२५ फागुन, काठमाडौं । पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले स्वागत गरे।
विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए। पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गर्न भ्याए ।
विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजाले समर्थकहरूलाई अभिवादन गरे। समर्थकहरूले शाहलाई फूल, माला र खादाले स्वागत गरेका थिए ।
पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ठूलो संख्यामा समर्थकहरू विमानस्थलको मुख्यद्वारमा भेला भएका थिए।
समर्थकहरूको प्रदर्शनका कारण विमानस्थल आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो । अस्तव्यस्त ट्राफिक व्यवस्थाका कारण बच्चा बोकेका यात्रुहरू लगेज गुडाउँदै हिँडिरहेको देखिन्थे।
नेपाली खेलकुदको महाकुम्भ दशौं राष्ट्रिय खेलकुदका लागि आइतबार प्रतियोगिता हुने स्थल कर्णाली प्रदेश रङ्गशालामा सचिवालय उद्घाटन कार्यक्रम राखिएको थियो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र स्थानीय सरकार प्रमुख वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गरे ।
सबैको एउटै स्वर थियो, तोकिएकै समय (जेठ ३–१०) मा जुनसुकै अवस्थामा पनि राष्ट्रिय खेलकुदको महाकुम्भ हुनुपर्छ । वक्ताहरूले कर्णालीमा खेलकुद आयोजना गर्न सम्भव छ भन्नका लागि माहोल बनाउन खेलाडी, खेलप्रेमी, पत्रकार र सर्वसाधारणलाई आग्रह गरे ।
मूल आयोजक समितिका संयोजकसमेत रहेका खेलकुद मन्त्री चौधरीले दुई पटकको मिति सरेर जेठमा तोकिएको प्रतियोगिता जसरी पनि सम्पन्न गर्न आफूहरू लागिपरेको बताए । ‘जेठमा भएन भने यो आर्थिक वर्षमा खेलकुद प्रतियोगिता गर्न सम्भव छैन्,’ उनले भने, ‘भाग्दाभाग्दा जेठमा आइपुगेका छौँ, जेठमा भएन भने खोलामा हाम फाल्न मात्रै बाँकी छ ।’
उनले सोमबार सात वटै प्रदेशका मुख्यमन्त्री, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव र विभागीय टोलीलाई तयारीका लागि पत्राचार गरिने बताए । उनले खेलकुदको महाकुम्भ हुन लागेको कर्णाली प्रदेशमा खेलकुद परिषद् सदस्यसचिव रिक्त रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘कर्णाली प्रदेश आयोजक मात्रै होइन्, खेलाडी छनोटका लागि तयारी पनि गर्नुपर्ने दोहोरो भूमिकामा छ,’ उनले भने, ‘यस्तोमा सदस्यसचिव नहुँदा समस्या हुन्छ, चाँडोभन्दा चाँडो सदस्यसचिव नियुक्तिको प्रक्रिया सुरु गर्नुहोस् ।’
मन्त्री चौधरीले सार्वजनिक खरिद ऐन अनुसार टेन्डरलगायतका प्रक्रिया सुरु भएको र गठन गर्न बाँकी रहेका केही समितिहरू पनि चाँडै गठन हुने बताए । उनले खेलकुदको मिति जेठ तीन गतेदेखि १० गतेसम्म भएपनि खेलहरू पनि एक साता अघिदेखिनै सुरु हुने बताए । ‘जेठको महिना छ, गर्मी हुन्छ, मौसमले पनि साथ नदेला,’ उनले भने, ‘उद्घाटनको एक साता अगाडिबाटै खेलहरू खेलाउँछौँ, तालिका लामो भएपनि खेलकुद प्रतियोगिता गरेरै छोड्छौँ ।’
मुख्यमन्त्री कँडेलले पटकपटक मिति सरेर जेठमा तय गरिएको प्रतियोगताका बारेमा प्रश्न उठ्ने अवस्था रहेको बताउँदै खेलसँग सरोकार राख्नेहरूले जनमत निर्माणमा लाग्नुपर्ने बताए । उनले प्रश्न उठ्ने र उठाउने गरेर समाचार नलेखिदिन पनि पत्रकारहरूलाई आग्रह गरे ।
‘खेल हुने बेला यहाँ ७२ घण्टामा एक पटक पानी आउँछ, मौसम प्रतिकुलका पनि हुन सक्छ,’ उनले भने, ‘त्यो भन्दा यो प्रतियोगिता कर्णालीवासीका लागि अवसर हो, सोही अनुसार अग्रसर हुन सबैलाई आग्रह गर्छु ।’ उनले खेलकुदको वातावरण बनाउने र त्यसलाई अघि बढाउने कुरा आयोजकमा भर पर्ने बताए । उनले दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने भएपनि मूल आयोजक संघीय सरकार भएकाले आयोजक समितिका संयोजक, परिषद्का उपाध्यक्ष र सदस्य–सचिवलाई अलमलमा नपर्न आग्रह गरे ।
सामाजिक विकास मन्त्री भण्डारीले दशौं राष्ट्रिय खेलकुद कर्णालीले आयोजना गर्न पाउनु खुशीसँगै केही प्राविधिक समस्या पनि रहेको बताए । ‘जिल्लाका खेलकुद समितिले कार्यालय सञ्चालन खर्च पाइराखेका छैनन्, यस्तोमा खेलाडी छनोटलगायतका काममा समस्या देखिएको छ,’ उनले भने, ‘ढिलो काम हुनु भनेको नहुनु बराबर हो त्यो कुरा बुझ्न जरुरी छ ।’
उनले रोकिएको बन्द प्रशिक्षण फेरि सुरु गर्दै कर्णाली राष्ट्रियस्तरका ठूला कार्यक्रमहरू आयोजना गर्न सक्छ भन्ने देखाउनुपर्ने अवस्थामा आफूहरू रहेको बताए । वीरेन्द्रनगर नगरपालिकामा मेयर ढकालले जेठको मिति फेरि सर्न नहुने बताइन् । ‘अब फेरि समय नसर्ने गरेर मिति तय भएको छ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भनिन्, ‘निर्धारित मितिमै खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्नेछ ।’ उनले खेलकुदको महाकुम्भले कर्णालीलाई देश–विदेशमा चिनाउने बताइन् ।
२५ फागुन, काठमाडौं । संक्रमणकालीन न्यायसँग बालसेनाको सरोकार पनि जोड्नुपर्ने माग सहितको विवाद अब सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश हुने भएको छ ।
सर्वोच्चको संयुक्त इजलासले संक्रमणकालीन न्यायका विषयमा बालसेनाको सरोकार सम्बोधन गर्नुपर्ने माग सहितको रिट निवेदन पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो ।
माओवादीका पूर्वलडाकु लेनिन विष्टले दुई वर्षअघि संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकुल नभएको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
द्वन्द्वकालीन बालसेनाको पहिचान समाप्त गरेको र बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाबाट हटाएको भन्दै उनले त्यसलाई समावेश गर्न माग गरेका हुन् ।
विष्टले बालसेनामा भर्ती गर्ने काममा संलग्नहरूमाथि छानविन गरी कारबाही गर्नुपर्ने भएकाले कानुनमा त्यससम्बन्धी व्यवस्था समावेश हुनुपर्ने जिकिर गरेका थिए । उनले १० वर्षे द्वन्द्वकालका बालसेनाको माग र सवाल सम्बोधन हुनुपर्ने दावी गरेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि उक्त रिट निवेदन तीन वा त्यो भन्दा बढी न्यायाधीश संलग्न पूर्ण इजलासमा रिट निवेदन पेश हुनेछ । दुई न्यायाधीशहरूबीच राय बाझिएमा वा गम्भीर कानुनी प्रश्न देखिएमा मुद्दालाई पूर्ण इजलासमा पठाउने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्।
आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजाको फागुन ६ गते सार्वजनिक अभिव्यक्तिबाट आफू छक्क परेको बताए।
‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ। म पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भाको छ र बचाउन ? उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दैहुनुहन्छ।’
पूर्वराजा शाह र राजावादी समूहले गर्दै आएको गतिविधिले लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने ओलीको तर्क थियो। ‘सरकार संविधानअनुसार चल्नुपर्छ भन्ने सिकाउनुको सट्टा उहाँले मलाई साथ देऊ भन्दै हुनुहुन्छ’ उनले थपे, ‘राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ, मलाई साथ दिनु रे ! के कुरामा साथ चाहिएको हो ?’
त्यसक्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै एक-दुई वर्षभित्र सुधार गर्ने प्रतिबद्धता जनाए।
साथै, उनले गेटा मेडिकल कलेजको शैक्षिक कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने र आगामी दिनमा मेडिकल विश्वविद्यालयको रूपमा विकास गरिने जानकारी दिए।
सुदूरपश्चिमलाई विकसित प्रदेश बनाउने लक्ष्यसहित उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने उनले उल्लेख गरे। त्यसले रोजगारीका अवसर सिर्जना गर्ने उनको दाबी थियो।
२५ फागनु, काठमाडौं । ३० लाख रुपैयाँ ठगीका दुई आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मीको कालिगण्डकी गाउँपालिका–६ घर भएका ३२ वर्षीय समुन्द्र श्रेष्ठ र सोही ठाउँका ३४ वर्षीय सन्देश छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।
उनीहरुले ३० लाख रुपैयाँ ठगी गरेको आरोप छ । ठगीको कसुरमा उनीहरुविरुद्ध भक्तपुर जिल्ला अदालतबाट गत २२ मंसिरमा पक्राउ पूर्जी समेत जारी भएको थियो । पक्राउ परेकाहरुलाई कारबाहीका लाथि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
पक्राउ परेका समुन्द्र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा फरार व्यक्ति रहेको खुलेको प्रहरीको भनाइ छ । उनीविरुद्ध भक्तपुर र प्रहरी वृत्त लैनचौरमा समेत बैंकिङ कसुुरको मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।
सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘ब्याक टु नाइन्टीज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको दोश्रो श्रृंखला स्याङ्जाको वालिङमा हुने भएको छ । पोखराको अपार सफलतापछि आगामी चैत १ गते स्याङ्जाको वालिङमा ‘ब्याक टु नाइन्टीज’को दोश्रो एडिसन हुन लागेको हो । वालिङ उद्योग वाणिज्य संघ र ट्रिनिटी क्लव वालिङको आयोजनामा हाल वालिङ बजारमा प्रथम पिङ्क सिटी महोत्सव चलिरहेको छ । सोहि महोत्सव अन्तर्गत चैत १ गते शुक्रबार दिउँसो ३ बजेदेखि राती ८ बजेसम्म ‘ब्याक टु नाइन्टीज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने जनाइएको छ ।
नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउने अभियान अन्तर्गत वालिङमा दोश्रो श्रृंखला हुन लागेको ‘ब्याक टु नाइन्टीज’ का संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड गुञ्जिने उनले बताए । स्थानीय व्यवसायी तथा समाजसेवाहरू विजय मल्ल, ljजयविक्रम खाँड, सुनिल खनाल, टेकबहादुर कार्की, बिरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा आयोजित कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिन सक्नेछन् ।
वालिङमा हुने दोश्रो एडिसनसँगै ‘ब्याक टु नाइन्टीज’को देशव्यापी अभियान शुरु हुने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । ९० को दशकमा उदाएर पोखरालाई व्याण्डहरुको राजधानी बनाएका यी व्याण्डहरुले सोहि विरासत फर्काउन संघका सचिव भाष्करध्वज श्रेष्ठको ‘ब्याक टु नाइन्टीज’ को कन्सेप्ट जन्मिएको हो । पोखराको अपार सफलतासँगै यो अभियान देशव्यापी लैजाने तयारीमा कलाकार संघ रहेको छ । वालिङपछि म्याग्दीको बेनी, लमजुङको बेसीसहर, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, इलाम, बिर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमा गर्ने तयारी भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै पर्यटनको राजधानी पोखरालाई l/ब्रान्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रवर्द्धकको रुपमा रहनेछ । त्यसका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वचन दिइसकेको र केही दिनपछि नै महानगरसँग सम्झौता हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।
२५ फागुन, काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी छन् । उनी शनिबार पक्राउ परेका हुन् । नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फ्रेबुअरी १४ मा विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ।
चर्चित नेपाली महिला राष्ट्रिय फुटबल टोली खेलाडी सावित्रा भण्डारी ९साम्बा०बाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
साम्बा प्याकअन्तर्गत ५०Mbps, १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध छन्। विशेष रूपमा १०० Mbps वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० Mbps को मूल्य ८,५०० (करसहित) बाट सुरू हुनेछ।
भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ। उनको समर्पण, दृढता, र उत्कृष्टता ‘साम्बा प्याक’का मुख्य मूल्यहरू- गति, शक्ति र भरपर्दोपनको प्रतिविम्ब रहेको कम्पनीले जनाएको छ ।
यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो।
थप जानकारी भायानेटको वेबसाइटबाट लिन सकिने बताइएको छ।
२५ फागुन, काठमाडौं । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको भेटिएको छ ।
हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन् ।
उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् । बारोमा प्याक गरेको अवस्थामा अन्दाजी ३५ वर्ष जतिकी महिलाको शव फेला परेको सूचना प्रहरीले पाएको थियो ।
प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो । सो क्रममा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुबाट हत्या गरिएकी महिलाको सनाखत भने हुन सकेको छैन ।
जिल्लाको विभिन्न नाकाहरू प्रयोग गरी भारतबाट चोरी पैठारी गरी भित्र्याउने गरिएको तस्करीको सामानहरू नियन्त्रणमा लिन बारा प्रहरीलाई चुनौती बनेको छ ।
नाकाहरूमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरू र जवानहरूलाई आर्थिक प्रलोभनमा पारेर तस्कर समूहहरूले भारतबाट भित्र्याउने गरेको तस्करीका सामानलाई नियन्त्रणमा लिन डिउटीमा खटिने प्रहरीलाई हम्मेहम्मे परेको हो।
जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटिने प्रहरी टोलीले बाटोबाट तस्करको सामान नियन्त्रणमा लिन खोज्दा तस्करहरूले प्रहरी टोली माथि आक्रमण गरेर भाग्ने गरेको समेत घटना सार्वजनिक भएका छन्।
फागुन २४ गते जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट ५/७ वटा मोटरसाइकलमा राखेर नेपाल भित्र्याउँदै गरेको भन्सार छली गरेको कपडालाई सिम्रौनगढ नगरपालिकाको अमरपुर नाकाबाट नियन्त्रणमा लिन खोज्यो ।
मोटरसाइकलसहित तस्करीको कपडालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा सिम्रौनगढ नगरपालिका २ महुवाई घर भएका भोला साह कानुको नेतृत्वमा आएका तस्कर समूहले प्रहरीसँग झडप गरेर केही तस्करीको कपडा सहित मोटरसाइकल भगाएको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए।
तस्कर समूहले प्रहरी माथि आक्रमण गरेको थाहा पाउने बित्तिकै थप सुरक्षाकर्मी परिचालन गर्नु परेको उनले बताए। भोलाले प्रहरी माथि आक्रमण गराए पनि प्रहरीले त्यस स्थानबाट तस्करीको कपडा सहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरी उपरीक्षक तामाङले बताए।
प्रहरी माथि आक्रमण गराउने भोला साहलाई पक्राउ पुर्जी जारी गरिएको र उनलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको उनले बताए।
गत माघ अन्तिम हप्तातिर मटिअर्वा नाकाबाट भन्सार छलीको खाद्यान्न सामग्री ६/७ वटा मोटरसाइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा जिल्लाबाट खटिएको प्रहरी टोलीले धर्मनगर गाउँ भन्दा उत्तरतर्फ रहेको पिपर बोट नजिकै सडकमा त्यसलाई नियन्त्रण लिन खोज्दा तस्कर समूहले प्रहरीसँग झडप गरेर भाग्न सफल भए।
तस्करसँगको झडपमा जिल्लाबाट खटिएका प्रहरी टोलीमा रहेका प्रहरी जवान चन्दन यादवको दाहिने हातमा चोट लागेको र यादवले लगाएका कपडाहरू च्यातेका थिए।
नाकाबाट तस्करहरूले भन्सार छली गरेर भित्र्याउने मालसामानलाई नियन्त्रण लिने प्रहरीमाथि तस्करहरूले आक्रमण गर्नु यी दुई घटना उदाहरण मात्रै हो । अहिले होली पर्वको मौका छोपेर तस्कर समूहहरूले बाराका नाकाहरू प्रयोग गरी भारतबाट भन्सार छली गरेर नेपाली बजारमा खपत हुने खाद्यान्न, कपडा, कस्मेटिक सामग्री लगायतको माल बस्तुहरूलाई ढुवानी गराउने मोटरसाइकललाई नै ढुवानीको माध्यम बनाएका छन्।
जिल्लामा रहेका कचोर्वा, पथालवाघाट, खजानीबाट बेल्दारी ,बैरिया नाकाहरूबाट भोला साह, मास्टर, प्रदिप , अरबिन्द , संदिप , बच्चा, बलिराम नाम गरेका तस्करहरू सक्रिय रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ।
सक्रिय रहेका यी तस्करहरू माध्ये कोही खाद्यान्न सामाग्री त कोही कस्मेटिक र केही मेसिनरी पार्टपुर्जा लगायतको माल बस्तुहरूलाई भन्सार छलेर सिम्रौनगढ क्षेत्रमा भित्र्याउने कार्य गर्दै आएका छन्। पिपरपाती, सन्तगंजर, सन्फुलवा, दक्षिणझिटकैया नाकाहरूबाट खेना, बिकास लगायतका तस्करहरू सक्रिय रहेका छन्। त्यसै गरी मटिआर्वा नाकाबाट बीरेन्द्र केशरी, छतवा, मुसहर्वा नाकाहरूबाट चन्दन, सरोज, लगायतको नाकाहरूबाट अहिले दैनिक जसो भन्सार छली गरेर तस्कर समूहहरूले माल बस्तुहरूलाई भित्र्याउने गरेको छन्।
भन्सार छली गरेर भित्र्याइने सामानहरूलाई तस्करहरूले सीमावर्ती गाउँ र नजिक पर्ने बजारहरूमा लगेर भण्डारण गर्ने र पछि देशका विभिन्न भागहरूमा पठाउने गर्ने गरेका छन्।
फागुन २४ गते राती नै जिल्लाबाट खटिएको प्रहरी बिकास सिंह नाम गरेका तस्करले दक्षिण झिटकैया नाकाबाट भित्र्याएको भन्सार छली गरेको जुत्ता र खेलौना सहित मोटरसाइकललाई नियन्त्रणमा लिएर थप कारबाहिको लागि वीरगन्ज भन्सार पठाउने कार्य गरिएको बारा प्रहरीले जनाएको छ।
त्यसै गरी फागुन २३ गते कवही गोठको सन्तगंज नाका र दक्षिण झिटकैया नाकाबाट भित्र्याइएका मोटरसाइकल सहित कपडा र जुत्तालाई नियन्त्रणमा लिएर बारा प्रहरीले जनाएको छ।
खेना यादव नाम गरेका तस्करले दुई मोटरसाइकलमा लोड गरेको कपडालाई बरियारपुरबाट र एउटा मोटरसाइकलमा लोड गरिएको जुत्तालाई गंजभवानीपुरबाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
भारतबाट भन्सार छाली गरी भित्र्याइएका मेसिनरी पार्टस, ईलेक्ट्रनिक्स सामग्री सुर्ती, चिनी, कपडा,गुटखा, खाद्यान्न लगायतका माल बस्तुहरूलाई नियन्त्रण कार्यमा जिल्लाबाट तीन तहमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका अधिकारीहरूले दाबी गरेका छन्।
बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले अहिले होली पर्व आएकोले तस्कर समूहहरूले भारतबाट भन्सार छली गरेर विभिन्न बस्तुहरू भित्र्याउन खोजेको बताएका छन्।
तस्कर समूहले भन्सार छली गरेको माल बस्तु भित्र्याउन खोजे पनि जिल्लाबाट खटिएका टोलीले त्यसलाई दिनहुँ जसो नियन्त्रणमा लिने कार्य गरी रहेको उनले दाबी गरे ।
तस्करीको सामान नियन्त्रण गर्न खटिने प्रहरी भन्दा तस्कर बढी संख्याम रहने भए पनि प्रहरी उनीहरूको सामानलाई जसरी भए पनि नियन्त्रणमा लिएरै छाडने गरेको उनले बताए।
विगत एक हप्ताको अन्तरालमै भन्सार छलीको माल बस्तु ढुवानी गरी रहेको अवस्थामा एक दर्जन भन्दा बढी भारतीय मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ भने ५० लाख भन्दा बढीको माल बस्तुहरूलाई नियन्त्रणमा लिएर थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पठाएको बारा प्रहरीले जनाएको छ।
२५ फागुन, काठमाडौं । विदेशी मुद्रासहित चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाइ छिपाइ वाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा विदेशी मुद्रा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक २२ वर्षीय मी वेङ्हो र काठमाडौं महानगरपालिका–१० घर भएका ३२ वर्षीय सनिमराज ढकाल रहेका छन् ।
फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट यूएई जान लागेका वेङ्होको साथबाट १० लाख ४२ हजार जापानिज यान र ५ सय ८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका सनिमराजको साथबाट ७ हजार ५ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
भक्तपुरको पुरानो जगतीस्थित पुल जीर्ण बनेपछि आवतजावतमा रोक लगाइएको छ । ‘ऐतिहासिक पुल जोआगौ’ भन्दै स्थानीयले पुलबाट मालवाहक सवारीसाधन प्रवेशमा रोक लगाएका छन् ।
पुरानो ऐतिहासिक पुल भएकाले मालवाहक सवारीसाधन प्रवेश गर्दा जुनसुकै बेला भत्केर दुर्घटना हुनसक्ने भएकाले भक्तपुर नगरपालिकासँग अनुरोध गरे बन्द गराएको स्थानीयले बताए । यो पुल भक्तपुरको भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगाती र जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ९ र १० को सिमानाको खोलामा रहेको छ ।
यो पुलको बाटो अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको महानगरीय प्रहरी वृत्त भक्तपुरको चेक प्वाइन्टबाट पुरानो जगाती हुँदै काभ्रे पुग्ने वैकल्पिक अरनिको राजमार्गको बाटो हो ।
२५ फागुन, काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका तीन जनाको नाम सिफारिस भएको छ ।
निर्देशकका लागि आवेदन दिएका १० जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा. प्रमोद यादव, दोस्रो नम्बरमा डा. रुद्र मरासिनी र तीन नम्बरमा डा. मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ ।
१०औं तहका अर्थोपेडिक्स सर्जन डा. यादव ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट र जनकपुर अस्पतालको सुपरिटेन्डेन्ट भइसकेका छन् ।
११औं तहमा कार्यरत अर्थोपेडिक्स सर्जन डा. मरासिनीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशकको जिम्मेवारी समालेका छन् ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रेग्मी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार थिए ।
मुख्यसचिव अध्यक्ष रहेको अस्पताल विकास समितिले निर्देशक नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो । अस्पताल विकास समिति गठन आदेश अनुसार समितिले सिफारिसमा परेका तीनजनामध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने छ ।
अस्पतालका हालका निर्देशक डा. विधाननिधि पौडेलको कार्यकाल आइतबार (२५ फागुन)बाट सकिँदै छ ।
Samsung is launching a new Galaxy A-series device Samsung Galaxy A56 in Nepal. The device comes with a 120Hz AMOLED display, a versatile 50MP OIS camera, Exynos 1580 chipset, and a large 5000mAh battery. With Samsung’s promise of long-term software updates, the Galaxy A56 is shaping up to be one of the best mid-range options in Nepal. But does it live up to the expectations? So, let’s take a closer look at specifications, features, availability, and Samsung Galaxy A56 Price in Nepal.
The Samsung Galaxy A56 comes with the modern flat-edge design and gives off a premium and sleek look. At 198 grams, it strikes a perfect balance between portability and durability. The device has Corning Gorilla Glass Victus+ protection on the front adding an extra layer of safety against scratches and drops. It also comes with the IP67 rating which ensures resistance to dust and water. It is available in three different elegant colors: Awesome Graphite, Awesome Olive, and Awesome Light Gray, that caters to numerous user preferences.
Samsung Galaxy A56 Display
On the front, the smartphone flexes a large 6.7 inches Full HD+ Super AMOLED panel. It also comes with a 120Hz refresh rate, and a peak brightness of 1,200 nits that ensures clear visibility while under bright sunlight as well. For security, it comes with an in-display fingerprint scanner and AI-powered face unlock.
Performance & Software
At the heart, the Samsung Galaxy A56 rocks the Exynos 1580 chipset, an octa-core processor clocked at up to 2.9GHz. As per Samsung, this new chipset provides 37% improved GPU performance and energy efficiency compared to its predecessor. This indicates a sharper user interface, improved gaming performance, and more efficient multitasking.
Samsung Galaxy A56 Performance
In terms of memory configuration, the device is available in two storage variants 8GB/256GB and 12GB/256GB. It also supports expandable storage, but it comes with a hybrid SIM slot, which means users will have to choose between dual SIM functionality or extra storage. On the software side, the device boots on One UI 7 based on Android 15. Samsung also promised six years of updates on OS and security updates.
Cameras
Samsung Galaxy A56 comes equipped with a triple-camera setup at the rear. The device offers a 50MP primary sensor with Optical Image Stabilization (OIS) for sharper, & more stable shots. Further, it is accompanied by a 12MP ultra-wide camera and a 5MP macro sensor. Whether it’s day or night, the AI-powered optimizations guarantee outstanding photo quality, making it an ideal choice for photography aficionados.
Samsung Galaxy A56 Camera
Likewise, the device houses a 12MP selfie camera at the front to capture sharp and vibrant self-portraits. What’s even more impressive is that both the front and back cameras can record 4K video, so vloggers and content developers seeking high-resolution material will find this phone an excellent choice. There’s also AI-based photography tools like Object Eraser and Edit Suggestions, so it is simpler to improve photo quality effortlessly.
Battery & Connectivity
Moving on, battery prowess is one of the strong suits of the smartphone. The Galaxy A56 boasts a massive 5,000mAh battery. It supports 45W fast charging which is one of the most notable upgrades in the Galaxy A56. The device lasts an entire day on a single charge, even with heavy usage. So, you won’t have to worry about constantly recharging the smartphone.
Samsung Galaxy A56 Battery
As for connectivity, it supports 5G mobile network, Wi-Fi 6, Bluetooth 5.3, NFC, USB Type-C 3.2, and more. Additionally, the phone includes AI-driven software features like Circle to Search and Live Translate, which enhance productivity and everyday usability.
Connectivity: 802.11a/b/g/n/ac/ax 2.4GHz+5GHz, HE80, MIMO, 1024-QAM and dual-band, Bluetooth 5.3, A2DP, LE, NFC (market-dependent), USB Type-C 3.2, OTG
Colors: Awesome Graphite, Awesome Olive, and Awesome Lightgray
The smartphone is expected to launch very soon in Nepal. The Samsung Galaxy A56 price in Nepal is expected to be around Rs. 70,999 for the 8/256GB variant. The final price, however, could vary according to launch promotion, retail margins, and import taxes.
Samsung Galaxy A56
Price in Nepal (Expected)
8GB/256GB
Rs. 70,999
12GB/256GB
Rs. 76,999
Final Verdict: Is the Galaxy A56 Worth Buying?
The smartphone is a solid middle-range option that offers a good blend of performance, design, and battery life. It has a 6.7-inch 120Hz AMOLED screen, a powerful Exynos 1580 processor, and an adaptable 50MP OIS camera, hence meeting all of the right points for people looking for an engaging and fast experience. Together with IP67 waterproofing and six years of software updates, the 5000mAh battery with 45W quick charging ensures that the device stays reliable for years to come. Overall, the Samsung Galaxy A56 is the premium mid-range phone with amazing specifications and features. If Samsung prices it competitively, this could be one of the best mid-range smartphones in Nepal in 2025.
Would you consider buying the Samsung Galaxy A56? Let us know your thoughts!
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आह्वान गरेको आवेदनमा १० जनाले निवेदन दिएका छन् ।
अर्थ मन्त्रालका अनुसार नेप्सेको सीईओका लागि आइतबारसम्म पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बश्याल र मुकन्दराज जोशीले आवेदन दिएका छन् ।
सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागुन २५ गतेसम्मका लागि आवेदन माग गरेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सदस्यहरू सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा। खोमराज खरेल रहेको समिति बनाएको थियो । नेप्सेका तत्कालीन सिईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्से नेतत्वविहीन छ ।
काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियान सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, ईसेवा र एभरेस्ट बैंकसँग साझेदारीमा अभियान सुरु भएको हो ।
अभियानको उद्देश्य महिलालाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो। नेपालको आर्थिक वृद्धिमा महिलाको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवामार्फत महिलालाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ ।
सक्षम नारी अभियानको मुख्य उद्देश्य महिलामा डिजिटल वित्तीय सेवाबारे जानकारी र सचेतना प्रदान गर्नु हो । अभियानले महिलालाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र दैनिक जीवनमा डिजिटल भुक्तानी प्रयोगमा प्रेरित गर्ने फोनपेले जनाएको छ ।
त्यसैगरी महिलालाई डिजिटल वित्तीय सेवा प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य छ ।
फोनपेका अनुसार अभियानका माध्यमबाट महिलालाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङबारे प्रशिक्षण र स्रोत उपलब्ध गराइने छन् । महिला प्रयोगकर्तालाई डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यसाथ अभियान ३१ मार्चसम्म चल्ने छ ।
अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताले साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपद्वारा फोनेपेका कुनै पनि सेवा न्यूनतम ३ पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानी प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्ने छ ।
सक्षम नारी अभियानमा महिला सहभागिता बढाउन फोनपे र साझेदार बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेका छन् । प्रत्येक बैंकबाट एक महिला विजेता (कुल ६ जना) लाई नटराज ज्वेलर्सबाट हिराको गहना उपलब्ध गराइने छ ।
त्यस्तै प्रत्येक साझेदार बैंकबाट ५० महिला विजेतालाई १ हजार रुपैयाँको सपिङ भौचर प्रदान गरिने छ फोनपेले जनाएको छ ।
‘आर्थिक वृद्धिका लागि वित्तीय समावेशन अत्यन्त महत्त्वपूर्ण छ, तर डिजिटल वित्तीय सेवा प्रयोगमा महिलाबीच ठूलो अन्तर छ, जहाँ महिलामात्र एक तिहाइ सक्रिय डिजिटल भुक्तानी प्रयोगकर्तामा सीमित छन्,’ फोनपेकी बजार प्रमुख सलिना नकर्मीले भनिन्, ‘हालैको बैंकिङ तथ्यांकले देखाएको यो अन्तर घटाउन, सक्षम नारी अभियान पुनः सुरु गरेका हौं । यो एक ब्रान्ड बिल्डिङ पहल हो जसले महिलालाई डिजिटल वित्तीय साक्षरता मार्फत सशक्त बनाउने उद्देश्य राखेको छ । यो अभियानले नेपालको डिजिटल परिवर्तन अघि बढाउन र सबैका लागि पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।’
तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नु परेको तारा एयरले जनाएको छ।
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो।
हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो। ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नु परेको जनाएको छ।
ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए।
यसैबीच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौँ परीक्षण उडान सम्पन्न गरेको छ। शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ। यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
उनका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गरेका हुन्। उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो।
सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताए। परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उनले उल्लेख गरे।
यात्रुको मागलाई मध्यनजर गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिए। उनले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राखे।
यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ। सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ।
कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर
सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ। बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन्।
सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन। सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन्।
२५ फागनु, काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–६ का २६ बर्षीय योगेश कार्की र धरान–१० का २२ बर्षीय लोकबहादुर मगरलाई निषेधित औषधि ट्रामाडोल १२७ ट्याब्लेट, डिकोलिक ११५ ट्याब्लेट, स्पास्मो र स्पासपेन २३ ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।