सशस्त्र युद्धका कमान्डरको गुनासो : उपचारका लागि न पैसा छ न पार्टीको साथ

1745845312 KB20Malla


शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा दुवै मिर्गाैला फेल भएर उपचाररत नेपाल कम्युनिष्ट पार्टीका एकजना केन्द्रीय नेता अलपत्र परेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज केबी मल्ल (पार्टीले राखिदिएको नाम) उपचार खर्च नभएर अलपत्र परेका हुन् । वहालवाला पार्टी केन्द्रीय सदस्य एवं जाजरकोट इन्चार्ज मल्ललाई पार्टीले वास्ता नगरेपछि थप पीडा भएको छ । 

आफ्नो उपचारको लागि चिकित्सकले २० देखि २५ लाखसम्म लाग्ने बताएको तर आफूसँंग सुको पैसा नहुँंदा समस्या परेको उनले दुःख विसाए । विरामी भएदेखि पार्टीले कुनै वास्ता नगरेकोमा उनले दुःखेसो पोखे । आफू ९ कक्षा पढ्दै गर्दा नै कम्युनिष्ट पार्टीमा होमिएर सशस्त्र युद्ध हुँंदै अहिले चन्द नेतृत्वको पार्टीमा क्रियाशिल रहेको तर समस्या पर्दा पार्टीले पनि वेवास्ता गरेको उनले आरोप लगाए ।  

कलिलै उमेरका तीन छोराछोरी र वृद्ध आमाको साथमा रहेका मल्लकी श्रीमती भने छुटिएर बसेकी छिन् । बुवाको निधन भइसकेको छ ।  

जाजरकोट जिल्लाको कुशे गाउँपालिका ५ घर भई हाल अस्पतालमा उपचाररत उनले आर्थिक अभाबका कारण आफनो उपचारमा समस्या भएको बताए । उनका अनुसार अहिले उनको दुई वटै मिर्गाैला विग्रेको छ । यही कारण उनी गाउँंबाट ७५ वर्षीया आमालाई बोलाएर मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा छन् । तर आर्थिक अभाबका कारण उपचार अगाडि वढाउन समस्या परेको उनले सुनाए ।  

1745845311 KB%20Malla%201

सम्पत्तिको नाममा केही पनि नभएकोले हालसम्म जेनतेन सहयोगको भरमा उपचार पाइरहेको मल्लले जनाए ।  

बहिनी तुलसी मल्लका अनुसार दाजु ६ वर्ष अगाडिदेखि नै मिर्गाैलाका विरामी हुन् । ६ वर्ष अघि नै आफनो मिर्गाैला दिएर दाइलाई सहयोग गरेको तुलसीले सुनाइन् । आफू पनि विवाहित भएकाले घर र छोराछोरी गाउँमै अस्तव्यस्त रहे पनि दाजुको कोही नभएकाले साथ दिन आएको उनले सुनाइन् । उनका अनुसार अहिलेसम्म दाजुको उपचार खर्च दिदीवहिनीको सहयोग र मनकारी मानिसहरुको चन्दाबाट चलेको छ ।

माओवादीका पूर्व केन्द्रीय सदस्य, चन्द नेतृत्वको नेकपाकै पूर्वभक्तपुर जनसरकार प्रमुख एवं माओवादी सशस्त्र युद्धका समकालिन प्रेमध्वज मोक्तानले दुबै मिर्गौला फेल भएका मल्ल सशस्त्र युद्धका कुशल कमान्डर रहेको सम्झे । युद्धमा संगँै लडेको स्मरण गर्दै उनले देशको लागि जीवन आहुति दिने साथीको यस्तो हविगतले आफूलाई निकै पीडाबोध भएको सुनाए । सहकर्मीको उपचारका लागि देशविदेशमा रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरूलाई आर्थिक सहयोगको पनि अपिल उनले गरे । 

प्रकाशित: १५ वैशाख २०८२ १८:४७ सोमबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *