आज काठमाडौंको आकाश किन धुम्मियो ? – Online Khabar

Pollution in Kathmandu Dharahara


२५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको आकाश आज धुम्मिएको छ । आकाश धुम्मिएका कारण काठमाडौं उपत्यका आसपास क्षेत्र दिउँसै अँध्यरोजस्तो देखिएको छ ।

केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा छ । यहीबीच हाई क्लाउड र स्थानीय वायुका कारण आज काठमाडौं उपत्यका दिनभर नै धुम्मिएर बसेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसम विज्ञ हरिप्रसाद दाहाल बताउँछन् ।

‘आज काठमाडौं उपत्यकाको आकाशमा हाई क्लाउड छ । त्यसमा पनि पोलुसन छ । जसका कारण आकाश धुम्मिएको हो । भोलि मंगलबारदेखि भने काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ,’ दाहालले अनलाइनखबरसँग भने ।

छिमेकी मुलुक भारतमा देखिएको न्यून चापीय प्रणालीको असर नेपालमा पनि पर्ने सम्भावना रहेकोले भोलि, पर्सि र निकोर्सि पानी पर्ने सम्भावना रहेको उनको भनाइ  छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको उनले बताए ।

विभागका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *