४ वैशाख, काठमाडौं । एक वर्षमा उपभोक्ताले फलफूलमा महँगो मूल्य तिरेका छन् ।
मुलुकको सबैभन्दा ठूलो फलफूल तथा तरकारी बिक्री केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकले फलफूलको मूल्य औसतमा ३१ प्रतिशतसम्म बढेको देखाएको छ ।
कालीमाटी बजारको तथ्यांकअनुसार १२ प्रकारका फलफूलको मूल्यवृद्धि भएको छ । सबैभन्दा बढी मूल्यवृद्धि हुने फलम मौसम रहेको छ ।
१ वैशाख २०८१ मा किलोको १ सय ४५ रुपैयाँ रहेको मौसम चैतमा १ सय ९० रुपैयाँ पुगेको कालीमाटी तरकारी बजारको तथ्यांकले देखाएको छ । यो मूल्य एक वर्ष अवधिमा ३१ प्रतिशत बढेको हो ।
यस्तै एक वर्षमा झोले स्याउको मूल्य १४ प्रतिशत बढेको छ भने फुजी स्याउ ०.५१ प्रतिशतले बढेको छ । १ वैशाखमा झोले स्याउको मूल्य किलोको २ सय १० रुपैयाँ रहेकामा ३१ चैत आइपुग्दा २ सय ४० रुपैयाँ कायम छ । यस्तै फुजी स्याउ ३ सय २५ रुपैयाँ रहेकामा चैतमा ३ सय २६ रुपैयाँ छ ।
मूल्यवृद्धि हुने अरू फलफूलमा केरा, अनार, हरियो अंगुर, तरबुजा हरियो, भुइँकटहर, रुख कटहर, नास्पाती (चाइनिज), भारतीय मेवा, किवी र एभोकाडो छन् ।
१ वैशाखमा १ सय ३६ रुपैयाँ दर्जनमा बिक्री भएको केरा ३१ चैतमा आइपुग्दा दर्जनमा १ सय ५० रुपैयाँ पुगेको थियो । एक वर्षमा केरा ९.७५ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।
यस्तै एक वर्षमा अनारको १८.७९ प्रतिशत मूल्यवृद्धि भएको छ । वैशाखमा प्रतिकिलो २ सय ७५ रुपैयाँ मूल्य रहेको अनार चैतमा ३ सय २६ रुपैयाँ पुगेको छ ।
वैशाखमा हरियो अंगुर १ सय ६० रुपैयाँ किलो रहेकोमा चैतमा १ सय ९० रुपैयाँ कायम छ । हरियो अंगुर एक वर्षमा १८.७५ प्रतिशतले बढेको हो ।
यसैगरी हरियो तरबुजामा ३० प्रतिशत मूल्यवृद्धि भएको छ । वैशाखमा ५० रुपैयाँ किलोमा किनबेच भएको तरबुजा चैतमा ६५ रुपैयाँ पुगेको कालीमाटी बजारको तथ्यांकले देखाउँछ ।
मूल्यवृद्धि हुने अरू फलफूलमा केरा, अनार, हरियो अंगुर, तरबुजा हरियो, भुइँकटहर, रुख कटहर, नास्पाती (चाइनिज), भारतीय मेवा, किवी र एभोकाडो छन् ।
एक वर्ष अवधिमा भुइँकटहर पनि १५.१५ प्रतिशतले बढेको छ । वैशाखमा प्रतिगोटा १ सय ६५ रुपैयाँ रहेकोमा चैतमा आउँदा उक्त मूल्य बढेर १ सय ९० रुपैयाँ कायम छ ।
यस्तै नास्पाती (चाइनिज) को मूल्य पनि १९ प्रतिशतले बढेको छ । वैशाखमा प्रतिकिलो २ सय १० रुपैयाँमा किनबेच भएको नास्पाती चैतमा २ सय ५० रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।
भारतीय मेवा प्रतिकिलो ९६ रुपैयाँ भएकामा त्यसको मूल्य बढेर चैतमा १ सय १० रुपैयाँ कायम छ । यस्तै एक वर्ष अवधिमा एभोकाडो करिब ८.९९ प्रतिशतले बढेको छ । वैशाखमा ५ सय ७५ रुपैयाँ किलोमा किनबेच भएको एभोकाडो चैतमा ६ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।
किवीको मूल्य गत वर्ष वैशाखमा प्रतिकिलो ४ सय २५ रुपैयाँ रहेकोमा चैतमा ४ सय २६ रुपैयाँमा कारोबार भएको तथ्यांकमा उल्लेख छ ।
कालीमाटी बजारको तथ्यांक केलाउँदा ३ वटा फलफूलको मूल्य भने घटेको छ ।
वैशाखमा प्रतिकिलो २ सय ५५ रुपैयाँ रहेको कालो अंगुरको मूल्य चैतमा घटेर २ सय ४० रुपैयाँमा किनबेच भएको थियो । एक वर्ष अवधिमा कालो अंगुरको मूल्य ५.८८ प्रतिशत घटेको छ ।
यस्तै भारतीय सुन्तलाको मूल्य पनि २१.५७ प्रतिशतले घटेको छ । वैशाखमा भारतीय सुन्तला प्रतिकिलो १ सय ७० रुपैयाँमा कारोबार भएकामा चैतमा १ सय ३३ रुपैयाँमा कारोबार भइरहेको तथ्यांकले देखाउँछ ।
वैशाखमा २ सय ५५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको जुनार चैतमा १ सय ९० रुपैयाँ कायम छ । एक वर्षमा जुनारको मूल्य २५.४९ प्रतिशतले घटेको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ ।
अहिले नेपाली च्याटजिपिटी प्रयोगकर्ताहरूले आफ्नो नाम हालेर म को हुँ भनेर सोधिरहेका पाइन्छन्। अधिकांश अवस्थामा तिनका बारेमा गलत सूचना आउने हुनाले रमाइलो मानिरहेका हुन्छन्।
एक जना व्यवसायीले त आफू र आफ्नो कम्पनीबारे च्याटजिपिटीलाई सच्याइरहेका थिए। तर च्याटजिपिटी चलाउने कम्पनी भन्छ, ‘कृपया, कुनै पनि गम्भीर किसिमका, संवेदनशील सूचनाहरू हामीलाई नबताउनुहोला।’
उता जेमिनाई च्याटबटको सञ्चालक गूगलको भनाइ छ, ‘कुनै पनि समीक्षकले हेर्ने गरी संवेदनशील सूचना वा तथ्यांक यहाँ नपस्किनु होला।’
मानौं तपाईंले आफ्नो वा आफू कार्यरत कम्पनीको गम्भीरतम सूचनाहरू चुहाउनुभयो भने भोलिका दिनमा कम्पनी र तपाईं स्वयंलाई अप्ठेरो पर्न सक्छ। उसो भए के गर्ने त? विशेषज्ञहरू यसका लागि केही जानकारी दिएका छन्।
तपाईंको ड्राइभिङ लाइसेन्स, परिचयपत्र, पासपोर्ट, नागरिकता नम्बर, जन्मदिन, ठेगाना, फोन नम्बर, निजी सूचनाहरू कुनै पनि राख्नु हुँदैन। ओपन एआईले लेख्छ, ‘हामीलाई तपाईंको निजी सूचनाको मतलब छैन। हामीलाई त संसारबारे मतलब छ।’
त्यस्तै स्वास्थ्य सम्बन्धी कुनै पनि सूचना सोध्नु हुँदैन। ल्याबका कुनै पनि परिणाम काटेर पेस्ट गर्नु उचित हुन्छ। कुन ल्याबबाट यो परिणाम आयो र कसको हो भन्ने जस्ता सूचना दिनु हुँदैन। यसैगरी कुनै आर्थिक वा पैसासम्बन्धी सूचना र जानकारीहरू सोध्नु हुँदैन। खासगरी बैंकका खाताबारे त कसैगरी खुलाइनु हुँदैन।
त्यस्तै कुनै ठूला कम्पनीका गोप्य जानकारी पनि राखिनु हुँदैन। केही समयअघि सामसङ कम्पनीका इन्जिनियरहरूले गम्भीर सूचना चुहाएको पाइएपछि अहिले उसले आफ्ना कर्मचारीहरूलाई कर्पोरेट सूचना प्रयोग नगर्न आदेश दिएको छ। तपाईले कुनै जानकारी मन पर्यो भने थम्स अप वा थम्स डाउनमा बताउनु ठीक हुन्छ।
रोचकचाहिँ, केही व्यक्तिले सूचना लिएपिच्छे सारा सूचना डिलिट गर्ने गर्छन्। कतिपय च्याटबटले आफूले स्टोर गरेका सूचना ३० दिनसम्म राखेर स्वतः डिलिट गर्ने गर्छन्। तर डिपसीकले भने तपाईंले सोध्नुभएका र राख्नु भएका सूचना आफूलाई चाहिएको बेला असीमित समयसम्म प्रयोग गर्न सक्छ। त्यसैले अधिकांश अवस्थामा एआई च्याटहरू गेस्ट मोड वा इन्कग्निटो मोडमा लिनु राम्रो हुन्छ।
४ वैशाख, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मान्यता प्रदान गरेको छ ।
आइओसीले बिहीबार एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पत्र लेख्दै ओलम्पिकको निर्वाचनलाई आधिकारिकता दिएको उल्लेख गरेको हो ।
गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । एनओसीका महासचिव राजीव श्रेष्ठले पनि बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै आइओसीले आधिकारिकाता दिएको जनाएका छन् ।
आइओसीका एनओसी सम्बन्ध, ओलम्पिक एकता र ओलम्पिज्म ३६५ का निर्देशक समेत रहनुभएका जेम्स म्याक्लोडद्वारा हस्ताक्षरित पत्रमा नवनिर्वाचित एनओसी नेतृत्वलाई समावेशी र एकताबद्ध रूपमा सबै सदस्यहरूसँग सहकार्य गर्न र सम्बन्धित सरकारी निकायहरूसँग ओलम्पिक चार्टर अनुसार पारस्परिक समझदारी, सम्मान र विश्वासका साथ सुमधुर सम्बन्ध पुनर्स्थापित गर्न आग्रह पनि गरिएको छ ।
चीनले अत्याधुनिक प्रविधियुक्त सञ्चार उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। शुक्रबार बिहान १२:४७ बजे (बेइजिङ समय) सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च-३बी’ रकेटमार्फत यो उपग्रह प्रक्षेपित गरिएको हो।
उक्त उपग्रहले निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको सिचाङ केन्द्रले पुष्टि गरेको छ। यो उपग्रह बहु-तरंगदैर्ध्य (मल्टि-ब्यान्ड) र उच्च गतिको सञ्चार प्रविधिको परीक्षणका लागि डिजाइन गरिएको छ, जसले भविष्यमा सुरक्षित, छरितो र विश्वसनीय सञ्चार सेवाको विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ५६९औँ सफल अभियान हो, जुन चीनको अन्तरिक्ष प्रविधिको भरपर्दो र अग्रणी आधारस्तम्भ मानिन्छ। यस उपलब्धिसँगै चीनले विश्वव्यापी सञ्चार र अन्तरिक्ष प्रविधिको क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप पक्का गरेको छ। सिन्ह्वा
३ वैशाख, काठमाडौं । ५२ संवैधानिक पदाधिकारी विरुद्ध परेका रिट निवेदनमाथि बुधबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा करिव एक दर्जन रिट निवेदनहरुको एकसाथ सुनुवाइ हुनेछ ।
यसअघि नै अधिवक्ताहरु ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेलको रिट निवेदनमाथिको बहस सकिएको छ । बाँकी रिट निवेदक र तिनका कानून व्यवसायीले बुधबारदेखि बहस गर्नेछन् ।
३० माघ, २०८१ देखि ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो । तर सर्वोच्च अदालतको संवैधानिक इजलासले नियमित रुपमा नभई केही साताको फरकमा पेशी तोक्ने गरेको छ । माघयता दुई पटक मात्रै मुद्दामा सुनुवाइ भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालका बेलामा संवैधानिक परिषदबाट ५२ पदाधिकारीहरुको सिफारिस गराएका थिए ।
२०७७ र ७८ सालमा अध्यादेशको भरमा भएको सिफारिसपछि उनीहरु संसदिय सुनुवाइविना नै नियुक्त भएका थिए । त्यतिबेला दर्ता भएको रिट निवेदनमाथि अहिले सुनुवाइ भइरहेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको सपना मर्न नदिने बताएका छन्।
तराई-मधेस जागरण अभियानअन्तर्वत मङ्गलबार (आज) नवलपुरका विभिन्न स्थान पुगेर सहीद तथा बेपत्ता परिवारसँग भेटेपछि उनले यस्तो बताएका हुन्।
‘जनतासँगको सम्बन्ध अझ बलियो बनाउँदै सङ्घर्ष र सपना सँगै साझा गर्दै अघि बढिरहेछौँ। हामी हाम्रा सपना मर्न दिने छैनौँ। हामी समाजवादी नेपालको स्थापना गरि छाड्नेछौँ,’ उनले भनेका छन।
अगाडि उनले भनेका छन्, ‘भावुकताको त्यो क्षणमा मैले यो समग्र अवधिको मानसिक दृश्यावलोकन गरेँ। यसैगरी कावासोतीमा शहीद तथा बेपत्ता परिवारजनसँग आत्मीय भेट भयो।देवचुली नगरपालिका कुजौलीमा थारू–दराइ समुदाय बसोबास गरेको बस्तीमा पुगेर राप्ती नदीको कटानले अतिक्रमण गरेको क्षेत्रको स्थलगत अनुगमन पनि गरियो।’
३ वैशाख, गैंडाकोट । लाइनमा उभिएका छन्, माओवादीका पूर्व लडाकुहरू । कसको जिम्मेवारी के, कहाँनेर कसले नेतृत्व गर्ने ? निर्देशन दिइरहेका छन्, पूर्वब्रिगेड कमाण्डर टुकबहादुर थापा (अर्जुन) ।
‘सुप्रिमो र लालसेना प्रमुख आउँदा सुरक्षामा कुनै पनि कमी नहोस्,’ अर्जुनले निर्देशन र व्यवस्थापनको जिम्मेवारी सम्झाइरहेका थिए ।
नयाँ वर्षको दिन नवलपुरको गैंडाकोट–५ ओम शान्ति चोकमा देखिएको दृश्य हो यो ।
पार्टीको जागरण अभियानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पार्टी पदाधिकारी आउँदै थिए । अभियानमा पूर्वउपराष्ट्रपतिबाट पार्टी उपाध्यक्ष बनेर राजनीतिमा फर्किएका तत्कालीन जनमुक्ति सेना प्रमुख नन्दबहादुर पुन (पासाङ) पनि औपचारिक रूपमा जोडिएका थिए ।
देशकै दोस्रो वरियताको सम्मानित पद उपराष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउन चाहेका पासाङ पार्टीको जिम्मेवारी पाएपछि पुनः ‘जनतासँग जोडिन’ सडकमा आउँदै थिए । पूर्वउपराष्ट्रपति पासाङपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पनि राजनीतिमा फर्किने संकेत गरिरहेकी छन् । यसलाई कतिपयले आलोचना गरे पनि पासाङ भने गलत रूपमा व्याख्या गरिएको बताउँछन् ।
उनीहरूको सुरक्षाका निम्ति पूर्वजनमुक्ति सेना यसरी तयार हुँदै थिए, मानौं सशस्त्र संघर्षमा कुनै युद्धको तयारी हुँदैछ । तर, त्यो तयारी जनतासँग जोडिनका निम्ति माओवादीले गरिरहेको हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको थियो ।
शान्ति प्रक्रियापछि लगातार सत्तामा रहेको माओवादी अहिले कांग्रेस–एमाले मिलेपछि प्रतिपक्षमा पुगेको छ र जनतासँग सम्बन्ध सुधार्ने प्रयासमा पूर्वदेखि पश्चिमसम्मको यात्रामा निस्किएको छ । लगातार सत्तामा माओवादी जनताको घरदैलोमा फर्किंदा देशको दोस्रो सर्वोच्च पदमा पुगेका पासाङ पनि सक्रिय हुँदै सडक निस्किदा रोचक दृश्य देखिएका छन् ।
गत चैत ८ गते चितवनमा रोकिएको अभियान नयाँ वर्षकै दिन गैंडाकोटबाट सुरु हुँदा ‘पूर्व जनमुक्ति सेना’को पोशाक लगाएरै अध्यक्ष प्रचण्ड र तत्कालीन माओवादी सेना प्रमुख पासाङको स्वागत तथा सुरक्षामा ‘लालसेना’ तैनाथ थिए ।
जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डर अर्जुनको नेतृत्वमा नवलपुरमा संगठित पूर्वजनमुक्ति सेनाले व्यवस्थापन सम्हालेको थियो । सुरक्षामा पनि सघाएको थियो ।
प्रचण्ड, पासाङ, पूर्व सभामुखसमेत रहेका अर्का उपाध्यक्ष अग्नि सापकोटा, पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव), महेश्वर गहतराज सहितका नेतालाई सुरक्षा घेराभित्र राख्ने, पार्टी निर्देशनअनुसार भेट्ने दिने/नदिने, उनीहरूको खाने/बस्नेलगायतको काम पूर्वजनमुक्ति सेनाका सदस्यहरूले सम्हालेको छन् । आफ्नो पूर्वकमाण्डर पासाङ सडकमा आउँदा पूर्व लडाकु सेना पनि उत्साही देखिन्थे ।
सडकमा उत्रिएका पूर्वजनमुक्ति सेनालाई अघिपछि लगाएर ‘सुप्रिमो’सँग काँध जोडेर पूर्वउपराष्ट्रपति पासाङले गैंडाकोडबाट राजनीतिक अवतार प्रस्तुत गरे । गैंडाकोटबाटै उनले सन्देश दिएका छन्, ‘लोकतान्त्रिक गणतन्त्रमात्र नेपाली जनताको चाहना होइन, यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरित गर्नुछ । अहिले गणतन्त्रकै रक्षाका लागि सडकमा आउनुपर्यो ।’
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै सक्रिय राजनीतिको चाह राखेका पासाङले चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकबाट मात्र उपाध्यक्षको जिम्मेवारी पाएका थिए । उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।
जिम्मेवारी पाएपछि नयाँ वर्षसँगै पश्चिम ताकेर प्रचण्डसँगै जागरण अभियानमा निस्किएका छन् पासाङ, जहाँ उनले युद्धकालमा थुप्रै आक्रमण र युद्ध जितेका थिए । अहिले तिनै पूर्व लडाकुलाई अगाडि–पछाडि लगाएर पासाङ राजनीतिक नेताका रूपमा सडकमा उत्रिएका छन् ।
आफ्नो विश्वासपात्र पासाङलाई उत्तराधिकारीको सूचीमा थपेर प्रचण्ड पनि उत्साहका साथ जागरण अभियानमा निस्किएका छन् । पासाङलाई राजनीतिमा फर्काएर प्रचण्डले रोल्पा, रुकुमजस्ता सशस्त्र संघर्षका थातथलोलाई जोगाइराख्ने रणनीतिमा छन् ।
माओवादी उर्बर भूमि मानिने त्यस क्षेत्रमा पासाङको सक्रियताले पकड अझ बलियो बनाउने विश्वास प्रचण्डको छ भने पार्टी नेतृत्वमा पनि अब स्वाभाविक हिसाबले अर्को दाबेदारको नाम प्रचण्डले थपेका छन् ।
पासाङ पूर्व शिक्षक हुन् । माओवादीले सशस्त्र संघर्ष थालेपछि उनी पूर्णकालीन भएका थिए । अत्याधुनिक हतियार बनाउने प्राविधिक ज्ञान र कौशल पासाङसँग रहेको र त्योबेला अरुलाई तुरुन्तै प्रभावित पार्न सक्ने क्षमता पनि उनमा रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
राजनीतिमा फर्किंदा छिन्नभिन्न बनेको पूर्वमाओवादी घटकसँगै विभाजित पूर्वलडाकुहरूलाई पनि सक्रिय राजनीतिमा ल्याउन सकिने विश्वास स्वयं पासाङकै पनि छ । ‘हिजो माओवादी आन्दोलन र संघर्षप्रति जुन खालको विश्वास र समर्पण थियो, गणतन्त्र रक्षाका निम्ति फेरि एकपटक जाग्ने छ,’ पासाङ भन्छन् ।
अभियानकै क्रममा सोमबार र मंगलबार प्रचण्ड, पासाङसहितका नेताहरूले पूर्वलडाकुहरूसँग पनि भेट गरेका छन् । मंगलबार कावासोतीमा भएको भेटघाटका क्रममा पासाङले अब फेरि एक पटक समाजवादी गणतन्त्रका निम्ति उठ्नुपर्ने बेला आएको बताएका थिए ।
पूर्वमाओवादी घटकलाई पनि एक ठाउँमा ल्याउने र त्यसको तयारी समाजवादी मोर्चा हुँदै संगठित हुनेगरी भइरहेको प्रचण्डको भनाइ थियो । उनले पूर्वजनमुक्ति सेनाकै कारण यो व्यवस्था आएको बताउँदै त्यसको रक्षाका निम्ति एक भएर लाग्न आह्वान गरे ।
नवलपुर यस्तो जिल्ला हो, जहाँ अहिले पनि ३ सयभन्दा बढी पूर्वजनमुक्ति सेना छन् । त्यहीँ अरुणखोलामा पूर्वलडाकुलाई क्याम्पमा राखिएको थियो ।
झ्याल्टुङ डाँडामा ४ नम्बर डिभिजन कार्यालय र हात्तिखोरमा बिग्रेड कार्यालय थियो । त्यहीँका बिग्रेड कमाण्डर रहेका अर्जुन आफ्ना पूर्व कमाण्डर पासाङ राजनीतिमा फर्किंदा पूर्वजनमुक्ति सेनामा उत्साह बढेको बताउँछन् ।
‘गणतन्त्र ल्याएको जनमुक्ति सेनाको इतिहास कसैले मेटेर मेटिँदैन । हामीलाई गर्व छ, ती दिन सम्झिएर,’ पूर्व जनमुक्ति सेना नेपाल ४ नम्बर डिभिजनको नेतृत्व सम्हालिरहेका थापा भन्छन्, ‘सुप्रिमो र सेनाप्रमुखको सुरक्षा गर्नु हाम्रो पनि दायित्व हो । सुप्रिमो कमाण्डर आउँदा हामीले नेतृत्व गर्नुपर्छ, अहिले गणतन्त्रमाथि प्रहार भएका बेला झनै हाम्रो दायित्व छ भनेर निस्किएका हौं ।’
पूर्व जनमुक्ति सेना नेपाल ४ नम्बर डिभिजनको नेतृत्व सम्हालिरहेका पूर्वबिग्रेड कमाण्डर टुकबहादुर थापा (अर्जुन)
जागरण अभियानका क्रममा गैंडाकोटमा ‘मर्निङ वाक’ गरेका पासाङको रफ्तार प्रचण्डको भन्दा तीव्र थियो । यस्तो देखिन्थ्यो, उपराष्ट्रपति हुँदा हिँड्न नपाएको मौका उनले अब पूरा गर्दैछन् । पूर्वजनमुक्ति सेना र नेताहरूसँग उनी जिस्किँदै, हाँस्दै हिँडिरहेका थिए ।
दुई दिनसम्म नवलपुरमा भएका कार्यक्रममा औपचारिक रूपमा मञ्चमा उभिएर नबोले पनि पासाङको सक्रियताले भने धेरै कुरा बोलिरहेको थियो ।
मर्निङवाककै क्रममा अनलाइनखबरसँग कुराकानी गर्दै पासाङले भने, ‘लोकतान्त्रिक गणतन्त्र हाम्रो अन्तिम लक्ष्य होइन, यसमा जे जति सरकारी मूल्य, मान्यता पद–प्रतिष्ठा हुन्छ, त्यो आफ्नो ठाउँमा छ तर मुख्य कुरा समाजवादी अभिभारा पूरा गर्नु हो । अनावश्यक तर्क, टीकाटिप्पणी गर्न जरुरी नै छैन । सबै समाजवादी यात्रामा लम्किने हो ।’
सरकारले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न वैशाख १२ गते संसद बैठक आह्वान गर्ने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।
शिक्षा विधेयक पारित गर्न आवश्यक समन्वय तथा सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै मन्त्रिपरिषद्ले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो।
बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनप्रति सरकार संवेदनशील रहेको जानकारी दिइन्।
उनका अनुसार, नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधनका लागि सरकार गम्भीर रेहेको र संवाद प्रक्रिया निरन्तर जारी छ।
एसइई उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को राष्ट्रिय परीक्षा र नयाँ शैक्षिक सत्रका विद्यार्थी भर्ना जस्ता महत्त्वपूर्ण कार्यहरूलाई ध्यानमा राख्दै सरकारले जारी विरोध कार्यक्रम स्थगन गर्न आग्रह समेत गरेको छ। साथै, सबै शिक्षकहरूलाई आ-आफ्नो कार्यथलोमा फर्कन अनुरोध गरेको छ।
सीता एयरको हवाईजहाजलाई ट्याक्टरले तानेर पार्किङस्थलमा पुर्याइएको थियो ।
३ वैशाख, काठमाडौं । रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो । सो क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको थियो ।
हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा रोकिने हुन्छ । त्यसपछि जहाजलाई सुरक्षित रुपमा बाहिर निकालेर उडान अवतरण सुरु गरिएको छ ।
अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बर्दघाट नगरपालिका–१४ मा रहेको सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अवलोकनका क्रममा दाहालले सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा पार्टीका अन्य नेता पनि उपस्थित थिए।
सहिद थापा माओवादी जनयुद्धका क्रममा २०६० मा चितवनमा सहिद भएका थिए। उनको योगदानको सम्मानमा स्थापित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
३ वैशाख, मोरङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । जहदा र कटहरी जोड्ने पक्की पुल बुधबार उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् । सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवत–जावतमा सहजता थपिने विश्वास छ । ‘यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको…
Nepal Clearing House Limited (NCHL) will resort to Artificial Intelligence (AI) to detect and eliminate fraud that occurs in digital transactions. The move comes in an effort to neutralize unauthorized access to electronic transactions and scams that have troubled the fintech industry in the recent past.
NCHL Chief Executive Officer (CEO) Nileshman Singh Pradhan said that the entity will use an AI-powered Fraud and Risk Management System. He said that the company is in the final stages of its implementation.
NCHL’s AI system will observe the transaction pattern of customers, and if anything suspicious or irregular is found, it will be reported to the concerned bank or financial institution.
In the recent past, the instances of fraud and scams in banking have soared, leaving many unsuspecting users scammed out of their money. Lack of digital literacy and awareness, as well as modern hacking tools used by hackers, have challenged user safety. Now, NCHL is employing AI to curb fraud.
“We are currently developing an AI-based fraud and risk management system,” Pradhan said. “We are gradually implementing new security technologies. We believe this will help in reducing risks through new mechanisms and processes.”
The NCHL CEO further added that the technology will be able to identify any unusual deposits or transactions in an account and provide information to the concerned BFI. He said that the AI-based system will help make the security of digital transactions more effective.
प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ। तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मंगलबार राति निधन भएको हो।
विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए। आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाइएको छ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। रासस
३ वैशाख, काठमाडौं । सिरहामा यौन दुर्व्यवहारमा परेकी एक महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले बुधबार बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ । ‘यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे खबर सार्वजनिक भएपछि आजै मन्त्रीज्यूले प्रहरी प्रमुखलाई छानबिनका लागि निर्देशन दिनु भएको हो’, लेखकको सचिवालयले भन्यो ।
आफूमाथि बलात्कारको प्रयास भएको बताएकी नरहा गाउँपालिका बर्छवा गाउँकी २५ वर्षीया आनन्दी देवी सदाय मृत अवस्थामा भेटिएकी थिइन् । उनी हिजो मंगलबार सिरहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
गत ९ पुसमा आफूमाथि दुई युवाले बलात्कार प्रयास गरेको उनले बताउँदै आएकी थिइन् । प्रहरीमा जाहेरी दिँदा समेत नलिएको उनको आरोप थियो ।
यता प्रहरीले भने अनुसन्धान नै नभएको भन्ने विषयलाई अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले अनुसन्धान भइहरेको दाबी गर्दै भने, ‘जाहेरी लिएर अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी पनि आएको छ । तर, उनीहरू फरार भएकाले पक्राउ गर्न नसकिएको हो । हाम्रो प्रयास जारी छ ।’
नवराजपुर गाउँपालिका-३ जगतपुरकै २२ वर्षीय सञ्जिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर बलात्कारको प्रयास गरेको आरोप छ । उनीहरु दुवै जना भागेर भारत पुगेकाले पक्राउ गर्न समस्या भएको एसपी शर्माले बताए ।
जाहेरी दिएकी महिला (हाल मृत)को त्यतिबेलै मेडिकल जाँचको काम समेत भएर कानूनी प्रक्रिया अनुसार कारबाही समेत अघि बढाइएको उनको दाबी छ ।
It’s now possible to make payments via Master Card in Nepal with a QR scan. Nepal Clearing House Limited and Master Card have reached a partnership agreement that enables to make transactions using Master Card, especially it will help tourists to pay for goods and services during their stay in the country.
Both organizations have agreed that tourists visiting Nepal can pay by scanning a QR code using NCHL’s NepalPay QR and other QR merchant locations in Nepal. The cooperation effectively allows visitors in Nepal to pay for their shopping, hotel stay, or other purposes.
According to NCHL, there are over one million merchants in NepalPay QR subscription and other interoperable QR networks in Nepal. On the other hand, Mastercard has three billion-plus card users worldwide.
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय भारतसहित विभिन्न देशबाट श्रद्धालुहरूको उल्लेखनीय आगमन भइरहेको छ । साथै, पारदर्शिता कायम राख्न मासिक विवरण प्रकाशनको अभ्यासलाई निरन्तरता दिइएको छ ।
कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् ।
पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।
बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए। प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ ।
उनीसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनीहरु भने सकुशल फर्किएको प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा वैशाखे सङ्क्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनको घुइँचो लाग्छ।