1746277426 Congress3

यस्ता छन्, कांग्रेस संसदीय दल बैठकका निर्णय


नेपाली कांग्रेस संसदीय दलको बैठकले विभिन्न छ ओटा निर्णय गरेको छ। शनिवार सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय समितिको बैठकले नीति तथा कार्यक्रम, बजेट, शिक्षकसँग भएका सहमतिलगायतका विषयमा छलफल गरी निर्णयमा पुगेको हो। 

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले निर्णयबारे जानकारी दिए। 

घिमिरेका अनुसार शुक्रवार सङ्घीय संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन गर्ने पहिलो निर्णय भएको छ। 

‘नीति तथा कार्यक्रममा छलफल भयो। धेरै राष्ट्रिय आवश्यकता कुरा समेटिएका छन्, हामीले चाहेका कुरा समेटिएर आएकाले समर्थन गर्ने, सकारात्मक र रचनात्मक कुरासहित पक्षमा बोल्ने निर्णय भएको छ,’ उनले भने। 

यस्तै नीति तथा कार्यक्रम आएपछि त्यसलाई कार्यान्वयनमा लैजान बजेट तर्जुमा गर्न भूमिका खेल्ने पनि अर्को निर्णय भएको उनले सुनाए।

यस्तै संसद्मा विधेयक निर्माणका गति सुस्त भएको विषयमा पनि संसदीय दलमा छलफल भएको छ। ‘विधेयक सुस्त हुँदा त्यसले पारेको प्रभाव धेरै हुने भए,’ प्रमुख सचेतक घिमिरेले भने, ‘त्यसैले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन नेपाली कांग्रेसले संसद्मा र विषयगत समितिमा भूमिका खेल्नुपर्छ भन्ने निर्णय भएको छ।’ 

यस्तै पछिल्लो समय आन्दोलनरत शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयनको विषयमा पनि कांग्रेसको संसदीय दल बैठकमा छलफल भएको छ। ‘शिक्षक महासंघसँग गरिएको वार्ता छ त्यसअनुसार असार १५ गतेसम्म विधेयक दिन्छौँ भनेर वाचा गरेका छौँ। त्यसअनुसार काम गर्ने प्रतिबद्धताबारे पनि छलफल भएको छ,’ प्रमुख सचेतक घिमिरेले भने। 

यस्तै भारतको उडिसामा केआइआइटी घटनाप्रति कांग्रेसले दुख व्यक्त गर्दै सत्य तथ्य जाँचबुझको माग गरेको छ। सँगै बेलायत र पहलगाम घटनाको दुख व्यक्त व्यक्त गरेको छ। 

यस्तै भर्खरै दिवङ्गत भएका कांग्रेस नेता तीर्थराम डंगोलको मृत्युप्रति शोक प्रस्ताव पारित गरेको प्रमुख सचेतक घिमिरेले बताए। 

प्रकाशित: २० वैशाख २०८२ १८:४९ शनिबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *