संघर्षका लागि जसपा नेपालले बनायो ४१ सदस्यीय केन्द्रीय परिसंघ

1744462154 Untitled 1


जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्न उद्देश्यसहित ४१ सदस्यीय केन्द्रीय परिसंघ गठन गरेको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित बृहत् बैठकमा अध्यक्ष उपेन्द्र यादवको प्रमुख उपस्थितिमा चन्देश्वर पासवानको नेतृत्वमा परिसंघ घोषणा गरिएको हो।

उक्त परिसंघमा थारु, महिला, दलित, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित संघ–संस्था तथा व्यक्तित्वहरूको समावेश छ।

केन्द्रीय सल्लाहकारका रूपमा पीके ठाकुर चयन भएका छन् भने महासचिवको टुंगो आगामी बैठकमार्फत लगाइने भएको छ।

बैठकले आगामी बैशाख ३१ गते वीरगञ्जको टाउनहलमा परिसंघको पहिलो बृहत् खबरदारी सभा आयोजना गर्ने निर्णय गरेको छ।

साथै, परिसंघले आफ्ना उद्देश्यहरू समेटिएको ३२ बुँदे अवधारणा पत्र पनि सार्वजनिक गरेको छ। अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख गरिएको छ।

साथै, उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ।

प्रकाशित: ३० चैत्र २०८१ १८:३३ शनिबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *