Category Archives: अर्थ

बिना लाइसेन्स सवारी चलाए २ देखि १० हजार जरिवाना, गाडीमा नम्बर प्लेट नराखे ५ वर्ष कैद ! 


काठमाडौँ । सरकारले दुई पाङग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) मा पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ । २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै नयाँ व्यवस्थासहित ल्याउन लागिएको नयाँ ऐनमा सरकारले यस्तो व्यवस्था गरेको हो । 

नयाँ ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । 

मस्यौदामा दुई पाङग्रे सवारी साधनमा चालक र पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि चालकका लागि मात्रै हेलमेट अनिवार्य गरिएको थियो । त्यस्तै, सवारी साधन चलाउँदा चालक भन्दा अगाडि बालबालिकालाई राख्न नपाइने व्यवस्था पनि मस्यौदामा उल्लेख गरिएको छ । 

त्यसबाहेक नम्बर प्लेटबिना सवारी सधान चलाए १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ५ महिना कैदका साथै सवारी जफत गर्ने व्यवस्था पनि प्रस्तावमा गरिएको छ । त्यस्तै, दर्ता नगरी सवारी सधान चलाएमा दुई पाङग्रे सवारी साधनको हकमा पाँच हजार रुपैयाँ, साना र मझौला सवारीको हकमा १५ हजार र ठूला सवारीको हकमा ५० हजार रुपैयाँ जरिवाना लगाउको व्यवस्था पनि प्रस्ताव गरिएको छ । त्यस्तै, तोकिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गरे दुई पाङग्रे र तीन पाङग्रे सवारीलाई दुई हजार रुपैयाँ, साना र मझौला सवारीलाई तीन हजार रुपैयाँ र ठूला सवारीलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

त्यस्तै, बिना लाइसेन्स सवारी साधन चलाएका दुई पाङग्रे र तीन पाङग्रे सवारीको हकमा दुई हजार, साना र मझौला सवारीको हकमा ५ हजार र ठूला सवारीको हकमा १० हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था पनि मस्यौदामा उल्लेख गरिएको छ ।

त्यस्तै, रुट अनुमति नलिइ सवारी चलाए १० हजार, सवारी जाँचपास नगराई सवारी चलाए दुई पाङग्रे र तीन पाङ्ग्रे सवारीलाई ५ हजार, साना र मझौला सवारीलाई १० हजार र ठूला सवारीलाई १५ हजार जरिवाना तिराउने व्यवस्था ल्याइँदैछ । यसबाहेक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा यातायात क्षेत्रमा थुप्रै व्यवस्था थप गरिएको छ । यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको मस्यौदाः 

yatayat



Source link

शिवरात्रीका दिन पशुपतिमा ‘धूम’ मच्चाउने साधुहरुको विदाई (तस्विरहरु)


काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ आएका बाबा, साधुसन्तको दान सहित विदाई गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साधुसन्तको दान सहित विदाई गरेको हो ।

उनीहरुलाई वर्गीकरणका आधारमा दुई सय रुपैयाँदेखि नौं हजारसम्म दक्षिणा प्रदान गरिएको छ ।

महाशिवरात्रीको दिन पाँच लाख भन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका थिए भने करिब १३ लाख भेटी संकलन भएको अनुमान गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड 


काठमाडौँ । पछिल्लो ६ महिनामा नेपाल विद्युत प्राधिकरणले ११ अर्ब बढी नाफा कमाएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको हो । 

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको नेपाल विद्युत प्राधिकरण त्यसयता भने निरन्तर नाफामा छ । 

प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणले ३ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको थियो । 

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा ९ अर्ब ४१ करोड र आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । 

चालु आर्थिक वर्षको ६ महिनामा प्राधिकरणले विद्युत बिक्री, ब्याज तथा अन्यबाट ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये विद्युत खरिद, प्रशासनिक र विभिन्न आयोजना लगायतमा प्राधिकरणले ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिसकेको छ ।



Source link

‘नेपाल र जापानबीच आयात निर्यातको सम्बन्ध विकसित हुँदैछ’


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र जापानबीच आयात निर्यातको सम्बन्ध विकसित हुन थालेको बताएका छन्। उनले तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका हुन् ।
उक्त समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार-सरकार र जनता-जनताबीचको लामो सम्बन्ध अब आयात-निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन् ।
‘नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरु छन्’, प्रधानमन्त्री ओलीले भने, ‘हामीबीच अब्बल मित्रता छ । खाली मित्रताबाहेक अरु केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।’
प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको जनाएका छन् । एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रबर्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।



Source link

बियर खाने बढेपछि ६ महिनामै उठ्यो १७ अर्ब २५ करोड राजस्व


काठमाडौँ । नेपालमा बियर खानेहरु बढेका छन् । बियर खानेहरु बढेपछि चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा नेपालमा बियरको खपत ३८.३१ प्रतिशतले बढेको छ । 

बियरको खपत बढेसँगै सरकारले बियरबाट मात्रै ६ महिनामा १७ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बियर, मदिरा र सुर्तीजन्य पदार्थको उत्पादन र खपत दुवै बढेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षको ५ महिनामा १२ अर्ब ४७ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा मदिरा उत्पादनबाट मात्रै १५ अर्ब २६ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको छ । त्यस्तै, सुर्तिजन्य पदार्थबाट चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकी गत आर्थिक वर्षमा सुर्तीजन्य पदार्थबाट १२ अर्ब ९२ करोड राजस्व उठेको थियो ।



Source link

भूकम्पबाट सात जिल्ला प्रभावित, एउटा घर पूर्ण रुपमा भत्किँदा ३ घरमा आंशिक क्षति, कहाँ के-के भयो ? 


काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान गएको भूकम्पबाट सात जिल्ला प्रभावित भएको छ । भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, दोलखा र काठमाडौँ, संखुवासभा, म्याग्दी र धादिङ प्रभावित भएको प्रहरीले जनाएको छ । 

भूकम्पका कारण हालसम्म एउटा घर पूर्ण रुपमा क्षति भएको र तीन घरमा आंशिक रुपमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार एउटा गोठ र प्रहरी कार्यालयमा पनि आंशिक क्षति भएको छ । भूकम्पकै कारण तीन परिवार विस्थापित भएको छ । भूकम्पमा परेर हालसम्म ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ । भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ ।



Source link

बीमा सूचना केन्द्र स्थापनाको बाटो खुल्यो, बीमा क्षेत्रमा ठगी गर्नेलाई कालोसूचीमा राख्न मिल्ने ! 


काठमाडौँ । बीमा सूचना केन्द्र स्थापना गर्ने बाटो खुला भएको छ । सरकारले बीमा नियमावली, २०८१ मा बीमा सूचना केन्द्र सञ्चालनको व्यवस्था गरेसँगै केन्द्र स्थापनाको बाटो खुला भएको हो । 

यसो त बीमा सूचना केन्द्रको प्रावधान यसअघि नै बीमा ऐन, २०७९ मा समावेश गरिएको थियो । तर, सञ्चालनको मोडालिटीबारे स्पष्ट व्यवस्था नहुँदा केन्द्रको स्थापना गर्ने काम रोकिएको थियो । तर, हाल सरकारले बीमा सूचना केन्द्रबारे सरकारले स्पष्ट व्यवस्था गरेसँगै केन्द्र स्थापनाको बाटो खुला भएको छ । 

योसँगै अब बीमा सूचना केन्द्र स्थापना र सञ्चालनको प्रक्रिया अघि बढाउने तयारी रहेको बीमा प्राधिकरणका उच्च अधिकारीले बताएका छन् । केन्द्रको स्थापनासँगै बीमा क्षेत्रमा ठगी गर्ने, जालसाजी गर्ने तथा कीर्ते लगायतका अपराध गर्नेहरुलाई कालोसूचीमा राख्न सकिनेछ । 

नियमावलीमा केन्द्रलाई बीमा सम्बन्धी आवधिक प्रतिवेदन बनाउने, बीमा सम्बन्धी आवश्यक तथ्यांक संकलन गर्ने लगायतका जिम्मेवारी तोकिएको छ । बिमकले आवश्यक विवरण, सूचना तथा जानकारी केन्द्रलाई उपलब्ध गराउनुपर्ने प्रावधान पनि नियमावलीमा उल्लेख छ । बीमा सूचना केन्द्रले कर्जा सूचना केन्द्रले जसरी नै काम गर्नेछ ।



Source link

सभामुखले भने- ‘नेपाल धनी छ तर नेपाली गरिबीमा छन्’  


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल देश धनी भएर पनि नेपाली भने अभाव र गरिबीमा बाँचिरहेका बताएका छन् । शुक्रबार रामेछापको ऐतिहासिक खाँडादेवी मन्दिरमा खाँडादेवी विकास कोषको १२ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले नेपाल संस्कार, संस्कृति र प्रकृतिले धनी भएपनि त्यसको उपयोग गर्न नसक्दा गरिब हुनुपरेको बताएका छन् ।

मानव समुदायको उत्पत्ति र विकाससँगै नेपाली सभ्यता र संस्कृतिको विकास भएको सभामुख घिमिरेको भनाइ छ । उनले नेपालमा हजारौँ वर्ष पुराना संस्कार र संस्कृति भएका बताउँदै घिमिरेले त्यसको उचित उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

‘धर्म, संस्कार, संस्कृति र पर्यटनको हिसाबले नेपालमा विभिन्न महत्वपूर्ण स्थान छन् । तर ती ठाउँको प्रचार हुन सकेको छैन ।’, उनले भने, ‘यसको प्रचार गर्ने हो भने नेपाल पर्यटनको हिसाबले महत्वपूर्ण ठाउँ बन्न सक्छ । त्यसले नेपालको विकासमा कायापलट गर्न सक्छ ।’

त्यस्तै, सभामुख घिमिरेले यस्ता स्थानको संरक्षणमा प्रचारमा राज्यले मात्र नभएर समुदायले पनि भूमिका खेल्नु पर्ने बताएका छन् । त्यस्ता ठाउँका सम्पत्तिको संरक्षण र पारदर्शितामा ध्यान दिनु पर्नेमा उनले जोड दिएका छन् ।



Source link

बिहीबार ४९.१५ अंकले बढ्यो नेप्से, ११ अर्बमाथिको कारोबार


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री ११ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ९६ करोड ४७ लाख ३४ हजार ६ सय ८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै,  बिहीबारको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजको बजारमा गार्डियन माइक्रो लाइफसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।



Source link

गरिमा विकास बैंक ‘कर्पोरेट उत्कृष्टताका लागि मानव संसाधन पुरस्कार २०२४’ बाट सम्मानित


काठमाडौँ । गरिमा विकास बैंक ‘कर्पोरेट उत्कृष्टताका लागि मानव संसाधन पुरस्कार २०२४’ बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई ‘विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट उत्कृष्टता २०२४’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा २०८१ फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा उक्त कार्यक्रम आयोजना भएको हो । अवार्डको जुरी मेम्बरमा प्रो.डा. फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत भई हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) रहेका थिए।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको छ भने आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको छ ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।



Source link

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमयदर दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

नेपाली कागज बनाउन भ्याईनभ्याई (तस्विरहरू)


काठमाडौँ । विभिन्न सरकार कामकाज तथा हस्तकालका सामग्रीहरू बनाउनका लागि प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।

हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्ष देखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए ।

अर्डर अनुसार कागज बनाउने हो, कहिले काँही कच्चा पदार्थको अभाब हुन्छ, त्यसकारण माग अनुसार आपूर्ति गर्न सकिँदै थामीले बताए । कागज बनाउनका लागि पूर्वीनेपालबाट लोक्ता, र पश्चामनेपालबाट बाबियो जस्ता कच्चा पदार्थ आयात हुने गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link

शिवम् सिमेन्ट उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ बाट सम्मानित


काठमाडौँ । शिवम् सिमेन्ट उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ बाट सम्मानित भएको छ। फागुन १३ गते काठमाडौँमा कर्पोरेट क्लब नेपाल प्रालिद्वारा कर्पोरेट उत्कृष्टताका लागि मानव संसाधन पुरस्कार कार्यक्रम मार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक वर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ अवार्डबाट सम्मानित गरिएको हो ।

यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ ।

एनएस गुणस्तर पुरस्कार-२०१९
ऊर्जा र वातावरण दक्षता पुरस्कार-२०१९
उत्कृष्ट अन्तर्राष्ट्रिय नेतृत्व उपलब्धि पुरस्कार-२०२३, संयुक्त अरब इमिरेट्स (युएई), दुबई
महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार-२०२३, भारत
संगठन बिक्री उत्कृष्टता पुरस्कार-२०२३
वर्षको उत्कृष्ट व्यवस्थित कम्पनी-२०२२

५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओपिसि सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला-ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, नि:शुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपिसि सिमेन्ट बन्न सफल भएको हो ।



Source link

मोटरसाइकलको लाइसेन्स लिन अब १८ वर्ष पुग्नुपर्ने ! 


काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्ति गर्ने उमेरहद १८ वर्ष पुर्याउने तयारी गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन, २०८१ मा व्यवस्था गर्दै सवारी चालक अनुमति पत्र पाउने उमेरहद १८ वर्ष पुर्याउने तयारी गरेको हो । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा दुई पाङ्ग्रे सवारीको चालक अनुमति प्राप्त गर्न १६ वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था छ । तर, अब भने नयाँ ऐनमार्फत उक्त उमेरहद १८ वर्ष पुर्याउने तयारी गरिएको छ । 

ऐनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा समेत तयार गरेको छ । त्यस्तै, हाल ठुलो सवारीको चालक अनुमति पत्र प्राप्त गर्न उमेरहद २१ वर्ष तोकिएकोमा अब २३ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, मझौला तथा सानो सवारीको चालक अनुमति पत्रका लागि उमेरहद १८ वर्षबाट बढाएर २१ पुर्याउने प्रस्ताव गरिएको छ । 



Source link

समृद्धि फाइनान्स पोखरा शाखाको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न


काठमाडौँ । समृद्धि फाइनान्सको पोखरा शाखाले आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ। फाइनान्सको पोखरा शाखाले आफ्नो चौथो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाइएको थियो। उक्त अवसरमा शाखाले आफ्नो चार वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गरेको थियो।

शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ।

समृद्धि फाइनान्सको यो सफल यात्रा र आगामी योजनाहरूले वित्तीय सेवाको क्षेत्रमा अझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।



Source link

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको बैङ्कले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

पशुपतिमा एकैदिन १३ लाख भेटी संकलन, ५ लाखले गरे दर्शन 


काठमाडौँ । महाशिवरात्रीको दिन पाँच लाख भन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार २४ घण्टामा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका हुन् । 

शिवरात्रीको दिन पशुपतिमा १४ वटा लाइनबाट प्रतिघण्टा २२ देखि २४ हजारले दर्शन गरेका छन् । 

शिवरात्रीका लागि पशुपतिनाथ बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान २ बजेसम्म भक्तजनहरुका लागि खुला गरिएको थियो । यद्यपि यसवर्ष गत वर्षको तुलनामा कम भक्तजन दर्शनका लागि पुशपित पुगेको कोषले जनाएको छ । 

त्यस्तै, महाशिवरात्रीको दिन पशुपतिमा करिब १३ लाख भेटी संकलन भएको अनुमान गरिएको छ । तथापि भेटी गणना गर्ने कार्य अझैँ बाँकी रहेकाले यो रकम अझै बढ्ने देखिएको छ ।



Source link

सानो पशुपतिनाथको प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक (तस्विरहरु)


काठमाडौँ । महाशिवरात्रिको अवसरमा आज मख्खन स्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ । पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो ।

सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link