All posts by

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त


खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन्। आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन्। व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन्।  

एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउँछन्। उनले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाएका छन्।

‘शनिबार र आइतबार दुई दिनसम्म १६/१७ जनाले आलु खन्ने काम भएको छ,’ उनले भने, ‘एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ।’ उनले यस पटक चार क्विन्टल आलु लगाएका छन्। उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित छन्।

यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उनको अनुमान छ। रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गरेका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आएका छन्। शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उनले बताए।

‘आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन,’ उनले भने।  

उनले खुमलटार रातो जातको आलु लगाएका छन्। बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उनी बताउँछन्। पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्थे। हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थालेका छन्। रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उनले व्यावसायिक उत्पादनमा जोड दिएका हुन्। भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताए।  

आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उनको भनाइ छ। अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन्।  

यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ। पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन्। रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ।  

रामपुर–६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहेका छन्। उनले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राखेका छन्। रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन्। जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन्।  

रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन्। रासस

प्रकाशित: २६ फाल्गुन २०८१ १०:५३ सोमबार





Source link

‘समाजवादी–साम्यवादी अर्थव्यवस्थाले समृद्धि हासिल हुँदैन’


सन् २०२१ मा मैले भारतको आर्थिक सर्वेक्षण लेख्ने अवसर पाएको थिएँ, जुन ‘समृद्ध भारतका लागि नैतिक सम्पत्ति सृजना’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित थियो ।

मैले आज यहाँ नेपालका लागि पनि नैतिक सम्पत्ति सृजना (इथिकल वेल्थ क्रियसन) कति महत्वपूर्ण छ भन्ने विषयमा केही कुरा भन्दै छु । नेपालको मात्रै होइन, समग्र दक्षिण एसियामै समृद्धिका लागि नैतिक सम्पत्ति सृजना निकै महत्वपूर्ण हुन्छ ।
यो लेक्चरमा भाग लिन नेपाल आउँदा प्रभाकर राणा अत्यन्तै नैतिक उद्यमी हुनुहुन्थ्यो भन्ने कुरा पनि थाहा पाएँ । देशको समृद्धिका लागि यस्ता नैतिक उद्यमीहरुको ठूलो योगदान हुन्छ ।

शुरुमा म विश्व अर्थतन्त्रका विषयमा केही कुरा गर्छु । अहिलेका विश्वका आर्थिक पावरहाउसहरु आगामी दुई दशकपछि सोही शक्तिमा हुनेछैनन् । आगामी दिनमा यो संरचनामा निकै ठूलो फेरबदल आउनेछ ।

संसारमा यो परिवर्तन सन् २००८–२००९ को विश्व वित्तीय संकटबाट शुरु भएको हो । त्यसबेला सम्म विश्व अर्थव्यवस्थाका लागि व्यापार अत्यन्तै महत्वपूर्ण छ भन्ने कुरामा विश्वभरि नै सहमति थियो । तर, त्यसबेलादेखि यो सहमति हराएको जस्तो देखिन्छ ।

त्यसपछि संसारमा दुई ध्रुवमा देशहरु बाँडिएका छन्, एकथरि मुलुकहरु कानूनको शासनमा आधारित प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्छन्, अर्को किसिमका देशहरुमा प्रजातन्त्र नहुन पनि सक्छ । यी दुई ध्रुवीय केन्द्रमा विश्वअर्थतन्त्र अघि बढिरहेको छ ।

यसमा भारतले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपालले सांस्कृतिक समानता भएको एक मात्रै मुलुक भारत भएकाले यहाँ धेरै मानिसहरुलाई थाहा छ, भारत इतिहासमा कहिल्यै पनि आक्रमणकारी राज्य भएन ।

दोस्रो– सन् १९९१ मा सबैभन्दा खराब आर्थिक अवस्था हुँदासमेत भारतले आफ्नो ऋण दायित्व तिरिरह्यो । सन् १९९१ मा भारतसँग जम्मा २ साताको आयात धान्न सक्ने मात्रै विदेशी मुद्राको सञ्चिति थियो, तर उसले आफ्नो दायित्व सधैं भुक्तान गरिरह्यो ।

कौटिल्यले लेखेका थिए, ‘हे राजा, तिमी जाऊ र आर्थिक क्रियाकलापमा भइरहेको अवरोध हटाऊ । त्यसपछि मात्रै राज्य र नागरिक समृद्ध हुनेछन् ।

यही सांस्कृतिक आदर्शले भारतलाई विश्व अर्थतन्त्र तथा राजनीतिको नेतृत्वमा पुर्‍याउनेछ ।

भारतको यही नैतिक मूल्य र संस्कृति नेपालमा पनि रहेको देखिन्छ । यो कुरालाई महाउपनिषद्को यो श्लोकले स्पष्ट रुपमा व्यक्त गर्दछः

अयं निजः परो वेति गणना लघुचेतसाम्,

उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।

यसको अर्थ हुन्छ– सानो विचार हुनेहरु यो मेरो, यो पराया भनेर गणना गर्दछन्, उच्च चरित्र हुनेहरु संसारलाई नै एक परिवार मान्दछन् ।

भारत यही चेतनाका कारण अर्थतन्त्र तथा राजनीतिमा संसारकै नेता बन्नेछ ।

आर्थिक विकास वा वृद्धि किन महत्वपूर्ण हुन्छ भन्ने विषयमा यहाँ चर्चा गर्नु उचित हुन्छ । सन् १९९१ मा भारतले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यो भारतका लागि इतिहासमै सबैभन्दा खराब दिन थियो ।

त्यसअघि भारतमा लामो समयसम्म समाजवादी अर्थव्यवस्था थियो । अर्थशास्त्रीका रुपमा म कुनै संकोचविना भन्न सक्छु, संसारमा यस्तो कुनै मुलुक छैन, जसले समाजवादी वा साम्यवादी आर्थिक नीति अवलम्बन गरेर समृद्धि हासिल गरेको होस् । तथ्यांक तथा प्रमाणहरुले पूर्ण रुपमा यसलाई स्पष्ट पार्दछन् । राजनीतिज्ञ तथा नीति निर्माताहरुले यो स्पष्ट सन्देशलाई ग्रहण गर्नु आवश्यक छ ।

तपाईं पछिल्लो २ हजार वर्षको संसारको अर्थतन्त्रलाई हेर्नुहुन्छ भने सन् १७५० सम्म भारतले विश्वको अर्थतन्त्रको कम्तीमा पनि एक तिहाइ हिस्सा ओगट्थ्यो । त्यो बजार प्रणालीको सम्मान गरेकै कारण हासिल भएको थियो ।

सन् १९९१ पछि भारतले बजार अर्थतन्त्र अवलम्बन गर्‍यो । मैले त्यसलाई धार्मिक पुँजीवाद वा दक्षिणपन्थी पुँजीवाद भन्ने गरेको छु । कहिलेकाहीँ पुँजीवादले यस्तो अवस्थामा पुर्‍याउँछ, जहाँ धनीहरुले मात्रै लाभ प्राप्त गर्दछन् । त्यसो हुँदा समावेशी आर्थिक वृद्धि निकै महत्वपूर्ण हुन्छ । पछिल्लो १० वर्षमा भारतले साँच्चै समतामूलक र समावेश आर्थिक वृद्धि हासिल गरेको छ ।

केही तथ्यांकका आधारमा त्यसलाई हेरौंः विश्वबैंकको गरिबीको रेखाका आधारमा सन् २०१२ मा भारतमा १२ प्रतिशतभन्दा धेरै गरिबी थियो । अहिले त्यो एक प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो १० वर्षमा सम्पत्तिका आधारमा मात्रै होइन, उपभोगका आधारमा पनि भारतमा असमानता घटेको छ । शहर तथा ग्रामीण क्षेत्र दुवैमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

कोभिड महामारीपछि भारतले ७ प्रतिशतको बलियो आर्थिक वृद्धि हासिल गरिरहेको छ । सन् १९९१ मा भारतको अर्थतन्त्रको आकार २ खर्ब ७० अर्ब अमेरिकी डलर थियो, अहिले ४० खर्ब अमेरिकी डलर पुगेको छ । यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा छ ।

यो ठूलो परिवर्तन भारतले अवलम्बन गरेको दक्षिणपन्थी नैतिक पुँजीवादका कारण भएको हो, जसले बजारलाई सम्मान गर्छ र समतामूलक समृद्धि दिन्छ ।

मेरो बुवा भारतीय रेलवेमा काम गर्नुहुन्थ्यो । म आईआईटीमा पढ्न थालेपछि यो अब एलिट बन्नेछ र भारतको संस्कृति बर्सनेछ भन्ने चिन्ता बुवालाई भयो । त्यसपछि उहाँले भारतका ग्रन्थहरु मलाई पढाउनुभयो । त्यसो हुँदा भारतको सांस्कृतिक मूल्यमान्यता मलाई राम्रोसँग थाहा छ ।

भारतीय ग्रन्थहरु वास्तवमै आँखा खुलाउने खालका छन् । तपाईं पछिल्लो २ हजार वर्षको संसारको अर्थतन्त्रलाई हेर्नुहुन्छ भने सन् १७५० सम्म भारतले विश्वको अर्थतन्त्रको कम्तीमा पनि एक तिहाइ हिस्सा ओगट्थ्यो । त्यो बजार प्रणालीको सम्मान गरेकै कारण हासिल भएको थियो ।

कौटिल्य चन्द्रगुप्त मौर्यका आर्थिक तथा रणनीतिक चिन्तक थिए । उनले अर्थशास्त्र लेखेका थिए । त्यो पुस्तकमा कौटिल्यले लेखेका थिए, ‘हे राजा, तिमी जाऊ र आर्थिक क्रियाकलापमा भइरहेको अवरोध हटाऊ । त्यसपछि मात्रै राज्य र नागरिक समृद्ध हुनेछन् ।

समाजवाद र साम्यवाद पूर्वीय सांस्कृतिक तथा आर्थिक विचार होइनन् । यी युरोपबाट आयात गरिएका हुन् । थोरै मानिसहरुलाई मात्रै थाहा छ, कार्ल माक्र्स, जसलाई साम्यवादका पिता मानिन्छ, उनी जोसेफ एंगेल्सबाट पालित पोषित थिए । एंगेल्स आफैँ पुँजीवादी थिए । ‘कम्युनिष्ट घोषणापत्र’, ‘दास क्यापिटल’ लगायत सबै कम्युनिष्ट दस्तावेजहरु पुँजीपतिहरुको आर्थिक सहयोगमा लेखिएका थिए । पुँजीवादले सहयोग गरेको भए साम्यवादका कुनै पनि दस्तावेज सार्वजनिक हुन सक्ने थिएनन् ।

त्यसो हुँदा भारतको अर्थतन्त्रले अहिले जसरी प्रगति हासिल गरिरहेको छ, जो धार्मिक पुँजीवाद अवलम्बन गरेका कारण हासिल भएको हो ।

शास्त्रमा ‘धर्म, अर्थ, काम, मोक्ष’लाई पुरुषार्थ भनिएको छ । अर्थ भनेको सम्पत्ति हो । तपाईंको घरमा सन्दुष वा भल्ट छ भने त्यसमा तपाईं के लेख्नुहुन्छ, ‘शुभ लाभ’ । अशुभ लाभ त लेख्नुहुन्न । त्यसो हुँदा सम्पत्ति सृजना पूर्वीय संस्कृतिको जीवनशैलीमा जोडिएको छ ।

‘कम्युनिष्ट घोषणापत्र’, ‘दास क्यापिटल’ लगायत सबै कम्युनिष्ट दस्तावेजहरु पुँजीपतिहरुको आर्थिक सहयोगमा लेखिएका थिए । पुँजीवादले सहयोग गरेको भए साम्यवादका कुनै पनि दस्तावेज सार्वजनिक हुन सक्ने थिएनन् ।

हामी धनी हुने हो भने समाजवाद, साम्यवादजस्ता आयातित विचारहरुलाई अस्वीकार गर्नुपर्छ । हाम्रा पुर्खाले अवलम्बन गरेको विचार भनेको नैतिक पुँजीवाद हो, नैतिक सम्पत्ति सृजना हो । त्यसैले उनीहरुले ठूलो सफलता हासिल गरेका थिए, भविष्यमा पनि त्यही विचार अघि बढाउनुपर्छ । जसरी पनि सम्पत्ति आर्जन गर्ने होइन, नैतिक मूल्यमा रहेर सम्पत्ति आर्जन गर्ने कुरालाई प्रवद्र्धन गर्नुपर्छ । त्यसरी नाफा कमाउने कुरा उचित हो ।

नाफाखोरी र नाफाबीच धेरै फरक छ । नाफाखोरी खराब हो, नाफा आर्जन गर्नु सही हो । त्यसो हुँदा नाफाखोरी होइन, नाफा आर्जनलाई प्रोत्साहित गर्नुपर्छ ।

आर्थिक समृद्धिका लागि सम्पत्ति सृजना महत्वपूर्ण छ भन्ने कुरा बुझेपछि मात्रै उद्यमशीलताको महत्व हामी थाहा पाउँछौं ।

तपाईं घर जानुस् र तपाईंले खाने दाल र रोटी कहाँबाट आउँछ, विचार गर्नुस् । त्यो तपाईंले गरिरहेको रोजगारीले दिएको हो । त्यो रोजगारी कसले दिएको छ त ? कुनै सम्पत्ति भएको व्यक्ति वा राज्यले आफ्नो सम्पत्ति जोखिममा राखेर लगानी गरेको छ, त्यसकारण तपाईंले रोजगारी पाउनुभएको छ । तपाईं कुनै सम्पत्ति सृजना गर्ने मान्छेले रोजगारी दिएको छ, त्यसकारण तपाईंका बच्चा स्कुल जान पाएका छन् । त्यसैका कारण तपाईंले स्वास्थ्य उपचार गर्न पाउनुभएको छ, कतै घुम्न पाउनुभएको छ । त्यसो हुँदा हाम्रा नागरिकहरुले नैतिक सम्पत्ति सृजना कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्न जरुरी छ ।

मेरो बुवाले रेलवेमा जागिर नखानुभएको भए, म अहिले यो स्थानमा हुने थिइनँ ।

(नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थाका संस्थापक अध्यक्ष तथा नेपालका प्रतिष्ठित उद्यमी स्व. प्रभाकर शमसेर जंगबहादुर राणाको स्मृतिमा आइतवार आयोजना गरेको ‘पहिलो प्रभाकर राना मेमोरियल लेक्चर’ मा आईएमएफका कार्यकारी निर्देशक तथा भारत सरकारका पूर्वप्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमुर्ति भेंकटा सुब्रमनियनले दिएको प्रवचनको सम्पादित अंश) ।





Source link

स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’को परिचर्चा


स्रष्टा साँझ अमेरिकाले स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’ लघुकथा अन्तर्वार्ताहरूकाे परिचर्चा  गरेको छ। स्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम प्रविधिमार्फत् मुक्तकमणि तीर्थराज अधिकारीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो।

लघुकथा गान बजाएर सुरु गरिएको सो कार्यक्रममा परिचर्चाकारहरू वन्दना घिमिरे, शेखर अर्याल, असफल गौतम, खेमराज पोखरेल, डा. अमरबादुर कार्की रहेका थिए।

परिचर्चाकारहरूले पुस्तकमा पाइने नयाँ कुराहरू, अन्तर्वार्ता र लघुवार्ताको अवधारणा र किताबमा पाइने विशेषता र कमजोरी पक्षबारे आआफ्ना विचार प्रस्तुत गरेका थिए। लघुवार्ता पुस्तक एउटा ऐतिहासिक कृतिका रूपमा आत्मसात् गर्दै परिचर्चाकारहरूले समग्रमा पुस्तकका २४ स्रष्टाको विचारले लघुकथाको अन्तर्य बुझाएको, लघुकथा लेखनमा प्रोत्साहन बढेको, लघुकथाको अनुसन्धानको पाटो खोलेको लघुकथा विधाको विकासका लागि वार्ता उपयोगी रहेको, लघुकथाको विगत, वर्तमान र आगतको आङ्कलन गरेको एउटा उपयोगी र पठनीय पुस्तककाे  रूपमा चर्चा गरे।

पुस्तकमा धेरै विशेषताहरू पाइए पनि केही विचारले भने विधामा भ्रम छर्ने अवस्था देखिएको, लघुकथाको वर्तमान परिस्थितिमा उठेका विवाद र चुनौतिलाई प्रश्न नउठाएको, हाम्रो लघुकथा केन्द्र नेपाललाई केन्द्रित गरिएको र विचारकहरूको व्यक्तिगत विषय उल्लेख भएको, समावेशीभन्दा पनि विज्ञतालाई छान्न सक्नु पर्थ्यो भनेर कमजोरी औंल्याउँदै सुझाव राखेका थिए।

कृतिका सम्पादक प्राडा कपिल लामिछानेले लघुकथाको क्षेत्रमा नयाँनयाँ कुराको खोजी गरिरहन रुचाउने अन्तर्वार्ताकार अपुरोलाई कोलम्बसको संज्ञा दिँदै पुस्तकप्रति आफ्नो धारणा राखे। साथै सम्पादन गर्नुपरेको अवस्थाबारे अनुभव बाँडेका थिए।

प्रा. विश्वराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा डा. कुसुमाकारले अन्तरवार्ताकारलाई बधाई दिएका थिए। कार्यक्रममा अतिथिहरू नवराज शर्मा, लता केसी, सिद्धान्त चौधरीको उपस्थिति रहेको थियो।

अन्तरवार्ताकार अपुरोले आफूले धेरै समयदेखि विभिन्न व्यक्तित्वको अन्तर्वार्ता लिँदै आएको बताउदै परिचर्चाकार, आयोजक र उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

कार्यक्रमका अध्यक्ष अधिकारीले विद्वानहरूले परिचर्चामा सहभागिता जनाएकाेमा खुसी व्यक्त गर्दै अन्तरवार्ताकारलाई शुभकामना र बधाई दिएका थिए।

प्रकाशित: २६ फाल्गुन २०८१ ११:०७ सोमबार





Source link

एक थिए राजा – Online Khabar


‘ओई, यो रुखको टुप्पामा चढ्न सक्छस् ?’ साथीले चुनौती दिन्थ्यो । धरहरा जस्तै अग्लो र सुरिलो रुख देखेर हाम्रो नौनाडी गल्थ्यो । अनि हामी रक्षात्मक जवाफ यसरी फर्काउँथ्यौं, ‘म त के, राजा पनि चढ्न सक्दैन ।’

‘एक गाग्रो पानी  स्वाट्टै पिउन सक्छस् ?’ ख्यालख्यालैमा साथीले हामीलाई चिढ्याउन खोज्थ्यो । पराजित मानसिकता बोकेर हामी लाचार लवजमा भन्थ्यौं, ‘म त के राजाले पनि पिउन सक्दैन ।’

एक थाल बासी भात देखाउँदै साथीले हामीसँग पंगा लिन्थ्यो, ‘एकै गाँसमा यो सबै खान सक्छस् ?’ हामीमा यतिका अलौकिक सामर्थ्य कसरी हुनसक्थ्यो र ? उही राजालाई अगाडि सारेर आफ्नो बचाउ गर्थ्यौं, ‘मुला, यो त राजाले पनि खान सक्दैन नि !’

राजा, बाल्यकालमा हामीलाई सधै बचाउ गर्ने अदृश्य शक्ति थियो । जब–जब हामीलाई आफ्नो औकातभन्दा ठूलो समस्या आइलाग्थ्यो, तब हामी राजालाई बीचमा उभ्याउँथ्यौं । र हरेक अप्ठ्यारामा सजिलैसँग यसरी उम्कन्थ्यौं, ‘म त के, राजाले पनि गर्न सक्दैन ।’

राजा कस्ता छन् ? कत्रा छन् ? के खान्छन् ? कहाँ बस्छन् ? हामीलाई थाहापत्तो थिएन । हामीलाई यतिमात्र थाहा थियो, यो दुनियाँमा राजा भन्दा शक्तिमान कोही छैनन् ।

तुफान भन्दा तेज, धर्ती भन्दा भव्य, हिमालभन्दा अग्लो, चट्टान भन्दा चाम्रो । कहिल्यै नहार्ने, कहिल्यै नझुक्ने, कहिल्यै नभाग्ने, कहिल्यै नथाक्ने हाम्रा लागि राजा एक अजम्बरी पात्र थिए । सायद दक्षिण भारतीय फिल्मका तिलस्मी हिरो जस्तै । ‘इन्ट्री’ गर्दा जमिन थर्कने, भूँमरी उठ्ने, समय टक्क रोकिने । अनि स्लो मोसनको एक प्रहारमा सय जना भुसतिघ्रेहरुलाई धुलोपिठो बनाइदिने ।

‘छक्का पञ्जा’का राजा जस्तो होइनन्, जो राजसंस्थाको विधिवत् पटाक्षेपपछि पनि यथास्थितिमा छन् । चानचुन तीन लाखको बाइकमा हुइँकिएर आदर्शको गफ छाट्ने बुढोकन्या राजा हो र ? हाम्रो बाल मस्तिष्कमा आफ्नो सत्ता कब्जा गर्न आएका राजा त सबैभन्दा श्रेष्ठ थिए । जे पनि गर्न सक्ने । जहाँ पनि पुग्न सक्ने । जसले भनेको पनि मान्ने ।

हामीले हाम फाल्न नसकेको भीरमा उनले छलाङ मार्न सक्थे । हामीले खान नसकेको खुर्सानी उनले एकै गाँसमा चपाउन सक्थे । हामीले झटारो हान्दा पनि झार्न नसकेको आरु बखडा उनले भुँइमा बसी बसी टपक्क टिप्न सक्थे । हामीले पासो थापेर पनि मार्न नसकेको चरो उनले उड्दा–उड्दै च्याप्प समाउन सक्थे ।

हामी कल्पन्थ्यौं, ‘यस्तै राजा हुन पाए कस्तो मज्जा आउँथ्यो !’

जस्तोसुकै रुखमा चढेर पनि हामी काट्न सक्थ्यौं होला । किताब नै नपढी सरले सोधेको कुरा फटाफट भन्न सक्थ्यौं होला । दोलाखे बाजेको दोकानबाट सजिलै चाउचाउ चोरेर खान सक्थ्यौं होला ।

एकदिन मैले अलि सानो स्वरले बुबालाई सोधेको थिएँ, ‘राजा हुन के गर्नुपर्छ ?’

पूर्व प्राथमिक तहका शिक्षक भएको नाताले हुनुपर्छ, बुबाको जवाफ थियो, ‘धेरै पढ्नुपर्छ ।’

हामी केटाकेटीलाई मात्र होइन, वयस्कहरुलाई पनि ‘राजा’ बन्न उल्कै रहर लाग्दो हो । एक जना राई कान्छा थिए, बलियो–बाङ्गो । इमानी, पौरखी र सुभानी पनि ।  तर रक्सीले स्नायुतन्त्र उत्तेजित बनाएको बेला ऊ यसरी धमास दिँदै हिँड्थ्यो, ‘आई एम द किङ अफ द जसबीरे ।’ अर्थात ‘म जसबीरेको राजा हुँ, कोही छ खेल्ने ?’

थाहा छैन, बेबी बुमर्स र मिलेनियल्स भनिने दुई पुस्तामा कसरी राजा यति ग्ल्यामरस भइदियो ?

हामीले राजा कहिल्यै देखेका थिएनौं । भेटेका थिएनौं । तर नदेखेका, नभेटेका राजा हामीलाई भयङ्कर ठूलो लाग्थ्यो । किन लाग्थ्यो ?

किनभने हामीले पढ्ने किताबहरुमा, हामीले सुन्ने कथाहरुमा, हामीले खेल्ने खेलहरुमा राजाले मूख्य भूमिका निर्वाह गरेका हुन्थे । राजाको चरित्र निर्माण यति भव्य एवं बिराट थियो, हामी त्यसप्रति सजिलै सम्मोहित हुनपुग्थ्यौं । हाम्रा लागि त्यो अदृश्य राजा हलिउडले विनिर्माण गरेको सुपरहिरो भन्दा कम थिएन ।

हाम्रो बाल मस्तिष्कमा राजा यस्तो आइडल बनेर विराजमान भइदियो, मानौं हामी राजा बन्नकै लागि लिगलिगे दौडमा सामेल छौं । धेरै पढेर हुन्छ कि, सबैले भन्दा छिटो भात खाएर हुन्छ कि, अरुले भन्दा ठूलो भारी बोकेर हुन्छ कि हामी ‘राजा’ बन्ने स्पर्धामा लागिरह्यो ।

हामी युवा भयौं, वयस्क भयौं । तैपनि बाल्यकालको ह्याङओभरले छाडेन ।

राजा, भौतिक भन्दा पनि बढी भावनात्मक चरित्र हो । यसले सर्वोच्च पात्रको प्रतिनिधित्व गर्छ । यस्तो पात्र, जसमा छुट्टै आकर्षण छ । त्यसैले त हरेकलाई कुनै न कुनै मोडमा लाग्छ, ‘म राजा हुँ !’

वैभव र रवाफको जगमा राजाको उदय हुन्छ । भनिन्छ, जंगलका राजा सिंहलाई मात्र यति कुरा बोध छ ‘म राजा हुँ ।’ जबकि जनावरको अधिराज्यमा सबैभन्दा तेज दौडने चितुवा छ, सबैभन्दा अग्लो जिराफ छ, सबैभन्दा विशाल हात्ती छ । तैपनि किन सिंह नै राजा ?

किनभने उसले ठान्छ ‘म राजा हुँ ।’

सकारात्मक रवाफ र आत्मविश्वासले हरेकलाई राजा बनाउन सक्छ ।

राजा बन्न कसलाई मन लाग्दैन ?

राजा बन्न त्यस्तो उधुमै केही गर्न पनि पर्दैन । कुनै ठूलो युद्ध जित्न पर्दैन । बस्, कसैको मन जितिदिए पुग्छ । तब उनीहरुले नि:सर्त भनिदिन्छन्, ‘मेरो मनको राजा ।’

वास्तवमा राजा मनमै विराजमान हुने एक आदर्श पात्र हुन् । जब कसैले कसैको मन जित्छ भने ऊ नै उनको राजा हुन्छ । तर, हामीकहाँ भिलेनको चरित्र निर्वाह गरेर राजा बन्ने प्रयास गरिन्छ । चाहे त्यो सिनेमामा होस् वा राजनीतिमा ।





Source link

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यस वर्ष ढिलो फूल फुल्दा…


मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन्। घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरू यतिखेर फूल फुलेर सेताम्मे भएका हुन्। विगतका वर्षहरूमा भन्दा यस वर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरू फुल्न थालेको हुन्।

मुख्य रूपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ। जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो। मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ। मुस्ताङका कृषकहरूको आर्थिक विकासमा टेवा पुर्‍याउन र फलफूल तथा तरकारी खेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ।

वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन्। केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा बिस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन्। यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन्। तर, यहाँका स्याउ बोटहरुमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ।

जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यस प्रकारको अधिकांश जातका फूल फुल्ने चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। केन्द्रमा उत्पादन हुने अधिकांश जातहरू हाईचिलिङअर्थात अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरू रहेको उनको भनाइ छ। उनले यस प्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताए।

केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरुमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूलअन्तर्गत पर्दछ। यी मुख्य फलफूलअन्तर्गत आरु फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ। आरुबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ। खुर्पानी सक्करपारा जातमा पर्दछ। केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्य गरी पाइने यसप्रकारको जात महत्वपूर्ण जातको रूपमा रहेको जानकारी दिए।

समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यस प्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खुलाए। ‘जलवायु प्रभावले जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम केही छिटो होकी भन्ने अनुभूति गरेका छौ,’ केन्द्र प्रमुख आत्रेयले थने, ‘बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका फूलफूल जातहरू माथि माथि सर्दै जान थालेको छ।’

उनले अनुकूल समयमा एकदुई फेरि आंशिक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताए। केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यस प्रकारका जातलाई प्रशोधित वस्तु तयार गरी बिक्री वितरण गर्ने काम गर्दै आइरहेको जानकारी दिए।

केन्द्रले खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने गरेको छ। यसैगरी आरुबखडाको वाइन बनाउने गरिएको छ। आरुको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दै आइरहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे।

प्रकाशित: २६ फाल्गुन २०८१ ११:१३ सोमबार





Source link

२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी


जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव । फाइल फोटो


२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको जसपा नेपालले जनाएको छ ।

त्यसका लागि विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको छ । प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’को व्यवस्था प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको हो ।

संशोधित विधानअनुसार जसपा नेपालले थप २ जना उपाध्यक्ष र १ महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने बस्नेतले बताए ।

संशोधित धारा २९ को उपधारा ३ अनुसार संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको छ ।





Source link

पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल


जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ। 

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ।

संशोधित विधानअनुसार जसपा नेपालले थप २ जना उपाध्यक्ष र १ महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने बस्नेतले बताए।

संशोधित धारा २९ को उपधारा ३ अनुसार संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको छ।  

प्रकाशित: २६ फाल्गुन २०८१ ०९:०६ सोमबार





Source link

एक करोड बीमा गरेर आफैंले लगाए पसलमा आगो – Online Khabar


२६ फागुन, पोखरा । बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आफैं आगो लगाएको अर्को घटना पोखरामा दोहोरिएको छ ।

गत पुसमा मात्र पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो । यही फागुन ११ गते हबमा आगलागी भएको थियो ।

यसका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए । नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बीमा रकम दाबी गर्ने गलत मनसाय राखेको अभियोगमा प्रहरीले सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ ।

यसअघि गत साउन १६ गते बिहान पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यसरी नै सञ्चालक आफैंले आगो लगाएको घटना सार्वजनिक भएको थियो ।

स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको बताइएको थियो । त्यो बेला गहतराजले ‘इन्भर्टर सर्ट’ भएर आगो लागेको बताएपछि प्रहरीले आशंका गर्दै अनुसन्धान थालेको थियो ।

अनुसन्धानपछि पसलमा घाटा खाएपछि बीमाबापतको रकम दाबी गर्ने गलत मनसायले आफैंले आगो लगाएको अभियोगमा गहतराज र उनलाई सघाउने पवन नेपाल पक्राउ परेका थिए । अहिले उनीहरु पुर्पक्षका लागि थुनामा रहेको एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

अहिले शर्माले पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे खुलाएको तथ्यमाथि आशंका भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । कामदार बिदामा रहेको अवस्थामा रमेश आफैंले आगो लगाएको पाइएको कास्की प्रहरी प्रमुख एसपी ओलियाले जानकारी दिए ।

22
रमेश शर्मा

‘गत माघ महिनामा इन्सुरेन्स गराएको पाइयो । त्यही रकम दावी गरी लिने दूषित मनसायका साथ शर्माले आइटी हबमा आफैंले आगो लगाएको आशंका भयो,’ एसपी ओलियाले भने, ‘बीमा रकम दाबी गर्नकै लागि आफैंले आगो लगाएको प्रमाणहरु फेला परेपछि पक्राउ गरी ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएका छौं ।’

शर्माले पोखरा–२७ तालचोकमा पनि शर्मा आइटी हब सञ्चालन गर्दै आएका थिए । जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ घर भएका रमेशले ५ वर्ष अगाडिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेका थिए । त्यहाँ ६ जना कामदारसमेत छन् ।

उनै शर्माले गत पुसमा न्युरोडमा पसल खोलेर माघमा बीमा गरी फागुन १९ गते आफैंले पसलमा आगो लगाएको पाइएको एसपी ओलियाले जानकारी दिए ।

न्युरोडको पसलमा २ जना कामदार थिए । उनीहरु बिदामा रहेका बेला मोबाइल चार्जमा राखेर ट्वाइलेट गएर फर्किँदा केही आवाज आई आगो लागेको बेहोरा उल्लेख गर्दै रमेशले बीमा रकम दाबी गरेर निवेदनसमेत दिएको पाइएको थियो ।

घटनाको प्रकृति अध्ययन, घटनास्थल विवरण शंकास्पद भेटिएपछि प्रहरीले सञ्चालकमाथि नै अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि आफैंले आगो लगाएको प्रशस्त आधार प्रमाण भेटिएर उनलाई पक्राउ गरिएको एसपी ओलियाको भनाइ छ ।





Source link

चुनौतीबीच चुलिँदो चीन | Nagarik News


हरेक वर्षजसै वसन्त पर्व बिदा हुन्छ, चिनियाँहरू अर्को एउटा महत्त्वपूर्ण  राष्ट्रिय पर्वको प्रतीक्षामा हुन्छन्। मार्च लागेसँगै बेइजिङमा बस्ने दुई सदन अधिवेशन चिनियाँका लागि वसन्त पर्व जस्तै अर्को महत्त्वपूर्ण पर्व बन्दै आएको छ। राष्ट्रिय जनसभा (एनपिसी) र चिनियाँ जनराजनीतिक सल्लाहकार सम्मेलन (सिपिपिसिसी)को वार्षिक अधिवेशन दुई सदन अधिवेशनको नामले चर्चित छ। राष्ट्रिय जनसभा चीनको सर्वोच्च व्यवस्थापिका हो र जनसभाको वार्षिक अधिवेशनले बितेको वर्षको समीक्षा गर्दै आगामी वर्षको निम्ति राज्यका प्राथमिकता, नीति, बजेट र कार्यक्रम पारित गर्छ।

जनराजनीतिक सल्लाहकार सम्मेलन भने विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका चिनियाँ नागरिकहरूको वार्षिक सम्मेलन हो जसका प्रतिनिधिले चीन सरकारलाई आआफ्ना क्षेत्रका उपलब्धि र समस्याबारे ध्यानाकर्षण र सल्लाह दिने गर्छ, जसले चीनको नीति निर्माणमा विशेष महत्त्व राख्छ। ठूला आकारका औपचारिक बैठकसँगै त्यस क्रममा बसिने अन्य ससाना बैठकहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। त्यस्ता बैठकमा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूसँग सरकारको नेतृत्वले प्रत्यक्ष संवाद गर्छन्।

यही बेला विभिन्न क्षेत्रका प्रतिनिधिहरू आआफ्ना क्षेत्रका उपलब्धि र समस्याका भारी नेतृत्वसमक्ष बिसाउँछन्, छलफल गर्छन् र फेरि उपलब्धिको भारी बोकेर आआफ्ना क्षेत्रमा फर्कन्छन्। अधिवेशनको समयमा बेइजिङमा व्यस्त रहने प्रतिनिधिहरू अधिवेशन सकिएपछि भने आआफ्ना क्षेत्रमा फर्कन्छन्, राजधानीमै बसिराख्दैनन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अग्रपृष्ठमा अमेरिका र युरोपबीच गहिरिँदो विभाजनका समाचार भंगेरी अक्षरमा छाप्दै गर्दा ‘पूर्वको ड्रागन’ भने अत्याधुनिक प्राविधिक उद्योग, जनमुखी विकासको दर्शन र बृहत् आर्थिक कार्यक्रम कार्यान्वयनबारे मार्च पहिलो सातादेखि सुरु भएको दुई सदन अधिवेशनमा बहसमा व्यस्त छ।

अमेरिकी टम्प प्रशासनले चीनविरुद्ध नयाँ व्यापार युद्ध घोषणा गर्दै गर्दा बेइजिङमा भेला भएका चीनभरिका प्रतिनिधिहरू त्यसको प्रतिवाद गर्ने बलियो आत्मविश्वासका साथ आगामी वर्षका लागि नीति निर्माणमा जुटेका थिए। यसबीच चिनियाँ विदेश मन्त्री वाङ यी आत्मविश्वासयुक्त देखिएका छन्। बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थिए एकातिर चीनलाई रिझाउने र अर्कोतिर चीनलाई दबाउने सपना कसैले नदेख्दा हुन्छ।

वसन्त पर्वको सेरोफेरोमा सार्वजनिक दुईवटा समाचारले चिनियाँहरूका लागि यस वर्षको पर्व थप विशेष बनायो। ‘डिपसिक’ नामको कृत्रिम बौद्धिकता (एआई) प्रविधि र ‘न्ह चा’ नामको एनिमेटेड चलचित्रले संसारभर फैलाएको हलचलले दुई सदन बैठकमा पनि प्रभाव पार्‍यो। फलतः सरकारले सदनमा प्रस्तुत गरेको प्रतिवेदनमा चीनले अत्याधुनिक प्राविधिक क्षेत्रमा हासिल गरेका उपलब्धिलाई अझ गति दिने घोषणा गर्‍यो।

अमेरिकाले एआई प्रविधिका निम्ति अत्यावश्यक चिप्स प्रविधि चीनले सहज उपयोग गर्ने भयले प्रतिबन्धको हतियार प्रयोग गर्दा पनि चिनियाँ वैज्ञानिकहरूले अमेरिकी एआई कम्पनीहरूले भन्दा निकै सस्तोमा च्याटजिपिटी जस्तै एआइ जेनेरेटिभ प्रविधिको विकास गरेपछि संसारले देखेको पछिल्लो प्रविधिमा चीनले नेतृत्व गर्न सक्ने देखिएको छ।

खासमा डिपसिक सार्वजनिक भएयता पनि चीनमा उस्तै एआई आधारित प्रविधिको विकासका समाचार (जस्तै– पछिल्ला दिनमा मानुस नामको चिनियाँ प्रविधिको चर्चा  बढ्दो छ) को ओइरोले डिपसिक आरम्भ मात्र भएको देखिँदैछ। एआई प्रविधिमा चीनले अमेरिकाले सोचेभन्दा बढी उपलब्धि हासिल गरिसकेको लगातारका यस्ता नयाँ खबरले पुष्टि गर्दैछ। एआई प्रविधिमा चीनले हासिल गरेको उपलब्धिले पश्चिमा देशलाई आश्चर्यचकित तुल्याएको छ।

चीनका विदेश मन्त्री वाङले अन्तर्राष्ट्रिय मञ्चहरूमा बारम्बार डिपसिकको चर्चा गर्नुले चिनियाँ नेतृत्व पनि यस्ता उपलब्धिबाट खुसी भएको देखिएको छ। परिणामतः चीनले आगामी वर्षमा औद्योगिक क्रान्ति ४.० र कृत्रिम बौद्धिकतालाई एकसाथ अघि बढाउने निधो यसपालिको अधिवेशनले गरेको छ।

चिनियाँ अर्थतन्त्रको आकार र विकासको चरणले आज उसलाई दुई दशकअघि जस्तै दैनिक उपभोग्य वस्तुको उत्पादन र आपूर्तिमा मात्र सीमित रहने छूट दिँदैन। अत्याधुनिक विज्ञान प्रविधिमा फड्को नमार्ने हो भने उसले आजसम्म पाएका उपलब्धि जोगाउनसमेत उसलाई कठिन हुन सक्छ। अर्थतन्त्रको तीव्र विकास र मध्यम वर्गको विकाससँगै चिनियाँ आवश्यकता पनि बदलिँदै गएको छ। उपभोग्य वस्तुका प्रकृति र तरिका फेरिएका छन्।

संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेपछि चीनको स्वाभाविक प्रतिस्पर्धी पहिलो अर्थतन्त्र अमेरिका बनेको छ। त्यस कारण चीन हरेक क्षेत्रमा अमेरिकाभन्दा कसरी अब्बल ठहरिने भन्ने प्रतिस्पर्धामा छ। उदाहरणका लागि यस वर्षको अधिवेशनमा प्रस्तुत सरकारी कार्यक्रममा उल्लेख गजेल र युनिकर्न कम्पनीहरूको विकास गर्ने सरकारी घोषणालाई लिन सकिन्छ।

 सामान्य शब्दमा भन्दा कम्तीमा एक लाख अमेरिकी डलरबाट कारोबार सुरु गरेर चार वर्षको अन्तरालमा वार्षिक कम्तीमा २० प्रतिशतका दरले तीव्र आर्थिक वृद्धि गरेका कम्पनीहरू नै गजेल कम्पनीहरू हुन् भने एक अर्ब अमेरिकी डलरभन्दा माथिका निजी प्रारम्भिक कम्पनीलाई पुँजी बजारमा युनिकर्न भनिन्छ।

गजेल र युनिकर्न कम्पनी भन्नाले आजभोलि प्रतिभाशाली मानिसहरूले नवीन सोचका साथ थालेका नयाँ कम्पनीहरूलाई बुझिन्छ जसले रोजगारी सिर्जनामा पुराना शैलीका कम्पनीहरूले भन्दा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। अधिकांशतः त्यस्ता कम्पनीहरू अत्याधुनिक प्रविधि, सूचना प्रविधि, खाद्य परिकार, सेवा उद्योगसँग सम्बन्धित छन्। हुरन नामको अनुसन्धान संस्थाले गरेको अध्ययनअनुसार संसारका प्रमुख ५२५ गजेल कम्पनीमध्ये २०१ वटा अमेरिकाका छन् भने १७१ वटा चिनियाँ छन्। संसारका चर्चित गजेल कम्पनीहरू भएका बीस सहरमध्ये चीनका सात सहर पर्छन्।

चीनमा उच्च शिक्षा हासिल गरेका र दैनिक जीवनमा अत्याधुनिक प्रविधिसँग गहिरो हेलमेल भएका युवाहरूको संख्या बढेसँगै उनीहरूलाई सुहाउने रोजगारी सिर्जनाका निम्ति यस्ता कम्पनीलाई जोड दिनु चीन सरकारको आवश्यकता बनेको छ। यसले प्रतिभाशाली चिनियाँ युवाहरूलाई अत्याधुनिक प्रविधिको फराकिलो अध्ययन÷अनुसन्धानमा लाग्न उत्साहित गर्नेछ, जसले विशेषतः कोभिडपछि चिनियाँ अर्थतन्त्रमा देखापरेको रोजगारी समस्या समाधान गर्न ठूलो मद्दत गर्ने देखिन्छ।

विज्ञान प्रविधिमा आधारित उत्पादनमूलक र सेवामुखी उद्योगको विकासले मात्र चीनमा नवीन ढाँचाका रोजगारी सिर्जना गर्न सक्ने र यसले चिनियाँ युवाहरूलाई विदेश पलायन हुन मात्र जोगाउने होइन, बरु संसारभरका प्रतिभावान जनशक्ति चीनप्रति आकर्षित हुनेमा चिनियाँ नेतृत्व स्पष्ट छन्।

प्रतिभाशाली, अन्वेषणमुखी र नवीन सोचका नागरिकलाई चीन सरकारले आफ्नो क्षेत्रमा विशिष्ट योगदान गर्न उत्साहित गर्दाको अर्को परिणाम हो, पछिल्लो समय संसारको चलचित्र उद्योगमा हलचल ल्याउन सफल एनिमेसन चलचित्र ‘न्ह चा’। चीनका विषयमा यसअघि पनि एनिमेटेट चलचित्र धेरै बनेका छन्। तर अत्याधुनिक प्रविधिमा चिनियाँहरूको सीमित पहुँचका कारण त्यस्ता चलचित्र चिनियाँ विषयका भए पनि चिनियाँ स्वाद कम, पश्चिमा बुझाइ बढी हाबी थियो। तर, न्ह चा भने चिनियाँ युवाहरूले चीनमै बनाएको चलचित्र हो जसमा प्रयुक्त प्रविधिले यो क्षेत्रका सबै विज्ञलाई चकित बनायो।

फलतः यो संसारकै बक्स अफिसमा यसअघिका धेरै रेकर्ड तोड्न सफल भयो। न्ह चा चलचित्रमार्फत चिनियाँहरूले आफ्ना कथा मात्र भनेनन्, बरु विज्ञान प्रविधि क्षेत्रमा चिनियाँ युवाहरूको निपुणताको कथा पनि संसारलाई सुनाएका छन्।

यसरी प्रविधि विस्तारमा जोड दिँदै गर्दा सँगै चीनले पर्यावरणमैत्री विकासलाई पनि जोड दिएको छ। अधिवेशनमा प्रस्तुत रिपोर्टमा शून्य कार्बनका औद्योगिक क्षेत्र र कारखानाहरू बनाउने कुरालाई निरन्तरता दिइएको छ। चीनलाई यो शताब्दीको मध्यसम्ममा एउटा विकसित, सभ्य, प्रविधिमा आधारित, पर्यावरणीय सुन्दर देश बनाउने चिनियाँ सपनाअनुसार अहिले औद्योगिक विकासलाई पर्यावरण संरक्षणसँगै अघि बढाउने नीति कार्यान्वयनमा छ। विद्युतीय यातायातका साधनमा चीनले मारेको फड्को यसको व्यावहारिक कार्यान्वयनको उदाहरण हो। आज चीनका सडकमा मात्र होइन, संसारका धेरै देशका सडकमा चिनियाँ पर्यावरणमैत्री सवारी साधन गुडिरहेका छन्।

पूर्वाधार र आर्थिक विकाससँगै पश्चिमा समाजले भोगेको पारिवारिक र सामाजिक विग्रह र विखण्डनप्रति चिनियाँ नेतृत्व सजग देखिन्छ। आर्थिक विकासको दौडमा विवाह, छोराछोरीप्रति नागरिकको सामाजिक भावना कमजोर बन्दा अन्ततः राज्य र देश नै कमजोर हुने अनुभव अफिम युद्धदेखि जापानी उपनिवेशको एक नमीठो शताब्दी छिचोलेका चिनियाँहरू सजग हुुनु स्वाभाविक हो।

चिनियाँ सभ्यताको आधार परिवारप्रति नयाँ पुस्ताको मोह कम हुनुमा चिनियाँ नेतृत्व गम्भीर छ। यस वर्षको कार्यक्रममा उल्लिखित शिशु स्याहार अनुदानले चीनको घट्दो जन्म दरप्रति सरकारको चासो प्रतिविम्बित छ। त्यस्तै सानै उमेरदेखि बहुआयामिक शिक्षा दिन विद्यालय शिक्षामा सुधारका कार्यक्रम रिपोर्टमा उल्लेख छन्।

सन् १९४९ देखि दुई सदन अधिवेशन चीनको नियमित शासकीय प्रक्रिया बन्दै आएको छ। यसबीच चीनले समयका अनेकन आरोह अवरोह पार गर्‍यो। चिनियाँ पुनःउत्थानको प्रतिबद्धताका साथ योजनाबद्ध विकासको बाटोमा अघि बढेको चीनका निम्ति दुई सदन अधिवेशन सधैँ महत्त्वपूर्ण आधारशिला बन्दै आएको छ।

विश्व राजनीतिमा चीनको भूमिका आज बदलिइसकेको छ। बलियो आर्थिक शक्तिका रूपमा चीनको उदयसँगै बेइजिङको आवाजले पनि विश्व राजनीतिमा गह्रुँगो महत्त्व बोक्न थालेको छ। चिनियाँ राजनीतिमा दुई सदन अधिवेशनको अहं भूमिकाका कारण चिनियाँ विदेश नीतिमा पनि यसको सम्बन्ध गाँसिन पुग्छ। चीनको फैलिँदो अन्तर्राष्ट्रिय सम्बन्धसँगै दुई सदन अधिवेशनप्रतिको चासो चीनको भौगोलिक सीमाभन्दा निकै फराकिलो बन्दै गएको छ।

प्रकाशित: २६ फाल्गुन २०८१ ०९:२७ सोमबार





Source link

क्रेस्ट माइक्रोलाइफको आईपीओमा १० गुणा आवेदन, आज अन्तिम दिन


२६ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओमा १०.४ गुणा बढी आवेदन परेको छ । यसमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ ।

अन्तिम दिन बाँकी रहँदा कम्पनीको आईपीओमा १५ लाख ९० हजार ५९४ जनाले आवेदन दिएका छन् । कुल १८ लाख ४५ हजार कित्ताका लागि आवेदन खुलाइएकोमा १ करोड ९२ लाख ५७ हजार ११० कित्ता माग भएको छ ।

अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो । अनलाइन प्रणाली मेरोसेयरमार्फत सोमकार कार्यालय समयसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ । गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ ।





Source link

नगर प्रमुख त्रिपाठीले ऋण लिएर ठेकेदारलाई भुक्तानी


भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो।  

नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उनले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ। ‘वर्षायाम लाग्ने बेला हुँदा समेत सडक अलपत्र भएपछि यस्तो निर्माण गरेको हुँ, नगरवासीलाई सहज यात्रा गर्ने वातावरण बनाउने दायित्व पूरा गरिरहेको छु,’ नगर प्रमुख त्रिपाठीले भने।  

काम छिटो पूरा गर्न ठेकेदारलाई निर्माण सामग्री खरिद गर्नको लागि रकम अभाव नहोस् भनेर नगर प्रमुख त्रिपाठीले रकम भुक्तानी दिएको भानु–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताए। उनका अनुसार नगर प्रमुख त्रिपाठीले निर्माणको लागि आवश्यक इन्धन जमानी बसेर ठेकेदारलाई उपलब्ध गराएका छन्। ठेकेदारलाई काम गर्न सहज होस् भनेर रु १५ लाख बराबरको सिमेन्टको समेत जमानी लिई व्यवसायीसँग निर्माण सामग्री लगेर काम द्रूत गतिमा काम भइरहेको वडाध्यक्ष अधिकारीले बताए।  

‘नगर प्रमुखले ऋण लिएर ठेकेदारले रकम दिएसँगै तदारुकताका साथ काम भइरहेको छ,’ उनले भने। सरकारबाट प्राप्त हुने भुक्तानी आउन समय लाग्ने भएकाले काम प्रभावित नहोस् भनेर भानु–२ स्थित भानु बचत तथा ऋण सहकारीमा खेत धितो राखेर रु १० लाख ऋण लिएर ठेकेदारलाई भुक्तानी दिएको नगर प्रमुख त्रिपाठीले बताए।  

‘रकम अभाव भएमा ठेकेदारले समयमा काम पूरा गर्दैन, वर्षा लागेपछि काम गर्दा प्रभावकारी हुँदैन, समयमा नै काम पूरा गर्नकै लागि ऋण लिएर सहयोग गरेको हुँ,’ उनले भने। भानु नगरपालिका–१ सतीघाटस्थित ६ रोपनी खेत धितो राखेर सहकारीबाट रकम दिएको त्रिपाठीले स्वीकारे। पेटी ठेकेदारको रुपमा काम गर्दै आएका राजेन्द्र पराजुलीले नगर प्रमुखले ऋण निकालेर सहयोग गरेपछि तीव्र रुपमा काम गरी छिटो सम्पन्न मद्दत गरेको बताए।  

 ठेक्का सम्झौता भएको लामो समयसम्म यस मार्गको निर्माण कार्यमा प्रगति हुन नसकेपछि पूर्वाधार विकास कार्यालय तनहुँले काठमाडौँस्थित शङ्करमाली कन्ट्रक्सनसँग तोडिएको ठेक्का पेटी ठेकदारको रुपमा काम गरिरहेका पराजुलीलाई जिम्मा दिइएको हो। पटक–पटक म्याद थप गर्दा समेत सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ।  

भानु–१३ को चन्द्रावती बजारदेखि पोखरीछाप, ठूल्ढुङ्गासम्म दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। अलपत्र कामलाई तीव्रता दिन पहल ऋण लिएर पूरा गर्न लागिएको हो। उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो।  

दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका कामका लागि विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो। विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ।

बर्सातका समयमा सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले सास्ती खेप्दै आएकाले छिटो सम्पन्न गर्न नयाँ ठेकेदारलाई सहयोग गरिएको उनले बताए। वडाध्यक्ष अधिकारीका अनुसार नयाँ ठेकेदारले जिम्मा लिएपछि हाल करिब ८० प्रतिशत सडक निर्माणको काम पूरा भएको छ।  

चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। नगर प्रमुख र वडाध्यक्षले व्यक्तिगत रुपमा रकम उपलब्ध गराइदिएपछि काम गर्न सजिलो भएको ठेकेदार राजेन्द्र पराजुलीले बताए। शङ्करमालीले काम गरेको रकम भुक्तानी नदिएपछि रकम अभावले काम प्रभावित हुने जानकारी नगरपालिकामा गराएपछि व्यक्तिगत रुपमा रकम दिएर काम गर्न सहज भएको उनले बताए।  

मिर्लुङ बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक कुशलचन्द अधिकारीले सडकको दूरावस्थाले दैनिक उपभोग्य सामग्री बजारसम्म पुर्‍याउन र ल्याउनमै समस्या परिरहेको बेला जनप्रतिनिधिको सहयोगमार्फत सडक निर्माणले गति लिएको बताए। उनले सडक स्तरोन्नतिको लागि दिनरात खटिएपछि कामले गति लिन थालेको बताए। ‘यस वर्ष पानी पर्दा हिलोमा चिप्लिने र नपर्दा धुलोले हैरान भएको बेला कालोपत्रको कामले गति लिन थालेसँगै स्थानीयवासीमा खुसी छाएको छ,’ उनले भने।

यस वर्ष समयमा नै सडक निर्माण सम्पन्न भएपछि यस भेगका स्थानीयवासी सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन्। लामो समयदेखि सहज यात्रा गर्ने आशामा रहेका स्थानीयवासी कालोपत्रको कामले तीव्रता पाएपछि हर्षित भएका हुन्। रासस

प्रकाशित: २६ फाल्गुन २०८१ ०९:२८ सोमबार





Source link

शिक्षा विधेयकमा सरकार भर्सेस शिक्षक – Online Khabar


२५ फागुन, काठमाडौँ- विद्यालय शिक्षा विधेयकबारे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत पुसमा प्रदेश–प्रदेश पुगेर छलफल गर्‍यो । समितिले विज्ञहरूसँग पनि राय सुझाव लिइसक्यो । तर दफावार छलफल अझै अगाडि बढेको छैन ।

शिक्षकहरूले छिटो विधेयक पास गर्न दबाब दिइरहेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ ।

‘शिक्षा विधेयक पास नभएसम्म आन्दोलन जारी रहन्छ । आन्दोलनका कार्यक्रम सोमबार सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । २०८० मा सरकारसँग भएको सहमतिअनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजीको माग महासंघको छ ।

निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गर्ने अध्यादेशमा भनिएको छ । यो प्रावधानले २०७५ देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको भनाइ छ । यसलाई अध्यादेशबाट नभई ऐनमै समावेश गर्नुपर्ने माग शिक्षकहरूको छ । सरकारले अध्यादेश आएकै मितिबाट लागू हुने बताए पनि शिक्षकहरूले मानेका छैनन् । सरकारको वचनमा विश्वास नगर्ने अडान महासंघको छ । ‘प्रधानमन्त्रीकै वचनमा पनि विश्वास गर्दैनौं । एक्सनमा मात्र विश्वास गर्छौं । वचनमा विश्वास गर्न छोडिसक्यौं,’ अध्यक्ष सुवेदीले भने ।

गत २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गरिएको छ ।

विद्यालय शिक्षा विधेयकमा सरकार भर्सेस शिक्षक देखिएको छ । दुई तिहाइको सरकार हुँदा पनि विधेयक पास गर्न सरकारले आनाकानी गरेको निष्कर्ष महासंघको छ । प्रदेशमा छलफल सकिएको लामो समय भए पनि प्रक्रिया दफावार छलफल अगाडि नबढेकोमा शिक्षकहरू संसय व्यक्त गर्छन् । ‘प्रदेशमा छलफल उहिले सकिएको हो । ऐन आउन त आउँछ तर कहिले आउँछ ?,’ महासंघका अध्यक्ष सुवेदीले प्रश्न गरे ।

मुख्यतः निजी विद्यालयको व्यवस्थापन तथा निःशुल्क शिक्षा नीतिको कार्यान्वयनमा विवाद छ । विधेयकमा अब खुल्ने विद्यालय गुठी अन्तर्गत सञ्चालन हुने भनिएको छ । र, हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा आउन चाहेमा पाउने नचाहेमा कम्पनीमै रहन पाउने सुविधा छ

पहिलो चरणको आन्दोलनको अन्तिम दिन शनिबार देशभरबाट शिक्षक काठमाडौं आएका थिए । दोस्रो चरणको आन्दोलन काठमडौं केन्द्रित गर्ने योजना शिक्षकहरूको छ ।

शिक्षक आन्दोलन नगरी घर गए हुन्छ– सभापति थापा

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापा चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकलाई आन्दोलन नगरी घर फर्किन सुझाउँछन् । ‘आन्दोलन नगरी खुरुक्क घर गए हुन्छ । शिक्षकले उठाएको र सम्झौता गरेकोभन्दा बढी माग पूरा हुन्छ । बरु आन्दोदन गरे गडबड हुन्छ,’ सभापति थापाले भने ।

७ वटा प्रदेशबाट आएको प्रतिवेदन र विधेयकमा परेको संशोधनलाई एकीकृत गरेर विधेयक पास गरिने दाबी गर्दै सभापति थापाले शिक्षकका माग पूरा गर्ने प्रतिबद्धता जनाए ।

शिक्षकहरूलाई आफ्नो सेवा-सुविधाको मात्र विषय उठाएकोमा सभापति थापाले असन्तुष्टि जनाए । ‘सेवा-सुविधाको लागि मात्र कुरा गरेर हुँदैन । शिक्षकलाई जागिर खुवाएको विद्यार्थी सुधार गर्न हो नि । शिक्षकको पनि विद्यार्थीको पनि भविष्य बनाउने गरी ऐन बनाउने हो,’ सभापति थापाले भने ।

विधेयक पास हुने क्रममा माग सम्बोधन नभए शिक्षकले दबाब दिनसक्ने तर अहिले नै आन्दोलनको औचित्य नरहेको सभापति थापाको जिकिर छ । ‘आन्दोलन मात्र गरेर हुन्छ ? पास हुने अवस्थामा शिक्षकले उठाएको माग समावेश भएन भने दबाब दिने हो,’ सभापति थापाले भने, ‘अहिले शिक्षकको आन्दोलन मैले नै गरिरहेको छु । उहाँहरूले गर्नुपर्ने स्थिति छैन ।’

अर्को सातादेखि विधेयकमाथि छलफल

शिक्षा समितिले विद्यालय शिक्षा विधेयकमा अर्को सातादेखि दफावार छलफल गर्ने तयारी गरेको छ । ‘एक हप्तापछि छलफल सुरु हुन्छ । १७ सय ५८ वटा संशोधन छ । ७ वटा प्रदेशको प्रतिवेदन छ । संशोधन र प्रतिवेदनलाई एकीकृत गरेर छलफल हुन्छ,’ सभापति थापाले भने, ‘आन्तरिक काममा व्यवस्त छौं । भएन भएन भनेर मात्र हुन्छ ?’

सबै प्रक्रिया र विवादित विषयमा सहमति गरेर अन्तिममा ८/१० वटा बैठक बसेर विधेयक पास गर्ने योजना रहेको सभापति थापाले बताए । शिक्षा मन्त्री अस्वस्थ भएका कारण पनि अहिले बैठक बस्न नसकेको तर्क सभापति थापाको छ । शिक्षामन्त्री विद्या भट्टराई बिरामी भएर उपचाररत छिन् । ‘मन्त्री बिरामी भएर बैठक बसेको छैन । उहाँ निको भएर आएपछि समितिले आफ्नो काम अगाडि बढाउँछ,’ सभापति थापाले भने ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हालसम्मको बैठकमा एक तिहाइ समय त शिक्षा विधेयकमाथि छलफल भएको छ । अहिलेसम्मकै धेरै संशोधन शिक्षा विधेयकमा परेको छ । विधेयकमा १६३ दफा छ । जसमा १५२ समूहले संशोधन हालेका छन् भने १ हजार ७५८ बुँदा संशोधन परेको छ । विधेयकमा विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालक, गाउँपालिका, नगरपालिकाका प्रतिनिधिसँग समितिले गरेको छ ।

मुख्यतः निजी विद्यालयको व्यवस्थापन तथा निःशुल्क शिक्षा नीतिको कार्यान्वयनमा विवाद छ । विधेयकमा अब खुल्ने विद्यालय गुठी अन्तर्गत सञ्चालन हुने भनिएको छ । र, हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा आउन चाहेमा पाउने नचाहेमा कम्पनीमै रहन पाउने सुविधा छ ।

तर, संविधानले निःशुल्क र अनिवार्य शिक्षा भनेकाले निजी रहन नहुने बहस पनि चलिरहेको छ । शिक्षकले स्थानीय तहमा नबस्ने भनिरहेका छन् । यसलाई टुंगोमा पुर्‍याउन राष्ट्रिय सहमति जुटाउनुपर्नेमा शिक्षा समितिको जोड छ ।





Source link

काठमाडौँमा राजावादीहरुको बृहत शक्ति प्रदर्शन (तस्विरहरु)


काठमाडौँ । आइतबार काठमाडौँमा राजावादीहरुले व्यापक शक्ति प्रदर्शन गरेका छन् । 

पोखराबाट काठमाडौँ आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै राजावादीहरुले काठमाडौँमा व्यापक शक्ति प्रदर्शन गरेका हुन् । उनीहरुले राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 



Source link

नेप्सेको सिइओ बन्न १० जनाले दिए आवेदन, को-को छन् ? 


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १० जनाले आवेदन दिएका छन् । आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाले आवेदन दिएका हुन् । 

नेप्सेको सिइओका लागि नेप्सेकै सिइओ कृष्णबहादुर कार्की र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका पूर्व सिइओ पूर्णप्रसाद आचार्यले पनि आवेदन दिएका छन् । 

त्यस्तै, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी र चुडामणि चापागाईं, बिमल कुमार तिवारी र हेमन्त बस्यालले पनि नेप्सेको सिइओ पदका लागि आवेदन दिएका छन् । 

आवेदन दिनेहरुबाट अब नेप्सेको सिइओ सिफारिस समितिले पाँच जनाको नाम सर्टलिस्ट गर्नेछ र उनीहरुलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइनेछ । अन्तर्वार्तामा उत्कृष्ट ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ र तीनमध्येबाट सरकारले एक जनालाई नेप्सेको सिइओ नियुक्त गर्नेछ ।



Source link

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ २० पैसा र बिक्रीदर १०४ रूपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३ रूपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १५ पैसा र बिक्रीदर २० रूपैयाँ २३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ११ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ २७ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ८३ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

पूर्वराजाको स्वागतमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख जरिवाना गरेको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुले सडक फोहोर गरेको भन्दै महानगरले राप्रपालाई कारवाहीस्वरुप एक लाख रुपैयाँ जरिवाना गरेको हो । 

महानगर क्षेत्रभित्र पर्ने एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका बिरुवा साथै रेलिङमा भौतिक क्षति गरेको र जथाभावी फोहोर गरेको भन्दै जरिवाना गरिएको महानगरले जनाएको छ ।

राप्रपालाई वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।



Source link

बीमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, झुठा विवरण बुझाएर नियुक्ति लिएको आरोप ! 


काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि झुठो विवरण पेश गरेको भन्दै ओझाविरुद्ध अख्तियारमा उजुरी परेको हो । 

ओझाले बीमा प्राधिकरणको अध्यक्ष बन्न कार्यअनुभवको झुठो विवरण पेश गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख गरिएको छ ।

उनलाई मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । तर, ओझाले सरकारलाई ढाँटेर नियुक्ति लिएको उजुरीमा दाबी गरिएको छ । 

त्यस्तै, अध्यक्ष ओझासँग बीमा ऐनमा उल्लेख गरिएको अध्यक्ष बन्न चाहिने बैंक, वित्त, बीमालगायतका क्षेत्रमा आवश्यक पर्ने अनुभव पनि नरहेको उजुरीमा उल्लेख छ । यही कारण झुठा विवरण पेश गरेर अध्यक्षको बनेका ओझामाथि छानबिन गरी तत्काल कारवाही गर्न उजुरीमा माग गरिएको छ । 



Source link

Canada’s next PM vows to win trade war with Trump


Jessica Murphy

BBC News, in Ottawa

Mark Carney tells party he won’t let Donald Trump “succeed” in trade war

Mark Carney has won the race to succeed Justin Trudeau as Canada’s next prime minister, vowing to win the trade war against US President Donald Trump as he takes charge of the country at a time of deep instability.

The former governor of the Canadian and UK central banks beat three rivals in the Liberal Party’s leadership contest in a landslide.

In much of his victory speech, Carney, 59, attacked Trump, who has imposed tariffs on Canada and said he wants to make the country the 51st US state. “Americans should make no mistake,” he said. “In trade, as in hockey, Canada will win.”

Carney is expected to be sworn in as PM in the coming days and will lead the Liberals in the next general election, which is expected to be called in the coming weeks.

Watch: Canada will ‘fight when we must’, says Trudeau in farewell speech

Carney, now prime minister-designate, has never served in elected office.

The Liberal leadership race began in January after Trudeau resigned following nearly a decade in office. He had faced internal pressure to quit over deep unpopularity with voters, who were frustrated with a housing crisis and the rising cost of living.

Carney won on the first ballot on Sunday evening, taking 85.9% of the vote to beat his nearest rival, former Finance Minister Chrystia Freeland.

Loud cheers erupted as the results were announced to a crowd of some 1,600 party faithful in Ottawa, Canada’s capital.

The party said more than 150,000 people had cast ballots in the race.

Carney, who will lead a minority government in parliament, could either call a snap general election himself or opposition parties could force one with a no-confidence vote later this month.

The governing Liberals have seen a remarkable political turnaround since Trudeau’s exit, as Canadians have been galvanised by Donald Trump’s trade threats and support for annexing their country

At the beginning of the year, they trailed the Conservatives, led by Pierre Poilievre, by more than 20 points in election polls.

They have since narrowed the gap and some polls show them statistically tied with Poilievre’s party.

Reuters

Conservative leader Pierre Poilievre must now pivot to tackle Mark Carney

Much of Carney’s speech focused on what he called Trump’s “unjustified tariffs” on Canada, America’s largest trading partner.

The US imposed levies of 25% on Canadian goods last Tuesday, but rowed back within days to exempt goods compliant with an existing trade agreement.

Canada responded with retaliatory tariffs of its own as Trudeau accused his US counterpart of trying to collapse the country’s economy.

Carney echoed that in his victory speech, saying Trump was “attacking Canadian workers, families, and businesses”.

“We can’t let him succeed,” he added, as the crowd booed loudly.

He said his government would keep tariffs on US imports “until the Americans show us respect”.

Canada’s economy depends significantly on trade with the US and risks tipping into recession if the sweeping tariffs threatened by Trump are fully imposed.

“I know these are dark days,” Carney said. “Dark days brought on by a country we can no longer trust.

“We’re getting over the shock, but let us never forget the lessons: we have to look after ourselves and we have to look out for each other. We need to pull together in the tough days ahead.”

Watch: Key moments on Mark Carney’s journey from banker to Canada’s PM

Carney also pledged to “secure our borders” – a key demand of Trump who has accused Canada of failing to control the flow of migrants and fentanyl going south.

The US president even got a mention in Carney’s attacks on his main opponent, Conservative leader Poilievre.

“Pierre Poilievre’s plan will leave us divided and ready to be conquered,” said Carney.

“Because a person who worships at the altar of Donald Trump will kneel before him, not stand up to him.”

Shortly before Carney took to the stage, Trudeau gave an emotional farewell speech, reflecting on his 12 years as Liberal leader.

He warned that Canada was facing an “existential challenge” from the US under Trump.

The Conservatives have had to pivot politically since Trudeau’s resignation, and are attacking Carney as not representing change but rather being “just like Justin”.

They accuse the Liberals of a “sneaky” plan to win a fourth term by simply substituting their leader.

Poilievre’s party has also accused Carney of lying about his role in moving investment firm Brookfield Asset Management’s head office from Toronto to New York.

Carney said the formal decision by shareholders to relocate the firm was made after he quit the board at the start of this year but a letter emerged showing he had recommended the move in December.

Watch: ‘It’s frustrating’ – How Trump’s tariffs are being received in Canada

Federal Public Safety Minister David McGuinty, who endorsed Carney, told the BBC that he “embodies the kind of quiet determination, but steely determination and competence to deal with some of these big issues”.

“I’m really, really excited for what’s coming. And frankly, it’s time for an election.”

The Liberals will face Poilievre’s Conservatives, who are the official opposition with 120 seats in the House of Commons; the Bloc Quebecois, who have 33 seats; and the New Democrats, who have 24, when Canadians next go to the polls.

What are Carney’s key policies?

The former central banker has run on a broadly centrist agenda, a shift from Trudeau, who moved the Liberals to the left.

A major promise is to push forward major energy projects like pipelines, which have faced political roadblocks in recent years.

He has promised major investments in housing and clean energy projects, and to liberalise trade within Canada, where barriers remain between provinces, as well as diversifying the economy away from the US.

During the leadership race, Carney promised to cap the size of the federal government, which expanded 40% under Trudeau.



Source link