सलमान खानलाई फेरि ज्यान मार्ने धम्की

1744622794 salman khan


बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। मुम्बईको वर्लीस्थित ट्रान्सपोर्ट विभागमा एक अज्ञात व्यक्तिले वाट्सएपमार्फत सलमानको कारमा बम राखेर उडाउने धम्की दिएका हुन्।

वाट्सएप सन्देशमा लेखिएको थियो- ‘‘हामी सलमान खानलाई घरभित्रै पसी मारी दिनेछौं।’’

वर्ली प्रहरी कार्यालयले अज्ञात व्यक्तिविरुद्ध भारतीय न्याय संहिता अन्तर्गत धारा ३५१(२)(३) अनुसार उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

यसअघि, २०२४ अप्रिल १४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली प्रहार भएको थियो।

उक्त आक्रमणको जिम्मेवारी कुख्यात ‘लरेन्स ग्याङ’ ले लिएका थिए। सो घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। जसमा पछि एक जनाले आत्महत्या गरेका थिए।

धम्कीबारे सलमान भन्छन्: ‘जति उमेर लेखिएको छ, उति नै बाँच्नेछु’

लरेन्स ग्याङबाट लगातार धम्की आइरहेका बेला केही समयअघि सलमानले पहिलो पटक सार्वजनिक रूपमा आफ्नो धारणा राखेका थिए। फिल्म ‘सिकन्दर’ को प्रेस मिटमा उनले भनेका थिए- ‘‘भगवान्–अल्लाहले जति उमेर लेखेका छन्, उति नै बाँच्नेछु।’’

सुरक्षाबारे कुरा गर्दै उनले भने, ‘‘धेरै जना सुरक्षाकर्मी साथमा हुँदा कहिलेकाहीं असहज पनि लाग्छ।’’

सलमानलाई Y+ श्रेणीको सुरक्षा: २४ सै घण्टा ११ जना सुरक्षा गार्ड

२०२३ मा लरेन्स ग्याङबाट धम्की आएपछि सलमानको सुरक्षामा व्यापक वृद्धि गरिएको थियो। उनलाई महाराष्ट्र सरकारले Y+ श्रेणीको सुरक्षा प्रदान गरेको छ।

यो सुरक्षा अन्तर्गत २४ सै घण्टा ११ जना सुरक्षा गार्ड उनको साथमा रहन्छन्, जसमा कमाण्डो र दुई जना पिएसओ समेत हुने गर्छन्।

सलमानको गाडी पूर्ण रूपमा बुलेटप्रूफ छ। साथै गाडीको अगाडि र पछाडि स्कर्टिङका लागि दुईवटा अतिरिक्त गाडीहरू सधैँ साथमा चलाइन्छन्।

ग्यालेक्सी अपार्टमेन्टमा १४ अप्रिल २०२४ मा भएको फायरिङपछि अपार्टमेन्टको बालकनीलाई समेत बुलेटप्रूफ बनाइएको छ। साथै, उच्च रिजोल्युसनसहितका सुरक्षा क्यामेरा चारैतिर जडान गरिएको छ।

एक वर्षअघि, २०२४ अप्रिल १४ को बिहान करिब ५ बजे सलमान खान बसोबास गर्ने ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको हतियारबाट ४ राउन्ड गोली प्रहार गरिएको थियो। त्यो बेला सलमान घरमै थिए।

प्रकाशित: १ वैशाख २०८२ १५:२१ सोमबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *