‘समाजवादी–साम्यवादी अर्थव्यवस्थाले समृद्धि हासिल हुँदैन’

Shree krishna murti Suprabanyam


सन् २०२१ मा मैले भारतको आर्थिक सर्वेक्षण लेख्ने अवसर पाएको थिएँ, जुन ‘समृद्ध भारतका लागि नैतिक सम्पत्ति सृजना’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित थियो ।

मैले आज यहाँ नेपालका लागि पनि नैतिक सम्पत्ति सृजना (इथिकल वेल्थ क्रियसन) कति महत्वपूर्ण छ भन्ने विषयमा केही कुरा भन्दै छु । नेपालको मात्रै होइन, समग्र दक्षिण एसियामै समृद्धिका लागि नैतिक सम्पत्ति सृजना निकै महत्वपूर्ण हुन्छ ।
यो लेक्चरमा भाग लिन नेपाल आउँदा प्रभाकर राणा अत्यन्तै नैतिक उद्यमी हुनुहुन्थ्यो भन्ने कुरा पनि थाहा पाएँ । देशको समृद्धिका लागि यस्ता नैतिक उद्यमीहरुको ठूलो योगदान हुन्छ ।

शुरुमा म विश्व अर्थतन्त्रका विषयमा केही कुरा गर्छु । अहिलेका विश्वका आर्थिक पावरहाउसहरु आगामी दुई दशकपछि सोही शक्तिमा हुनेछैनन् । आगामी दिनमा यो संरचनामा निकै ठूलो फेरबदल आउनेछ ।

संसारमा यो परिवर्तन सन् २००८–२००९ को विश्व वित्तीय संकटबाट शुरु भएको हो । त्यसबेला सम्म विश्व अर्थव्यवस्थाका लागि व्यापार अत्यन्तै महत्वपूर्ण छ भन्ने कुरामा विश्वभरि नै सहमति थियो । तर, त्यसबेलादेखि यो सहमति हराएको जस्तो देखिन्छ ।

त्यसपछि संसारमा दुई ध्रुवमा देशहरु बाँडिएका छन्, एकथरि मुलुकहरु कानूनको शासनमा आधारित प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्छन्, अर्को किसिमका देशहरुमा प्रजातन्त्र नहुन पनि सक्छ । यी दुई ध्रुवीय केन्द्रमा विश्वअर्थतन्त्र अघि बढिरहेको छ ।

यसमा भारतले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपालले सांस्कृतिक समानता भएको एक मात्रै मुलुक भारत भएकाले यहाँ धेरै मानिसहरुलाई थाहा छ, भारत इतिहासमा कहिल्यै पनि आक्रमणकारी राज्य भएन ।

दोस्रो– सन् १९९१ मा सबैभन्दा खराब आर्थिक अवस्था हुँदासमेत भारतले आफ्नो ऋण दायित्व तिरिरह्यो । सन् १९९१ मा भारतसँग जम्मा २ साताको आयात धान्न सक्ने मात्रै विदेशी मुद्राको सञ्चिति थियो, तर उसले आफ्नो दायित्व सधैं भुक्तान गरिरह्यो ।

कौटिल्यले लेखेका थिए, ‘हे राजा, तिमी जाऊ र आर्थिक क्रियाकलापमा भइरहेको अवरोध हटाऊ । त्यसपछि मात्रै राज्य र नागरिक समृद्ध हुनेछन् ।

यही सांस्कृतिक आदर्शले भारतलाई विश्व अर्थतन्त्र तथा राजनीतिको नेतृत्वमा पुर्‍याउनेछ ।

भारतको यही नैतिक मूल्य र संस्कृति नेपालमा पनि रहेको देखिन्छ । यो कुरालाई महाउपनिषद्को यो श्लोकले स्पष्ट रुपमा व्यक्त गर्दछः

अयं निजः परो वेति गणना लघुचेतसाम्,

उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।

यसको अर्थ हुन्छ– सानो विचार हुनेहरु यो मेरो, यो पराया भनेर गणना गर्दछन्, उच्च चरित्र हुनेहरु संसारलाई नै एक परिवार मान्दछन् ।

भारत यही चेतनाका कारण अर्थतन्त्र तथा राजनीतिमा संसारकै नेता बन्नेछ ।

आर्थिक विकास वा वृद्धि किन महत्वपूर्ण हुन्छ भन्ने विषयमा यहाँ चर्चा गर्नु उचित हुन्छ । सन् १९९१ मा भारतले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यो भारतका लागि इतिहासमै सबैभन्दा खराब दिन थियो ।

त्यसअघि भारतमा लामो समयसम्म समाजवादी अर्थव्यवस्था थियो । अर्थशास्त्रीका रुपमा म कुनै संकोचविना भन्न सक्छु, संसारमा यस्तो कुनै मुलुक छैन, जसले समाजवादी वा साम्यवादी आर्थिक नीति अवलम्बन गरेर समृद्धि हासिल गरेको होस् । तथ्यांक तथा प्रमाणहरुले पूर्ण रुपमा यसलाई स्पष्ट पार्दछन् । राजनीतिज्ञ तथा नीति निर्माताहरुले यो स्पष्ट सन्देशलाई ग्रहण गर्नु आवश्यक छ ।

तपाईं पछिल्लो २ हजार वर्षको संसारको अर्थतन्त्रलाई हेर्नुहुन्छ भने सन् १७५० सम्म भारतले विश्वको अर्थतन्त्रको कम्तीमा पनि एक तिहाइ हिस्सा ओगट्थ्यो । त्यो बजार प्रणालीको सम्मान गरेकै कारण हासिल भएको थियो ।

सन् १९९१ पछि भारतले बजार अर्थतन्त्र अवलम्बन गर्‍यो । मैले त्यसलाई धार्मिक पुँजीवाद वा दक्षिणपन्थी पुँजीवाद भन्ने गरेको छु । कहिलेकाहीँ पुँजीवादले यस्तो अवस्थामा पुर्‍याउँछ, जहाँ धनीहरुले मात्रै लाभ प्राप्त गर्दछन् । त्यसो हुँदा समावेशी आर्थिक वृद्धि निकै महत्वपूर्ण हुन्छ । पछिल्लो १० वर्षमा भारतले साँच्चै समतामूलक र समावेश आर्थिक वृद्धि हासिल गरेको छ ।

केही तथ्यांकका आधारमा त्यसलाई हेरौंः विश्वबैंकको गरिबीको रेखाका आधारमा सन् २०१२ मा भारतमा १२ प्रतिशतभन्दा धेरै गरिबी थियो । अहिले त्यो एक प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो १० वर्षमा सम्पत्तिका आधारमा मात्रै होइन, उपभोगका आधारमा पनि भारतमा असमानता घटेको छ । शहर तथा ग्रामीण क्षेत्र दुवैमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

कोभिड महामारीपछि भारतले ७ प्रतिशतको बलियो आर्थिक वृद्धि हासिल गरिरहेको छ । सन् १९९१ मा भारतको अर्थतन्त्रको आकार २ खर्ब ७० अर्ब अमेरिकी डलर थियो, अहिले ४० खर्ब अमेरिकी डलर पुगेको छ । यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा छ ।

यो ठूलो परिवर्तन भारतले अवलम्बन गरेको दक्षिणपन्थी नैतिक पुँजीवादका कारण भएको हो, जसले बजारलाई सम्मान गर्छ र समतामूलक समृद्धि दिन्छ ।

मेरो बुवा भारतीय रेलवेमा काम गर्नुहुन्थ्यो । म आईआईटीमा पढ्न थालेपछि यो अब एलिट बन्नेछ र भारतको संस्कृति बर्सनेछ भन्ने चिन्ता बुवालाई भयो । त्यसपछि उहाँले भारतका ग्रन्थहरु मलाई पढाउनुभयो । त्यसो हुँदा भारतको सांस्कृतिक मूल्यमान्यता मलाई राम्रोसँग थाहा छ ।

भारतीय ग्रन्थहरु वास्तवमै आँखा खुलाउने खालका छन् । तपाईं पछिल्लो २ हजार वर्षको संसारको अर्थतन्त्रलाई हेर्नुहुन्छ भने सन् १७५० सम्म भारतले विश्वको अर्थतन्त्रको कम्तीमा पनि एक तिहाइ हिस्सा ओगट्थ्यो । त्यो बजार प्रणालीको सम्मान गरेकै कारण हासिल भएको थियो ।

कौटिल्य चन्द्रगुप्त मौर्यका आर्थिक तथा रणनीतिक चिन्तक थिए । उनले अर्थशास्त्र लेखेका थिए । त्यो पुस्तकमा कौटिल्यले लेखेका थिए, ‘हे राजा, तिमी जाऊ र आर्थिक क्रियाकलापमा भइरहेको अवरोध हटाऊ । त्यसपछि मात्रै राज्य र नागरिक समृद्ध हुनेछन् ।

समाजवाद र साम्यवाद पूर्वीय सांस्कृतिक तथा आर्थिक विचार होइनन् । यी युरोपबाट आयात गरिएका हुन् । थोरै मानिसहरुलाई मात्रै थाहा छ, कार्ल माक्र्स, जसलाई साम्यवादका पिता मानिन्छ, उनी जोसेफ एंगेल्सबाट पालित पोषित थिए । एंगेल्स आफैँ पुँजीवादी थिए । ‘कम्युनिष्ट घोषणापत्र’, ‘दास क्यापिटल’ लगायत सबै कम्युनिष्ट दस्तावेजहरु पुँजीपतिहरुको आर्थिक सहयोगमा लेखिएका थिए । पुँजीवादले सहयोग गरेको भए साम्यवादका कुनै पनि दस्तावेज सार्वजनिक हुन सक्ने थिएनन् ।

त्यसो हुँदा भारतको अर्थतन्त्रले अहिले जसरी प्रगति हासिल गरिरहेको छ, जो धार्मिक पुँजीवाद अवलम्बन गरेका कारण हासिल भएको हो ।

शास्त्रमा ‘धर्म, अर्थ, काम, मोक्ष’लाई पुरुषार्थ भनिएको छ । अर्थ भनेको सम्पत्ति हो । तपाईंको घरमा सन्दुष वा भल्ट छ भने त्यसमा तपाईं के लेख्नुहुन्छ, ‘शुभ लाभ’ । अशुभ लाभ त लेख्नुहुन्न । त्यसो हुँदा सम्पत्ति सृजना पूर्वीय संस्कृतिको जीवनशैलीमा जोडिएको छ ।

‘कम्युनिष्ट घोषणापत्र’, ‘दास क्यापिटल’ लगायत सबै कम्युनिष्ट दस्तावेजहरु पुँजीपतिहरुको आर्थिक सहयोगमा लेखिएका थिए । पुँजीवादले सहयोग गरेको भए साम्यवादका कुनै पनि दस्तावेज सार्वजनिक हुन सक्ने थिएनन् ।

हामी धनी हुने हो भने समाजवाद, साम्यवादजस्ता आयातित विचारहरुलाई अस्वीकार गर्नुपर्छ । हाम्रा पुर्खाले अवलम्बन गरेको विचार भनेको नैतिक पुँजीवाद हो, नैतिक सम्पत्ति सृजना हो । त्यसैले उनीहरुले ठूलो सफलता हासिल गरेका थिए, भविष्यमा पनि त्यही विचार अघि बढाउनुपर्छ । जसरी पनि सम्पत्ति आर्जन गर्ने होइन, नैतिक मूल्यमा रहेर सम्पत्ति आर्जन गर्ने कुरालाई प्रवद्र्धन गर्नुपर्छ । त्यसरी नाफा कमाउने कुरा उचित हो ।

नाफाखोरी र नाफाबीच धेरै फरक छ । नाफाखोरी खराब हो, नाफा आर्जन गर्नु सही हो । त्यसो हुँदा नाफाखोरी होइन, नाफा आर्जनलाई प्रोत्साहित गर्नुपर्छ ।

आर्थिक समृद्धिका लागि सम्पत्ति सृजना महत्वपूर्ण छ भन्ने कुरा बुझेपछि मात्रै उद्यमशीलताको महत्व हामी थाहा पाउँछौं ।

तपाईं घर जानुस् र तपाईंले खाने दाल र रोटी कहाँबाट आउँछ, विचार गर्नुस् । त्यो तपाईंले गरिरहेको रोजगारीले दिएको हो । त्यो रोजगारी कसले दिएको छ त ? कुनै सम्पत्ति भएको व्यक्ति वा राज्यले आफ्नो सम्पत्ति जोखिममा राखेर लगानी गरेको छ, त्यसकारण तपाईंले रोजगारी पाउनुभएको छ । तपाईं कुनै सम्पत्ति सृजना गर्ने मान्छेले रोजगारी दिएको छ, त्यसकारण तपाईंका बच्चा स्कुल जान पाएका छन् । त्यसैका कारण तपाईंले स्वास्थ्य उपचार गर्न पाउनुभएको छ, कतै घुम्न पाउनुभएको छ । त्यसो हुँदा हाम्रा नागरिकहरुले नैतिक सम्पत्ति सृजना कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्न जरुरी छ ।

मेरो बुवाले रेलवेमा जागिर नखानुभएको भए, म अहिले यो स्थानमा हुने थिइनँ ।

(नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थाका संस्थापक अध्यक्ष तथा नेपालका प्रतिष्ठित उद्यमी स्व. प्रभाकर शमसेर जंगबहादुर राणाको स्मृतिमा आइतवार आयोजना गरेको ‘पहिलो प्रभाकर राना मेमोरियल लेक्चर’ मा आईएमएफका कार्यकारी निर्देशक तथा भारत सरकारका पूर्वप्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमुर्ति भेंकटा सुब्रमनियनले दिएको प्रवचनको सम्पादित अंश) ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *