१७ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड वितरण – Online Khabar

durgesh thapa1


काठमाडौं । १५औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड वितरण गरिएको छ । राष्ट्रिय नाचघरमा आयोजित समारोहमा १७ विधामा अवार्ड वितरण गरियो । ‘जुन माया’ बोलको गीतलाई सर्वोत्कृष्ट गीत घोषित भयो । ‘राज सिग्देलले ‘हृदयमा’ बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले ‘मौसम आउला’बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरे ।

श्रीधर अधिकारीले ‘छौ नि तिमी आहा’बाट उत्कृष्ट संगीतकार, बैकुण्ठ महत र बेनिशा पौडेलले ‘पिरिम गाडी’बाट युगल गायन, विनोद श्रेष्ठ र उषा सुवेदीले ‘विदाइ २’ उत्कृष्ट मोडल जोडीको अवार्ड पाए ।

संगीत र नृत्य प्रस्तुतिका साथ आयोजित समारोहमा अर्जुन सापकोटाले ‘बस्यौ अलक्कै’बाट लोकदोहोरी गायक, कविता खत्रीले ‘नमस्ते ढोगदिया’बाट लोकदोहोरी गायिका, खेम पुनले ‘मर्ने सुई लाईदेऊ’बाट लोकदोहोरी भाका, नारायण ज्ञवालीले ‘कन्या राशी’बाट लोकदोहोरी गीत रचना, निशान बानियाँले ‘भाग्यमै रुन लेखेको’बाट लोकदोहोरी भिडियो निर्देशक, पल शाह र नारायणी खत्रीले ‘काईँला’बाट लोकदोहोरी मोडलको अवार्ड जिते ।

विशाल घिमिरेले ‘मेरी बाठी माया’ गीतबाट म्युजिक भिडियो निर्देशक, अमृत चापागाईंले ‘मायाली’बाट भिडियो सम्पादक र पवन सुस्लिङले ‘मायालाई पानको पात’बाट छायाँकारको अवार्ड प्राप्त गरे । प्रेम सापकोटा सोनुले ‘अरु त के भनुँ मायालु’बाट गायनतर्फ नवप्रतिभाको अवार्ड पाए ।

bindabasini sward

जुना विश्वकर्माले ‘माया आउने बस’बाट पब्लिक च्वाइस र सोही गीतबाट अनिल पौडेलले पपुलर विधाको अवार्ड जिते ।

जुरी विधातर्फ ‘नेपालमा रेल कहिले आउला’बाट स्मृति तिमल्सिनाले निर्देशक, ‘कुरा बुझिदेउ न’बाट सञ्जय देवकोटाले गायक, ‘हारेँ मैले मायामा’बाट विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय, ‘तल्लो बाटो’बाट खेम सेन्चुरीले संगीतकार र ‘दुःख साटम्ला’बाट सन्तोष सापकोटाले गीतको विधामा अवार्ड जिते ।

समारोहमा गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपैयाँसहित दीर्घसाधना सम्मान प्रदान गरियो । गायिका संगीता शाक्यलाई ५० हजार रुपैयाँसहित संंगीत साधना सम्मान दिइयो । गायिका निशा देसारलाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान प्रदान गरियो ।

पत्रकार शारदा थापालाई २५ हजार रुपैयाँसहित कला पत्रकारिता सम्मान र लोकगायक शिरिष देवकोटालाई २५ हजार रुपियाँसहित झलकमान लोक संगीत सम्मान गरियो । गायक दुर्गेश थापालाई विशेष सम्मान गरिएको थियो । समारोहमा पल शाह र दुर्गेश एउटै मञ्चमा प्रस्तुत भए ।

पल शाहले नारायणी खत्री र कोरस कलाकारका साथ आफ्नो चलेका गीतमा नृत्य प्रस्तुत गरे भने दुर्गेशले ग्लोबल ट्रेन्डिङमा परेको गीत ‘दुश्मन हेरेको हेर्‍यै’मा कोरस कलाकारका साथ प्रस्तुति दिए । फाउण्डेसन अध्यक्ष लीना शर्माले स्वागत मन्तव्य राख्दै आगामी वर्षबाट प्रतिस्पर्धाको विधा घटाई सबै विजयीलाई नगद पुरस्कारको ब्यबस्था गर्ने जानकारी गराइन् ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *