Category Archives: नेपाल समाचार

आयोजना प्रभावितलाई सीपमूलक तालिम | Nagarik News


एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारीसाधन चलाउने तालिम सञ्चालन गरिएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ।

तालिममा महिला र पुरुष गरी ३६ जनाको सहभागिता रहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। २६ दिनसम्म सञ्चालन हुने तालिममा आयोजना प्रभावित क्षेत्र म्याग्दे गाउँपालिकाका पाँच, ऋषिङ गाउँपालिकाका ११, भिमाद नगरपालिकाका १० र व्यास नगरपालिका १० जनाको सहभागिता रहेको भण्डारीले बताए।

आयोजनाको जीविकोपार्जन पुनर्स्थापन योजनाअन्तर्गत आयोजना प्रभावितका लागि दमौली र भिमादमा दुई ठाउँमा तालिम सञ्चालन भइरहेको छ। भण्डारीले भने, ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो।’

यसैगरी, आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत ६८ वटा योजना सम्पन्न गरेको छ। उपभोक्ता समितिहरूमार्फत सञ्चालित योजना, कार्यक्रमको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन तथा सुपरीवेक्षण भइरहेको भण्डारीको भनाइ छ।

यस अवधिमा विजय आधारभूत विद्यालयको खेलमैदान, सडक निर्माणकार्य, सेती नदी बायाँ किनार संरक्षण कार्य, सिद्धबतासन सामुदायिक वनमा पोखरी निर्माण, ग्याजा महिला समूह भवन सहयोग, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान कार्यको काम भइरहेको आयोजनाले जनाएको छ। 

प्रकाशित: १५ चैत्र २०८१ ०८:३३ शुक्रबार





Source link

विपक्षी दलहरूले गरे संसद्को दोस्रो बैठक पनि अवरुद्ध


१३ चैत, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन् ।

आजै यसअघि बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो ।

लगत्तै आजै बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले विपक्षी दलहरूलाई बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।





Source link

‘कर्भ इभीले नेपाली सडकमा आधिपत्य जमाउने अपेक्षा छ’


सवारी साधन उत्पादक कम्पनी टाटाले पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ। विद्युतीय सवारी साधनको माग नेपालमा ह्वात्तै बढेको छ। नेपाली बजारमा इभी गाडी प्रयोगको अवस्था, विद्युतीय सवारीको बजार, टाटा इभीको बिक्रीपछिको सेवा लगायतका विषयमा नागरिकसँग टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खण्डेवालसँग गरिएको कुराकानीको सम्पादित अंशः

निजी क्षेत्रमा विद्युतीय गाडी (इभी) बजारको वृद्धिलाई तपाईं कसरी हेर्नहुन्छ र यसमा टाटा इभीकोे स्थिति कस्तो छ?
विगत केही वर्षमा व्यक्तिगत प्रयोजनमा इभी गाडीको प्रयोगको दर तीव्र भएको छ। सन् २०२१–२२ मा नेपाली बजारमा इभी गाडीको प्रवेश १४ प्रतिशत रहेकोमा, अहिले यो बढेर ८० प्रतिशतभन्दा बढी भैसकेको छ। यो वृद्धिका लागि कैयन कारण जिम्मेवार छन्। यीमध्ये सरकारद्वारा कर र अन्य शुल्कमा अनुकूल दरको व्यवस्था, समग्रमा वातावरणीय जागरूकता बढ्नु र र इभी गाडीका लागि हरित लगानीको उपलब्धता हुनु प्रमुख हुन्।

यसैगरी सञ्चालन लागत, समग्र इभी इकोसिस्टमको विकास तथा इभी गाडीको आपूर्तिमा बढ्दो प्रतिस्पर्धा अन्य कारण हुन्।
माथि उल्लेख भएझैं, बजारमा समग्र इभी इकोसिस्टमको विकास भएसँगै नेपाली बजारमा इभी गाडीप्रतिको आकर्षण बढेको हो। सन् २०२१ मा नेपाली बजारमा उत्कृष्ट इभी गाडीसहित हामी बजारमा प्रवेश गरेका हौं। हामीले गाडी मात्र भित्र्याएका छैनौं, यसका लागि इकोसिस्टम निर्माण गरेका छौं। गाडीको संख्यामा आएको बढोत्तरीसँगै हामीले रणनीतिक रूपमा इभी इकोसिस्टम बढाएका छौं। नेपालभर १८५ भन्दा बढी चार्जिङ स्टेसन, १६ भन्दा बढी सेवा केन्द्रहरू र २१ भन्दा बढी बिक्री आउटलेटको स्थापना यसको उदाहरण हो।

बढ्दो इभी बजारमा टाटा इभीले आफूलाई फरक रूपमा कसरी प्रस्तुत गरेको छ?
विद्युतीय गतिशीलतामा हाम्रो प्रवेशले भारतलाई अर्थपूर्ण गतिशीलताको भविष्यतर्फ अगाडि बढाउने उद्देश्य लिएको थियो। त्यही प्रतिबद्धताका हामी यो क्षेत्रमा प्रवेश गरेका थियौं । हाम्रो पहिलो विद्युतीय सवारी साधन टाटा इभीको सुरुवाती दिनमै भारतीय सडकहरूमा दुई लाखभन्दा बढी टाटा इभी गुडाइसकेको थियो। यसले हामीलाई भारतको सबैभन्दा ठूलो चारपांग्रे इभी निर्माताको रूपमा उभ्याएको थियो। हाम्रो यही सफलताले हामीलाई इभी उद्योगका अन्य कुनै प्रतिस्पर्धीभन्दा फरक रूपमा र अद्वितीय स्थितिमा उभ्याएको छ। यसबाहेक, ‘मुभ विथ मिनिङ’ अर्थात् ‘अर्थसहितको गति’ भन्ने मुख्य नारासहित हामीले हाम्रो ब्रान्डलाई अगाडि बढाएको छौं र यसको केन्द्रमा दिगोपना छ।

आफ्नै बृहत अनुभवबाट सिकाइलाई अगाडि बढाउँदै, टाटा इभीले लामो समयदेखिको साझेदार सिप्रदीसँग मिलेर नेपाली ग्राहकलाई अग्रणी उत्पादनहरू र बलियो इकोसिस्टम उपलब्ध गराउन सफल भएका छौं। यसलाई अझ सुदृढ पार्न प्रयासरत छौं। यस सन्दर्भमा ध्यान दिनुपर्ने पक्ष के हो भने हामीले ग्राहकको विविध रुचि र आवश्यकता पूरा गर्न गाडीको स्टाइल र मूल्य बिन्दुलाई फरक फरक पारेका छौं । उदाहरणका लागि सुरुवाती चरणमा अर्थात् इन्ट्री–ह्याचब्याक सेगमेन्टमा, व्यावहारिक डिजाइनसहितको हामीसँग २४ किलोवाट आवरको ब्याट्रीसहितको टियागो इभी छ। यसैगरी २५ र ३५ किलोवाट आवर ब्याट्रीमा पन्च इभी उपलब्ध छ र यो शहरी यात्राको लागि एक आदर्श विकल्प हो। यसैगरी ४५ किलोवाट आवर व्याट्रीको के–३ इभी लामो राजमार्ग यात्राको लागि उपयुक्त छ। उच्च ग्राउन्ड क्लियरेन्स भएका कारण यो नेपालको विविध भू–भागमा यात्रा गर्न सजिलो साधन बनेको छ।

अब आएर, हामी आफ्नै विशिष्ट विशेषतासहितको नयाँ संस्करण, कर्भ इभी सार्वजनिक गरेका छौं। ५५ किलोवाट आवर व्याट्रीसहितको यो गाडीको डिजाइन अत्यन्त आकर्षक छ र यो अफ रोड र लामो दूरीका लागि अर्काे विकल्प हो। सँगसँगै हामीले नेपालमा १६ भन्दा बढी समर्पित सेवा केन्द्र स्थापना गरेका छौं, ब्याट्री परिक्षण र पुनस्र्थापना सुविधा केन्द्र, इभी लर्निङ सेन्टर, देशभर १८५ भन्दा बढी द्रुत चार्जिङ स्टेसनको स्थापना र स्पेयर पार्टपुर्जाको सहज उपलब्धता सुनिश्चित गरेका छौं।

यस वर्ष टाटा इभीले पन्च इभी लन्च गरिसकेको छ, साथै निक्सन के–३–इभी, टियागो इभी सार्वजनिक गरिसकेको छ। यसैगरी नेपालमा कर्भ इभी पनि सार्वजनिक गर्ने तयारी छ। यसरी लगातार नयाँ मोडलको विकास र सार्वजनिक गर्नुपर्ने आवश्यकता किन छ?

हाम्रो उत्पादनहरूको विस्तृत पोर्टफोलियोको कारण यो उद्योगका कुल आयतनको ९० प्रतिशत हिस्सा लिन हामी सक्षम भएका छौं। जब हामीले २०२१ मा नेक्सन इभी प्राइम लन्च गर्यौं, त्यतिवेला देखि नै हामीले हाम्रो वितरक साझेदार सिप्रदी ट्रेडिङ प्रालिसँग रणनीतिक रूपमा काम साझेदारी गर्दै आएका छौं। यो साझेदारीले इभी इकोसिस्टम सुचारु राख्न र इभी गाडीको प्रयोगलाई आत्मसात गर्न सहयोग पुगेको छ। यसले आम उपभोक्तालाई द्रुत गतिमा इभी स्वीकार गर्न प्रेरित गरेको छ। गाडीको संख्यामा मात्र होइन, समग्र इकोसिस्टमलाई समानुपातिक रूपमा वृद्धि गर्न हामी सक्षम भएकाले हामी नेपालको सबैभन्दा ठुलो इभी इकोसिस्टम बनेका छौं। हाम्रो पोर्टफोलियोमा निकट भविष्यमा थप उत्पादनहरू थप्दै जाने क्रममा हामी आवश्यक पूर्वाधारलाई अझ सशक्त पार्ने तयारीमा छौं।

नेपाली बजारमा निक्सन के–३ इभी, टियागो इभी र आउँदो कर्भ इभीलाई तपाईं कसरी फरक हिसाबले प्रस्तुत गर्नुहुन्छ?
यी सबै उत्पादनहरू फरक बडी स्टाइलमा छन्। ग्राहकका फरक रुचि र आवश्यकता पूरा गर्न लक्ष्य राख्दछन्। उदाहरणको लागि, पहिलो पटक इभी गाडी क्रेताका लागि टियागो उपयुक्त हुन्छ। कहिलेकाहीँ लामो यात्रामा जाँदा समेत उपयुक्त हुने यो गाडी लगातारको सहरी यात्राको लागि उपयुक्त छ। यसैगरी इन्ट्रीलेभलको एन्ट्री–लेभल ह्याचब्याक र निरन्तरको सहरी यात्राका लागि नेक्सन के ३ इभी उपयुक्त छ। एक सय ९९ एमएम ग्राउन्ड क्लियरेन्स र ४५ किलोवाट आवर व्याट्री रहेको यो गाडी लामो ड्राइभ र अफ–रोड यात्राका लागि उपयुक्त छ। एसयुभी सेगमेन्टमा स्थायित्व खोज्ने ग्राहकको आवश्यकता यसले पूरा गर्दछ। यसैगरी कर्भ इभीले विलासिता, भव्यता र आरामदायक यात्रालाई सुनिश्चित गर्दछ ।

भारतमा कर्भ इभीले निकै लोकप्रियता हासिल गरिरहेको छ। के तपाईंलाई लाग्छ नेपाली बजारमा पनि यस्तै प्रभाव देखिनेछ?
कर्भ इभी प्रिमियम एसयुभी हो, यसले डिजाइन, विलासिता र भव्यतालाई संयोजन गर्दछ। विशिष्ट डिजाइन, उच्च ब्याट्री क्षमता, एकल चार्जमा लामो दूरी ड्राइभिङ गर्न सक्ने क्षमता र प्रिमियम सुविधाका कारण यसले भारतमा विशेष आकर्षण जगाएको हो। बालबालिका र वयस्कहरूको यात्राका लागि बिएनसिएपीले यो गाडीलाई फाइभ स्टार रेटिङ दिएको छ। यसले गर्दा यो भारतीय बजारमा सबैभन्दा सुरक्षित एसयुभीमध्ये एक बन्न सफल भएको छ। ११.६ एल फ्रन्कसहितको यो गाडीको बुट स्पेस ५०० एल छ। यसैगरी १२.३ इन्चको सिनेम्याटिक टचस्क्रिन र अत्याधुनिक साउन्ड सिस्टमले सुसज्जित यो गाडीले ड्राइभिङ अनुभवलाई अनुपम पार्दछ। यो ग्राहकको लागि एक महत्वाकांक्षी सवारी साधन बनेको छ। नेपालको विविध भूभागमा यात्राका लागि यो उच्च क्षमताको छ। ग्राहकको प्राथमिकता र रुचिमा आइरहेको बढ्दो परिवर्तनलाई यसले मुखरित गर्दछ।

नेपालका राजमार्गमा कर्भले कस्तो प्रदर्शन गर्ला ?
कर्भ इभीले नेपाली सडकमा आधिपात्य जमाउने अपेक्षा छ। यसको ठूलो व्याट्री क्षमता, प्रभावशाली ग्राउन्ड क्लियरेन्स, बलियो र आरामदायी सस्पेन्सन र उन्नत सुरक्षा सुविधाहरू यसका आधार हुन्। यी क्षमताहरूको साथ, कर्भ इभीले विलासी, शक्तिशाली र सुरक्षित ड्राइभिङ अनुभवको सुनिश्चत गर्ने छ।

टाटा इभीले ग्राहकको लागि बिक्रीपछिको सेवालाई कसरी सुनिश्चित गर्ने योजना बनाएको छ ?
नेपालमा सिप्रदी ट्रेडिङसँगको साझेदारीमा टाटाइभीले आफ्ना इभी ग्राहकलाई बिक्रीपछिको सेवालाई सशक्त पार्दै आएको छ। नेपालभर १६ भन्दा बढी इभीसेवा केन्द्रको स्थापनाले यसलाई सहज पारेको छ। यसैगरी, ब्याट्री डायग्नोस्टिक्स र पुनस्र्थापना सुविधा अर्काे आकर्षण हो। यसले ग्राहकको समय र पैसा बचत गर्छ। यसैगरी, हामीले नेपालमा पहिलो इभी लर्निङ सेन्टर स्थापना गरेर स्थानीय सिप विकासमा लगानी गरिरहेका छौं।



Source link

प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित


१३ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन ।

त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।

यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए ।

तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

सभामुख घिमिरेका अनुसार अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।





Source link

महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष हुन्। उनी २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन्। विसं २०४७ मा अखिल नेपाल महिला सङ्घ हुँदै राजनीतिमा प्रवेश गरेकी उपाध्यक्ष घिमिरे २०६८ मा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६ मा पार्टी जिल्ला कमिटी उपसचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरिसकेकी छन्।

उपाध्यक्ष घिमिरेसँग राष्ट्रियसभाको सदस्य र उपाध्यक्ष हुँदाको अनुभव, राष्ट्रियसभाका गतिविधि, संविधान कार्यान्वयनको अवस्था र संशोधन, नीति निर्माणमा महिलाको सहभागिताको अवस्था र रोजगारी सिर्जनालगायत मुलुकको समसामयिक विषयमा रासस लिएको अन्तर्वार्ताको सम्पादित अंश:

तपाईं अहिले राष्ट्रियसभाको उपाध्यक्ष हुनुहुन्छ। राष्ट्रियसभाको उपाध्यक्ष भएर काम गर्दाको तपाईंको अनुभव कस्तो रह्यो?

राष्ट्रियसभाको उपाध्यक्ष भएको एक वर्ष भयो। सांसद मात्रै हुँदा संसद्को आकस्मिक समय, शून्य समय र विशेष समयमा जनताका सवाललाई उठाउन पाउँथेँ। विधेयकमा संशोधन हाल्न पाउँथेँ। तर, उपाध्यक्ष भएपछि ती काम गर्न पाएकी छैन। उपाध्यक्ष भएपछि सङ्घीय संसद् कसरी चल्छ, संसद्को व्यवस्थापनको पाटो, अधिवेशन सञ्चालनको विषयमा बढी ध्यान दिने गरेकी छु।  

राष्ट्रियसभाको भूमिका के रहेछ, के देख्नुभयो?  

राष्ट्रियसभाको भूमिकाको विषयमा पछिल्लो पटक प्रतिनिधिसभामा केही टीकाटिप्पणी भएको देखियो। तर उहाँहरूले राष्ट्रियसभाको भूमिकाको विषयमा बिनाअध्ययन बोलिरहनुभएको छ जस्तो लाग्छ। हामी राष्ट्रियसभाका सदस्य पनि जनताका प्रतिनिधिबाट निर्वाचित भएका हौँ। राष्ट्रियसभा पालिका र प्रदेशप्रति बढी उत्तरदायी हुन्छ। त्यसकारण पनि सङ्घीयता कार्यान्वयनमा राष्ट्रियसभाको ठूलो भूमिका हुन्छ। प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलन समेतलाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ। संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गको रूपमा परिकल्पना गरेको छ। सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराइ समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभाको आवश्यकता छ।

प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकसहित आठ जना गरी निर्वाचित ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिलासहित तीन जना हुन्छन्। राष्ट्रियसभाको मुख्य काम भनेको विज्ञ सेवा प्रदान गर्ने, कानुन बनाउने, सरकारलाई उत्तरदायी बनाउने, नियमन र निर्देशन गर्ने र संसदीय सुनुवाइ गर्ने हो। यो विषयलाई सबैले अध्ययन गर्न जरुरी छ। बिना अध्ययन गलत प्रचार गर्नुहुँदैन। ३५ वर्ष उमेर पुगेको व्यक्ति मात्रै राष्ट्रियसभामा आउन पाउँछ। त्यसैले पनि राष्ट्रियसभा परिपक्व व्यक्तिहरूको सभा हो। विधेयकहरू राष्ट्रियसभामा पनि दर्ता हुन सक्छ, प्रतिनिधिसभामा पनि दर्ता हुन सक्छ। कानुन निर्माणमा राष्ट्रियसभा र प्रतिनिधिसभाको उत्तिकै भूमिका हुन्छ। एउटा कुरा, यदि राष्ट्रियसभाले समयमा विधेयक पारित गरेन भने प्रतिनिधिसभाले मात्रै पनि पारित गर्न सक्छ। त्यसैलाई हेरेर प्रतिनिधिसभाका सांसदले राष्ट्रियसभालाई कमजोर आँकलन गर्नुभएको जस्तो लाग्यो। जुन गलत छ।  

पछिल्लो सयममा राष्ट्रियसभाले के काम गरिरहेको छ?

पछिल्लो यो अधिवेशनमा दैनिकजसो राष्ट्रियसभाको बैठक बस्दै आएको छ। योबीचमा राष्ट्रियसभाले ‘कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘मिडिया काउन्सिल विधेयक २०८०’ सहित तीन वटा विधेयक पारित गरेको छ। ‘तिलगङ्गगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथिको छलफल चाँडै सुरु हुँदैछ। राष्ट्रियसभामा छ महिनाभन्दा बढी विधेयक राख्न पाइँदैन। यो हाम्रो विनियमावलीमा व्यवस्था गरिएको छ। अहिले राष्ट्रियसभामा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८९’ दर्ता भएको छ। त्यसमाथि दफावार छलफल भइरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, बाढी, पहिरो, भूकम्प, महँगी, विकास निर्माण लगायत जनताका समसामयिक विषयमा समेत सभाका सदस्यहरूले सरकारको ध्यानाकर्षण गराइराख्नुभएको हुन्छ।  

राष्ट्रियसभाअन्तर्गतका समितिहरूले गरिरहेका कामको प्रभावकारिता कस्तो छ? ती समिति कति सक्रिय छन्?

पछिल्लो समयमा राष्ट्रियसभाअन्तर्गतका चारवटै समितिले अझै सक्रियता बढाएका छन्। विधायन व्यवस्थापन समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्री अनिवार्य बोलाउनुपर्छ। चारवटै समितिले अहिलेसम्म विधेयक अड्काएर राखेका छैनन्। सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा रायसल्लाह दिन राष्ट्रियसभामा संविधानको धारा ९७ बमोजिम विधायन व्यवस्थापन समितिको गठन भएको हो। यो समितिले आफ्नो अधिकारभित्र रहेर सक्रियताका साथ काम गरिरहेको छ। त्यसैगरी ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ ले पनि राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण, राजनीतिक, वित्तीय तथा प्रशासनिक सङ्घीयता, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोत, सामाजिक न्याय, मानव अधिकार र परराष्ट्र सम्बन्ध, सन्धिसम्झौताको कार्यान्वयनको क्षेत्रमा काम गरिरहेको छ।

त्यसैगरी यो समितिले राष्ट्रिय सुरक्षा, संवैधानिक निकाय, श्रम रोजगार र उपभोक्ता हित, शान्ति प्रक्रिया, विपद् व्यवस्थापन, सामाजिक सदभाव, शिक्षा, स्वास्थ्य, समावेशीकरण, लैङ्गिक मामिला, पिछडिएको क्षेत्र, समुदाय तथा संस्कृतिसम्बन्धी विषय र सम्बद्ध निकायको क्षेत्रमा पनि सक्रियताका साथ काम गर्दै आएको छ। एउटा समस्या भनेको देशको आर्थिक अवस्था र हिजोका नियामावली विनियिमावली अनुसार काम गर्दै समितिमा रहेका सांसदहरू स्थलगत अनुगमनमा जान सकिरहेका छैनन्। त्यसको लागि पर्याप्त बजेटको व्यवस्था गर्न सकेका छैनौँ।  

संविधान जारी भएको करिब दश वर्ष पुगेको छ। संविधान कार्यान्वयनको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ?  

संविधानले परिलक्षित गरेका मूलभूत कामहरू कार्यान्वयन भइरहेका छन्। तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन।  संविधानको मौलिक हकमा रहेका कतिपय धाराअनुसार कानुन बन्न सकेका छैनन्। त्यसको कारण भनेको अस्थिर सरकार पनि हो। एउटा सरकारले विधेयक बनाएर ल्याउँछ, अर्को सरकारले त्यसलाई फिर्ता गरिदिन्छ। संविधान जारी भएपछि दुई पटकसम्म समयमै निर्वाचन हुनु भनेको पनि संविधान कार्यान्वयन हुनु हो। निर्वाचनमा समावेशिता लागू हुनु भनेको पनि संविधान कार्यान्वयन हुनु हो।  

संविधान संशोधनका बारेमा अहिले चर्चा र बहस चलिरहेको छ। संशोधनका विषयमा तपाईंको धारणा के छ?  

संविधान संशोधनको विषय सरकारले औपचारिक रूपमा अघि ल्याएको छैन। तर पनि संशोधन गर्ने विषय मधेसी समुदाय र महिलाबाट पनि उठेको छ। संविधान चलायनमान दस्तावेज हो। आवश्यकताअनुसार संशोधन गर्नुपर्छ। संशोधनको विषयलाई नकारात्मक ढङ्गले हेर्नुहुँदैन। संशोधन गरेर ‘महिलाको वा’ भन्ने शब्द हटाएर अनिवार्य उपस्थितिको व्यवस्था गर्नुपर्छ। संविधान संशोधन गरेर राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक जना महिला अनिवार्य गर्नुपर्छ। भावनात्मक रुपमा संविधानले महिलालाई प्राथमिकता दिएको देखिन्छ। तर विभिन्न चलखेलले गर्दा महिलालाई उपमै सीमित गरिएको छ। जस्तो, वडाध्यक्षमा महिला अनिवार्य छैन। अब संशोधन गरेर महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्छ। संशोधनको क्रममा महिलाको विषयमा पक्कै पनि छलफल हुनेछ।  

महिला सहभागिताको कुरा गर्दै गर्दा राज्यका नीतिनिर्माण तहमा महिलाको सहभागितालाई तपाईंले कसरी मूल्याङ्कन गर्नुहुन्छ?  

विगतको तुलनामा संविधान जारी भएपछि महिलाको सहभागिता बढेको छ। संसदमा ३३ प्रतिशत महिलाको सहभागितालाई संविधानले नै सुनिश्चित गरेको छ।  २०७९ सालको निर्वाचनपछि सङ्घीय संसदमा ३४ प्रतिशत महिलाको सहभागिता छ। प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत सहभागिता छ।  

त्यसैगरी पछिल्लो तथ्याङ्क हेर्दा निजामती सेवामा  करिब २८ प्रतिशत महिलाको प्रतिनिधित्व छ। तर संविधानले कति प्रतिशत महिलामन्त्री बनाउने भन्ने विषयमा बोलेको छैन। संविधानमा उल्लेख भएको विषय अनिवार्य रुपमा लागू भएको छ। जहाँ संविधान र कानुनले व्यवस्था गरेको छैन, त्यँहा लागू भएको छैन। महिलाको अधिकारको सवालमा अन्य देशको संविधान भन्दा नेपालको संविधान उत्कृष्ट छ। तर महिलाप्रतिको दृष्टिकोण परिवर्तन भएको छैन। महिला र पुरुष समान हुन् भन्ने कुरा राजनीतिक र कानुनी कुरा मात्रै नभएर मूल्यमान्यता, परम्परा र धर्मसंस्कृतिसँग पनि जोडिएको विषय हो।  

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ?

सुशासनको निम्ति सुशासनसँग जोडिएका ऐन कानुनलाई कडाइका साथ लागू गर्नुपर्छ। हामीकडाँ बाहिर मिडियामा देखाउँदा ठूलाठूला भ्रष्टाचारका विषयलाई मात्रै देखाइन्छ। कर्मचारीले काममा ढिलाइ गर्नु, समयमा जनतालाई सेवाप्रवाह नगर्नु पनि भ्रष्टाचार हो। जनप्रतिनिधि र कर्मचारीको बीचमा धेरै अन्तर छ। यो अन्तरले भ्रष्टाचार बढाउने विषयमा झन मलजल गरेको छ।

पछिल्लो समय अध्ययनको सिलसिलामा वा रोजगारीका निम्ति नेपाली युवा विदेशिनेक्रम बढ्दै गएको छ। युवा पलायनलाई कसरी रोक्न सकिन्छ होला?

हामीले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेकै कारणले ठूलो सङ्ख्यामा युवा विदेशिन बाध्य भएका हुन्। तर पैसा नभएका कारणले मात्रै युवा पलायन भएका छैनन्। स्थायी जागीरेहरू पनि त्यो छाडेर विदेश जाने गरेका छन्। यसलाई हामीले अन्तर्राष्ट्रियकरण भएको भनेर बुझ्नुपर्छ। कोही अध्ययनको सिलसिलामा जाने गरेका छन्। मुख्य कुरा श्रम गर्न जाने युवाको लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ।

प्रकाशित: १ चैत्र २०८१ १०:०५ शुक्रबार





Source link

प्राधिकरण घर्न पुगेका युवामाथि प्रहरीको धरपक्कड (तस्वीरहरू)


१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका युवामाथि प्रहरीले धरपक्कड गरेको छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले हटाएको विरोधमा प्रदर्शन गर्न पुगेका युवामाथि प्रहरीले धरपक्कड गरेको हो ।

प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको छ भने घिसारेर भ्यानमा हालेको छ ।

सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । आज प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।

आज दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेको थियो । सो टोलीका केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

NEA office protest kulman Supporters15





Source link

सेनाले सरकारको निर्देशन उल्लङ्घन गरेको इतिहास छैन: रक्षामन्त्री राई


रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले नेपालको इतिहासको जुनसुकै कालखण्डमा पनि देश, जनता र सरकारप्रति जिम्मेवार भएर काम गर्दै आएको बताएका छन्। उनले सडकसहितका पूर्वाधार निर्माणको जिम्मेवारी सेनाले चाहेको, मागेको र खोजेको नभई सरकारले खटाएको स्पष्ट पारे।

रक्षामन्त्री राईले भने,’सरकारले दिएको निर्देशनमा रही सेनाले सधैँ आफ्नो जिम्मेवारी र कर्तव्यपालन गर्दै आएको छ । सरकारले खटाएको र दिएको निर्देशन उल्लङ्घन गरेको इतिहासमा कहीँकतै पाएको छैन ।’

देशको राजनीतिक अभ्यास, रक्षा मन्त्रालयको कार्य जिम्मेवारी, मातहतका आयोजनाको प्रगति, चुनौती र नेपाली सेनाको भूमिकालगायतका समसामयिक विषयमा राससका प्रमुख समाचारदाता नारायण न्यौपाने र श्रव्य सम्पादक नवीन पौडेलले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

मन्त्रीज्यू पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? मुलुकमा अहिले भइरहेको राजनीतिक अभ्यासलाई कसरी हेरिरहनुभएको छ ?

मन्त्रालयको दैनिक काम, मन्त्रिपरिषद् बैठक र संसद् बैठकमा हुने छलफल र कार्यक्रममा समय बितिरहेको छ । संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । त्यही संविधानको मर्म र भावनाअनुरुप मुलुकलाई अघि बढाइरहेका छौँ । प्रत्येक दश वर्षमा संविधान संशोधन गर्ने कतिपय मुलुकको अभ्यास छ । हाम्रो पनि संविधानसभाबाट संविधान जारी भएको दश वर्ष पुग्न लाग्यो । नमिलेका, अप्ठ्यारा, संशोधन गर्न सकिने र मिल्ने खाले विषयलाई संशोधन गर्नुपर्छ । संविधानलाई समयानुकूल तुल्याउन ठीक ढङ्गले अघि बढाउने कार्य भइरहेको छ ।

संविधान संशोधनसम्बन्धी विषयमा केकस्तो प्रगति भइरहेको छ ?

संविधान निर्माणमा जसरी आम सहमति जुटाइएको थियो, संविधान संशोधनमा पनि कुनै विषय आयो र प¥यो भने त्यसरी नै सम्पूर्ण दलबीच सहमति कायम गरी अघि बढ्नुपर्छ । संविधान निर्माणको मर्म र भावनाअनुरुप सरकारले सबैलाई सहमतिमा ल्याउँछ । त्यसका लागि गृहकार्य सुरु भइसकेको छ । केही समयमा यसका विषयवस्तु बाहिर आउनेछन् । संशोधनका विषयवस्तु यी हुन् भनेर भनिहाल्न हतार भएको छैन ।

सङ्घीयता कार्यान्वयन र तीन तहका सरकारबीचको सहकार्य, समन्वय र सहयोगमा भइरहेको अभ्यासलाई कसरी हेर्नुभएको छ ?

नेपालको संविधानबमोजिम गठित सङ्घ, प्रदेश र स्थानीय तहबीचको अभ्यासका क्रममा कतिपय अधिकार बाँडफाँडका विषयमा देखिएका विवादलाई मिलाएर सुधार गर्दै अघि बढ्नुपर्छ । हाम्रा छिमेकी मुलुकमा सङ्घीयता लागू भएको धेरै वर्ष भए पनि मिलाउने र सुधार्ने काम अझै जारी रहेको देखेका छौँ । नेपालमा वर्तमान संविधानको अभ्यास दश वर्ष हुने क्रममा छ । यस क्रममा देखिएका समस्या समाधान गर्दै जानुपर्छ । अहिले देशमा विकास होस् वा अरू सामाजिक काम एउटा लयमा अगाडि बढेको छ । हिजोको अवस्थासँग तुलना गरियो भने सडक र बिजुली घरघरमा पुगेको छ । यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट मात्र सम्भव भएको छ । विगतमा केन्द्रमा सीमित हुने गरेका स्रोतसाधन अहिले पालिका वडासम्म पुगेको छ । जनताले सहज र सरल रुपमा उपभोग गर्न पाउने वातावरण बनेको छ । तर यसभित्र पनि कतिपय विषयवस्तु मिलाउन पर्ने अवस्था भने छन् ।  

सुशासन प्रवर्द्धन र भ्रष्टाचार अन्त्यका विषयसँग जोडिएर उठेका प्रश्नलाई कसरी हेरिनु पर्ला ?

विगत कसको सरकारमा के भए भनी टिप्पणी गर्न चाहन्न । अहिले हामीले भनेका छौँ,  देश र जनताका लागि अघि बढाइने कुनै काम र गतिविधि रोकिन हुन्न । यो विषय अध्यादेशमार्फत पनि समावेश गरेका छौँ । जनताले अपेक्षा गरेअनुरुप सुशासनको प्रत्याभूति दिलाउन कोसिस भइरहेको छ । त्यो क्षेत्रमा पनि विगतभन्दा सुदृढ छँदैछ । तर जुन हिसाबमा सेवा प्रवाह हुनुपथ्र्यो त्यो भने हुन सकेको छैन । वर्तमान सरकार आइसकेपछि सहकारीसहित ६०० भन्दा बढी मुद्दा अघि बढाइसकिएको छ । विपक्षीले सदनमा नारा र आरोप लगाउने कुरा अलग्गै हो । भ्रष्टाचार भएको रहेछ भने अनुसन्धान गर्ने निकायमा सिकायत गर्न सकिन्छ । त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरी दिन सकिन्छ । बिनाआधार र प्रमाण भ्रष्टाचार भयो भन्न मिल्दैन । तथापि, भ्रष्टाचार अन्त्यका लागि सरकार कठोरताका साथ उभिएको छ । संविधान कार्यान्वयन, सुशासन, सहकारी पीडितका समस्या अन्त्य गर्न सरकार अग्रगमनको दिशामा अगाडि बढेको छ ।  

मुलुकको स्वाधीनता, स्वतन्त्रता र अखण्डतासँग जोडिएको रक्षा मन्त्रालयको नेतृत्वमा हुनुहुन्छ । लक्ष्य प्राप्तिका लागि कसरी कार्यसम्पादन अघि बढाउनुभएको छ ?

मन्त्रालयको मुख्य जिम्मेवारी भनेको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधीनता, राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने रहेको छ । जनतालाई भैपरी आउने बाधाअड्चन र अप्ठ्यारा हटाउने तथा शान्ति सुव्यवस्था प्रदान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । रक्षा मन्त्रालय मातहत रहेको नेपाली सेनाले राष्ट्र र जनताको हितका खातिर अहोरात्र परिचालित भई सहयोग गरिरहेको छ । जनतालाई सेवा गर्ने र मुलुकको रक्षा गर्ने कुरा मन्त्रालयले जिम्मेवारीपूर्वक काम गरिरहेको छ ।

कार्य जिम्मेवारीका सिलसिलामा केही त्यस्ता चुनौती महसुस गर्नु परेको छ कि ?

मुलुकको धार्मिक, सांस्कृतिक र जातीय विविधताजस्तै हिमाल, पहाड र तराईको बनोट उत्तरबाट दक्षिण ढल्किएको भिरालो जमीनसहितको भौगोलिक अवस्था छ । हरेक वर्ष बाढी, पहिरो, भू–क्षय, डुबान र भूकम्पको जोखिम छ । पहाड र हिमालको  भिरालो भूगोल भएकाले काम गर्न चुनौती छ । जेजस्ता समस्या र चुनौती भए पनि मुलुकको रक्षा र जनताको सेवाका लागि मन्त्रालय र नेपाली सेना कटिबद्ध भएर अघि बढिरहेका छौँ ।

सेनाका मुख्य जिम्मेवारी देशको स्वाधीनता र जनताको सुरक्षा भए पनि सडकलगायतका पूर्वाधार निर्माण र अन्य व्यपारमा लगाइयो भन्ने आरोप छ नि ?

सडकसहितका पूर्वाधार निर्माणको जिम्मेवारी सेनाले चाहेको, मागेको र खोजेको होइन । नेपाली सेना जुनसुकै कालखण्डमा पनि देश, जनता र सरकारप्रति जिम्मेवार भएर काम गर्दै आएको छ । सरकारले संवैधानिक दायराभित्र रही अह्राएको र खटाएको काम सेनाले गर्छ । सरकारको निर्देशन उल्लङ्घन गरेको इतिहासमा कहीँ कतै पाएको छैन । सरकारले सेनालाई विकास निर्माणका कार्यमा स्वतस्फूर्त खटाएको हो ।

कतिपय जिल्ला सदरमुकाममा सडकको पहुँच पु¥याउन ‘ब्लास्टिङ’ गर्दै पहरो फुटाउने जिम्मा सेनाले नलिने हो भने बाटो त्यहाँ पुग्दैन । त्यो कामका लागि सरकारले सेनालाई अनुरोध गरी खटाएको हो । अहिले पनि गोरखाको माथिल्लो भेगमा सडक निर्माणका लागि सेनालाई जिम्मा दिन प¥यो भनी जनप्रतिनिधिले अनुरोध गरिरहनुभएको छ । गत असोजमा खुर्कोटस्थित सुनकोशी बाढीले पुल बगाएपछि सेना परिचालन नगरिएको भए बेलिब्रिज तत्काल जडान हुँदैन थियो । अहिले पनि तातोपानी क्षेत्रमा दुई र हुम्लाको खार्पुनाथमा बेलिब्रिज जडान भइरहेको छ । अरू अलपत्र परेका सडक पनि सेनालाई निर्माणको जिम्मा दिन प¥यो भन्ने माग ठूलो छ । केही महिनाअघि किमाथाङ्कावासीले सडक कालोपत्र नगरी सेनालाई फर्काउन हुँदैन भनेर मलाई घेरा हालेर  दबाब दिए । त्यहाँको डरलाग्दो भिर र चट्टान सेनाबाहेक अरूले फुटाउन सक्ने क्षमता नहुँदो रहेछ । अरू ठेकेदारले नसकेका जोखिम क्षेत्रमा सेनाले काम गरिरहेको छ । अहिले पनि सेनाले राष्ट्रिय गौरवका सहित रणनीतिक र सामरिक महत्वका सडकमा काम गरिरहेको छ । सेना व्यापार र व्यवसायमा लागेको नभई देश र जनताका हितका खातिर सरकारले दिएको आदेश पालना गरेको हो ।  

रक्षा मन्त्रालय मातहतका आयोजना र योजनाका प्रगति, भोग्नु परेका समस्या र समाधानका लागि गरिएको प्रयास केकस्ता छन् ?

विकास निर्माणका आयोजना अघि बढाउने सिलसिलामा आउन सक्ने विभिन्न खालका बाधा र चुनौतीलाई पन्छाएर जानुपर्छ । नेपालमा खासगरी भौगोलिक र कतिपय सामाजिक चुनौती छन्, त्यसलाई छिचोलेर जाने कोसिस भइरहेको छ । उदाहरणका रुपमा काठमाडौँ–तराई मधेस दू्रतमार्र्ग ९फाष्ट ट्र्याक० देशकै सर्वाधिक महत्वको आयोजना हो । आयोजनाको  रेखाङ्कनभित्र जग्गा पर्ने स्थानीयलाई आवश्यक मुआब्जा दिएर अघि बढ्ने विषयमा विभिन्न कोणबाट वार्ता र छलफल भइरहेको छ । विशेषगरी प्रस्थानविन्दु खोकनाको जग्गा प्राप्तिको विषय सम्बोधन गर्न सङ्घीय र प्रदेश सदस्य तथा स्थानीय सरकारसँग छलफल गरी समस्या र मागको पहिचानका लागि कोसिस भइरहेको छ । आयोजना अघि बढाउने क्रममा सुरुङ र विशिष्ट प्रकृतिका पुल निर्माणको काम धमाधम भइरहेको छ । आयोजना छिटो सम्पन्न गर्न लागिरहेका छौँ । हालसम्मको प्रगतिले निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा उत्साहित र सन्तुष्टि दिलाएको छ । आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्नेगरी निरन्तर निरीक्षण भइरहेको छ ।  

नेपाली सेनाको व्यवस्थापनमा काम भइरहेका आयोजनामा समयमै बजेट निकासा नभएर अप्ठ्यारोमा परेको भन्ने चर्चा छ, त्यस्तो हो र ?

सेनाले जिम्मा लिएका आयोजनामा बजेटको अभाव छ भन्ने होइन । केही कम त छ तर बाहिर भनिएबमोजिम बजेटकै अभावमा काम रोकिने अवस्था भने होइन ।

मन्त्रालयको नेतृत्व गरिरहँदा नेपाली सेनासँग जोडेर आउने गरेका टिप्णीलाई कसरी लिनुभएको छ ?

नेपालको इतिहासकोे जुनसुकै कालखण्डमा सरकारप्रति नेपाली सेना इमान्दार छ । आदेश पालना गरेको छ । संविधानलाई आत्मसात् गरी अघि बढेको छ । नेपाली सेनासँग जोडेर आउने गरेका भ्रमपूर्ण कुरामा कुनै सत्यता छैन । सेनाको जिम्मेवारी, कर्तव्य र चरित्र नबुझेर त्यस्ता नकारात्मक टीकाटिप्पणी आएका हुन् । संविधानको अधीनमा र सरकारको निर्देशनमा सेनाले काम गरिरहेको छ ।

सेना विश्वशान्ति कार्य, आन्तरिक सुरक्षा, सडक कोरिडोर निर्माण, विपद्का समयमा राहत तथा उद्धार, स्वास्थ्योपचार, खेलकुदलगायतका क्षेत्रमा गौरव गर्न लायक ढङ्गबाट काम गर्दै अगाडि बढेको छ । सेनाको इमान्दारिताप्रति ‘स्यालुट’ र सम्मान गर्न चाहन्छु । मुलुकको भरपर्दो सुरक्षा सङ्गठनका रुपमा सेनालाई पाएको र बुझेको छु ।

नेपाली सेनालाई अझ व्यावसायिकीकरण गराउन के कस्ता काम र पहल भइरहेको छ ?

नेपाली सेनाले थु्रपै समस्याका बीचमा पनि देशहित र जनताको भलाइमा राम्रो काम गरिराखेको छ । अरू मुलुकका तुलनामा तलबलगायतका सुविधा कम छ । ब्यारेकमा भनेजस्तो भौतिक पूर्वाधार बनाउन सकिएको छैन । कतिपय तराईका जिल्लामा रहेका ब्यारेकका पूर्वाधारको दयनीय अवस्था छ । तालिम र अन्य कार्यका लागि आवश्यक न्यूनतम जमिन पनि उपलब्ध गराउन सकिएको छैन । यद्यपि, सेनाका मागलाई सम्बोधन गर्न प्रयास गरिरहेका छौँ । सेनालाई चाहिने विस्फोटक पदार्थ, खरखजाना र लत्ताकपडा स्वदेशमै उत्पादन गर्ने र प्रयोग बढाउने कार्य भइरहेको छ । ब्यारेक भवन र बङ्करलाई व्यवस्थित गर्ने प्रयास जारी छ । सीमित स्रोतसाधनमा काम गरिरहेको सेनाको मनोबल बढाउन आवश्यक छ । नेपाली सेनाले अन्तरराष्ट्रिय शान्ति स्थापना कार्यमा आफूलाई अब्बल साबित गरेको छ । त्यो भएर नै शान्तिसेना धेरै पठाउने सूचीमा नेपाल पहिलो नम्बरमा छ । त्यस्तै शान्तिसेनामा महिला सैनिक धेरै खटाउने देशमा नेपाल नै अग्रपङ्क्तिमा छ । सीमित स्रोतसाधन, समस्या र चुनौतीका बीचमा सेनाले धेरै काम गरेको छ । आउँदो बजेटमा सेनाको सुविधा र व्यवस्थापनमा सरकारले थप ध्यान पु¥याउने छ ।

देशको महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहनुभएको छ । वास्तवमा सरकार भनेको के रहेछ ? 

सरकार देशको अभिभावक हो । सरकारले देश र जनतालाई माथि उठाउन दूरदृष्टि राखेर भौतिक विकास र मानवीय विकासमा काम गर्नुपर्छ । जनतालाई मेरो सरकार हो भन्ने अनुभूति गराउन सक्नुपर्छ । देशको अर्थतन्त्र क्रमशः लयमा फर्कंदैछ । सीमित स्रोतसाधन बीचमा जनताको इच्छा र चाहनाअनुरुप काम गर्ने प्रयत्न भइरहेको छ ।  

युवा विदेश पलायन हुनेक्रम बढिरहेको छ । राज्यले उनीहरुलाई स्वदेशमै रहने वातावरण कसरी मिलाउँदैछ ?

यो बेरोजगारीसँग जोडिएको समस्या हो । मुलुकमा राजनीतिलाई स्थिरता र उद्योगधन्दालाई विस्तार गर्न नसकेको परिणाम बेरोजगारी समस्या बढ्दै गएको हो । मुलुकको अर्थतन्त्रलाई रोजगारमूलक बनाउन नसक्दा पनि समस्या आउन पुग्यो । हुन त छिमेकी सम्पन्न देशका नागरिक पनि आफ्ना इच्छाले अरू देशमा काम गर्न जाने चलन छ । नेपालको चाहिँ बेरोजगारीकै समस्याले हो । सरकार यसलाई न्यूनीकरण गर्न अगाडि बढेको छ । रोजगारी सिर्जना गर्न विभिन्न प्रयत्न गरेको छ । हामी यसमा सचेत छौँ, त्यसका लागि विगतदेखि नै युवालक्षित एउटा महत्वपूर्ण कृषिको आधुनिकीकरण कार्यक्रम सुरु गरिएको छ । मुलुकमै उद्योग सञ्चालन गरेर त्यसलाई सम्बोधन गर्न सकिन्छ । जलविद्युत् उत्पादनलगायत सम्भावना रहेका उद्योगमा रोजगारी सिर्जना गर्न लाग्नुपर्छ । सूचना प्रविधिको क्षेत्रलाई पनि विकास र विस्तार गर्दै लैजानुपर्छ ।

अहिले सडकमा देखिएका गतिविधिको अन्त्य र राजनीतिक स्थिरताका बारे जनतालाई आश्वस्त तुल्याउने सन्देश केही छ ?

मुलुक अहिले संविधान कार्यान्वयनकै चरणमा छ । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकै कारण सामान्य जनताका छोराछोरी राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ । हिजो नेपाली समाजमा दलित र उपेक्षित भनिएका जातजाति तथा सीमान्तकृत वर्गका व्यक्ति जुनसुकै बेला राष्ट्रपति हुनसक्ने व्यवस्था अपनाइएको छ । संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका समस्या सम्बोधन तथा नमिलेका कानुनलाई समयानुकूल तुल्याउँदै अघि बढ्नुपर्छ ।  

मुलुकमा केही भएन, हुने अवस्था पनि देखिन्न, अब नेपालमा बसेर केही हुन्न भन्ने सोच र भाष्य निर्माण गरिएको छ नि ?

मेरो गृहजिल्ला सोलुखुम्बु हो । हामीले पहिले दोलखाको जिरीमा पुगेर नुनको भारी बोकेर लैजानुपर्ने बाध्यता थियो । अहिले सगरमाथा फेदी लुक्लासम्म मोटर पुगेको छ । नुन बोक्न जिरी धाउन पर्दैन । सोलुजस्तै पूर्वी र पश्चिम नेपालका पहाडी ग्रामीण भेगमा सडक, बिजुली, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको पहुँचले ठूलो परिवर्तन भएको छ । अहिले घरघरमा बिजुली पुगेको छ । यो आजको व्यवस्था अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि मात्र सम्भव भएको हो ।

यहाँको जिल्लाको प्राथमिकता के हुन् ? देशवासी र मतदातालाई केही सन्देश छ ?

सोलुखुम्बु विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला भएकाले यहाँका हिमालहरु जलवायु परिवर्तनको असरबाट सङ्कटमा पर्ने हुन् कि भन्नेमा चिन्तित छु । जलवायु परिवर्तनको असरले सेता हिमाल काला पत्थरमा परिणत हुने अवस्था सिर्जना हुँदैछ । हिमालमा हिउँ परेन भने पानीको स्रोत सुक्छन् । यसबाट नेपाल मात्र नभई सिङ्गो पृथ्वीलाई नै असर पर्छ । हामी हिमाल बचाउन लाग्नुपर्छ । त्यसैका लागि सरकारले सगरमाथा संवाद कार्यक्रम अगाडि बढाएको छ  । संसरभरिका मुलुकले यसमा चासो दिनु जरुरी छ । काठमाडाँैमा बरु संसारका मान्छे एकै ठाउँमा भेट्न नसकिएला तर विश्वका सबै देशका पर्यटक सोलुखुम्बुको आधार शिविर क्षेत्रमा भेटिन्छन् । त्यस क्षेत्रमा यातायातको सहज पहुँच विस्तारमा सरकार लागिपरेको छ । सडक पुगेको ठाउँमा कालोपत्रको काम अघि बढिरहेको छ । अरू जिल्लाजस्तै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, विद्युत् विस्तार नै जिल्लाका प्राथमिकताका विषय हुन् । एउटा सडक सोलुखुम्बुबाट भोजपुरको सीमा हुँदै अरुण नदी पछ्याएर किमाथाङ्का जोड्न पर्छ भनी हामी लागिरहेका छौँ ।

प्रकाशित: ७ चैत्र २०८१ १७:३९ बिहीबार





Source link

सम्हालियो सेयर बजार, सबै सूचक बढे – Online Khabar


१३ चैत, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९.१३ अंक बढेको हो ।

सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो ।

कुल २३१ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशत बढे ।

बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशत बढे ।

माउन्टेन हाइड्रोको मूल्य ५.८५, स्वेतगंगा हाइड्रोपावरको ५.३५, मनकामना इन्जिनियरिङको ५.१९, राप्ती हाइड्रोको ४.९७ तथा हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४.४७ प्रतिशत मूल्य बढ्यो ।

उपकार लघुवित्तको ७.०९ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.०४ प्रतिशत मूल्य घट्यो ।

यस दिन धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।





Source link

Upaya to build advanced warehouse worth Rs 1.20 billion


Logistics company Upaya is expanding its logistics warehouse business by building a 3PL warehouse worth Rs 1.20 billion. According to the company, the warehouse will be built in Banepa Municipality, ward no. 13, Kavre, which will stretch across 18 ropani of land.

For the construction of this mega warehouse, the company has secured a loan of Rs 95 crore from Citizens Bank and Machhapuchchhre Bank. The remaining funds will be generated from the Dolma Impact Fund II and other investors.

Also: Foodmandu and Upaya City Partners for Faster Delivery Services

Large-scale uses of Upaya warehouse in Kavre

According to Upaya Co-founder and Managing Director Suman Rayamajhi, the 3PL warehouse in Kavre will be used to store its inventory, manage deposits, billing, distribution, transportation of goods, etc. The company plans to streamline its logistics business and provide customers with scalable solutions.

The company will store food, clothing, shoes, auto parts, electronics, and other items at the advanced warehouse. The facility is expected to control Upaya’s expenses on travel.

The Upaya warehouse in Kavre will be earthquake-resistant. It will have enough racks to store products, and store rooms will be made as demanded by clients. Additionally, the warehouse will have waste management and water harvesting systems.

Check out: Top 10 Online Marketplaces in Nepal

The company plans to start construction of the warehouse in April 2025 and complete it at the end of 2026.



Source link

‘दलहरूले जनतासँग माफी माग्दै श्वेतपत्र जारी गर्नुपर्छ’


जनार्दन शर्मा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हुन्। दलभित्र प्रभावशाली भूमिका राख्ने शर्मासँग यसपटक ‘नागरिक फ्रन्टलाइन’ मा प्रधान सम्पादक गुणराज लुइँटेलसँगको संवादमा राजावादी अभियान, दलभित्रैको प्रतिस्पर्धा र सामयिक विषयमा खुलेर छलफल गरेका छन्।

तपाईंलाई मैले पहिलोपटक रुकुमको खारामा  २५ वर्षअघि भेटेको थिएँ। त्यसयता नेपालले अकल्पनीय राजनीतिक उपलब्धि हासिल गरेको छ। तर फेरि तिनलाई उल्ट्याउने प्रयास भइरहेको छ। तपाईंले यसलाई कसरी हेरिराख्नुभएको छ?

तपाईंले २५ वर्ष पहिलेको कुरा गर्नुभयो, जतिबेला तत्कालीन सुरक्षा फौजले एउटा सिंगै गाउँलाई भग्नावशेष बनाएको थियो र धेरैको हत्या गरेको अवस्था थियो। अनाहकमा त्यहाँका नागरिकको ज्यान गएको अवस्थामा यहाँहरू पुग्नुभएको थियो। जसले गर्दा त्यहाँको तथ्य घटनाले आम जनतासम्म पुग्ने अवसर पाएको थियो। त्यसका लागि यहाँलाई अहिले पनि धन्यवाद दिन चाहन्छु।

समय गतिशील छ र निरन्तर परिवर्तन भइ नै रहन्छ। जनयुद्धको महान् प्रक्रियापछि संविधानसभा, संविधान निर्माण, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुँदै संविधान कार्यान्वयनको दोस्रो कार्यकालमा हामी छौं। धेरै ठुला उपलब्धि राजनीतिक रूपमा भएका छन्। त्यसलाई व्यावहारिक जीवनमा जनताले प्राप्त गर्न चाहन्छन् अहिले।

क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्ने निरन्तर प्रयत्न त भइरहन्छ। त्यो सामान्य र स्वाभाविक कुरा हो। त्यो अन्यथा होइन। पराजित शक्तिले आफूलाई पुनः स्थापित गर्ने प्रयत्न गर्छ। यो स्वाभाविक नियमभित्र पर्दछ। तर इतिहासको पांग्र्रा कहिल्यै फर्कंदैन र अगाडि बढिरहन्छ। त्यसकारण मैले त्यसलाई धेरै गम्भीर भएर लिएको पनि छैन। सामान्य रूपमा पनि हेर्नु हुँदैन भन्ने मेरो मान्यता छ।

यति छिटै यस्तो हुन्छ भन्ने लागेको थिएन होला?

छिटो ढिलोभन्दा पनि निरन्तर भइरहेको छ। संविधानसभाको पहिलो निर्वाचनदेखि नै तत्कालीन पञ्चायती व्यवस्थामा काम गरेका नेताहरूले पार्टी गठन गर्नुभएको थियो। संविधानसभामा पनि हुनुहुन्थ्यो, हामीले गणतन्त्र घोषणा गर्दा पनि हुनुहुन्थ्यो र आज पनि हुनुहुन्छ। त्यो निरन्तर चलिराखेको छ।

लोकतान्त्रिक प्रणाली स्थापना गरिसकेपछि मैले भन्ने गरेको छु– हिजो पञ्चायतकालमा बोलेपछि लगेर जेलमा हालिन्थ्यो, हिरासतमा राखिन्थ्यो, तर आज हामीले ल्याएको लोकतन्त्रमा नागरिकलाई बोल्दैमा जेल हाल्न पाइँदैन। गुमेको सत्ता पाउने प्रयत्न प्रायोजित वर्गले गरिरहने कुरा हो। त्यसलाई अन्यथा रूपमा लिनु पनि हुँदैन।

आन्दोलनको मोर्चामा हुँदा तपाईंका सपना कस्ता थिए? अहिले आएर ती सपना ठिक बाटोतिर छन् कि ढलपल भएका छन्?

शर्मा: हामी आन्दोलनमा हुँदा सामाजिक न्याययुक्त समाज निर्माण गर्ने उद्देश्य थियो। त्यसलाई हामीले नयाँ जनवादी गणतन्त्र भनेका थियौं, तर त्यसको मूल सार भनेको सामाजिक न्याययुक्त समाज बनाउने हो।

समाजवादको बाटोमा अगाडि बढ्ने भन्ने हाम्रो मूल उद्देश्य थियो। त्यो उद्देश्यलाई हामीले संवैधानिक उपलब्धि र जनअधिकारको दृष्टिकोणले प्राप्त गरेका छौं। अब हाम्रा अगाडि चुनौती छन्। ती प्राप्त अधिकारलाई जीवन व्यवहारमा लागु गरेर त्यसको प्रतिफल जनताले उपभोग गर्न पाउने अवस्था सृजना गर्नुपर्छ। जनताले भने त्यसलाई सम्पूर्ण रूपमा प्रयोग गर्न पाइरहेका छैनन्। यसर्थ पनि चुनौतीपूर्ण अवस्थामै छौं।

केही कमजोरी गरेजस्तो लाग्छ कि लाग्दैन?

यो अवधिमा शान्ति प्रक्रियामा हुँदै गर्दा दुईवटा निर्वाचन गरेर संविधान निर्माणमै लाग्यौं हामी। समय त हाम्रो त्यहाँ खर्च भयो। संविधानसभापछिको पहिलो आमनिर्वाचन, दोस्रो निर्वाचनपछि तेस्रो निर्वाचन वर्षको एक चरणमा हामी छौं।

यसबिचमा प्राप्त उपलब्धि कार्यान्वयन गर्ने प्रयत्न नभएका होइनन्, भएका छन्, तर जुन गतिमा हुनुपर्ने हो त्यो हुन सकेको छैन। आश्वासन, महत्वाकांक्षा र अपेक्षा थियो जनतामा त्यो स्तरबाट भएन।

हाम्रा वरपरका छिमेकीको विकास गतिअनुसार हाम्रो भएको छैन। नयाँ पुस्ताको भावना, चाहना र आवश्यकता बुझेर हामीले काम गर्न नसक्दाका केही समस्या देखापरेका छन्, तर यो बाटोबाट हामी विचलित छैनौं। तमाम कमीकमजोरीबाट सिक्दै अगाडि जाने नै हो।

जनयुद्धका १० वर्षमा यहाँ एकदमै फास्ट ट्र्याकमा ठुलै परिवर्तनतर्फ मुलुकलाई लैजानुभयो, तर त्यसपछि लामो समय लाग्यो नि?

जनयुद्धका बेला त्याग र समर्पणको भावमा हामी थियौं। जब हामी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा आयौं, तब पुरानो राज्य शक्तिका अवयवलाई पूर्णरूपमा पुनर्संरचना गर्ने अजेन्डा माओवादीले छाड्यो। त्यो अजेन्डामा सम्झौता गर्‍यो। त्यसको प्रतिफल तीव्र बढ्नुपर्ने काम आज बढिरहेको छैन। हाम्रा शासकीय, प्रशासनिक र जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा पुनर्संरचना गर्नुपथ्र्यो। त्यो पुनर्संरचना गर्ने कुरालाई त्यत्तिकै छाडेर यथास्थिति बोक्ने कुरा गर्दाको समस्या भयो। त्यो गल्ती हामीले गरेकै हो भन्ने मलाई लाग्छ।

पछिल्लो समय जागरण अभियान हुनुहुन्छ। यिनै कुरा जगाउन गाउँ फर्किन खोज्नुभएको हो ?

यो अवधिमा खास वर्ग, समुदाय, उत्पीडित क्षेत्रसँगको सहकार्यबाट हामी अलिकति टाढा भयौं, जुन हामीलाई महसुस भयो। उनीहरूका माग, चाहना, आवश्यकता र समस्याहरू बुझ्ने विषयमा हामी कतै न कतै मनोगत भयौं। उनीहरूको सम्बन्धबाट टाढा हुने कुराले हामी विस्तारै त्यो वर्ग छाडेर अन्यत्रै लाग्न खोजेजस्तो आभास जनतामा भयो।

हामीमा पार्टीभित्र पनि त्यो खालको एउटा विकृति पैदा हुन थालेकाले धोइपखाली गर्न र आफूलाई फेरि जनतामा लगेर बदल्न, रूपान्तरण गर्न र त्यो वर्ग समुदायसँग सहकार्य गर्नुपर्ने भएको छ। त्यही भएर जनतामा जानुपर्छ भन्ने कुरा केन्द्रीय कमिटीबाट निर्णय गरेका थियौं। ती निर्णयका आधारमा हामीले तराई–मधेस जागरण अभियानको नाम दिएर हुलाकी मार्गमा हामी अगाडि बढिरहेका छौं। केही दिन स्थगित भयो। फेरि चैत ६ देखि प्रारम्भ पनि भइसकेको छ।

यो बिचमा माओवादी अलि मैलिएछ भन्ने हो?

पक्कै हो। मैलिएको कुरा त हो नै। किनभने यहाँको परिस्थिति र परिवेशले हामी यही राजधानीमा बस्ने वा सहरकेन्द्रित हुने र उठबस पनि त्यही उच्च वर्गसँग मात्रै हुने गर्दा जनताका आवाज र अजेन्डा कतै छुटेका छन्। त्यो छुटेको कुरालाई महसुस गरेर हामीले बेलैमा सच्याउनुपर्छ भनेर गएका हौं।

जागरण अभियानका क्रममा यहाँलाई सुध्रिन के कस्ता सुझाव आए?

जागरण अभियानमा थुप्रै कुरा आएका छन्। त्यो क्रममा हामीले गाउँका बस्तीमा गएर गरिब उत्पीडित वर्ग र महिलासँग सानातिना अन्तरक्रिया गर्ने अवसर पायौं। एकदमै सामान्य मानिस पनि आज सजिलै आफ्ना कुरा भन्न सक्ने अवस्थामा आएको छ। किन आयौ तिमीहरू? भोट माग्न आउने त्यसपछि केही पनि नगर्ने भनेर सिधासीधा आफ्नो भाषामा दृढतापूर्वक भनेका केही दृश्य पनि हामीले देख्यौं।

त्यो जागरण छ। त्यो जागरण त ल्यायौं तर उहाँहरूका मागलाई सम्बोधन गर्नुपर्ने कुरामा हाम्रो आफ्नो प्रयास वा भूमिकामा कमी भएको भन्ने हामीलाई महसुस भयो। त्यहाँ गएकोमा जनता खुसी छन्। केही आशावादी नै छन्। फेरि सुध्रेर माओवादी अगाडि गयो भने हामी साथ र समर्थन दिन्छौं पनि भनेका छन्।

हामीले आन्दोलन गर्दा तीनवटा नारा भन्ने गरेका थियौं– राष्ट्रियता, जनतन्त्र र जनजीवन। पञ्चायतकालविरुद्धका संघर्षका मूल नारा थिए यी। राष्ट्रियताको नारा हरदम सुदृढ गरिराख्नुपर्ने विषय हो। त्यो आज गरेर भोलि पूरा हुँदैन।

जनतन्त्रका कुरा संविधानमा उल्लेख गर्न हामी सफल भएका छौं। मौलिक अधिकारको दृष्टिकोणले हेर्नुस्, भाषिक, जातीय अधिकार, क्षेत्रीय दृष्टिकोणले हेर्नुस्, सबै कुरा उल्लेख गर्न त सफल भयौं। अब त्यसअन्तर्गत जनताले प्राप्त गर्ने भनेको जनजीविकासँग सम्बन्धित विषय हुन्। जनजीविकाका पनि धेरै पाटा छन्।

त्यसमध्ये पनि तीन कुरा भन्छु। स्वास्थ्य क्षेत्रमा आज जनताले निःशुल्क उपचार पाउनुपर्ने जुन संविधानमा लेखिएको कुरा पाएको छैन। त्यसलाई सुधार गरेर पूरा गर्न सकेका छैनौं। दोस्रो कुरा, हाम्रो सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाएर गरिब र तल्ला वर्गका मान्छेले पढेर त्यसबाट आफूलाई साबित गर्न सक्ने स्तरमा अधिकांशमा गर्न सकेका छैनौं।

अर्को कुरा, हामीसँग प्रचुर सम्भावना छ। सबै कुरा हामीसँग छ। त्यसका बिचमा पनि हामीले प्रतिस्पर्धी चिजको छनोट गरेर जसबाट अर्थतन्त्र सुदृढ र रोजगारी सृजना गर्ने विषयमा पनि पछि परेका छौं। यी तीन कुरा स्वास्थ्य, शिक्षा र रोजगारका पक्षमा मेरो दल वा कुनै पनि दलको ध्यान बढी नपुग्नुका कारणले जनतामा आज दिक्दारी देखा परिरहेको छ। त्यसकारण जनताले पूर्ण लोकतन्त्र खोजिरहेका छन्, पछाडि फर्कन खोजेका होइनन्।

राजावादीको अभियान सुरु भएपछि जागरण अभियान बिचमै छाडेर फर्कनुभयो, अलि बढी नै सशंकित हुनुभएको त होइन?

मलाई त यसको शंका र डर छैन। किनभने हामीसँग संसद छ, सुरक्षा फौज छ, राज्यका सबै संरचना छन्, दुईतिहाइको सरकार छ र प्रतिपक्षमा हामी छौं। त्यसकारण अहिल्यै केही भइहाल्ने भन्नेमा हामी सशंकित भएको पनि होइन।

हामी सबै उता (जागरण अभियान) गएपछि सांसदका कामकारबाहीमा अवरोध हुन थाल्यो भन्ने यहाँबाट सुझाव जान थाल्यो। त्यसपछि संसदको पनि केही पहल लिऊँ र जागरण अभियानलाई पनि केही परिमार्जित गरेर सञ्चालन गर्ने भनेर हामीले स्थगित गरेर यहाँ आएका हौं। केही असन्तुष्टिका स्वरमा यहाँ खेल्ने जुन प्रयत्न भइरहेको छ, त्यसको पनि राजनीतिक विश्लेषण गर्नुपर्छ र सत्यतथ्य जनतालाई भन्नुपर्ने भएकाले पनि यो स्थगित गर्नुपरेको हो।

राजावादीले गणतन्त्रवादीलाई रक्षात्मक ठाउँमा पुर्‍याएजस्तो बुझिन्छ?

उहाँहरूले पुर्‍याएको होइन। जनतामा दिक्दारी आएको जनजीविकाका प्रश्नहरूको कारणले हो। जनताले त्यो पाएनन्। स्वास्थ्य महँगो छ। शिक्षा गुणस्तरीय भएन। युवाले रोजगार पाउन सकेका छैनन्।

यो कारणले र राज्यसत्ताभित्र बस्दा नेतृत्वले गरेका कामकारबाही हरेका ठाउँमा सानो एकाइदेखि केन्द्रसम्म उच्च स्तरसम्म जहाँ पनि भ्रष्टाचार व्याप्त भएको विषयबाट जनतामा दिक्दारी आएको छ। त्यसलाई नियन्त्रण गर्ने खोजी गरेका छन् जनताले। मुख्य ठाउँमा बस्ने मान्छे जब राष्ट्रप्रति समर्पित हुन्छ, यी सबै कुरा समाधान भएर जान्छन्। आजको आवश्यकता यो हो। खोजी यसकै भइरहेको छ।

यो परिस्थितिबारे दलहरूबिच केही छलफल भएको छ?

त्यस्तो त छैन। तर आआफ्नो ठाउँबाट अनुभूति त गरेका होलान्। उच्च नेता तहको थाहा छैन। हामीले आफ्नो स्तरमा केही कुरा गर्दा सुधार गर्नुपर्ने पक्षमा ध्यान दिऔं भनेको छु। सच्याउनुपर्ने विषयतिर जाऊँ। जनतासँग गरेका गल्तीको माफी मागौं। श्वेतपत्र जारी गरौं। त्यसबाट मात्रै जनताले विश्वास गर्ने हो। त्यसलाई अन्यत्र मोडेर वा जनताका आवाजसँग प्रतिवाद गरेर हुँदैन। त्यसलाई सम्बोधन गर्ने हिम्मत नेतृत्व, राज्य र सरकारले गर्नुपर्छ भन्ने मेरो मान्यता हो।

माओवादी माथि नै राजावादी बढी आक्रमण भए जस्तो देखिन्छ, त्यसलाई कसरी हेर्नुहुन्छ?

माओवादी त स्वाभाविक रूपमा गणतन्त्रको नायक हो। जब दरबार हत्याकाण्ड भयो, हामीले गणतन्त्रको घोषणा त्यसै दिन गरेका हौं। अब परम्परागत राजतन्त्र अन्त्य भयो भनेर पहिलो वक्तव्य हाम्रो पार्टीले दिएको थियो। कांग्रेस र एमाले पार्टीहरूले संवैधानिक राजतन्त्रको अभ्यास गर्न खोजेका थिए। हामी गणतन्त्रको अभ्यास गरिरहेका थियौं। त्यो संक्रमणकालको अवस्थामा माघ १९ दोहोरिएपछि उहाँहरू (कांग्रेस र एमाले) लाई पनि छर्लंग भयो।

अब गणतन्त्रमा जानुको विकल्प छैन भन्ने भइसकेपछि बल्ल जनआन्दोलनको वातावरण बनेको हो। र यो स्थापना भएको हो। त्यसकारण माओवादी केन्द्रमा हुन्छ, हुनुपर्‍यो नै। गणतन्त्रको नायक केन्द्रमा हुनुको कारणले बढी आक्रमण माओवादीमा हुने कुरा पनि अस्वाभाविक होइन।

माओवादी शाही कदमअगाडि राजासँग मिल्न खोजेको र अन्य पार्टीलाई पाखा लगाउन खोजेको प्रसंग पनि आइरहेका छन्?

युद्धका रणनीतिहरूको कुरा पनि भए र फेरि त्यतिबेला देशलाई अगाडि बढाउनका लागि विशेषगरी वीरेन्द्रसँग संवाद गर्ने प्रक्रिया अगाडि बढेको थियो भन्ने कुरा हामीलाई नेताहरूले भन्नुभएको थियो।

हामी त लडाइँमा थियौं। फिल्डमा थियौं। उहाँ नेपालमा कम्बोडियाका राजा सियानुक जस्ता हुन चाहनुभएको छ, त्यस्तो हो भने बनाउनुपर्छ र जानुपर्छ भन्ने मान्यताको छलफल पार्टीभित्र भएको थियो। तर त्यो वातावरण पछि बनेन। त्यसपछि दरबार हत्याकाण्ड भएयता पनि केही प्रयत्न त भए होलान्। राजा ज्ञानेन्द्रसँगै पनि भए होलान्, मलाई थाहा छैन। तर पनि ती कुराले कुनै अर्थ राख्दैनथ्यो। किनभने परिस्थिति अर्कोतिर गइसकेको थियो।

पछिल्लो समय तत्कालीन राजा ज्ञानेन्द्रलक्षित केही टिप्पणी तपाईंका पार्टी अध्यक्ष प्रचण्डले गरिरहनुभएको छ। यी त मर्यादित छैन भन्छन् नि मान्छेहरू?

सुन्दा कस्तो लाग्यो प्रतिक्रिया दिने मान्छेले त्यहीअनुसार दिने कुरा हो। अध्यक्षले बोल्नुभयो भन्ने मैले पनि मिडियाबाटै जानकारी पाएँ।

त्यसरी बोल्नु कति उचित कति अनुचित होला?

जनताले त्यसलाई कसरी लिएका छन् त्यही नै सत्य हो।

गणतन्त्रका विरुद्ध राजावादी एकीकृत भइरहेका बेला गणतन्त्रवादी एक ठाउँमा आएर सरकार बनाउने केही प्रयत्न भएका हुन्?

यसको धेरै अर्थ मलाई लाग्दैन। एक ठाउँमा बसेर सरकार चलाउनु वा नचलाउनुको अर्थ छैन। बहुमत पार्टी वा सरकारले सरकार चलाउने हो। बाँकी ती अजेन्डामा सहमत हुन्छौं। त्यो कार्यान्वयन नभए खबरदारी गर्न र सुशासन कायम गर्न मुद्दाहरू उठाउने प्रतिपक्ष पनि चाहिन्छ। त्यसरी नै जानुपर्छ। भए जति सबै सरकारमा गएर मात्रै सम्भव हुने होइन।

यी सबैका बाबजुद गणतन्त्रको जग बलियो नै छ भन्नेमा ढुक्क भए हुन्छ?

संघीय गणतन्त्र गणतन्त्रको जग किन बलियो छ भने समावेशी लोकतन्त्रले सबै जाति, भाषा, क्षेत्र, वर्ग, लिंगलाई अधिकार प्रदान गरेको छ। यो अधिकारबाट फेरि पछाडि फर्कन कोही चाहँदैन। र, हामीले राज्य संयन्त्रमा तल्लो तहमा महिलाको उपस्थिति वा समानुपातिक प्रतिनिधित्व तलबाट माथिसम्म व्यवस्थित ढंगले गरेका छौं। त्यसबाट अर्कातिर कोही जान चाहँदैन।

हाम्रो वाक् स्वतन्त्रतादेखि स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सम्प्रभुता, आवासलगायतका मौलिक अधिकारका कुरा ल्याएका छौं। त्यसबाट पछाडि हट्न को चाहन्छ? यो आफैंमा एक सुन्दर र व्यवस्थित अधिकारसहितको व्यवस्था भएकाले यसबाट पछाडि हट्न कोही पनि चाहँदैनन्।

कांग्रेस–एमालेले अहिले सरकार चलाए पनि बृहत्तर गणतन्त्रका कुरामा माओवादीसहित सबै गणतन्त्रवादी दलहरूका बिचमा कार्यगत एकता छ भनेर बुझ्दा हुन्छ?

त्यस्तो कार्यगत एकता पनि भएको छैन। अजेन्डाको दृष्टिकोणले गणतन्त्र र राजतन्त्रवादीभन्दा स्वाभाविक रूपमा कित्ताबन्दी त भइहाल्छ। तर अहिले कार्यगत एकता छैन। संविधान त हामी मिलेर बनाएका हौं नि त। त्यसकारण संविधान बनाउने दलहरूले यसको रक्षा गर्नु त स्वतः दायत्व भयो नै। कार्यान्वयन गरेरै रक्षा गर्ने हो।

राजावादीहरूले चैत १५ गते सडक प्रदर्शन गर्ने भनेका छन्। तपाईंहरूको समाजवादी मोर्चाले पनि त्यही दिन एक लाख मान्छे उतार्ने भनेको छ। प्रदर्शनको आवश्यकता छ र?

समाजवादी मोर्चाले गर्ने भनेको सभाको। मैले बुझेको कुरा के हो भने – हामीले गरेका गल्तीहरू जनतालाई प्रस्ट गर्ने कुरा हो। र, हामीले गर्ने प्रतिबद्धतामा जनतालाई विश्वस्त बनाउने हो। संघीय लोकतान्त्रिक गणतन्त्रको जुन उपलब्धि छ, त्यसलाई रक्षा गर्न जनतालाई प्रशिक्षित गर्ने, सचेत गराउने कुरा अर्थमा हामीले गर्न लागेका हौं। अरू प्रदर्शनबारे मलाई थाहा छैन।

पूर्वउपराष्ट्रपतिलाई पार्टीमा भित्र्याउनुभयो। यो पार्टी आवश्यकता हो कि उहाँको आकांक्षा हो?

अध्यक्ष कमरेडले हामीलाई मिटिङमा भन्नुभएको कुरा के हो भने नन्दकिशोर पुनले मलाई काम चाहिएको छ भन्नुभयो। पार्टी समाजलाई योगदान दिन पाउनुप¥यो भन्ने उहाँले जोडदार माग गर्नुभयो। त्यसपछि मैले मिटिङमा बोलाएको हुँ भनेर उहाँले भन्नुभयो।

त्यतिबेला मैले के भनेको थिएँ भने पूर्वराष्ट्रपतिले प्रत्यक्ष म पनि आउँछु भन्दै हुनुहुन्छ राजनीतिमा, उपराष्ट्रपतिको त झन् के ठुलो कुरा भयो र? अरू साथीहरूका आआफ्ना धारणा त थिए नै। पासाङ (नन्दकिशोर पुन) जीलाई जनताका लागि अझै केही गर्नु छ भन्ने हुटहुटी हो। त्यो हुटहुटीलाई पार्टीले पनि काम दिएर जानुपर्छ भन्ने कुरा त हो। तर उहाँलाई अहिले कमिटीगत रूपले निर्णय भएको छैन। काममा उहाँलाई जोडिएको छ, निर्णय भइसकेको छैन।

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ल्याउने भयो। हामी पनि ल्याऊँ भनेर जस्तालाई त्यस्तै गर्न खोज्नुभएको?

त्यस्तो होइन। त्यति हल्का रूपमा लिनु उचित हुँदैन। उहाँले काम गर्छु भन्दा काम गर्न पाउनुपर्छ। कामचाहिँ दिएको छ, तर कमिटीले कुनै निर्णय गरेको छैन। सल्लाह गर्दै जाउँला भनेर अध्यक्षजीले भन्नुभएको छ।

काम गर्न पार्टीमै आउनु आवश्यक नै थिएन नि। अरू हिसाबले पनि काम गर्न सकिन्थ्यो नि?

विभिन्न क्षेत्र पनि छन्। नभएका होइनन्। तर पार्टीभित्रैबाट काम गर्छु भन्ने उहाँको विशेष माग छ। त्यो मागलाई पार्टीले गर्नै पाइँदैन भन्न पनि पाइँदैन।

मुलुकलाई चाहिने साझा मान्छेलाई पार्टी बाहिर बसिदिए हुन्थ्यो भन्ने आम इच्छा पनि होला नि?

व्यक्तिले साझा बन्ने वा नबन्ने भन्ने इच्छामा पनि भर पर्छ होला नि। जबर्जस्ती साझा बन भन्न पनि मिलेन नि।

अब पार्टीविशेष महाधिवेशन हुन्छ कि नियमित?

नाम के दिने त्यो त ठ्याक्कै थाहा छैन, तर हामीले भनेको आठौं महाधिवेशन गरिसकेपछिको दुई वर्षभित्र विशेष महाधिवेशन गर्ने भनेर अध्यक्षले हलमा घोषणा गर्नुभएको थियो। त्यो समय तीन वर्ष पनि बितिसक्यो र पनि हुन सकेन।

गत केन्द्रीय समितिमा हामीले निर्णय गरेका छौं। असारबाट महाधिवेशन प्रक्रिया गरेर ६ महिनाभित्र भन्दा मंसिरमा महाधिवेशन गर्ने भनेर निर्णय भएको छ। त्यसलाई हामीले अहिलेसम्म विशेष महाधिवेशन नै भनेका छौं। त्यतिबेलासम्म एकता भए एकता महाधिवेशनका रूपमा पनि जाला, नामको कुरा केही होला तर महाधिवेशनचाहिँ पक्का हुन्छ।

महाधिवेशनमा तपाईंको सोच के छ?

महाधिवेशनमा हामीले समाजवादका कुरा गरेका छौं। नेपालमा समाजवादको मोडल के हो त ? त्यो जनताले बुझ्ने स्तरमा स्वाभाविक रूपमा एउटा व्याख्यासहितको खाका जरुरी छ। यो देशलाई समृद्धिमा लैजान हामीले कस्तो कार्यक्रम तय गर्नुपर्छ भन्ने कुराको आवश्यकता छ। र, देशमा सुशासन र पारदर्शिता स्थापित गर्न हामीले कस्तो विधि/प्रणाली अपनाउनुपर्छ भन्ने कुरा छन्। र, हाम्रो नेतृत्व प्रणाली कस्तो हुने भन्नेजस्ता समग्र विषयमा सैद्धान्तिक, वैचारिक र सांगठित विषयमा छलफल व्यापक बहस गर्ने र त्यसको संश्लेषणबाट पार्टी निर्माण गर्ने मात्रै उद्देश्य छ मेरो। पदविशेषको आकांक्षाको कुरा होइन। पार्टी निर्माणका आधार र पूर्वाधारका मुख्य पक्षलाई सुदृढ गर्ने भन्ने मेरो मूल उद्देश्य हो।

तपाई आफूलाई प्रचण्डको विकल्पका रूपमा उभ्याउन चाहनुहुन्छ?

अहिले विकल्पमा उभ्याउने वा नउभ्याउने कुराभन्दा पनि पार्टीलाई वैचारिक, राजनीतिक, संगठनात्मक र विधिगत व्यवस्थालाई सुदृढ गर्ने कुरा पहिलो मेरो अजेन्डा हो। त्यसमै हाम्रो छलफल भए रहेको छ। विकल्पमा उभ्याउने वा नउभ्याउने भनेर भनिराख्नु जरुरी पनि छैन।

तपाईं आफैंले पनि गुट–उपगुट चलाइरहनुभएको भन्ने आरोप छ नि?

मैले गुट–उपगुट निर्माण गरेर हुने होइन र गरेको पनि छैन। मैले आफ्ना अजेन्डा पार्टीमा राखेको छु र पार्टीमा पाँच महिनासम्म देशव्यापी रूपमा छलफल र बहस भयो। केन्द्रीय कमिटीमा आउँदा अध्यक्ष कमरेडले जनार्दनले राखेका अजेन्डा पार्टी निर्माणमा महत्वपूर्ण साबित हुने भए भन्नुभएको छ। यो भनिसकेपछि गुटउपगुटको कुरा आउँदैन। यहींबाट प्रस्ट हुन्छ।

त्यसो भए आउने महाधिवेशनबाट पनि प्रचण्ड नै अध्यक्ष हुनुहुनेछ?

त्यो त महाधिवेशनले टुंग्याउने कुरा हो। प्रचण्ड अहिले पनि अध्यक्ष भएका कारण स्वाभाविक रूपमा उहाँ हुनुहुन्छ भन्ने कुरा अनौठो कुरा भएन। महाधिवेशनले नै तय गर्ने कुरा आजै फलानो हुने–नहुने भन्ने कुरा म कसरी भन्न सक्छु ?

प्रकाशित: १० चैत्र २०८१ १०:१९ आइतबार





Source link

सरकार विरोधी सबै कार्यक्रममा रास्वपाको ऐक्यबद्धता


भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको वर्तमान सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने रास्वपाले जनाएको छ ।



Source link

जयरामपुरमा आगलागीबाट १० घर जले


बाँकेको पूर्वी क्षेत्र नरैनापुर–४, जयरामपुरमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । स्थानीय जुमै खाँको घरबाट सुरु भएको आगो गाउँसम्मै फैलिएको थियो ।

दिउसोदेखि सुरु भएको आगलागी नेपालगन्ज र कोहलपुरको दमकल, प्रहरी र स्थानीयले पूर्ण रुपमा नियन्त्रणमा लिइसकेका छन् । उक्त आगलागीबाट मानवीय र पशु चौपायाका क्षति नपुगे पनि अन्नपात, लुगाफाटाहरू जलेर नष्ट भएका प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक टोपेन्द्र बुढाका अनुसार आगलागीबाट झन्डै ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नरैनापुर गाउँपालिकाको दमकल बिग्रिएकाले नेपालगन्ज र कोहलपुरबाट दमकल सहयोग मागिएको थियो । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुढाले बताए । नरैनापुर क्षेत्रमा बर्सेनि आगलागीबाट बस्ती नै नष्ट हुने गरेको छ ।

प्रकाशित: १२ चैत्र २०८१ १८:१५ मंगलबार





Source link

मलेसियासँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जन बेन्चमा


१२ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

टोलीमा कप्तान तथा गोलकिपर किरण चेम्जोङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, एरिक विष्ट, लकेन लिम्बु, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र जिलेस्पीजंग कार्की छन् ।

अन्जन विष्ट भने बेन्चमा रहेका छन् । सिंगापुरसँग खेल्दाको टोलीबाट अन्जन बाहिरिँदा लकेन भित्रिएका हुन् । खेल मलेसियाको इस्कान्दर पुटेरी, जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपालको लागि मलेसिया बलियो टोली हो र फिफा वरियतामा नेपाल भन्दा धेरै माथि छ । हालको फिफा वरियता अनुसार मलेसिया १३२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

नेपालले केही दिनअघि सिंगापुरसँगको मैत्रीपूर्ण खेल जितेको थियो ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप २०२७ को लागि अन्तिम चरणको छनोटका खेलहरु आजदेखि सुरु हुन लागेको हो ।

एसियन कप छनोटको यो तेस्रो तथा अन्तिम चरण हो । यसमा २४ टिम सहभागी छन् । उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टिम छन् ।

 





Source link

बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै


मुलुकमा बसाईंसराईको क्रम नरोकिएको खण्डमा पुख्र्यौली थाँतथलो सहाराविहिन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए। उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताए। उनकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन् ।

हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उनले बताए। उनले बसाईं सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाईं सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाईं सरी गएको जानकारी दिए। यद्यपि नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उनको भनाइ छ । उनले मुलुकमा सक्रिय उमेर समूह अर्थात काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको उल्लेख गरे। प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको बताए।

उनले अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने बताए। समग्र मुलुकको प्रजनन दरमा समेत कमी हुँदै जाने तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालय मंगलवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ का पाँच वटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो । ग्रामिण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने शहरी क्षेत्रको १३.६ रहेको छ ।



Source link

पक्राउको संख्या १६ पुग्यो, ५ दिन म्याद थप – Online Khabar


१२ चैत, काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडकखण्डमा भएको ग्याङफाइमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरूबाट १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं– जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

ग्याङफाइटमा गम्भीर घाइते रहेका गोलेलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए । सोमबार साँझ साढे ७ बजेतिर एलआरआई स्कुल नजिक झडप भएको थियो ।

प्रहरीका अनुसार होलीको दिनको घटनालाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद भएपछि २१ वर्षीय रोहित खड्का, विनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ ।

झडपमा घाइते भएका नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका–१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको एसपी बोहोराले बताए ।





Source link

झापाबाट झण्डै एक करोड बराबरको लत्ताकपडा र मोटर पार्ट्स बरामद


सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ ।

मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलमा रहेका २ वटा घरमा छापा मारेर उक्त सामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । बरामद सामान करिब एक करोड मूल्य बरबरको भएको अनुमान भएपनि यकिन भने हुन नसकेको न्यौपानेले बताए ।

प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरिको संयुक्त टोलीले मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको हो । विशेष सूचनाका आधारमा डिएसपीको कमाण्डमा मंगलबार दिउँसो प्रहरीले छापा मारेको थियो ।

बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रियामा रहेको छ ।

प्रकाशित: १२ चैत्र २०८१ १८:३३ मंगलबार





Source link

साउथ स्टार मोहनलालको ‘एल २ : एम्पुरन’ बिहीबारदेखि नेपालमा


वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने जनाएको छ । यो फिल्म सन् २०१९ को ब्लकबस्टर फिल्म ‘लुसिफर’को दोस्रो श्रृंखला हो । ट्रेड विश्लेषकले यो फिल्म सबैभन्दा छिटो १०० करोड कमाउने पहिलो मलायलम फिल्म हुनसक्ने अनुमान गरेका छन् ।



Source link

पूर्व मुख्यसचिव गौतमको निधन | Nagarik News


पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको ८६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित गौतमको उपचारका क्रममा ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उनी २०४७ देखि २०४९ सालसम्म मुख्यसचिव भएका थिए । सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो । उनले २०५५ देखि ०५७ सालसम्म राजदूतको जिम्मेवारी पनि सम्हालेका थिए ।

२०१८ सालमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका गौतमको स्थायी घर भने बाराको कलैयामा हो । उनी २०३१ सालदेखि ललितपुरमा बस्दै आएका थिए । उनको मंगलबारनै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित: १२ चैत्र २०८१ १८:३५ मंगलबार





Source link