लक्ष्मणको ह्याट्रिकमा कोसीलाई सफलता

1746150427 sid2056


1746150427 sid%2056

लक्ष्मण समारियाले ह्याट्रिकमा कोसी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ भएको खेलमा कोसीले गण्डकी प्रदेशमाथि ५–३ गोलअन्तरको जित निकाल्दा लक्ष्मणले ह्याट्रिक पूरा गरे। आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल थपे। मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले समान एक गोल फर्काए पनि हार टार्न सकेनन्। लक्ष्मण प्लेअर अफ द म्याच पनि भए। उनले दुई हजार नगद पुरस्कार पाए। मधेसले खेलमा अग्रता लिएको थियो। तर, जोगाउन नसक्दा हार सामना गर्‍यो।

नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अंक बटुल्यो। चार टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको छ। आर्मीले पहिलो खेलमा गण्डकीलाई ३–० गोलले हराएको हो।

पुरुषमा लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ। समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोसी प्रदेश छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन्। एपिएफ हक्कीमा नयाँ टोली हो। एपिएफले आफ्नो डेब्यु खेलमा बागमती प्रदेशसँग गोलरहित बराबरीमा खेल्दै अंक बाँड्यो। बागमतीका विशाल कार्की प्लेअर अफ द म्याच भए।

महिलामा गण्डकीको जित

महिलातर्फ बिहीबार भएको खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हराउँदै सुखद सुरुआत गरेको छ। गण्डकीका मायौरी राई र गीता पुनमगरले समान एक गोल गरे। मायौरी प्लेअर अफ द म्याच भइन्। महिलातर्फ बिहीबार नै प्रतियोगिताको उद्घाटन गरिएको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले प्रतियोगिताको उद्घाटन गरे। महिलामा नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र प्रतिस्पर्धा गरिरहेका छन्। यस प्रतियोगिताको राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदै छ।

लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ। महिलातर्फ आर्मीले पनि पहिलो खेलमा मधेस प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकाल्दै अंक बटुलेको छ।

संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ। पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *