सेयर बजारको अनलाइन तालिम भन्दै ‘स्क्याम’, प्रहरीले गरायो सचेत

CYbre Beaureo


काठमाडौँ । पछिल्ला दिन सामाजिक सञ्जालमा सेयर बजारको अनलाइन तालिम भन्दै ‘स्क्याम’ गर्नेहरु सक्रिय भएको पाइएको छ । सामाजिक सञ्जालमा सेयर बजारसम्बन्धी अनलाइन तालिम दिने भन्दै ‘स्क्याम’ गर्ने गिरोह सक्रिय भएको पाइएको हो ।

यसरी सेयर बजारको अनलाइन तालिमका नाममा ‘स्क्याम’ गर्ने गिरोह बजारमा सक्रिय रहेको नेपाल प्रहरीको साइबर ब्युरोले पुष्टि गरेको छ । 

बिहीबार एक सूचना जारी गर्दै ब्युरोले सेयर मार्केट सम्बन्धी तालिम लिन सकिने र सो का लागि आवश्यक सफ्टवेयर फाइल इन्स्टल गर्नुपर्ने भन्दै फिजिङ्ग लिंक पठाएर ठगी गर्ने सक्रिय रहेको जनाएको छ । यसरी पठाइएका लिंक क्लिक गर्ने बित्तिकै ह्याकरले प्रयोगकर्ताको फोनमा पहुँच पुर्याएर डाटा चोरी गर्ने गरेको ब्युरोले जनाएको छ । 

यसरी सेयर बजार सम्बन्धी तालिम भन्दै लिंक पठाउने र क्लिक गर्ने बित्तिकै डाटा चोरी गरेर बैंक खाताबाट पैसा चोरी भएको भन्दै उजुरी पर्न थालेपछी ब्युरोले यस्ता सूचना र ‘स्क्याम’बाट जोगिन आग्रह गरेको छ । त्यस्तै, ब्युरोले सामाजिक सञ्जालमार्फत पठाइएका यस्ता लिंक क्लिक गरेर कुनै पनि सफ्टवेयर मोबाइल, ल्यापटप वा अन्य स्मार्ट डिभाइसमा इन्स्टल नगर्न आग्रह गरेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *