राप्रपाले गर्‍यो मंगलबार कोहलपुर बन्दको आह्वान

1744024083 Kohalpur20Buspark


राजावादी समूहले काठमाडौंस्थित तीनकुनेमा चैत १५ गते सम्पन्न प्रदर्शनलाई हिंसात्मक बनाउन मद्दत गरेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणालगायत नेता तथा कार्यकर्ताको रिहाइ माग गर्दै भोलि (मंगलबार) कोहलपुर बन्दको आह्वान गरिएको छ ।

राजावादी समूहको संयुक्त आन्दोलन परिचालन समिति बाँकेको आयोजनामा कोहलपुरस्थित पूर्व-पश्चिम र उत्तर-दक्षिण राजमार्गहरू पनि ठप्प हुने राप्रपाले जनाएको छ ।

तीनकुनेमा राजावादी समूहले हिंसात्मक घटना गरेको र उक्त भीडलाई उत्तेजित बनाएको भन्दै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री राणालगातका राजावादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबारको राजावादी प्रदर्शन हिंसात्मक भएपछि सो हिंसा भड्काउन भूमिका खेलेका राप्रपाका दुई नेता मिश्र र राणालगायतलाई राजद्रोह र सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सरकारले विचारलाई बन्धक बनाएको भन्दै पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका छन् । शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरी आन्दोलनमा सहभागी नागरिकलाई उत्तेजित पारी धनजनको क्षति सरकारले नै गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जनाए ।

प्रकाशित: २५ चैत्र २०८१ १६:५३ सोमबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *