काठमाडौँ । राप्रपाको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बल्खुमा आयोजना गरिएको प्रदर्शन स्थलमा घुसपैठ गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन ।
उनीहरुमाथि सभा बिथोल्न खोजेको आरोप छ । उनीहरु प्रहरी र राप्रपा दुवैतर्फका व्यक्ति नभएको पुष्टि भएको छ । सभामा होहल्ला गरेर माहोल बिगार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बल्खुको प्रदर्शनलाई लक्षित गरेर मंगलबार सुरक्षा व्यवस्था कडा पारिएको छ । आजको प्रदर्शनलाई ड्रोन, सीसी क्यामेरा र बडी क्यामेराबाट निगरानी गरिएको छ ।