कमल थापा – Online Khabar


४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन् ।

पक्राउ परेकाहरू अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा गर्न भनेका हुन् । गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदा एक सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भएको थियो ।

यस्तै, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति, राजनीतिक दलका पार्टी कार्यालय, सञ्चारमाध्यमहरूका कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो । यस्तै, थुप्रै सरकारी तथा निजी सवारीसाधनहरू जलाइएको थियो भने व्यापारिक प्रतिष्ठानमा लुटपाट भएको थियो ।

अनसन बसेकाहरू प्रति ऐक्यवद्धदा जनाउन पोखरा पुगेका थापाले राप्रपा नेताहरू डा. धवलशम्शेर राणा, वीरन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारीलगायतले तीनकुनेमा परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गरेको दावी गरे ।

तीनकुने घटनापछि पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरूलाई थापाले भेटेका छन् । त्यसक्रममा उनले भने, ‘अनसन बसेका राष्ट्रवादी साथीहरू प्रति एक्यवद्धता जनाउन आज हामी पोखरा आइपुगेका छौं ।’





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *