चीनले दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउमा ‘कोल्ड–सीप इकोसिस्टम’ मा केन्द्रित अनुसन्धान केन्द्रको निर्माण सुरु गरेको छ। कोल्ड–सीप भनेको महासागरका स्थान हुन्, जहाँ हाइड्रोजन सल्फाइड, मिथेन र अन्य हाइड्रोकार्बन भएका तरल पदार्थहरू निस्किन्छन्। 

देशको प्रमुख राष्ट्रिय विज्ञान तथा प्रविधि पूर्वाधार परियोजनाहरू मध्ये एकको रूपमा तोकिएको उक्त अत्याधुनिक आधारभूत अनुसन्धान केन्द्रले उच्च–टेक विकासलाई समर्थन गर्नेछ। यसले गहिरो समुद्री वातावरणमा जीवनको उत्पत्तिको अन्वेषण गर्दछ।

चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको साउथ चाइना सी इन्स्टिच्युट अफ ओशनोलजी (एससीएसआईओ) का निर्माताका अनुसार मानवमुक्त समुद्र प्रयोगशाला र भूमिमा आधारित फिडेलिटी सिमुलेशन स्थापनाको संयोजन गरी अनुसन्धानलाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। सिन्ह्वा

प्रकाशित: १९ फाल्गुन २०८१ ०८:२७ सोमबार





Source link

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *