इतिहासमा वर्ष २०८१: हिंसात्मक आन्दोलनदेखि भीआइपी पक्राउसम्म, अरु कहिले के-के भयो ? (तस्विरहरू)

2080


काठमाडौँ । आज देखि नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरु भएको छ । २०८१ अरु वर्षहरु झैं सामान्य बितेको वर्ष पक्कै हैन्, सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।

यो वर्ष बाढी पहिरोले धेरै स्थानहरु तहसनहस बनिदियो, काठमाडौँ उपत्यका साथै देशभरि नै ठुलो जनधनको क्षति भयो । चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भएका थियो भने अहिलेसम्म बस भेटिएको छैन । 

2081 incident 35

त्यस्तै, श्रावण ९ गते त्रिभुवन विमानस्थलमा नजिकै शौर्य एयर विमान दुर्घटनामा १८ जनाको मृत्यु भयो ।

2081 incident 38

 श्रावण २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो थियो । 

2081 incident 37

असोज ११ गते धादिङको धुनीबेँसी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो । 

2081 incident 33

पोखरा भ्रमण वर्ष २०२५ को उद्‌घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भएका थिए । 

2081 incident 28

त्यसैगरी, भारती पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते भए । उक्त बस दुर्घटनामा घाइते भएकाहरूको अवस्था बारे जानकारी लिन भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे टिचिङ अस्पतालमा आइन् । 

2081 incident 34

यता, यस वर्ष देशलाई विश्व सामु चिनाउने धेरै कुराहरु भए पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्धनले दिलाएकी छन् । 

2081 incident 15

कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३०औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे । 

2081 incident 20

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए, कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यहि वर्ष नयाँ कीर्तिमान बनाए । उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४औं हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । 

2081 incident 19

फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन् । उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन् । 

2081 incident 18

मंसिर १५ मा नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिगको आयोजना गरियो जुन खेलको अन्तराष्ट्रिय स्तरमा समेत चर्चा भयो । 

2081 incident 32

यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो । 

2081 incident 14

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा बैशाख ३ गते नागढुंगा-सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो ।  

2081 incident 11

असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो । 

2081 incident 29

यहि वर्ष नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भए भने उनको पदमुक्त लाइ लिएर आन्दोलनहरु समेत भए । प्रतिनिधिसभामा कुलमान घिसिङको विषय लिएर प्रतिपक्षले सदन अवरोध गरेका थिए ।  

2081 incident 21

कुलमान घिसिङ्ग पदमुक्त भएपछि प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यले पाए ।

2081 incident 26

 यसै वर्ष देशमा नेपाली प्रहरीका ३१औं प्रमुख दीपक थापा नियुक्त भए । 

44

जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका थिए ।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो । 

2081 incident 1 1

कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका थिए । उनलाई केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो भने हाल उनी अहिले कारागार चलान भएका छन् ।

2081 incident 41

तीनकुने घटनाका मुख्य कमाण्डर एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरि १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

2081 incident 30

2081 incident 6 2081 incident 8

यसै वर्ष कुटनीतिक भ्रमण भए मंसिर २१ मा भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमण गरे भने बैशाख २३ मा जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण, बैशाख ११ गते कतारका अमिर(राजा) तमिम विन हमाद अल थानी नेपालको २ दिने औपचारिक भ्रमण गरे । 

2081 incident 2 2081 incident 4 2081 incident 3

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । 

2081 incident 42

यसै वर्ष मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन सम्पन्न भएको छ । 

2081 incident 12

त्यसबाहेक गत वर्ष सहकारी पीडितहरु पनि आफ्नो बचत फिर्ताको माग गर्दै सडक संघर्षमा उत्रिएका थिए । त्यस्तै, वर्ष २०८१ मा शिक्षक, मिटरब्याजी, लघुवित्त पीडितहरु पनि सडकमा उत्रिएका थिए । वर्ष २०८१ मै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको थियो । हाल राष्ट्र बैंक गभर्नरविहीन छ । सोही वर्ष काठमाडौँको टोखाबाट ट्रकमा तस्करी गरेर चीनतर्फ लैजाँदै गरेको २५ करोड बराबरको अमेरिकी डलर र यूरोसमेत बरामद गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

2081 incident 72081 incident 10   2081 incident 13 2081 incident 24 2081 incident 25 2081 incident 36



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *