1741756067 JIO20With20Starlink

भारतमा जियोसँग पनि स्टारलिङ्कको सम्झौता


रिलायन्स जियोले अमेरिकी अर्बपति व्यवसायी एलन मस्कको स्टारलिङ्कसँग तीव्र गति इन्टरनेट सेवा विस्तार गर्न सम्झौता गरेको छ। कम्पनीले बुधबार यो जानकारी सार्वजनिक गरेको हो। भारतमा स्टारलिङ्कले मंगलबार मात्रै एयरटेलसँग यस्तै सम्झौता गरेको थियो।

स्टारलिङ्क एक स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा हो। यसले स्याटेलाइटको पहुँच पुग्ने जुनसुकै ठाउँमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ। यो प्रविधिले परम्परागत इन्टरनेट सेवा नपुगेका ग्रामीण र दुर्गम क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि उत्कृष्ट विकल्प प्रदान गर्छ।

यो पनि पढ्नुहोस्

भारतमा स्टारलिङ्क : एयरटेलसँग मिलेर अब गाउँगाउँमा तिव्रगतिको इन्टरनेट पुर्‍याउने

समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफर्म्स लिमिटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जियो र स्टारलिङ्कले भारतभर तीव्र गति इन्टरनेट सेवा विस्तार गर्न संयुक्त रूपमा काम गरिरहेका छन्। यो सम्झौता भारतमा इन्टरनेट कनेक्टिभिटीको विकासमा एक ऐतिहासिक कदम साबित हुनेछ।’

जियोले थप भनेको छ, ‘हामीले भारतीय उपभोक्ताहरूलाई स्टारलिङ्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन स्पेसएक्ससँग सम्झौता गरेका छौं। जियोले आफ्ना रिटेल आउटलेटहरू र अनलाइन प्लेटफर्ममार्फत यो सेवा प्रदान गर्नेछ।’

भारतको टेलिकम बजारमा विश्वका दुई धनाढ्य व्यक्तिहरू, एलन मस्क र मुकेश अम्बानीबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो। गत अक्टोबरमा, भारत सरकारले स्याटेलाइट स्पेक्ट्रमको आवंटन लिलामीको सट्टा प्रशासनिक प्रक्रियाबाट गर्ने निर्णय गरेको थियो। मस्कले लिलामी मोडेलको विरोध गर्दै आएका थिए भने अम्बानीले यसको समर्थनमा थिए।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *