1742293886 Nagariknews

विष सेवनबाट छोराको मृत्यु, आमाको अवस्था गम्भीर


सप्तरीको राजविराज नगरपालिका–१ चनौरामा एक जना आमाले छोरालाई विष खुवाएर आफूले समेत विष सेवन गरेकी छन् । विष सेवनपछि चार वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर अवस्थामा रहेकी आमाको उपचार भइरहेको छ ।  

घरायसी विवादमा २५ वर्षीया काजलदेवी साफीले आइतबार साँझ आफ्नो चार वर्षीय छोरालाई विष खुवाएर आफूले पनि खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

विष खुवाउँदा सिकिस्त भएका बालकलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदा त्यहाँ पनि उपचार सम्भव हुन सकेन । त्यहाँबाट उनलाई नोबेल अस्पताल विराटनगर रिफर गरिएको थियो ।

उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।  

विष सेवन गरेकी काजलको नोबेल अस्पतालमै उपचार भइरहेको छ । उनको पनि अवस्था गम्भीर रहेको खतिवडाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ वैशाख २०८२ १८:२८ सोमबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *