Category Archives: अर्थ

हिमालयन रि इन्स्योरेन्सको नाफा सामान्य बढ्यो


काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २.३६ प्रतिशतले बढेको हो ।

पुष मसान्तसम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १४.९० प्रतिशतले बढेको छ भने कम्पनीको कुल आम्दानी २३.१८ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी ६८ करोड ४० लाख रुपैयाँ भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च २५.९१ प्रतिशतले बढेर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढे पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) भने घटेको छ । यस अवधिमा कम्पनीको इपिएस ११ रुपैयाँ ८६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १६१ रुपैयाँ ५७ पैसा रहेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन रि इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ सञ्चित रहेको छ भने महाविपत्ती कोषमा १५ करोड ३८ लाख रुपैयाँ रहेको छ ।



Source link

अदुवा प्रतिकेजी १२० रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य




Source link

महाशिवरात्रिका लागि पशुपति क्षेत्र रङरोगन गरिँदै (तस्विरहरू)


काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा सरसफाइ र रङरोगन काम सुरु भएको छ । आउँदै गरेको महाशिवरात्रिका लागि पशुपति क्षेत्रका शिवालय, देवालय, मठ मन्दिरहरूको सरसफाइ र रङरोगनको काम सुरु भएको हो ।

यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरूपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link

नयाँ नेतृत्व आएपछि उँधोगतिमा नेपाल टेलिकम 


काठमाडौँ । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३२.९७ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । 

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३६.३० प्रतिशत र कुल आम्दानी ८.४० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशत मात्रै घटेको छ । 

यस अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको इपिएस १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ । हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल टेलिकमको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ । 



Source link

बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्ने तयारी, कुलमानलाई रोक्न सुरु भयो उद्योगीहरुको दौडधुप !  


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुमा फेरि लाइन काट्ने तयारी गरेको छ । पटकपटक बक्यौता तिर्न पत्र पठाउँदा र दबाबमूलक कार्यक्रम गर्दा पनि अटेर गर्दै बक्यौता तिर्न नआएका उद्योगहरुमा फेरि लाइन काट्ने तयारी गरिएको हो । 

उद्योगहरुमा लाइन काट्ने सहमतिका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत नियमन आयोगमा पत्र समेत पठाइसकेका छन् । 

प्राधिकरणले यसअघि उद्योगहरुबाट बक्यौता उठाउनका लागि विभिन्न उपाय अपनाइसकेको छ । यसअघि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगीहरुको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकमा पत्राचार गरेको थियो । 

त्यसप्रश्चात पनि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको प्राथमिक सेयर (आईपीओ) निष्कासन रोक्न नेपाल धितोपत्र बोर्डमा पत्र पठाएको थियो । यतिसम्म कि प्राधिकरणले उद्योगको बक्यौता नतिरे उद्योगीहरुको घरको लाइन काट्ने तथा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भुक्तानी रोकेर बक्यौता उठाउने चेतावनी दिएको थियो । तर, यति गर्दा पनि उद्योगीहरुले बक्यौता नतिरेपछि प्राधिकरणले फेरि उद्योगको लाइन काट्ने तयारी गरेको हो । 

यता प्राधिकरणले उद्योगहरुमा लाइन काट्ने तयारी गरेसँगै उद्योगीहरुको दौडधुप फेरि बढेको छ । फेरि उद्योगमा लाइन काट्ने तयारीमा रहेका कुलमानलाई रोक्न उनीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । 



Source link

सिमेन्टको मूल्यवृद्धिविरुद्द सांसदद्वारा सर्वोच्चमा रिट दायर 


काठमाडौँ । सिमेन्टमा भएको मूल्यवृद्धिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

उक्त रिटमा नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाइएको छ । 

रिटमा गत कार्तिक १ गतेसम्म ओपीसी सिमेन्ट प्रतिबोरा (करसहित) ४ सय ७२ रुपैयाँ पर्ने गरेको भए पनि मंसिर १७ गतेसम्म आइपुग्दा प्रतिबोरा (करसहित) ६ सय ३० रुपैयाँ पुगेको रिटमा दाबी गरिएको छ । साथै सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न पनि रिटमा माग गरिएको छ । 

सांसद अन्सारीले सिमेन्ट उद्योगीहरुले कच्चा पदार्थको कृतिम अभाव देखाएर सरकारसँगको मिलेमतोमा मूल्यवृद्धि गरिएको दाबी गरेका छन् । सिमेन्टमा भएको मूल्यवृद्धि सार्वजनिक चासोको विषय भएकाले पनि यो विषयको अन्तिम किनारा नलाग्दासम्म सिमेन्टको मूल्य पहिलेकै उचित मूल्यमा उपलब्ध गराउन पनि रिटमा माग गरिएको छ ।



Source link

सर्वोत्तम सिमेन्टको नाफा उल्लेख्य बढ्यो, इपिएसमा सुधार


काठमाडौँ । सर्वोत्तम सिमेन्टको नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ६८९.२४ प्रतिशतले बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपिरस्कृत वित्तीय विवरण अनुसार कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.९४ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा ४८.७४ प्रतिशतल बढेको छ भने वित्तीय खर्च ३१.९६ प्रतिशत र कुल खर्च ०.७७ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर अम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा कम्पनीको इपिएस ८ अरुपैयाँ २८ पैसा बढेर ९ रुपैयाँ ७० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६६ पैसा छ भने मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ २८ पैसा बढेर ९ रुपैयाँ ७० पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ।



Source link

आम्दानी बढे पनि घाटामै सोनापुर मिनरल्स, प्रतिसेयर आम्दानी पनि ऋणात्मक (विवरणसहित)


काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी बढेको देखिन्छ ।

समीक्षा अवधिमा सिमेन्ट बिक्रीबाट हुने आम्दानी ७० करोड ५६ लाखबाट बढेर ९१ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

आम्दानी बढे पनि कम्पनी भने घाटामै छ । यसअवधिमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १२ करोड २० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा १४ करोड ७८ लाख घाटामा थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको वित्तीय खर्च १४ करोड ५८ लाखबाट घटेर १२ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७ रुपैयाँ ९४ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३६ पैसा रहेको छ । कुल चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ जम्मा छ ।



Source link

धरहरा चढ्ने समय बढ्यो, ३ महिनामा डेढ करोड राजस्व असुल


काठमाडौँ । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व सङ्कलन भएको छ ।
गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिएका छन् ।
पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति रु एक हजार शुल्क अर्यालले बताए । अर्यालका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुईपाङ्गे्र सवारीका लागि रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गरेका छन् ।



Source link

कुमारी बैंक र अप्टिक आइजबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट


काठमाडौँ । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिलबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि:शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।



Source link

शान्ति मिसनः सुडान जाने २१३ जना सेनाको टोलीलाई आफन्तद्वारा बिदाई (तस्विरहरु)


काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा सुडानमा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ । यसैबीच सोमबार नेपालबाट २१३ जनाको सैनिक टोली मिसन इलाका (सुडान)का लागि प्रस्थान गर्दैछ ।

सोमबार राती मिसन इलाकातर्फ प्रस्थान गर्न लागेको सैनिक टोलीलाई सोमबार दिउँसो बिदाई गरिएको छ । मिसनमा जान लागेका सैनिकहरुका आफन्तले उनीहरुलाई बिदाई गरेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 



Source link

प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १९७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४५ हजार ४ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६९३.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।



Source link

काँक्रो प्रतिकेजी १३० रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउसिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी-२०, फर्सी हरियो (डल्लो) प्रतिकेजी-२०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी-८०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १३०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी-४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फुजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।



Source link

समृद्धि फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबीच बीमा सेवालाई सहज बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअनुसार समृद्धि फाइनान्सका ऋणी ग्राहकहरूलाई सरल र सहज बीमा सेवा उपलब्ध गराइनेछ । बीमा दाबी सम्बन्धी सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र दाबी भुक्तानी प्रक्रिया पूरा गरिने व्यवस्था गरिएको छ ।

सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट उपमहाप्रबन्धक विनोद राज पौडेल र नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूले बैंकिङ सेवा लिँदा बीमा सुरक्षाको सुविधा सहज रूपमा प्राप्त गर्नेछन् । यस साझेदारीले ऋणी ग्राहकहरूको सुरक्षालाई थप मजबुत बनाउने र वित्तीय जोखिम न्यूनीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

समृद्धि फाइनान्सले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै आगामी दिनमा अझ प्रभावकारी वित्तीय सेवाहरू उपलब्ध गराउने योजना बनाएको छ ।



Source link

डेढ करोड लगानीमा व्यवसायिक फलफूल खेती


काठमाडौँ । जिल्लाको ढोरपाटन नगरपालिका-५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् ।
गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती सुरु गरेका छन् । उनी पेसाले स्वास्थ्यकर्मी हुन् । दिउँसोको समय नागरिकको उपचारमा खटिने उनी फुर्सदको समय बारीमा काम गर्छन् ।
‘सँगैका साथी कोही जापान र कोरिया, कोही खाडी मुलुक भएका छन् । युवापुस्ता नहुँदा सुनसान बन्दै गएको गाउँमा विसं २०७३ देखि व्यावसायिक कृषि कर्म गर्दै आएको छु’, पुनले भने । ‘स्वरोजगार बहुउद्देश्यीय कृषि पशुफार्म’ सञ्चालन गरी  सम्भावना खोज्दै आएका छन् ।
आठ वर्ष अघि सुरु गरेको व्यवसाय अहिले विस्तार हुँदै गएको उनको भनाइ छ  । पुनले गाउँको बाँझो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा किबी, केरा, सुन्तला, कागती र टिमुरखेती गर्दै आएको बताए । साथै ५० बढी बाख्रा पालन गरेको बताउँदै उनले बारीमा पुग्दा लटरम्म फलेका फलफूलले धेरैलाई आकर्षित गर्ने प्रतिक्रिया आउने गरेको बताए ।
‘एक सय ८० रोपनी क्षेत्रफलमा लगाएको फलफूलमध्ये केहीले उत्पादन दिन थालेका छन्, केही हुर्किँदै छन् । केही वर्ष अघि वनमाराले ढाकेको बारीमा अहिले फलफूल उत्पादन हुँदा गाउँले नै दङ्ग छन्’, पुनले भने । गाउँमा स्वरोजगार बनेर जनताको सेवा गर्ने सोच बनाएका उनी पाँच वर्षदेखि ढोरपाटन-८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रमुखका रूपमा कार्यरत छन् ।
फुर्सदको समयमा बारीमा काम गर्ने उनले कृषि फार्ममा हालसम्म रु डेढ करोड बढी लगानी गरेको जानकारी दिए । उनलाई विदेशबाट फर्किएका दाई हिमालकुमार पुन र भिनाजु विक्रिम घर्तीमगरले साथ दिइरहेका छन् ।
सुरुमा रु १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले राम्रो हुँदै गएपछि बर्सेनि आम्दानी पनि बढ्दै गएको पुनले बताए । यसवर्ष फलफूल तथा बाख्रा बिक्री गरेर रु सात लाख आम्दानी भएको जनाउँदै उनले वार्षिक रु ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको उल्लेख गरे ।
‘अहिले सुरुवाती चरणमा छौँ, आम्दानी जति लगानी भइरहेको छ, बाख्रापालनबाट सुरु गरेको व्यवसाय अहिले फलफूल खेतीलाई जोड दिएका छौँ । म जनताको उपचारमा व्यस्त भइराख्ने हुँदा दाइ र भिनाजु विदेशबाट फर्किएर यहाँ काम गर्न थाल्नुभएको छ, उहाँहरूले थप हौसला दिँदा लगानी बढाइरहेको छु’, पुनले भने, ‘लगानी अनुसारको प्रतिफल आउला भन्ने अपेक्षासहित गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि कर्ममा लागेको हुँ ।’
पुनले केही वर्ष अघि रु ६० लाखको जग्गा किनेर फलफूखेती विस्तार गरेको जानकारी दिए । हालसम्म कृषि ज्ञान केन्द्र बागलुङबाट रु एक लाख १३ हजार, ढोरपाटन नगरपालिकाबाट रु एक लाख ८८ हजार अनुदान प्राप्त भएको बताउँदै उनले स्वदेशमा केही गर्न चाहाने युवालाई राज्यले पनि सोही अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिए । गाउँमा खानेपानी र सिँचाइ अभाव हुँदा गाउँले बसाइँसराइ गर्न बाध्य भएको उनको भनाइ छ ।
आफूले ठूलो लगानी गरेर फलफूल खेती गरे पनि सिँचाइ अभावमा बिरुवा सुक्दा लाखौँको नोक्सानीसमेत व्यहोर्नु परेको पुनले गुनासो पोखे । गाउँ नजिक पानीको मुहान नभएकाले टाढाबाट ल्याउनका लागि लाखौँ रुकम आवश्यक पर्ने उनले उल्लेख गरे । पुनले विदेश पलायन हुने युवालाई स्वदेशमा पनि मेहनत गरे प्रशस्त आम्दानी गर्न सकिने सुझाव दिए ।



Source link

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान


काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरे ।  यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए ।
त्यसैगरी, बेनी नगरपालिका-२ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । म्याग्दीका किसानले अम्रिसो प्रतिकेजी रु एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । ‘गत वर्ष रु एक सय २५ मा बिक्री गर्यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ’, घिमिरेले भने ।
उनीहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् ।
विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि रु एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए ।
एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रति कुचो रु ७५ देखि रु एक सय सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो रु एक सय २५ मा खरिद गरेको अम्रिसो पोखरामा रु एकसय ६०, चितवनमा रु एक सय ९० र काठमाडौँंमा दुईसयमा बिक्री गर्ने गरेको उनले बताए ।



Source link

उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव


काठमाडौं । उद्योगपति चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन् । वार्षिकोत्सव मनाउन शुक्रबार साँझ काठमाडौंको गैरिधारास्थित मिथिला थालीमा पुगेका चौधरीको परिवारलाई मास्टर सेफ सन्तोष शाहले विभिन्न परिकार बनाएर खुवाएका हुन् ।

मास्टर सेफ सन्तोषले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चौधरीको वर्षगाँठका अवसरमा आफूले विभिन्न परिकार बनाएर खुवाएको जनाएका हुन् । उनका अनुसार वर्षगाँठ मनाउनका लागि उद्योगपति चौधरीसँगै पत्नी सारिका, छोरा निर्वाण, बुहारी तथा नातिनातिना उपस्थित भएका थिए ।

वर्षगाँठ मनाउका लागि चौधरी परिवार शुक्रबार साँझ करिब ७:३० बजेतिर मिथिला थाली पुगेका थिए । मास्टर सेफ शाहले उनीहरूलाई विभिन्न १० वटा शाकाहारी परिकार बनाएर खुवाएका हुन् ।

चौधरी परिवारका लागि शाहले तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि-डिजर्ट र डिजर्ट बनाएका हुन् । शाहका अनुसार अधिकांश परिकार बनाउका लागि नेपाली रैथाने उत्पादनको प्रयोग गरिएको हो ।

‘उद्योगपति चौधरीको वर्षगाँठका अवसरमा विभिन्न परिकार बनाएर खुवाउन पाउनु मेरा लागि पनि सम्मानको क्षण हो,’ उनले भनेका छन् ।

शाहले छोटो समयको सूचना र तयारीबीच विभिन्न परिकार बनाएर खुवाएको बताए । ‘उहाँहरू वार्षिकोत्सव मनाउन आउने भन्नेबारे मलाई दिउसो २ बजेतिर मात्र खबर भयो । सुरूमा त के गर्ने भनेर म आफैं अन्योलमा परेँ । तर करिब ३ घण्टाको तयारीपछि उहाँहरूलाई विभिन्न परिकार खुवाउन पाइयो,’ शाहले भने ।

चौधरी परिवारको साथ र सहयोगले मौलिक संस्कृति र पाककलामार्फत नेपालको पहिचान प्रस्तुत गर्ने आफ्नो उत्साह थप बढेको मास्टर सेफ शाह बताउँछन् ।

त्यसअवसरमा चौधरीसँग नेपाली खाना र यसको विश्वव्यापी प्रबर्धनका विषयमा समेत कुरकानी भएको शाहले बताए । ‘नेपाली मौलिक खानालाई आधुनिक प्रस्तुतीकरणमार्फ विश्वव्यापी बनाउन आवश्यक छ,’ चौधरीलाई उद्धृत गर्दै मास्टरसेफ शाहले बताए ।



Source link

नयाँ स्वरुपमा न्युरोड, हिमश्रृङ्खलाझैँ देखिए भवन (तस्विरहरू)


काठमाडौँ ।  काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ । हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल-ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो ।

न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:



Source link