Category Archives: नेपाल समाचार

‘भाटभटेनी लुट्नेले भोलि सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छन्’


१५ चैत २०८१ मा राजावादी भनौदाहरूले भाटभटेनीमाथि धावा बोले र तोडफोड गरे । भाटभटेनीको सम्पत्ति लुट्ने काम गरे । यो निकै खेदपूर्ण छ । मैले आफू हाइस्कुलमा पढ्दादे्खि नै राजनीति सम्बन्धी थोरै ज्ञान राख्थेँ । त्यसताका पञ्चायतको साशन थियो । पञ्चायती साशनमा बोल्ने अधिकार थिएन ।

मैले आफ्नो विद्यार्थी कालमा पञ्चायतविरुद्ध संघर्ष पनि गरेको हो । यो कुरा भनिराख्दा मलाई गर्व लाग्छ । अहिले आएर म व्यवसायी भएँ । म बर्बरता विरुद्ध लड्ने एक शाहसी युवा पनि हुँ । म नेपाली भएको नाताले अन्याय विरुद्ध लड्नुपर्छ । मैल १६–१७ वर्षको उमेरदेखि लडाइँ लड्दै आएको हो ।

विगतदेखि नै मैले विभिन्न घटना परिघटना देख्दै आएको हो । कुनै पनि घटनामा यसरी व्यक्तिको सम्पत्तिमाथि धावा बोल्ने, आक्रमण गर्ने, व्यक्तिका घरमा ढुंगामुढा गर्ने, अफिसमा आगजनी गर्ने काम भएको थिएन । यो मात्रै होइन, एक फोटो पत्रकार जसले समाज सुसूचित गर्न आफ्नो काम गरिरहेका थिए उनै व्यक्तिलाई जलाएर मारिदिने यस्तो बर्बर आन्दोलन कहिल्यै पनि देखिनँ ।

मलाई यो कुरा भनिरहँदा कुनै आफ्ठ्यारो लाग्दैन । आज भाटभटेनीमाथि आक्रमण भयो । भोलि अन्य प्रतिष्ठानहरूमा पनि आक्रमण हुन सक्छ । आज भाटभटेनीको सम्पत्ति लुटे भोलि देशको सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छन् । यस्ता लुटेराहरूले ल्याएको परिवर्तन हामीलाई चाहिएको हो ? यस्ता समूहप्रति हाम्रो समर्थन हो ? कदापि होइन । हामी यो देशलाई सम्पन्न बनाउन चाहन्छौं । यो देश विश्वको सम्पन्न मुलुकमा परोस् भनने चाहना राख्छौं । तर, सत्ता प्राप्तिका लागि जुन कुरा भयो, यो एकदमै खेदपूर्ण छ ।

आज व्यावसायिक प्रतिष्ठान र मिडिया हाउसमा आक्रमण भयो । हामीसँग पनि हात छ । दुर्गा प्रसाईं जस्तो राजावादी आन्दोलनको लिडर, मेन नायक, कमान्डर उसको बीएन्डसी अस्पतालमा गएर ढुंगा हान्यौं भने के हुन्छ ? लुटपाट गरे के हुन्छ ? दुर्गा प्रसाईंको मन दुख्दैन ? यसो गर्दा मीनबहादुर, भाटभटेनी र भाटभटेनी सम्बद्ध सबै परिवारको मन दुखेको छ ।

आज कुनै पूर्व प्रधानमन्त्रीको घरमा अथवा आन्दोलनको मेन नाइकेको दरबारमा दुंगामुढा गरे के हुन्छ ? नेपाली जनताले यत्रो संघर्ष गरेर ल्याएको गणतन्त्रमाथिको आक्रमण ज्यादै खेदपूर्ण छ । म नेपालको सचेत नागरिक हुँ । सचेत नागरिक भएको हैसियतले म सरकारलाई प्रश्न गर्छु– एउटा गुन्डालाई जे पनि भन्न र गर्न दिने ? यो भनिरहँदा मलाई कुनै त्रास, डर र हिनताबोध छैन ।

हामी आफूले आर्जन गरेको समपत्तिबाट ट्याक्स (कर) तिर्छौं । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दसौं हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?

राज्यले व्यवसायीलाई तथानाम गाली गर्दा, बैंकको पैसा नतिर भन्दा उसलाई छुट दियो । बैंकको कर्मचारीलाई मोसो दल्दा छुट दियो । यसैको परिणाम हो यी दुई जना युवाको हत्या । यस घटनामा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न म राज्यलाई आग्रह गर्छु । एउटा गुन्डाले देशमा सरकारी र निजी सम्पत्तिमाथि धावा बोलेको छ । यसमा म सरकारलाई कडाभन्दा कडा कारबाही गर्न अनुरोध गर्छु ।

हामी आफूले आर्जन गरेको समपत्तिबाट ट्याक्स (कर) तिर्छौं । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दसौं हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ? यो त राज्यको दायित्वभित्रको कुरा हो । दुर्गा प्रसाईं गुन्डा नाइके हो । राज्यले पुल्पुल्याउँदा आज यो परिणाम देखियो ।

दुर्गा प्रसाईं मारवाडीले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्दै हिँडेका छन् । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउने ? देश कंगाल बनाउने ? व्यवसायी भगाउने ? गुन्डा नाइके दुर्गा प्रसाईंको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा गरेर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान मेटिन्छ ? हामी बुझ्दैनौं ? यो सबै डकैती हो ।

(भाटभटेनी सुपर स्टोर सञ्चालक गुरुङले बुधबार कोटेश्वर भाटभटेनीमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश)





Source link

NCHL launches Nepal Pay card with a host of benefits


Nepal Pay card has been launched on March 31, 2025. The card was released by Nepal Clearing House Limited (NCHL) while inaugurated by Nepal Rastra Bank governor Mahaprasad Adhikari.  In this post, we guide you through what the Nepal Pay card is, its benefits, and which banks provide it.

What is the Nepal Pay card?

Nepal Pay is a payment card developed by NCHL, and like every other card, it is used for electronic transactions. The card is issued by various banks. Users of this card will get it in debit, credit, prepaid, and virtual card forms.

Also: Fonepay And NIPL Bring Nepal-India Cross-Border Payment

Key benefits of the Nepal Pay card?

Nepal Pay will make digital payments straightforward, secure, and more accessible. It also helps a vast amount of money outflow as it operates completely within Nepal. Additionally, since all transaction details remain within the country, it is also secure.

Which banks provide the Nepal Pay card, and when?

Nepal Pay card will be first distributed by banks such as Citizens Bank, Machhapuchchhre Bank, Himalayan Bank, Goodwill Finance, Muktinath Development Bank, NMB Bank, Prabhu Bank, Sangrila Development Bank, and Siddhartha Bank.

More banks will join NCHL to issue this payment card in the near future. The card system has just been unveiled, so the banks will take a while to start distributing it to their customers.

Nepal Pay card launched

The card is developed as part of NRB’s objective of operating a domestically made payment system. NCHL says that the preparation for the issuance of the card is completed, and soon, banks will be integrated into this innovative payment system.

Speaking about the timeline, the card was inaugurated with Himalayan Bank handing over a Nepal Pay card to the governor, Adhikari. Likewise, the first transaction was performed on an MBL POS machine using the card.

Nepal’s own payment card-  Nepal Pay

Nepal Pay is described as Nepal’s own payment card and has been launched with the slogan, “Nepal Pay Card, Nepal’s Own Card”. What that means is that all the details of transactions that occur via this card will stay in Nepal. Therefore, it will help reduce illegitimate electronic transactions and promote a transparent and secure digital payment system.

According to NCHL, they are also planning to make this card usable abroad. Governor Adhikari stressed that Nepal Pay, being a Nepal-made card, will promote Nepal’s financial independence.

“Paying through international providers like Visa and MasterCard used to incur additional costs. Now that the card (Nepal Pay) is operated in Nepal, that cost will be saved,” the governor said.

It’s believed that Nepal Pay card will start a new age for a secure and easy digital payment experience in Nepal.



Source link

ठूलो परिमाणको लागूऔषधसहित ७ जना पक्राउ


जिल्लाको पश्चिमी व्यापारिक केन्द्र कटारी बजारबाट ठूलो परिमाणको लागूऔषधसहित सात जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले मङ्गलबार कटारी नगरपालिका ४ कान्छी बजारबाट लागूऔषध र नगदसहित पक्राउ पर्ने ७ मध्ये एक जना किशोरी पनि छिन्।

प्रहरीले कटारी नगरपालिका ७ बस्ने वर्ष २९ का हरिबहादुर तामाङ, कटारी ८ बस्ने वर्ष १९ का भक्तबहादुर तामाङ, सोही वडाका वर्ष २५ का सोमकृष्ण राईलाई पक्राउ गरेको जनाएको छ। त्यस्तै कटारी ४ का २३ वर्षीय अनमोल मगर, ४ कै २० वर्षकी आरती राउत, सोही वडा बस्ने वर्ष २३ का सरदकुमार सुनुवार र ४ कै १९ वर्षीय बिक्रम साशंकार रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले  ट्रुपन ट्याब्लेट ४ हजार ४ सय ३१ थान, स्पासपेन ५, हजार ९ सय १२ र  टेपेन्ट्रा लागूऔषध गरी जम्मा १० हजार ४ सय ६३ ट्याबलेट बरामद गरेको छ। त्यसैगरी १ सय ग्राम प्रतिबन्धित गाँजा तथा नगद २ लाख ४७ हजार ७ सय २० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन्।

डिएसपी दोङका अनुसार उनीहरू सवार  प्र १-०५-००१ प ७६०२ नं. को २२० सिसीको. कालो रातो रंगको पल्सर मोटरसाइकल र प्र १-०५-००१ प ७४९७ नं. को २०० सिसीको कालो फुस्रो रंगको एनएस मोटरसाइकल तथा ६ वटा मोबाइल पनि बरामद भएको छ।

कटारी कान्छी बजारमा प्रतिबन्धित लागूऔषध ओसारपसार तथा बिक्रीवितरण भइरहेको भन्ने सूचना प्राप्त भएपछि इप्रका कटारीले प्रहरी निरीक्षक भीमलाल ओलीको कमाण्डमा टोली खटाउँदा सो समूह पक्राउ परेको हो। लागूऔषध सेवन तथा कारोबारमा संलग्न ७ जना व्यक्ति, नियन्त्रित तथा प्रतिबन्धित लागूऔषध, नगद, मोटरसाइकल र मोबाइल फोन नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ।

पक्राउ परेका ७ जना व्यक्तिविरुद्ध थप अनुसन्धानका लागि बुधबार अदालतबाट म्याद लिने तयारी भइरहेको छ।

प्रकाशित: २० चैत्र २०८१ २१:०२ बुधबार





Source link

कोशी पर्यटन वर्षको मस्कट हाब्रे, प्रधानमन्त्रीले उद्घाटन गर्ने


२० चैत, विराटनगर। कोशी प्रदेशले मनाउने ‘कोशी पर्यटन वर्ष २०८२’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार तेह्रथुमको तिनजुरे क्षेत्रमा चैत २७ गते पर्यटन वर्ष २०८२ उद्घाटन हुनेछ ।

मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार पर्यटन वर्षको मस्कट कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेलाई बनाइएको छ ।

कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नारा तय भएको पर्यटन वर्षको लोगोमा कोशी टप्पुमामात्र पाइने अर्ना, सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा र राष्ट्रिय झण्डा राखिएको छ। लोगो र मस्कट बुधबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सार्वजनिक गरे ।

पर्यटन वर्षका लागि सरकारले चालु आर्थिक वर्ष २०८१/८२मा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र वराह क्षेत्र, हलेसी, पाथीभरा र रामधुनीको विषेश प्रवर्धन गर्ने तयारी छ । पर्यटन वर्षका लागि भारतसँगको चारमुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गर्ने तयारी छ ।

कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्य १४ वटा छन् । नयाँ विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र १६ वटा छन् । पर्यटन वर्षका आउने पर्यटकलाई सेवा दिन प्रदेशमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् । अन्य साना होटल तथा होमस्टेहरु छन् ।

कोशी प्रदेशमा जम्मा १०५ वटा होमस्टे रहेको मन्त्रालयले तथ्याङ्क छ । ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सी, ८७ जना ट्रेकिङ गाइड, २८९ जना टुरगाइड छन् । ४ स्थानमा र्‍याफ्टिङ पनि पर्यटन वर्षमा प्रवर्धन गरिने मन्त्रालयले जनाएको छ ।





Source link

Daraz New Year Offer 2080 Begins


Daraz New Year campaign on the occasion of the Nepali New Year 2080 is beginning on April 4th (Chaitra 22nd, 2081). As usual, you can grab massive discounts up to 70%, win gift hampers, earn prepayment discounts, and also, there’s a chance to win a brand new OnePlus phone. So, this new year, you can make your shopping experience a memorable one by shopping and saving on Daraz. Here, we have all the highlights of this shopping campaign.  

Daraz New Year Offer 2082: Best offers

Flash Sale with up to 70% off

Daraz New Year 2082 offer comes with up to 70% discount on a large range of products. The massive concessions are provided on Flash Sale, which is available on the home interface of the Daraz website and app. You can grab the best deals on products from popular brands such as Cetaphil, Muscleblaze, Aiwibi, Rohto, Microlife, X-AGE, and Blackshark. These are limited-time deals and are refreshed daily. So, be an early bird to seize the unmatchable shopping with it.

Daraz New Year Offer 2082 flash sale discount

Enjoy a discount of Rs 10,000

If you thought your discount chances were just there, there’s one more! If you buy products on Daraz worth over Rs 100,000 (Rs 1 lakh), you get a flat Rs 10,000 off voucher. Keep in mind that this offer kicks off live on April 4 at midnight. So, you need to be alert and grab it before it expires.

Add to Cart and Win” game

The Add to Cart and Win game lets you earn exciting prizes this new year (2082). Three lucky winners will receive hampers worth Rs 5,000 each from Cetaphil, Yaazy, GCG Eyewear, and Ukulele. Likewise, one lucky buyer will win a Glen Air Fryer worth Rs 12,000. To be eligible for this, buyers need to add products to the cart worth Rs 10,000 from March 30th (Chaitra 17th) to April 3rd (Chaitra 21st). Winners will be chosen by a lucky draw.

Discount on credit and debit card payments

You can increase your savings by paying via your debit or credit card while transacting for your purchases during this offer. So, paying via your credit card earns you a 15% discount of up to Rs 750. Likewise, if you choose your debit card to pay, you get a 10% discount, which is up to Rs 500.

Collectively, it is called a prepayment discount and applies to customers of nine select banks listed below:

  • Nabil Bank
  • Himalayan Bank
  • Standard Chartered Bank
  • Citizens Bank
  • Nepal Bank
  • Nepal SBI
  • Jyoti Bikas Bank
  • Mahalaxmi Bikas Bank
  • Garima Bikas Bank

If you use a debit card or credit card of either of these banks, then you are eligible for up to a discount of Rs 750 on Daraz shopping in the new year 2082 offer.

Other affordable deals

Daraz New Year Offer 2082 also includes other exciting deals where you can buy products at fixed but affordable rates. This includes daily deals of Rs. 44, Rs. 444, and Rs. 4,444. Besides, you can find other such deals at Rs. 99, Rs. 399, Rs. 999, and Rs. 1,999.

Check out: Daraz app gets ChatGPT-powered AskDaraz for recommendations

Win a OnePlus Nord CE4 Lite

In this campaign, you also have a chance to win a brand new OnePlus Nord CE4 Lite smartphone worth Rs 29,999 while shopping on Daraz. All you need to do is buy products worth at least Rs 5,000. Additionally, Daraz is giving away a Yasuda Personal Air Cooler worth Rs. 10,300 each to four lucky winners.

The offer concludes on April 13th (Chaitra 31st, 2081).



Source link

‘पूर्वराजासँग बयान लिउँ, ‘यो के गरेको’ भनेर सोधौँ’


पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग राज्यले बयान लिनुपर्ने माग गरेका छन्। उनले राजावादी प्रदर्शनका घटनालाई लिएर ‘के गरेको’ भनेर सोधपुछ गर्नुपर्ने बताएका हुन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै डा. भट्टराईले भने, “पूर्वराजाले आउँछु भन्न पाउँछन्, तर संविधानविपरीत अपारदर्शी हर्कत गर्नुहुँदैन। उनका समर्थकले मच्चाएको वितण्डा अपराध हो। राज्यले विधिपूर्वक बोलाएर ‘यो के गरेको’ भनेर सोध्नुपर्छ, बयान लिनुपर्छ।”

उनले ज्ञानेन्द्र साधारण नागरिकको हैसियतमा बस्न ठीक हुने तर राजाको दाबी गर्नु ठगी भएको टिप्पणी गरे।

उनले राजावादी शक्तिलाई पुरातनवादी प्रवृत्तिको संज्ञा दिँदै यस्ता गतिविधिले देशलाई पछाडि फर्काउन खोजेको बताए।

“चुनावमा राजावादीको हिस्सा तीन-चार प्रतिशतभन्दा बढी छैन। जनताको असन्तुष्टिको दुरुपयोग गरेर उनीहरू सफल हुने सम्भावना छैन। सरकारले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न कानुनी कारबाही गर्नुपर्छ,” उनले भने।

डा. भट्टराईले अग्रगामी शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्धितिर डोर्‍याउनुपर्नेमा जोड दिँदै असन्तुष्टिको समाधान पछाडि फर्केर नहुने बताए। “भोक लाग्यो भन्दै विष खानु ठीक होइन। राज्यले कानुनको दायरामा ल्याएर अगाडि बढ्नुपर्छ,” उनले थपे।

प्रकाशित: २० चैत्र २०८१ २१:०२ बुधबार





Source link

टिभीमा लाइभ गरिरहेका क्यामेरापर्सन जब आफैं आगोमा जले – Online Khabar


‘दाइ, दाइ मेरो भाइबर चल्यो । म खतरा ठाउँमा छु है !’

यसो भनिरहँदा सुरेश रजकको आवाज केही हडबडाएको सुनिन्छ । उनी क्यामेरा बोकेर एउटा ल फर्मको कार्यलयभित्र छिरेका छन् । त्यहाँ प्रदर्शनकारीहरूले उत्पात मच्याइसकेका छन् । टेबल–कुर्सी भाँच्ने, कागजात फ्याँक्ने क्रम जारी छ ।

केही अघिसम्म सो भवनमा तिनीहरूले तोडफोड गरिरहेका थिए । भवनका झ्याल कुनै सद्दे रहेनन् । झर्‍यामझुरुम भयो । त्यसरी नै फुटाइएको झ्यालबाट प्रदर्शनकारीसँग सुरेश पनि उक्त कोठामा छिरेका देखिन्छन् ।

संभवत सुरेश त्यो जोखिमयुक्त ठाउँबाटै प्रत्यक्ष प्रसारण गर्ने प्रयासमा छन् । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन उनी राजावादी प्रदर्शनको दृश्यहरू पछ्याउँदै त्यहाँसम्म पुगेका हुन् ।

००० ०००

बाहिर चर्को हो–हल्ला, हुलदङ्गाको ध्वनि । यतिबेला त्यो कार्यलयभित्र सुरेश मात्र बाँकी छन् । सुरेशले काँधमा क्यामेरा भिरेका छन् र हातले दुईवटा मोबाइल चलाइरहेका छन् । उनी भिडियो लाइभ गर्ने प्रयासमा थिए ? मोबाइलको नेटवर्क खोज्दै थिए ? कसैसँग सम्पर्क गर्दै थिए ? स्पष्ट हुँदैन ।

कसैले सुरेशको भिडियो ‘जुम’ गरेर खिच्छ । त्यसपछि चेनगेट देखाउँछ र फेरि जुम गरेर ताल्चा लगाइएको देखाउँछ । अर्थात् उनी बन्द कोठामा छन् । त्यसभन्दा तलको कोठाभित्र आगो लाग्न सुरु गरिसकेको छ ।

rajabadi dhungamudha 3

००० ०००

तीनकुनेको सो भवनमाथि ढुङ्गा प्रहार भइरहँदा र त्यसको सिसाहरू फुटिरहँदा सुरेश त्यही भित्रबाट भिडियो खिचिरहेका देखिन्छन् । संभवतः उनी एक्सक्लुसिभ फुटेज खिच्ने यत्नमा छन् ।

केही पछि भवन दनदनी आगोमा जल्न थाल्छ । आगो निभाउन आएका दमकललाई प्रदर्शनकारीले लखेट्छन् ।

त्यसपछि ?

भग्न भवनको तेस्रो तलामा उक्लिएर आफू कार्यरत टेलिभिजनमा विशेष दृश्यहरू प्रत्यक्ष प्रसारण गर्न खोजिरहेका सुरेश एकाएक सम्पर्कविहीन हुन्छन् ।

००० ०००

चैत १५, शुक्रबार ।

राजावादी प्रदर्शनले उग्र रूप लिइसकेको छ । अनलाइन पत्रिका ‘लोकपथ’का लागि भिडियो खिच्दै तीनकुनेमा आइपुग्छन्, दिनेश रजक । नाताले उनी सुरेशका साख्खै दाइ हुन् ।

यतिबेला तोडफोड गरिएको भवनमा आगो सल्किसकेको हुन्छ र त्यसको लप्का हावा जसरी सर्वत्र फैलिन्छ । उनी आगोले जल्दै गरेको भवनको दृश्यहरू खिच्न थाल्छन् ।

यतिनै बेला एभिन्युज टेलिभिजनका केही रिपोर्टर कराउँछन्, ‘एउटा क्यामेरापर्सन माथि नै छ, माथि नै छ ।’

हठात् उनका भान्जा राजेश रजक अत्तालिदै र रुँदै आइपुग्छन् । उनी भनिरहेका छन्, ‘माथि… माथि ।’

दिनेश सोध्छन्, ‘को ?’

‘हाम्रो मामा, हाम्रो मामा’ भन्दै ऊ रुन थाल्छ । भान्जा पनि एभिन्युजकै क्यामेरापर्सन हुन् । मामा भान्जा दुवै राजावादी प्रदर्शनको भिडियो खिच्न खटिएका हुन्छन् ।

भान्जाले जल्दै घरको भवनलाई संकेत गरेर ‘माथि हाम्रो मामा छ’ भनेको सुनेपछि दिनेशको नौनाडी गल्छ । मुटुको चाल नै रोकिए जस्तो हुन्छ । सास अड्किन्छ । भाउन्न हुन्छ ।

सुरेशका माइला दाजु दिनेश रजक

उनीहरूले प्रहरीलाई गुहार गर्छन्, सहयोगका लागि । तर प्रहरी भन्छ, ‘हामीले माथि सबै खोजिसक्यौं, कोही छैनन् ।’

तीन पटकसम्म माथि उक्लिएर खोज्दा मान्छे नभेटिएको जवाफ दिन्छन् । प्रहरीको कुरा सुनेपछि दिनेशको मनमा केही आसा जाग्छ । उनले आफूलाई केही हल्का महसुस गर्छन् ।

यद्यपि यसबेलासम्म उनका भाइ सुरेश भने सम्पर्कमा आएका छैनन् । सबैतिर सोधीखोजी गर्दा भेटिएका छैनन् । नजिकैको कान्तिपुर अस्पताल, सिभिल अस्पतालदेखि आसपासका सबै अस्पतालमा हेर्न र बुझ्न जाँदा फेला परेका छैनन् ।

केही समयपछि सशस्त्र प्रहरी आएर भवनको आगो निभाउँछन् । अनि दिनेश, उनका भान्जा र एभिन्युजकै अरु रिपोर्टर भवनभित्र पसेर माथिसम्म खोजतलास गर्छन् । भुँइतलामा खरानीको रास हुन्छ । दिनेशलाई कताकता शंका लाग्छ, त्यही रासभित्र पो आफ्नो भाइ छ कि । त्यहाँ आगोको राप र धुँवाले उकुसमुकुस हुन्छ ।

भवनभित्र धेरै समय बस्न सहज नभएपछि उनीहरू फेरि बाहिर सडकमा निस्कन्छन् ।

००० ०००

साँझ पर्नै लाग्छ । भवनको भुँइतलाको आगो फेरी सल्किएर दनदनी बल्न थाल्छ । जसोतसो दमकल आइपुग्छ र आगो निभाउँछ ।

दिनेश भित्र पसेर भाइको खोजी गर्न थाल्छन् । भुँइतला हुँदै दोस्रो तलासम्म पुग्दा भान्जा तेस्रो तलामा उक्लिसकेका हुन्छन् ।

यत्तिकैमा भान्जा जोडजोडले रुँदै कराउँछन्, ‘मामा..‍. मामा !’

दिनेश दौडँदै माथिल्लो तलमा पुग्छन् । त्यहाँको दृश्य देखेर उनको मुटुको चाल नै रोकिए जस्तो हुन्छ । झ्यालको ठीकमुनि एउटा जलेको मान्छे देखिन्छ । ऊ भित्तामा अडिएको अवस्थामा छ । हात–खुट्टा कुप्रिएको छ ।

केही संकेतबाट प्रष्ट हुन्छ, त्यो उनकै भाइ सुरेश रजक हुन् ।

तर, उनी त्यहाँसम्म गएर किन निस्किएनन् ? जबकि जुन झ्यालबाट प्रदर्शनकारीसँगै उनी प्रवेश गरेका थिए त्यहाँबाट निस्कनका लागि उसलाई केले रोक्यो ?

आगो एकै पटक सल्किएको थिएन । भूँइतलामा आगो लागिरहँदा सुरेश किन चुपचाप बसिरह्यो ? आगोको राप र धुँवाले पोल्न थालेपछि मान्छे छटपटाउनु वा चिच्याउनुपर्ने हो ।

संभव भएसम्म आफूलाई बचाउन खोज्नुपर्ने हो । माथिको तलाबाट हाम फाल्नुपर्ने हो । यताउता दौडनुपर्ने हो । के उनले त्यसो गरे ?

दिनेशलाई लाग्दैन आगोले पोल्नुअघि भाइ दौडिए, चिच्याए वा आफ्नो ज्यान बचाउनतर्फ लागे । त्यसो हुँदो हो त केही न केही संकेत देखिने थियो । धुँवाको मुस्लोले अचानक बेहोस हुने स्थिति पनि त्यहाँ देखिंदैन । त्यसो भए उक्त कोठाभित्र, त्यो पनि भित्तामा अडेसिएको अवस्थामा उनी कसरी जल्न पुगे ?

यतिबेला शोकमा बसिरहेका दिनेशलाई यही प्रश्नहरूले घोचिरहेको छ । उनलाई लाग्छ, यो स्वभाविक छैन । रहस्यमयी छ ।

००० ०००

शुक्रबार बिहान करिब ८ बजे ।

सधै झै सुरेश त्यसदिन पनि बिहानै उठेर फूर्तिसाथ आफू कार्यरत एभिन्युजतर्फ लागे । बिहान चाँडै उठ्ने, घरायसी कामकाज सिध्याउने र अफिस निस्कने निश्चित तालिका थियो उनको ।

घरबाट निस्कँदै गर्दा उनले दाइ दिनेशलाई भने, ‘म छिटै आउँछु । तँ पनि काम सकाएर छिटै आउनु, रमाइलो गर्नुपर्छ ।’

त्यसदिन घरमा भोज हुँदै थियो ।

त्यसै त रौसे मान्छे, त्यसमाथि भोज । भोज खानु वा खुवाउनु, केही विशेष परिकार तयार गर्नु, आगन्तुकलाई तृप्त बनाउनु, हाँसीमजाक गर्नु उनको मूल स्वभाव थियो । उनी रसिक थिए, झोंकी थिए र जोखिमसँग खेल्न रुचाउने पनि । त्यसअघि उनले ‘हेम सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार’ पाएका थिए ।

यसवर्ष घरमा आयोजना हुने सबैजसो भोजको जिम्मा उनकै भागमा थियो । किनभने तीन दाजुभाइले वर्षैपिच्छे पालैपालो भोजभत्तेर गर्ने भावनात्मक सहमति थियो ।

सुरेश तीन दाजुभाइमध्ये कान्छो । जेठो दाइ चागलको पुर्ख्यौली घर बस्छन् भने सुरेश र दिनेशले चन्द्रागिरिमा नयाँ घर बनाएर सरेका थिए ।

यसपाली घोडोजात्रासँगै भोजभतेरको याम सुरु हुँदै थियो र त्यसको पहिलो दिन सुरेशले सबै बन्दोबस्त गरिसकेका थिए । त्यसदिन सबै भाइ मिलेर चन्द्रागिरिस्थित घरमा भोज खाने, अर्को दिन चेलीहरूलाई निम्तो गर्ने तय भएको थियो ।

सुरेशले घरमा भनेका थिए, ‘राजावादी प्रदर्शनको काम सकाएर जात्राको भिडियो खिच्छु, त्यसपछि सोझै घर फर्कन्छु ।’

तर, उनी फर्किएनन् ।

००० ०००

हामी चागलको पुर्ख्यौली घरमा पुग्यौं, जहाँ सुरेश जन्मिहुर्के । घरमा सन्नाटा थियो । भुँइतलामा केही आगन्तुकसँगै सुरेशकी श्रीमती थिइन्, विक्षिप्त अवस्थामा ।

हामी माथिल्लो तलमा उक्लियौं, जहाँ सुरेशका दाइहरू भेटिए । सुरेश त्यसदिन घरबाट के भनेर निस्किएका थिए ? कसरी सम्पर्कविहीन भए ? कसरी जले ?

हामीसँग यस्तै आधारभूत प्रश्नसँगै अरु केही जिज्ञसा थियो । ऊ कस्तो स्वभावको थियो ? कार्यशैली कस्तो थियो ?

बाहिर के सुनिएको थियो भने, सुरेशले कति महिनादेखि आफ्नो कामको पारिश्रमिक पाएका थिएनन् । पारिश्रमिक नपाएपनि उनी नियमित अफिस जान्थे । निर्धारित समयमा काम सकाउँथे ।

हामीले कतिपय भिडियो फुटेजमा देख्यौं, उनी ढुङ्गामुडा भइरहेको भवनमा छिरेर भिडियो खिच्दैछन् । प्रदर्शनकारीले तोडफोड गरेकै ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी गर्दैछन् । त्यतिका उग्र हुलदङ्गालाई पछ्याउँदै झ्यालबाट छिरेर कोठासम्म पुगेका छन् ।

‘ऊ अलि एक्स्ट्रा नै थियो’ माइला दाइ दिनेशले सुनाए, ‘जे कुरा पनि अलि फरक ढंगले गर्न खोज्ने, अरुभन्दा फरक बन्न खोज्ने ।’

त्यसपछि उनले हामीलाई सुरेशको सम्पूर्ण बेलिबिस्तार लगाए ।

००० ०००

‘जसोतसो प्लस टुसम्म पढ्यो । तर, पूरा गरेनन् । खर्चपर्चका लागि उसले मलेसिया जान्छु भन्यो । हामीले उसलाई मलेसिया पठायौं । त्यहाँ गाडीको पार्ट्स बनाउने ठाउँमा काम गर्‍यो ।

आमाको मानसिक स्वास्थ्य ठीक थिएन । बुवा बितिसकेका थिए । हामी दुवैलाई जेठा दाजु र भाउजुले हुर्काए । पढाए । जेठा दाइले बिहे गर्दा भाइ सुरेरश राम्ररी भात खान पनि नसक्ने बालक थियो । दाजु र भाउजुले नै स्यहारसुसार गरे ।

त्यसबेला हाम्रो परिवारको अवस्था नाजुक थियो । सुरुमा त दाइले हामीलाई निजी स्कुलमै भर्ना गरिदिए । त्यसपछि सरकारीमा । हामीले राम्ररी पढ्न सकेनौं ।

विनासकारी भूकम्पअघि आमा बितिन् । केही दिनमा सुरेश मलेसियाबाट फर्किए । त्यसपछि उनीसँग कुनै कामधन्दा थिएन ।

मैले उसलाई माउन्टेन टेलिभिजनमा बोलाएँ, जहाँ म काम गर्थें । त्यहाँ सुरुको केही महिना उसले इन्टर्नसीप गर्‍यो, मसँगै काम सिक्यो ।

पछि हामी १५ जनाले एकसाथ माउन्टेन टेलिभिजन छाड्यौं, त्यसमा सुरेश पनि थियो ।

पछि उसले एभिन्युज टेलिभिजनमा काम सुरु गर्‍यो । र, एक वर्ष भित्रमै आफ्नो विभागको सम्पूर्ण जिम्मेवारी सम्हाल्न थाल्यो । कामप्रति उनको एकदमै लगाव थियो । चाहे त्यो अफिसमा होस् वा घरमा ।

उसले बिहे गरेको धेरै भएको छैन । बिहेपछि दुवै जना आ–आफ्नो काममा जान्थे । घरको काम पनि मिलीजुली गर्थे । उसलाई खाना पकाउन, लुगा धुन, घर सफा गर्न कहिल्यै अल्छी नलाग्ने ।

बिहान ५ बजेतिर उठिसक्ने । त्यसपछि घरायसी काम सक्ने । भात पकाउने । अनि खाना हटकेसमा राखेर एउटै समयमा अफिस निस्कने ।

प्रायः ८, ९ बजेतिर ऊ घरबाट हिंडिसकेको हुन्थ्यो । घरबाट लगेको खाना अफिसमै खान्थ्यो । र, राति ७–८ बजे मात्र घर फर्कन्थ्यो ।

उसलाई अलि जोखिमपूर्ण काम गर्न मन लाग्ने । अरुले नगरेको, अरुले नसकेको काम । अरुभन्दा पृथक देखिन खोज्ने । यस्तो खतरा काम गर्न मन छ भन्ने गर्थे । ऊ खतरासँगै खेल्ने खालको थियो । साथै बलियो र फुर्तिलो पनि ।

दुई–तीन जनासँग त सजिलै भिड्न सक्ने । झोंकी पनि । तर, त्यसदिन कसरी उसले कुनै प्रतिकार नै गरेन ? किन आगो लाग्दा बाहिर निस्किएन ? मलाई अचम्म लागिरहेको छ । ऊ त हाम फालेर पनि निस्कन सक्ने मान्छे हो । वा भिड्न पनि सक्ने मान्छे हो ।

ऊ चन्चले, रमाइलो पनि थियो । घरमा सुरेश भएपछि सबैजना खुसी देखिन्थे । भोजभत्तेरमा अझ रमाइलो गर्ने । पाहुनालाई नयाँ कुरा बनाएर चखाउन मन पराउने । सबै जना खुसी भएको देख्दा ऊ रमाउँथ्यो । तर, आज उसले घरलाई शुन्य बनाएर गयो ।

फोटो : चन्द्रबहादुर आले

 





Source link

Nepali company wins 4 awards at BYD APAC 2025 Conference


Nepal has won 4 awards at the BYD Asia Pacific 2025 Dealer Conference. Cimex Inc. Pvt. Ltd., which is the authorized seller of the Chinese EV brand in Nepal, earned 4 different accolades at the flagship event.

Cimex Inc. earned the awards in “All Brand Top Sales”, “Asia Pacific Outstanding Strategic Partner”, “2024 Excellent Partner”, and “Top 20 Store” awards. The program was conducted under the theme of ‘Connected. Inspired. United’.

The awards reflect Cimex’s success with BYD car sales in Nepal. BYD doesn’t have a long history in Nepal. The EV brand entered Nepal in 2018 but hit the consumer market in 2022. But in just 3 years, the brand has strengthened its influence, becoming one of the top EV brands in Nepal, if not the top. Especially, its fully electric car, BYD Atto 3, has taken the Nepali market by storm.  For its sporty design, features, and performance.

Check out: Best Electric Cars Price in Nepal | Latest Update 2025

Cimex Inc. wins awards at BYD Conference 2025

Besides Cimex as a company, senior Sales Officers working at it, such as Luj Maharjan, Nirajan Khanal, and Sanam Shekh, also received the Top Sales Award.

At the same event, BYD dealers were also acknowledged in different categories for their contribution. Team Eleven EV World Pvt. Ltd., the official dealer for Dang, was awarded the 2024 Outstanding Marketing Dealer Award. Similarly, Chitwan dealer Euro Auto Green Pvt. Ltd. was presented with the 2024 Excellent Partner Award, and Birgunj dealer Neeraj Automobiles Pvt. Ltd. was recognized with the 2024 Best Sales Growth Dealer Award.

The award at the BYD Dealer Conference is a testament to both BYD and CIMEX for their prolific partnership in Nepal and proof of their achievement.

Also: BYD Dolphin Price in Nepal | Latest price update in Nepal



Source link

जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु


काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ को राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङ (महिला) रहेकी प्रहरीले जनाएको छ। 

आज साँझ ५ः२७ बजेको समयमा उनको कोठामा आगलागी भइरहेको अवस्थामा तामाङलाई जलिरहेको देखेपछि तत्काल उद्धार गरिएकोमा साँझ ६ः२० बजेको समयमा ओम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

आगलागीको कारण नखुलेको उनले बताए। आगलागी साँझ १७ः३५ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमाण्डमा खटी गएको प्रहरी टोली, स्थानीयवासी र घाइतेको बुबा दधीराम तामाङसमेतको टोलीले आगो नियन्त्रणमा ल्याएको थियो। रासस

प्रकाशित: २० चैत्र २०८१ २१:०८ बुधबार





Source link

नेपाली प्रशिक्षक रहेका दुई टिम चितवन र पोखरा भिड्दै – Online Khabar


१८ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा विदेशी प्रशिक्षकहरुको संख्या धेरै छ । ७ टिममध्ये ४ टिम अर्थात आधा भन्दा बढी टिममा विदेशी प्रशिक्षक छन् । तीन टिममा मात्र नेपाली प्रशिक्षक छन् ।

त्यसमध्ये नेपाली प्रशिक्षकले सम्हालेका दुई टिम एफसी चितवन र पोखरा थण्डर्सबीच आज खेल हुँदैछ । खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।

चितवनको प्रशिक्षकमा नविन न्यौपाने छन् भने नविनकै पूर्व टिम पोखराको प्रशिक्षण सुमन श्रेष्ठले सम्हालेका छन् । सुमन श्रेष्ठ पहिलो पटक एनएसएल टिमको प्रशिक्षक बनेका हुन् ।

यस्तै टिममा फरवार्ड कप्तान छन् । राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अनज्न विष्टले चितवनको कप्तानी गर्दैछन् । अन्जन मार्की प्लेअर समेत हुन् । अन्जन तीन फरक सिजनमा तीन फरक क्लबलको मार्की र कप्तान हुने एक मात्र खेलाडी हुन् । उनी पहिलो सिजन ललितपुर सिटी तथा दोस्रो सिजन झापा एफसीका मार्की र कप्तान थिए ।

उता पोखराको कप्तानी नवयुग श्रेष्ठले गर्नेछन् । पहिलो सिजन पोखराको मार्की रहेका नवयुगले दोस्रो सिजन चितवनको जर्सीमा खेलेका थिए । पोखराले यस सिजन युवा फरवार्ड समिर तामाङलाई मार्की बनाएको थियो ।

यसअघिका दुई सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको चितवनले यस सिजन मार्की देखि कोचिङ स्टाफसम्म परिवर्तन गर्दै नयाँ टिम बनाएको छ । राष्ट्रिय टिमका अन्जनसहित सुमित श्रेष्ठ र अभिषेक लिम्बु चितवनको टिममा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विशाल श्रेष्ठ र छिरिङ गुरुङ छन् भने युवा मिडफिल्डरहरु जय गुरुङ, रोशन राना मगर र शिशिर लेखी पनि छन् ।

चितवनले विदेशी खेलाडीमा अघिल्लो सिजनमा टोरिक जेबरिनलाई निरन्तरता दिँदा मोफसलको फुटबल खेलेको फरवार्ड युसुफ मिलाकलाई पनि अनुबन्ध गरेको छ । यस्तै जमैकाको राष्ट्रिय टिमबा६ खेलेका गोलकिपर अमल नाइट, अमेरिकाको उमेर समूहबाट खेलेका भिक्टोमार मानसारे पनि छन् । यस बाहेक अमेरिकन जोनाथान क्याम्पबेल र उज्वेकिस्तानका नोदिरबेक माभलोनोभ छन् ।

चितवन अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र यस सिजन प्लेअफ पुग्दै उपाधि जित्ने लक्ष्य राखेको छ । उता पोखराले भने अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिगमा शीर्ष स्थानमा रहेपनि प्लेअफमा दुवै खेलमा पराजित हुँदा उपाधि जित्न सकेन ।

यस सिजन पोखरामा युवा खेलाडीहरु धेरै छन् र उनीहरुमै टिमको भरोसा छ । पोखरामा हाल राष्ट्रिय टिममा रहेका मध्ये आयुष घलान छन् । यस बाहेक कप्तान नवयुग, सुरज ज्यू ठकुरी र समिरले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । सुरजले अघिल्लो सिजन पनि पोखराबाटै खेलेका थिए ।

ढिला विदेशी खेलाडी अनुबन्ध गरेको पोखराले अन्तिम समयमा गोलकिपर प्रिसो र फरवार्ड जोए वाइडुलाज्ञ भित्र्याएर टिम सन्तुलित बनाएको छ । दुवैले यसअघि दोस्रो सिजन पोखराबाट खेलेका थिए ।

यस्तै नेपालको ए डिभिजन लिग र एनएसएलको अनुभव भएका स्टेफेन समिर बिनोङ पनि पोखराको टिममा छन् । पोखराले एनआरएन कवटाका सुदिल राईलाई अनुबन्ध गरेको छ ।

एफसी चितवन स्क्वाड
गोलकिपर: विशाल श्रेष्ठ, प्रदिप भण्डारी, अमल नाइट*
डिफेण्डर : अभिषेक लिम्बु, सुमित श्रेष्ठ, छिरिङ गुरुङ, विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान, जोनाथन क्याम्पबेल*
मिडफिल्डर : रोशन राना मगर, मिलन राई, शिशिर लेखी, जय गुरुङ, निरज चौधरी, नोदिरबेक माभलोनोभ*, टोरिक जेबरिन*
फरवार्ड : अन्जन विष्ट, मलिक युसुफ*, भिक्टोर मानसारे*
क्याटेगोरी डी : रोजल दाहाल
रुकी प्लेअर : गणेश नेपाली

पोखरा थण्डर्स स्क्वाड
गोलकिपर : कृशल मोक्तान, प्रिसो*
डिफेण्डर : पदम भट्टराई, एकराज बुढाथोकी, नरेन्द्र चौधरी,गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनार
मिडफिल्डर : आयुष घलान, सुरज ज्यु ठकुरी, विशाल तामाङ, चन्दन दास, बिएस्सी न्याक्वे*, साइददोस्तोन जाफारोभ*, सुदिल राई (एनआरएन)
फरवार्ड : समिर तामाङ, नवयुग श्रेष्ठ, स्टेफेन समिर बिनोङ*, माइकल इजेजी चुक्वुबुन्ना*, जोए वाइडु*
क्याटेगोरी डी : रोशन भुजेल
रुकी प्लेअर : समीर तन्डुकार





Source link

चैत मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी


जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन अधिवेशन सम्पन्न गर्ने भएको छ। पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूको समन्वयमा स्थानीय तहको अधिवशेन कार्यलाई तीव्रता दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

पार्टीको परिपत्रअनुसार स्थानीय तहको अधिवेशनपश्चात प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्ने छ। प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन वैशाख २५ गतेभित्र र वैशाख मसान्तसम्म भ्रातृसङ्गठनको अधिवेशन गर्ने पार्टीको निर्णय भएको प्रमुख पूर्ण बस्नेतले बताए।

जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को अवधिमा पार्टी प्रवेश कार्यक्रम, सदस्यता वितरण तथा नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि बढेको पार्टीले जनाएको छ। पार्टीको अभियानलाई २०८२ वैशाख मसान्तसम्म जारी रहने बताइएको छ।

प्रकाशित: १८ चैत्र २०८१ ०८:२९ सोमबार





Source link

मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा


१८ चैत, काठमाडौं । आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदैछन् । सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । सरकारले यस दिन सार्वजनिक बिदा दिने प्रचलन राखेको छ, जसले धार्मिक सद्भावलाई अझ सुदृढ बनाउने काम गर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

कसरी मनाइन्छ ?

नेपालका विभिन्न ठाउँहरूमा रहेका मस्जिदहरूमा बिहानैदेखि विशेष नमाज पढ्न मुस्लिम समुदाय जम्मा हुन्छन् । नमाजपछि आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा छ । यो अवसरमा दान (जकातुल फितर) दिनु अनिवार्य मानिन्छ, जसले गरीब तथा आवश्यक सहयोग चाहिने व्यक्तिहरूलाई मद्दत गर्न सकिन्छ ।

इदमा विशेष परिकारहरू तयार गरिन्छन्, जसमा मिठाइ, खजुर, सेवइयाँ तथा विभिन्न परिकारहरू समावेश गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीहरूबीच भोज तथा भेटघाटको विशेष महत्व रहन्छ ।





Source link

‘संसद् चलाउन सरकारले समयमै भूमिका खेलेन’


प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरुद्ध बैठक सुचारु गर्न सरकारले समयमै पहल नगर्दा पाँच अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने समय घट्किएको छ। सोमबार राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने अध्यादेश प्रतिस्थापन विधेयकलाई आइतबार राष्ट्रियसभाले पारित गर्न सकेन। 

राष्ट्रियसभाले अध्यादेश प्रतिस्थापन विधेयक पारित गरेर प्रतिनिधिसभामा सन्देश पठाउनुपर्छ। सोमबार एक दिनभित्र सबै काम गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउन समय निकै कम हुने संसद् सचिवालयका अधिकारीले बताए। यसकारण सोमबार सदन सुचारु भए पनि समय पुग्नका लागि कठिन रहेको ती अधिकारीको भनाइ छ।  

प्रतिनिधिसभा र राष्ट्रियसभाको लगातार चार दिनसम्म संसद् अवरुद्ध हुँदा यसबीचमा सरकारले ठोस भूमिका खेलिरहेको छैन भन्दै आएको प्रतिपक्षी दलले सोमबार प्रधानमन्त्रीले जवाफ दिएमा सदन चल्ने आशा राखेको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले सदनमा सोमबार जवाफ दिनुभयो भने सदन सुचारु हुने बताए। गत सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिपक्षी दलको अवरोधका कारण बुधबार, बिहीबार, शुक्रबार र आइतबार सदन सुचारु हुन सकेको छैन।  

सदन सुचारु गर्ने काम सरकारको भएकाले सरकारले नै सदन चलाउनका लागि प्रतिपक्षसँग संवाद गर्नुपर्ने प्रतिपक्षी सांसदको माग छ। मुख्यगरी कुलमान घिसिङको बर्खास्तबारेमा निरन्तर विरोध गरिरहेको प्रतिपक्षी दलले आइतबारको बैठकमा पनि प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अघि बढाउन नदिने अडान लिएको थियो। 

बैठक सुरु हुनासाथ सत्तापक्ष र प्रतिपक्षका सांसद उठेर होहल्ला गर्न थालेपछि सभामुखले बैठक स्थगित गरेका थिए। बैठकपछि बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्षले प्रत्यक्ष प्रसारणको माइक नै काट्न लगाएर प्रतिपक्षमाथि आक्रमण गर्न खोजेको आरोपसमेत लगाए। प्राविधिक कारणले केहीबेर प्रत्यक्ष प्रसारण लाइन काटिएको संसद् सचिवालयले जनाएको छ। घिसिङको बर्खास्तको विरोध गर्ने प्रतिपक्षी दलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी लगायत छन्।

आइतबारको बैठकमा सत्तापक्षका सांसदले पनि उठेर सदन अवरुद्ध गरेका थिए। शुक्रबार तीनकुने घटनाका बारेमा बोल्न पाउनुपर्ने भन्दै सत्तापक्षका सांसदहरूले धारणा राखेका थिए। कांग्रेसका सांसद रामहरि खतिवडाले शुक्रबार तीनकुनेमा केही उच्छृंखल घटना भएका छन्, यसबारेमा बैठकमा सबैलाई बोल्न दिनुपर्छ भन्दै उनले संविधानको रक्षा गर्नुपर्ने दायित्व सबैको भएको बताए, तर यस विषयमा कुरा राख्ने कार्यलाई सदन अवरुद्ध गरेर अप्ठ्यारो बनाउने कार्य कसैले गर्नुहुँदैन भन्दै प्रतिपक्षलाई सहयोग गर्न आग्रह गरेका थिए। 

एमाले सांसदहरू झन् आक्रामक तरिकाले प्रस्तुत भएका थिए। सांसदहरू ठाकुर गैरे, पदम गिरी, महेश बर्तौला लगायतले राजावादीलाई कारबाही गर्न माग गरेका थिए। उनीहरूलाई तुरुन्तै पक्राउ गर्नुपर्ने भन्दै सदनमा बोल्नका लागि समय माग गरिरहेका थिए।  

यता राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले आफूलाई पक्राउ गरेर देखाउन भन्दै छाती ठोक्दै चुनौती दिएका थिए। माओवादी केन्द्र भने मौन रूपमा उभिरहेको थियो। कुलमान घिसिङ प्रकरणमा माओवादीको पक्षमा राप्रपा उभिएकाले माओवादी राप्रपाको विरुद्धमा बोलेको थिएन। 

प्रतिनिधिसभा बैठकमा होहल्ला भएपछि सभामुखले सदन सुचारु गर्न सबैलाई आआफ्नो स्थानमा बसेर बैठक सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गरेका थिए। आग्रह नमानेपछि निर्देशन पनि गरेका थिए। उनले सोमबारको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भनेकाले प्रतिपक्षको माग सम्बोधन हुने भन्दै सदन चलाउन आग्रह गरेका थिए। बाहिर आगो बलेको छ, त्यसबारे सबैले बोल्न खोज्नुभएको छ भन्दै उनले बैठक चलाउन आग्रह गरे, तर प्रतिपक्षीले सभामुखको आदेश नमानेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो। त्यसपछि चार बजे बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको थियो।  

यता राष्ट्रियसभाले बिहान ११ बजेर १५ मिनेटमा बैठक बोलाएको थियो। बैठक बस्न नसकेपछि सूचनाबाट सवा एक बजेसम्मका लागि सारिएको थियो। त्यो बैठक पनि बस्न नसकेपछि साढे तीन बजेसम्मका लागि बैठक बोलाइएको थियो। त्यसपछि पनि बैठक बस्न नसकेपछि सोमबार बोलाइएको छ। बैठक खुलाउन सभामुख र अध्यक्षले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग दिनभर छलफल गरेका थिए, तर सरकारले यसबारे जवाफ दिन नखोजेपछि बैठक स्थगित भएका थिए। 

राष्ट्रियसभाको कार्यसूचीमा पाँच अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची थियो। अध्यादेश प्रतिस्थापन विधेयकहरूमा सहकारी सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डमा आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा सहभागिताका विषयमा सोमबार सम्बोधन गर्ने क्रममा प्रतिपक्षले राखेको मागका विषयमा पनि धारणा राख्ने सत्तापक्षका सांसदले जनाएका छन्। प्रधानमन्त्री ओली चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नेछन्। थाइल्यान्डले चैत २० देखि २२ गतेसम्म बिमस्टेक सम्मेलन आयोजना गर्दै छ।

प्रकाशित: १८ चैत्र २०८१ ०८:२९ सोमबार





Source link

आईपीएल क्रिकेटमा आज मुम्बई र कोलकाता खेल्दै – Online Khabar


१८ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स आज आमनेसामने हुँदै छन् ।

खेल मुम्बईको घरेलु मैदान वाङ्खेडे स्टेडियममा बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । मुम्बईको कप्तानमा हार्दिक पाण्ड्या छन् भने कोलकाताको कप्तानमा अजिन्क्या रहाने छन् ।

मुम्बई अहिलेसम्म खेलेका दुवै खेलमा पराजित भएको छ । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पराजित भएको मुम्बई दोस्रो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

यता कोलकाताले भने २ खेल खेल्दा १ जित निकालेको छ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलसँग पराजित भएको कोलकाताले दोस्रो खेलमा राजस्थान रोयल्सलाई हराएको थियो ।

मुम्बई घरेलु मैदानमा यस सिजन पहिलो खेल खेल्दै छ यद्यपी शनिबार खेलेपछि एक दिनको ग्याप मात्र पाएको थियो । कोलकाता भने लामो ग्यापपछि आउँदै छ ।

दुई टोलीबीच हालसम्म भएका खेलमा मुम्बईले २३ खेल जित्दा कोलकाताले ११ खेल जितेको छ । पछिल्ला ६ मध्ये ५ खेल कोलकाताले जितेको छ । गत सिजन १२ वर्षको खडेरी तोड्दै मुम्बईकै मैदानमा कोलकाताले जितेको थियो ।

विशेषगरी लगातार दुई हार बेहोरेको मुम्बई आज पहिलो जितको खोजीमा हुन्छ भने दोस्रो खेल जितेको लय कोलकाताले कायमै राख्न चाहनेछ ।





Source link

यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।  

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ।  

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ।

निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ९० निर्धारण गरिएको छ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ७०, हरियो धनिया प्रतिकिलो रु १२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ।

प्रकाशित: १८ चैत्र २०८१ ०८:५७ सोमबार





Source link

माओवादी केन्द्र – Online Khabar


१६ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राजवादीहरूले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा मच्चाएको हिंसात्मक प्रदर्शनको कडा भर्त्सना गरेको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा आपराधिक र अराजक क्रियाकलापमा संलग्न तथा उक्साहट दिने योजनाकार र प्रदर्शनका आयोजकलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

विज्ञप्तिमा शुक्रबारको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा प्रदर्शनकारीहरूले विध्वंसात्मक कार्य गरेको आरोप लगाइएको छ।

प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु हुनुका साथै नेकपा (एकीकृत समाजवादी) को कार्यालय, सञ्चार गृह, औषधि कारखाना, डिपार्टमेन्ट स्टोर तथा अन्य सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको घटनालाई गम्भीर आपराधिक कार्यका रूपमा लिँदै माओवादी केन्द्रले ती सबै घटनाको निन्दा गरेको छ।

माओवादी केन्द्रले यस्ता हिंसात्मक र आपराधिक गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन, दोषीलाई गम्भीर अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गर्न र विधिको शासन कायम गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।

चैत्र १५ गते राजधानीमा आयोजित बृहत् जनप्रदर्शन र जनसभामा उत्साहजनक सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै विज्ञप्तिमा उक्त जनसभा तत्कालीन रूपमा सरकारप्रति खबरदारी र उदण्ड जत्थालाई जवाफ दिनका साथै दीर्घकालीन रूपमा जनताको गणतन्त्र स्थापनाका लागि ऐतिहासिक कोसेढुङ्गा सावित भएको बताइएको छ।

माओवादी केन्द्रले मुलुकमा शान्ति, स्थायित्व र विधिको शासन सुनिश्चित गर्न सबै पक्षलाई संयमित रहन र समस्याको समाधान संवाद र समझदारीबाट खोज्न आग्रह गरेको छ।





Source link

उद्योग वाणिज्य महासंघ – Online Khabar


१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै काठमाडौंमा भएको आन्दोलन/प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्ता गतिविधिको निन्दा र भर्त्सना गरेको छ ।

महासंघले आन्दोलनका क्रममा सर्वसाधारण र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी र सार्वजनिक सम्पत्तिमा आक्रमण, लुटपाट, आगजनी जस्ता घटनाहरूले गम्भीर क्षति पुर्‍याएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा धनजनको ठूलो क्षतिका साथै मानवीय जीवनमा समेत दुखद क्षति पुगेको उल्लेख गर्दै महासंघले ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। विज्ञप्तिमा पीडित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

महासंघले आन्दोलनका क्रममा सर्वसाधारणको निजी सम्पत्ति, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा भएको आक्रमण, आगजनी र लुटपाटका घटनाप्रति खेद व्यक्त गर्दै यस्ता हिंसात्मक गतिविधिको विरोध गरेको छ। साथै, घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पनि महासंघले अगाडि सारेको छ।

महासंघले संविधानले दिएको अधिकारभित्र रही शान्तिपूर्ण रूपमा माग राख्न सकिने भए पनि हिंसात्मक आन्दोलन, लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय रहेको जनाएको छ। यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न महासंघले सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

महासंघले समाजमा शान्ति, सुरक्षा, र स्थायित्व कायम गर्न सबै पक्षलाई संयमित रहन र हिंसाबाट टाढा रहँदै समस्याहरूको समाधान संवाद र समझदारीबाट खोज्न अपिल गरेको छ ।





Source link