४ वैशाख, काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले नयाँ भर्सनका ‘रोयल इन्फिल्ड क्लासिक ३५०’ पाँच भेरिएन्टमा सार्वजनिक गरेको छ ।
पुरानो आकर्षण कायम गर्दै शैली र गुणमा आधुनिक सुधार सहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरिका ग्राहकको पहुँचमा पुर्याइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसको सुरुवाती भेरिएन्टको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । सुरुवाती भेरिएन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प, एलईडी पाइलट ल्याम्प पनि उपलब्ध गराउने छ ।
यस्तै, त्यसमा टाइप सी यूएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मूल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरिएन्टमा एबीएस उपलब्ध हुनेछ ।
‘न्यु क्लासिक ३५०’ सात आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरिएन्टका बाइक हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरिएन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन छन् ।
दशकौंदेखि रोयल इन्फिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकका रूपमा उभिएको छ । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ ।
इन्फिल्डको स्वर्णयुगदेखि हालसम्म पनि यसले आफ्नो सान्दर्भिकतालाई पुष्टि गर्दै आएको छ । नयाँ क्लासिक ३५० ले इन्फिल्डको विरासत थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्ने विश्वास कम्पनीले लिएको छ ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भने, ‘नेपाली बजार हाम्रा लागि सधैं विशेष रहँदै आएको छ । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ ।’
पाँच भेरिएन्टका विशेषता र मूल्य
हेरिटेज सिरिज : हेरिटेज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ । यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ । यसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ पर्छ ।
हेरिटेज प्रिमियम : यो भेरिएन्ट मेडालियन ब्रन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ । यसको मूल्य ५ लाख ६६ हजार तोकिएको छ ।
सिग्नल सिरिज : कमान्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासिक सम्बन्धको सम्मान गर्छ । यो अध्यावधिक स्वरूपले झनै सौन्दर्य बढाएको छ । यसको बजार मूल्य ५ लाख ६६ हजार रुपैयाँ तोकिएको छ ।
डार्क सिरिज : खैरो र कालो मिश्रित रङमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ । यसको मूल्य ५ लाख ७३ हजार रुपैयाँ पर्छ ।
क्लासिक क्रोम : निक्खर हरियो स्वरूपमा उपलब्ध यस मोडेलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ । यसको मूल्य ५ लाख ७९ हजार ९ सय तोकिएको छ ।
रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सीकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यमा सार्क क्षेत्रमा व्यापार अभिवृद्धि गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिबद्धताका लागि सीकेडी राखिएको हो ।