमध्ये दुई वटाको मात्रै निर्माण बाँकी छ । साथै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण समेत सम्पन्न भइसकेको छ ।
३ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्ने क्रममा उनले राजश्वले खर्च धान्न धौधौ भएको कारण चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्युन बजेट विनियोजन गरिएको बताए । ‘राजश्वले हाम्रो…
From now on, banks need to put an employee’s name and contact at their ATM outlets to solve any possible problems that may arise while dispensing cash. The move seeks to address problems for bank customers who face issues while trying to withdraw cash at ATMs. Nepal Rastra Bank (NRB) brought the rule to resolve […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डबाट हुने राजस्व सङ्कलन आफैले गर्न आग्रह गरेका छन्।
आइतबार विज्ञापन बोर्डले यहाँ आयोजना गरेको विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रममा उनले होर्डिङ बोर्डमार्फत व्यापक राजस्व चुहावट भएको उल्लेख गर्दै राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गरी आफैँले राजस्व सङ्कलन गर्न स्थानीय तहलाई आग्रह गरेका हुन्।
मन्त्री गुरुङले यसबाट करिब २० अर्ब राजस्व गुमाउनु परेको उल्लेख गर्दै राजस्व चुहावट नियन्त्रण गर्न स्थानीय तहको ध्यानाकर्षण गराएका हुन्।
होर्डिङ बोर्ड राख्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था पालना गर्नसमेत उनले आग्रह गरे। “होर्डिङ बोर्डबाट हुने विज्ञापनमा व्यापक राजस्व चुहावट भएको र करिब २० अर्ब राजस्व गुमेको पाइएको छ, राजस्व सङ्कलनलाई ठेक्कामा लगाउने कार्य तत्काल बन्द गरी आफैँले राजस्व सङ्कलन गर्न अनुरोध गर्दछु”, मन्त्री गुरुङले भने, “साथै विज्ञापन बोर्डले बनाएर पठाएको स्थानीय तहको विज्ञापन ऐनको नमुनालाई पारित गरी काम गर्नु राज्यका लागि हितकर छ।”
मन्त्री गुरुङले मेला महोत्सवमा हुने विज्ञापनवापतको राजस्व सङ्कलनसमेत स्थानीय तहले नै गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न विज्ञापन ऐन संशोधन गर्न लागिएको समेत जानकारी गराए।
उनले तयार भइसकेको राष्ट्रिय विज्ञापन नीतिको मस्यौदामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाटसमेत सुझाव प्राप्त भइसकेकाले यसलाई छिट्टै मन्त्रिपरिषद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले पुराना ऐन कानुनको संशोधन गरी समयसापेक्ष नीति निर्माण गर्न मन्त्रालय जोड दिँदै आएको सुनाए। राष्ट्रिय विज्ञापन नीति पारित हुनासाथ विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा संशोधन गरिने, नियमन र स्वनियमनको व्यवस्थालाई थप प्रभावकारी बनाइने उनको भनाइ छ।
उनले विज्ञापन बजारको विकास र विस्तारसमेत बोर्डमार्फत गरिने उल्लेख गरे। सञ्चारमाध्यमको वर्गीकरण र स्तरीकरण गरी विज्ञापनदातालाई आवश्यक तथ्याङ्क प्रणालीको विकास गरिने, सरकारी विज्ञापनलाई थप व्यवस्थित र पारदर्शी बनाइने उनको भनाइ थियो।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पछिल्लो समय आमसञ्चारमाध्यममा विज्ञापनको मात्रा घटिरहेको र यसबाट सञ्चारमाध्यमहरु प्रभावित भएको गुनासोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।
“विज्ञापन बजारको विकास र विस्तारका लागि सरकार जस्तोसुकै कदम चाल्न तयार छ”, मन्त्री गुरुङले भने।
उनका अनुसार विज्ञापनदाता विज्ञापन गर्न डराउने वातावरणको सिर्जना सञ्चारमाध्यमकै कारण आएको गुनासो आएकाले त्यसतर्फ सञ्चारमाध्यमहरु नै गम्भीर हुन जरुरी छ।
आमसञ्चारमाध्यममा हुने विज्ञापनमा व्यापक चुहावट रहेको गुनासोलाई सम्बोधन गर्न विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ मा संशोधन गरी सञ्चारमाध्यमको बिलको प्रतिलिपि संलग्न गरी विज्ञापन एजेन्सीको सेवा शुल्क खुल्ने बिलका आधारमा कारोबार गर्नुपर्ने व्यवस्थाको कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे।
(विख्यात उपन्यासकार ग्याब्रियल गार्सिया मार्खेजको यो अन्तर्वार्ता उनले नोबेल पुरस्कार प्राप्त गर्नुभन्दा ठीक एक वर्ष अगाडि (सन् १९८१ मा) द पेरिस रिभ्युमा छापिएको थियो । आख्यानको कला श्रृङ्खला अन्तर्गत प्रकाशित यो अन्तर्वार्ता पिटर स्टोनले लिएका हुन् । यसलाई अङ्ग्रेजीबाट नेपालीमा उपन्यासकार तीर्थ गुरुङले अनुवाद गरेका छन् ।)
गाब्रिएल गार्सिया मार्खेजको अन्तर्वार्ता उनको स्टुडियो/कार्यालयमा लिइएको थियो, जुन मेक्सिको सिटीको पुरानो र रमणीय क्षेत्र सान एन्जेल इनमा रहेको उनको घरको ठीक पछाडि अवस्थित छ । यहाँ रंगीन फूलहरू फुलिरहेका हुन्छन् । स्टुडियो मुख्य घरबाट छोटो पैदल दूरीमा छ । होचो र लामो यो भवन मूल रूपमा अतिथि गृहको रूपमा डिजाइन गरिएको जस्तो देखिन्छ । भित्र, एउटा छेउमा एउटा सोफा, दुईवटा आरामदायी कुर्सी र एउटा अस्थायी बार छ, एउटा सानो सेतो फ्रिज, जसको माथि मिनरल वाटर राखिएको छ ।
कोठाको सबैभन्दा आकर्षक विशेषता सोफामाथि रहेको एउटा ठूलो फोटो हो, जुन गार्सिया मार्खेजको एकल तस्वीर हो । उनी टोपी लगाएर हावा चलिरहेको कुनै स्थानमा ठाँट्टिदै उभिएका छन्, जुन केही हदसम्म एन्थोनी क्विन जस्तो देखिन्छ ।
गार्सिया मार्खेज स्टुडियोको पल्लो कुनामा आफ्नो डेस्कमा बसिरहेका थिए । हल्का पाइलाले छिटोछिटो हिँड्दै उनी मलाई अभिवादन गर्न आए । उनी बलिष्ठ शरीर भएका व्यक्ति हुन्, करिब पाँच फिट आठ वा नौ इन्च मात्र अग्ला, जो मध्यम तौलका राम्रा लडाकु जस्ता देखिन्छन्—चौडा छाती तर खुट्टा अलि पातला । कटराइजको प्यान्ट, पातलो टर्टलनेक स्वेटर र कालो छालाको बुटमा सहज उनको कपाल गाढा खैरो र घुम्रिएको छ, ओठमाथि मोटो जुँगा ।
यो अन्तर्वार्ता तीनवटा अपराह्नका भेटघाटहरूमा भएको थियो, प्रत्येक बसाइ लगभग दुई घण्टा जतिको । गार्सिया मार्खेजको अंग्रेजी निकै राम्रो भए पनि अन्तर्वाता अवधिभर प्रायः स्पेनिसमा बोले र उनका दुई छोराले अनुवादमा सघाए । जब गार्सिया मार्खेज बोल्छन्, उनको शरीर प्रायः अगाडि–पछाडि हल्लिन्छ । साना तर निर्णायक इशाराहरू गर्न, कुनै कुरालाई जोड दिन वा आफ्नो सोचाइको दिशा परिवर्तन भएको संकेत गर्न पनि उनी प्रायः हात चलाइरहन्छन् । उनी कहिले श्रोतातिर अगाडि झुक्छन्, कहिले विचारशील रूपमा बोल्दा खुट्टा खप्टाएर पछाडि अडेसिन्छन् ।
अन्तर्वार्ताकार: टेप रेकर्डर प्रयोग गर्नेबारे तपाईंलाई कस्तो लाग्छ ?
गाब्रिएल गार्सिया मार्खेजः यहाँ समस्या के हुन्छ भने अन्तर्वार्ता रेकर्ड भइरहेको छ भनेर थाहा पाएपछि तपाईंको व्यवहार बदलिन्छ । मेरो हकमा, म तुरुन्तै रक्षात्मक ढङ्गमा प्रस्तुत हुन्छु । पत्रकारको रूपमा हामीले अझै टेप रेकर्डर प्रयोग गरेर अन्तर्वार्ता कसरी गर्ने भनेर सिकेका छैनौं जस्तो लाग्छ । मेरो विचारमा, सबैभन्दा राम्रो तरिका भनेको पत्रकारले कुनै नोट नलिई लामो कुराकानी गर्नु हो । त्यसपछि उसले कुराकानी सम्झनु पर्छ र आफूले महसुस गरेको प्रभावको रूपमा लेख्नुपर्छ, आवश्यक रूपमा व्यक्त गरिएका ठ्याक्कै शब्दहरू प्रयोग गर्नु पर्दैन । अर्को उपयोगी तरिका भनेको नोटहरू लिने र त्यसपछि अन्तर्वार्ता लिइएको व्यक्तिप्रति निश्चित निष्ठाका साथ तिनको व्याख्या गर्नु हो ।
टेप रेकर्डरले सबै कुरा रेकर्ड गर्छ र अन्तर्वार्ता लिइएको व्यक्तिप्रति वफादार हुँदैन किनकि यसले तपाईंले मुर्ख्याइँ गरेको पनि रेकर्ड गर्छ र सम्झन्छ जुन निकै झर्को लाग्दो कुरा हो । त्यसैले जब टेप रेकर्डर हुन्छ, अन्तर्वार्ता दिइरहेको छु भनेर म सचेत हुन्छु । जब टेप रेकर्डर हुँदैन म अचेतन मनले र पूर्ण रूपमा प्राकृतिक तरिकाले कुरा गर्छु ।
अन्तर्वार्ताकार:ठीक छ, तपाईंले मलाई यो प्रयोग गरेकोमा अलिकति दोषी महसुस गराउनुभयो, तर मलाई लाग्छ यस किसिमको अन्तर्वार्ताका लागि हामीलाई यो चाहिन्छ ।
मार्खेजः जे होस्, मैले भर्खरै भनेको कुराको सम्पूर्ण उद्देश्य तपाईंलाई रक्षात्मक बनाउनु थियो ।
अन्तर्वार्ताकारः त्यसोभए तपाईं आफैंले अन्तर्वार्ताका लागि चाहिँ टेप रेकर्डर कहिल्यै प्रयोग गर्नुभएन त ?
मार्खेजः पत्रकारको रूपमा म कहिल्यै प्रयोग गर्दिनँ । मेरो एउटा धेरै राम्रो टेप रेकर्डर छ, तर म त्यसलाई संगीत सुन्न मात्र प्रयोग गर्छु । पत्रकारको रूपमा मैले कहिल्यै अन्तर्वार्ता गरेको छैन । मैले रिपोर्टहरू त गरेको छु, तर प्रश्न र उत्तरसहितको अन्तर्वार्ता कहिल्यै गरेको छैन ।
अन्तर्वार्ताकारः मैले एउटा प्रसिद्ध अन्तर्वार्ताको बारेमा सुनें, जुन डुबेको कुनै जहाजको नाविकसँग थियो ।
मार्खेजः त्यो प्रश्न–उत्तरमा थिएन । नाविक मलाई आफ्ना साहसिक कथाहरू सुनाउँथे र म तिनलाई उनकै शब्दहरू प्रयोग गरेर प्रथम पुरुष शैलीमा लेख्थें, मानौं उनी आफैंले लेखिरहेका छन् । त्यो एउटा अखबारमा हरेक दिन एउटा भाग गरी शृंखलाको रूपमा दुई सातासम्म प्रकाशित भयो, त्यो मेरो नभई नाविकको नाममा हस्ताक्षर गरिएको थियो । त्यो खासमा मैले लेखेको थिएँ भनेर बीस वर्षपछि त्यो पुनः प्रकाशित नभएसम्म कसैले थाहा पाएनन् । मैले वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड लेखिसकेपछि मात्र बल्ल सम्पादकहरूले त्यो राम्रो थियो भनेर महसुस गरे ।
अन्तर्वार्ताकारः हामीले पत्रकारिताको बारेमा कुरा गर्न थालेका छौं, लामो समयसम्म उपन्यासहरू लेखिसकेपछि फेरि पत्रकार हुँदा कस्तो लाग्छ ? के तपाईं यो फरक भावना वा फरक दृष्टिकोणले गर्नुहुन्छ ?
मार्खेजः मेरो वास्तविक पेशा पत्रकारिता हो भनेर म सधैं विश्वस्त छु । पहिले मलाई पत्रकारितामा काम गर्ने अवस्थाहरू मन पर्दैनथे । त्यसबाहेक, मैले आफ्नो विचार र धारणाहरूलाई अखबारको चासोअनुसार ढाल्नुपर्थ्याे । अब, उपन्यासकारको रूपमा काम गरेपछि र त्यसको रूपमा आर्थिक स्वतन्त्रता हासिल गरेपछि, म साँच्चै आफूलाई रुचि लाग्ने र आफ्नो विचारसँग मेल खाने विषयहरू छान्न सक्छु । जे होस्, मलाई सधैं पत्रकारिताको एउटा उत्कृष्ट काम गर्ने अवसर धेरै मन पर्छ ।
अन्तर्वार्ताकारः तपाईंको लागि उत्कृष्ट पत्रकारिताको काम के हो ?
मार्खेजः जोन हर्सीको हिरोसिमा एउटा असाधारण काम थियो ।
अन्तर्वार्ताकारः के आजको दिनमा कुनै कथा छ जुन तपाईं विशेष रूपमा गर्न चाहनुहुन्छ ?
मार्खेजः धेरै छन्, र वास्तवमा केही मैले लेखेको पनि छु । मैले पोर्चुगल, क्युबा, अंगोला र भियतनामको बारेमा लेखेको छु । मलाई पोल्याण्डको बारेमा लेख्न धेरै मन पर्छ । मलाई लाग्छ यदि मैले अहिले त्यहाँ भइरहेको कुरालाई ठ्याक्कै वर्णन गर्न सकें भने, यो एकदमै महत्वपूर्ण कथा हुनेछ । तर अहिले पोल्याण्डमा धेरै चिसो छ, म आफ्नो सुखसुविधा मन पराउने एउटा पत्रकार हुँ ।
अन्तर्वार्ताकारः के तपाईंलाई पत्रकारिताले गर्न नसक्ने केही कुराहरू उपन्यासले गर्न सक्छ जस्तो लाग्छ ?
मार्खेजः लाग्दैन, मलाई यसमा कुनै फरक छ जस्तो लाग्दैन । स्रोतहरू उस्तै छन्, सामग्री उस्तै छ, साधनहरू र भाषा पनि उस्तै छन् । ड्यानियल डिफोको द जर्नल अफ द प्लेग इयर एउटा उत्कृष्ट उपन्यास हो र हिरोसिमा पत्रकारिताको महान् कृति हो ।
वास्तविक तथ्यहरूबाट सम्भावनाहरू पत्ता लगाउनु पत्रकार र उपन्यासकारको कर्तब्य हो, र यो भविष्यवक्ताको काम पनि हो ।
अन्तर्वार्ताकारः के सत्य र कल्पनालाई सन्तुलन गर्ने जिम्मेवारी पत्रकार र उपन्यासकारको फरक हुन्छ ?
मार्खेजः पत्रकारितामा एउटा मात्र गलत तथ्यले सम्पूर्ण कामलाई प्रभावित गर्छ । यसको विपरीत, आख्यानमा एउटा मात्र सत्य तथ्यले सम्पूर्ण कामलाई वैधानिकता दिन्छ । फरक यति हो, र यो लेखकको प्रतिबद्धतामा भर पर्छ । एउटा उपन्यासकारले जे पनि गर्न सक्छ, जबसम्म उसले पाठकहरूलाई विश्वस्त पार्न सक्छ ।
अन्तर्वार्ताकारः केही वर्षअघिका अन्तर्वार्ताहरूमा, तपाईंले पत्रकारको रूपमा आफ्नो विगतलाई हेर्दा त्यतिबेला कति छिटो काम गर्थें भनेर आश्चर्य व्यक्त गर्नुभएको जस्तो देखिन्थ्यो ।
मार्खेजः मलाई अहिले पहिलेभन्दा लेख्न गाह्रो लाग्छ, उपन्यास र पत्रकारिता दुवैमा । अखबारहरूका लागि काम गर्दा म हरेक शब्दप्रति त्यति सचेत थिइनँ, तर अहिले छु । जब म बोगोटामा एल स्पेक्टाडोर का लागि काम गर्थें, म सातामा कम्तीमा तीनवटा फिचर लेख्थें, हरेक दिन दुई वा तीनवटा सम्पादकीय टिप्पणीहरू लेख्थेँ र म फिल्म समीक्षाहरू पनि गर्थें । त्यसपछि राति, सबै घर गएपछि, म आफ्नो उपन्यास लेख्थें । मलाई लाइनोटाइप मेसिनको आवाज मन पर्थ्याे, जुन वर्षाजस्तो सुनिन्थ्यो । यदि तिनीहरू रोकिन्थे र म मौनतामा अड्किएँ भने, काम गर्न असमर्थ हुन्थेँ । अहिले, त्यो जाँगर तुलनात्मक रूपमा कम छ । राम्रो काम गर्ने दिनमा, बिहान नौ बजेदेखि दिउँसो दुई वा तीन बजेसम्म काम गर्दा, म बढीमा चार वा पाँच पंक्तिको एउटा छोटो अनुच्छेद लेख्न सक्छु, जुन म प्रायः भोलिपल्ट च्यातिदिन्छु ।
अन्तर्वार्ताकारः यो परिवर्तन तपाईंका कामहरूको धेरै प्रशंसा भएको कारणले हो वा कुनै राजनीतिक प्रतिबद्धताको कारणले ?
मार्खेजः दुवैबाट हो । मैले कल्पना गरेकोभन्दा धेरै मानिसहरूका लागि लेखिरहेको छु भन्ने विचारले साहित्यिक र राजनीतिक दुवै हिसाबले एउटा सामान्य जिम्मेवारी सिर्जना गरेको जस्तो मलाई लाग्छ । यसमा गर्वानुभूति पनि समावेश छ, पहिले जे गरें त्यसभन्दा कम नहोस् भन्ने चाहना छ ।
अन्तर्वार्ताकारः तपाईंले लेख्न कसरी सुरु गर्नुभयो ?
मार्खेजः चित्र कोरेर । कार्टुनहरू कोरेर । पढ्न वा लेख्न सक्नुभन्दा पहिले म स्कूल र घरमा कमिक्सहरू बनाउँथें । रमाइलो कुरा त के छ भने, मलाई अहिले थाहा छ हाई स्कूलमा मलाई लेखकको रूपमा चिनिन्थ्यो, जबकि मैले वास्तवमा कहिल्यै केही लेखेको थिइनँ । यदि कुनै पर्चा वा निवेदन पत्र लेख्नुपर्थ्याे भने, मैले नै त्यो काम गर्थें किनभने म कथित रूपमा लेखक थिएँ ।
जब म कलेज गएँ, मेरो सामान्य साहित्यिक पृष्ठभूमि मेरा साथीहरूको औसतभन्दा निकै माथि थियो । बोगोटा विश्वविद्यालयमा मैले नयाँ साथीहरू र परिचितहरू बनाउन थालें जसले मलाई समकालीन लेखकहरूसँग परिचय गराए । एक रात एकजना साथीले मलाई फ्रान्ज काफ्काको छोटा कथाहरूको किताब उधारो दिए । म बासस्थानमा फर्कें र द मेटामोर्फोसिस पढ्न थालें । पहिलो पंक्तिले मलाई ओछ्यानबाटै झन्डै खसालिदियो । म धेरै विस्मयमा परें ।
पहिलो पंक्ति, ‘जब ग्रेगोर साम्सा त्यो बिहान असहज सपनाहरूबाट ब्यूँझिए, उनले आफूलाई आफ्नो ओछ्यानमा एउटा विशाल कीरामा परिणत भएको पाए…’ पढ्दा कसैलाई यस्ता कुराहरू लेख्न अनुमति छ भन्ने थाहा नै नभएको मलाई लाग्यो । यदि मलाई थाहा भएको भए, मैले धेरै अघि नै लेख्न सुरु गरिसकेको हुन्थें । त्यसैले मैले तुरुन्तै छोटा कथाहरू लेख्न थालें । ती पूर्ण रूपमा बौद्धिक छोटा कथाहरू थिए किनभने म तिनलाई मेरो साहित्यिक अनुभवको आधारमा लेखिरहेको थिएँ र मैले अझै साहित्य र जीवनबीचको सम्बन्ध फेला पारेको थिइनँ । ती कथाहरू बोगोटाको एल स्पेक्टाडोर अखबारको साहित्यिक परिशिष्टमा प्रकाशित भए र त्यतिबेला तिनले केही सफलता पाए—सम्भवतः किनभने कोलम्बियामा कसैले बौद्धिक छोटा कथाहरू लेखिरहेका थिएनन् । त्यतिबेला लेखिने कुराहरू प्रायः ग्रामीण जीवन र सामाजिक जीवनका बारेमा हुन्थे । जब मैले मेरो पहिलो छोटो कथाहरू लेखें, तिनमा जोयसको प्रभाव छ भनेर मलाई भनियो ।
धेरै मानिसहरू मलाई अद्भुत आख्यानकार ठान्छन्, जबकि वास्तवमा म धेरै यथार्थवादी व्यक्ति हुँ र मलाई मैले लेखेको कुरा साँचो समाजवादी यथार्थवाद लाग्छ ।
अन्तर्वार्ताकारः के तपाईंले त्यतिबेला जोयस पढ्नुभएको थियो ?
मार्खेजः मैले जोयस कहिल्यै पढेको थिइनँ, त्यसैले मैले युलिसिस पढ्न थालें । मैले उपलब्ध एकमात्र स्पेनिस संस्करणमा यो पढें । त्यसपछि, अंग्रेजीमा र धेरै राम्रो फ्रान्सेली अनुवादमा पनि युलिसिस पढेपछि, मूल स्पेनिस अनुवाद त धेरै खराब पो रहेछ भनेर मलाई थाहा भयो । तर मैले केही सिकें जुन मेरो भविष्यको लेखनमा धेरै उपयोगी भयो—आन्तरिक एकालापको तरिका । पछि मैले यो भर्जिनिया वुल्फमा पनि पाएँ र मलाई उनले प्रयोग गरेको तरिका जोयसको भन्दा बढी मन पर्छ । यद्यपि यो आन्तरिक एकालापको आविष्कार गर्ने व्यक्ति लाजारिलो दे तोर्मेस नामका अज्ञात लेखक पो रहेछन् भनेर पछि मैले महसुस गरें ।
अन्तर्वार्ताकारः के तपाईं आफ्ना प्रारम्भिक प्रभावहरूको नाम लिन सक्नुहुन्छ ?
मार्खेजः मलाई बौद्धिक ढङ्गबाट छोटो कथाहरू लेख्नबाट मुक्त गर्न साँच्चिकै सहयोग गर्नेहरू अमेरिकी लस्ट जेनेरेसनका लेखकहरू थिए । उनीहरूको साहित्य जीवनसँग सम्बन्ध थियो, जुन मेरो छोटो कथाहरूमा थिएन भनेर मलाई महसुस भयो । र त्यसपछि एउटा घटना घट्यो जुन यो मनोवृत्तिको सन्दर्भमा धेरै महत्वपूर्ण थियो ।
त्यो अप्रिल ९, १९४८ मा घटेको बोगोटाको परिघटना थियो, जब एकजना राजनीतिक नेता गाइटानलाई गोली हानियो र बोगोटाका मानिसहरू सडकमा उन्मत्त भए । मैले यो समाचार सुन्दा म आफ्नो ठाउँमा दिउँसोको खाना खान लाग्दै थिएँ । म त्यो ठाउँतिर दौडें, तर गाइटानलाई भर्खरै ट्याक्सीमा राखेर अस्पताल लगिएको थियो । फर्कंदा बाटोमा मानिसहरू पहिले नै सडकमा उत्रिसकेका थिए र उनीहरू प्रदर्शन गरिरहेका थिए, पसलहरू लुटिरहेका थिए र भवनहरू जलाउँदै थिए । म पनि उनीहरूसँग मिसिएँ । म कस्तो देशमा बसिरहेको छु र मेरा छोटा कथाहरूको त्योसँग कति कम सम्बन्ध रहेछ भनेर मैले त्यो दिउँसो र साँझ थाहा पाएँ । पछि मलाई मैले मेरो बाल्यकाल बिताएको क्यारिबियनको ब्यारान्क्विल्ला फर्कन बाध्य पारियो र त्यो नै मेरो जीवन थियो जुन मैले बाँचेको थिएँ, चिनेको थिएँ र लेख्न चाहन्थें भनेर मैले महसुस गरें ।
१९५० वा ५१ तिर अर्को घटना घट्यो जसले मेरो साहित्यिक प्रवृत्तिलाई प्रभावित गर्यो । मेरी आमाले मलाई म जन्मेको र मैले पहिलो वर्षहरू बिताएको घर बेच्न अराकाटाका सँगै जान आग्रह गर्नुभयो । जब म त्यहाँ पुगें, त्यसले पहिलो पटक मलाई धेरै स्तब्ध पार्यो किनभने म त्यतिबेला बाइस वर्षको थिएँ र आठ वर्षको उमेरपछि त्यहाँ गएको थिइनँ । वास्तवमा त्यहाँ केही पनि परिवर्तन भएको थिएन । गाउँलाई साँच्चै हेरिरहेको नभई बरु पढिरहेको जस्तो अनुभव मलाई भयो । यो यस्तो थियो मानौं मैले देखेका सबै कुरा पहिल्यै लेखिएको थियो र मैले गर्नुपर्ने भनेको बस्नु र त्यहाँ भएको र मैले भर्खर पढिरहेको कुरालाई सार्नु थियो ।
घरहरू, मानिसहरू, र सम्झनाहरू सबै व्यावहारिक उद्देश्यका लागि साहित्यमा विकसित भएको थियो । मैले त्यतिबेला फकनर पढेको थिएँ कि थिइनँ यकीन छैन तर मलाई अहिले थाहा छ कि फकनरको जस्तो तरिकाले मात्र मैले देखिरहेको कुरा लेख्न सम्भव बनाउँथ्यो । गाउँको वातावरण, पतन र गर्मी लगभग फकनरलाई पढ्दा मैले महसुस गरेको जस्तै थियो । यो फलफुल कम्पनीका धेरै अमेरिकीहरू बस्ने केरा घारीको क्षेत्र थियो, जसले डिप साउथका लेखकहरूमा मैले पाएको जस्तै वातावरण प्रदान गर्यो । समीक्षकहरूले ममा फकनरको साहित्यिक प्रभावको कुरा गरेका छन्, तर म यसलाई संयोगको रूपमा देख्छुः मैले केवल त्यस्तो सामग्री फेला पारेको थिएँ जसलाई फकनरले उही तरिकाले प्रयोग गर्नुपर्थ्याे ।
मलाई लाग्छ असाधारण अनुशासन बिना तपाईं कुनै पनि मूल्यवान किताब लेख्न सक्नुहुन्न । राम्रो लेखक हुन तपाईं लेखनको हरेक क्षणमा पूर्ण रूपमा स्पष्ट हुनुपर्छ, र राम्रो स्वास्थ्यमा हुनुपर्छ ।
त्यो गाउँको यात्राबाट फर्केर मैले आफ्नो पहिलो उपन्यास लीफ स्टोर्म लेखें । अराकाटाकाको त्यो यात्रामा मलाई वास्तवमा के भयो भने मेरो बाल्यकालमा भएका सबै कुराको साहित्यिक मूल्य थियो जुन मैले अब मात्र कदर गरिरहेको थिएँ । लीफ स्टोर्म लेखेको क्षणदेखि मैले लेखक बन्न चाहेको महसुस गरें र कसैले मलाई रोक्न सक्दैन भन्ने थाहा भयो र मलाई बाँकी रहेको एकमात्र कुरा विश्वको सबैभन्दा उत्कृष्ट लेखक बन्ने प्रयास गर्नु थियो । त्यो १९५३ को कुरा थियो, तर १९६७ सम्म मेरा आठ किताबमध्ये पाँचौं लेखिसकेपछि मात्र मैले मेरो पहिलो रोयल्टी पाएको थिएँ ।
अन्तर्वार्ताकारः युवा लेखकहरू प्रायः आफ्नो बाल्यकाल र अनुभवहरूको मूल्यलाई अस्वीकार गर्छन् र सुरुमा तपाईंले जस्तै बौद्धिक बनाउँछन् भन्ने तपाईंलाई लाग्छ ?
मार्खेजः होइन, यो प्रक्रिया सामान्यतया उल्टो दिशामा हुन्छ, तर यदि मलाई कुनै युवा लेखकलाई सल्लाह दिनुपर्यो भने, उसले आफूसँग भएको कुराबारे लेख्नुपर्छ, लेखकले आफूसँग भएको कुरा लेखिरहेको छ वा उसले पढेको वा सुनाइएको कुरा लेखिरहेको छ भनेर थाहा पाउन सधैं सजिलो हुन्छ भन्थें ।
पाब्लो नेरुदाको एउटा कवितामा एउटा पंक्ति छ जसमा भनिएको छ, ‘मैले गाउँदा आविष्कार गर्नबाट भगवानले मलाई बचाऊन् ।’ मेरो कामको सबैभन्दा ठूलो प्रशंसा मेरो कल्पनाशक्तिको लागि आउँछ भन्दा सधैं मलाई रमाइलो लाग्छ, जबकि सत्य त मेरो सम्पूर्ण काममा एउटा पनि पंक्ति छैन जसको आधार वास्तविकतामा नहोस् भन्ने हो । समस्या चाहिँ क्यारिबियन वास्तविकता सबैभन्दा डरलाग्दो कल्पनासँग मिल्नु हो ।
अन्तर्वार्ताकारः त्यतिबेला तपाईं कसका लागि लेख्दै हुनुहुन्थ्यो ? तपाईंका पाठक को थिए ?
मार्खेजः लीफ स्टोर्म मेरा साथीहरूका लागि लेखिएको थियो जो मलाई सहयोग गरिरहेका थिए, मलाई आफ्ना किताबहरू उधारो दिइरहेका थिए र मेरो कामप्रति धेरै उत्साहित थिए । सामान्यतया तपाईं प्रायः कसैका लागि लेख्नुहुन्छ भन्ने मलाई लाग्छ । जब म लेख्छु, यो साथीलाई यो मन पर्नेछ, वा त्यो साथीलाई यो अनुच्छेद वा अध्याय मन पर्नेछ, सधैं विशिष्ट व्यक्तिहरूको बारेमा सोच्दै म सचेत रहन्छु । अन्ततः सबै किताबहरू तपाईंका साथीहरूका लागि लेखिन्छन् । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड लेखेपछि समस्या भयो । अब म लाखौं पाठकहरूमध्ये कसका लागि लेखिरहेको छु मलाई थाहा हुन्न, यो कुराले मलाई असहज बनाउँछ र म रोकिन्छु । यो यस्तो हो मानौं लाखौं आँखाहरूले तपाईंलाई हेरिरहेका छन् र उनीहरूले के सोचिरहेका छन् तपाईंलाई साँच्चै थाहा हुन्न ।
अन्तर्वार्ताकारः तपाईंको आख्यानमा पत्रकारिताको प्रभाव कस्तो छ ?
मार्खेजः मलाई प्रभाव पारस्परिक छ जस्तो लाग्छ । आख्यानले मेरो पत्रकारितालाई सहयोग गरेको छ किनभने यसले पत्रकारितालाई साहित्यिक मूल्य दिएको छ । पत्रकारिताले मेरो आख्यानलाई सहयोग गरेको छ किनभने यसले मलाई वास्तविकतासँग नजिकको सम्बन्धमा राखेको छ ।
अन्तर्वार्ताकार: लीफ स्टोर्म पछि र वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड लेख्न सक्षम हुनुअघि तपाईंले गर्नुभएको शैलीको खोजी कसरी वर्णन गर्नुहुन्छ ?
मार्खेजः लीफ स्टोर्म लेखिसकेपछि, गाउँ र मेरो बाल्यकालको बारेमा लेख्नु भनेको देशको राजनीतिक वास्तविकताको सामना गर्न र लेख्नबाट भाग्नु हो भनेर मैले निर्णय गरें । यस्तो स्मृतिदंशको पछाडि लुकेर राजनीतिक कुराहरूको सामना गर्नबाट जोगिरहेको छु भन्ने मेरो गलत धारणा थियो । त्यो साहित्य र राजनीतिबीचको सम्बन्धको बारेमा धेरै चर्चा हुने समय थियो । मैले यी दुईबीचको खाडललाई कम गर्न प्रयास गरिरहें । म फकनरबाट प्रभावित थिएँ नै, अब यसमा हेमिङ्वे पनि मिसिएका थिए ।
मैले नो वन राइट्स टु द कोलोनेल, इन इभिल आवर, र बिग ममाज फ्युनरल लेखें, जुन सबै लगभग एकै समयमा लेखिएका थिए र धेरै कुराहरूमा ती समान छन् । यी कथाहरू लीफ स्टोर्म र वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड भएको गाउँभन्दा फरक गाउँमा घट्छन् । यो जादु नहुने गाउँ हो । यो पत्रकारितात्मक साहित्य हो । तर जब मैले इन इभिल आवर समाप्त गरें, मेरा सबै धारणाहरू फेरि गलत रहेछन् भन्ने पाएँ । वास्तवमा मेरो बाल्यकालबारेको लेखन बढी राजनीतिक थियो र मैले सोचेको भन्दा त्यो मेरो देशको वास्तविकतासँग बढी मेल खान्थ्यो भन्ने महसुस भयो । इन इभिल आवर पछि मैले पाँच वर्षसम्म केही लेखिनँ । म सधैं केही गर्ने विचारमा थिएँ, तर केही खट्किन्थ्यो र त्यो के थियो, म निश्चित थिइनँ । एक दिन मैले सही स्वर फेला पारें—जुन स्वर मैले अन्ततः वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड मा प्रयोग गरें । यो मेरी हजुरआमाले आफ्ना कथाहरू सुनाउने तरिकामा आधारित थियो । उनी अलौकिक र अद्भुत तरिकाले कुराहरू सुनाउँथिन्, तर पूर्ण प्राकृतिक र सहजताका साथ । जब मैले प्रयोग गर्नुपर्ने स्वर फेला पारें, मैले अठार महिनासम्म हरेक दिन काम गरें ।
पाँचवटा किताब प्रकाशित गरिसकेको भए पनि चालीस वर्षको नहुँदासम्म मैले लेखकको रोयल्टी बापत एक पैसा पनि पाएको थिइनँ । १९६७ सम्म मेरा आठ किताबमध्ये पाँचौं लेखिसकेपछि मात्र मैले मेरो पहिलो रोयल्टी पाएको थिएँ ।
अन्तर्वार्ताकारः उनी ‘अनौठो’ कुरालाई कसरी यति प्राकृतिक रूपमा व्यक्त गर्थिन् ?
मार्खेजः सबैभन्दा महत्वपूरर्ण कुरा उनको अनुहारको अभिव्यक्ति थियो । उनी आफ्ना कथाहरू सुनाउँदा आफ्नो अभिव्यक्ति कति पनि परिवर्तन गर्दिनथिन्, र सबैजना आश्चर्यमा पर्थे । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड लेख्ने पहिलाका प्रयासहरूमा, मैले कथालाई विश्वास नगरी सुनाउने कोसिस गरेको थिएँ । मैले थाहा पाएँ, मैले तिनमा आफैं विश्वास गर्नुपर्ने थियो र मेरी हजुरआमाले सुनाएको जस्तै अभिव्यक्तिका साथ लेख्नु थियोः ढुङ्गाजस्तो भावहीन तरीकाले ।
अन्तर्वार्ताकारः त्यो तरिका वा स्वरमा पनि पत्रकारितात्मक गुणस्तर देखिन्छ । अलौकिक लाग्ने घटनाहरूलाई तपाईं यति सूक्ष्म विवरणमा वर्णन गर्नुहुन्छ कि तिनले आफ्नै वास्तविकता प्राप्त गर्छन् । के यो तपाईंले पत्रकारिताबाट सिक्नुभएको कुरा हो ?
मार्खेजः यो एउटा पत्रकारितात्मक चाल हो जुन तपाईं साहित्यमा पनि लागू गर्न सक्नुहुन्छ । उदाहरणका लागि, यदि तपाईंले आकाशमा हात्तीहरू उडिरहेका छन् भन्नुभयो भने मानिसहरूले तपाईंलाई विश्वास गर्दैनन् । तर यदि तपाईंले चार सय पच्चीसवटा हात्तीहरू आकाशमा उडिरहेका छन् भन्नुभयो भने, मानिसहरूले सम्भवतः तपाईंलाई विश्वास गर्नेछन् । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड यस्तै कुराहरूले भरिएको छ ।
यो ठ्याक्कै मेरी हजुरआमाले प्रयोग गरेको विधि हो । मलाई विशेष रूपमा एउटा पात्रको कथा सम्झना छ जसलाई पहेंलो पुतलीहरूले घेरेका हुन्थे । म धेरै सानो छँदा एउटा इलेक्ट्रिसियन हाम्रो घरमा आउँथ्यो । म धेरै उत्सुक हुन्थें किनभने ऊ एउटा पेटी बोकेर हिँड्थ्यो जसलाई ऊ बिजुलीको खम्बामा झुन्डिन वा अड्किन प्रयोग गथ्र्यो । हरेक पटक त्यो मानिस आएर फर्किंदा उसलाई पुतलीहरूले घेरेको हुन्थ्यो भनेर मेरी हजुरआमाले भन्नुहुन्थ्यो । तर जब म यो लेख्दै थिएँ, यदि मैले पुतलीहरू पहेंला छन् भनी नभनेको भए मानिसहरूले विश्वास गर्दैनथे भन्ने लाग्यो । जब म रेमेडियोस द ब्यूटी स्वर्गमा जाने प्रसंग लेख्दै थिएँ, त्यसलाई विश्वसनीय बनाउन मलाई धेरै समय लाग्यो ।
एक दिन म बगैंचामा गएँ र घरमा कपडा धुन आउने महिलालाई देखें र उनी तन्नाहरू सुकाउँदै थिइन् र त्यहाँ धेरै हावा चलिरहेकोले उनी चादरहरू नउडाउन हावासँग बहस गरिरहेकी थिइन् । यदि मैले रेमेडियोस द ब्यूटीका लागि तन्नाहरू प्रयोग गरें भने, उनी माथि जान्छिन् भनी मैले पत्ता लगाएँ । त्यसलाई विश्वसनीय बनाउन मैले त्यसै गरें । हरेक लेखकको समस्या विश्वसनीयता हो । जसले जे पनि लेख्न सक्छ, जबसम्म त्यसमा विश्वास गरिन्छ ।
अन्तर्वार्ताकारः वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड मा अनिद्राको महामारीको उत्पत्ति के थियो ?
मार्खेजः ओडिपसदेखि नै म सधैं महामारीहरूमा रुचि राख्थें । मैले मध्ययुगीन महामारीहरूको बारेमा धेरै अध्ययन गरेको छु । अन्य कारणहरूमध्ये मेरो मनपर्ने किताबहरूमा एउटा ड्यानियल डिफोको द जर्नल अफ द प्लेग इयर हो, किनभने डिफो एक पत्रकार हुन् जसले भनेको कुरा शुद्ध कल्पना जस्तो सुनिन्छ । धेरै वर्षसम्म मलाई डिफोले लन्डनको महामारीको बारेमा आफूले देखेर लेखेका होला भन्ने लाग्थ्यो । तर पछि मैले यो त एउटा उपन्यास पो रहेछ भनेर पत्ता लगाएँ किनभने लन्डनमा महामारी हुँदा डिफो सात वर्षभन्दा कम उमेरका थिए । महामारीहरू सधैं मेरो बारम्बार र विभिन्न रूपहरूमा आउने विषयहरूमध्ये एउटा भएको छ । इन इभिल आवरमा, पर्चाहरू महामारी हुन् । धेरै वर्षसम्म मलाई कोलम्बियाको राजनीतिक हिंसाको तत्वमीमांसा महामारी जस्तै लाग्थ्यो । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड अघि, मैले वन डे आफ्टर स्याटरडे भन्ने कथामा सबै चराहरूलाई मार्न महामारी प्रयोग गरेको थिएँ । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड मा मैले अनिद्राको महामारीलाई साहित्यिक चालको रूपमा प्रयोग गरें, किनभने यो निदाउने महामारीको उल्टो हो । अन्ततः साहित्य भनेको काष्ठकला मात्र हो ।
मेरा किताबहरूले मेरो मृत्युपछि मान्यता प्राप्त भएको भए राम्रो लाग्थ्यो, कम्तीमा पूँजीवादी देशहरूमा, जहाँ तपाईं एक प्रकारको व्यापारिक वस्तु बन्नुहुन्छ ।
अन्तर्वार्ताकारः के तपाईं त्यो उपमालाई अलि बढी व्याख्या गर्न सक्नुहुन्छ ?
मार्खेजः दुवै धेरै कठिन काम हुन् । केही लेख्नु भनेको टेबल बनाउनु जत्तिकै गाह्रो छ । दुवैमा तपाईं वास्तविकतासँग काम गरिरहनुभएको हुन्छ, जुन काठ जत्तिकै कठोर सामग्री हो । दुवैमा चाल र विधिहरू हुन्छन् । मूल रूपमा धेरै कम जादु र धेरै कठिन परिश्रम समावेश हुन्छ । र प्राउस्टले, मलाई लाग्छ, भनेका थिए, यसमा दस प्रतिशत प्रेरणा र नब्बे प्रतिशत पसिना लाग्छ । मैले कहिल्यै काठको काम गरेको छैन, तर यो मलाई सबैभन्दा मन पर्ने काम हो, किनभने विशेष गरी तपाईंले आफ्नो लागि यो काम गर्न कसैलाई भेट्टाउन सक्नुहुन्न ।
अन्तर्वार्ताकारः वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड मा भएको केरा उन्माद के हो ? त्यो युनाइटेड फ्रुट कम्पनीले गरेको घटनामा कति आधारित छ ?
मार्खेजः केरा उन्माद वास्तविकताको नजिकमा आधारित छ । अवश्य पनि, मैले ऐतिहासिक रूपमा प्रमाणित नभएका कुराहरूमा साहित्यिक चालहरू प्रयोग गरेको छु । उदाहरणका लागि, चोकमा भएको नरसंहार पूर्ण रूपमा सत्य हो जुन मैले साक्षी र कागजातहरूको आधारमा लेखें, तर ठ्याक्कै कति मानिस मारिए कहिल्यै थाहा भएन । मैले तीन हजारको तथ्याङ्क प्रयोग गरें, जुन स्पष्ट रूपमा अतिशयोक्ति हो । तर मेरो बाल्यकालको एउटा सम्झनामा एउटा धेरै, धेरै लामो रेल केरा घारीबाट निस्किएको थियो, जुन कथित रूपमा केराले भरिएको थियो । त्यसमा तीन हजार मृत मानिसहरू हुन सक्दथे, जुन अन्ततः समुद्रमा फालिए । वास्तवमा अचम्म लाग्दो कुरा के छ भने अहिले उनीहरू संसद् र अखबारहरूमा ‘तीन हजार मृत’ को बारेमा धेरै स्वाभाविक रूपमा कुरा गर्छन् । मलाई आशंका लाग्छ, हाम्रो इतिहासको आधा हिस्सा यस्तै तरिकाले बनाइएको छ । द अटम अफ द प्याट्रियार्क मा, यो अहिले सत्य नभए पनि केही फरक पर्दैन, किनभने भविष्यमा यो सत्य हुनेछ भनेर तानाशाहले भन्छ । ढिलो वा चाँडो मानिसहरूले सरकारभन्दा लेखकहरूलाई विश्वास गर्छन् ।
अन्तर्वार्ताकारः यसले लेखकलाई धेरै शक्तिशाली बनाउँछ, होइन त ?
मार्खेजः हो, र म त्यसलाई पनि अनुभव गर्न सक्छु । यसले मलाई ठूलो जिम्मेवारीको भावना दिन्छ । म वास्तवमा पत्रकारिताको एउटा काम गर्न चाहन्छु जुन पूर्ण रूपमा सत्य र वास्तविक होस्, तर वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड जस्तै अद्भुत लागोस् । जति धेरै म बाँच्छु र विगतका कुराहरू सम्झन्छु, त्यति मलाई साहित्य र पत्रकारिता एकअर्कासँग नजिकको सम्बन्धमा छन् भन्ने लाग्छ ।
अन्तर्वार्ताकारः द अटम अफ द प्याट्रियार्कमा एउटा देशले आफ्नो विदेशी ऋणको लागि समुद्र नै छोड्छ नि, त्यो के हो ?
मार्खेजः हो, तर त्यो वास्तवमा भएको थियो । यो भएको छ र धेरै पटक फेरि हुनेछ । द अटम अफ द प्याट्रियार्क पूर्ण रूपमा ऐतिहासिक किताब हो । वास्तविक तथ्यहरूबाट सम्भावनाहरू पत्ता लगाउनु पत्रकार र उपन्यासकारको कर्तब्य हो, र यो भविष्यवक्ताको काम पनि हो । समस्या के हो भने धेरै मानिसहरू मलाई अद्भुत आख्यानकार ठान्छन्, जबकि वास्तवमा म धेरै यथार्थवादी व्यक्ति हुँ र मलाई मैले लेखेको कुरा साँचो समाजवादी यथार्थवाद लाग्छ ।
लेखन जारी राख्न चाहने कुनै प्रसिद्ध लेखकले प्रसिद्धिको विरुद्ध निरन्तर आफूलाई बचाउनुपर्छ ।
अन्तर्वार्ताकारः के यो यूटोपियन हो ?
मार्खेजः यूटोपियन शब्दको अर्थ वास्तविक हो वा आदर्श हो त्यसमा म निश्चित छैन । तर मलाई लाग्छ यो वास्तविक हो ।
अन्तर्वार्ताकारः के द अटम अफ द प्याट्रियार्क का पात्रहरू, उदाहरणका लागि तानाशाहहरू, वास्तविक व्यक्तिहरूमा आधारित छन् ? फ्रान्को, पेरोन, र ट्रुजिलो जस्ता समानताहरू देखिन्छन् नि ।
मार्खेजः हरेक उपन्यासमा, पात्र भनेको कोलाज हो, तपाईंले चिनेका, सुनेका वा पढेका विभिन्न पात्रहरूको कोलाज । मैले गत शताब्दी र यो शताब्दीको सुरुका ल्याटिन अमेरिकी तानाशाहहरूको बारेमा पढ्न सकिने सबै कुरा पढें । मैले तानाशाहीमा बाँचेका धेरै मानिसहरूसँग पनि कुरा गरें । मैले यो कम्तीमा दश वर्षसम्म गरें । र, जब मलाई पात्र कस्तो हुने भन्ने स्पष्ट विचार भयो, मैले पढेका र सुनेका सबै कुरा बिर्सने प्रयत्न गरें, ताकि वास्तविक जीवनमा भएको कुनै पनि परिस्थितिको प्रयोग नगरी मैले आविष्कार गर्न सकूँ ।
एक ठाउँमा आएर मैले म आफैं कुनै पनि अवधिको लागि तानाशाहीमा नबाँचेको महसुस गरें, त्यसैले मैले सोचें, यदि मैले यो किताब स्पेनमा लेखें भने, स्थापित तानाशाहीमा बाँच्नुको वातावरण कस्तो हुन्छ भनेर म देख्न सक्छु । तर फ्रान्कोको नेतृत्वमा स्पेनको वातावरण क्यारिबियन तानाशाहीको वातावरणभन्दा धेरै फरक भएको मैले पाएँ । त्यसैले त्यो किताब लगभग एक वर्षसम्म अवरुद्ध जस्तै भयो । केही नपुगेको जस्तो थियो र कि त्यो के थियो त्यसमा म निश्चित थिइनँ । त्यसपछि सबैभन्दा राम्रो कुरा भनेको क्यारिबियनमा फर्कनु हो भनेर एक रात मैले निर्णय गरें । त्यसैले हामी सबै कोलम्बियाको ब्यारान्क्विल्ला फर्कियौं । मैले पत्रकारहरूसित एउटा घोषणा गरें जुन उनीहरूलाई ठट्टा जस्तो लाग्यो । मैले अम्बाको गन्ध कस्तो हुन्छ भनेर बिर्सिएको हुनाले म फर्केर आएको छु भनेको थिएँ । वास्तवमा, मलाई आफ्नो किताब पूरा गर्नु थियो । मैले क्यारिबियनको यात्रा गरें । जब म टापुबाट टापुमा गएँ, मैले आफ्नो उपन्यासमा कमी भएका तत्वहरू फेला पारें ।
अन्तर्वार्ताकारः तपाईं प्रायः शक्तिको एकाङ्कीपनको विषय प्रयोग गर्नुहुन्छ नि ।
मार्खेजः जति धेरै शक्ति तपाईंसँग हुन्छ, त्यति नै धेरै कसले तपाईंलाई ढाँटिरहेको छ वा छैन भनेर थाहा पाउन गाह्रो हुन्छ । जब तपाईं पूर्ण शक्तिमा पुग्नुहुन्छ, वास्तविकतासँग कुनै सम्पर्क रहँदैन र त्यो सबैभन्दा खराब प्रकारको एकाङ्कीपन हो । कुनै धेरै शक्तिशाली व्यक्ति वा तानाशाह, स्वार्थहरू र त्यस्ता मानिसहरूबाट घेरिएको हुन्छ जसको अन्तिम उद्देश्य त्यो शक्तिशाली व्यक्तिलाई वास्तविकताबाट अलग गर्नु हुन्छ; उक्त प्रदर्शनीमा सबै कुरा उसलाई अलग गर्ने ध्याउन्नमा हुन्छन् ।
अन्तर्वार्ताकारः लेखकको एकाङ्कीपन चाहिँ के हो ? यो फरक हुन्छ ?
मार्खेजः यसको शक्तिको एकाङ्कीपनसँग धेरै सम्बन्ध छ । वास्तविकतालाई चित्रण गर्ने लेखकको प्रयासले प्रायः उसलाई त्यसको विकृत दृष्टिकोणतिर लैजान्छ । वास्तविकतालाई स्थानान्तरण गर्ने कोसिसमा उसले त्यससँग सम्पर्क गुमाउन सक्छ, जस्तो हात्तीको दाँतको धरहरा भनिन्छ नि । पत्रकारिता त्यसको विरुद्धमा धेरै राम्रो रक्षक हो । त्यसैले म सधैं पत्रकारिता गरिरहने प्रयत्न गर्छु, किनभने यसले मलाई वास्तविक संसारसँग, विशेषतः राजनीतिक पत्रकारिता र राजनीतिसँग सम्पर्कमा राख्छ । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड पछि मलाई हुने एकाङ्कीपनको खतरा लेखकको एकाङ्कीपन थिएन; यो प्रसिद्धिको एकाङ्कीपन थियो, जुन शक्तिको एकाङ्कीपनसँग धेरै मिल्छ । मेरा साथीहरूले मलाई त्यसबाट जोगाए, मेरा साथीहरू जो सदा त्यसका लागि उभिएका हुन्छन् ।
विख्यात उपन्यासकार ग्याब्रियल गार्सिया मार्खेजको कोलम्बियाको ब्यारान्क्विल्लास्थित घर, जसलाई अहिले संग्रहालय बनाइएको छ ।
अन्तर्वार्ताकारः कसरी ?
मार्खेजः किनभने मेरो जीवनभरि उही साथीहरूलाई कायम राख्न म सफल भएको छु । अर्थात्, मैले आफ्ना पुराना साथीहरूसँग सम्बन्ध तोड्दिनँ वा टाढिन्नँ, र तिनीहरूले नै मलाई धर्तीमा फर्काउँछन्, तिनीहरू सधैं जमिनमा खुट्टा राख्छन् र तिनीहरू प्रसिद्ध छैनन् ।
अन्तर्वार्ताकारः कुराहरू कसरी सुरु हुन्छन् ? द अटम अफ द प्याट्रियार्क मा बारम्बार आउने एउटा छवि भनेको दरबारमा गाईहरू छन् । के यो मूल छविमध्ये एउटा थियो ?
मार्खेजः मसँग एउटा फोटोग्राफीको किताब छ जुन म तपाईंलाई देखाउनेछु । मैले विभिन्न अवसरमा मेरा सबै किताबहरूको उत्पत्तिमा सधैं एउटा छवि हुन्छ भनेको छु । द अटम अफ द प्याट्रियार्क को लागि मेरो मनमा आएको पहिलो छविमा कुनै धेरै विलासी दरबारमा एउटा धेरै बूढो मानिस थियो जहाँ गाईहरू आउँछन् र पर्दाहरू खान्छन् । तर त्यो छवि मैले फोटो नदेखेसम्म ठोस आकारमा आएन । रोममा म एउटा किताब पसलमा गएँ र फोटोग्राफी किताबहरू हेर्न थालें, जुन मलाई संकलन गर्न मन पर्छ । मैले यो फोटो देखें, र यो एकदम सही लाग्यो । मैले यो ठ्याक्कै यस्तै हुने छ भनेर पाएँ । आफू ठूलो बौद्धिक नभएकोले म आफ्ना पूर्ववर्तीहरूलाई ठूला उत्कृष्ट कृतिहरूमा होइन बरु जीवनको दैनन्दिन कुराहरूमा भेट्टाउन सक्छु ।
मलाई समीक्षकहरूले मेरो बारेमा के सोच्छन् भन्नेमा कुनै रुचि छैन; न त मैले धेरै वर्षदेखि समीक्षकहरू नै पढेको छु । तिनीहरूले लेखक र पाठकबीचको मध्यस्थकर्ताको भूमिका आफैंले दाबी गरेका छन् ।
अन्तर्वार्ताकारः के तपाईंका उपन्यासहरूले कहिलेकाहीं अप्रत्याशित मोड लिन्छन् ?
मार्खेजः पहिले मलाई यस्तो हुन्थ्यो । मैले लेखेका प्रारम्भिक कथाहरूमा मसँग मनोदशाको एउटा सामान्य विचार हुन्थ्यो, तर म संयोगले अघि बढ्थें । मलाई सुरुमा दिइएको सबैभन्दा एउटा राम्रो सल्लाह थियो । म युवा छँदा यस्तो तरिकाले काम गर्न ठीक थियो किनभने मसँग प्रेरणाको बाढी हुन्थ्यो । तर यदि मैले विधि सिकिनँ भने पछि प्रेरणा हराउँदा विधिले त्यसको पूर्ति गर्नुपर्छ र म समस्यामा पर्नेछु भनियो । यदि मैले यो समयमै नसिकेको भए म अहिले अग्रिम रूपरेखा बनाउन असमर्थ हुन्थें । संरचना भनेको पूर्ण रूपमा विधिको समस्या हो र यदि तपाईंले यो सुरुमा सिक्नुभएन भने, तपाईंले कहिल्यै सिक्नुहुन्न ।
अन्तर्वार्ताकारः त्यसोभए अनुशासन तपाईंको लागि धेरै महत्वपूर्ण छ ?
मार्खेजः मलाई लाग्छ असाधारण अनुशासन बिना तपाईं कुनै पनि मूल्यवान किताब लेख्न सक्नुहुन्न ।
अन्तर्वार्ताकारः कृत्रिम उत्तेजकहरूको बारेमा के भन्नुहुन्छ ?
मार्खेजः हेमिङ्वेले लेखेको एउटा कुराले मलाई धेरै प्रभावित गरेको थियो । उनको लागि लेखन बक्सिङ जस्तै हो । उनी आफ्नो स्वास्थ्य र भलाइको ख्याल राख्थे । फकनर जँड्याहाको रूपमा प्रतिष्ठित थिए, तर उनले दिएको हरेक अन्तर्वार्तामा उनले मात्तिएर एउटा पंक्ति पनि लेख्न असम्भव छ भने । हेमिङ्वेले पनि यही भने । खराब पाठकहरूले मैले केही कृतिहरू लेख्दा मादक पदार्थ सेवन गरेको थिएँ कि थिइनँ भनेर मलाई सोधेका छन् । तर यसले उनीहरूलाई साहित्य वा मादक पदार्थको बारेमा केही थाहा नभएको देखाउँछ ।
राम्रो लेखक हुन तपाईं लेखनको हरेक क्षणमा पूर्ण रूपमा स्पष्ट हुनुपर्छ, र राम्रो स्वास्थ्यमा हुनुपर्छ । म लेखनको रोमान्टिक अवधारणाको धेरै विपक्षमा छु जसले लेखनलाई बलिदान ठान्छ, र जति खराब आर्थिक अवस्था वा भावनात्मक स्थिति हुन्छ, त्यति राम्रो लेखन हुन्छ भन्ने मान्यता राख्छ । म त तपाईं धेरै राम्रो भावनात्मक र शारीरिक अवस्थामा हुनुपर्छ भन्ठान्छु । मेरो लागि साहित्यिक सिर्जनाको निम्ति राम्रो स्वास्थ्य चाहिन्छ, र लस्ट जेनेरेसनले यो कुरा बुझेका थिए । तिनीहरू जीवनलाई माया गर्ने मानिसहरू थिए ।
म अर्को भाषामा पढ्दा कहिल्यै सहज महसुस गर्दिनँ, किनभने मेरो भित्र साँच्चै महसुस हुने एकमात्र भाषा स्पेनिस हो । यद्यपि, म इटालियन र फ्रान्सेली बोल्छु, र म अंग्रेजी पनि राम्ररी जान्दछु ।
अन्तर्वार्ताकारः ब्लेज सेन्ड्रार्सले लेखन धेरैजसो कामको तुलनामा विशेषाधिकार हो, र लेखकहरूले आफ्नो पीडालाई अतिशयोक्ति गर्छन् भने । तपाईंलाई के लाग्छ ?
मार्खेजः मलाई लेखन धेरै गाह्रो लाग्छ, तर कुनै पनि काम सावधानीपूर्वक गरियो भने त्यस्तै हुन्छ । तर आफ्नो सन्तुष्टिको लागि काम गर्नु विशेषाधिकार हो नै । म स्वयं आफैंबाट र अरूबाट अत्यधिक अपेक्षा राख्छु भन्ने लाग्छ किनभने म गल्तीहरू सहन सक्दिनँ; मलाई कुनै पनि कुरालाई पूर्ण रूपमा गर्नु विशेषाधिकार हो भन्ने लाग्छ । यो सत्य हो कि लेखकहरू प्रायः अहंकारी हुन्छन् र आफूलाई ब्रह्माण्डको केन्द्र र समाजको विवेक ठान्छन् । तर म राम्रोसँग गरिएको कामको सबैभन्दा बढी प्रशंसा गर्छु । यात्रा गर्दा सधैं जसो जब पाइलटहरू म लेखक भएको भन्दा राम्रा पाइलट हुन् भन्ने मलाई थाहा हुन्छ म धेरै खुसी हुन्छु ।
अन्तर्वार्ताकारः तपाईं अहिले कतिखेर सबैभन्दा राम्रो काम गर्नुहुन्छ ? तपाईंसँग कामको तालिका छ ?
मार्खेजः जब म व्यावसायिक लेखक बनें, मेरो सबैभन्दा ठूलो समस्या मेरो तालिका थियो । पत्रकार हुनुको अर्थ राति काम गर्नु थियो । जब मैले पूर्णकालिक लेखन सुरु गरें, म ४० वर्षको थिएँ, मेरो तालिका मूल रूपमा बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म थियो जब मेरा छोराहरू स्कूलबाट फर्किन्थे । म कडा परिश्रममा यति अभ्यस्त थिएँ कि बिहान मात्र काम गर्दा मलाई दोषी महसुस हुन्थ्यो; त्यसैले मैले दिउँसो पनि काम गर्ने कोसिस गरें, तर दिउँसो गरेको काम भोलिपल्ट बिहान फेरि गर्नुपर्ने अवस्था हुन्थ्यो । त्यसैले मैले बिहान नौ बजेदेखि साढे दुई बजेसम्म मात्र काम गर्छु र अरू केही गर्दिनँ भन्ने निर्णय गरें । दिउँसो मसँग भेटघाट, अन्तर्वार्ता र अरू जे आउन सक्छ त्यो हुन्छ । म केवल परिचित वातावरणमा मात्र काम गर्न सक्छु जुन पहिल्यै मेरो कामले वार्म अप भएको होस्, त्यो मेरो अर्को समस्या हो ।
म होटलहरूमा, भाडाका कोठाहरूमा वा सापटी मागेर चलाएको टाइपराइटरमा लेख्न सक्दिनँ । यसले समस्याहरू सिर्जना गर्छ किनभने म यात्रा गर्दा काम गर्न सक्दिनँ । अवश्य पनि, तपाईं सधैं कम काम गर्नको लागि बहाना खोज्नुहुन्छ । त्यसैले तपाईंले आफैंमाथि लगाउने सर्तहरू समयसँगै झन् कठिन हुँदै जान्छन् । तपाईं जस्तोसुकै परिस्थितिमा पनि प्रेरणाको आशा गर्नुहुन्छ । यो शब्द रोमान्टिकहरूले धेरै प्रयोग गरे । मेरा माक्र्सवादी मित्रहरूलाई यो शब्द स्वीकार गर्न धेरै कठिनाइ हुन्छ । तर, जे नाम दिए पनि, एउटा विशेष मनोदशा हुन्छ जसमा तपाईं धेरै सहजताका साथ लेख्न सक्नुहुन्छ र कुराहरू स्वतः बग्छन् भन्नेमा म विश्वस्त छु । सबै बहानाहरू—जस्तै कि तपाईं घरमा मात्र लेख्न सक्नुहुन्छ—हराउँछन् । जब तपाईंले सही विषय र त्यसलाई व्यवहार गर्ने सही तरिकाहरू फेला पार्नुहुन्छ तब त्यो क्षण र त्यो मनोदशा आउँछ । र यो तपाईंलाई साँच्चै मन पर्ने कुरा पनि हुनुपर्छ, किनभने तपाईंलाई मन नपर्ने कुरा गर्नुभन्दा खराब काम अरू छैन ।
सबैभन्दा कठिन कुराहरूमध्ये एउटा पहिलो अनुच्छेद हो । मैले पहिलो अनुच्छेदमा कैंयौं महिना बिताएको छु, र त्यो भएपछि बाँकी धेरै सजिलोसँग आउँछ । पहिलो अनुच्छेदमा तपाईं आफ्नो किताबका धेरैजसो समस्याहरू समाधान गर्नुहुन्छ । विषय, शैली र स्वर परिभाषित हुन्छन् । कम्तीमा मेरो हकमा, पहिलो अनुच्छेद भनेको बाँकी किताब कस्तो हुनेछ भन्ने नमुना हो । त्यसैले छोटा कथाहरूको किताब लेख्नु उपन्यास लेख्नुभन्दा धेरै गाह्रो छ । हरेक पटक छोटो कथा लेख्दा तपाईंले फेरि सुरुबाट प्रारम्भ गर्नुपर्छ ।
मलाई लाइनोटाइप मेसिनको आवाज मन पर्थ्याे, जुन वर्षाजस्तो सुनिन्थ्यो । यदि तिनीहरू रोकिन्थे र म मौनतामा अड्किएँ भने, काम गर्न असमर्थ हुन्थेँ ।
अन्तर्वार्ताकारः के सपनाहरू कहिल्यै प्रेरणाको स्रोतको रूपमा महत्वपूर्ण हुन्छन् ?
मार्खेजः सुरुमा मैले तिनमा धेरै ध्यान दिएँ । तर पछि मैले जीवन आफैं प्रेरणाको सबैभन्दा ठूलो स्रोत हो र सपनाहरू त्यो जीवनरुपी बाढीको धेरै सानो हिस्सा मात्र हुन् भन्ने महसुस गरें । मेरो लेखनको बारेमा धेरै सत्य कुरा के हो भने म सपनाहरूको विभिन्न अवधारणा र तिनको व्याख्यामा धेरै रुचि राख्छु । म सपनालाई जीवनको सामान्य हिस्साको रूपमा लिन्छु, तर वास्तविकता धेरै रोचक छ । तर सायद मेरा सपनाहरू धेरै कमजोर छन् ।
अन्तर्वार्ताकारः के तपाईं प्रेरणा र अन्तर्ज्ञानबीच भेद गर्न सक्नुहुन्छ ?
मार्खेजः जब तपाईंले सही विषय फेला पार्नुहुन्छ त्यो प्रेरणा हो जुन तपाईंलाई साँच्चै मन पर्छ; त्यसले कामलाई धेरै सजिलो बनाउँछ । अन्तर्ज्ञान चाहिँ कथा लेखनको लागि चाहिने आधारभूत विशेष गुण हो जसले तपाईंलाई वैज्ञानिक ज्ञान वा कुनै विशेष प्रकारको शिक्षाबिना नै वास्तविक कुरा बुझ्न मद्दत गर्छ । गुरुत्वाकर्षणका नियमहरू अरू कुनै पनि कुराले भन्दा अन्तर्ज्ञानले धेरै सजिलोसँग पत्ता लगाउन सकिन्छ । यो अनुभव गर्ने एउटा तरिका हो जसको निम्ति तपाईंले संघर्ष गर्नुपर्दैन । उपन्यासकारको निम्ति अन्तर्ज्ञान आवश्यक छ । मूल रूपमा यो बौद्धिकताको विपरीत हुन्छ जुन सम्भवतः मलाई संसारमा सबैभन्दा धेरै घृणा लाग्ने कुरा हो—किनकि यसले वास्तविक संसारलाई एक प्रकारको अचल सिद्धान्तमा परिणत गरिन्छ । अन्तर्ज्ञानको फाइदा छ, यो या त हुन्छ, या त हुँदैन । तपाईं गोलो किलालाई वर्गाकार प्वालमा राख्ने प्रयासमा संघर्ष गर्नुहुन्न ।
अन्तर्वार्ताकारः के यो सिद्धान्तकारहरूलाई मन नपर्ने हो ?
मार्खेजः ठ्याक्कै । किनभने मुख्य रूपमा म तिनलाई साँच्चै बुझ्न सक्दिनँ । त्यसैले मलाई धेरैजसो कुराहरू कथाहरूमार्फत व्याख्या गर्नुपर्छ, किनभने मसँग अमूर्तताको लागि कुनै क्षमता छैन । त्यसैले म सुसंस्कृत व्यक्ति होइन भनेर धेरै समीक्षकहरू भन्छन् । म पर्याप्त उद्धरण गर्दिनँ ।
अन्तर्वार्ताकारः के समीक्षकहरूले तपाईंलाई धेरै सजिलोसँग वर्गीकरण गर्छन् वा कस्तो प्रकारको हो भनी छुट्याउँछन् भन्ने लाग्छ ?
मार्खेजः मेरो निम्ति समीक्षकहरू बौद्धिकताको सबैभन्दा ठूला उदाहरण हुन् । सर्वप्रथम, तिनीहरूसँग लेखक कस्तो हुनुपर्छ भन्ने सिद्धान्त हुन्छ । तिनीहरू लेखकलाई आफ्नो नमूनामा फिट गर्न खोज्छन्, र यदि ऊ फिट भएन भने, तिनीहरू बलजफ्ती उसलाई फिट गर्न खोज्छन् । म यो प्रश्नको जवाफ केवल तपाईंले सोध्नुभएको कारणले दिँदै छु । मलाई समीक्षकहरूले मेरो बारेमा के सोच्छन् भन्नेमा कुनै रुचि छैन; न त मैले धेरै वर्षदेखि समीक्षकहरू नै पढेको छु । तिनीहरूले लेखक र पाठकबीचको मध्यस्थकर्ताको भूमिका आफैंले दाबी गरेका छन् । म सधैं धेरै स्पष्ट र सटीक लेखक बन्ने कोसिस गर्छु, समीक्षकको बाटो नगई सिधै पाठकसम्म पुग्ने प्रयास गर्छु ।
अन्तर्वार्ताकारः तपाईं अनुवादकहरूलाई कसरी हेर्नुहुन्छ ?
मार्खेजः म अनुवादकहरूको धेरै प्रशंसा गर्छु, तर फुटनोट प्रयोग गर्नेहरूलाई छोडेर । तिनीहरू सधैं पाठकलाई केही कुरा व्याख्या गर्न खोज्छन् जसको अर्थ सम्भवतः लेखकले राख्न खोजेको हुँदैन; यो त्यहाँ भएपछि पाठकले त्यसलाई सहनुपर्छ । अनुवाद गर्नु धेरै गाह्रो काम हो, जुन बिल्कुल पुरस्कृत छैन र धेरै कम तलब पाइन्छ । एउटा राम्रो अनुवाद सधैं अर्को भाषामा पुनर्जनन हो । त्यसैले म ग्रेगरी रबासाको यति धेरै प्रशंसा गर्छु । मेरा किताबहरू एक्काइस भाषाहरूमा अनुवाद भएका छन् र रबासा एक मात्र अनुवादक हुन् जसले कहिल्यै पनि फुटनोट राख्नको लागि मलाई केही स्पष्ट पार्न माग गरेनन् । मलाई मेरो काम अंग्रेजीमा पूर्ण रूपमा पुनर्जनन भएको लाग्छ । किताबका केही भागहरू शाब्दिक रूपमा पछ्याउन धेरै गाह्रो हुन्छ । अनुवादकले किताब पढ्यो र त्यसपछि आफ्नो सम्झनाबाट पुनर्लेखन गर्यो भन्ने प्रभाव पाइन्छ । त्यसैले म अनुवादकहरूको यति विघ्न प्रशंसा गर्छु । तिनीहरू बौद्धिकभन्दा बढी अन्तर्ज्ञानी हुन्छन् । प्रकाशकहरूले तिनलाई दिने तलब पूर्ण रूपमा दयनीय मात्र होइन, तिनीहरूका आफ्नो कामलाई साहित्यिक सिर्जनाको रूपमा पनि देख्दैनन् । केही किताबहरू छन् जुन म स्पेनिसमा अनुवाद गर्न चाहन्थें, तर त्यसको निम्ति मेरो आफ् नै किताब लेख्न जति नै समय र काम चाहिन्थ्यो र मलाई खानको लागि पर्याप्त पैसा पनि आउँदैनथ्यो ।
अन्तर्वार्ताकारः तपाईं के अनुवाद गर्न चाहनुहुन्थ्यो ?
मार्खेजः मालरोक्सका सबै । मलाई कोनराड र सेन्ट–एक्सुपेरी अनुवाद गर्न मन पर्थ्याे । जब म पढ्छु, कहिलेकाहीं मलाई त्यो किताब अनुवाद गर्न मन लाग्छ । ठूला उत्कृष्ट कृतिहरूलाई छोडेर, मूल भाषामा किताब पढ्न संघर्ष गर्नुभन्दा म मध्यम अनुवाद पढ्न रुचाउँछु । म अर्को भाषामा पढ्दा कहिल्यै सहज महसुस गर्दिनँ, किनभने मेरो भित्र साँच्चै महसुस हुने एकमात्र भाषा स्पेनिस हो । यद्यपि, म इटालियन र फ्रान्सेली बोल्छु, र म अंग्रेजी पनि राम्ररी जान्दछु, बीस वर्षदेखि हरेक साता टाइम म्यागजिनले मलाई विषाक्त बनाएको छ ।
अन्तर्वार्ताकारः के मेक्सिको अहिले तपाईंलाई घर जस्तो लाग्छ ? के तपाईं लेखकहरूको कुनै ठूलो समुदायको हिस्सा भएको महसुस गर्नुहुन्छ ?
मार्खेजः सामान्य रूपमा, म लेखक वा कलाकारहरूसँग केवल तिनीहरू लेखक वा कलाकार भएकै कारणले साथी बन्दिनँ । मेरा विभिन्न पेशाका धेरै साथीहरू छन्, जसमा लेखक र कलाकारहरू पनि छन् । सामान्य रूपमा भन्नुपर्दा मलाई आफू ल्याटिन अमेरिकाको कुनै पनि देशको मूल निवासी हुँ जस्तो लाग्छ, तर अन्यत्रको होइन । ल्याटिन अमेरिकीहरूलाई स्पेन एक मात्र देश हो जहाँ हामीलाई राम्रो व्यवहार गरिन्छ भन्ने लाग्छ, तर व्यक्तिगत रूपमा मलाई त्यहाँ भएको जस्तो लाग्दैन । ल्याटिन अमेरिकामा मलाई सीमा वा सिमानाको भावना हुँदैन । म एक देशबाट अर्को देशमा हुने भिन्नताहरूप्रति सचेत छु, तर मेरो मन र हृदयमा यो सबै एउटै हो । जहाँ म साँच्चै घर जस्तो महसुस गर्छु, त्यो क्यारिबियन हो, चाहे त्यो फ्रान्सेली, डच, वा अंग्रेजी क्यारिबियन किन नहोस् ।
जब म ब्यारान्क्विल्लामा विमानमा चढ्थें, एउटी काली महिला नीलो पोशाकमा मेरो राहदानीमा छाप लगाउँथिन्, र जब म जमैकामा विमानबाट ओर्लिन्थें, एउटी काली महिला नीलो पोशाकमा मेरो राहदानीमा छाप लगाउँथिन्, तर अंग्रेजीमा । त्यसमा म सधैं प्रभावित हुन्थें । मलाई भाषाले त्यति धेरै फरक पार्छ जस्तो लाग्दैन । तर विश्वको अन्य कुनै ठाउँमा म विदेशी जस्तो महसुस गर्छु, जुन भावनाले मबाट सुरक्षाको भावना खोस्छ । यो व्यक्तिगत भावना हो, तर यात्रा गर्दा मलाई सधैं यस्तो हुन्छ । ममा अल्पसंख्यक चेतना छ ।
अन्तर्वार्ताकारः के तपाईंलाई ल्याटिन अमेरिकी लेखकहरूले लागि केही समय यूरोपमा बस्नु महत्वपूर्ण हुन्छ भन्ने लाग्छ ?
मार्खेजः सायद बाहिरबाट वास्तविक दृष्टिकोण प्राप्त गर्नको लागि । मैले सोचिरहेको छोटो कथाहरूको किताब ल्याटिन अमेरिकीहरू यूरोप जाँदै गरेको बारेमा छ । बीस वर्षदेखि म यो सोचिरहेको छु । यदि तपाईंले यी छोटा कथाहरूबाट अन्तिम निष्कर्ष निकाल्न सक्नुहुन्छ भने, त्यो ल्याटिन अमेरिकीहरू यूरोपमा कमै मात्र पुग्छन् भन्ने हुनेछ, विशेष गरी मेक्सिकनहरू, र निश्चित रूपमा बस्नको लागि त होइन । मैले यूरोपमा भेटेका सबै मेक्सिकनहरू सधैं अर्को बुधबार फर्किहाल्छन् ।
अन्तर्वार्ताकारः तपाईंलाई क्युबाको क्रान्तिले ल्याटिन अमेरिकी साहित्यमा कस्तो प्रभाव पारेको छ जस्तो लाग्छ ?
मार्खेजः अहिलेसम्म यो नकारात्मक छ । आफूलाई राजनीतिक रूपमा प्रतिबद्ध ठान्ने धेरै लेखकहरू आफूले चाहेको कुराको बारेमा होइन, तर उनीहरूले चाहनुपर्छ भन्ने ठानेको कुराको बारेमा कथाहरू लेख्न बाध्य महसुस गर्छन् । यसले एक प्रकारको गणना गरिएको साहित्य सिर्जना गर्छ जसको अनुभव वा अन्तर्ज्ञानसँग कुनै सम्बन्ध हुँदैन । यसको मुख्य कारण क्युबाको सांस्कृतिक प्रभावको ल्याटिन अमेरिकामा धेरै विरोध गरिएको छ ।
क्युबा आफैंमा, यो प्रक्रियामा नयाँ प्रकारको साहित्य वा कला सिर्जना होस् भन्ने बिन्दुसम्म विकसित भएको छैन । त्यसको लागि समय चाहिन्छ । ल्याटिन अमेरिकामा क्युबाको ठूलो सांस्कृतिक महत्वको अर्थ यसले धेरै वर्षदेखि ल्याटिन अमेरिकामा विद्यमान साहित्यको प्रकार प्रसारणार्थ एक प्रकारको सेतुको रूपमा काम गर्नु हो । एक अर्थमा, संयुक्त राज्य अमेरिकामा ल्याटिन अमेरिकी साहित्यको उछाल क्युबाको क्रान्तिको कारणले भएको हो । त्यो पुस्ताका हरेक ल्याटिन अमेरिकी लेखक बीस वर्षदेखि लेखिरहेका थिए तर यूरोपेली र अमेरिकी प्रकाशकहरू उनीहरूप्रति धेरै कम रुचि राख्थे । क्युबाको क्रान्ति सुरु भएपछि अचानक क्युबा र ल्याटिन अमेरिकाको बारेमा ठूलो रुचि उत्पन्न भयो । क्रान्ति उपभोगको वस्तु बन्यो । ल्याटिन अमेरिका फेसनमा आयो । ल्याटिन अमेरिकी उपन्यासहरू अस्तित्वमा थिए जुन अनुवाद गर्न र सबै विश्व साहित्यसँगै विचार गर्न लायक थिए भन्ने पत्ता लाग्यो । वास्तवमा दुःखद कुरा के थियो भने ल्याटिन अमेरिकामा सांस्कृतिक औपनिवेशिकता यति खराब छ कि उनीहरू स्वयंलाई बाहिरी मानिसहरूले उनीहरूका आफ्नै उपन्यासहरू राम्रा थिए भनेर नभनेसम्म विश्वास गर्न असम्भव थियो ।
ल्याटिन अमेरिकामा सांस्कृतिक औपनिवेशिकता यति खराब छ कि उनीहरू स्वयंलाई बाहिरी मानिसहरूले उनीहरूका आफ्नै उपन्यासहरू राम्रा थिए भनेर नभनेसम्म विश्वास गर्न असम्भव थियो ।
अन्तर्वार्ताकारः के कुनै कम चिनिएका ल्याटिन अमेरिकी लेखकहरू छन् जसको तपाईं विशेष प्रशंसा गर्नुहुन्छ ?
मार्खेजः मलाई लाग्छ अब त्यस्ता कोही छैनन् । प्रकाशकहरू कुनै नयाँ कोर्टाजार नछुटून् भनेर सधैं सतर्क रहन्छन् जुन ल्याटिन अमेरिकी लेखनको उछालको सबैभन्दा राम्रो साइड इफेक्ट हो । दुर्भाग्यवश धेरै युवा लेखकहरू आफ्नो कामभन्दा प्रसिद्धिमा बढी चिन्तित छन् । ल्याटिन अमेरिकी साहित्यको बारेमा लेख्ने टुलुज विश्वविद्यालयका एक फ्रान्सेली प्रोफेसरलाई धेरै युवा लेखकहरूले मेरो बारेमा बढी नलेख्न पत्र लेखे किनभने मलाई अब त्यसको आवश्यकता थिएन र अरूलाई थियो । तर जब म उनीहरूको उमेरको थिएँ, समीक्षकहरूले मेरो बारेमा होइन, बरु मिगुएल एन्जेल एस्टुरियासको बारेमा लेख्थे भनेर उनीहरू बिर्सन्छन् ।
मैले भन्न खोजेको कुरा के हो भने यी युवा लेखकहरू आफ्नो लेखनमा काम गर्नुभन्दा समीक्षकहरूलाई पत्र लेखेर समय बर्बाद गरिरहेका छन् । लेखिएको हुनुभन्दा लेख्नु धेरै महत्वपूर्ण हुन्छ । मेरो साहित्यिक करियरको बारेमा एउटा कुरा मलाई धेरै महत्वपूर्ण लाग्छ, त्यो हो, पाँचवटा किताब प्रकाशित गरिसकेको भए पनि चालीस वर्षको नहुँदासम्म मैले लेखकको रोयल्टी बापत एक पैसा पनि पाएको थिइनँ ।
अन्तर्वार्ताकारः के तपाईंलाई लेखकको करियरमा धेरै छिटो प्रसिद्धि वा सफलता आउनु खराब हो भन्ने लाग्छ?
मार्खेजः कुनै पनि उमेरमा यो खराब हो । मलाई मेरा किताबहरूले मेरो मृत्युपछि मान्यता प्राप्त भएको भए राम्रो लाग्थ्यो, कम्तीमा पूँजीवादी देशहरूमा, जहाँ तपाईं एक प्रकारको व्यापारिक वस्तु बन्नुहुन्छ ।
अन्तर्वार्ताकारः तपाईंका मन पर्नेहरूबाहेक, तपाईं अचेल के पढ्नुहुन्छ ?
मार्खेजः म अनौठा कुराहरू पढ्छु । केही दिनअघि म मुहम्मद अलीको संस्मरण पढिरहेको थिएँ । ब्राम स्टोकरको ड्य्राकुला एउटा उत्कृष्ट किताब हो, र यो सम्भवतः मैले धेरै वर्षअघि पढ्ने थिइनँ किनभने मलाई यो समयको बर्बादी लाग्थ्यो । तर विश्वासिलो कसैले सिफारिस नगरेसम्म म कुनै किताबमा साँच्चै संलग्न हुँदिनँ । अचेल म कथा पढ्दिनँ । म धेरै संस्मरण र कागजातहरू पढ्छु, चाहे ती जाली कागजातहरू नै किन नहोऊन् ।
र, म मेरा मनपर्नेहरू पुस्तकहरू पुनः पढ्छु । पुनः पढ्नुको फाइदा के छ भने तपाईं कुनै पनि पृष्ठ खोल्न सक्नुहुन्छ र तपाईंलाई साँच्चै मन पर्ने भाग पढ्न सक्नुहुन्छ । मैले ‘साहित्य’ मात्र पढ्ने पवित्र धारणा हटाएको छु । म जे पनि पढ्छु । म अद्यावधिक रहने कोसिस गर्छु । म हरेक साता विश्वभरका लगभग सबै महत्वपूर्ण पत्रिकाहरू पढ्छु । टेलिटाइप मेसिनहरू पढ्ने बानीले म सधैं समाचारको खोजीमा हुन्छु । तर मैले विश्वभरका सबै गम्भीर र महत्वपूर्ण अखबारहरू पढिसकेपछि, सधैं मेरी श्रीमती आउँछिन् र मैले नसुनेको समाचार बताउँछिन् । जब म उनलाई कहाँ पढेकी भनेर सोध्छु, उनी ब्यूटी पार्लरमा एउटा पत्रिकामा पढेकी भन्छिन् । त्यसैले म फेसन पत्रिकाहरू, महिलाहरूका लागि निस्किने हरेक प्रकारका पत्रिकाहरू र गसिप पत्रिकाहरू पढ्छु । र, म धेरै कुराहरू सिक्छु जुन मैले तिनलाई पढेर मात्र सिक्न सक्थें । त्यसले मलाई धेरै व्यस्त राख्छ ।
अन्तर्वार्ताकारः तपाईंलाई लेखकको लागि प्रसिद्धि यति विनाशकारी किन लाग्छ ?
मार्खेजः मुख्य रूपमा किनभने यो तपाईंको निजी जीवनमा प्रवेश गर्छ । यसले तपाईंको साथीहरूसँग बिताउने समय र काम गर्न सक्ने समय खोस्छ । यो तपाईंलाई वास्तविक संसारबाट अलग गर्नेतर्फ जान्छ । लेखन जारी राख्न चाहने कुनै प्रसिद्ध लेखकले प्रसिद्धिको विरुद्ध निरन्तर आफूलाई बचाउनुपर्छ । म यो भन्न साँच्चै मन पराउँदिनँ किनभने यो कहिल्यै इमानदार सुनिँदैन, तर साँच्चै मेरा किताबहरू मेरो मृत्युपछि प्रकाशित भएको भए मलाई यो सबै प्रसिद्धि र महान् लेखक हुने झ्याउलोबाट गुज्रनु पर्ने थिएन । मेरो हकमा, प्रसिद्धिको एउटा मात्र फाइदा भनेको मैले यसलाई राजनीतिक प्रयोजनका लागि कामयाब बनाउन सकेको छु । अन्यथा, यो एकदम असहज छ । समस्या भनेको तपाईं चौबीस घण्टा प्रसिद्ध हुनुहुन्छ र तपाईं भन्न सक्नुहुन्न, ‘ठीक छ, म भोलिसम्म प्रसिद्ध हुन्नँ,’ वा बटन थिचेर भन्न सक्नुहुन्न, ‘म यहाँ वा अहिले प्रसिद्ध हुन्नँ ।’
अन्तर्वार्ताकारः के तपाईंले वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड को असाधारण सफलताको अनुमान गर्नुभएको थियो ?
मार्खेजः यो मेरा साथीहरूलाई मेरो अन्य किताबहरूभन्दा बढी मन पर्ने किताब हुनेछ भनेर मलाई थाहा थियो । तर जब मेरो स्पेनिस प्रकाशकले मलाई आठ हजार प्रति छाप्ने बताए, म छक्क परें, किनभने मेरा अन्य किताबहरू सात सयभन्दा बढी बिक्री भएका थिएनन् । मैले उनलाई किन बिस्तारै सुरु नगर्ने भनेर भनेँ, तर उनले यो राम्रो किताब भएकोमा विश्वस्त भएको र मेदेखि डिसेम्बरसम्म सबै आठ हजार प्रतिहरू बिक्री हुने बताए । वास्तवमा, ती सबै ब्यूनस आयर्समा एक साताभित्रै बिक्री भएका थिए ।
अन्तर्वार्ताकारः तपाईंलाई किन वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड यति धेरै चलेको भन्ने लाग्छ ?
मार्खेजः मलाई अलिकति पनि थाहा छैन, किनभने म आफ्नै कामको धेरै खराब समीक्षक हुँ । मैले सुनेको सबैभन्दा बारम्बारको व्याख्या हो, यो ल्याटिन अमेरिकाका मानिसहरूको निजी जीवन बारेको एउटा किताब हो, त्यहीँकै लेखकबाट लेखिएको । यो व्याख्याले मलाई अचम्ममा पार्छ किनभने मेरो पहिलो प्रयास त यो किताबको शीर्षक द हाउस राख्ने भन्ने थियो । म उपन्यासको सम्पूर्ण विकास घरभित्रै होस् र बाहिरी कुनै पनि कुरा भए घरमा पर्ने प्रभावको सन्दर्भमा मात्र होस् भन्ने चाहन्थें । पछि मैले द हाउस शीर्षक छोडें, तर किताब माकोन्डो सहरमा प्रवेश गरेपछि यो त्योभन्दा अगाडि बढ्दैन । मैले सुनेको अर्को व्याख्या हो, हरेक पाठकले किताबका पात्रहरूलाई आफूले चाहेजस्तो बनाउन र आफ्नो ठान्न सक्छ । म यसलाई फिल्म बन्न दिन चाहन्नँ किनभने फिल्म हेर्नेले एउटा अनुहार देख्छ जुन उसले कल्पना गरेको नहुन सक्छ ।
ल्याटिन अमेरिकामा क्युबाको ठूलो सांस्कृतिक महत्वको अर्थ यसले धेरै वर्षदेखि ल्याटिन अमेरिकामा विद्यमान साहित्यको प्रकार प्रसारणार्थ एक प्रकारको सेतुको रूपमा काम गर्नु हो ।
अन्तर्वार्ताकारः के यसलाई फिल्म बनाउने कुनै रुचि थियो ?
मार्खेजः हो, मेरो एजेन्टले प्रस्तावहरूलाई निरुत्साहित गर्न दश लाख डलर राखिन् र जब ती प्रस्तावहरू त्यो रकम नजिक पुगे, उनले त्यसलाई करिब तीस लाखसम्म बढाइन् । तर मलाई फिल्ममा कुनै रुचि छैन, र मैले यसलाई रोक्न सकेसम्म यो हुने छैन । म यसलाई पाठक र किताबबीचको निजी सम्बन्धको रूपमा रहोस् भन्ने चाहन्छु ।
अन्तर्वार्ताकारः के तपाईंलाई कुनै किताबलाई फिल्ममा सफलतापूर्वक अनुवाद गर्न सकिन्छ भन्ने लाग्छ ?
मार्खेजः म कुनै एउटा राम्रो फिल्मको बारेमा सोच्न सक्दिनँ जो राम्रो उपन्यासमा आधारित होस्, तर म धेरै राम्रा फिल्महरूको बारेमा सोच्न सक्छु जुन धेरै खराब उपन्यासहरूबाट आएका छन् ।
अन्तर्वार्ताकारः के तपाईंले आफैं फिल्म बनाउने सोच्नुभएको छ ?
मार्खेजः एक समय थियो जब म फिल्म निर्देशक बन्न चाहन्थें । मैले रोममा निर्देशनको बारेमा अध्ययन गरें । मलाई सिनेमा एउटा यस्तो माध्यम हो जसमा कुनै सीमा छैन र जसमा सबै कुरा सम्भव छ भन्ने लाग्थ्यो । म मेक्सिको आएँ किनभने निर्देशकको रूपमा नभई पटकथा लेखकको रूपमा म फिल्ममा काम गर्न चाहन्थें । तर सिनेमामा एउटा ठूलो सीमा छ, यो एउटा औद्योगिक कला हो, एउटा सम्पूर्ण उद्योग । सिनेमामा तपाईंले वास्तवमा भन्न चाहेको कुरा व्यक्त गर्न धेरै गाह्रो छ । म अझै पनि यसको बारेमा सोच्छु, तर यो अब मलाई एउटा विलासिता जस्तो लाग्छ जुन आफूलाई व्यक्त गर्ने कुनै आशा बिना म साथीहरूसँग गर्न चाहन्छु । त्यसैले म सिनेमाबाट झन् टाढा हुँदै गएको छु । फिल्मसँगको मेरो सम्बन्ध एउटा जोडीको जस्तो छ जो छुट्टिएर बस्न सक्दैनन्, तर सँगै बस्न पनि सक्दैनन् । तथापि, फिल्म कम्पनी वा जर्नलमध्ये एक छान्नुपरेमा म जर्नल छान्थें ।
कोलम्बियाको बोगोटास्थित ग्याब्रियल गार्सिया मार्खेज सांस्कृतिक केन्द्र ।
अन्तर्वार्ताकारः तपाईंले अहिले काम गरिरहनुभएको क्युबा बारेको किताबलाई कसरी वर्णन गर्नुहुन्छ ?
मार्खेजः वास्तवमा, यो किताब एउटा लामो अखबारी लेख जस्तो छ जुन क्युबाली घरहरूमा जीवन कस्तो छ, उनीहरूले अभावहरूलाई कसरी सामना गरेका छन् भन्ने बारेमा छ । पछिल्ला दुई वर्षमा क्युबाको धेरै यात्राहरू गर्दा मलाई प्रभावित गरेको कुरा हो, नाकाबन्दीले क्युबामा एक प्रकारको ‘आवश्यकताको संस्कृति’, एउटा सामाजिक स्थिति सिर्जना गरेको छ जसमा मानिसहरूले केही कुराहरू बिना नै चलाउनुपर्छ ।
नाकाबन्दीले मानिसहरूको मानसिकतालाई कसरी परिवर्तन गर्न योगदान गरेको छ भन्ने नै मलाई वास्तवमा रुचि लाग्ने पक्ष हो । हामीसँग उपभोक्ताविरोधी समाज र विश्वको सबैभन्दा उपभोगमुखी समाजबीचको टकराव छ । यो एउटा सजिलो, छोटो पत्रकारिताको आलेख मात्र हुनेछ भन्ने सोचेको थिएँ तर यो किताब अहिले धेरै लामो र जटिल किताबमा परिणत हुने चरणमा छ । तर त्यसले वास्तवमा फरक पार्दैन, किनभने मेरा सबै किताबहरू यस्तै भएका छन् । र त्यसको अतिरिक्त, यो किताबले ऐतिहासिक तथ्यहरूसहित क्यारिबियनको वास्तविक संसार वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड का कथाहरू जस्तै अद्भुत छ भनेर प्रमाणित गर्नेछ ।
अन्तर्वार्ताकारः लेखकको रूपमा तपाईंसँग कुनै दीर्घकालीन महत्वाकांक्षा वा पछुतो छ ?
मार्खेजः मलाई लाग्छ मेरो जवाफ प्रसिद्धिको बारेमा मैले तपाईंलाई दिएको जवाफ जस्तै हो । केही दिनअघि मलाई नोबेल पुरस्कारमा रुचि छ कि छैन भनेर सोधिएको थियो, तर मलाई मेरो लागि यो एकदमै विपत्ति हुनेछ जस्तो लाग्छ । निश्चित रूपमा यसको लागि योग्य हुनेमा म रुचि राख्छु, तर यो प्राप्त गर्नु भयानक हुनेछ । यसले प्रसिद्धिको समस्यालाई झन् जटिल बनाउँछ । छोरी नहुनु मेरो जीवनको मेरो एकमात्र पछुतो हो ।
अन्तर्वार्ताकारः के तपाईंसँग अहिले चलिरहेका कुनै परियोजनाहरू छन् जसको बारेमा छलफल गर्न सक्नुहुन्छ ?
मार्खेजः म मेरो जीवनको सबैभन्दा महान् किताब लेख्न गइरहेको छु, यसमा म पूर्ण रूपमा विश्वस्त छु तर यो कुन हुनेछ वा कहिले हुनेछ मलाई थाहा छैन । जब मलाई यस्तो लाग्छ—जुन म केही समयदेखि महसुस गरिरहेको छु—म धेरै चुपचाप बस्छु, ताकि यदि यो मेरो छेउबाट गुज्रियो भने म त्यसलाई समात्न सकूँ ।
विवाहपछि पुरुषको तौल बढ्ने कुरालाई धेरैले ठट्टा बनाउँछन्। कतिपयले श्रीमतीले माया मिसाएर बनाएको खानाले यस्तो हुन्छ भन्छन्। तर, अनुसन्धानले यो सामान्य कुरा नभएर ठूलो समस्या भएको देखाएको छ।
बाथ विश्वविद्यालयकी अनुसन्धानकर्ता जोआना सिर्डाले गरेको अध्ययनले यो कुरा पुष्टि गरेको छ। यो अध्ययनमा ८ हजार ७०० भन्दा बढी पुरुषको तथ्यांक हेरिएको थियो। तथ्यांक अमेरिकाको प्यानल स्टडी अफ इन्कम डाइनामिक्स (पीएसआईडी) बाट लिइएको हो, जहाँ प्रत्येक दुई वर्षमा पुरुषको आय, उमेर र शारीरिक तौल जाँचिएको थियो।
अध्ययनले के देखायो? अध्ययनमा २४ प्रतिशत पुरुष विवाहित थिए, १२ प्रतिशतको सम्बन्धविच्छेद भएको थियो भने ३९ प्रतिशत बुबा बनेका थिए। विवाहित पुरुषको तौल अविवाहितको भन्दा औसतमा ३ पाउन्ड बढी थियो।
बच्चा जन्मेपछि पहिलो केही वर्षमा पुरुषको तौल थोरै बढेको देखियो। तर, सम्बन्धविच्छेद हुनुअघि र पछि तौल घटेको पाइयो। अनुसन्धानकर्ता सिर्डाका अनुसार यो तनावसँग जोडिएको हुन सक्छ। उनले भनिन्, ‘अविवाहित पुरुष जीवनसाथी खोज्न फिट रहन खोज्छन्, तर विवाहपछि खानपिन र सामाजिक भेटघाट बढ्दा तौल बढ्छ।’
पोल्याण्डको अध्ययन पोल्याण्डको राष्ट्रिय कार्डियोलोजी संस्थानको अर्को अध्ययनले पनि यस्तै कुरा देखायो। यो अध्ययनमा २ हजार ४०५ जनाको तथ्यांक संकलन गरिएकाे थियाे। तथ्यांकमा धेरैजसो ५० वर्षभन्दा माथिका थिए। ३५.३ प्रतिशत सामान्य तौलका, ३८.३ प्रतिशत बढी तौलका र २६.४ प्रतिशत मोटोपन भएका थिए।
साे अध्ययनमा विवाहित पुरुषमा मोटोपनको जोखिम ६२ प्रतिशत बढी थियो भने महिलामा ३९ प्रतिशत बढी देखिएकाे थियाे। उमेर बढ्दै जाँदा पुरुषको तौल हरेक वर्ष ३ प्रतिशत र महिलाको ४ प्रतिशतले बढ्ने गरेकाे पाइएकाे छ। मोटोपनको जोखिम पुरुषमा ४ प्रतिशत र महिलामा ६ प्रतिशतले बढ्ने गरेको छ।
तौल बढ्नुको कारण विज्ञहरूका अनुसार विवाहपछि पुरुषको जीवनशैली बदलिन्छ। धेरै खाने, सामाजिक भेटघाट बढ्ने र व्यायाम कम हुने कारणले तौल बढ्छ। ओबेसिटी हेल्थ एलायन्सकी निर्देशक क्याथरिन जेनर यो व्यक्तिको छनोट मात्र नभएर सामाजिक र मनोवैज्ञानिक कारणले पनि हुने तर्क गरिन्। पोल्याण्डको अध्ययनले पनि यही कुरालाई बल दिएकाे छ।
के गर्ने? प्रायः मानिसलाई मोटोपन मन पर्दैन्। तौल कम गर्न बोसो कम भएको खाना खाने, सन्तुलित आहार लिने, नियमित व्यायाम गर्ने र राम्रो निद्रा लिन विज्ञहरूको सुझाव छ। अनुसन्धानकर्ता सिर्डाले यो परिवर्तन ठूलो नभए पनि सचेत भएर स्वस्थ बानी बसाल्दा कम गर्न सकिने बताइन्। अध्ययनहरूले देखाउँछन् कि विवाह र बच्चा जन्मेपछि पुरुष र महिलाको तौल बढ्न सक्छ। तर, समयमै ध्यान दिएर जीवनशैली सुधार्दा यसलाई रोक्न पनि सकिन्छ। एजेन्सीको सहयोगमा
२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् ।
समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताए ।
‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि मैले यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’
प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए ।
अहिलेको संविधानमा रहेको समाजवाद उन्मुख गणतन्त्रलाई वैज्ञानिक समाजवादसम्म पुग्ने लक्ष्यसहित चारवटै पार्टी मिलेर समाजवादी मोर्चा बनेको उनले बताए ।
प्रचण्डले सार्वभौम जनताले ल्याएको गणतन्त्रमाथि धावा बोल्न संविधानले नै रोकेको भन्दै त्यस्तै अवस्था ल्याउन खोजे जनताको सार्वभौमसत्ता कायम गराइराख्न चुप लागेर नबस्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा सरकारमा जाने टेकोका रूपमा निर्माण नगरिएको स्पष्ट पारेका छन्।
शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समाजवादी मोर्चा आफ्नो व्यक्तिगत हितका लागि निर्माण नगरिएको दाबी गरे। ‘प्रचण्डका लागि समाजवादी टेको बनाइयो भन्ने कुरा गलत हो,’ उनले भने, ‘यो सोचविचार गरेर निर्माण गरिएको मोर्चा हो।’
उनले फागुन २५ गते राजावादीहरूको प्रदर्शनपछि मात्रै समाजवादी मोर्चा सक्रिय बनाइएको भन्ने भनाइ असत्य भएको बताए। ‘हामी यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएका थियौं,’ अध्यक्ष दाहालले थपे, ‘पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अहिले महेन्द्र राय यादव हुनुहुन्छ। हामी चारवटै पार्टी मोर्चामा रहेका छौँ। यसलाई प्रचण्डका लागि भनेर भन्ने कुरा पूर्ण रूपमा गलत हो।’
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक जनतासँग आत्मसमीक्षा गर्नु आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार विगतका त्रुटिहरू सच्याउँदै अघि बढ्न समाजवादी मोर्चा सक्रिय भएको हो।
‘यो कुनै प्रतिक्रिया स्वरूप गरिएको कार्यक्रम होइन, न त कुनै कम्पनको कुरा हो,’ उनले स्पष्ट पारे, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरका रूपमा जनता सामु आत्मसमीक्षा गर्नुपर्छ। के–के त्रुटि भए, कसरी अघि बढ्ने भन्नेबारे जनतासँग छलफल गर्नुपर्छ।’
अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका सबै गणतन्त्रवादी शक्तिहरूसँग निरन्तर संवाद भइरहेको बताउँदै सरकार भने विपक्षी दललाई अघि बढ्न सहजीकरण गर्न आवश्यक रहेको धारणा राखे।