1738727445 Rabi

थुनामा पठाउने बुटवल उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगे रवि


पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन्।

लामिछानेले शुक्रबार (आज) आफ्नो कानून व्यवसायीमार्फत निवेदन दर्ता गराएको रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसँग जिल्ला अदालत, रुपन्देहीले एक करोड धरौटी मागेको थियो। उक्त धरौटी खारेज र साधारणा तारेखमा छाडिनुपर्ने माग गर्दै उनी गत फागुन २६ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका थिए।

तर, इजलासले गत चैत २३ गते थुनामा पठाउने निर्णय गर्‍यो। अदालतको आदेशलगत्तै उनी पक्राउ परेका छन्। अहिले उनी हिरासतमै छन्। यसपछि उनले आफ्नो कानून व्यवसायीमार्फत निवेदन दर्ता गराएका हुन्।

प्रकाशित: २९ चैत्र २०८१ १४:५२ शुक्रबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *