फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका ट्रकहरु बाटोमै रोकिए (तस्विरहरू)


काठमाडौँ । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गईरहेका ट्रकहरुलाई स्थानीयले बाटोमै रोकिदिएका छन् । बालाजु माछापोखरीमा काठमाडौं महानगरपालीकाले तरकारी बजार हटाए पछि  फोहर लैजाने गाडीलाई तिनपिप्लेका स्थानीयले बाटोमै रोकिदिएका हुन् ।

महानगर प्रहरीहरुले शुक्रबार बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजनिक यातायात पनि अवरोध गरेको थियो । जसका कारण स्थानीयले फोहरका गाडी रोकेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्: 



Source link

अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिँदैन : खनाल – Online Khabar


२० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधान पुँजीवादी संविधान भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधानलाई पूर्ण रुपमा स्वीकार गर्न नसकिने पनि बताए ।

‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायाँै । त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्त्वपूर्ण कुरा राखेका छाँै,’ नेता खनालले भने, ‘यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौैं ।’

साथै, उनले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको जिकिर गरे ।

तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरूलाई जिताउनसके संसदमा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने उनको भनाइ थियो ।

‘चुनाव आउलान्, ती कार्यनीति लक्ष्यहरू हुन् । चुनाव नै हाम्रो लक्ष्य हुँदैन । तर चुनावमा बढी भन्दा बढी हाम्रा प्रतिनिधिहरूलाई जिताउन सक्यौँ भने त्यो संसदमा गएर पनि हामी यो नौटंकी सरकारको भण्डाफोर गर्नसक्छौँ । र जनताका आवाजहरू त्यहाँ बुलन्द गर्नसक्छौँ । बहुमत ल्यायौँ भने हामी जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्नसक्छौँ,’ खनालले भने ।

सरकारले आगामी आर्थिक वर्ष २०८२—०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको जिकिर गर्दै उनले नीति तथा कार्यक्रममा बोलिने कुरा बढी र गरिने कुरा कम रहेको बताए ।

‘जस्तो हिजो नीति र कार्यक्रम आयो, नौटंकी मात्रै छ । खालि बोलिने कुरा मात्रै छन् त्यहाँ । तर गरिने कुराहरु बहुतै कम छन् । त्यसो हुनाले हामीले बोलिने पनि र गरिने पनि काम गर्नको लागि हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ । त्यसो गरेर मात्रै समस्यालाई विस्तारै बिस्तारै समाधान गरेर अघि बढाउनसक्छौँ,’ सम्मानित नेता खनालले भने ।





Source link

तेह्रथुमको सुन्दर चोलुङ पार्क (तस्विरहरु)


काठमाडाैं । तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कमा अन्तरिक पर्यटकको आकर्षण बढेको छ ।  चोलुङ पार्कमा घुम्न, फोटो खिच्न र भिडियो बनाउन धेरै पर्यटक आउने गरेका छन् ।

गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्कमा आउने पर्यटकलाई मोहित बनाउने गरेको छ । त्यहाँ पाइने वनस्पतीहरुले चोलुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link

देशका विभिन्न स्थानबाट लागू औषधसहित २७ पक्राउ


अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ परेका छन्।

काठमाडौं, महानगरपालिका-११ सुन्धारास्थित न्यू पोखरा प्यालेस होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट, नोर्फिन ४ एम्पुल, डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ३ एम्पुल, नगद २९ हजार ३ सय ३० रूपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ असन घर भई काठमाडौं डल्लु बस्ने ३२ वर्षीय रोहन शाही र सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २८ वर्षीय मनिष श्रेष्ठ रहेका छन्।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले होटलको ११२ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७२ प ९६१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

बारा, आदर्श कोतवाल गाउँपालिका-३ वाताराबाट अवैध लागूऔषध गाँजा करिब २ सय २५ किलोग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई गए राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खेतमापार्किङ गरी राखेको प्र.२-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरको ढाला मुनि फल्स बटन बनाईलुकाई छिपाई राखिएको १५ वटा कार्टुनमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक नन्दकिशोरलाई पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न मकवानपुर हेटौंडा नगरपालिका-४ बस्ने २१ वर्षीय कमाण प्रजा, मकवानपुरकैलास गाउँपालिका-४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र मकवानपुर बकैया गाउँपालिका-५ छतिवन बस्ने २२ वर्षीय नवराज मगरलाई समेत बारा कोल्हवी नगरपालिकास्थित रोज उड होटलको कोठा नम्बर ३०३ बाट प्रहरीले पक्राउ गरेको छ।

सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध फेनारगन ९ एम्पुल, एभिल ९ एम्पुल, डाइजेपाम ९ एम्पुल रलुपिजेसिक ९ एम्पुल सहित सोही उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ३० वर्षीय भरत रसाइलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ शितल मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३५ ट्याब्लेट, कोलिवन ५ हजार ६० ट्याब्लेट,स्पास्पेन ९४ ट्याब्लेट, डिकोलिक २० ट्याब्लेट, नाइट्राजेपाम १ सय ९० ट्याब्लेट, एरोमिन्क१६ ट्याब्लेट, अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम,नगद २ लाख ५३ हजार ७ सय ९६ रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर घर भएका ३० वर्षीय सुजन श्रेष्ठ, ३१ वर्षीय सागर राई र १७ वर्षीय किशोर रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो। 

झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर लाईनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २० वर्षीय सुमित मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ स्थित देउराली होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-२ बस्ने २१ वर्षीया सन्ध्या विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित साठ्ठी बिगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम, नगद ५ हजार रूपैयाँ, ल्याप्टप १ थान र मोबाइल ४ थान सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ शान्तिगाउँ बस्ने २९ वर्षीय दिपक मल्लिक, सोही नगरपालिका-६ मेचीडाँडा बस्ने २५ वर्षीयसरोज दाहाल, २६ वर्षीयशौगात पोखरेल र सोही नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय गुडु भन्ने बिजय भुजेल रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ ट्याब्लेट र नगद १७ हजार ५ सय ४० रूपैयाँ सहित सोही उपमहानगरपालिका-१३ मजुवा बस्ने २४ वर्षीय अजय थिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। 

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-२ ए गाउँ बस्ने २६ वर्षीय गौरव विक र २३ वर्षीय सन्देश खत्री रहेका छन्। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २६ वर्षीय बिष्णु चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.३ प ९७१० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ पुष्पनगरस्थित मान झुण्डी सामुदायिक वनको प्रतिक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २३ वर्षीय प्रकाश धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ राजापुर बजार बस्ने २० वर्षीय बिकल्प थारू र सोही नगरपालिका-९ दक्षिण चैनपुर बस्ने २५ वर्षीय आशिष थारू रहेका छन्।

इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले कैलाली सत्तिघाटबाट राजापुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ८५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ,विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २० मिलिग्राम सहित बेलबारी नगरपालिका-३ बस्ने २४ वर्षीय प्रवेश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ९०७५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ डेरा गरी बस्ने सोही नगरपालिका-११ घर भएका २७ वर्षीय नविन बुढा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

उदयपुर, त्रियुगा नगरपालिका-१० हात्तिमारा टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५९ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६२ ट्याब्लेट र कोलिवन ३ सय ७४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय अनमोल राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २० वैशाख २०८२ १८:०१ शनिबार





Source link

‘विद्युत प्राधिकरणको खातामा १ रुपैयाँ पनि छैन, महँगो परे पनि १० अर्ब ऋण लिने तयारीमा छौँ’- हितेन्द्रदेव शाक्य


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गरेका हुन् ।

शाक्यले जारी गरेको श्वेतपत्र अनुसार विद्युत प्राधिकरणको खातामा एक रुपैयाँ पनि मौज्दात नरहेको देखाइएको छ । खातामा पैसा नै नभएपछि उनले १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

शाक्यले १० अर्ब ऋण लिनका लागि सरकारलाई पत्र समेत पठाइसकेको बताएका छन् । अर्थमन्त्रालयले ऋण लिन स्वीकृति प्रदान गरेपछि प्राधिकरणले १० अर्ब ऋण लिने प्रक्रिया अघि बढाउने शाक्यले बताएका छन् ।

शुक्रबार सार्वजनिक श्वेतपत्र अनुसार विद्युत प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ हुँदा आर्थिक वर्ष २०८०÷८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिएको थियो ।



Source link

स्वास्थ्य बीमा बोर्डमा भुक्तानी मूल्यांकन गर्न अस्थायी जनशक्ति थपिने


२० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए ।

हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषदको निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

यसले ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरूमा सहजता आउने विश्वास गरिएको छ,’ उनले भने ।





Source link

नीति तथा कार्यक्रममा समेटियो पुँजी बजार, नयाँ स्टक एक्सचेञ्जको पुनर्संरचना गरिने, सेयर बजारको क्षमता बढाइने 


काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको छ । आगामी आर्थिक वर्षका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको हो । 

नीति तथा कार्यक्रममा सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने उल्लेख गरिएको छ । 

त्यस्तै, नेपाल स्टक एक्सचेञ्जलाई पुनर्संरचना गरेर पुँजी बजारको क्षमता र पारदर्शिता वृद्धि गर्ने योजना पनि नीति तथा कामर्यक्रममा समावेश गरिएको छ । 



Source link

‘हामीले जनतामा आशा जगाउने रेकर्ड बनायौं, ८४ मा पहिलो पार्टी बन्छाैं, प्रतिगामीलाई जवाफ दिन्छौं’


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बनेर समाजवादी क्रान्तिको आधार तयार पार्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले इतिहासलाई पछाडि फर्काउन खोज्ने प्रतिगामी र यथास्थितिवादी शक्तिहरूलाई गतिलो जवाफ दिने बताए।

“हामीले सडक र सदनबाट खबरदारी गरिरहेका छौँ। आवश्यक परे ठूलो आन्दोलन गर्छौँ,” दाहालले भने। उनले सामाजिक सञ्जाल र जनतामाझ माओवादीको लोकप्रियता र सक्रियता बढेको उल्लेख गर्दै भने, “पाँच–सात महिनाअघि सामाजिक सञ्जालमा हाम्रो अवस्था कमजोर थियो, तर अहिले हामी एक नम्बरतिर उकालो लाग्दैछौँ। यसले जनमत आकर्षित गरेको छ।”

दाहालले कांग्रेस र एमालेसँग गठबन्धन नगरी २०८४ को निर्वाचनमा आफ्नै खुट्टामा उभिएर लड्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पार्टीका विभिन्न अभियान, सम्मेलन र जनसंगठनका गतिविधिले शक्ति सञ्चय भइरहेको र जनतामा आशा जागेको बताए। “हजारौँ शहीद, अपांग र घाइतेको बलिदानले प्राप्त संघीय गणतन्त्र र समावेशी उपलब्धिलाई जोगाउने जिम्मा हाम्रै हो,” उनले भने।

शान्ति प्रक्रियापछि जनवर्गीय संगठनहरूसँगको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बनेको स्वीकार गर्दै दाहालले पछिल्लो समय सरकारको नेतृत्वमा रहँदा भ्रष्टाचारविरुद्ध अभियान, सुशासन र सामाजिक न्यायका मुद्दा उठाएर गणतन्त्रलाई बलियो बनाएको दाबी गरे।

“हामीले जनतामा आशा जगाउने रेकर्ड बनायौँ। अब समाजवादी क्रान्तिको आधार तयार पार्न दिनरात खटिरहेको छु,” उनले भने।

उनले प्रतिगामी शक्तिहरूले राजसंस्था फर्काउने प्रपञ्च गरेको भन्दै काठमाडौंमा भएको राजावादी गतिविधिविरुद्ध माओवादी र समाजवादी मोर्चाले ठूलो धक्का दिएको उल्लेख गरे।

“उनीहरूले फेरि वितण्डा मच्चाउन सक्छन्, तर हामीले त्यसलाई परास्त गर्छौँ,” दाहालले थपे।

प्रकाशित: २० वैशाख २०८२ १८:१२ शनिबार





Source link

विद्युत महशुल बढाउने हितेन्द्रदेव शाक्यको तयारी ! 


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत महसुल बढाउने तयारी गरेका छन् । विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले विद्युत महसुल बढाउने तयारी गरिरहेको संकेत गरेका हुन् । 

उनले पछिल्लो ३ वर्षदेखि विद्युत महशुल समायोजन नभएको भन्दै अब भने विद्युत महसुल समायोजन गर्न पहल गर्ने योजना रहेको उल्लेख गरेका छन् । 

अर्कोतर्फ विद्युत प्राधिकरणको खातामा एक रुपैयाँ पनि नभएको बताउँदै शाक्यले प्राधिकरणले १० अर्ब ऋण लिने तयारी गरिरहेको पनि शाक्यले बताएका छन् । उनले ऋण लिनका लागि सरकारलाई पत्र पठाएको पनि बताएका छन् । 



Source link

राधिका शाक्यद्वारा लिखित ‘करुणा’ को विमर्श – Online Khabar


२० वैशाख, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को विमर्श धुलिखेलबाट शुरु गरिएको छ ।

पाणिनि बुक्सद्वारा धुलिखेल लज रिसोर्टमा आयोजित कार्यक्रममा पुस्तकका बारेमा नविल बैकका कामु सिईओ मनोज ज्ञवाली र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले समिक्षा टिप्पणी गरेका थिए ।

टिप्पणी पछि लेखक राधिका शाक्यले अनुभूति प्रस्तुत गरेकी थिइन् । पुस्तकमा जीवन, संघर्ष, राजनीति, शासन, सफलता, असफलता र मानवता लगायतका विविध पक्षबारे लेखिएको छ । आममानव र विशेषगरी नेपालीहरुको जीवन, संघर्ष र करुणाको प्रतिबिम्ब हुन् ।

पुस्तकमा राधिका शाक्यको अनुभव र यथार्थतामा आधारित संग्रहित छन् । पुस्तकले नेपाली समाजका आमा, छोरी र बुहारीसहित हरेक नेपालीको जीवन, संघर्ष र करुणाको स्पष्ट चित्रण गरेको छ ।

पुस्तकमा नारीहरुको जीवनको भोगाई मात्र नभई लैंगिक दृष्टिकोणबाट नेपाली समाजको दुःख, चुनौती, सङघर्ष एवं सफलता समेटिएको छ ।

पुस्तकमा नेपाली राजनीतिको वर्तमान सन्दर्भमा आम नेतृत्वलाई सच्चा र इमान्दार राजनीति गर्न, नेपाल र आम नेपालीको सेवामा लाग्न प्रेरित मात्र गर्दैन कि गम्भीर भएर नेपाल र नेपालीको बारेमा चिन्तन गर्न एवं त्याग र वलिदानपूर्ण राजनीतिलाई स्थापित गर्न मार्गदर्शन दिएको छ ।

राधिका शाक्यको जीवन दर्शन, जीवन संघर्ष र करुणा एवं केपी ओलीको जस्तो त्याग, बलिदान गर्न तत्पर नेतृत्वको तयार गर्ने मार्गदर्शक आधार करुणा रहेको टिप्पणीकारहरूले गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले कवितामार्फत करुणाको व्याख्या गरेका थिए ।

शिवशक्ति आचार्यद्वारासंचालित कार्यक्रममा पुस्तक प्रकाशनका रामबाबु नेपाल लगायतको सहभागिता रहेको थियो ।





Source link

सरकारको नीति तथा कार्यक्रमः जेन-जी पुस्तालाई प्रशस्त रोजगारीको अवसर दिइने


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा जेन-जी पुस्तालाई प्रशस्त रोजगारीका अवसर सृजना गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षमा उद्यमशीलतामार्फत आन्तरिक रोजगारी सृजना गरी आयआर्जनको अवसर वृद्धि गर्ने घोषणा गरेका छन् ।

उनले सबै उद्यममा व्यवसायिक योजना र त्यसको इकोसिस्टमलाई मिश्रित गर्दै जेन-जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर युवा पुस्तामा स्टार्टअप कार्यक्रम लागु गरिने घोषणा गरेका छन् ।



Source link

जवजलाई युवा पुस्तामा हस्तान्तरण गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज) को सिद्धान्त र मार्गदर्शनलाई युवा पुस्तामा हस्तान्तरण गरे मात्र गणतन्त्र र राष्ट्रियता जीवन्त रहने बताएकी छन्।

शनिबार हेटौँडामा मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणसभा तथा श्री चन्द्र शर्मा स्मृति सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखिन्।

भण्डारीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरी नयाँ सोच र चिन्तनका साथ जनताको सामाजिक र आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरूले समीक्षा गर्दै अघि बढ्नुपर्ने बताइन्।

“जनताले जवजलाई निर्वाचनमार्फत अनुमोदन गरिसकेका छन्। दलहरूले सत्ता प्रतिस्पर्धाभन्दा जनताका समस्या समाधानमा केन्द्रित भएर विकासका लागि राजनीति गर्नुपर्छ,” उनले भनिन्।

उनले फाउन्डेसनलाई गरिब, विपन्न र अल्पसंख्यक महिलाहरूको पाठेघर उपचार र जवजको सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सञ्चालनमा जोड दिन आग्रह गरिन्।

नेकपा (एमाले) ले २०४७ को संविधानलाई २७ बुँदे आलोचनात्मक समर्थन गरेको र २०६२/६३ को जनआन्दोलनबाट गणतान्त्रिक व्यवस्था स्थापना भएको स्मरण गर्दै भण्डारीले यसलाई उपलब्धिको रूपमा प्रस्तुत गरिन्।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले २०७२ को संविधानअनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता, विकास र आर्थिक रुपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजना र बहुवर्षीय योजनामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले कृषि र पशुपालनलाई प्राथमिकता दिएको जानकारी दिए।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू रामेश्वर राना र केदार न्यौपाने, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले जवजले कम्युनिष्ट र प्रजातान्त्रिक शक्तिहरूबीच सहकार्यको प्रेरणा दिएको बताए। उनीहरूले सङ्घीय सरकारलाई कमजोरी सुधारेर सुशासनमा ध्यान दिन सुझाव दिए।

फाउन्डेसनका अध्यक्ष खुलालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रवती पनेरुले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साधारणसभाले आजै नयाँ पदाधिकारी र सदस्यहरूको निर्वाचन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २० वैशाख २०८२ १८:२८ शनिबार





Source link

सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा 


काठमाडौँ । सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरिने घोषणा गरेका छन् । सोही कोषमार्फत साना बचतकर्तालाई बचत फिर्ता गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै, राष्ट्रपति पौडेलले सहकारी ऋण असुली न्यायाधीकरण स्थापन गर्ने पनि घोषणा गरेका छन् । अर्कोतर्फ सहकारी तथ्यांक प्रणालीलाई व्यवस्थापनलाई विद्युतीय सूचना प्रणाली स्थापन गर्ने पनि सरकारले घोषणा गरेको छ ।



Source link

नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय


२० वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । त्यसमा धेरै कुराहरू समेटिएका छन् । जुन राष्ट्रिय आवश्यकता हुन्,’ उनले भने, ‘हामीले पनि चाहेका कुरा भएकाले समर्थन गर्ने । रचनात्मक र सकारात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने र समर्थन गर्ने निर्णय भएको छ ।’

त्यस्तै, नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानकासम्बोधन हुनेगरी बजेट तर्जुमा गर्न पनि कांग्रेसले ध्यानाकर्षण गरेको छ ।

प्रमुख सचेतक घिमिरेका अनुसार संसद्मा विधेयक निर्माणको कामले गति लिन नसकेको निष्कर्ष कांग्रेसको छ ।

‘विधेयक निर्माणको गति सुस्त भएको महसुस भएको छ । त्यसले पारेको प्रभाव धेरै भए । त्यसलाई तीव्र बनाउनका लागि कांग्रेसले देखिनेगरी भूमिका खेल्नुपर्छ भन्ने कुरा निष्कर्ष निकालेको छ,’ संसदीय दलको बैठकपछि घिमिरेले भने ।





Source link

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति, संसद्मा निदाउनेहरुको प्रतिस्पर्धा ! 


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम  प्रस्तुत गरिरहेका छन् । 

तर, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदमा निदाउनेहरुको प्रतिस्पर्धा चलिरहेको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसदमा धेरैजसो निदाइरहेका छन् । अझ केही त उपरखुट्टी लगाएर सुतिरहेका देखिएका छन् ।



Source link

How to find and apply for jobs on shramsansar app and portal?


The government of Nepal has launched a shramsansar app, an online job finder where employers can find their employees. The Prime Minister KP Sharma Oli officially virtually inaugurated the ambitious website on May 01, 2025, marking International Labor Day.

PM Oli said that the government job finding platform will soon be integrated into another government service, the Nagarik app.

In the meantime, the Minister of Labor, Employment, and Social Security, Sharad Singh Bhandari, expressed a commitment to start a campaign to provide all types of jobs at the local level.

“The portal has been launched. All local levels and workers will have access to it through a mobile application. Along with this, the ministry will launch a campaign to provide all types of labor and employment-related services from the local level,” she said.

The minister also expressed his hope that the shramsansar portal will help the labor market information system to effectively implement the ‘Internal Employment Promotion Decade’ announced by the government.

What is the shramsansar job finding app?

Shramsansar is a job app and a portal established by the Ministry of Labor, Employment, and Social Security to provide employment. According to the ministry, the portal aims to provide official information on employment, provide training, and promote entrepreneurship. The digital space lets you find jobs in health, commerce, fishery, cookery, engineering, agriculture, IT, etc.

The scale of the portal is quite large, too. The Labor Ministry says that the portal will bring all three tiers of the government, job-seekers, employers, and others, and will provide official information regarding the job market.

shramsansar app job categories

The shramsansar platform is operated through the Employment Service Centers at each local level in coordination with the federal and provincial governments.

How to find jobs on shramsansar?

Here are the steps to use and find jobs on shramsansar portal:

  • Open the shramsansar app or visit shramsansar.gov.np.
  • On the app, tap on Rojgari, enter your province, district, local level, and job category, and search for jobs available
  • On the portal, enter your job category in the field left to Search on the home page
  • Select your job and click on Apply to proceed

NOTE: To apply for jobs, you need to create an account for the shramsansar service. I personally found it quite comprehensive as required, but it will certainly take a while. Thankfully, registration on shramsansar is free.

Also: Nepali Startups To Get Up To Rs 25 Lakh Startup Loan, How to Apply?

What I liked about shramsansar job app and my hopes

Shramsansar seems to be a versatile and holistic job finder. Both its app version and website are detailed and engaging. It seems to do the job well. What I also liked is its integration with other online job-finding platforms. I could see some vacancies from Merojob and others.

The vacancy shows a level of job (basic, mid, high, salary, location, etc.). Another good part is that it shows information about different training programs. In all, it feels like a wholesome digital space that extends beyond just being a job-finding app or portal.

But my wish is that it works for the youth and evolves. And I feel quite hopeful about it. It’s integrated with three levels of government and integrates other job-related agencies. So, its scope and potential are large.



Source link

डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणा


काठमाडौँ। सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले सूचना प्रविधिको पूर्वाधार विस्तार गर्दै डिजिटल कारोबारलाई थप प्रभावकारी बनाइने जनाएका छन्। सरकारको यो योजनाले डिजिटल कारोबारलाई थप व्यवस्थित बनाउँदै देशलाई आधुनिक वित्तीय प्रणालीतर्फ उन्मुख गराउने प्रयासका रूपमा लिइएको छ।

योसँगै सरकारले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ।



Source link

एनआरएनएलाई एकताबद्ध बनाएर अघि बढाऔँ: भट्टराई


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

गैरआवासीय नेपाली सङ्घ उच्चस्तरीय समितिले आज यहाँ आयोजना गरेको एकता महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकताबद्ध हुँदै एनआरएनएले नेपालमा आएर लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए।

संविधानसभाबाट बनेको संविधानमा गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार भए पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको धारणा राखे।

संविधान संशोधन गरेर भए पनि गैरआवासीय नेपालीलाई समान अधिकार दिनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले गाउँगाउँमा हजारौँ बिघा जग्गा बाँझो रहेको अवस्थामा दुई रोपनीभन्दा बढी जग्गा किनेर लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई रोक्न नहुने जिकिर गरे।

व्यक्तिको राजनीतिक विचार हुने भए पनि एनआरएनएमा सङ्कीर्ण राजनीतिक सोच हुन नहुनेमा उनको जोड थियो।

प्रकाशित: २० वैशाख २०८२ १८:३२ शनिबार





Source link

NEPALI NEWS ,HINDI NEWS, ENGLISH NEWS

Exit mobile version