म्याच-प्लेको उपाधि नीरजलाई | Nagarik News

1744337498 fifty204820fifty2048


सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल एनपिजिए म्याच–प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर नीरज तामाङले जितेका छन्। ३६ होलको फाइनलमा आठौं वरीयताका धनबहादुर थापालाई ५–४ ले हराउँदै नीरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे। उनको यो करियरको चौथो उपाधि हो।

रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा नीरजले धनबहादुर थापालाई पहिलो नौ होलमा २ होलले पछि पारे। यसपछि १८ होल सकिंदा नीरजले ६ होलको फराकिलो अग्रता बनाए। नीरज एकपक्षीय जितको नीरज पुगेका थिए, तर धनले सहजै हार मानेनन्।

२७ होलको समाप्तिमा अग्रता ५ होलमा छोट्याए। यसपछि ३२औं होलको खेल बराबरीमा सकिएसँगै नीरजले ४ होलअगाडि उपाधि जिते। उपाधिसँगै नीरजले नगद ६० हजार रूपैयाँ पाउँदा दोस्रो भएका धनले ४२ हजार रूपैयाँ प्राप्त गरे।

डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिले तेस्रो स्थान प्राप्त गरे। दिनेशले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा ४–२ ले हराएका थिए। दिनेशले ३२ हजार र रविले २४ हजार हात पारे।

क्वार्टरफाइनलमा पराजित नेपाल नम्बर एक भुवन नगरकोटी, तोरणविक्रम शाही, रामे मगर र प्रदीपकुमार लामाले ११/११ हजार रूपैयाँ प्राप्त गरे। पहिलो चरणमा पराजित हुने पशुपति शर्मा, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सञ्जय लामा, जयराम श्रेष्ठ, रमेश अधिकारी, दीपक मगर र सूर्यप्रसाद शर्माले जनही ६/६ हजार रूपैयाँ प्राप्त गरे।

सन् २०२३–२४ को अर्डर अफ मेरिटका आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका थिए। विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर (मार्केटिङ) केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।

प्रकाशित: २९ चैत्र २०८१ ०७:५३ शुक्रबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *