Category Archives: नेपाल समाचार

पूर्वराष्ट्रपति भण्डारी – Online Khabar


१२ चैत, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकलाई समान, जीवनोपयोगी र गुणस्तरीय शिक्षा आवश्यक रहेकोमा जोड दिएकी छिन् ।

काठामाडौंमा मंगलबार दिगो विकासका लागि जीवन विकास पुरस्कार कार्यक्रममा भण्डारीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेकोमा जोडि दिइन् ।

‘नेपालको दिगो लक्ष्य अन्तर्गत शिक्षामा विशेष प्रतिबद्धता जाहेर गरेको छ । सबै नागरिकलाई समान, जीवनोपयोगी र गुणस्तरीय सिप सिकाइको अवसर राखेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न सरकारी, गैरसरकारी र निजीबीच समन्वयात्मक हुन आवश्यक छ ।’

अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न व्यवहारिक, प्राविधिक र नवप्रर्वद्धनात्मक शिक्षामा आवश्यक रहेको भण्डारीले बताइन् ।

कार्यक्रममा मोरङको पोखरीया माध्यामिक विद्यालय र सिन्धुलीको जनज्योति माध्यामिक विद्यालय र पत्रकार प्रकृति आधिकारीलाई सम्मान गरिको थियो ।

पहिलो पुरस्कार पोखरीया विद्यालयलाई ५ लाख, दोस्रो ३ लाखको जनज्योति र तेस्रा २ लाखको पुरस्कार पत्रकार अधिकारीलाई दिइएको हो ।





Source link

पोखराको नजर चिनियाँ पर्यटन बजारमा


कोभिड संक्रमणपछि ओरालो लागेको चिनियाँ पाहुनाको आगमन अझै उकासिन सकेको छैन। कोभिड अघि नेपालमा वर्षभरि भित्रिएका विदेशी पाहुनाको करिब १४ प्रतिशत हिस्सा चिनियाँ पाहुनाले ओगटेका थिए। तर, कोभिडपछि त्यो आगमन मुस्किलले अहिले १० प्रतिशत हाराहारीमा उक्लेको छ।  

चिनियाँ बजारबाट पर्यटन क्षेत्रले ठुलो अपेक्षा राख्दै आएको छ। त्यही अनुसार पोखराको पर्यटन क्षेत्रमा लगानी पनि भएको छ। पर्यटन क्षेत्रमा लगानी थपिनु, चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउनु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सहर छेन्दुसम्म व्यावसायिक चार्टर उडान हुनु, पोखरामा चिनियाँ गतिविधि हुनुले पोखराले यो वर्ष चिनियाँ पर्यटकको आगमन बढ्ने संकेत पाएको छ।  

त्यत्ति मात्र नभई पोखराले पनि चिनियाँ पाहुनालाई भित्र्याउनका लागि उत्तिकै जोडबल गरेको छ। त्यसका लागि हालैमात्र पोखराका १२७ जना पर्यटन व्यावसायीले चीनका छेन्दु र छोङसिङ सहरमा प्रर्वद्धन अभियान पनि संचालन गरेका छन।  

‘यो वर्ष पोखराको नजर पुरै चिनियाँ पर्यटन बजारतर्फ ध्यानकेन्द्रीत भएको छ। पोखराले यो वर्ष अपेक्षा गरे भन्दा बढी चिनियाँ पाहुना भित्र्याउन सक्ने सम्भावना छ,’ प्रर्वद्धन अभियान सकेर मंगलबार मात्र स्वदेश फर्केका पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने भन्छन, ‘चिनियाँ पर्यटन बजार ठूलो छ। चीनका पर्यटक नेपाल आउन चाहेका पनि छन्। तर, अहिलेसम्म बजारीकरणमा उत्ति ध्यान दिन सकेका थिएनौ। अब भने एकतहमा प्रर्वद्धन भएको छ।’  

लामिछानेका अनुसार चिनियाँको आगमन बढाउन प्रर्वद्धन अभियानलाई तिब्र बनाउनुको विकल्प छैन। ‘हामी अझै कोभिड अघिको आकारमा चिनियाँ पाहुना भित्र्याउन सकेका छैनौ। अझै ४ प्रतिशत आगमन बढाउन सकेको खण्डमा मात्र कोभिडअघिको आकारमा उक्लिन सकिन्छ,’ उनले भने, ‘तर, योपटक आगमन तीनगुणा बढाउने लक्ष्य भने छ।’ नेपालमा यो फेब्र्रुअरीमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। गत जनवरीमा नेपाल भित्रिएका चिनियाँको संख्या ८ हजार १ सय ९१ थियो।

चीनमा नेपाल भ्रमण वर्ष २०२५ मनाइनु, नेपाल र चीनको मैत्रीसम्बन्धको ७० औं वर्षगाठका कारण नेपालमा चिनियाँ गतिविधि हुनु, चिनियाँकै ऋण लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुनु र पोखराबाट भएका सुरुवाती अन्तर्राष्ट्रिय उडान पनि चिनियाँ सहरमा भएकोले पोखराको नजर चिनियाँ बजारमा रहेको उनले बताए। अहिले पोखरा–छेन्दु भईरहेको चार्टर उडान भईरहेको छ। अबका केहीदिनपछि पोखरा–ल्हासा पनि सिधा हवाई उडान हुने तयारी छ।  

‘पोखराले यो वर्ष बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने अवसर पाएको छ। चिनियाँ बजारमा प्रर्वद्धन पनि यहीवर्ष भएकोले अब चिनियाँ पाहुना बढ्ने आधार देखेका छौं,’ उनले भने, ‘यसअघि पर्यटन बोर्डले चीनकै बेइजिङ, संघाई लगायतका ठुला सहरमा बारम्बार प्रर्वद्धनात्मक अभियान चलाएको भएपनि छेन्दु र छोङसिङमा भने पहिलो पटक प्रर्वद्धन गरिएको हो। यसले चिनियाँ पाहुना नेपाल भित्र्याउने माहोल बनेको छ।’  

लामिछानेका अनुसार प्रर्वद्धनका क्रममा पोखरा क्षेत्रको दृष्य हेर्न पाउँदा चिनियाँ पर्यटन व्यवासायी पनि खुसी भएका छन। त्यसबाहेक पोखरासँग सिधै हवाई सम्पर्क स्थापित हुँदै गर्दा आउजाउमा सहज हुने भन्दै पर्यटकका लागि नयाँ गन्तव्य थपिएको पनि चिनियाँले बताएको लामिछानेले जानकारी दिए। ‘अहिलेसम्म छेन्दुमा प्रर्वद्धन नभएको रहेछ। अझै व्यापारको प्रचारप्रसार गर्नुपर्ने देखियो। चीनको ठुलो सहरमध्येको छेन्दु रहेको र छेन्दुको विमानस्थल अन्तर्राष्ट्रिय उडानको ट्रान्जिट पर्ने भएकोले पनि पाहुना भित्र्याउन सहज छ,’ उनले भने।  

उनका अनुसार एकासाता अघि पोखरा ओर्लेका १२७ जना चिनियाँ पाहुना मंगलबार स्वदेश फर्केका छन्। अब अप्रिल १ का दिन चिनियाँ पाहुनाको अर्काे टोली लिएर फेरि सिचुवान एयरलाइन्सको जहाज पोखरा आउने तयारीमा रहेको छ। त्यही उडानमा पोखराका व्यावसायीको अर्काे टोली पुन छेन्दु जाने तयारीमा रहेको उनले बताए। ‘एकसाता घुमेर एउटा टोली बुधबार स्वदेश फर्केको छ। अर्काे टोली अप्रिल १ तारिखमा आउँदैछ। यताबाट पनि व्यावसायी जाँदैछन्। दोहोरो आउजाउ हुँदै गर्दा पर्यटनमा आशावादी हुन सकिन्छ,’ लामिछानेले भने।  

उनका अनुसार अहिलेको प्रर्वद्धनका कारण चिनियाँ पाहुनाले अगष्टसम्मका लागि चाँसो देखाईसकेका छन। अगष्टसम्मको लागि चिनियाँ पाहुनाले सोधपुछ गरिरहेको पनि उनले बताए। अहिले चलिरहेको प्रर्वद्धन बाहेक पर्यटन बोर्डले व्यावसायीसँग मिलेर अबको केही महिनापछि चीनको संघाई र ग्वान्झाओमा पनि प्रर्वद्धन गर्ने तयारी रहेको उनले बताए। ‘अहिले पोखराको पूर्णरुपमा नजर चिनियाँ बजारमा परेको छ। संघाई र ग्वान्झाओमा पनि प्रर्वद्धनात्मक अभियान चलाउने योजना बनिरहेको छ,’ उनले भने।

पोखराको प्रर्वद्धन गरेको फर्केको टोलीका सदस्य समेत रहेका होटल संघका केन्द्र्रीय सदस्य भरत पराजुलीले पनि पोखराको नजर चिनियाँ बजारमा बढ्दै जाँदा चिनियाँ पर्यटनबाट आशावादी हुन सकिने बताउँछन्। 

‘अहिले पोखराले चिनियाँ पर्यटन बजारमा ध्यान केन्द्रीत गरेको छ। चिनियाँ पाहुनाको आगमन बढ्ने सम्भावना रहेको छ। चिनियाँ पाहुनाको आगमन बढ्ने हो भने पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्नेछ,’ पराजुलीले भने, ‘चिनियाँ पर्यटन क्षेत्रले गर्दा पोखरालाई कोभिड अगाडि पनि सहज भएको थियो।’

पोखरा क्षेत्रको आकाशमा हुने साहसिक पर्यटकीय गतिविधिमा रमाउनका लागि चिनियाँ पाहुना इच्छुक हुने भएकोले पनि पर्यटन क्षेत्रले चिनियाँ पाहुनाबाट यसअघि फाइदा लिइरहेको उनले बताए। ‘यो पटक चीनले पोखरामा गरेका गतिविधि र पोखराका पर्यटन व्यावसायीले चिनियाँ सहरमा गरेको प्रर्वद्धनले आगामि दिनमा चिनियाँ पाहुनाको आकार बढ्ने संकेत मिलेको छ। व्यावसायीको नजर पनि चिनियाँ पाहुनातिर ढल्केको छ,’ पराजुलीले भने, ‘अबको केही समयभित्र कम्तिमा १२ सय चिनियाँ पाहुना पोखरा आउने तयारी स्वरुप छेन्दु–पोखरा चार्टर उडान भईरहेको छ। केहीदिनपछि पोखरा–ल्हासा पनि उडान थपिँदा चिनियाँ पाहुना अवश्य बढ्नेछन।’  

साताको एकपटक भएपनि पोखरामा एउटा उडान गरेर चिनियाँ पाहुनाको आउजाउ नियमित बनेको खण्डमा त्यसले पर्यटन क्षेत्रलाई सहज हुने उनले बताए। ‘पोखराले पनि ब्यापक पहल गरेको छ। ठूलो जनसंख्या भएकोले चिनियाँ पाहुना आउनसक्ने आधार हामीले देखेका छौ,’ उनले भने, ‘चीन आफैले पनि नेपालमा पाहुनालाई घुम्न जान प्रोत्साहन गर्दै चीनमै नेपाल भ्रमण वर्ष मनाईरहेको छ।’  

प्रकाशित: १२ चैत्र २०८१ १८:३८ मंगलबार





Source link

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय – Online Khabar


१२ चैत, काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार दिउँसो सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

उनका अनुसार सोमबार साँझ बसेको बैठकले २७ वटा निर्णय गरेको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएको गुरुङले जानकारी गराए । त्यस्तै, प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गरिएको उनले जानकारी गराएका छन् ।

निर्णयहरु:

–विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने ।

–नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सिफारिस गर्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पूर्व गभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेल सदस्य रहने सिफारिस समिति गठन गर्ने ।

–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङलाई पदबाट हटाउने ।

–नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा श्री हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गर्ने ।

–उच्च अदालत जनकपुरबाट हेर्दै आएको वाणिज्यसम्बन्धी मुद्दा हेर्ने अधिकार उच्च अदालत जनकपुर, राजविराज इजलासमा सार्ने गरी उच्च अदालत जनकपुर, राजविराज इजलासमा वाणिज्य इजलास गठन गर्ने ।

–बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्रको अध्यक्षतामा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सदस्यसहित पूर्व महान्यायाधिवक्ता श्री खम्मबहादुर खाती, डा. अर्जुन कुमार कार्की, संखुवासभा र श्री स्टेला तामाङ, गोरखा सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने ।

–२०८२ जेठ १० गतेदेखि १८ गतेसम्म अष्ट्रेलियामा सञ्चालन हुने क्यानबेरा फेलिोसिप प्रोग्राममा सहभागी हुन माननीय निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति प्रदान गर्ने ।

–२०८१ चैत १४ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने ज्वाइन्ट वर्किङ ग्रुपको १३ औं बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालयका सहसचिवको संयोजकत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।

–२०८१ चैत १९ गतेदेखि २३ गतेसम्म सम्माननीय प्रधानमन्त्रीज्युको नेतृत्वमा हुने थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।

–सहसचिव श्री विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूताबास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने ।

–नेपाली सेनातर्फ सहायकरथी पद दुईमा बढुवा गर्ने, महासेनानी पद सातमा बहुवा गर्ने र १४ जना सहायक रथीहरुको सरुवा गर्ने ।

–मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई शान्तिनगर–प्रतापपुर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ७.७६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

–महावै गाउँपालिका, कालिकोटलाई प्रशासनिक भवन निर्माणको लागि ०.३ हेक्टर (६ रोपनी) राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

–मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई बारफालाङ्गफेदी (झटारे)–शान्तिनगर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ४.५५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

–मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई गेरुवा सुखानी साहदत स्थल–बारफालाङ्ङ्गफेदी सडकखण्ड निर्माणको लागि राष्ट्रिय बनको २.२१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

–नेपाल र थाइल्याण्डबीच हस्ताक्षर हुने कल्चरल एग्रिमेण्ट बिटुइन ख गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द किङ्गडम अफ थाइल्याण्ड अन विषयक सम्झौता स्वीकृत गर्ने ।

–नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ (एमओयु) बिटुइन द मिनिस्ट्री कल्चर, टुरिजम एण्ड सिभ्लि एभिएसन अफ द गभर्मेण्ट अफ नेपाल एण्ड द मिनिस्ट्री अफ टुरिजम एण्ड स्पोट्र्स अफ द किङ्गडम अफ थाइल्याण्ड एण्ड टुरिजम कोअप्रेसन विषयक समझदारीपत्र स्वीकृत गर्ने ।

–मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकलाई जापानको सिजुओका प्रान्तस्थित फुजिनोमिया नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने । त्य

–२०८२ वैशाख २ गतेदेखि ४ गतेसम्म युएईको अबुधाबीमा सञ्चालन हुने आबुधाबी ग्लोवल हेल्थ विक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

–पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

–कृषि तथा पशुपंक्षीविकास मन्त्रालय र अन्तर्गतका निकायको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

–खानेपानी मन्त्रालय र अन्तर्गतका निकायको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

–जलस्रोत तथा सिंचाई विभाग र अन्तर्गतका यान्त्रिक कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

–विद्युतीय कारोबार (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

–सामुन्द्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने ।

–नेपाल प्रशासन सेवा समूहीकरण (कलष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा कर्णाली प्रदेशका कायममुकायम प्रमुख सचिव श्री वीरेन्द्रकुमार यादवलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

–कानून, न्याय तथा संसदीय मन्त्रालय; गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।





Source link

कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्‍यो, निर्णय सच्याओस्ः जनार्दन शर्मा


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन्।

मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गरे। उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गरे। उनले कुलमान हटाउनुको कारणबारे जथाभावी तर्क नगर्न पनि उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई चेतावनी दिए। उनले देशको लागि काम गर्ने व्यक्ति हटाउनु दुर्भाग्य भएको बताए।

उनले भने, ‘सरकारले हिजो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछ । केही आरोप छ की भनेर हेरेको काम गर्न सकेन भन्ने आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन मन्त्रीज्यु । यस्तो वाइयात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु हाम्रो देशको दुर्भाग्य हो । दुःखद् कुरा हो । यसको म बिरोध गर्न चाहन्छु । सरकारलाई आग्रह गर्न चाहन्छु, यो निर्णय सच्याओस् । मैले बजारबाट त्यतिबेला योग्यतम मान्छेहरुमाध्येबाट नियुक्ति गरेको थिएँ, पहिलो कार्यकालमा । पछि मैले केही सहकार्य गरेँ । सरकारले यो ठूलो गल्ती गरेको छ । भोलि पश्चताप हुनेछ ।’

प्रकाशित: १२ चैत्र २०८१ १८:४० मंगलबार





Source link

पूर्व मुख्यसचिव दामोदर गौतमको निधन – Online Khabar


१२ चैत, काठमाडौं । पूर्व मुख्यसचिव दामोदर गौतमको निधन भएको छ । उपचारको क्रममा मेडिसिटी अस्पतालमा गौतमको आज बिहान मृत्यु भएको हो । ८७ वर्षीय गौतमलाई कलेजोमा समस्या आएपछि अस्पतला भर्ना गरिएको थियो ।

उनी २०४७ देखि २०४९ सालसम्म मुख्यसचिव भएका थिए । अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका गौतम अमेरिकाको राजदूतसमेत भएका थिए ।

ललितपुरको लगनखेलमा बस्दै आएका गौतमले काठमाडौं विश्वविद्यालयको ऐन बनाउन भूमिका खेलेका थिए । रिटार्यड भएपछि उनले केयूमा विज्ञ प्राध्यापकको रुपमा दुई वर्ष पढाएका थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाको छ ।





Source link

Nepal Government to develop a large language model


The government of Nepal is at work to develop a large language model (LLM). The information was shared by Narayan Timalsina, Deputy Secretary at the communication ministry while speaking at the AI for Nations Development program in Lalitpur on Thursday, March 20.

The news confirms that the Nepali government is not untouched by the globally raging topic of LLM. We have been hearing of it more often since OpenAI’s launch of ChatGPT/ChatGPT Plus which are powered by GPT LLMs. So, the gist is that the government also wants to create an LLM to bolster AI growth.

According to Timalsina, the government plans to create a local LLM in Nepali language which means that it will be made with the Nepali public in mind.

“Currently, we are discussing the development of a local LLM, he said, “Nepali LLM will promote the Nepali language while also enhancing technology in different industries.”

The government plans to cooperate with various expert groups and organizations on the development of a Nepali LLM.

Also: AI-powered Intelligent Traffic Lights operational in Lalitpur

The government making a local Large Language Model

So far, the government made news for its attempt at digitalizing its public services. We didn’t hear much about attempts at developing an LLM. However, it seems like finally, we have an initiative coming from the government level.

If materializes, Nepal will have its own indigenous LLM that will power chatbots, help with translation, generating text, summation, etc. Likewise, it will help with public services in education, health, transport, etc. And let’s not forget that it will likely come affordably.

We are living in the age of AI and new LLMs are powering AI services such as ChatGPT, Perplexity, and the new sensation- DeepSeek AI. It’s time we got our own local LLM and its subsequent services.

Check out: Hamro Patro starts using AI to deliver personalized news content



Source link

खाना अभाबमा चितुवाहरु वस्ती पस्न थालेपछि सूर्यविनायकबासी त्रसित


जंगलमा खानेकुराको हाहाकारसँंगै जंगली जनावरहरु बस्ती पस्न थालेपछि भक्तपुरको सूर्यविनायक नगरपालिकाबासी त्रसित हुन थालेका छन् । 

सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै ठाउँ सवैतिर जंगलका फेदीमा रहेको छ । वनभित्र विभिन्न फलफुहरु तथा अरु खानेकुराहरु नभएपछि विशेष गरेर बँंदेल, चितुवाहरु साँंझ विहान वस्तीभित्र पस्दा स्थानीय त्रसित हुन बाध्य भएको हो । विशेष गरेर मानिसलाई आक्रमण गर्नसक्ने चितुवाहरु एक्लैदुक्लै नभए आफना बच्चाहरुसहित गाउँमा देखिन थालेका हुन् ।

‘पहिलादेखि नै यो समस्या फाट्टफुट्ट रुपमा थियो,’ सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलकी स्थानीय रोजी वस्नेतले भनिन्, ‘अहिले यो समस्याले विस्तारै विकराल रुप लिन थालेको छ ।’ यही डरका कारण स्थानीयहरु साँंझ घाम छँदै ढोका लगाई घरभित्रै सुरक्षित बस्नुपर्ने बाध्यता देखिएको उनले सुनाइन् ।

जाडो महिना भएको कारण बिहान ६ बजे पनि अँध्यारो नै हुने र यसले विहान सवेरै कलेज जाने विद्यार्थीहरु पनि डरैडरमा बस कुरेर बस्न बाध्य भएका छन् । एकान्त बाटो, अँध्यारो वातावरण र चितुवाको डरले आमाबुबा पनि छोराछोरीलाई बिहानै स्कुल कलेज पठाउन त्रसित हुने गर्छन् । शहरको छेउ भए पनि गाउँको वातावरण भएको सिपाडोलमा घरपालुवा जनावर पनि पालिएको छन् । त्यस्ता घरहरुले अझ वढी चितुवाको डर भोगेको छ ।

स्थानीय रामकला थापा भन्छिन्, ‘घर छोडी माइतघरमा एक्लै खेती किसानी गरी गाईवस्तु पालेर धेरै वर्षदेखि बसिरहेकी छु । पुरानो माटोको घर भएको कारण ढोका र गोठ पनि खासै दरिलो छैन । त्यहीकारण केही महिना अघि चितुवाले साँझ सबेरै गाईको बाच्छो मार्यो । अहिले पनि त्यही समस्या दोहोरिँदा यी गाईवस्तु र आफ्नो एक्लो ज्यानको सार्है माया लाग्छ ।’ आफनो घर वरपर नजिकै कुनै घर नभएकाले यो समस्याले निकै तड्पाई रहेको उनले सुनाइन् ।

मानिस मात्र नभई घरतिर डुल्ने कुकुर पनि यो समस्याले त्रसित छन् । तिनीहरूको बस्ने ठाउँ पनि घरबाहिर हुने कारणले गाउको रक्षा गर्ने कुकुरहरु पनि कम देखिन थालेको स्थानीय बताउँछन् । यो समस्याले हरेक कुकुरहरुलगायतका जीवजन्तुसहित पूरै नगरबासीलाई समस्यामा पारेको स्थानीय बताउँंछन् ।

अहिलेको मौसममा खेतबारी खासै गर्मीयाममा जस्तो मकै छरिदैन । बालीनाली लगाइदैन । त्यस्तो बेलामै यस्तो समस्या देखिरहेछ भने मकैको छर्ने याममा मकैको बोट झाँगिदा झन् डर बृद्धि हुन जाने समस्या देखापर्ने पीडितको भनाई छ । त्यसैले समयमै यस समस्या रोक्न सके नगरबासी डराईडराई बाँच्नुपर्ने बाध्यता हटने उनीहरुको भनाई छ । यस विषयमा वन्यजन्तु प्रशासन तथा सरोकारवालाहरुको स्थानीय ध्यानाआकर्षित गराउन चाहन्छन् ।

प्रकाशित: १२ चैत्र २०८१ १८:४१ मंगलबार





Source link

गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकिए दुई फरक ठाउँ


१२ चैत, काठमाडौं । गणतन्त्रवादी र राजावादी दुई समूहले १५ चैतमा काठमाडौंमा गर्ने भनिएको प्रदर्शनका लागि दुई फरक ठाउँ तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरलाई प्रदर्शन गर्न दुई फरक ठाउँ तोकेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपको ठाउँ दिइएको छ ।

राजातन्त्र पक्षधर तथा दुर्गा प्रसाईं समूहलाई तीनकुने ठाउँ तोकिएको उनले अनलाइनखबरलाई बताए ।

गणतन्त्री पक्षधरमा समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गर्दैछन् ।

यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का तर्फबाट प्रदर्शन हुँदैछ । प्रदर्शनका लागि प्रसाईं समूहबाट ठाउँ माग भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

दुई फरक समूहले एकै दिन प्रदर्शन गर्ने भएपछि प्रहरीले पनि त्यही अनुसारको सुरक्षा रणनीति बनाउने तयारी गरेको छ ।





Source link

South Korea issues digital ID to its 52 million citizens


South Korea has completed providing digital ID cards (called i-PIN (Internet Personal Identification Number) for its 52 million citizens. The electronic cards have been distributed by the country’s Ministry of the Interior and Safety which marks the country’s key milestone in its digital transformation efforts.

The move comes with the government’s efforts to shift public services digitally. And this is helped by high-speed internet penetration and access to smartphones.

The digital ID card lets citizens store their details on smartphones and access them easily when necessary. The card allows users to create their mobile resident registration card which they can use for various public services. The government has integrated digital IDs with 15 banks enabling citizens to open their bank accounts and apply for loans online on their mobile phones.

Also: Driving License on Nagarik App goes fully digital with QR

Digital ID cards for citizens is part of a broader plan for South Korea

Earlier, South Korea implemented digital residence cards for international students. Now, the government is extending digital efforts to all the people living in the country. The effort is part of the plan to render identity details online.

More emphatically, 91% of South Korean citizens have access to digital banking services. It’s said that access to digital banking encouraged the government to modernize its citizens’ ID credentials.

Digital ID helps citizens access various government and private services more easily while staying secure with the country’s sophisticated framework for digital identity verification.

The digital ID card can prove helpful for citizens to access public services more easily while it also helps keep official details electronically and use them on the go.

Would you want a digital ID card in Nepal?

Nepal also has a National ID Card which carries details on a chip. However, it’s not exactly digital in terms of keeping details online for user access. But as we get more digital, we expect the government to make similar efforts in Nepal.

Would you like for a unique PIN to be your electronic identity? What do you think of a digital ID card? Do share your opinion in the comments below.



Source link

कुलमानको निर्णयमा सरकारका प्रवक्ता गुरुङको त्यो झुट…


चैत ११ गते साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्‍यो।

बैठकबाट मन्त्रीहरू नबाहिरिँदै घिसिङ बर्खास्त गरिएको समाचार छ्यापछ्याप्ती भइसकको थियो। बैठकस्थल (सिंहदरबार) बाहिर पत्रकारहरूले कुरिरहेका थिए।

यतिकैमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बाहिरिए। सरकारका प्रवक्ता हुनुको नाताले पनि पत्रकारहरूले उनैलाई घिसिङको बर्खास्तबारे प्रश्न तेर्स्याए- कुलमान घिसिङलाई बर्खास्त गरिएको भन्ने समाचार छ नि ?

तर, प्रवक्ता गुरुङले जवाफ दिनुको साटो उल्टो प्रतिप्रश्न गरे- कसले भनेको ? कुलमान घिसिङले भनेको ?

पत्रकारहरूले भने- समाचार आइसकेको छ, स्रोतहरूले उल्लेख गरेका छन्।

यसपछि प्रवक्ता गुरुङ ‘खै सरकारलाई त थाहा छैन’ भनेर हिँडे।

जबकि, भित्र घिसिङ बर्खास्त गर्ने निर्णय उनी सम्मिलित मन्त्रिपरिषद्ले गरिसकेको थियो। तर, उनले सफेद झुट बोलेर त्यहाँबाट हिँडे।

यसपछिउनको एक तहमा आलोचनासमेत भयो। खासगरी पत्रकारहरूले सरकारका प्रवक्ताको शैलीको आलोचना गरे।

तर, मङ्गलबार (आज) मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा भने उनले सही जानकारी दिए। “नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय पनि भा’छ,”निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने।

त्यसो त सरकारका प्रवक्ताको मुख्य काम सही सूचना आदानप्रदान गरेर सरकार र जनताका बीचमा सेतुको काम गर्नु हो, सरकारका आधिकारिक धारणा तथा निर्णयहरू सार्वजनिक गर्नु हो। तर, गुरुङ भने ‘ढँटुवा’ भूमिकामा देखिए।

प्रकाशित: १२ चैत्र २०८१ १८:५१ मंगलबार





Source link

जनताले अहिल्यै चौरासी गर्नेजस्तो भयो : बास्कोटा – Online Khabar


फाइल तस्वीर


१२ चैत, काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनी राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको गुनासो गरेका छन् ।

मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भएपनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यंग्य गरे ।

‘जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू सुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए ।

‘उदेक लाग्दो कुरा के छ भने मेरो त घोक्रो पनि सुक्यो, नसा पनि फुल्यो, अब ०८४, ०८४ भनेका छन् । अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो,’ उनले भने ।

केरुङ नाका नखुल्दासम्म अरनीको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न उनले आग्रह गरे ।

‘जसलाई जहाँ दुखेको छ, कुरा त्यहीँबाट सुरु हुन्छ । मन्त्रीज्यूको चित्त दुःख्यो अरे मैले कुरा उठाएँ भनेर । यो चित्त मेरो दुखेको होइन हजुर, त्यो क्षेत्रबाट निर्वाचित सांसद हुँ म । अरनीको हाइवे हो,’ बास्कोटाले भने, ‘२०२६ सालमा बनेको र यो अहिले केरुङ पट्टिको बाटो नहुँदा चीनसँग जोड्ने एउटा मात्रै मार्ग हो । २२ अर्ब राजस्व सरकारले तोकेको छ, तातोपानी भन्सार । केही पनि हिँड्दैन त कहाँबाट आउँछ ?’

अरनी राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै उनले प्रश्न गरे ।





Source link

Hyundai Creta Electric price in Nepal


The much-anticipated Hyundai Creta Electric EV has been officially launched in Nepal. The popular EV lineup is unveiled in 4 varians and is set to compete with popular lineups in the price range including BYD Atto 3. So, here in this article check out the official Hyundai Creta Electric price in Nepal, specifications, features, and availability.

In Nepal, Laxmi Intercontinental Pvt. Ltd. is the authorized seller of Hyundai cars in Nepal. Hyundai Creta EV boasts the blend of practicality with the advanced technology and eco-friendliness of an EV.

Read: Best Electric (EV) Cars Price in Nepal | Latest 2025 Update

Hyundai Creta Electric Overview

Design

Hyundai Creta Electric Price in Nepal

Talking about the design of Hyundai Creta Electric, it features an innovative design and is based on ICE Creta incorporating the EV-specific elements for a fresh, & futuristic appeal. It comes with a pixel-inspired aesthetics, featuring a futuristic closed front grille seamlessly integrating a charging port, flanked by sleek LED lighting. It comes with the R17 Aero Alloy wheels that are paired with low rolling resistance tires.

Additionally, there’s Active Air Flaps that optimizes the airflow for better cooling and overall performance improvement. The electric vehicle will be available in eight monotone and two dual-tone color options, and include exclusive matte options.

Interior

The Hyundai Creta Electric is similar to the standard Creta adding the modern experience with its own EV-inspired touch. There’s a dual-tone black and white interior theme. You get the all-new three-spoke steering wheel, which is inspired by the Hyundai Ioniq 5. It also comes with a dual-screen setup, panoramic sunroof, and Vehicle-to-Load (V2L) functionality.There is a revised lower center console that further elevates the cabin’s appeal.

Don’t Miss: Deepal S05 Launching Soon in Nepal | Price and Specs

Battery and Charging

The Hyundai Creta Electric arrives offering two battery options that cater to different range requirements. One is a 42 kWh Battery option for Medium Range Offers an ARAI-certified range of 390 km. On the other hand you get a 51.4 kWh Battery for Long Range that comes with an extended range of 473 km.

The electric vehicle comes with fast and efficient charging. There’s a DC fast charger that takes only 58 minutes to charge from 10 % to 80%. Similarly, the 11 kW AC charger takes just 4 hours to completely charge.

Safety Features

Coming to safety features of Hyundai Creta Electric. It is equipped with ADAS (Advanced Driver Assistance Systems), along with forward collision warning, lane-keeping assist, and adaptive cruise control. There’s also features such as ABS, multiple airbags, and ESC , etc.

Do Read: Hyundai Cars Price in Nepal | Latest 2025 Update

Hyundai Creta Electric Price in Nepal and Availability

Hyundai Creta EV Price in Nepal starts at 51.96 lakhs and goes up to Rs 59.96 lakh. The car comes in Nepal in Executive, Smart Smart (O), and Premium+ variants. Find out the official price range of the SUV in the table below:

Electric Vehicle Variants Price in Nepal Official
Hyundai Creta Electric Executive NPR 51.96 Lakhs
Hyundai Creta Electric Smart NPR 54.96 Lakhs
Hyundai Creta Electric Smart (O) NPR 56.96 Lakhs
Hyundai Creta Electric Premium + NPR 59.96 Lakhs

In terms of competition, Hyundai Creta fuel variant is already one of the top choices in the auto market. So, it’s likely that the EV tailpipe will also resonate with the customers. The car will compete with the likes of Tata Curvv EV, MG ZS EV, BYD Atto 3, and more.

Final Thoughts

The Hyundai Creta Electric is set to redefine the compact SUV segment with its stylish design, premium features, and impressive range. Whether it’s your daily commute or a weekend road trip, the Hyundai Creta EV offers a reliable and eco-friendly driving experience.

Tell us what you think of the SUV. Is it going to beas popular as the fuel variant or will find tough challenge against other similarly priced competitors? Do share in our comment section below.

Checkout: Hyundai Venue Facelift Price in Nepal and Availability



Source link

‘जबसम्म राष्ट्रिय स्वार्थसँग राज्य जोडिँदैन, तबसम्म स्थिरताको कल्पना भ्रम जस्तो लाग्दछ’


नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वार्थसँग राज्य जोडिनुपर्ने बताएका छन्।

नजोडिएसम्म स्थिरताको कल्पना भ्रमसमान हुने भनाइ उनको छ।

‘जबसम्म राष्ट्रिय स्वार्थसँग राज्य जोडिँदैन, तबसम्म स्थिरताको कल्पना भ्रम जस्तो लाग्दछ,’ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले सिक्न धेरै बाँकी भए पनि समयले नेटो काट्न थालेको उल्लेख गरेका छन्। ‘ सिक्न धेरै छ, समयले नेटो काट्न थाल्यो,’ उनले लेखेका छन्।

प्रकाशित: १२ चैत्र २०८१ १८:५९ मंगलबार





Source link

होलीदेखिको रिसइबी, नसाको सुरमा हत्या – Online Khabar


१२ चैत, काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक-खण्डमा दुई पक्षबीच ग्याङफाइट भयो । कुटाकुटमा चार जना घाइते भए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर थियो ।

गम्भीर घाइते दोलखा मेलुङ गाउँपालिका–४ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भनिने अबे तामाङलाई तत्कालै उपचारका लागि कलंकीस्थित शहीद ममोरियल अस्पताल लगियो । राति साढे ८ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरे । यो ग्याङफाइटमा घाइते भएका अभयबाहेक अन्य तीन जनाको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका–१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको ओम समाज अस्पताल सिप्रदीमा उपचार भइरहेको छ ।

सन्दीपको टाउको र बायाँ औंलामा, चक्रेको टाउको र मुखमा अनि पासाङको टाउको र बायाँ हातको दुई वटा औंलामा चोट लागेको छ । उपचार भइरहेकाहरुको अवस्थामा सामान्य र सुधारोन्मुख रहेको प्रहरीको भनाइ छ ।

ग्याङफाइटको सूचना पाउनासाथ प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा खटिएको थियो।

ग्याङफाइटमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा समेत उपस्थित गराइएको छ ।

नियन्त्रणमा लिइएकाहरुमध्ये हत्यामा क–कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ गरेर म्याद थप गर्ने प्रक्रिया भइरहेको प्रहरीको भनाइ छ ।

पहिले एकै समूह, दुश्मनी बढेपछि दुई समूहमा विभाजित

अहिले ग्याङफाइट गरेका दुई समूहका व्यक्ति पहिले एकै समूहमा रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यो समूहका मुख्य व्यक्ति रोहित खड्का हुन् । उनी र्‍याबिटका नामले चिनिन्छन् । रोहितको समूह कलंकी र आसपासका क्षेत्रमा मदिरा र लागुऔषधको नसामा झुम्म भएर बस्ने गरेको प्रहरीको भनाइ छ ।

होलीको अघिल्लो दिन यो समूहका निश्चल मगर र हाल मारिएका अभयबीच विवाद भएपछि दुश्मनी बढ्दै गएको प्रहरीको दाबी छ । त्यसपछि एउटा समूहको नेतृत्व अभयले र अर्को समूहको नेतृत्व र्‍याबिट (रोहित)ले गरेको पाइएको एक अनुसन्धान अधिकारी बताउँछन् । विवाद भएपछि अभयले निश्चललाई थप्पड हानेको बताइएको छ ।

होलीको अघिल्लो दिनको विवादबाट सुरु भएको झगडाले तेस्रो दिनमा आइपुग्दा अर्को झगडाको रुप लिएको एक अनुसन्धान अधिकृत बताउँछन् । त्यसपछि यो दुई समूह भौतिक रुपमा आक्रमणमा उत्रिन थालेको प्रहरीको भनाइ छ ।

पहिले एउटै समूह थियो । होलीको अघिल्लो दिन निश्चल मगर र हाल मारिएका अभयबीच विवाद भएपछि एउटा समूह फुटेर दुईटा भयो । एउटा समूहको नेतृत्व अभयले लिए, अर्कोको नेतृत्व र्‍याबिट (रोहित)ले ।

रोहितले आफ्नो मोबाइल अभयको समूहका व्यक्तिले चोरेको आरोप लगाएका छन् । रोहितको भनाइ उद्धृत गर्दै एक अनुसन्धान अधिकारी भन्छन्, ‘मोबाइल अभयकै समूहका पासाङले चोरेको भनिएको छ ।’

अनि भयो ग्याङफाइट

होलीको अघिल्लो दिनदेखिको विवाद र दुश्मनी, मोबाइल चोरी र थप्पडसम्म हानिएको घटनाले यो दुई समूह पानी बारबारको अवस्थामा पुगेको थियो । एकले अर्कालाई जहाँ भेट्यो त्यही कुट्नेसम्मको अवस्थामा पुगेका उनीहरुबीच ग्याङफाइटसम्म हुने स्थिति आएको प्रहरीको भनाइ छ ।

त्यसपछि उनीहरुले एकले अर्कालाई फोन र म्यासेज गर्दै ‘भिड्ने भए आइज’ भन्दै चुनौती दिने गरेको पाइएको परिसरका एसपी तथा प्रवक्ता बोहोरा बताउँछन् । सोही क्रममा सोमबार दुई समूहबीच पूर्वजानकारी गराएरै भिड्न तयार भएको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार हाल मारिएका अभय चार जनाको समूह लिएर कलंकी पुगेका थिए भने रोहितको समूहमा २० जना रहेको पाइएको एसपी बोहोरा बताउँछन् ।

त्यसपछि दुई समूहबीच अन्धाधुन्दा आक्रमण हुँदा चार जनाको समूहका अभय मारिए । तीन जना घाइते भए । संसाँझै संघीय राजधानीको व्यस्त सडक कलंकीमा दुई समूहबीच झडप हुँदा एक युवाको ज्यान गयो । तीन युवा घाइते भए ।

झगडाको बेलामा समेत उनीहरुले मदिरा र अन्य लागुऔषध सेवन गरेको दाबी प्रहरीले गरेको छ । ‘हामीले पक्राउ गर्दा केही नसाकै सुरमा थिए । नसाकै सुरमा धारिलो हतियार, रड, नक प्रहार गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

पक्राउ पर्नेको संख्या १६ पुग्यो, ४ अझै फरार

झडपलगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अभयमाथि रड तथा धारिलो हतियार प्रहार गर्ने मुख्य व्यक्ति पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई कामठाडौं नागार्जुन नगरपालिका–१० स्याचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका–५ घर भई नागार्जुन हसनटार बस्ने २१ वर्षीय सुजन तामाङ, चन्द्रागिरि नगरपालिका–१५ का २७ वर्षीय राज अर्याल छन् ।

त्यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका–११ घर भएका २० वर्षीय डेनियल विश्वकर्मा, सर्लाहीको बागमती नगरपालिका–५ घर भएका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरी घर भई कलंकी बस्ने १९ वर्षीय सुशान श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–७ घर भई नागार्जुन स्युचाटार बस्ने २३ वर्षीय विनय आलेमगर छन् ।

उदयपुरको ताप्ली गाउँपालिका–७ घर भई ललितपुर एकान्तकुना बस्ने २१ वर्षीय खेमराज बहादुर मगर, ताप्ली गाउँपालिका–७ नै घर भएका २० वर्षीय साङ्गे तामाङ, गोरखाको गण्डकी गाउँपालिका–१ भर भई कलंकी बस्ने २२ वर्षीय रन्जित श्रेष्ठ, नागार्जुन स्युचाटारका २५ वर्षीय अजित बुढाथोकी, स्युचाटारकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व देवचुली नगरपालिका–९ घर भएका २० वर्षीय प्रविन झेडी, तनहुँको ब्यास नगरपालिका–१० का १९ वर्षीय गौतम कमर जोगी, सुनसरीको धरान उपमहानरपालिका–७ का २२ वर्षीय प्रवेश गुरुङ र काठमाडौं दक्षिणकालीका २२ वर्षीय डेबिट घले छन् ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी बोहोराले बताए । उनीहरुविरुद्ध प्रहरी वृत्त कालिमाटीले अनुसन्धान अघि बढाएको छ ।

यो प्रकरणमा अझै चार जना पक्राउ पर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भइसकेकाले चाँडै पक्राउ पर्ने दाबी प्रहरीले गरेको छ ।





Source link

Proton e.Mas 7 Price in Nepal


The Proton e.Mas 7, a sophisticated electric SUV, is launched in Nepal. Proton’s entry into the Nepali market is generating significant buzz. Jagadamba Motors is the authorized distributor of Proton vehicles in Nepal. The electric vehicle boasts a combination of design, comfort, performance, and advanced technology. So, here in this article, let’s look at the Proton e.Mas 7 price in Nepal, specifications and availability.

Read: Deepal S05 Launching Soon in Nepal | Price and Specs

Design and Dimensions

Proton e.Mas 7 Design

Talking about the design, the Proton e.Mas 7 comes with a sleek, stylish, and modern design. In terms of dimensions, it measures 4615 mm x 1901 mm x 1670 mm and has a wheelbase of 2750 mm. The EV has stylish LED lighting, sharp lines on dynamic stance, and aerodynamic profile making it more stylish. Likewise, the bold front grille and elegant alloy wheels offer a commanding road presence.

It comes with a five seater offering a spacious and luxurious cabin. There’s also storage capacity of 461 liters that further ranges to an impressive 1877 liters. It comes in different color options such as Silver, Pink, White, Green, as well as Grey.

Performance 

Under the hood, the Proton e.Mas 7 comes fueled by a 160 kW Permanent Magnet Synchronous Motor (PMSM). It generates a maximum power of 218 PS and maximum torque of 320 Nm. The SUV features a Front-Wheel Drive (FWD) system, and provides a smooth and responsive drive. It offers a peak speed of 175 kmph, and has a range of 345 Km WLTP for Prime variant and range of 410 Km WLTP for Premium variant.

As for suspension setup, it has MacPherson Strut suspension in the front and Multi-link setup in the rear. It has a ground clearance of 173 mm. There’s tubeless tyres with 235/50 R17 tyre in Prime and 225/55 R18 tyre in Premium models. 

Battery

Talking about the battery of the Proton e.Mas 7, it offers two battery variants. First one is Prime Variant and is equipped with a 49.52 kWh AEGIS Short Blade Battery. Likewise, the second is the Premium Variant that comes with a larger 60.22 kWh AEGIS Short Blade Battery.

As for charging, it comes with a 7.2 kW Charger, for the Prime variant and takes around 7 hours to completely charge. On the other hand, the Premium variant takes approximately 8.5 hours  to charge. It also supports DC Fast Charging, so it allows the battery to charge from 10% to 80% in mere 40 minutes.

Safety and Technology

Safety is always a top priority for a vehicle, Proton e.Mas 7 also does not fall behind. So, it comes with advanced systems like driver assistance and also ensures passenger protection. There’s also Level 2 Advanced Driver Assistance Systems (ADAS), and  features six airbags

Similarly, it also includes safety features like Electronic Stability Control (ESC), Traction Control System (TCS), Anti-Rollover Protection (ARP), and Tire Pressure Monitoring System (TPMS). So,with all these cutting-edge features the electric vehicle is the perfect & reliable choice for modern drivers.

Also Read: Best Electric (EV) Cars Price in Nepal | Latest 2024 Update

Proton e.Mas 7 Technical Specifications

  • Dimension: 4615 mm x 1901 mm x 1670 mm
  • Kerb Weight: 
    • 1662 Kg (Prime)
    • 1765 Kg (Premium)
  • Ground Clearance: 173 mm
  • Wheelbase: 2750 mm
  • Motor: 160 kW Permanent Magnet Synchronous Motor (PMSM)
  • Max Power: 218 PS
  • Max Torque: 320 Nm
  • Transmission: Automatic
  • Drive Type: FWD
  • Top Speed: 175 Kmph
  • Battery Capacity:
    • 49.52 kWh AEGIS Short Blade Battery (Prime)
    • 60.22 kWh AEGIS Short Blade Battery (Premium)
  • Charging Time: with a 7.2 kW Charger
    • Around 7 hours in Prime
    • Around 8.5 hours in Premium
    • 10% to 80% in 40 mins (with DC Fast Charging)
  • Range: 
    • 345 Km WLTP (Prime)
    • 410 Km WLTP in (Premium)
  • Tyres: 
    • 235/50 R17 (Prime)
    • 225/55 R18 (Premium)
  • Tubeless Tyres: Yes
  • Safety System: L2 ADAS, 6 Airbags, TCS, ESC, ARP, TPMS, Parking Sensors
  • Suspension Setup: McPherson Strut and Multi-link
  • Seating: 5-Seater
  • Storage Capacity: 461 liters / 1877 liters (extended)
  • Colors: Platinum Silver, Lithium White, Quartz Rose, Moyu Black, Turquoise Green, Silver Grey
  • Proton e.Mas 7 Price in Nepal (Official): Rs. Rs. 56,99,000 to Rs. Rs. 67,99,000

Proton e.Mas 7 Price in Nepal and Availability

The Proton e.Mas 7 price in Nepal is Rs. 56,99,000 for the prime variant and Rs. 67,99,000 for the premium variant. It is available in different color options such as Platinum Silver, Lithium White, Quartz Rose, Moyu Black, Turquoise Green, Silver Grey.

Proton e.Mas 7 Price in Nepal (Official)
Prime Variant Rs. 56,99,000
Premium Variant Rs. 67,99,000

Our Verdict

The Proton e.Mas 7 is more than just an electric SUV. It boasts various amazing advanced features along with innovation, performance, and sustainability. It ticks all the right boxes whether you want a reliable family vehicle or an adventurous companion. 

Don’t miss: Deepal L07 Price in Nepal | Specifications & Availability



Source link

ऊर्जामन्त्री खड्कालाई माफी माग्न महावीरको सुझाव


राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरेका छन्। उनले ऊर्जामन्त्री खड्कालाई माफी माग्नसमेत भनेका छन्।

‘ऊर्जामन्त्रीज्यू, कि त कुलमान घिसिङले भन्दा जनताको चित्त बुझ्ने गरेर राम्रो काम गर्नुहोस्। नत्र भने माफी माग्नुहोस्, माफी दिन्छन् जनताले,’ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

अगाडि भूमिकामा उनले लेखेका छन्, ‘अर्थतन्त्र ध्वस्त भएपछि देश मर्छ र खत्तम हुन्छ। २१औं शताब्दीमा विद्युत् भनेको कुनै पनि देश निर्माण गर्ने र देश बचाउने एउटै मात्र शक्ति हो। विद्युत् भएन भने देश कस्तो होला भनेर आँखा चिम्म गरेर एक मिनेटसम्म कल्पना गर्नुहोस् त। मर्न लागेको नेपाल विद्युत् प्राधिकरण अहिले बचेको छ। अहिलेको ऊर्जामन्त्री जस्तो विवेकहीन र लोभी-पापी व्यक्तिले अहिलेसम्म भित्रभित्रै कति भ्रष्टाचार गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ। राम्रो काम गर्ने व्यक्तिलाई हटाउन मरिमेटेर लाग्ने मन्त्रीलाई भोट दिने जनताहरूले एकपटक सोच्नु होस्। अहिलेको जमानामा दिउँसै रात पार्न खोजेका छन् गाँठे।’

मन्त्री खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच राम्रो सम्बन्ध छैन। मन्त्री खड्का निर्देशक घिसिङलाई हटाउन चाहन्छन्। उनले घिसिङलाई पटक-पटक स्पष्टीकरणसमेत सोधिसकेका छन्।

यही सन्दर्भमा पुनले माफी माग्न सुझाव दिएका हुन्। कुलमानलाई पुनले यसअघि पनि ऊर्जामन्त्री खड्काकै क्षेत्रमा गएर चुनाव लड्न सुझाव दिएका थिए।

प्रकाशित: ९ चैत्र २०८१ १८:१३ शनिबार





Source link

पुम्दीकोटदेखि बेगनासतालसम्म पुग्यो एनएसएलको ट्रफी


९ चैत, पोखरा । पोखरामा नेपाल सुपर लिग (एनएसएल) फुटबलको ट्रफी प्रदर्शन गरिएको छ । आगामी शनिबारदेखि सुरु हुने तेस्रो संस्करणको एनएसएलको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको हो । पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउँमा ट्रफी प्रदर्शन गरिएको हो । पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र…



Source link

Government tells Facebook, X, Insta to register in Nepal


The government of Nepal has given a 30-day ultimatum to Facebook, Instagram, X, etc. (Formerly Twitter) to register. The move comes as the government aims to regulate social media networks operating in Nepal.

The government released a notice in which, it requested social networking sites to get registered in Nepal.

The notice states, “Social networks are hereby notified to register with this ministry (Communication Ministry) within 30 days by the Social Media Management Directive 2080, and to also arrange for a contact point within Nepal to hear complaints and an officer to monitor self-regulation compliance.”

In recent months, the government has stepped up efforts to bring many social network platforms and digital services under its regulation. Also, the government wants them to contribute to various causes and provide value for users/public in Nepal. For e.g., after the ban is lifted, TikTok has made several commitments in Nepal including promoting businesses while also playing a role in generating employment. So far, Rakuten Viber, TikTok, etc. have been registered in Nepal.

Broadly speaking, the government wants to bring foreign digital companies under taxation and regulation. Earlier, the ride-sharing platform inDrive was also registered in Nepal.

Government warns to ban Facebook, X, and Instagram if they are not registered in 30 days

In its notice, the government has warned that if Facebook, Instagram, X, and other platforms don’t come into contact and register, they can face a possible ban.

The government referenced Section 3 of Sub Section 7 in the Social Media Management Directive 2080 which allows the government to disable access to social networks that are not registered in the country.

Facebook is an extremely popular social media site used in Nepal with over 12 million users in Nepal while Insta and X are more popular among the youth. It’s interesting to see if the US-based platforms reach out to the government to register. We are also skeptical if the government will proceed to bar access to these social sites. Let’s see how it unfolds.

Also read: How to lock Facebook Profile in Nepal? Find steps [2025]



Source link