विदेशपछि नेपालमा ‘अञ्जिला’को रेडकार्पेट प्रिमियर (तस्वीर)


निर्देशक मिलन चाम्स (बीचमा) फिल्म ‘अन्जिला’को धरानमा आयोजित रेडकार्पेट प्रिमियर समारोहमा ।


धरान । बेलायतपछि फिल्म ‘अञ्जिला’लाई नेपालमा प्रिमियर गरिएको छ । शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा रेडकार्पेट प्रिमियर समारोह आयोजना गरियो ।

प्रिमियरमा फिल्मको निर्माण टोली, फिल्मकर्मी, खेलाडी, पत्रकार र स्थानी दर्शक सहभागि रहे । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो फिल्मलाई यसअघि हङकङ, दक्षिण कोरिया र बेलायतमा प्रिमियर गरिएको छ ।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । अभिनेत्री सुब्बा र अन्य प्रमुख कलाकार भने उपस्थित रहेनन् । कलाकार प्रकाश सुब्बा र नमिक्षा मगरको उपस्थिति भने रह्यो ।

एन्जिलाको साथमा फिल्ममा दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ । फिल्म हेरेपछि दर्शक भावुक बने ।

anjila premiere2

सफल खेलाडी बन्न एन्जिलाले गरेको संघर्षको कथाले मन छोएको प्रतिक्रिया दर्शकको रह्यो । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले फिल्मले नेपाली खेलाडीको वास्तविक संघर्षलार्ई चित्रण गरेको बताए ।

दर्शकको सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित देखियो । निर्माता श्रेष्ठले दर्शकको माया र समर्थनले आफू भावुक भएको बताए । निर्देशक चाम्सले दर्शक रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए । चाम्सको यो तेस्रो बायोपिक फिल्म हो । उनले यसअघि बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ निर्देशन गरेका थिए ।





Source link

जब ब्राजिलियन डीजे एलोकले एलओडीमा नचाए…


ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन्। शुक्रबार साँझ ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुति दिएका हुन्।

उनी विश्वकै उत्कृष्ट डिजे र्‍यांकिङको चौथो नम्बरमा परेका कलाकार हुन्। विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन्। डीजे एलोक क्लबमा प्रस्तुति दिन विमान चार्टर्ड गरेर आएका थिए। उनको नेपालमा मात्र नभइ भारतमा शो रहेकाले चार्टर्ड गरेर आएका थिए।

उनी रातको साढे १२ बजे स्टेजमा उक्लिए। दर्शकको आवाजले उनलाई पर्खिरहेको महसुस गराएको थियो। जब उनको प्रवेशसँगै क्लबको लाइटले घेरिए।

क्लबले पहिलोपटक यो स्तरको कलाकार ल्याएको निर्देशक भुपेन कुँवरले जानकारी दिए। ‘पहिलोपटक कलाकार आफैँ विमान चार्टर्ड गरेर आएका हुन्,’ उनले भने,’ डीजे एलोकको प्रस्तुति हेर्न दर्शकहरू उल्लेखीय मात्रामा थिए।’

आगामी दिनमा पनि थुप्रै अन्तर्राष्ट्रिय स्तरका कलाकार ल्याउने योजना रहेको कुँवरको भनाइ छ। यो ‘शो’ले नेपालमा क्लबका पारखी,संगीत रहेको र अझ बढी पर्यटन क्षेत्रमा प्रोत्साहन गर्न सक्ने बताए।

क्लबले डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखेको थियो। यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसकेका छन्।  

त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन्।  

एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो।  

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औँ स्थानमा राखेको हो। सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ।

प्रकाशित: २४ फाल्गुन २०८१ १३:३५ शनिबार





Source link

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक


२४ फागुन, डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले आज (शनिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै…



Source link

स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी


अब स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी गरिएको छ।

भन्सार कार्यालयमा रहेका भन्सार अधिकारीहरुले आयातकर्ताको स्वघोषणामा वस्तु जाँचपास समेत गर्ने गरी कानूनी प्रवन्ध मिलाउने तयारी गरिएको हो। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा शुक्रबार भन्सार विधेयकमाथि भएको दफाबार छलफलबाट यसबारे निर्णय लिइएको हो।

यो दुवै सदनबाट अनुमोदन भएपछि कानून बन्ने प्रक्रियामा जानेछ। समितिको बैठकमा राजश्व सचिव दिनेश घिमिरेले अब तीन/चार किसिमले वस्तु जाँचपासको व्यवस्था गरिने बताए। उनका अनुसार वस्तु र कागजात दुई वटै जाँच नगरी सम्बन्धित आयातकर्ता घोषणा गरेमा आयातकर्ताले राजश्व तिरेर समान ल्याउनसक्ने व्यवस्था गर्न लागिएको बताए।  

वस्तु जाँच नगर्ने कागजात मात्रै हेरेर जाँचपास गर्ने, वस्तु र त्यससँग सम्बन्धित कागजात जाँचपास नगरी पछि परीक्षण गर्नेगरी घोषणाका आधारमा जाँचपास गर्ने, सम्पूर्ण वस्तु र तत्सम्बन्धि कागजात हेरेर जाँचपास गर्ने जस्ता व्यवस्था गर्न लागिएको छ।  

कुनै वस्तु जाँच गर्दा भन्सार  अधिकृतले आवश्यक देखेमा त्यस्तो वस्तु जाँच गर्ने समयमा घोषणाकर्तालाई उपस्थित हुन आदेश दिन सक्नेछ। घोषणाकर्ताले आफूले निकासी गरेको वस्तु आफ्नो उपस्थितिमा जाँच गराउन चाहेमा सोको जानकारी भन्सार अधिकृतलाई दिनुपर्नेछ। त्यसरी जानकारी दिएकोमा भन्सार अधिकृतले तोकेको समयमा निज उपस्थित नभएपनि त्यस्तो वस्तुको जाँच गर्न सकिनेछ। यो व्यवस्थालाई अर्थसमितिले अनुमोदन गरिसकेको छ।  

दफावार छलफलमा भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भन्सार जाँचपासका लागि कसैले स्वघोषणा गर्यो तर मार्ग परिवर्तन गर्न अनुरोध गरेकै आधारमा परिवर्तन गर्न नसकिने बताए।

दफावार छलफलमा सांसद्हरुले परिक्षण ल्याबहरू बिग्रिएपछि कामै नहुने भएकोले अरू प्रबन्ध अनिवार्य गर्नुपर्ने बताएका थिए।

प्रकाशित: २४ फाल्गुन २०८१ १३:३९ शनिबार





Source link

स्वैरकल्पनाको ढाँचाभित्र विचार र सम्वेदना  – Online Khabar


मुना मदनको डिभोर्स पार्टी हालसालै प्रकाशित दिपक समिरको पहिलो कथा संग्रह हो । कथा संग्रह पहिलो भएपनि लेखनको क्षेत्रमा समिरको परिचय नौलो हैन । रेडियो र टेलिभिजनको क्षेत्रमा सुपरिचित नाम दिपक समिर लेखनमा पनि परिचित नाम हो । केवल संग्रहको हिसाबले उनको यो पहिलो कृति हो ।

विधागत हिसाबले यो कथा संग्रह हो । अंग्रेजी साहित्यको हिसाबले यसलाई सर्ट फिक्सन भनिन्छ जो आख्यान विधाभित्र पर्छ । आख्यान विद्याअन्तर्गत परेपनि यि कथाहरुले निबन्धपरक लेखन शैली र विशेषता बोकेका छन् । हुन त दिपक समिरको लेखन शैलीसँग परिचितको लागि यो नौलो कुरा हैन । लेखकले कुनै पनि कथाको विषयवस्तुलाई स्वैरकल्पनामा डुबेर निबन्धपरक शैलीमा लेख्दै आएका थिए ।

समयको अनन्त श्रृंखलामा पात्रको उपस्थिति देखाएर लेखिएका यी कथाले कुनै पात्र विशेषको मिहीन क्रियाकलाप देखाउदैनन् । बदलामा ती पात्रमार्फत लेखक गहिरो विचार, अवधारणा र आफ्नो दृष्टिकोणहरू अभिव्यक्त गर्छन् । तसर्थ यो कथा संग्रह हामीले बाँचेको समाजको घटनाहरुको परावर्तन मात्र हैन ।

यसले वर्तमानमा अल्झिएका र बल्झिएका जीवन र समाजको ऐनामात्र देखाउँदैन । समाजले भोगिरहेको समस्या र चुनौतीलाई सचेत गराउने दस्तावेज पनि हो, जसले इतिहासदेखि वर्तमानसम्म मानवता, समानता र स्वतन्त्रता माथि खतरा भएका पक्षमाथि औला उठाएको छ, जसले समाज र मानिसको मनोविज्ञानको विभिन्न आयामलाई उठाएको छ ।

माया शास्वत छ । मस्तिस्कको अवचेतन तह  (जसलाई हामी मन पनि बन्दै आएका छौ ) बाट पलाएको माया वा प्रेम शास्वत अनुभूति हो । माया मानवता हो । माया समानता हो । माया जीवन हो । तसर्थ माया छैन भने केही पनि छैन । त्यो महान अनुभूति लिएर समिरको कथामा जाजरकोटमा नवराज विक, कुनै समय सैनिकलाई प्रेम गर्न नदिने तानशाहको पथमा उभिएका भ्यालेन्टाइनको पक्षमा उभिएका छन् ।

प्रेमीहरु वा मायाका पक्षधरता जनाउनेहरु समानतको धरातलमा उभिन खोज्छन् । तर समाज कुनै न कुनै रुपमा समानताको विरोधी छ । तर समानताको पक्षमा उभिनु हरेक सचेत नागरिकको कर्तव्य हो, जसको वकालत दिपक समिरले आफ्नो निवन्धपरक कथाको माध्यम गरेका छन् ।

दिपकले संकेत गरेका छन् कि जातीय विभेदको कारण प्रेममा ज्यान गुमाएका नवराजको कथा वर्तमानमा एउटा दुःखद कथा हो । यसले समाजको चेतनास्तर र मानवता माथि नै प्रश्न उठाएको छ । तर समिरले भोलिको दिनमा यो नै त्याग र प्रेमको महान कथा हुने संकेत गरेका छन् ।

दिपक समिरको कथा भन्ने शैली स्वैरकल्पना भए पनि यिनले परिकथाहरु भनिरहेका छैनन् । बरु राजनीतिक विकृति र सामाजिक चेतमाथि बेजोड प्रहार गरिरहेका छन् ।

स्वैर परिकल्पनाको माध्यम मार्फत लेखक समिर कथाको लागि देशको भूगोल बाहिर पनि टहलिएका छन् । दिवंगत व्यक्तित्वलाई आजको परिवेशमा पात्र बनाएर उभ्याएका छन् । ति पात्रहरुलाई सम्वादमा सरिक गराएका छन् । निश्चय नै ति चर्चित पात्रको बारेमा सबैका आफ्ना आफ्ना धारणाहरु छन् । ति धारणाहरु केही हदसम्म एकतर्फी छन् । तर त्यसको अर्काे पाटो के हुन सक्छ भनेर पनि समिरले आफ्नो कथा मार्फत नियाल्ने प्रयास गरेका छन् ।

जस्तो कि आजकल हिटलर दार्शनिक भएका छन् । किन डायनाले राजपरियारको सुखसयल त्यागेर सामान्य नागरिक बनिन् । त्यसमा उनीमाथि लागेको आरोपको तर्क वा जवाफहरु के थिए ? यी परिदृश्य लेखक समिरका तर्क मात्र हैनन् । फरक दृष्टिकोण मात्र हैनन् । बदलिदै गएको समय र परिवेश तिनै पात्र भएका भएपनि कसरी व्यवहार गर्थे भन्ने संकेत हुन् । जो बदलिदो समय र परिवेशमा पालन गर्नुपर्ने सन्देस पनि हो ।

समग्रमा समिरले ऐतिहासिक पात्रले बाँचेका भए के गर्थे भन्ने आफ्नो दृष्टिकोण मात्र दिएका छैनन् । उनले समाजमा सीमान्तकृत र संकटासन्न समुदाय, लिंग वा समूहको पक्षमा आफूलाई उभ्याउने कोसिस गरेका छन् । उनीहरुको दुःख, पीडा केलाएर सुमसुम्याउने प्रयास गरेका छन् । निश्चय नै कमजोरको दुःख, पीडामा शक्तिशालीको भूमिका हुन्छन् ।

शक्तिशालीले गरेका नजरअन्दाज तथा उनीहरुको मनमौजी चरित्रले कसरी सीमान्तकृतलाई अझ किनारामा पार्छ । यी कुराहरुलाई पनि दिपक समिर आफ्नो कथाहरु मार्फत उजागर गरेका छन् । साथै शीर्ष कथामार्फत समाजको चरित्र, सँस्कारलाई चुनौती दिदै परिवर्तनको आवश्यकता औल्याएका छन् । जसको मुख्य उदेश्य र मर्म हो कि अवको दुनियाँमा बोझिलो सम्बन्धभन्दा स्वतन्त्र जीवन महत्वपूर्ण छ । त्यसको लागि कुनै पनि सम्बन्ध आफ्नो स्वतन्त्रालाई तिलाञ्जली दिएर जोगाउन जरुरी छैन ।

दिपक समिरको कथा भन्ने शैली स्वैरकल्पना भए पनि यिनले परिकथाहरु भनिरहेका छैनन् । बरु राजनीतिक विकृति र सामाजिक चेतमाथि बेजोड प्रहार गरिरहेका छन् । हिजोको दिनमा हिटलर जस्ता पात्रले तबाई मच्चाए । साँगुरो सोचको कारण जसरी हिटलरले बर्बरता मच्चाए, आजको नेताहरु पनि त्यस्तै छन् । आजको नेताहरु पनि आत्मकेन्द्रित छन् ।

त्यसमा हाम्रै नेताहरु पनि छन्, जसले वृहत्तर नागरिकको हित सोच्न सकिरहेका छैनन् । आफ्नो व्यक्तिगत श्वार्थ र इर्ष्याभन्दा माथि उठ्न सकेका छैनन् । केवल आफ्नै सत्ता श्वार्थको लागि केन्द्रित छन् । जसमाथि व्यङ्गे प्रहार गर्न पनि दिपक समिर मृत वैज्ञानिक लुईस पाश्चरलाई पात्र बनाएर उभिएका छन् । तसर्थ मृत र जिवित पात्रको मिलन र सम्वाद समिरको कथाहरु विशेषता हो ।

स्वैर परिकल्पना लेखिएका समिरका १४ वटा कथाभित्र पात्रले बाँच्ने निश्चित समय सीमा छैनन् । भाषाका निश्चित सीमाहरु छैनन् । प्राय धेरै कथामा आफूलाई एक पात्रको रुपमा सहभागी गराएका छन् । जसको लागि उनले एक विधिको प्रयोग गरेका छन् । जहाँ उनी कार्यरत संस्था नेपाल टेलिभिजन विश्वव्यापी रुपमा फैलिएको छ । त्यसमा उनी यस्ता पत्रकार हुन्, जो मृत पात्रसँग पनि कुरा गर्न सक्छन् । धेरै कथामा प्रयोग भएको यो विधि लेखकको एक माध्यम वा चलाखीको रुपमा लिन सकिन्छ । तर यो माध्यमभन्दा समिरले पेस गरेका तर्क वा फरक दृष्टिकोण महत्वपूर्ण छन् ।





Source link

सामाजिक सञ्जाल विधेयक अराजकता घटाउन हो : नेता ढकाल


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भनुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताएका छन्।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोमा उनले विधेयकमा भएका कमजोरी सच्याउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘बलियो सरकार भएकै बेला सच्याउँ र कार्यान्वयनमा ल्याउँ, बलियो सरकार भएकै बेला काम गर्न सकिएन भनेपछि गर्न सकिँदैन।’

नेता ढकालले सरकार दुईपटक ढल्ने बताए। उनले भने, ‘एक पटिक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्छ।’

दुई नेता देउवा र ओलीको समझदारी भएसम्म कसैले बोल्दैमा फरक नपर्ने स्थायी कमिटी सदस्य ढकालले बताए। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन मिडियाबाट सहयोगका लागि उनले आग्रह गरे।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लोकतन्त्रका लागि स्वतन्त्र मिडिया आवश्यक रहेको बताए। उहाँले त्यसैले सामाजिक सञ्जाल विधेयक लोकतन्त्रको पक्षमा र मिडियाको पक्षमा हुने बताए।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले बागमती प्रदेशका उपसचिव भक्तकुमारी लामा, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस सेन्टरका नेता विक्रमरत्न श्रेष्ठ लगायतले प्रेस स्वतन्त्रताको पक्षमा एकताबद्ध हुनपर्नेमा जोड दिए।

प्रकाशित: २४ फाल्गुन २०८१ १३:४८ शनिबार





Source link

घरमै सुरक्षित छैनन् महिला र बालिका – Online Khabar


संविधान तथा कानुनमा महिला र बालिकाको अधिकार सुनिश्चित गरिएको छ । तर कानुनी अज्ञानता र कानुनको फितलो एवं तजविजी कार्यान्वयनका कारण महिला र बालिकाले अनेकौँ चुनौतीको सामना गर्नुपरेको छ ।

आधा आकाश ओगट्ने महिला (जसमा बालिका पनि पर्छन्) घरैमा सुरक्षित छैनन् कुरा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्यांकले पुष्टि गर्छ ।

महिलामाथि विभिन्न प्रकारका हिंसा हुने गरेको तथ्य–तथ्याङ्क सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समय प्रहरीमा अभिलेखित घटनाले पनि यो तथ्यलाई थप पुष्टि गर्छ ।

प्रस्तुत लेख महिलामाथि घरकै सदस्यबाट भएका हिंसाका तथ्य र तथ्याङ्कमा केन्द्रित गर्ने प्रयास गरिएको छ । लेखको आरम्भ एउटा घटनाबाट गरौँ ।

सर्लाहीको बलरा नगरपालिका–४ जब्दीकी २१ वर्षीया पूजादेवी सहनीको २०८० माघ १६ गते मोटरसाइकल र आधा तोला सुन दाइजोमा नल्याएको भन्दै हत्या भयो ।

हत्या आरोपमा प्रहरीले ५८ वर्षीया सासू बनारसीदेवी सहनीलाई माघ १७ गते गिरफ्तार गर्‍यो । अन्य आरोपित मृतकका २६ वर्षीय पति छोटेलाल सहनी र ६१ वर्षीय ससुरा जयनारायण सहनी २०८१ पुस १६ गतेसम्म गिरफ्तार भएनन् । उनीहरु फरार रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र पञ्जियार थारुले बताए ।

पूजाको शव माघ १७ गते उनकै घरभित्र खाटमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । मृतकको घाँटी तथा शरीरमा डाम समेत देखिएको थियो । आरोपितहरूविरुद्ध माघ २१ गते मुद्दा दर्ता भएकोमा जिल्ला अदालतले फागुन २१ गतेको आदेशमा बनारसी देवीलाई पुर्पक्षका लागि थुनामा पठायो ।

बलात्कार अत्यन्तै संवेदनशील विषय हो । बलात्कारले महिलालाई शारीरिक मात्र होइन, मानसिक रूपमा समेत गम्भीर आघात पुर्याउँछ । त्यसमाथि परिवारकै सदस्य तथा नातेदारबाट हुने बलात्कारले पीडितलाई झन् पीडित बनाउँछ

दुई वर्षअघि विवाह हुँदा केटा पक्षको माग बमोजिम दाइजो दिइएकोमा मोटरसाइकल र आधा तोला सुन दिन बाँकी थियो । माइती पक्षले दिने तयारी गर्दागर्दै हत्या भयो ।

एउटा मोटरसाइकल र आधा तोला सुनको नाममा व्यक्ति हत्या भएको घटनाले हाम्रो समाजलाई गिज्याइरहेको छ । दाइजोजनित हिंसाका २ सय ९ वटा घटना इन्सेकले आफ्नो अभिलेखमा रहेको जनाएको छ ।

दाइजो प्रथा महिलालाई नराम्रोसँग पिरोलेको एउटा रूप हो । यस्ता हिंसा यत्रतत्र छन् । यद्यपि, घटना एकदमै कम मात्र सार्वजनिक हुने गरेका छन् । दाइजोे मागेबमोजिम दिन नसकेका कारण लोग्ने र सासु मिलेर बुहारीको हत्यासम्म गरिएका थुप्रै घटना छन् ।

श्रीमतीलाई जीवनसाथी हैन, वस्तुको रूपमा हेर्ने व्यापारिक र समान्तवादी चिन्तनबाट ग्रसित हुँदा यस प्रकारका घटनाले ठाउँ पाइरहेको देखिन्छ । दाइजोलाई नेपालीमा कानुनी मान्यता प्राप्त नभए पनि कानुनका रखवाला वर्तमान राज्यव्यवस्थाका नाइकेहरूले विवाहलाई प्रतिष्ठाको विषय बनाउने र करोडौँ खर्च गर्ने परिपाटीले दाइजो प्रथा निरुत्साहित गर्नुकोे साटो बढावा दिने काम भएको छ ।

महिलाविरुद्ध सङ्कलित घटनाको तथ्याङ्क

घटनाको प्रकार राज्यबाट अन्यबाट
बेचबिखन प्रयास   २२
साइबर अपराध   ३६६
घरेलु हिंसा   ५८७९
दाइजोजनित हिंसा   २०९
बोक्सीको आरोप   २९
बलात्कारपछि हत्या  
परिवारजनबाट हत्या   १००
बलात्कार ६६१
हाडनातामा बलात्कार   २३
बैवाहिक बलात्कार   23
सामूहिक बलात्कार   २८
बलात्कार प्रयास   १४४
यौन दुव्र्यवहार ३१
बेचबिखन प्रयास   ६०
जम्मा ७५८२

(स्रोतः इन्सेक, २०८१)

सन् १९९२ देखि इन्सेकले हरेक वर्ष नेपालको मानव अधिकारको अवस्थालाई नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत सार्वजनिक गर्दै आएको छ । इन्सेकले यो वर्ष हाडनातामा हुने बलात्कार, बैवाहिक बलात्कार, दाइजोजनित हिंसा र घरेलु हिंसा जस्ता छुट्टाछुट्टै शीर्षकमा घटनालाई अभिलेख गरी प्रकाशनमा ल्याएको छ ।

फागुन ७ गते सार्वजनिक वर्ष पुस्तकले यस्ता घटनाको तथ्य र तथ्याङ्क सार्वजनिक गरेको हो । यी बाहेकका यौन दुव्र्यवहार, बेचबिखनका घटनामा पनि परिवारका सदस्य सामेल भएका घटना पनि होलान् त्यस्ता घटनालाई यो वर्ष समेट्न नसकिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का प्रधान सम्पादक मदन पौडेलले बताए ।

बलात्कार अत्यन्तै संवेदनशील विषय हो । बलात्कारले महिलालाई शारीरिक मात्र होइन, मानसिक रूपमा समेत गम्भीर आघात पुर्याउँछ । त्यसमाथि परिवारकै सदस्य, नातेदारबाट हुने बलात्कारले पीडितलाई झन् पीडित बनाउँछ ।

नेपालको सन्दर्भमा बलत्कारका कैैयौँ घटना बाहिर आउन सक्दैनन् । सार्वजनिक भएका घटनामा पञ्चायती बसेर मिलापत्र गरेका कैयौँ उदाहरण छन् ।

हाम्रो समाज अहिले पनि बलात्कार पीडितप्रति सकारात्मक छैन । पीडितलाई न्याय दिन उद्यत छैन । महिलाको अस्मितालाई यौन शुद्धतासँग जोडेर हेर्ने गर्छ । उमेर पुगेका महिलामाथि भएका जबरजस्तीलाई समेत सामान्यीकरण गर्छ । सहकार्यको रूपमा परिभाषित गर्छ । अनुमानलाई व्याख्या गर्दै विश्लेषण गर्छ । जसका कारण महिला तथा बालिका समाजबाट सुरक्षित छैनन् । समाजबाट असुरक्षित हुनु भनेको प्रकारान्तरले घरैबाट असुरक्षित हुनु हो ।

इन्सेकको अभिलेख अनुसार सन् २०२४ मा ५९ जना बालिकालाई हाडनाताका व्यक्तिले बलात्कार गरेका छन् । १ हजार ४८ जना बालिका बलात्कारका घटनाबाट पीडत भएकामा ५९ जना हाडनाताका व्यक्तिबाट बलात्कृत भएका हुन् ।

त्यसैगरी २३ जना महिलालाई हाडनाताका व्यक्तिले बलात्कार गरेका घटना अभिलेखित भए । वैवाहिक बलात्कारका घटनामा पनि २३ जना महिला पीडित भए ।

यी त बलात्कारजन्य घटना भए । यी बाहेकका घटनामा पनि परिवारकै सदस्यबाट पीडित भएका कैयन महिला होलान् जो भोलिको अन्धकारलाई अहिले नै देखेर न्यायको ढोकासम्म आइपुगेका छैनन् । घरेलु हिंसाका घटनामा ५ हजार ८ सय ७९ जना पीडित भएका छन् ।

सन् २०२४ को एक वर्षमा समग्रमा परिवारजनबाट ६ हजार २ सय ३४ जना महिला पीडित भए । ६३ जना बालिकालाई हाडनाताका व्यक्तिले बलात्कार गरेको अभिलेख भयो ।

सन् २०२४ मा परिवारका सदस्यबाट पीडित महिलाको सङ्ख्या

क्रसं घटनाको प्रकार सङ्ख्या
घरेलु हिंसा ५८७९
दाइजोजनित हिंसा २०९
परिवारजनबाट हत्या १००
बैवाहिक बलात्कार २३
हाडनातामा बलात्कार २३
जम्मा ६२३४

यस वर्ष परिवाजनबाट १ सय जना महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १ सय ९ जना थियो । हिंसाको चरम रूप अन्तर्गत हत्या गरिएका कतिपय घटनाका आरोपित वर्षभर फरार सूचीमा रहे ।
परिवारजनबाट महिला मारिएको कतिपय घटनामा पीडित पक्षले हत्याको आरोप लगायो भने आरोपित पक्षले आत्महत्या गरेको भनी बताएर कानुनी छिद्र प्रयोग गर्ने गरेको समेत पाइन्छ । दाइजो नल्याएको आरोपमा परिवारका सदस्यको कुटपिट तथा हिंसा सहन नसकेपछि आत्महत्या गर्नुपरेको घटना पनि इन्सेकले अभिलेखमा राखेको छ । त्यस्ता घटना इन्सेकका प्रतिनिधिको अनुगमनमै रहेका कारण परिवारजनबाटै हत्या भएको भनिएको छैन ।

बालिकाविरुद्ध सङ्कलित घटनाको तथ्याङ्क

घटनाको प्रकार राज्यबाट अन्यबाट
बाल विवाह   ३६
बेचबिखन   ४९
साइबर अपराध   २०३
विद्यालयमा दिइने शारीरिक सजाय  
बलात्कारपछि हत्या  
नवजात शिशुको हत्या  
बलात्कार ९३८
हाडनातामा बलात्कार   ५९
सामूहिक बलात्कार   ४९
यौन दुव्र्यवहार   ३५५
जम्मा १७०२

नेपालमा महिला अधिकारका सम्बन्धमा नीतिगत तथा कानुनी संरचनामा लोकतन्त्र स्थापनासँगै सुधार आएको भए पनि तिनीहरूको कार्यान्वयनमा भने अभैm सुधारको आवश्यकता देखिन्छ । महिलासँग सम्बन्धित कानुनी प्रावधान एवं राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवं लैङ्गिक हिंसाबाट पीडित हुँदै आएका तथ्याङ्कले देखाउँछ ।

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको अभिलेख अनुसार सन् २०२४ मा महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूमा गत वर्षको तुलनामा वृद्धि भयो ।

प्रहरीको जिल्ला कार्यालयमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसा र दाइजोजनित हिंसाका अधिकांश घटनामा मिलापत्र हुने गरेको छ । मिलापत्र हुनु आफैंमा  नराम्रो विषय होइन । तर हिंसा जस्तै मिलापत्र पनि जबरजस्ती हुने गरेका कारण त्यस्ता मिलापत्रले थप हिंसा निम्त्याउने गरेको छ । मिलापत्र देखाउनका लागि नभएर भुल सुधारका लागि हुनुपर्छ ।

महिलाविरुद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारका अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुनको कमजोर कार्यान्वयन अवस्था रहिरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन ।

अन्धविश्वास, परम्परागत सामाजिक संरचना, विभेदपूर्ण नीति र कानुनहरू, कानुन कार्यान्वयन गर्ने निकायको लैङ्गिक जवाफदेहिता कमजोर हुनुलगायतका कारणले महिला हिंसा बढी सम्वेदनशील बन्न पुगेको छ ।

विभेद, बहिष्करण र हिंसाको चक्रमा पर्ने महिलाको लैङ्गिक पहिचान र अधिकार विभेदकारी संस्कार, संस्कृति, अभ्यास र मनोवृत्तिका कारण पीडाको दुष्चक्रबाट मृत्युको अन्तिम संस्कारसम्म प्रताडित भइरहनुपरेको यथार्थ घटनाको सङ्ख्या र प्रवृत्तिमार्फत प्रकट भएको छ ।

महिलाविरुद्धको अन्याय, विभेद र हिंसाको दुष्चक्र अन्त्य गर्न सशक्त नागरिक आवाज र जिम्मेवार तथा जवाफदेही कानुन कार्यान्वन गर्ने निकाय तथा न्याय प्रणालीको र उत्थानशील संरक्षण संयन्त्र आजको आवश्यकता बनेको छ ।

(तिमल्सिना दुई दशकदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील छन् ।)





Source link

आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस, सबैलाई शुभकामना! : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन्।  

सामाजिक सञ्जालमार्फत उनले आज सबैलाई शुभकामना व्यक्त गरेका हुन्। ‘आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस। सबैलाई शुभकामना!’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।  

आज ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने  मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरी एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो।

प्रकाशित: २४ फाल्गुन २०८१ १०:१६ शनिबार





Source link

महिला, पृथ्वीको एक मात्र स्त्री जाति, जसका वरिपरि अनेक बन्धन छन्


हुनत पृथ्वीमा आँखाले देख्न नसक्ने जीवहरू नै पनि कति छन् कति । तर, हामी कुनै जीव वा वस्तुलाई निकै सानोको उपमा दिनुपर्‍यो भने कमिलाको उदाहरण दिन्छौँ–‘स्यानु.. यित्रु.. कमिला जस्त्रो…।

हुन पनि हामी भन्दा कमिला निकै साना हुन्छन् । हाम्रो पइतालामुनि मात्रै पनि सायौँ कमिला अट्न सक्नछन् ।

हामी उनीहरू भन्दा बडेमानका र शक्तिशाली पक्कै छौँ । ज्ञान, वुद्धि तथा दिमागी शक्तिमा त हामी संसारकै सर्वश्रेष्ठ भइहाल्यौँ ।

तर के हामीले यो विचार गरेका छौँ, आकारमा हामी भन्दा निकै साना, हाम्रो नजरमा मूल्यहीन ती कमिलाको समुदायभित्र मान्छेमा जस्तो लैंगिक विभेद छैन ।

पोथी कमिला भएकै कारण, कसैलाई केही नगर्न त्यहाँ बाध्य पारिँदैन । भाले कमिलाले जे गरिरहेका हुन्छन्, त्यही गर्नका लागि उनीहरूको समुदायमा पोथी कमिलालाई बन्देज छैन ।

कहाँ जाने–नजाने, के गर्ने–नगर्ने, अनुहार तथा शरीर कति देखाउने कति ढाकेर हिँड्ने ?

त्यसको पनि कुनै मापदण्ड छैन, जसरी मान्छेको समुदायमा मापदण्ड छ ।

के भाले के पोथी निर्वाधरुपमा डुलिरहेका हुन्छन् उनीहरू, जति समयसम्म जीवित रहन्छन् ।

उनीहरूको समुदायमा अनेक कहानी, किस्सा प्रचलनमा छैनन् । धर्म, संस्कार, परम्परा आदिका बन्देजहरू छैनन् । स्त्री जातिलाई आफ्नो कब्जामा राख्न कुनै नियम, तर्कहरू उब्जिएकै छैनन् ।

उनीहरू अझै त्यही दुनियाँमा छन्, जसरी प्रकृतिले समान रुपमा धर्तीमा जन्म दिएको छ ।

कमिला मात्रै किन पृथ्वीका सबैभन्दा ठूला जीव हात्ती होस् वा ब्ल्यु ह्वेल । यी कुनैका समूहभित्र स्त्री जातिमाथि छुट्टै बन्देजहरू छन् भनेर अहिलेसम्म कुनै अध्ययताले पत्ता लगाएको छैन । देखिएको पनि छैन ।

कुनै चरा–चुरुङ्गी वा सरीसृप जीवका जातिमा पनि भाले र पोथीका लागि छुट्टै नियम भएको हामी पाउँदैनौँ ।

मान्छेसँग बढी गुण मिल्ने मानिएको जनावर बादरमै हेरौँ न ।

जंगलतिर सुन्दरी(स्त्री बाँदर)हरू एक रुखबाट अर्को रुखमा फालहान्दै रमाइरहेका हुन्छन् ।

त्यहाँ कुनै ‘भाले बाँदर’ आएर कस्ती उत्ताउली भन्दैन । कसैले घुरेर हेर्दै आँखा तर्दैन । यसलाई बाबुआमा वा लोग्नेले लह लगाउन सकेनछ भन्दै कुरा काट्दै हिँड्दैन । उनीहरूको समुदायमा जो जसरी रमाओस् बालै छैन ।

मकैबारीमा छिर्न होस कि केराघारीमा, पुरुष बाँदरको समूहले स्त्री बाँदरहरूलाई तिमीहरू यहाँ छिर त्यहाँ नछिर, यता जाऊ उता नजाऊ भन्दै भन्दैनन् ।

अनि हामी मान्छेको समुदायमा ! एकपटका सोचौँ त ?

मान्छेसँग जीव–जनावरको व्यवहार, गतिविधिलाई दाँजेर हुन्छ ? यो प्रश्न सबैका मनमा पक्कै आउँछ ।

हुँदैन, विल्कुल हुँदैन ।

जीव–जनावर र मान्छेमा आकाश–जमिनकै फरक छ ।

केही सेकेन्ड मात्रै घोरिएर सोच्दा पनि हामी दशौँ भिन्नता औल्याउन सक्छौँ । तर, कुनै पनि जीव–जनावरले लिङ्गका आधारमा विभेदकारी बन्धनहरू खडा गरेका छैनन् । हामी मान्छेको समुदायभित्र मात्रै किन छ ? यो सोचनीय विषय हो नि ।

महिलाका लागि अनेक बन्धन खडा गर्ने प्रचलन कहाँबाट सुरु भयो कसरी सुरुभयो यसको ठ्याक्कै उत्तर पक्कै भेटिँदैन ।

विज्ञान, प्रविधि, आधुनिकता जुन क्षेत्रमा जति नै प्रगति भएपनि हामीले महिलाहरूलाई स्वतन्त्र, खुल्ला, बिना संकोच विचरण गर्न दिइरहेका छैनौँ, जसरी पुरुषहरूले पाइरहेका छन्।

अझै पनि यस धर्तीका कयौँ महिला खुल्ला आकाशमुनि निर्धक्क अनुहार देखाएर हिँड्न पाइरहेका छैनन् । पुरुषहरूजस्तै पाठ्यशालामा पढ्न र रंगशालामा खेल हेर्न नपाउने महिलाको संख्या पनि ठूलो छ ।

उनीहरूका लागि कतै जाने, कसैसँग बोल्ने, खाने र लगाउनदेखि हरेक कुरामा दृश्य–अदृश्य रुपमा घेराबारा छ, जुन पुरुषका लागि हुँदैन ।

बुज्रुक समुदायमा एउटा भ्रम के छ भने–समाजमा चेतनास्तर कम भएर, ज्ञान नभएर यस्तो भइरहेको छ ।

केही हदसम्म यसलाई मान्न सकिन्छ तर धेरै हदसम्म यो खारेजयोग्य तर्क हो ।

सुविधासपन्न शहरकै, आफूलाई खान्दानी ठान्ने, शिक्षित मानिएका परिवारभित्रै महिला विभेदका अनेक उमुस–मुकुस भेटिन्छन् । अलिकति नियालेर हेर्‍यौँ भने यो छर्लङ्गै हुन्छ ।

मुख्य समस्या यो हो कि, हामीहरू महिलालाई पनि पुरुषलाई जत्तिकै स्वतन्त्रा दिने कुरामा सहमत हुनै सकिरहेका हुँदैन । सहमत भइहाल्यौँ भने पनि परिवार, समाज, धर्म वा संस्कार जस्ता घेराले जबरजस्ती पछाडि धलेलिरहेको हुन्छ ।

मान्छेले जस्तो स्त्री जातिमाथि विभेद गर्ने इतिहास र वर्तमान पृथ्वीका अन्य कुनै जीवमा छैन, यो चाहिँ हामीले स्वीकानुपर्छ ।

हामी आफूलाई सबैभन्दा विवेकशील र वुद्धिमानी प्राणी ठान्छौँ । अनि विवेकहीन मानिएका साना कमिला र भुसुनाको समुदायमा पनि नभएको स्त्री जाति माथिका अनेक बन्धन मान्छेको समुदायमा किन छ ?

हामी व्यापक बाठो छौँ, दिमाग हाम्रो सबै प्राणीको भन्दा तेज छ तर हामी उतिसारो विवेकी प्राणी चाहिँ होइनौ कि ?





Source link

हंटवायरस क्या है – जिस बीमारी ने जीन हैकमैन की पत्नी, बेट्सी अरकावा को मार डाला?


हंटवायरस क्या है - जिस बीमारी ने जीन हैकमैन की पत्नी, बेट्सी अरकावा को मार डाला?

अभिनेता जीन हैकमैन पिछले महीने हृदय रोग से मृत्यु हो गई, जबकि उनकी पत्नी, बेट्सी अरकावाएक सप्ताह पहले निधन हो गया हन्तावायरसएक दुर्लभ बीमारी अक्सर संक्रमित कृन्तकों से बूंदों के संपर्क के कारण होती है।
हैकमैन, 95, और उनकी पत्नी, 65 वर्षीय बेट्सी अरकावा को 26 फरवरी को मृत खोजा गया था। हैकमैन को घर के प्रवेश द्वार के पास पाया गया था, जबकि अरकावा एक बाथरूम में पाया गया था।
समाचार एजेंसी एसोसिएटेड प्रेस के अनुसार, अरकावा से अंतिम रिकॉर्ड किया गया संचार और गतिविधि 11 फरवरी को थी, जब वह एक किराने की दुकान, फार्मेसी और फूड स्टोर का दौरा किया, और सांता फ़े में, वह और हैकमैन में गेटेड समुदाय में प्रवेश किया, सांता फ़े काउंटी शेरिफ अदन मेंडोज़ा के अनुसार।
Hantavirus क्या है?
वायरस को वसंत और गर्मियों में सबसे अधिक रिपोर्ट किया जाता है, अक्सर जब लोग घरों, शेड या खराब हवादार स्थानों में माउस की बूंदों के संपर्क में आते हैं। यूएस सेंटर फॉर डिजीज कंट्रोल एंड प्रिवेंशन (सीडीसी) के अनुसार, हंटावायरस हंटवायरस फुफ्फुसीय सिंड्रोम का नेतृत्व कर सकता है – एक गंभीर और कभी -कभी घातक फेफड़ों का संक्रमण।
यह इस साल न्यू मैक्सिको में पहले पुष्टि किए गए हंटवायरस मामले को चिह्नित करता है। वायरस व्यक्ति से दूसरे व्यक्ति तक नहीं फैलता है।

जीन हैकमैन की मृत्यु एक सप्ताह बाद हुई है जब दुर्लभ हंटवायरस ने उसकी पत्नी को मार डाला

शुरुआती लक्षणों में थकान, बुखार और मांसपेशियों में दर्द शामिल हो सकते हैं। जैसे -जैसे बीमारी बिगड़ती है, प्रभावित व्यक्ति खांसी, सांस की तकलीफ, या छाती की जकड़न को विकसित कर सकते हैं क्योंकि तरल पदार्थ फेफड़ों में बनता है। सीडीसी की रिपोर्ट है कि विकसित करने वालों में से लगभग एक-तिहाई श्वसन लक्षण जीवित मत रहो।
न्यूयॉर्क टाइम्स की एक रिपोर्ट के अनुसार, संयुक्त राज्य अमेरिका में, हंटवायरस सबसे अधिक आमतौर पर फोर कॉर्नर क्षेत्र में पाया जाता है, जहां यूटा, कोलोराडो, एरिज़ोना और न्यू मैक्सिको इंटरसेक्ट, अब्दोलर के अनुसार।
न्यू मैक्सिको ने पिछले पांच वर्षों में सालाना एक और सात हंटावायरस मामलों के बीच रिपोर्ट किया है, न्यू मैक्सिको डिपार्टमेंट ऑफ हेल्थ के एक पशुचिकित्सा डॉ। एरिन फिप्स ने कहा।
अधिकांश संक्रमण किसी व्यक्ति के घर या कार्यस्थल में या उसके आसपास होते हैं, उसने समझाया। सांता फ़े की पूर्व की संपत्ति में जहां हैमैन और अराकावा रहते थे, स्वास्थ्य अधिकारियों ने कुछ संरचनाओं में कृंतक प्रविष्टि के संकेतों की खोज की। हालांकि, उन्हें मुख्य निवास में वायरस के जोखिम का बहुत कम जोखिम मिला।





Source link

महिला अधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारी


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनबाट प्राप्त अधिकारलाई सही सदुपयोग गरी समानता र सम्मानको लागि अथक प्रयास जारी राख्नुपर्ने बताएकी छन्।

एक सय पन्धौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सामाजिक सञ्जाल एक्स(ट्वीटर) मार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले समानतामूलक समाज र सम्मानपूर्वक बाच्न पाउँ अधिकारको रक्षाको लागि एकताबद्ध हुन आग्रह गरेकी छन्।

‘आज राज्यको प्रमुख प्राथमिकता र दायित्वमा महिलाअधिकार तथा सशक्तीकरण पर्दै जानु हो। यो कार्यमा राज्य सकारात्मक हुनु सम्पूर्ण नेपाली महिलाको लागि खुसीको कुरा हो,’ उनले एक्स (ट्वीटर) मा लेखेकी छन्।

प्रकाशित: २४ फाल्गुन २०८१ १०:२० शनिबार





Source link

‘प्राधिकरणबाट कुलमानलाई हटाउन सरकार तयारीमा छ’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारले कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले यस्तो आरोप लगाएका हुन् । 

उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताएका छन् । 

सांसद ढकालले व्यवसायी, ढुवानीकर्ता र बिक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । 

त्यस्तै, हाल सरकार र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टसलका बारेमा बोल्दै सांसद ढकालले विद्युतीय चूलो ल्याउने नीति बनाइरहेको कुलमानलाई हटाउन सरकार तयार भएर बसेको पनि आरोप लगाएका छन् ।



Source link

Is Trump reining in Musk after a cabinet showdown with secretaries?


Trump says cabinet will cut staff with Musk ‘watching’

US President Donald Trump called a meeting of his cabinet secretaries on Thursday to discuss Elon Musk and his efforts to slash government spending and personnel numbers.

It turned heated, according to media reports.

Musk accused Secretary of State Marco Rubio of failing to cut enough staff at the state department, reports the New York Times.

The tech mogul told Rubio he was “good on TV”, according to the newspaper, pointedly skipping any praise of his work as America’s top diplomat.

The billionaire also clashed with Transportation Secretary Sean Duffy over whether Musk’s Department of Government Efficiency (Doge) task force had tried to lay off air traffic controllers who were already in short supply in the Federal Aviation Administration, according to the New York Times.

Duffy’s department has been under scrutiny after two US airline crashes since Trump took office in January.

Watch: Elon Musk handed chainsaw by Argentina’s President Milei at CPAC

After listening to the back-and-forth, the Republican president reportedly intervened to make clear he still supported Doge, but from now on cabinet secretaries would be in charge and the Musk team would only advise.

A state department spokeswoman told the newspaper Rubio felt the cabinet meeting was an “open and productive discussion”. The White House has not responded to BBC requests for further comment.

The hastily planned gathering could provide evidence that the president has decided to curtail the sweeping power the SpaceX and Tesla boss and his Doge cost-cutting initiative have commanded in the early weeks of his administration.

Trump first commented on the substance of Thursday’s meeting, which was disclosed only in after-the-fact media reports, through a post that evening on his social media site, Truth Social.

He said that he had instructed his secretaries to work with Doge on “cost-cutting measures”.

“As the secretaries learn about, and understand, the people working for the various departments, they can be very precise as to who will remain, and who will go,” he wrote, adding that they should use a “scalpel” not a “hatchet”.

Reuters

Elon Musk was also present at President Donald Trump’s first cabinet meeting on 26 February

Just a few weeks ago, Musk wielded a shiny chainsaw at a conservative conference – a visible symbol of aggressive attempts to slash government spending that have angered Democrats and concerned some officials in the Trump administration.

Musk’s team had sent multiple emails from an official government account to millions of federal workers, encouraging them to accept months of advance pay in exchange for their resignations.

Federal workers were instructed to provide accounts of their weekly accomplishments or risk firing – a request some agencies instructed their employees to ignore.

Doge also ordered the dismissal of many newly hired government employees who, because of their “probationary” status, did not have full civil service protections.

Some government agencies have since rescinded these orders because employees deemed essential, such as those who oversee nuclear weapon security, had been affected.

During an Oval Office event on Friday, Trump responded to questions about the cabinet meeting – and reports of its heated exchanges. He insisted there was “no clash”. He praised both Rubio and Musk and said the two got along “great”.

Trump’s Thursday Truth Social post, however, appears to give department heads more authority to push back against Musk.

It also may be an attempt to insulate the Trump administration from lawsuits that allege Musk is wielding too much power for someone who, unlike cabinet secretaries, is not subject to Senate review and confirmation.

Watch: Musk says Trump told him to be ‘more aggressive’

Several federal judges overseeing these cases have already expressed concern about Musk’s authority – concerns that may be further fuelled by Trump’s comments during his address to Congress on Tuesday that the billionaire was, in fact, the man in charge of Doge.

Musk and Trump have formed a formidable partnership so far – as the richest man in the world and the most powerful politician in America. Washington has been rife with speculation for months about whether that partnership could ultimately fracture.

Those predictions, however, have usually been followed by renewed signs of comity between the two men.

On Friday night, Musk was seen boarding Air Force One with the president for a flight to Trump’s Mar-a-Lago home in Florida for the weekend.

The cabinet room dust-up may be the first crack in the foundation – but there is plenty of evidence that Trump still supports Musk’s broader efforts and goals, even if he might prefer he use a scalpel in the days ahead, not a chainsaw.



Source link

'90 का का लोंडा': वकार यूनिस ने मोहम्मद हाफेज़ के 'पाकिस्तान के लिए कुछ भी नहीं छोड़ दिया' jibe | क्रिकेट समाचार


'90 का का लोंडा': वकार यूनिस ने मोहम्मद हाफेज़ की 'पाकिस्तान के लिए कुछ भी नहीं किया'
वकार योनिस और मोहम्मद हाफीज़

नई दिल्ली: पाकिस्तान पेस लीजेंड वकार यूनिस पूर्व क्रिकेटर पर एक खुदाई की है मोहम्मद हाफीज़ बाद के बाद 1990 के दशक और 2000 के दशक की शुरुआत से सितारों की विरासत पर सवाल उठाया। एक लाइव टेलीविजन शो के दौरान हाफ़ेज़ के बाद वकार की प्रतिक्रिया आई, ने दावा किया कि उस युग के सितारे आईसीसी इवेंट जीतने में असमर्थता के कारण आने वाली पीढ़ियों को प्रेरित करने में विफल रहे।
“मैं उन लोगों का बहुत बड़ा प्रशंसक हूं, जो 1990 के दशक में खेले थे, लेकिन जब विरासत की बात आती है, तो उन्होंने पाकिस्तान के लिए कुछ भी नहीं छोड़ा। उन्होंने एक आईसीसी इवेंट नहीं जीता – वे 1996, 1999 और 2003 के विश्व कप हार गए और 2003 में। हम एक फाइनल (1999 के विश्व कप में) से हार गए। के माध्यम से जाने के लिए, और 2007 में, हमने फाइनल (टी 20 विश्व कप के) को खो दिया, “हाफीज़ ने पीटीवी स्पोर्ट्स पर कहा था।
“2009 में, हम नीचे जीते यूनिस खानकी कप्तानी, और यह अगली पीढ़ी के लिए एक प्रेरणा बन गई। फिर, दुर्भाग्य से, एक बुरी घटना के साथ हुई पाकिस्तान क्रिकेटऔर हम अभी भी उससे उबरने में सक्षम नहीं हैं। फिर हमने 2017 चैंपियंस ट्रॉफी जीती, जो प्रेरणा का एक बड़ा स्रोत था। लोग मूर्तिपूजा करते हैं बाबर आज़म आज, और ऐसा इसलिए है क्योंकि भले ही वह उस घटना में एक बड़ा हाथ नहीं खेलता था, वह वहां था। इसलिए आईसीसी की घटनाओं को जीतने के बारे में, 1990 के दशक के सुपरस्टार अपनी प्रतिभा के प्रति उचित सम्मान के साथ नहीं कर सकते थे, “उन्होंने कहा।

टीम इंडिया दुबई में अभ्यास के साथ चैंपियंस ट्रॉफी फाइनल के लिए गियर करती है

यूनिस ने साथी किंवदंती के साथ एक तस्वीर पोस्ट करके सोशल मीडिया पर जवाब दिया वसीम अकरमइसे कैप्शन करते हुए “90 का लोंडा।”
कैप्शन के साथ -साथ, उन्होंने टेस्ट और एकदिवसीय मैचों की संख्या पर भी प्रकाश डाला, साथ ही साथ उनके और अकरम द्वारा लिए गए विकेट भी।
पाकिस्तान ने 2025 के आईसीसी चैंपियंस ट्रॉफी में एक निराशाजनक अभियान किया था, जो अपने शुरुआती मैच में न्यूजीलैंड के खिलाफ एक अपमानजनक हार का सामना कर रहा था, उसके बाद भारत को नुकसान हुआ, जिसने उन्हें सेमीफाइनल तक पहुंचने में विफल देखा।
वे समूह ए टेबल के निचले भाग में केवल एक बिंदु और -1.087 के नेट रन रेट (एनआरआर) के साथ समाप्त हुए।





Source link

घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ – Online Khabar


२४ फागुन, काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् ।

रौतहट गरुडा नगरपालिका-८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आलमले घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेका थिए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 





Source link

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्न माग


काठमाडौँ । सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा संघसंस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत संघ संस्थाले बिहीबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालकलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तिय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राखेका थिए ।

त्यस्तै, लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले न्यान दिन ढिलाइ गरिरहेको आरोप लगाए ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पीडितको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने र अपचलन गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए ।

वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका संयोजक मिटरब्याजी समस्या समाधानका लागि सरकारसँग माग गरे ।



Source link

NEPALI NEWS ,HINDI NEWS, ENGLISH NEWS

Exit mobile version